Thursday, May 30, 2019

११०९ लाई संविधानसभा पदक

राष्ट्रपति र प्रधानमन्त्रीसँगै चन्द समूहका तीन नेतासमेत विभूषित हुने
काठमाडौं, १५ जेठ– संविधान निर्माणमा योगदान गरेको भन्दै संविधानसभाका दुवै कार्यकालका ११ सय ९ जना सभासदलाई सरकारले बिहीबार ‘संविधानसभा पदक’ बाट विभूषित गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतल निवासमा आयोजना हुने कार्यक्रममा विभूषण प्रदान गर्ने कार्यक्रम छ ।
नेपाली सेनाले तयार पारेको पदकमा संघीय समावेशी संविधान, ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तह अंकित रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
सरकारले सम्मानित गर्ने व्यक्तिहरूको सूचीको पहिलो र दोस्रो नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको नाम छ । सरकारले भण्डारी र ओलीसँगै आफैंले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका तीन नेतालाई समेत सम्मानित गर्ने भएको छ ।
सम्मानित गर्न लागिएका चन्द समूहका तीन नेतामा खडगबहादुर विश्वकर्मा, सन्तोषकुमार बुढामगर र उमा भुजेल छन् । उनीहरू तीनै जना पहिलो कार्यकालमा संविधानसभा सदस्य थिए ।

सांसदको बजेट सम्बन्धमा सर्वोच्चको दरपीठ

काठमाडौं, १४ फागुन– निर्वाचन क्षेत्रको पूर्वाधार विकासका लागि सांसदहरूका नाममा बजेट छुट्याउने परम्परा अन्त्य गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ । अधिवक्ता पारसमणि भट्टराईले पेस गरेको रिट सोमबार सर्वोच्च अदालतका रजिस्ट्रार लालबहादुर कुँवरले दरपीठ गरिदिएका हुन् ।
भट्टराई जेठ १५ मा प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेटमा संसदीय निर्वाचन क्षेत्रका लागि बजेट छुट्याउन लागिएको उल्लेख गर्दै त्यसलाई रोक्न माग गर्दै सर्वोच्च गएका थिए । उनले अघिल्लो बजेटमा ४ करोड रुपैयाँ निर्वाचन क्षेत्र पूर्वाधार विकासका नाममा सांसदलाई छुट्याइएको र यसपालि बढाएर १० करोड पु¥याउन लागिएको उल्लेख गर्दै त्यसरी बजेट विनियोजन गर्नु संविधानविपरीत हुने जिकिर रिट निवेदनमा गरेका थिए । सर्वोच्चका रजिस्ट्रार कुँवरले भने आशंकाका आधारमा रिट पेस भएको दाबी गर्दै दर्ता गर्न अस्वीकार (दरपीठ) गरेका हुन् । ‘प्रत्येक निर्वाचन क्षेत्रलाई सरकारले केबल बाँड्न सक्ने भन्ने आशंकाका आधारमा निवेदन लिई आएको देखिँदा परिपक्व भइनसकेको विषयमा प्रस्तुत निवेदन दर्ता गर्न मिल्ने देखिएन,’ कुँवरले गरेको दरपीठ आदेशमा उल्लेख छ ।

Wednesday, May 29, 2019

सांसदको बजेटसम्बन्धी रिट दरपीठ

काठमाडौं, १४ जेठ– निर्वाचन क्षेत्रको पूर्वाधार विकासका लागि सांसदहरूका नाममा बजेट छुट्याउने परम्परा अन्त्य गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ । अधिवक्ता पारसमणि भट्टराईले पेस गरेको रिट सोमबार सर्वोच्च अदालतका रजिस्ट्रार लालबहादुर कु“वरले दरपीठ गरिदिएका हुन् ।
भट्टराई जेठ १५ मा प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेटमा संसदीय निर्वाचन क्षेत्रका लागि बजेट छुट्याउन लागिएको उल्लेख गर्दै त्यसलाई रोक्न माग गर्दै सर्वोच्च गएका थिए । उनले अघिल्लो बजेटमा ४ करोड रुपैया“ निर्वाचन क्षेत्र पूर्वाधार विकासका नाममा सांसदलाई छुट्याइएको र यसपालि बढाएर १० करोड पु¥याउन लागिएको उल्लेख गर्दै त्यसरी बजेट विनियोजन गर्नु संविधानविपरीत हुने जिकिर रिट निवेदनमा गरेका थिए । सर्वोच्चका रजिस्ट्रार कु“वरले भने आशंकाका आधारमा रिट पेस भएको दाबी गर्दै दर्ता गर्न अस्वीकार (दरपीठ) गरेका हुन् । ‘प्रत्येक निर्वाचन क्षेत्रलाई सरकारले केबल बा“ड्न सक्ने भन्ने आशंकाका आधारमा निवेदन लिई आएको देखि“दा परिपक्व भइनसकेको विषयमा प्रस्तुत निवेदन दर्ता गर्न मिल्ने देखिएन,’ कु“वरले गरेको दरपीठ आदेशमा उल्लेख छ ।

आज प्रधानमन्त्रीलाई कोरियाली मानार्थ विद्यावारिधि

काठमाडौं, १४ जेठ– गणतन्त्र दिवस कार्यक्रमको व्यस्तताबीच बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण कोरियाली विश्वविद्यालयको ‘मानार्थ विद्यावारिधि’ उपाधि ग्रहण गर्दै छन् ।
नेपाली सेनाको सानो भ¥याङस्थित स्वास्थ्य विज्ञान संस्थानमा आयोजना हुने कार्यक्रममा दक्षिण कोरियाको काङनाम युनिभर्सिटीले प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति ओलीलाई मानार्थ उपाधि प्रदान गर्ने भएको हो ।
कार्यक्रममा सहभागी हुन काङनाम युनिभर्सिटीका प्रेसिडेन्ट सिनिल युन र त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले संयुक्त रूपमा आमन्त्रण गरेका छन् ।
प्रेसिडेन्ट युनले युनिभर्सिटीका तर्फबाट ओलीलाई उपाधि प्रदान गर्नेछन् । ओलीले ग्रहण गर्न लागेको यो चौथो मानार्थ विद्यावारिधि उपाधि हो । यसअघि सन् २०१० मा मध्य अमेरिकाको बेलिजमा रहेको भनिएको र काठमाडौं शंखमूलमा सम्पर्क कार्यालय रहेको ग्रिनफोर्ड इन्टरनेसनल युनिभर्सिटीले ओलीलाई राजनीतिशास्त्रमा मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको थियो । उक्त उपाधि विवादमा परेको थियो ।

गणतन्त्र दिवसका दिन ४ सय ३४ कैदी छाडिए

काठमाडौं, १४ जेठ– राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा गणतन्त्र दिवसका दिन बुधबारदेखि लागू हुने गरी ४ सय ३४ जना कैदीलाई बाँकी कैद सजाय मिनाहा गरेकी छन् । उनीहरू बुधबार छुटेका छन् । मन्त्रिपरिषदले गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसका उपलक्ष्यमा ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गरेको हो ।
गम्भीर प्रकृतिको अपराधमा सजाय भुक्तान गरिरहेका कैदीले भने यस्तो कैद सजायको छुट पाउने छैनन् । कानुनअनुसार राष्ट्रिय उत्सवका दिन गणतन्त्र दिवसमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदी (गम्भीर प्रकृतिको अपराधमा सजाय भोगिरहेकाबाहेक) को बाँकी सजाय मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट माफी दिने घोषणा भएको जानकारी गृह मन्त्रालय स्रोतले दिएको छ ।

वडाध्यक्षसहित दुई जनाविरुद्ध मुद्दा, तीन जना घुससहित पक्राउ

काठमाडौं, १२ जेठ– अख्तियारले वडाध्यक्षसहित दुई जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ भने तीन कर्मचारीलाई घूस रकमसहित पक्राउ गरेको छ ।
सेवाग्राहीस“ग मोहियानी जग्गा छुटाउने सिफारिसका लागि लिएको २५ हजार रुपैया“सहित पक्राउ परेका सप्तरीको सुरुंगा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मिया“विरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । नागरिकताको प्रमाणपत्र बनाउन सहज गराइदिएबापत सेवाग्राहीस“ग लिएको ४ हजार रुपैया“सहित पक्राउ परेका इलाका प्रशासन कार्यालय रामगोपालपुर, महोत्तरीका कम्प्युटर अपरेटर अशोककुमार सिंहविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।
झापा भद्रपुरस्थित व्यावसायिक तथा सीप विकास तालिम केन्द्रका नायब सुब्बा राजकुमार धिमाल र ललितपुरको लगनखेलस्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक उपेन्द्रप्रसाद यादव तथा कार्यालय सहयोगी राजन बिष्ट घूससहित पक्राउ परेको अख्तियारले जनाएको छ ।

८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

९२ रोपनी सरकारी जग्गा निजी कम्पनीका नाममा दर्ता गरेको अभियोग
काठमाडौं, १२ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । चन्द्रागिरि नगरपालिकामा पर्ने पाताल तथा ठोटने खोला र चिसापानी वन उपभोक्ता समूहले उपभोग गरिरहेको ९२ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्ति विशेषको स्वामित्वमा रहेको सुयल हाउजिङ कम्पनीका नाममा स्रेस्ता खडा गरी पुर्जासमेत उपलब्ध गराएकाले मालपोत कार्यालय कलंकीका मालपोत अधिकृत शिवप्रसाद रिमालसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
२ करोड २१ लाख १० हजार रुपैया“भन्दा बढीको सरकारी जग्गा गैरकानुनी रूपमा भूमाफियाका नाममा दर्ता गरी अनियमितता गरेको भन्दै रिमाल, नायब सुब्बा हरिप्रसाद आचार्य, नक्कली जग्गाधनी मिनाकुमारी थापा, सुयल हाउजिङ कम्पनीका सञ्चालक सुयल थापा, दीपेन्द्रविक्रम शाह, अधिवक्ताद्वय बाबुराम रेग्मी र योगेन्द्र पोखरेलविरुद्ध अख्तियारले मुद्दा दायर गरिएको हो । अभियोगपत्रमा उनीहरूलाई बिगो बराबर जरिवाना र जेल सजाय गर्न मागदाबी गरिएको छ ।

Monday, May 27, 2019

बम विस्फोटप्रति कांग्रेसद्वारा दुःख प्रकट

काठमाडौंं, १२ जेठ– प्रमुख प्रतिपक्षी कांग्रेसले मुलुकमा पछिल्लो समय बढदै गएका बम विस्फोट र हत्या हिंसाका घटना तथा जनधनको क्षतिप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेको छ । कांग्रेसले आइतबार विज्ञप्ति जारी गरी हिंसाको राजनीति परित्याग गर्न नेत्रविक्रम चन्द समूहलाई र निषेधको राजनीति परित्याग गरी समाधान खोज्न सत्तारूढ नेकपा र नेपाल सरकारलाई अपिल गरेको छ ।
कांग्रेसले विज्ञप्तिमा राजधानीका विभिन्न स्थानमा आइतबार भएको बम विस्फोट र त्यसबाट भएको मानव जीवनको क्षतिप्रति पार्टीको ध्यान गम्भीर ढंगले आकृष्ट भएको उल्लेख गर्दै त्यसप्रति दुःख प्रकट गरेको छ ।
‘लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकासमा सबै थरी शक्ति ऐक्यबद्ध ढंगले अघि बढ्नुपर्ने बेला यस्ता घटना हुनुलाई कांग्रेसले अत्यन्तै दुःखद रूपमा लिएको छ,’ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘बम विस्फोटमा परेर अमूल्य जीवन गुमेको छ । यसले शान्ति स्थापनापछिको नेपाली समाजलाई हार्दिक ढंगले अघि लिएर जाने आम नेपालीको चाहनालाई मर्माहत बनाएको छ,’ कांग्रेसले विज्ञप्तिमा भनेको छ, ‘लामो हिंसाबाट जर्जर भएर बल्ल शान्तिको सास फेरिरहेको मुलुकमा पछिल्ला घटनाक्रमबाट कसैको विजय हुँदैन ।’

भ्रष्टाचार अभियोगमा कर्णेल बर्खास्त

काठमाडौं, ११ जेठ– नेपाली सेनाका प्रमुख सेनानी (लेफटिनेन्ट कर्णेल) केशवराज कार्की भ्रष्टाचार अभियोगमा बर्खास्त भएका छन् ।
कालीसिद्धि गण उदयपुरका प्रमुख कार्कीले सवा ४९ लाख रुपैया“ सरकारी रकम भ्रष्टाचार गरेको ठहर गर्दै समरी जनरल सैनिक अदालतले शुक्रबार पदबाट बर्खास्त गरी जेल चलान गरेको हो । अदालतले कार्कीलाई ३ महिनाको कैद सजाय, सवा ४९ लाख रुपैया“ बिगो र त्यसबराबर रकम जरिवाना गर्ने फैसला गरेको छ ।
कार्कीले आफूले नेतृत्व गरेको गणलाई चुरे संरक्षण गर्न प्राप्त ८० लाखमध्ये १ लाख ६७ हजार रुपैया“ र गणको आन्तरिक स्रोतको ४७ लाख रुपैया“भन्दा बढी अनियमितता गरेको अदालतले ठहर गरेको छ । स्रोतका अनुसार आदेशलगत्तै उनलाई केन्द्रीय कारागार (जगन्नाथ देवल) चलान गरिएको छ ।
गण र राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमको रकम अनियमितता गरेको ठहर भएपछि सहायक रथी हिमांशु खडकाको अध्यक्षतामा रहेको अदालतले कार्कीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी तीन महिनाको कैद र बिगोसहित जरिवानाको फैसला गरेको जानकारी सैनिक स्रोतले दिएको छ । कार्कीले चुरे संरक्षण कार्यक्रम र गणको आन्तरिक आम्दानीबाट कुल ४९ लाख २९ हजार ८ सय २९ रुपैया“ भ्रष्टाचार गरेको अदालतको ठहर छ ।
सैनिक अदालतले कार्कीलाई फैसलामा चित्त नबुझे कानुनबमोजिम ३५ दिनभित्र सैनिक विशेष अदालतमा पुनरावेदन गर्न जाने मौकासमेत दिएको छ । सैनिक ऐन २०६३ मा जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट फैसला वा अन्तिम आदेशमाथि चित्त नबुझेमा सैनिक विशेष अदालतमा पुनरावेदन गर्न सकिने प्रावधान छ ।

पूर्व सैनिक सचिव थापाको निधन

काठमाडौं, ११ जेठ– राजदरबारका पूर्वसैनिक सचिव ताराबहादुर थापाको निधन भएको छ । ७८ वर्षीय थापा केही वर्षदेखि फोक्सोको समस्याबाट पीडित थिए । उनको नयाँ दिल्लीमा उपचारका क्रममा शुक्रबार राति निधन भएको जानकारी पारिवारिक स्रोतले दिएको छ । 
थापा राजा वीरेन्द्र शाहका पालामा राजदरबारका सैनिक सचिव थिए । अवकाशप्राप्त लेफ्टिनेन्ट जर्नेल थापाका पत्नी, दुई छोरा र एक छोरी छन् ।

खत्रीको शोकमा अदालतमा बिदा

काठमाडौं ११ वैसाख– सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको शोकमा आइतबार मुलुकभरका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ ⥍  सर्वोच्चका म’ख्य रजिस्ट्रार नृपध्वज निरौलाद्वारा शनिबार जारी विज्ञप्तिमा खत्रीको निधनमा शोक प्रकट गर्न आइतबार म’ल’कभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष तथा न्यायाधिकरणमा बिदा दिइएको उल्लेख छ ⥍  (६ वर्षको उमेरमा श’क्रबार निधन भएका खत्रीको शनिबार पश’पति आर्यघाटमा अन्त्येष्टि गरियो ⥏

Friday, May 24, 2019

मोदीलाई देउवाको बधाई

काठमाडौं, ९ जेठ– कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा सम्पन्न लोकसभा चुनावमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका अध्यक्ष अमित शाहलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका छन् ।
देउवाले मोदी र शाहलाई छुट्टाछुट्टै पत्र पठाई कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट बधाई तथा शुभकामना दिएको कांग्रेस केन्द्रीय कार्यालयले बिहीबार जनाएको छ ।
देउवाले पत्रमा नेपाल र भारतबीच सदियौंदेखि कायम रहेको पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हु“दै जानुका साथै दुवै पार्टीबीचको सम्बन्ध र सहकार्य अझ बलियोे हुने विश्वाससमेत व्यक्त गरेका छन् ।

९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ९ जेठ– अख्तियार दुरुपयोग अनुन्धान आयोगले जिल्ला कृषि विकास कार्यालय पर्सा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई (तरकारी जोन) का प्रमुख वीरेन्द्रप्रसाद सिन्हासहित ७ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
फर्जी बिल र समिति बनाएको तथा किसानको अनुदान र सुविधा कटौती गरेर डेढ लाख रुपैया“भन्दा बढी भ्रष्टाचार गरेको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर गरिएकामा सिन्हासहित लेखापाल सत्यनारायण सहनी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई पर्साका सञ्चालक समिति अध्यक्ष रामेश्वर महतो कोइरी, राकेशकुमार महतो, नितु कन्स्ट्रक्सनका प्रोपाइटर निर्माण व्यवसायी रामलाल राउत कुर्मी र निर्माण व्यवसायी सन्नी यादव छन् । उनीहरूविरुद्ध बिगोबराबर जरिवानाका अतिरिक्त जेलसजाय मागदाबी गरिएको छ ।

न्यायाधीश घूस प्रकरणमा न्यायिक प्रक्रिया अघि बढाउन आदेश

काठमाडौं, ८ जेठ– सर्वोच्च अदालतले उच्च अदालतका नवनियुक्त न्यायाधीश लेखनाथ ढकालको घूस प्रकरणसम्बन्धी रिट दर्ता गरी न्यायिक प्रक्रिया अघि बढाउन बुधबार आदेश दिएको छ । सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्लको इजलासले ढकालविरुद्धको रिट दर्ता गरी त्यस सम्बन्धमा बेन्चबाट न्यायिक प्रक्रियामार्फत निरूपण गर्न आदेश दिएको हो ।
काभ्रेपलाञ्चोकका उमेश बानिया“ले आफूस“ग १८ लाख रुपैया“ घूस लिएको दाबी गरेर न्यायाधीश ढकालमाथि कारबाही गर्न माग गर्दै न्याय परिषद्मा उजुरी दिनुका साथै सर्र्वोच्चमा रिट दिएका थिए । तर, सर्वोच्च प्रशासनले उनको रिट दरपीठ गरेको थियो । बानिया“ले दरपीठविरुद्ध पुनः सर्वोच्चमा निवेदन दिएका थिए ।
न्यायाधीश मल्लको इजलासले भने न्यायपरिषदको निर्णयविरुद्ध रिट परिसकेपछि इजलासले निरूपण गर्नुपर्ने आदेश दिएकी छन् । ‘निवेदकले उठाएको रिट निवेदन दर्ता नगरी दरपीठ गरेको विषयको प्रकृति हेर्दा न्यायिक प्रक्रियाबाट बेन्चबाटै निरूपण गर्नुपर्ने विषय देखिएकाले रजिस्ट्रारबाट गरिएको दरपीठ आदेश बदर गरिएको छ,’ मल्लको इजलासको आदेशमा भनिएको छ ।

एआईजी–डीआईजी घटुवा निर्णय बदर

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय अनुसन्धानका एआईजी यादव रेग्मी र डीआईजी मधु कार्कीलाई एक तह घटुवा गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । सर्वोच्चका न्यायाधीश बमक’मार श्रेष्ठको इजलासले सरकारको निर्णय अन्यायप“र्ण भएको जिकिर गर्दै बदर गरिदिएको हो ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा रेग्मी एआईजीमा बढ’वा भएका थिए भने कार्कीलाई वर्तमान सरकारले नै बढ’वा गरेको हो । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विभागमा एआईजी र डीआईजीको दरबन्दी घटाउनुका साथै रेग्मी र कार्कीलाई एक÷एक तह घटुवा गरेको थियो । सरकारको निर्णयविरुद्ध रेग्मी र कार्कीले मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए . उनीहरूको रिटमाथि ब’धबार स’न’वाइ गरी सर्वोच्चले घट’वाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

Wednesday, May 22, 2019

मोडेल खुस्बुलाई ३ महिना कैद

काठमाडौं, ७ जेठ– जिल्ला अदालत, काठमाडौंले मोडल खुस्बु ओलीलाई चेक अनादर मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेकबापतको रकम सा“वा र ब्याजसहित तिर्नुपर्ने ठहर गरेको हो । ओलीले ३ जनवरी २०१७ मा काटेको ३६ लाख रुपैया“को कुमारी बैंकको चेक बाउन्स भएको थियो । बाउन्स भएपछि सप्तरीका गोपाल कटुवालले खुस्बुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

भीभीआइपी क्षेत्रमा ड्रोन उडाउन रोक

  • उडान गर्न प्रशासन र प्राधिकरणको स्वीकृति अनिवार्य
  • तीन महिनाका लागि मात्र इजाजत लिन सकिने
  • मानवरहित क्षेत्रमा उडान गर्न अनुमति लिनु नपर्ने
काठमाडौं, ६ जेठ– अतिविशिष्ट पदाधिकारीहरू राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभा अध्यक्षलगायतका निवासको १ किलोमिटर हवाई दूरीभित्र ड्रोन (मानवरहित हवाई उपकरण) को उडान निषेध गरिएको छ । सरकारले ड्रोन उडानसम्बन्धी नया“ कार्यविधि जारी गरी पहिलो पटक निषेधित क्षेत्र तोकेको हो ।
कार्यविधिअनुसार ड्रोन उडान निषेध गरिएका क्षेत्रमा मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, उपत्यकाका माइतीघर मण्डला, स्वयम्भूनाथ, बौद्धनाथ, बुढानीलकण्ठ, दरबार स्क्वायर क्षेत्र (भक्तपुर, पाटन र काठमाडौं) र पुराताŒिवक क्षेत्र छन् ।
कार्यविधिमा उपत्यका बाहिर स्थानीय प्रशासन वा आधिकारिक निकायले निर्धारण गरेका धार्मिक, पुराताŒिवक र ऐतिहासिक क्षेत्रमा अब ड्रोन उडाउन पाइने छैन । सैनिक वा सशस्त्र या नेपाल प्रहरीको मुख्यालय, तालिम केन्द्रको १ हजार मिटर र अन्य सुरक्षा इकाई रहेको क्षेत्रमा समेत ५ सय मिटर हवाई दूरीमा ड्रोन उडाउन पाइने छैन । विमानस्थल र अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट ५ किलोमिटर दूरीभित्र र हवाई रुट तय गरिएका कुनै पनि स्थानमा ड्रोन उडान कार्यविधिमा रोक लगाइएको छ ।

१४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सशस्त्रका जवान घूससहित पक्राउ
काठमाडौं, ७ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय, इलामका युवा स्वरोजगार कार्यक्रम स्वयंसेवक भानुभक्त आचार्य र जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा विनोदबाबु बीसीविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आचार्य र बीसीले हराएको पासपोर्टको प्रतिलिपि निकाल्न सेवाग्राहीस“ग ६ हजार रुपैया“ घूस लिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले नेपालगन्ज भन्सार कार्यालयका दुई अधिकृत र नासुसहित १० जनाविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । उनीहरूविरुद्ध जनही २० लाख २४ हजार १ सय ४१ रुपैया“ बिगो भराई प्रचलित ऐनबमोजिम सजाय गर्न मागदाबी गरिएको छ । अख्तियारले आइतबार भन्सार अधिकृत सुभाषप्रसाद श्रेष्ठ, बटुकृष्ण अधिकारी र नासु वसन्तकुमार सुवेदीलगायत विरुद्ध विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो । उनीहरूले २०७५ जेठ २४ मा भन्सार एजेन्ट दिनेशकुमार बानिया“स“ग मिलेर झूटो प्रज्ञापनपत्र बनाई भन्सार छली गरेको अख्तियारले जनाएको छ । ‘ना ६ ख ५८५९’ र ‘ना ७ ख १७’ नम्बरका ट्रकबाट भन्सार महसुल तथा राजस्व छली गरी मालबस्तु ल्याइएको र घिउ प्रज्ञापनपत्रमा उल्लेख नभएको पाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरूले खराब मनसायले सामान धनीस“गको मिलेमतोमा भन्सार महसुल चुहावट गरेको अख्तियारले जनाएको छ ।

Monday, May 20, 2019

प्राधिकरणको पौने दुई खर्बको सम्पत्ति ‘अज्ञात’

  • भौतिक परीक्षण नगरी सम्पत्ति पुष्टि हुन सक्दैन ः लेखापरीक्षण प्रतिवेदन  
  • १९ सय रोपनी जग्गाको कागजपत्र छैन, १४ सय रोपनीभन्दा बढी जग्गा अतिक्रमित
  • ५८ करोडभन्दा बढी प्रसारण लाइन निर्माणका क्रममा सामान अलपत्र
  • आफ्नो सम्पत्ति खोजी गर्न प्राधिकरण विश्व बैंकस“ग सहयोग खोज्दै
काठमाडौं, ३० जेठ– लामो समयदेखि सम्पत्तिको भौतिक परीक्ष्ँण नहु“दा नेपाल विद्युत् प्राधिकरणको करिब १ खर्ब ७५ अर्ब रुपैया“ बराबरको सम्पत्ति अज्ञात अवस्थामा छ । प्राधिकरणको आन्तरिक लेखापरीक्ष्ँण प्रतिवेदनले आर्थिक विवरणमा सम्पत्तिका रूपमा उल्लेख गरिएको पौने २ खर्ब रुपैया“ बराबरको सम्पत्तिको भौतिक परीक्षण लामो समयदेखि नभएको औंल्याएको छ ।
प्राधिकरणको आर्थिक तथा प्रशासनिक विनियमावलीमा हरेक आर्थिक वर्ष सकिएको दुई महिनाभित्र सम्पत्तिको भौतिक परीक्षण गर्नुपर्ने व्यवस्था छ । प्राधिकरणले ऊक्त व्यवस्थाविपरीत वर्षौंदेखि सम्पत्तिको भौतिक परीक्षण नगराएको  प्रतिवेदनमा जनाइएको छ ।
प्रतिवेदनमा भौतिक परीक्षण नहु“दा प्राधिकरणको सम्पत्ति कति हो भन्ने यकिन हुन नसकेको टिप्पणी गरिएको छ । ‘प्राधिकरणले आफ्नो सम्पत्तिको भौतिक परीक्षण नियमित रूपमा नगर्दा वित्तीय विवरणमा उल्लेख गरिएको सम्पत्ति पनि निष्पक्ष हु“दैन,’ लेखा परीक्ष्ँण प्रतिवेदनमा भनिएको छ ।

Friday, May 10, 2019

तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २४ वैशाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय, रामगोपालपुर, महोत्तरीमा कार्यरत कम्प्युटर अपरेटर अशोककुमार सिंहविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । नागरिकता प्रमाणपत्र बनाउन सहज पारिदिने भन्दै ४ हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, कलैया बाराका खरिदार रामजीप्रसाद साह र बिचौलिया खड्गभक्त शर्मा खरेलविरुद्ध समेत बिहीबार मुद्दा दायर गरेको छ । सोही कार्यालयमा विचाराधीन मोहीसम्बन्धी मुद्दामा जग्गाको मोही कट्टा गरिदिन्छु भनी सेवाग्राहीसँग २३ हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले दुवै जनाविरुद्ध मुद्दा दायर गरिएको हो । मुद्दा दायर भएस“गै तीनै जना सेवाबाट निलम्बित भएका छन् ।

Tuesday, May 7, 2019

तीन जनाविरुद्ध मुद्दा, एक जना घुससहित पक्राउ

काठमाडौं, २२ वैशाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कर्मचारीविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले घुस रकमसहित पक्राउ परेका चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई र महानगरीय दंगा नियन्त्रण प्रहरी गणका प्रहरी जवान गणेश लोहारविरुद्ध मुद्दा दायर गरेको हो । भट्टराई २० हजार र लोहार १७ हजार रुपैया“ घुस रकमसहित पक्राउ परेका थिए ।
अख्तियारले नक्कली प्रमाणपत्रधारी पोखरा महानगरपालिकास्थित श्रीकाहु“ आधारभूत विद्यालयका तत्कालीन प्रधानाध्यापक अम्बिका गौतमविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका टाइपिस्ट नायव सुब्बा कृष्णकुमार पाठकलाई सोमबार नै घुस रकमसहित पक्राउ गरेको छ । उच्च अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने बहानामा पाठकले सेवाग्राहीसँग ३ लाख रुपैयाँ घुस लिएका थिए ।

काठमाडौंको प्रहरी प्रमुख फेरिए

काठमाडौं, २२ वैशाख– प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी परिसर र अपराध महाशाखामा नेतृत्व परिवर्तन गरेको छ । प्रधान कार्यालय स्रोतका अनुसार काठमाडौं प्रहरी प्रमुख वसन्त लामा लागू औषध नियन्त्रण व्यूरोमा सरुवा भएका छन् , काठमाडौंको प्रहरी प्रमुखमा एसएसपी उत्तमराज सुवेदीलाई ल्याइएको छ ।
सुवेदी यसअघि नेपाल प्रहरीको प्रवक्ता थिए ।
अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापालाई ल्याइएको छ । उनलाई विराटनगर तालिम केन्द्रबाट सरुवा गरी महाशाखामा ल्याइएको हो ।

लेखापालको अवैध आर्जन सवा ५ करोड

काठमाडौं, २२ वैशाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारीविरुद्ध सवा ५ करोड रुपैयाँ अवैध आर्जन गरेको अभियोगमा सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अधिकारीले २०५९/६/१६ देखि २०७५ वैशाख मसान्तसम्मको अवधिमा स्रोत नखुलेको ५ करोड १० लाख ३३ हजार रुपैयाँ आर्जन गरेको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार अधिकारीको अवैध सम्पत्ति राखेको अभियोगमा उनका नातेदार दुर्गा अधिकारी, दिपा श्रेष्ठ (अधिकारी), सुस्मिता अधिकारी, सोममाया श्रेष्ठ, पुष्प कुमारी निरौला र बलराम शर्मासमेतलाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको छ ।

कान्तिपुरकर्मी मिश्रलाई पितृशोक

काठमाडौं, २० वैशाख– कान्तिपुर दैनिकका प्रमुख उपसम्पादक अतुल मिश्रलाई पितृशोक परेको छ । मिश्रका ८८ वर्षीय बुवा जयानन्द मिश्रको बिहीबार बिहान काठमाडौंमा निधन भएको हो । जयानन्द विगत एक महिनादेखि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए ।
पञ्चालयतकालमा प्रजातान्त्रिक आन्दोलनमा लागेका कारण जागिर गुमाएका स्वर्गीय मिश्रले शाही कालमा भएको लोकतान्त्रिक लडाईमा अग्रणी भूमिका निर्वाह गर्नुका साथै शाहीकालविरुद्ध १० दिन आमरण अनशनसमेत बसेका थिए । स्वर्गीय मिश्रका दुई छोरा र दुई छोरी छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र कान्तिपुर प्रतिष्ठान शाखाले बिहीबार नै विज्ञप्ति जारी गरी स्वर्गीय मिश्रको निधनप्रति शोक व्यक्त गरेको छ ।

Sunday, May 5, 2019

१७ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा गर्न आदेश

भक्तपुर जिल्ला अदालतका तत्कालीन न्यायाधीश मोहम्मद जुनैद आजादले २०२१ सालको नापीदेखि खोलो÷सरकारी जनिएको जग्गा व्यक्तिका नाममा गर्न आदेश दिएका हुन्
  •  २०२१ सालको नापीदेखि खोलो÷सरकारी जनिएको जग्गा
  •  २०५३/१/२३ मा आफ्नो भएको जिकिर गर्दै छुट जग्गा दर्ता गर्न मागदाबी
  •  मालपोत कार्यालय भक्तपुरद्वारा २०६०/६/७ र २०७३/४/१८ मा थापाका नाममा जग्गा छुट दर्ता गर्न नमिल्ने निर्णय
  •  जिल्ला अदालत भक्तपुरद्वारा २०७५/९/२६ मा थापाका नाममा छुट दर्ता गर्न आदेश
  •  मागदाबी १६ रोपनी, अदालतद्वारा १७ रोपनी छुट दर्ता गर्न आदेश
काठमाडौं, २२ वैशाख– भक्तपुर जिल्ला अदालतले मध्यपुर थिमि–१६ को हनुमन्ते खोलासमेत रहेको १७ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिका नाममा छुट दर्ता गर्न विवादास्पद आदेश दिएको पाइएको छ ।
भक्तपुर जिल्ला अदालतका तत्कालीन न्यायाधीश मोहम्मद जुनैद आजादले गत पुस २६ मा लोकन्थलीस्थित हनुमन्ते खोला र दाया“–बाया“को १७ रोपनी १ आना २ दाम १ पैसा जग्गा ललितपुर, इमाडोलका ज्ञानबहादुर थापाका नाममा छुट दर्ता गरिदिन भूमिसुधार कार्यालय भक्तपुरलाई आदेश दिएका हुन् । नापीको नक्सा र मालपोतको स्रेस्तामा कित्ता नं. ४२४ को उक्त जग्गा ‘खोलो÷सरकारी’ उल्लेख छ ।
आजादले २०२१ सालको नापीदेखि फिल्डबुकमा नेपाल सरकारका नाममा दर्ता कायम भएको र २०५३ सालसम्म कसैले आफ्नो हो भन्ने दाबी नगरेको जग्गा ठोस प्रमाण र आधारबिनै व्यक्तिका नाममा छुट दर्ता गर्न आदेश दिएका हुन् । साविक दिव्यश्वरी गाविस र हाल मध्यपुर थिमि–१६ मा पर्ने कित्ता नं. ४२४ मा ६७ रोपनी ८ आना २ दाम जग्गा छ । आजादले १७ रोपनी १ आना २ दाम १ पैसा जग्गा भने पनि पूरै कित्ता अर्थात् ६७ रोपनी ८ आना २ दाम नै थापाका नाममा छुट दर्ता हुने आशयको फैसला गरेका छन् ।

Friday, May 3, 2019

बालुवाटारको ११७ रोपनी जग्गा जफत गर्ने तयारी

जग्गा पहिचानको काम अन्तिम चरणमा पुगिसकेको छ, अब सरकारको नाममा ल्याउने प्रक्रिया सुरु गर्छौं : भूमि व्यवस्था सचिव
मुलुकभर अधिग्रहण गरिएको जग्गाको अतिक्रमण छानबिन गर्न आयोग गठनको प्रक्रिया सुरु
काठमाडौं, १९ वैशाख– सरकारले बालुवाटारस्थित अतिक्रमित ११७ रोपनी सरकारी जग्गा आफ्नो नाममा ल्याउने (जफत गर्ने) प्रक्रिया अघि बढाउने तयारी गरेको छ । पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित छानबिन समितिको सिफारिसमा सरकारले ललिता निवासको ११७ रोपनी जग्गा जफत गरी आफ्नो नाममा फिर्ता ल्याउने प्रक्रिया सुरु गर्न लागेको हो ।
त्रिताल आयोगको प्रतिवेदन आउनासाथ बसेको मन्त्रिपरिषद बैठकले अतिक्रमित सबै सरकारी जग्गा रोक्का राखी जफत गर्ने प्रक्रिया सुरु गर्न भूमि व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रालयका सचिव गोपी मैनालीले मन्त्रिपरिषदको निर्देशनअनुसार बालुवाटारको अतिक्रमित जग्गा पूर्ववत अवस्थामा फर्काउने (सरकारको नाममा ल्याउने) गृहकार्य सुरु भएको जानकारी दिए । मैनालीका अनुसार सरकारको नाममा ल्याउन अतिक्रमित जग्गा कुन कुन कित्ता हो र कसकसको नाममा छ भन्ने पहिचान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । ‘अतिक्रमित जग्गामध्ये ४०३ कित्ता पहिचान भइसकेको छ । अतिक्रमित जग्गा पहिचान गर्ने काम झन्डै ९८ प्रतिशत सकिइसकेको छ । बा“की जग्गासमेत पहिचान भइसकेपछि सरकारको नाममा ल्याउने प्रक्रिया सुरु हुन्छ’ मैनालीले कान्तिपुरसित भने ।

बालुवाटार जग्गा प्रकरणमा कसैलाई नजोगाइयोस् : निधि

काठमाडौं, १९ वैसाख– कांग्रेस उपसभापति बिमलेन्द्र निधिले कुनै पनि बहाना बनाएर बालुवाटारको अतिक्रमित सरकारी जग्गा किन्नेलाई नजोगाउन प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् ।
ज्वाइन्ट ट्रेड युनियन कोअर्डिनेसन सेन्टर (जेटीयूसीसी) द्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा राजधानीमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले सरकार बालुवाटारको जग्गा व्यक्तिका नाममा गराउनेलाई जोगाउन लागिपरेको आरोप लगाए । निधिले प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायतको सरकारी आवासभित्र र वरपरको जग्गा कब्जा गर्ने जोकोही भए पनि कारबाही दायरामा ल्याउन आग्रह गरे ।
‘ललिता निवास (बालुवाटारको जग्गा) काण्डमा दोषीलाई जोगाउने खेल भइरहेको छ’, उनले भने, ‘झारा टार्ने काम नहोस्, जोसुकै संलग्न भए पनि वा जसले भ्रष्टाचार गरे पनि कारबाही होस् ।’

Wednesday, May 1, 2019

पौडेलको बचाउमा प्रधानमन्त्री ओली

पौडेलले राजाको शासनका बेला जग्गा किन्नुभएको हो, हडप्नु भएको होइन, उहाँले पदीय दुरुपयोग गर्नुभएको छैन : ओली
काठमाडौं, १७ वैशाख– प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा पार्टी महासचिव विष्णु पौडेलले सरकारी जग्गा नहडपेको दाबी गरेका छन् । संघीय संसद् भवनमा मंगलबार बसेको नेकपा संसदीय दलको बैठकमा ओलीले बालुवाटारको जग्गालाई लिएर सिंगो नेकपाविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै महासचिव पौडेलको बचाउ गरेका हुन् ।
ओलीले बालुवाटारको जग्गा किन्न महासचिव पौडेलले पदीय दुरुपयोग नगरेको दाबीसमेत गरे । ‘पार्टी र सरकारलाई कमजोर बनाउन बालुवाटारमा जग्गा छ भनेर महासचिव पौडेलमाथि आक्रमण भइरहेको छ,’ उनले भने, ‘उहा“ले राजाको निरंकुश शासन भएका बेला २०६१ सालमा बालुवाटारको दक्षिण कुनामा ८ आना जग्गा किन्नुभएको हो ।’ ओलीले महासचिव पौडेलमाथि आक्रमण गरेर पार्टी र सरकारलाई कमजोर बनाउन खोजिएकाले त्यसतर्फ सतर्क हुनुपर्ने पनि बताए ।
ओलीले महासचिव पौडेलको जग्गा सरकारी हो कि अतिक्रमित भन्ने विषय पछि थाहा हुने बताए । ‘हतारो गर्नु पर्दैन । सरकारी जग्गा व्यक्तिका नाममा गर्नेहरूको खोजी भइरहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘जहा“सुकैको भए पनि अतिक्रमित जग्गा फिर्ता ल्याउ“छौं ।’

नेकपा बैठकमा बालुवाटार जग्गाको चर्चा

  • ‘पार्टीलाई बदनाम गर्ने दुष्प्रयास हुँदैछ’
  • ‘जग्गा प्रकरणमा पौडेल एक्लै पर्नुभयो,प्रस्ट भएर हामीले बोल्नुप¥यो।पार्टीलाई बदनाम हुन दिनुभएन : पोखरेल
  • छानबिन हुँदैछ, महासचिवले जग्गा किनेको विषयमा यथार्थ कुरा आएपछि सरकार र पार्टीले बोल्छ : ओली
काठमाडौं, १६ वैशाख– सत्तारूढ नेकपा सचिवालयको अनौपचारिक बैठकमा बालुवाटारको सरकारी जग्गा अतिक्रमणबारे चर्चा भएको छ । सरकारको नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न सोमबार बसेको बैठकमा सचिवालय सदस्य एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रको जग्गासमेत व्यक्तिको नाममा छ भनी सार्वजनिक भइरहेको सत्य हो कि होइन भनी प्रश्न गरेका थिए ।
उनले बालुवाटार जग्गा प्रकरणमा पार्टी महासचिव विष्णु पौडेलको समेत नाम मुछिएको र यसैमा जोडेर नेकपालाई बदनाम गर्ने प्रयास भइरहेको बताएका थिए । ‘जग्गा प्रकरणमा उहाँ (पौडेल) एक्लै पर्नुभयो, हामी यसमा बोलेका छैनौं,’ पोखरेलको भनाइ उद्धृत गर्दै बैठकका सहभागी एक नेताले भने, ‘के भएको हो, यथार्थ बाहिर आउनुप¥यो । पार्टी प्रस्ट भएर हामीले बोल्नुप¥यो । पार्टीलाई बदनाम हुन दिनुभएन ।’

वडाध्यक्ष घुससहित पक्राउ

काठमाडौं, १६ वैशाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरी जिल्लाको सुरुंगा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मिया“लाई आइतबार घुस रकमसहित पक्राउ गरेको छ ।
वडाध्यक्ष मिया“ जग्गामा मोही छुटाउन सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीस“ग लिएको २५ हजार रुपैया“ घुससहित पक्राउ परेको अख्तियारले जनाएको छ । अख्तियारको हिरासतमा राखी मिया“माथि अनुसन्धान भइरहेको छ ।

गोयन्कालाई मातृशोक

काठमाडौं, १६ वैशाख– कान्तिपुर पब्लिकेसन्सका संस्थापक प्रबन्ध निर्देशक श्याम गोयन्कालाई मातृ शोक परेको छ । गोयन्काकी आमा शारदादेवी गोयन्काको वैसाख ९ गते सोमबार निधन भएको हो । उनको ८१ वर्षको उमेरमा मुम्बईमा निधन भएको जानकारी पारिवारिक स्रोतले दिएको छ ।
उनका दुई छोरा र ५ छोरी छन् । शारदादेवीका कान्छा छोरा रवि गोयन्का कान्तिपुर पब्लिकेसन्सको संस्थापक निर्देशक थिए । शारदादेवीको जन्म १९९४ सालको चैतमा जन्म भएको थियो ।