Monday, April 30, 2018

मुस्लिम संघको अध्यक्षमा पुनः सत्तार

काठमाडौं, १७ वैशाख– कांग्रेसको भातृ संगठन मुस्लिम संघ नेपालको अध्यक्षमा पुनः अब्दुल सत्तार निर्वाचित भएका छन् ।् संघको आइतबार राति राजधानीमा सम्पन्न दोस्रो महाधिवेशनले सत्तारको नेतृत्वमा ५२ सदस्यीय केन्द्रीय समिति निर्विरोध निर्वाचित गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा मोहमद निजा मुद्दिन, उपाध्यक्षमा रफिक मियाँ, फत्तेह मोहमद, अब्ताबुल अन्सारी, मोहमद जब्बादिन मिया, नुर मोहमद मियाँ, अकिल मिया, नजामुद्दीन अन्सारी, महिला उपाध्यक्षमा कौशर शाह, शाहिदा मियाँ र महासचिवमा मुत्तार अहमद निर्वाचित भएका छन् ।

संघीय संसदको सचिवमा फुयाल र योगी नियुक्त

काठमाडौं, १६ वैशाख– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको सचिवमा गोपालनाथ योगी र राजेन्द्र फुयाललाई नियुक्त गरेकी छन् । राष्ट्रपतिले आइतबार सभामुख कृष्णबहादुर महराको सिफारिसमा योगीलाई प्रतिनिधिसभा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको सिफारिसमा फुयाललाई राष्ट्रिय सभाको सचिव पदमा नियुक्त गरेकी हुन् । 
संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवा सर्त र सुविधासम्बन्धी अध्यादेशका आधारमा नियुक्त उनीहरूको कार्यकाल ५ वर्षको हुनेछ । 

Sunday, April 15, 2018

थपिंदै बिजुली

काठमाडौं, २९ चैत– नेपालमा बर्सेनि करिब सय मेगावाट बिजुलीको माग बढ्छ । सुखद संयोग– २०७४ मा मुलुकको केन्द्रीय विद्युत् प्रणालीमा सय मेगावाट बिजुली थपिएको छ । ‘यो अघिल्लो वर्षको भन्दा धेरै र उत्साहजनक हो,’ विद्युत् विकास विभागका सीडीई सुनीलकुमार पिया भन्छन्, ‘अबको एक महिनाभित्र निजी क्षेत्रका, त्यो पनि स्वदेशी प्रवद्र्धकका ६ आयोजनाबाट थप ९० मेगावाट थपिंदै छ ।’ उनका अनुसार यस वर्ष स्वदेशी निजी क्षेत्रका ११ आयोजनाबाट ७० र विद्युत् प्राधिकरणको चमेलिया जलविद्युत् आयोजनाबाट ३० गरी १०० मेगावाट थपिएको हो । 
यसै वर्ष सकिने भनिएको प्राधिकरणकै १४ मेगावाटको कुलेखानी तेस्रो आयोजनाबाट भने विद्युत् उत्पादन सुरु हुन सकेन । उक्त आयोजना आगामी हिउ“दसम्म सक्ने तयारी प्राधिकरणको छ । पियाका अनुसार यस वर्ष स्वदेशी प्रवद्र्धकका आयोजनाहरूले थापाखोला १३.६, पुवाखोला ४, माई साना क्यास्केट ८, चाकेखोला २.८३, मोडक्यु १३, अपर माई सी ६.१, थावाखोला ५, मोलुङ ७, ठेउले १.५, सभाखोला ४ मेगावाट विद्युत् उत्पादन सुरु गरेका छन् । आगामी एक महिनाभित्र स्वदेशी प्रवद्र्धकका विद्युत् आयोजनाहरू तल्लो मोदी २०, अपर मैलुङ ए ६.४२ काबेली बी १ बाट २५, तल्लो हेवा २१.६, इवाखोला ९.९ र रुवी ए ८.८ मेगावाट विद्युत् उत्पादन सुरु हुनेछ । 

महानिरीक्षक खनालद्वयलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौं, २९ चैत– नवनियुक्त महानिरीक्षकद्वय नेपाल प्रहरीका सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका शैलेन्द्र खनाललाई बिहीबार दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृह सचिव प्रेमकुमार राईले मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा महानिरीक्षक खनालद्वयलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।
दज्र्यानी चिह्न पाएपछि महानिरीक्षकद्वय खनालले बिहीबार नै आ–आफ्नो कार्यालयमा पुगेर कार्यभार सम्हाले । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले सर्वेन्द्रलाई नेपाल प्रहरी र शैलेन्द्रलाई सशस्त्र प्रहरी बलको महानिरीक्षकमा बढुवा गरेको थियो । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधि पूरा गरी बुधबार अवकास पाएका थिए ।

प्रहरीको छवि धमिल्याउनेहरू संगठनमा अटाउँदैनन् : महानिरीक्षक

काठमाडौं, २९ चैत– नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नैतिक आचारण र इमानदारी प्रहरीको प्राण हो भन्दै छवि धमिल्याउनेहरू संगठनमा नअटाउने बताएका छन् । 
खनालले बिहीबार महानिरीक्षकमा पद बहाली गरेपछि प्रहरी प्रधान कार्यालयमा उच्च पदस्थ अधिकृतहरूलाई सम्बोधन गर्दै गुन्डागर्दी र तस्करको विरुद्धमा प्रहरी संगठनलाई सक्रिय बनाउन निर्देशन दिए ।  ’संगठनको छवि धमिल्याउने काम भइरहेको छ । अब त्यस्ता प्रहरीहरू संगठनमा अटाउन सक्दैनन्’ उनले भने ।

Thursday, April 12, 2018

जनअपेक्षा पूरा गर्ने गरी काम गर्छु : महानिरीक्षक खनाल

काठमाडौं, २८ चैत– नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सरकार र जनताको अपेक्षा पूरा गर्ने गरी काम गर्न आफूले कुनै कसर बा“की नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रहरी प्रधान कार्यालयमा आयोजित निवर्तमान महानिरीक्षक प्रकाश अर्यालसहित बुधबारदेखि अवकाश पाएका एआईजीहरूको बिदाइ कार्यक्रममा बोल्दै खनालले प्रहरी संगठनलाई प्राप्त स्रोत साधनको अधिकतम सदुपयोग गरी प्रहरीको छवि अझ उच्च बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे । 
‘जुन अपेक्षा राखेर सरकारले मलाई यो जिम्मेवारी दिएको छ, त्यसलाई पूरा गर्न कुनै असर बा“की राख्ने छैन’ उनको भनाइ थियो । उनले आफूलाई महानिरीक्षकको जिम्मेवारी दिएकामा मन्त्रिपरिषद, प्रधानमन्त्री, गृहमन्त्री र निवर्तमान प्रहरी प्रमुखप्रति आभारसमेत प्रकट गरे ।

डीआईजी खरेलद्वारा राजिनामा


गृहमन्त्रीद्वारा राजिनामा स्वीकृत

काठमाडौं, २८ चैत– नायव प्रहरी महानिरीक्षक (डीआईजी) रमेश खरेलले महानिरीक्षक बढुवाप्रति असन्तुष्टि प्रकट गर्दै बुधबार पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषदले कार्यसम्पादन मूल्यांकनका आधारमा एक नं. मा रहेका डीआईजी सर्वेन्द्र खनाललाई महानिरीक्षकमा बढुवा गरेपछि दोस्रो वरियतामा रहेका खरेलले राजिनामा दिएका हुन् ।
एसएसपीमा बढुवा हु“दासम्म कार्यसम्पादन मूल्यांकनमा एक नं. मा रहेका खरेल डीआईजीमा भने खनालपछि दोस्रो वरियतामा बढुवा भएका थिए । खरेलले डीआईजी बढुवा हु“दा अघिल्लो सरकारले दोस्रो वरियतामा पारेर आफूलाई अन्याय गरेको र मंगलबारको महानिरीक्षक बढुवाको निर्णयले त्यसलाई निरन्तरता दिएको उल्लेख गर्दै मौखिक रूपमा असन्तुष्टि प्रकट गरेका हुन् ।

सिंहदरबारमा अब सोलार बत्ती

काठमाडौं, २७ चैत– मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा मंगलबारदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बाल्न थालिएको छ । चीनको सहयोगमा बनेको एक मेगावाट क्षमताको सोलार प्लान्ट सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्त रूपमा उदघाटन गरे ।
सोलार ऊर्जा उत्पादनका निम्ति प्रधानमन्त्री कार्यालय, अर्थ, ऊर्जा, संघीय मामिलामन्त्रालयसहित सिंहदरबारस्थित २१ वटा भवनका छतमा सोलार प्यानल जडान गरिएको छ । दुई वर्षदेखि प्यानल जडान गर्न थालिएको हो । 

सचिव गौतमको सरुवा, घिमिरेको बढुवा

काठमाडौं, २७ चैत– सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कानुन सचिव राजीव गौतमलाई कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा सरुवा गरेको छ । कानुन मन्त्रालयका सचिव कमलशाली घिमिरेले ५८ वर्ष पूरा भई दुई साताअघि अनिवार्य अवकास पाएपछि पद रिक्त रिक्त थियो ।
मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले न्याय सेवा आयोगको सिफारिसमा कानुन मन्त्रालयका वरिष्ठ सहसचिव डिल्ली घिमिरेलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषदले घिमिरेलाई प्रधानमन्त्री कार्यालयका सचिवमा पदस्थापन गरेको छ ।

भर्ना अभियानलाई सहयोग गर्न मन्त्रिपरिषदको आहवान

काठमाडौं, २७ चैत– सरकारले शिक्षाबाट वञ्चित गरीब, विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायका बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गरी विद्यालयमा भर्ना गराउन सबैमा आह्वान गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले शिक्षाको अवसरबाट वञ्चित समुदाय र वर्गका बालबालिकामध्ये एक/एक बालबालिकाको खोजी गरी विद्यालयमा भर्ना गराउन र स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सबैमा आह्वान गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दिए ।
उनका अनुसार सरकारले प्रधानमन्त्री, मन्त्री, सम्पूर्ण दलका पदाधिकारी, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, उद्योगी, व्यापारी, बुद्धिजीवी, नागरिक समाज, सञ्चारकर्मी, रंगकर्मी, कलाकर्मी, प्राध्यापक, शिक्षाविद, पेशाकर्मी, कर्मचारी, सरकारी एवं गैरसरकारी संघसंस्था, शिक्षक महासंघ, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ, शिक्षक, विद्यार्थी, अभिभावकलगायत सम्पूर्णलाई सरकारका तर्फबाट स्वेच्छिक अभिभावकत्व ग्रहण गरिदिन आह्वान गरेको हो । 

Tuesday, April 10, 2018

एकैपटक ३० सचिवको सरुवा

सरुवाको प्रमुख आधार राजनीतिक आस्था र पहुँच
काठमाडौं, २३ चैत– सरकारले एकैपटक विभिन्न मन्त्रालय र निकायका ३० जना सचिवलाई सरुवा गरेको छ । प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जानुअघि शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सत्तारुढ पार्टी एमाले र माओवादी केन्द्र तथा तिनका पहु“चवाला नेताको निकट सचिवहरूलाई छानी छानी ‘आकर्षक’ र ‘पावरफुल’ मन्त्रालयमा सरुवा गरेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा आकर्षक र पावरफुल मन्त्रालयमा रहेका कांग्रेस र तिनका पहु“चवाला निकट सचिवहरूलाई भने दायित्व कम भएका निकायमा थन्क्याइएको छ ।
शक्तिशाली मन्त्रीहरूले आफ्नो पार्टी निकटमात्र नभई आफूले भनेको हुबहु मान्ने सचिवहरूलाई आफ्नो मन्त्रालयमा ल्याएका छन् । कतिपय मन्त्रीले भने आफ्नो जिल्ला या भेगका सचिवलाई आफ्नो मन्त्रालयमा ल्याएका छन् । मन्त्रिपरिषदले धेरै सचिवलाई एमाले र माओवादी निकट कर्मचारी संगठनको सिफारिसमा राम्रा मन्त्रालयमा लगेकोसमेत स्रोतले उल्लेख गरेको छ । कांग्रेसको पालामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र विभिन्न साना निकायमा थन्क्याइएका सचिवहरूले यसपटक आकर्षक मन्त्रालय पाएका छन् । विभिन्न मन्त्रालय र निकायमा रहेका ४८ सचिवमध्ये एकैपटक ३० जनालाई सरुवा गरिएको हो ।

Friday, April 6, 2018

राजपाका सांसदलाई मासिक १० हजार लेबी

काठमाडौं, २२ चैत– राष्ट्रिय जनता पार्टी (राजपा) ले पार्टीका सांसदहरूबाट मासिक १० हजार रुपैया“का दरले लेबी उठाउने निर्णय गरेको छ । राजपा संसदीय दलको सिंहदरबारमा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । संघीय संसदमा राजपाका १९ सांसद छन् । 
बैठकले संसदीय दलको विधान र नियमावली बनाउन पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई जिम्मेवारी दिएको छ । धेरै आकांक्षी देखिएपछि राजपाले संसदीय दलको नेता चयन गर्न सकेको छैन । दलको नेता बन्न अध्यक्षमण्डलका शीर्ष नेताबीच नै हानथाप देखिन्छ । 

भ्रमण फलदायी हुने राष्ट्रपतिको विश्वास

काठमाडौं, २२ चैत– राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी ओलीको राजकीय भ्रमणले नेपाल–भारतबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेकी छन् । ओलीले बिहीबार सा“झ शीतलनिवास पुगेर आफ्नो भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
त्यही क्रममा राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना दि“दै दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउन भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेकी हुन् ।

पुराना कम्युनिस्ट नेता रेग्मीको निधन


काठमाडौं, २२ चैत– ०१५ सालमा निर्वाचित पहिलो प्रतिनिधिसभाका सांसद एवं पुराना वामपन्थी नेता कमलराज रेग्मीको बिहीबार निधन भएको छ । ललितपुरको धोबीघाटस्थित निवासमा ९२ वर्षको उमेरमा रेग्मीको निधन भएको जानकारी पारिवारिक स्रोतले दिएको छ ।

रेग्मी ०१५ को प्रतिनिधिसभामा निर्वाचित नेपाल कम्युनिस्ट पार्टीका चार नेतामध्ये एक थिए । पञ्चायती व्यवस्था सुरु हुनुभन्दा पहिले कम्युनिस्ट पार्टीको जुझारु र सक्रिय नेता रेग्मीको किसान आन्दोलनमा समेत महŒवपूर्ण भूमिका थियो । पाल्पामा भएको किसान आन्दोलनको नेतृत्व उनैले गरेका थिए ।

Wednesday, April 4, 2018

संवैधानिक इजलाश गठन

काठमाडौं, २१ चैत— न्याय परिषद बैठकले सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसेलाई संवैधानिक इजलासको सदस्यमा मनोनयन गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको सिफारिसमा परिषदले चालिसेलाई संवैधानिक इजलासको सदस्य तोकेको हो । सर्वोच्चमा बुधबारदेखि नै संवैधानिक इजलास सुरु भएको छ ।
 विवादास्पद तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले उमेर हदले अवकास पाएपछि रिक्त रहेको संवैधानिक पदमा चालिसेलाई सदस्य तोकिएको हो । संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश जोशी, न्यायाधीशहरू ओमप्रकाश मिश्र, चोलेन्द्रसमसेर राणा, दीपककुमार कार्की र केदारप्रसाद चालिसे छन् ।

५ मन्त्रालयमा १२ सचिवको दरबन्दी कायम

काठमाडौं, २० चैत– सरकारले ५ वटा मन्त्रालयमा सचिवको दरबन्दी १२ जना कायम गरेको छ । मन्त्रालयको संख्या ३१ बाट २१ मा घटाउ“दा एक–आपसमा जोडिई एकीकृत भएका ५ मन्त्रालयमा सचिवको दरबन्दी बढाइएको हो ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमा तीन÷तीन तथा शिक्षा, युवा तथा खेलकुद, ऊर्जा, जलस्रोत तथा सिंचाइ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दुई÷दुई सचिवको दरबन्दी कायम गरेको हो ।

मिलेनियम च्यालेन्ज विकास समिति गठन

काठमाडौं, २० चैत– सरकारले अमेरिकी सहयोगमा निर्माण हुने विद्युत प्रसारण लाइन र सडक निर्माण आयोजनाहरूको सञ्चालन, अनुगमन र निर्देशन गर्न मिलेनियम च्यालेन्ज विकास समिति गठन गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले मिलेनियम च्यालेन्ज विकास समिति गठन आदेश पारित गरेको छ ।
गठन आदेशअनुसार समितिको अध्यक्ष अर्थसचिव हुनेछन् । समितिमा भौतिक पूर्वाधार तथा यातायात र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव तथा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई सदस्य राखिएको छ । समितिमा सरकारले तोकेका निजी क्षेत्र (उद्योग वाणिज्य महासंघ) र नागरिक समाजका प्रतिनिधिसमेत सदस्य रहनेछन् । 

Tuesday, April 3, 2018

जलस्रोतका ५ प्रमुख एजेन्डामा सहमति जुटाउने प्रयास

प्रधानमन्त्रीको भारत भ्रमणमा सहमति जुटाउन पहल गरिएका एजेन्डा
  • बिजुली विनिमय गर्न ‘इनर्जी बैंकिङ
  • महाकाली सन्धिको कार्यान्वयन र पञ्चेश्वर आयोजना निर्माण
  • बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटी
  • भारतको अनुदार निर्देशिकामा संशोधन
  • लम्की–बेलौरी अन्तरदेशीय प्रसारण लाइन निर्माण

काठमाडौं, १९ चैत– प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा सरकारले इनर्जी बैंकिङसहित ऊर्जा र जलस्रोतका ५ प्रमुख एजेन्डामा सहमति जुटाउने गृहकार्य थालेको छ । ऊर्जासचिव र सहसचिवस्तरमा वर्षौंदेखि भएका छलफलमा समेत सहमति हुन नसकेका ऊर्जा, जलस्रोत र सिंचाइ मन्त्रालयद्वारा प्रस्तावित ती एजेन्डामा सरकारले प्रधानमन्त्रीको भ्रमण पारेर सहमति जुटाउन खोजेको हो ।
सरकारले सहमति जुटाउन खोजेको प्रमुख मुद्दा हो– ‘इनर्जी बैंकिङ’ । निर्माणाधीन माथिल्लो तामाकोसीसहितका जलविद्युत् आयोजनाको निर्माण सकिएपछि २०७६ वैशाखदेखि नेपालमा वर्षायाममा आवश्यकताभन्दा बढी बिजुली उपलब्ध हुनेछ । वर्षायाममा बढी हुने बिजुली भारत निर्यात गर्न र सुख्खायाममा मुलुकलाई आवश्यक बिजुली भारतबाट ल्याउनका लागि नेपालले इनर्जी बैंकिङ प्रस्ताव गरेको हो । भारतलाई सुख्खायाममा भन्दा वर्षायाममा बढी बिजुली चाहिन्छ भने नेपाललाई वर्षायाममा भन्दा सुख्खायाममा बढी चाहिन्छ । भारतमा वर्षायाममा खेतीका लागि बिजुलीको ठूलो माग छ ।

सिंहदरबारको अधिकार गाउँमा पुगेको अनुभूति गराउनोस् : प्रधानमन्त्री

गाउँपालिका महासंघको अधिवेशन सुरु
काठमाडौं, १७ चैत– प्रधानमन्त्री केपी ओलीले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको अनुभूति आमजनताले पाउने गरी काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालको अधिवेशनको शनिबार राजधानीमा उदघाटन गर्दै उनले स्थानीय तह सफल भएमात्र मुलुक सफल हुने भएकाले जनप्रतिनिधिले भ्रष्टाचार हुन नदिई काम गर्नुपर्ने बताए ।
प्रधानमन्त्रीले स्थानीय तहमा युवा र महिला जनप्रतिनिधिको संख्या बढी रहेकाले आमजनताका पक्षमा धेरै काम हुनेमा आफू विश्वस्त रहेको बताए । ‘अहिले ५१ प्रतिशत उपाध्यक्ष ४० वर्षभन्दा कमका, एक चौथाइ अध्यक्ष ४० वर्षभन्दा कम उमेरका छन् । ४० प्रतिशत जनप्रतिनिधि त महिला नै छन् । यस्तो बेलामा समेत स्थानीय तहमा विकास नभए कहिले होला ?’