Thursday, October 30, 2014

प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

कोइरालाद्वारा कप्तान पारससँग फोनमा कुराकानी 
काठमाडौं, १३ कात्तिक–  प्रधानमन्त्री सुशील कोइरालाले मलेसियामा सम्पन्न आइसीसी वल्र्ड कप क्रिकेट लिग डिभिजन थ्री २०१४ को प्रतियोगितामा विजयी भई च्याम्पियन भएकामा नेपाली टोलीलाई बधाइ दिएका छन् ।
उनले नेपाली क्रिकेट टीम बिहीबारको युगान्डाविरुद्धको खेलमा विजयी भई डिभिजन थ्री च्याम्पियन भएको खबर थाहा पाउनासाथ कप्तान पारस खड्कालाई टेलिफोन गरी बधाई दिएको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ । 

अख्तियारको निर्णयले लगानी जुटिसकेको काबेली ए को भविष्य अनिश्चित

विश्व बैंक र आईएफसीले ऋण दिने निश्चित भइसकेको जगजाहेर भइसकेपछि अख्तियारले वित्तीय स्रोत नजुटाएको भन्दै काबेली ए जलविद्युत् आयोजनाको लाइसेन्स रद्द गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन
काठमाडौं, १३ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत् उत्पादन अनुमतिपत्र रद्द गर्न निर्देशन दिएपछि लगानी जुटाइसकेको ३७.६ मेगावाटको काबेली ‘ए’ जलविद्युत् आयोजनाको भविष्य अनिश्चित हुन पुगेको छ । अख्तियारको निर्देशनले उक्त आयोजनाका लागि विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले दिने निश्चित भइसकेको करिब ८ अर्ब रुपैया“ ऋणसमेत प्रभावित हुने भएको छ ।
२०५१ सालमा अरुण तेस्रो आयोजना रद्द भएपछि काबेली ए मार्फत् पहिलोपटक विश्व बैंक र विश्व बैंक समूहकै आईएफसीले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न लागेका हुन् । काबेली ए लाइसेन्स रद्द हुन पुग्यो भने विश्व बैंक र आईएफसीको नेपालको जलविद्युत् क्षेत्रमा सुरु हुन लागेको सहयोग निरुत्साहित हुने चिन्ता ऊर्जा मन्त्रालयका अधिकारीहरू प्रकट गर्छन् ।

Tuesday, October 28, 2014

पोखरा विश्वविद्यालयका १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, ११ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जथाभावी सम्बन्धन दिएको र भवन निर्माण्ँमा अनियमितता गरेको अभियोगमा पक्राउ परेका पोखरा विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र पदाधिकारीसहित २४ जनाविरुद्ध मंगलबार विशेÈ अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता श्रीधर सापकोटाका अनुसार पोखरा विश्वविद्यालयमा व्यापक आर्थिक भ्रष्टाचार भएको फेला परेकाले उपकुलपति प्रा. खगेन्द्र भट्टराई, रजिस्ट्रार मानबहादुर केसीसहित पूर्व तथा वर्तमान पदाधिकारी र कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको हो । अभियोगपत्रमा अख्तियारले विश्वविद्यालयको २ करोड २४ लाख १६ हजार रुपैया“ अनियमितता भएको जिकिर गरिएको छ ।

‘निलोफर’ को जोखिमबारे समयमै सजग गराउन निर्देशन

काठमाडौं, ११ कात्तिक– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ‘निलोफर’ नामक सामुद्रिक आ“धी भारतीय उपमहाद्वीपको पश्चिमी तटतर्फ अगाडि बढिरहेको सन्दर्भमा त्यसले नेपालमा पर्न सक्ने सम्भावित असरका बारेमा सम्बन्धित सबैलाई सजग गराउन जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूलाई निर्देशन दिएको छ ।
केही समयअघि आएको ‘हुदहुद’ नामक सामुद्रिक आ“धीबाट मनाङ, मुस्ताङलगायतका जिल्लामा ठूलो संख्यामा पर्यटक, पथपर्दशक तथा सर्वसाधारणको ज्यान गएको र हराइरहेको तीतो यथार्थको घाउ पुरिन नपाउ“दै पुनः त्यस्तै विनाशकारी सामुद्रिक तुफान आउन लागेकाले प्रधानमन्त्री कार्यालयले मौसम विज्ञान विभागका अधिकारीहरूलाई मंगलबार त्यसतर्फ सबैलाई सजग गराउन निर्देशन दिएको हो ।

महिला आयोगमा घिमिरे

काठमाडौं, ११ कात्तिक– सरकारले महिला आयोगको सदस्यमा भगवती घिमिरेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले आयोगकी सदस्य मोहना अन्सारी मानव अधिकार आयोगको सदस्यमा नियुक्त भएपछि रिक्त पदमा घिमिरेलाई मनोनयन गरेको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए ।

नन्दप्रसादको अन्त्येष्टि सरकारले नै गरिदिने

काठमाडौं, ११ कात्तिक– सरकारले छोराको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै झन्डै एक वर्È लामो आमरण्ँ अनसनका क्रममा मृत्यु भएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको अन्त्येष्टि गर्ने भएको छ ।  
नन्दप्रसादका छोरा नुरप्रसादले बाबुको शव बुझ्न र दाहसंस्कार गर्न नमानेपछि मन्त्रिपरिÈदको सोमबार बसेको बैठकले उनको अन्त्येष्टि सरकारले गरिदिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए ।

Monday, October 27, 2014

विवादास्पद झासहित दुई महानिर्देशकको सरुवा

काठमाडौं, १० कात्तिक– सरकारले भूमिसुधार मन्त्रालय मातहतका दुई महत्वपूर्ण विभागका महानिर्देशक हेरफेर गरेको छ । नापी विभागका विवादास्पद महानिर्देशक नागेन्द्र झालाई भूमिसुधार मन्त्रालयको योजना महाशाखामा सरुवा गरिएको छ । 
नापी विभागका उपमहानिर्देशक मधुसुदन अधिकारीलाई महानिर्देशकमा बढुवा गरिएको छ । भूमिसुधार तथा व्यवस्थापन विभागका महानिर्देशक तेजराज पाण्डेलाई भूमिसुधार मन्त्रालयमा सरुवा गरिएको छ । 

तपस्वी बम्जनद्वारा प्रधानमन्त्रीसित भेट

काठमाडौं, १० कात्तिक– बारा जिल्लाको हलखोरियास्थित जंगलमा तपस्या गर्दै आएका तपस्वी रामलाल बम्जनले प्रधानमन्त्री सुशील कोइरालासित भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा लक्ष्मीपूजाका दिन बम्जनले कोइरालासित भेटवार्ता गरेको जानकारी मन्त्रिपरिषद सचिवालय स्रोतले दिएको छ ।
भेटका क्रममा बम्जनले आफूले छ वर्षसम्म तपस्या गरेको बाराको हलखोरियास्थित जंगललाई सरकारका तर्फबाट धार्मिक वन घोषणा गरी संरक्षण गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

गाडी दुर्घटनामा दोषी सबैलाई कारबाही गर्ने निर्णय

काठमाडौं, १० कात्तिक– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले नुवाकोट, गोरखा र ओखलढुंगामा गम्भीर लापर्बाहीका कारण गाडी दुर्घटना भएको देखिएको उल्लेख गर्दै उक्त बाटामा पर्ने सुरक्षा निकायका प्रमुखसहित सम्बन्धित जिम्मेवार पदाधिकारीलाई तत्काल जिम्मेवारीबाट हटाई कारबाही गर्ने निर्णय गरेको छ ।
मुख्यसचिव लीलामणि पौडेलको कार्यकक्षमा प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदी, गृह सचिव सूर्य सिलवाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौला तथा यातायात र सुरक्षास“ग सम्बन्धित अधिकारीको आइतबार बसेको बैठकले गम्भीर लापर्बाहीका कारण भएको दुर्घटनाका दोषी सबैलाई कारबाही गर्ने निर्णय गरेको हो ।
चालकहरूको गम्भीर लापर्बाही, त्यस क्षेत्रमा रहेका सुरक्षाकर्मी, यातायात व्यवस्था कार्यालय, व्यवसायीको कमजोर अनुगमन र नियमनका साथै सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिबाट दुर्घटना भएको निष्कर्ष निकाल्दै बैठकले सम्बन्धित दोषी सबैलाई कारबाही निर्णय गरेको जानकारी प्रधानमन्त्री कार्यालयले दिएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार बैठकले नुवाकोट, गोरखा र ओखलढंगामा भएको गाडी दुर्घटनाका चालकको लाइसेन्स एक वर्षभित्रको भएमा खारेज गर्ने र दिने यातायात कार्यालयका जिम्मेवार अधिकारीलाई कारबाही गर्ने निर्णयसमेत गरेको छ । अस्थायी रुट परमिटका कारण दुर्घटना भएको पाइएमा त्यस्तो अनुमति दिने अधिकारीलाई समेत जिम्मेवारीबाट हटाई कारबाही गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
यातायात व्यवसायी समितिहरूले संस्थागत रूपमा सञ्चालन गरेका सवारी साधन दुर्घटना भएको पाइएमा तिनका गाडी तत्काल सञ्चालनमा रोक लगाई सडक सुरक्षाको प्रत्याभूति भएपछिमात्र चलाउन दिने निर्णयसमेत भएको जानकारी प्रधानमन्त्री कार्यालयले दिएको छ ।
बैठकले सडक दुर्घटना न्यूनीकरण गर्न चालकलाई दिइने लाइसेन्स वितरण प्रणाली, चालकको उमेर, योग्यता, सवारी सञ्चालनको रुट परमिट, सडकमा ड्युटीमा बस्ने सुरक्षाकर्मीको दायित्व तथा जिम्मेवारी स्पष्ट किटान गरी कार्यान्वयनमा ल्याउन र भविष्यमा यस प्रकारका दुर्घटना नदोहोरिने सुनिश्चितता गर्न गृह र भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशनसमेत दिएको छ ।



प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको  प्रेस विज्ञप्ति

विगत केही दिन देखि देशका विभिन्न भागमा निरन्तर सवारी साधनहरुको दुर्घटनाबाट भएको अत्यधिक जनधनको क्षति प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता प्रकृतिका दुर्घटनाहरु चालकहरुको गम्भिर लापरवाही, त्यस क्षेत्रमा रहेका सुरक्षाकर्मी, यातायात व्यवस्था कार्यालय एवं यातायात व्यवसायीको कमजोर अनुगमन र नियमनका साथै सवारी साधनमा क्षमता भन्दा बढी यात्रु बोक्ने प्रवृत्तिको कारणबाट हुन गएको देखिन्छ । यसै क्रममा डोटी, नुवाकोट, गोरखा र ‌ओखलढुङ्गामा भएका सवारी दुर्घटनाको सम्बन्धमा मुख्य सचिव लीलामणि पौड्यालको कार्यकक्षमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदी, गृह सचिव सूर्य सिलवाल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय सचिव तुलसी प्रसाद सिटौला लगायत यातायात तथा सुरक्षासँग सम्बद्ध उच्च अधिकारीहरु सहितको बैठकबाट तत्काल कारवाहीको लागि निम्नानुसार निर्णय भएको व्यहोरा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदीले बताउनु भयो।
ज्ञ। नुवाकोट,‌ओखलढुङ्गा र गोरखामा भएको सवारी साधन दुर्घटना गम्भिर लापरवाहीको कारणले भएको देखिएकोले उक्त क्षेत्रको बाटोमा पर्ने सुरक्षा निकायका प्रमुख तथा जिम्मेवार पदाधिकारीलाई तत्काल जिम्मेवारीबाट हटाई कारवाही गर्ने ।
द्द। उक्त दुर्घटनामा संलग्न भएका सवारी चालकले लाइसेन्स लिएको अवधि एक बर्ष भित्रको भएमा निजको लाइसेन्स खारेज गर्ने र लाइसेन्स दिने जिम्मेवार निकायका पदाधिकारीलाई समेत कारवाही गर्ने ।‍
घ। अस्थायी रुट परमिटको कारणबाट दुर्घटना भएको भएमा त्यस्तो रुट परमिटको स्वीकृत दिने जिम्मेवार अधिकारीलाई कार्य जिम्मेवारीबाट हटाई कारवाही गर्ने ।
द्ध। यातायात व्यवसायी समितिले संस्थागत रुपमा सञ्चालन गरेको सार्वजनिक सवारी साधनहरुबाट दुर्घटना भएको भएमा त्यस्ता व्यवसायीहरुसँग आवद्ध सवारी साधन सञ्चालन गर्न तत्काल रोक लगाई सडक सुरक्षाको पूर्ण प्रत्याभूती भएपछि मात्र त्यस्ता संस्थाका सवारी साधन चल्न पाउने व्यवस्था गर्ने । यस्तो कार्यबाट सर्वसाधरण यात्रुलाई पर्न जाने मर्कालाई ध्यानमा राखी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले वैकल्पिक व्यवस्था मिलाउने ।
छ। डोटी जिल्लामा भएको दुर्घटनाको यथाशिघ्र छानविन प्रतिवेदन प्राप्त गरी प्रतिवेदनमा देखिएका दोषीहरुलाई हदै सम्मको कानूनी कारवाही गर्ने ।
यसका साथै सचिव सुवेदीका अनुसार सडक दुर्घटना न्यूनीकरण गर्न चालकलाई उपलब्ध गराउने लाइसेन्स वितरण प्रणाली, चालकको उमेर तथा योग्यता, सवारी साधन सञ्चालन इजाजत पत्र९रुट परमिट०, सवारी साधन सञ्चालन हुने मार्गमा रहने सुरक्षा कर्मीहरुको दायित्व तथा जिम्मेवारी समेत स्पष्ट किटान गरी गृह एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले कार्यान्वयनमा ल्याउने र भविष्यमा यस प्रकारका घटनाहरु नदोहोरिने सुनिश्चितता गर्ने निर्देशन समेत प्रधानमन्त्री कार्यालयले दिएको छ।
मिति स् २०७१।७।९
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय।

Wednesday, October 22, 2014

प्रत्यक्ष सेवा प्रवाह गर्ने कार्यालयहरू अब दुई सिफ्ट सञ्चालन हुने

विचौलियाको चलखेल रोक्न नागरिक सहायता कक्ष खोलिने
काठमाडौं, ५ कात्तिक– सरकारले आमजनतामा प्रत्यक्ष सेवा प्रवाह गर्ने वैदेशिक रोजगार, मालपोत, यातायात, जिल्ला प्रशासनजस्ता कार्यालयहरूमा हुने ढिलासुस्ती र भ्रष्टाचार नियन्त्रण गर्न दैनिक १२ घन्टा काम सुचारु राख्ने र नागरिक सहायता कक्ष खोल्ने भएको छ । यस्ता कार्यालयहरू बिदाका दिनमा समेत खोलेर सेवा प्रवाह गरिनेछ ।
पूर्वसचिव कृष्णहरि बा“स्कोटाको संयोजकत्वमा गठित प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको सिफारिसमा सरकारले आमजनतामा प्रत्यक्ष सेवा प्रवाह गर्ने कार्यालयहरूमा दिनको दुई सिफ्ट बिहान ७ः३० देखि १ः३० सम्म तथा दिउ“सो १ः३० देखि सा“झ ७ः३० सम्म जनतालाई छिटोछरितो र भ्रष्टाचाररहित सेवा दिने तयारी गरेको हो ।

अख्तियारद्वारा ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, ५ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सर्लाही जिल्लाको जय शिव सामुदायिक प्रा.वि. मलंगवा–८ का नाममा सञ्चालनमा नै नरहेको झोले विद्यालय खडा गरी भ्रष्टाचार गरेकामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरेन्द्र तिवारी, प्रधानाध्यापक रुवी कुमारी र स्रोत व्यक्ति भोगेन्द्र कुमारविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
तिवारीसहित तीन जनाले ०६५ मंसिर १६ देखि २०७० पुस १९ सम्म झोले विद्यालयका नाममा विभिन्न शीर्षकमा सरकारी रकम लिने दिने कार्य गरी ३ लाख ४ हजार रुपैया“ हिनामिना गरेकाले उनीहरूमाथि भ्रष्टाचार ऐनबमोजिम हदैसम्मको कारबाही गर्न अख्तियारले अभियोगपत्रमा मागदाबी गरेको छ ।

Sunday, October 19, 2014

विदेशमा बस्ने नेपालीद्वारा बाढीपीडितलाई ८ लाख सहयोग

काठमाडौं, २ कात्तिक–  बेल्जियम, फ्रान्स र जापानमा कार्यरत नेपालीहरूले मुलुकमा केही समयअघि गएको बाढी पहिरोबाट पीडितलाई करिब ८ लाख सहयोग गरेका छन् । ती देशमा बस्ने नेपालीका संघसंस्थाका प्रतिनिधिले आइतबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटी सहयोग रकम हस्तान्तरण गरेका थिए ।
प्रधानमन्त्री कार्यालयका अनुसार जनसम्पर्क समिति बेल्जियमका सदस्य भीम जोशी र गैरआवासीय नेपाली संघको आईसीसी सदस्य जानकी गुरुङले ४ लाख १२ हजार, फ्रान्समा बस्ने नेपालीहरूका तर्फबाट भरत रानाले २ लाख ३५ हजार तथा अन्तराष्ट्रिय नेपाली समाज जापान र नेपाली ग्रुपले १ लाख ३० हजार रुपैया“ सहयोग गरेका छन् । 

Thursday, October 16, 2014

मन्त्रिपरिषदमा सुकुम्बासी आयोगका बारेमा कांग्रेस र एमालेबीच गम्भीर विवाद

प्रधानमन्त्रीद्वारा आयोग विघटन या सन्तुलित रूपमा पुनर्गठन गर्ने प्रस्ताव
काठमाडौं, ३० असोज– मन्त्रिपरिषदमा प्रमुख सत्तारूढ दल कांग्रेस र एमालेबीच सुकुम्बासी समस्या समाधान आयोग र मातहतका जिल्ला समितिमा गरिएको नियुक्तिका बारेमा बिहीबार गम्भीर विवाद भएको छ । 
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले सुकुम्बासी आयोग र मातहतका समितिमा एमालेले एकलौटी नियुक्ति गरेको उल्लेख गर्दै त्यसलाई आफ्नो दल कांग्रेसले स्वीकार्न नसक्ने भन्दै त्यसलाई विघटन वा पुनर्गठन गर्न प्रस्ताव राखेपछि दुई दलबीच गम्भीर विवाद भएको हो ।
प्रधानमन्त्रीले केन्द्रदेखि जिल्लासम्म एकलौटीरूपमा नियुक्ति गरिएको आयोग विघटन गर्नुपर्ने या कांग्रेस र एमालेबाट बराबरी पदाधिकारी रहने गरी पुनर्गठन गर्नुपर्ने प्रस्ताव राखेको जानकारी स्रोतले दिएका छन् । 

बबरमहल दुर्घटना छानबिन समिति गठन

काठमाडौं, ३० असोज– सरकारले राजधानीको बबरमहलमा भएको गम्भीर बस दुर्घटना तथा चितवनको फिस्लिङमा भएको ट्रक र कार दुर्घटनाको छानबिन गर्न सात सदस्यीय छानबिन समिति गठन गरिएको छ । 
सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव विष्णुओम बादे श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिमा यातायात व्यवस्था विभागका निर्देशक इन्दुकुमारी थपलिया, सडक विभागका सिडिई विजय महतो, यातायात व्यवस्था विभागका मुख्य इन्जिनियर गोगनबहादुर हमाल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रतिनिधि, यातायात व्यवसायी महासङ्घका प्रतिनिधि र भौतिक पूर्वाधार मन्त्रालयका शाखा अधिकृत सोमराज बराल (सदस्य सचिव) रहेका छन् । 

संविधानसभामा थप चार सदस्य मनोनीत

प्राधिकरण्ँ प्रबन्ध निर्देशकमा काफ्ले
काठमाडौं, ३० असोज– मन्त्रिपरिषदले एमाओवादीको कोटामा संविधानसभामा चार सदस्य मनोनयन गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले एमाओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीकी धर्मपत्नी राममाया बोगटी, पूर्वसचिव जनकराज जोशी, वामपन्थी बुद्धिजीवी श्याम श्रेष्ठ र बझाङका एमाओवादी नेता जनकबहादुर बुढालाई सभासद मनोनीत गरेको हो ।
यसअघि नै कांग्रेस, एमाले र राप्रपा नेपालको कोटामा मन्त्रिपरिषदबाट मनोनयन हुने २६ सभासदमध्ये १८ जना मनोनीत भइसकेका छन् । अब बा“की चार सिटमा मधेसी दलबाट २ र साना दलबाट २ जना मनोनीत गर्न बा“की छ । साना दल र मधेसीले नाम सिफारिस नगरिसकेकाले मनोनयन गर्न बा“की रहेको हो ।

गंगामायालाई अनसन तोड्न सरकारको अनुरोध

काठमाडौं, २९ असोज– सरकारले गंगामाया अधिकारीलाई आफ्नो स्वास्थ्य दिनानुदिन बिग्र“दै गएको यथार्थलाई आत्मसात गरी आमरण अनसन तोड्न बुधबार पुनः अनुरोध गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयद्वारा जारी विज्ञप्तिमा सरकारले गंगामायालाई आफ्नो उपचारमा संलग्न विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्न र खाना खाइदिन अनुरोध गरेको उल्लेख छ । 

Tuesday, October 14, 2014

बाढीपीडितलाई सवा चार लाख सहयोग
काठमाडौं, २८ असोज– विभिन्न संघसंस्थाले बाढीपहिरोपीडितलाई करिब सवा चार लाख रुपैया“ सहयोग गरेका छन् । ती संघसंस्थाले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको जानकारी मन्त्रिपरिषद सचिवालयले दिएको छ ।

 चितवन एड ट्रष्ट यू केका तर्फबाट पूर्वउपाध्यक्ष एवं सल्लाहकार टीका पौडेलले सोमबार बिहान २ लाख रुपैया“को चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका छन् ।

अब संवैधानिक नियुक्ति समावेशी सिद्धान्तका आधारमा : परिषद

काठमाडौं, २८ असोज– संवैधानिक पषिदले संवैधानिक निकायमा अब समावेशी सिद्धान्तका आधारमा पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्ने निर्णय गरेको छ । संसदीय सुनुवाइ समितिले मानव अधिकार आयोगमा पदाधिकारी नियुक्तिको सिफारिस समावेशी हुन नसकेको भनी उठाएको प्रश्नमाथि छलफल गर्दै पषिदको सोमबार बसेको बैठकले संवैधानिक निकायमा पदाधिकारीको नियुक्तिको सिफारिसमा समावेशीकरणलाई प्राथमिकता दिने निणर््ँय गरेको हो ।
सभामुख एवं परिषदका सदस्य सुवास नेम्वाङले मानव अधिकार आयोगमा पदाधिकारीको सिफारिस समावेशी नभएको भन्दै सुनवाइ समितिले ध्यानाकर्Èण गराएका कारण परिÈद बैठकले संवैधानिक निकायमा हुने नियुक्तिमा समावेशितालाई प्राथमिता दिने निर्णय गरेको जानकारी दिए ।

Sunday, October 12, 2014

भोलि संवैधानिक परिषद बैठक

काठमाडौं, २६ असोज– दुई संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लोकसेवा आयोगमा रिक्त पदाधिकारी नियुक्तिको सिफारिस गर्न सोमबार संवैधानिक परिषदको बैठक बस्दैछ ।
प्रधानमन्त्री एवं परिषदका अध्यक्ष सुशील कोइरालाले अख्तियार र लोकसेवामा रिक्त पदाधिकारी नियुक्तिको एजेन्डामा छलफल गर्न सोमबार बिहानका लागि परिषदको बैठक बोलाएको जानकारी स्रोतले दिएका छन् ।
अख्तियारमा छ वर्षभन्दा लामो समयदेखि तीन आयुक्त पद रिक्त छ । लोकसेवा आयोगमा समेत दुई सदस्य पद रिक्त छन् । दुवै संवैधानिक अंगमा पदाधिकारी अपुग भएकाले तिनको कामकारबाही लामो समयदेखि प्रभावित छ ।

Tuesday, October 7, 2014

सचिव लाकौलको अवकास आज

सचिव रिक्त निकाय १६ पुग्ने
काठमाडौं, २१ असोज– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव श्रीरञ्जन लाकौलले बुधबार अनिवार्य अवकास पाउ“दैछन् ।  उनले ५८ वर्ष उमेर पूरा गरी अवकास पाउन लागेका हुन् । उनको अवकासस“गै विभिन्न मन्त्रालय र निकायमा रिक्त सचिवको संख्या १६ पुग्नेछ ।
सरकारले सचिव पद रिक्त रहेका विभिन्न मन्त्रालयसहित १४ निकायमा सहसचिवलाई कायममुकायम सचिवको जिम्मेवारी दिएर राखेको छ भने एउटा क्षेत्रीय प्रशासन कार्यालय निमित्त सचिवको भरमा चलाइएको छ ।
हाल रक्षा, परराष्ट्र, सूचना तथा सञ्चार र शान्ति तथा पुननिर्माण मन्त्रालय, कानुन आयोग, सूचना आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, जल तथा ऊर्जा आयोग, अख्तियार, चारवटा क्षेत्रीय प्रशासन कार्यालयमा कामु सचिव छन् ।

बस दुर्घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं, २१ असोज– सरकारले डोटीमा सोमबार भएको भीषण बस दुर्घटनाको छानबिन गर्न मंगलबार अधिकारसम्पन्न उच्चस्तरीय समिति गठन गरेको छ । उक्त दुर्घटनामा परी २९ जनाको मृत्यु हुनुका साथै ४० जनाभन्दा बढी घाइते भएका छन् ।
समितिलाई बसमा क्षमताभन्दा यात्रु चढाउने गाडी सञ्चालक, बाटामा चेकजा“ज गर्नुपर्ने प्रहरी या उक्त सडकको मर्मतसम्भारको जिम्मेवारी लिएका अधिकारीलगायत ज–जसका कारणले दुर्घटना भएको हो, तिनलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन दिने अधिकार दिइएको जानकारी भौतिक पूर्वाधार मन्त्रालयका सचिव तुलसी सिटौलाले दिए ।

Monday, October 6, 2014

बकर इद धुमधामसाथ मनाइयो

काठमाडौं, २० असोज– इस्लाम धर्मालम्बी (मुसलमान) हरूले सोमबार देशभर बकर इद (इदउल अजहा) पर्व धुमधामका साथ मनाए । बकर इद इस्लाम धर्मालम्बीका लागि इदउल फित्रपछिको महत्वपूणर््ँ ठूलो पर्व हो । मुसलमानहरूले सोमबार नजिकको मस्जिदमा गएर सामूहिक रूपमा नमाज पढ्नुका साथै आपसमा गला मिलाएर ‘इद मुबारक’ भन्दै एक आपसमा शुभकामना आदानप्रदान गरे । 

अनुसन्धानको दुई एआईजीमा रेग्मी र भट्टको बढुवा

बढुवामा वरिष्ठता मिचियो
काठमाडौं, २० असोज– सरकारले राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभागका दुई नायव महानिरीक्षक (डीआईजी) दिलीपराज रेग्मी र देवराज भट्टलाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अनुसन्धानका वरिष्ठ डीआईजीद्वय रेग्मी र भट्टलाई एआईजीमा बढुवा गरेको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।
मन्त्रिपरिषदले अनुसन्धानको बढुवामा वरिष्ठता मिचेको छ । सबभन्दा वरिष्ठ डीआईजी भट्टलाई रेग्मीपछि दोस्रो वरियतामा राखी बढुवा गरेर वरिष्ठता मिचिएको हो । भट्ट रेग्मीभन्दा वरिष्ठ हुन् । गृह मन्त्री वामदेव गौतमको प्रस्तावमा भट्टलाई दोस्रो वरियतामा राखी बढुवा गरिएको जानकारी मन्त्रिपरिषद स्रोतले दिएको छ । एक नम्बरमा बढुवा भएकाले रेग्मी अनुसन्धानको भावी प्रमुखका स्वभाविक उम्मेदवार भएका छन् ।