Sunday, July 17, 2011

निजामती कर्मचारीमा अनिवार्य 'ड्रेस कोड' सुरु

काठमाडौं, १ साउन- निजामती कर्मचारीहरुले आइतबारदेखि सरकारद्वारा तोकिएको 'ड्रेस कोड' लगाउन थालेका छन् । सरकारले आर्थिक वर्ष २०६८÷६९ देखि ड्रेस कोड अनिवार्य गरे पनि पहिलो दिन झन्डै आधा कर्मचारीले मात्र पोशाक लगाए । पोशाक लगाउनेमा अधिकांश अधिकृतस्तरका कर्मचारी थिए सहायकस्तरका कर्मचारीमध्ये कमैले मात्र पोशाक लगाएका थिए ।
कर्मचारीहरु पोशाक सिलाउनै नभ्याइएको भन्दै अरु नै पोशाकमा कार्यालय आएका थिए । पोशाक सिलाउने थप समय दिन एक साता ड्रेस कोड अनिवार्य नहुने ुग्रेस पिरियडु दिइएको जानकारी उच्च सरकारी स्रोतले दिएका छन् ।
कर्मचारीहरु कार्यालयमा आउँदा र फर्कंदा र कार्यालयमा बस्दा एउटै पोशाक लगाएको देख्दा देिखंदा बाहिरबाट काम लिएर िसंहदरबार या कार्यालयमा आउने सर्वसाधारणले अचम्म मानेका थिए । सरकारले निजामती कर्मचारीमा नेपाली सेना र प्रहरीमा जस्तै साउन १ देखि अनिवार्य रुपमा ुड्रेस कोडु लागू गरेको हो । ड्रेस कोडका कारण ८० हजारको संख्यामा रहेका निजामती कर्मचारी एउटै पोशाकमा देखिनेछन् । सरकारले उनीहरुलाई वर्षको ७ हजार रुपैयाँ पोशाक भत्ता दिन थालेको छ ।
निजामती प्रशासनमा रहेको सानो÷ठूलो तहको भेद हटाएर सम्पूर्ण कर्मचारीको मनोबल बढाउन र उनीहरुलाई राज्यको अनुशासन एवं संयममा बस्न प्रेरित गर्न ड्रेस कोड लागू गरिएको जानकारी सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले दिए । ती अधिकारीका अनुसार ड्रेस कोड लागू भएपछि कार्यालयमा बस्दामात्र होइन अफिस आउँदा÷जाँदासमेत निजामती कर्मचारी हो भनेर सबैले चिन्ने भएकाले उनीहरुलाई पोशाकले मर्यादामा बस्न बाध्य पार्नेछ ।
केही दिनअघि बसेको मन्त्रिपरिषदको बैठकले निजामती कर्मचारीका लागि पोशाकको किसिम र रंग तय गरेको छ । सरकारले हिमाल तराई र पहाडको हावापानी सुहाउँदो पुरुषलाई दुई र महिलालाई तीन किसिमको लचिलो ड्रेस कोड तय गरेको छ । सरकारले तय गरेको ड्रेस कोडअनुसार पुरुष कर्मचारीले राष्ट्रिय पोशाक दौरा सुरुवाल कोट नेपाली टोपी र कालो जुत्ता वा गाढा नीलो रंगको कोट त्यही रंगको पाइन्ट सेतो सर्ट र कालो जुत्ता अनिवार्य रुपमा लगाउनुपर्नेछ । राष्ट्रिय पोशाकको रंग भने तोकिएको छैन । राष्ट्रिय पोशाकभन्दा अर्को किसिमको पोशाक लगाउँदा कर्मचारीलाई टाई र टोपी स्वेच्छिक लगाए पनि हुने÷नलगाए पनि हुने गरिएको छ ।
महिला कर्मचारीलाई ड्रेस कोडमा कोट पाइन्ट सारी ब्लाउज वा कुर्ता सलवारमध्ये एक रोजेर लगाउन पाइने लचिलो व्यवस्था गरिएको छ । महिला कर्मचारीलाई गाढा नीलो रंगको कोट त्यही रंगको पाइन्ट सेतो सर्ट र कालो जुत्ता÷स्यान्डल वा आकाशे गाढा नीलो रंगको कुर्ता गाढा बैजनी रंगको सारी र गाढा बैजनी रंगकै ब्लाउज सारीको पारी रंगको ड्रेस कोड तय गरिएको छ । महिला कर्मचारीको मागबमोजिम उनीहरुले कुर्ता सलवार लगाउन पाउने व्यवस्थासमेत गरिएको हो । ड्रेस कोडअनुसार महिला कर्मचारीले आकाशे गाढा नीलो रंगको कुर्ता गाढा बैजनी रंगको सादा सलवार र सलसमेत पोशाकका रुपमा लगाउन पाउनेछन् । मुलुकको भौगोलिक विविधता र हावापानीलाई हेरेर सरकारले ड्रेस कोडलाई लचिलो बनाएको छ । जाडो समयमा कोटको सट्टामा ज्याकेट तथा र कोट तथा ज्याकेटभित्र स्वीटरसमेत लगाउन पाउने व्यवस्था गरिएको छ । बढी जाडो हुने हिमाली जिल्लामा कोटको सट्टा सोही रंगको ज्याकेट र कालो जुत्ताको सट्टा स्पोर्ट्स जुत्ता लगाउन पाउने व्यवस्थसमेता ड्रेस कोडमा गरिएको छ । मधेशमा बढी गर्मी हुने भएकाले तराईका जिल्लामा कोट अनिवार्य गरिएको छैन । सरकारले साताको एक दिन भने 'पोशाक होलिडे' दिएको छ । हरेक शुक्रबार कर्मचारीले आफू खुसी पोशाक लगाउन पाउनेछन् ।

No comments:

Post a Comment