Saturday, June 28, 2014

जल उत्पन्न प्रकोपको डीजीमा यादव

काठमाडौं, १४ असार– सिंचाइ मन्त्रालयले प्राविधिक सहसचिव रामानन्द यादवलाई जल उत्पन्न प्रकोप नियन्त्रण विभागको महानिर्देशक (डीजी) को जिम्मेवारी दिएको छ ।
विभागका महानिर्देशक कमल रेग्मीले ५८ वर्ष उमेर पुगी अनिवार्य अवकास पाएपछि रिक्त पदमा बागमती सिंचाइ आयोजनाका प्रमुख यादवलाई सरुवा गरिएको हो । मन्त्रालयले बागमती सिंचाइ आयोजना प्रमुख भने तोक्न बा“की छ ।



कोइरालाद्वारा सरकारका कामकारबाही सुचारु गर्न निर्देशन

कार्यवाहक प्रधानमन्त्री गौतमको अध्यक्षतामा मन्त्रिपरिषद बैठक बस्ने
कोइरालाद्वारा कार्यवाहक सभापतिको जिम्मा पौडेललाई, संसदीय दलको बैठक सोमबार   
काठमाडौं, १३ असार– प्रधानमन्त्री सुशील कोइरालाले आफू अमेरिकामा उपचारार्थ थप केही समय बस्नुपर्ने भएपछि कार्यवाहक प्रधानमन्त्री वामदेव गौतम र कांग्रेसका मन्त्रीहरूलाई मन्त्रिपरिषद बैठक बोलाई सरकारी कामकारबाही सुचारु गर्न निर्देशन दिएका छन् । उनी असार २ मा अमेरिका गएका थिए ।
कोइरालाले फोक्सोमा क्यान्सर देखिएपछि फोन सम्पर्कमा आएका गौतम र कांग्रेस मन्त्रीहरूलाई आफू अनुपस्थिति भए पनि कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद बैठक बोलाएर सरकारको कामकारबाही सुचारु गर्न निर्देशन दिएको जानकारी सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए । 
रिजालका अनुसार कोइराला नफर्केसम्म कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद बैठक गरी वैधानिक ढंगले सरकारका कामकारबाहीलाई अघि बढाइनेछ । कोइरालाले आफू अनुपस्थित भए पनि सरकारका कुनै पनि कामकारबाही नरोक्न आग्रह गरेको जानकारीसमेत रिजालले दिए ।
प्रधानमन्त्री विदेश भ्रमणमा विदेशमा जा“दा उपप्रधानमन्त्री या मन्त्रिपरिषदको वरिष्ठ मन्त्रीलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने प्रचलन छ, तर नेपालमा यसअघि कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद बैठक बसेको उदाहरण छैन ।

प्रेस युनियनद्वारा विधेयक फिर्ता लिन माग

काठमाडौं, १२ असार– प्रेस युनियनले हालै सरकारद्वारा संसदसमक्ष प्रस्तुत अदालतको अपहेलनासम्बन्धी विधेयकका कतिपय प्रावधानले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने टिप्पणी गर्दै त्यसको विरोध गरेको छ ।
युनियनले मंगलबार विज्ञप्ति जारी गरी प्रेस स्वतन्त्रतालाई संकुचित पार्ने कानुनले अदालतको गरिमा र जनविश्वास नबढ्ने उल्लेख गर्दै विधेयकलाई अविलम्ब फिर्ता लिन सरकारसित माग गरेको छ ।
युनियनले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नहुने गरी पुनः कानुन तर्जुमाको प्रक्रियामा अगाडि बढाउन सरकारलाई आग्रह गर्दै अभिव्यक्तिको स्वतन्त्रतालाई कुण्ठित पार्ने कदम फिर्ता नलिए विरोधमा उत्रने चेतावनीसमेत दिएको छ ।

Monday, June 23, 2014

महानिर्देशकलाई उपमहानिर्देशकमा सरुवा

काठमाडौं, ९ असार– सरकारले महानिर्देशक भइसकेका उद्योग मन्त्रालयका सहसचिव रामआधार साहलाई प्रशासनिक मर्यादा र कानुनको भावनाविपरीत वातावरण विभागको उप महानिर्देशकमा सरुवा गरेको छ ।
उद्योगमन्त्री सुनिलबहादुर थापाले एक महिनाअघि साहलाई गुणस्तर तथा नापतौल विभागको महानिर्देशकबाट हटाई मन्त्रालयमा कामा सरुवा गरेका थिए । थापाकै प्रस्तावमा मन्त्रिपरिषदले निजामती सेवा नियमावलीको भावनाविपरीत अपमानपूर्वक घटुवा हुने गरी वातावरण विभागको तल्लो पदमा सरुवा गरेको हो ।
निजामती सेवा नियमावलीमा ‘यस नियमावलीमा अन्यत्र जेसुकै लेखिएको भए तापनि मन्त्रालय वा विभाग वा केन्द्रीय निकाय या क्षेत्रीय कार्यालय वा जिल्लास्तरीय कार्यालयको प्रमुख निजामती कर्मचारीलाई निजले स्वेच्छाले माग गरेकामा बाहेक समान श्रेणीको पदमा सोभन्दा तल्लो निकाय वा कार्यालयमा सरुवा गरिने छैन’ उल्लेख छ । नियमावलीको यो व्यवस्थाअनुसार महानिर्देशक भइसकेको व्यक्तिलाई उपमहानिर्देशमा सरुवा गर्न मिल्दैन । 

भारतीय ठेकेदारको लापर्बाहीले राहुघाट निर्माण अनिश्चित

विद्युत प्राधिकरण ठेक्का तोड्ने तयारीमा
काठमाडौं, ९ असार– भारतीय ठेकेदार कम्पनीले ठेक्का सम्झौताबमोजिम काम अघि बढाउन नसकेपछि ३२ मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको निर्माण नै अनिश्चित हुन पुगेको छ । विद्युत प्राधिकरणसित एड्भान्स (कुल ठेक्का रकमको १० प्रतिशत) र क्षतिपूर्तिबापत झन्डै ३० करोड रुपैया“ लिएको भारतीय कम्पनी आईभीआरसीएल इन्डिया लिमिटेडले रकम अभाव देखाउ“दै काम सुचारु नगरेको जानकारी प्राधिकरणका अधिकारीले दिएका छन् ।
ठेकेदारको लापर्बाही र गैरजिम्मेवारीका कारण सन् २०१४ को अन्त्यमा काम सम्पन्न गर्ने लक्ष्यका साथ सन् २०१० बाट निर्माण्ँ प्रक्रिया सुरु भएको आयोजनाको हालसम्म १० प्रतिशतमात्र काम सकिएको छ । ‘यति बेला ९० प्रतिशतभन्दा बढी काम सम्पन्न हुनुपर्नेमा आईभीआरसीएलले ठेक्का पाएको झन्डै चार वर्ष हुन लागिसक्ता पनि मुस्किलले १० प्रतिशतमात्र काम भएको छ’ प्राधिकरणका एक अधिकारीले भने । यो आयोजना भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण सुरु भएको हो ।
आईभीआरसीएलले आयोजनाको सिभिल इन्जिनियरिङ कामअन्तर्गत १२ किलोमिटर प्रवेशमार्ग, ७ किलोमिटर टनेल, विद्युत् गृह, ड्यामलगायत निर्माण काम गर्न २०६७ कात्तिक १८ मा विद्युत् प्राधिकरण्ँसित ठेक्का सम्झौता गरेको थियो । 
परामर्शदाता कम्पनी पछि छानिएका कारण आईभीआरसीएलले झन्डै दुई वर्षसम्म काम गर्न पाएन । परामर्शदाता कम्पनी पछि छनौट हुनुमा भने ऊर्जा मन्त्रालय र प्राधिकरण जिम्मेवार छ । परामर्शदाता कम्पनी छानिएपछि आईभीआरसीएलले सन् २०१५ भित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्ण निर्धारित गरिएको थियो ।

Sunday, June 22, 2014

चमेलियामा ठेकदारको मागबमोजिम १ अर्ब ९ करोड भेरिएसन

भेरिएसनले सिभिलतर्फको लागत दोब्बर
काठमाडौं, ७ असार– विद्युत् प्राधिकरण सञ्चालक समितिले निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको सिभिल संरचनाको चिनिया“ ठेकेदार कम्पनी गेजुवालाई भेरिएसनबापत १ अर्ब ९ करोड रुपैया“ भुक्तानी दिने निर्णय गरेको छ । यो भेरिएसनस“गै आयोजनाको सिभिलतर्फको निर्माण लागत सुरुको ठेकेदारले ठेक्कामा कबोल गरेभन्दा दोब्बर पुगेको छ ।
मन्त्रिपरिषदले प्राधिकरणका कार्यकारी निर्देशक अर्जुनकुमार कार्कीलाई पदबाट हटाई क्षेत्रीय प्रशासकमा पठाएको एक साता पनि नपुग्दै ऊर्जामन्त्री राधा ज्ञवालीको अध्यक्षतामा शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ठेकेदारको मागबमोजिम भेरिएसनबापत ठूलो रकम दिने निर्णय गरेको जानकारी स्रोतले दिए ।
परामर्शदाताको कम्पनीको सिफारिसअनुसार नै ठेकेदारलाई भेरिएसनबापत १ अर्ब ९ करोड रुपैया“ दिने निर्णय भएको दाबी प्राधिकरणका एक सञ्चालकले गरेका छन् । गेजुवाले लामो समयदेखि भेरिएसन गरिदिन माग गर्दै आएको थियो । अघिल्लो व्यवस्थापनले त्यसलाई था“ती राख्दै आएको थियो । नया“ व्यवस्थापनले कमजोर भौगर्भिक कारणले चमेलियाको सुरुङ र पेनस्टकमा समस्या आएका कारण भेरिएसन गर्नुपरेको दाबी गरेको छ ।

Thursday, June 19, 2014

अध्यक्ष र त्रिवि सेवा आयोगको नियुक्तिको विरोध

काठमाडौं, ४ असार– प्रजातन्त्रवादी प्राध्यापक संघले आफ्नो संस्थागत निर्णयसहितको सिफारिसलाई लत्याएर प्रधानमन्त्री सुशील कोइरालाले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष र त्रिवि सेवा आयोगको सदस्य नियुक्त गरेकामा आपत्ति जनाएको छ ।
संघले बुधबार विज्ञप्ति जारी गरी यी दुवै पदका लागि प्रधानमन्त्रीले आफूसित संस्थागत सिफारिस पठाउन निर्देश गरेको र सोहीअनुसार तीन÷तीन जनाको नाम सिफारिस गरे पनि अर्कै प्रभाववाला व्यक्ति नियुक्त गरिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ ।
प्रधानमन्त्रीले विश्वविद्यालय अनुदान आयोगको अध्यÔमा प्राध्यापक परासर कोइराला र त्रिवि सेवा आयोगको सदस्यमा केदार घिमिरेलाई नियुक्ति दिलाएका छन् । संघले संस्थागत निर्णय गरी अध्यक्षका लागि प्राध्यापकहरू विनोदकुमार श्रेष्ठ, यज्ञ अधिकारी र प्रेमनारायण अर्यालमध्येबाट एक र त्रिवि सेवा आयोगको सदस्यका लागि प्राध्यापकहरू हरि पराजुली, इन्दिरा जोशी र चन्द्रलाल श्रेष्ठमध्ये एक जनालाई नियुक्त गर्न सिफारिस गरेको थियो । 

बुढीगंगालाई आर्थिक स्रोत जुट्यो

काठमाडौं, ४ असार– विद्युत् विकास विभागले अछाम जिल्लामा निर्माण गर्न लागेको २० मेगावाट क्षमताको बुढीजंगा जलविद्युत् आयोजनाका लागि आवश्यक आर्थिक स्रँेत जुटेको छ । करिब ५ अर्ब लागत लाग्ने अनुमान गरिएको बुढीगंगामा सबभन्दा ठूलो दाता साउदी विकास फन्डले ३० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैया“) सहुलियतपूर्ण सहयोग गर्ने सम्झौतामा बुधबार हस्ताक्षर गरेपछि आयोजनामा लागत जुटेको हो ।
सिंहदरबारमा बुधबार दिउ“सो अर्थ र फन्डका अधिकारीबीच सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कुवेत फन्डले उक्त आयोजनालाई यसअघि नै १८ मिलियन अमेरिकी डलर (करिब पौने दुई अर्ब रुपैया“) सहुलियतपूर्ण ऋण सहयोग गर्ने सम्झौता गरिसकेको छ । बा“की ७ मिलियन डलर (करिब ६० करोड रुपैया“) सरकार आफैंले लगानी गर्नेछ । 
विभाग आफैंले निर्माण गर्न लागेको यो पहिलो आयोजना हो । विभागका इन्जिनियरहरूलाई विद्युत् आयोजनाको निर्माणमा प्रत्यक्ष संलग्न गराउन विभाग आफैंले यो आयोजना निर्माण गर्न लागेको हो । निर्माण सम्पन्न भएपछि आयोजना प्राधिकरणलाई हस्तान्तरण गरिनेछ ।
बुढीगंगाको आयोजनास्थलसम्म सडक पुगिसकेको छ । उक्त आयोजनाबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न अछामबाट दाङको लम्कीसम्म ल्याउन १३२ केभीए क्षमताको ८८ किमी लामो प्रसारण लाइन निर्माण गर्नुपर्नेछ । ५ अर्ब लागतमा आयोजना र ८८ किमी प्रसारण लाइन दुवै निर्माण गरिनेछ ।

Tuesday, June 17, 2014

त्रिशुलीमा २० मेगावाटको सोलार प्लान्ट बनाइने

काठमाडौं, ३ असार– विद्युत् प्राधिकरणले नुवाकोटको त्रिशुलीमा २० मेगावाटको सोलार प्लान्ट निर्माण गर्ने भएको छ । प्राधिकरणले विश्व बैंकको ८३ मिलियन अमेरिकी डलर (करिब ८ अर्ब रुपैया“) सहयोगमा यसै वर्ष सोलार प्लान्ट निर्माण गर्न लागेको हो ।
विश्व बैंकले गर्ने सहयोगमध्ये ५५ प्रतिशत अनुदान र बा“की ४५ प्रतिशत सहुलियतपूर्ण ऋण रहने जानकारी प्राधिकरणका अधिकारीले दिए । ती अधिकारीका अनुसार प्राधिकरणले त्रिशुली र देवीघाट आयोजनाबीच नदी किनारको आफ्नै जग्गामा सोलार प्लान्ट बनाउनेछ ।
त्रिशुली नदी किनारामा घाम बढी लाग्ने र अरू जग्गा खोज्नुनपर्ने भएकाले उक्त ठाउ“ रोजिएको हो । सोलार प्लान्ट बनाउन प्रतिमेगावाट २० करोड रुपैया“ खर्च हुने अनुमान प्राधिकरणको छ ।
प्राधिकरणले सोलार प्लान्ट एक वर्षभित्रै बनाइसक्ने योजना बनाएको छ । राष्ट्रिय प्रसारण लाइनमा जोड्न सबस्टेसन बनाउनुनपर्ने भएकाले सोलार प्लान्ट एक वर्षभित्रै बनेर विद्युत् उत्पादन हुन थाल्नेछ । सोलार प्लान्टबाट निस्कने बिजुली चालू त्रिशुली जलविद्युत् आयोजनाको सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारणको ग्रिडमा जोडिनेछ ।
विश्व बैंकले सोलार प्लान्ट निर्माणका लागि टेन्डर डकुमेन्ट तयार गरिरहेको छ । टेन्डर डकुमेन्ट तयार हुनासाथ सोलार प्लान्ट निर्माणका लागि ठेक्का आह्वान हुने र आगामी आर्थिक वर्षभित्र पूरा गरिने जानकारी प्राधिकरणका अधिकारीले दिए ।

सत्य निरुपण आयोगमा पदाधिकारी सिफारिस गर्न समिति गठन

आयोगपछि शान्ति प्रक्रियाको अन्तिम र महत्वपूर्ण पाटो पूर्ण हुने
काठमाडौं, २ असार– सरकारले सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरुपण्ँ र मेलमिलाप आयोग गठनका लागि पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको अध्यक्षतामा सिफारिस समिति गठन गरेको छ । 
मन्त्रिपरिÈद्को सोमबार बसेको बैठकद्वारा गठित समितिमा अधिवक्ता सपना प्रधान मल्ल, मानव अधिकारकर्मी प्रदीप पोखरेल र प्रा. डा. घनश्यामलाल दास सदस्य छन् । समितिमा मानव अधिकार आयोगले तोकेको व्यक्तिसमेत सदस्य रहनेछन् ।
सरकारले शान्ति प्रक्रियाको अन्तिम र सबभन्दा महत्वपूर्ण कार्य बेपत्ता व्यक्तिको छानबिन, द्वन्द्वकालमा मारिएका, अंगभंग भएका व्यक्ति र पीडित परिवारलाई क्षतिपूर्ति तथा राहत र गम्भीर अपराधमा संलग्नलाई कारबाहीका लागि अदालतमा मुद्दा दायर गर्ने शक्तिशाली आयोग गठन गर्न लागेको हो । आयोगले यी कार्य गरेपछि शान्ति प्रक्रिया पूर्ण हुने जानकारी शान्ति मन्त्रालयका अधिकारीले दिए । ती अधिकारीका अनुसार समितिले नाम सिफारिस गरेपछि आयोग गठन भई त्यसले आफ्नो कार्य सुरु गर्नेछ । 
शान्ति तथा पुनर्निर्माणमन्त्री नरहरि आचार्यले समितिमा जनजाति, महिला र मधेसीका साथै दलीय सन्तुलनसमेत मिलाइएको उल्लेख गरेका छन् । प्रधान एमालेकी पूर्वसभासद हुन् भने प्रदीप पोखरेल एमाओवादीनिकट अधिकारकर्मी हुन् । संसद सुचारु गर्न प्रमुख दलहरूबीच एक साताअघि भएको सहमतिका क्रममा तत्काल आयोग गठन गर्ने समझदारी भएको थियो ।
लामो विवाद र बहसपछि प्रमुख दलहरूले दुई महिनाअघि बेपत्ता तथा सत्य निरुपण्ँ आयोग गठनसम्बन्धी विधेयक संसदबाट पारित गरेका थिए । उक्त ऐन अन्तरिम संविधानस“ग बाझिएकाले आयोग गठनमा अलमल भएको थियो । अब सिफारिस समितिले आयोगका पदाधिकारीको नाम सिफारिस गरेपछि यो अलमल समाप्त हुने दाबी सरकारको छ । 

Saturday, June 14, 2014

अबको दुई वर्षमै इन्द्रावतीबाट पानी तानेर पाँचखालमा सिंचाइ

काठमाडौं, ३० जेठ– व्यावसायिक तरकारी खेतीको मुख्य ‘हब’ भए पनि काकाकुल काभ्रे जिल्लाको पाँचखालमा अबको दुई वर्षपछि सिंचाइका लागि पानीको अभाव हुने छैन । सरकारले राजधानीमा सबभन्दा बढी तरकारी आपूर्ति गर्ने पाँचखालमा सिंचाइ गर्न इन्द्रावती नदीबाट पानी तानेर ल्याउन ‘लिफ्ट इरिगेसन’ आयोजना निर्माण गर्ने भएको छ ।
बढी तरकारी तथा नगदे खेती हुने पा“चखालमा सिंचाइका लागि पानीको अत्यन्तै ठूलो समस्या छ । नजिकबाट सहज रूपमा सस्तो प्रविधिबाट पानी ल्याउने ठाउ“ नभएपछि टाढाको इन्द्रावती नदीलाई विकल्पका रूपमा रोजिएको हो । ‘व्यावसायिक खेतीका लागि सिंचाइ’ को नारा दिएर सिंचाइ मन्त्रालयले इन्द्रावतीबाट पा“चखालमा पानी ल्याउन सम्भाव्यता अध्ययन थालेको छ । 
पा“चखालले वर्षेनि ५० करोड रुपैया“भन्दा बढीको तरकारी उत्पादन गरी राजधानीमा पठाउ“छ । त्यही कारण पा“चखालको व्यावसायिक खेतीलाई प्रवद्र्धन गर्न त्यहा“ सिंचाइ सुविधा पु¥याउन सरकारले पहिलो प्राथमिकता दिएको हो । सम्भाव्यता र विस्तृत अध्ययन सकेपछि विद्युत्ीय प्रविधिबाट पानी तानेर पा“चखालमा सिंचाइ सुविधा उपलब्ध गराउने आयोजनाको निर्माण थालिने जानकारी सिंचाइ विभागका महानिर्देशक माधव बेल्वासेले जानकारी दिए । 

प्रधानमन्त्री उपचारका लागि असार ३ मा अमेरिका जाने

काठमाडौं, २९ जेठ– प्रधानमन्त्री सुशील कोइराला आगामी असार ३ (जुन १७) मा स्वास्थ्योपचारका लागि अमेरिका जाने भएका छन् । त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा कोइरालाको फोक्सोमा कालो दाग देखिएपछि चिकित्सकहरूले उनलाई अमेरिकामा उपचारका लागि जान सिफारिस गरेका थिए । कोइराला लामो समयदेखि जीव्रोको क्यान्सरबाट पीडित छन् ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले कोइरालालाई असार ३ मा अमेरिका उपचारमा पठाउने र उनको सम्पूर्ण स्वास्थ्योपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । अमेरिकाको अस्पतालमा जुन १९ (असार ५) मा चिकित्सकलाई भेट्ने समय मिलिसकेकाले उनी असार ३ मा त्यसतर्फ जाने कार्यक्रम तय भएको हो । 
प्रधानको उपचार खर्च बेहोर्ने 
सरकारले एमाले नेतृ एवं पूर्वमन्त्री साहना प्रधानको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णयसमेत गरेको छ । उनी नर्भिक अस्पतालमा उपचाररत छन् ।
प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकारमा आचार्य
मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकारमा पूर्वसचिव बाबुराम आचार्यलाई नियुक्त गरेको छ । उनलाई राज्यमन्त्री सरहको सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरिएको जानकारी प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएका छन् । स्रोतका अनुसार कोइरालामा प्रशासनिक अनुभव नभएका कारण आचार्यलाई प्रशासनिक सल्लाहकार नियुक्त गरिएको हो ।

Tuesday, June 10, 2014

सर्वोच्च अदालत क्याभलरी रहेको ठाउँमा सर्ने

क्याभलरी, पुरातत्व र अभिलेखालयलाई नारायणहिटीमा सारिने
काठमाडौं, २७ जेठ– सरकारले सर्वोच्च अदालतलाई सिंहदरबारभित्र रहेको नेपाली सेनाको घोडचढी गण (क्याभलरी) ले चर्चेको ३० रोपनी जग्गा उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषदको बैठकले सर्वोच्चलाई उसले हाल चर्चेको जग्गा सा“घुरो भएकाले सिंहदरबारभित्र थप जमिन उपलब्ध गराउने निर्णय गरेको जानकारी सरकारी अधिकारीले दिएका छन् ।
ती अधिकारीका अनुसार सर्वोच्चले हाल चर्चेको जग्गामध्ये ११ आना महान्यायाधिवक्ता कार्यालयलाई दिने र बा“की जमिन तथा भवन उसैंले प्रयोग गर्नेछ । सर्वोच्चको मूल भवन भने सिंहदरबारभित्र निर्माण गरिनेछ । सर्वोच्चलाई पुरातत्व विभाग र राष्ट्रिय अभिलेखालयले चर्चेको जमिनसमेत दिइने भएको छ । 
सरकारले यसअघि सर्वोच्चलाई सिंहदरबारको पद्मोदय चोक नजिकको गेट प्रयोग गर्ने गरी गृह मन्त्रालयस“गैको जमिन उपलब्ध गराउने निर्णय गरेको थियो । सर्वोच्चले पछिल्लो समय हालको भवन र परिसरसमेत उपयोग गर्ने गरी घोडचढी गण रहेको जमिन रोजेकाले सरकारले त्यसैअनुरूप निर्णय गरेको हो ।
सरकारले २०६७ सालमा नै घोडचढी गणलाई नारायणहिटी दरबारभित्रको ३० रोपनी जग्गामा सार्ने निर्णय गरेको थियो । तर, सेनाले उक्त गणलाई ७० रोपनी जग्गा र भवन बनाएर सार्न ७८ करोड रुपैया“ मागेको थियो । तर, संस्कृति मन्त्रालय मातहत रहेको नारायणहिटी संग्रहालयले ३० रोपनीभन्दा बढी जग्गा दिन नमानेकाले गणलाई सार्ने निर्णय कार्यान्वयन हुन सकेको थिएन ।
मन्त्रिपरिषदले गणलाई आवश्यक जग्गा उपलब्ध गराएर सार्ने व्यवस्था मिलाउन संस्कृति मन्त्रालयलाई निर्देशन दिएको छ । सरकारले पुरातत्व विभाग र राष्ट्रिय अभिलेखालयलाई समेत नारायणहिटी दरबारभित्र सार्ने निर्णय गरेको छ । विभाग र अभिलेखालयलाई नारायणहिटी दरबारभित्र जग्गा दिई सार्नसमेत संस्कृति मन्त्रालयलाई निर्देशन दिएको छ । पुरातत्व विभाग, अभिलेखालय र घोडचढी गण पुरातात्विक र सांस्कृति महत्वका प्रतीक भएकाले तिनलाई नारायणहिटी दरबारमा स“गस“गै राख्ने निर्णय भएको जानकारी मन्त्रिपरिषदका एक अधिकारीले दिए ।

अख्तियारद्वारा रकमान्तर रोक्न सरकारलाई निर्देशन

अब आइन्दा रकमान्तर नहुने व्यवस्था गर्नसमेत निर्देशन
काठमाडौं, २६ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्षको अन्तिममा आएर रकमान्तर गरी सरकारी बजेट जथाभावी बा“डफा“ड गर्ने कार्य बन्द गर्न सरकारलाई निर्देशन दिएको छ । अख्तियारले आगामी दिनमा कुनै पनि नाउ“मा रकमान्तर नगर्ने व्यवस्था मिलाउनसमेत सरकारलाई निर्देशन दिएको छ ।
स्थानीय विकाससहित विभिन्न मन्त्रालयमा फागुनदेखि जेठ १६ सम्म १६ अर्ब रुपैया“ रकमान्तर भएको सार्वजनिक भएपछि छानबिन थालेको अख्तियारले सोमबार रकमान्तर बन्द गर्न निर्देशन दिएको हो ।
अख्तियारले सोमबार विज्ञप्ति जारी गरी चालू आ.व. ०७०÷७१ को बजेट कार्यान्वयनको समयावधि दुई महिना बा“की नरहेको अवस्थामा नया“ कार्यक्रम र पुराना योजनाका लागि जथाभावी बजेट बा“डफा“ड गर्ने कार्य बन्द गर्न निर्देश गरेको हो ।
‘राज्यको सीमित स्रोत–साधनलाई प्राथामिकता प्राप्त Ôेत्रमा नतिजामुखी आयोजना र कार्यक्रममा लगाउनुपर्ने अवस्थामा आर्थिक वर्Èको अन्त्यतिर स्रोत छरिने गरी नया“ कार्यक्रम स्वीकृत गरी खर्च गर्दा त्यसको अपेÔित उपलब्धि हासिल नहुने र दुरुपयोगको सम्भावना पनि प्रवल रहने अवस्था छ’, अख्तियारको विज्ञप्तिमा छ । 
अख्तियारले सबभन्दा बढी रकमान्तर गरेको स्थानीय विकास मन्त्रालयलाई स्वीकृत कार्यक्रमका लागि निकासा भएका रकमका सन्दर्भमा पारदर्शिता अपनाई सदुपयोग गर्न÷गराउनसमेत सचेत गराएको छ । ‘निकासा भइसकेको रकमको दुरुपयोग हुन नदिन जिल्ला विकास समितिबाट कडाइका साथ अनुगमन गराउने व्यवस्था मिलाइयोस्’, अख्तियारले भनेको छ, ‘अबका दिनमा रकमान्तर नगर्ने व्यवस्था मिलाउनसमेत स्थानीय विकाससहित अन्य सम्बन्धित मन्त्रालयमा लेखी पठाइएको छ ।’ 

अख्तियारद्वारा १३४६ को नियुक्ति बदर गर्न निर्देशन

काठमाडौं, २६ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य मन्त्रालयमा बिनाप्रतिस्पर्धा हचुवाका भरमा गरिएको १ हजार ३ सय ४६ जनालाई करारमा नियुक्ति गर्ने निर्णय बदर गर्न सोमबार निर्देशन दिएको छ ।
अख्तियारले घर बनाउन मजदुर लिएजस्तो गरी बिना प्रतिस्पर्धा नर्स, अहेव, हेल्थ असिस्टेन्ट, प्रयोगशाला सहायक गरी १ हजार ३ सय ४६ जनालाई नियुक्ति गर्ने स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निणर््ँय गैरकानुनी भएको ठहर गर्दै नियुक्ति बदर गर्न निर्देशन दिएको हो ।
अख्तियारले सोमबार स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएर नियुक्तिको निणर््ँय कार्यान्वयन नगर्न र नया“ ढंगबाट आवश्कताअनुसार विज्ञापन गरी प्रतिस्पर्धाबाट नियुक्ति गर्न निर्देशन दिएको छ । 
नियुक्तिका सम्बन्धित फाइलहरू मगाएर अनुसन्धान गर्दा प्रक्रिया पूरा नगरिएको र र हचुवाका भरमा नियुक्ति गर्ने गरी निणर््ँय भएको पाइएकाले कार्यान्वयन नगर्न मन्त्रालयललाई लेखी पठाइएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अनियमित तरिकाले गरिएको कारारको उक्त नियुक्तिबारे व्यवस्थापिका संसदको लेखा समितिले समेत अनुसन्धान थालेको छ ।

सरकारले नेतृ प्रधानको सम्पूर्ण उपचार खर्च बेहोर्ने

काठमाडौं, २६ जेठ– सरकारले नेकपा एमालेकी पोलिटब्यरो सदस्य एव जनआन्दोलन–०४६ की अग्रणी नेतृ सहाना प्रधानको सम्पूर्ण उपचार खर्च व्यहोेर्ने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले आफ्नातर्फबाट निमित्त मुख्यसचिव कृष्ण्ँहरि बा“स्कोटालाई सोमबार राजधानीको बल्खुस्थित बयोधा अस्पतालमा प्रधानको स्वास्थ्य अवस्थाबारे बुझ्न पठाएर उनको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने जानकारी गराएका हुन् ।
बा“स्कोटाले प्रधानका छोरा उमेश श्रेष्ठलाई उपचार खर्च सरकारले व्यहोर्ने प्रधानमन्त्रीले सन्देश पठाएको जानकारी गराएको मन्त्रिपरिषद कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । बा“स्कोटाले प्रधानमन्त्रीका तर्फबाट प्रधानको उपचारमा संलग्न चिकित्सक डा. विनोद कार्कीलाई भेटी उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेका थिए । 

प्रत्युत्तरमा कार्कीले नेपालमा उपलब्ध सकै प्रविधि र पद्धतिको प्रयोग गरी प्रधानको उपचार गरिने जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ । बा“स्कोटाले प्रधानमन्त्री कोइरालाका तर्फबाट प्रधानको स्वास्थ्य लाभको कामनासमेत गरेका थिए । निमित्त मुख्यसचिव बा“स्कोटाले स्वास्थ्य मन्त्रालयका सचिव डा. प्रविण्ँ मिश्रलाई पूर्वमन्त्रीसमेत रहेकी प्रधानको उपचारको आवश्यक प्रबन्ध मिलाउन निर्देशनसमेत दिएका छन् ।

Sunday, June 8, 2014

सिंचाइ विभागको महानिर्देशकमा बेल्वासे

काठमाडौं, २४ जेठ– सरकारले सिंचाइ विभागको महानिर्देशकको जिम्मेवारी माधव बेल्वासलाई दिएको छ । सिंचाइ मन्त्री एनपी सावदले सामान्य प्रशासन मन्त्रालयको सहमति लिएर महानिर्देशक परिवर्तन गरेका हुन् ।
यसअघिका महानिर्देशक शिवकुमार शर्मालाई सिंचाइ मन्त्रालयको नीति तथा कार्यक्रम महाशाखा प्रमुखमा सरुवा गरी रिक्त पदमा विभागका वरिष्ठ प्राविधिक सहसचिव बेल्वासेलाई महत्वपूर्ण जिम्मेवारी दिइएको हो । बेल्वासे यसअघि विभागमा वरिष्ठ नायव महानिर्देशक थिए ।

भदौदेखि मुग्लिन–नारायणगढ सडक विस्तार थालिने

विश्व बैंकको सहयोगमा ६ मिटरबाट बढाएर साढे ८ मिटर फराकिलो बनाइने
काठमाडौं, २३ जेठ– सरकारले विश्व बैंकको सहयोगमा बा“की मुलुकलाई राजधानीसित जोड्ने एकमात्र प्रमुख लोकमार्गको मुग्लिनदेखि नारायणगढसम्मको सडक खण्डलाई स्तरोन्नति गरी फराकिलो बनाउने भएको छ । हजारौं गाडी ओहोरदोहोर हुने रणनीतिक महत्वको यो सडक सा“घुरो भई हरेक दिनजसो ट्राफिक जाम हुने गरेकाले स्तरोन्नति गरी फराकिलो बनाउन लागिएको जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले दिए । 
उनका अनुसार ३४ किलोमिटर लम्बाइको मुग्लिन–नारायणगढ खण्ड ६ मिटर चौडाइ (कालोपत्रेको चौडाइ) को सडक भएकाले लामो बडी भएका दुइटा गाडी एकैचोटि ओहोरदोहोर गर्न मिल्दैन र ट्राफिक जाम हुन्छ । त्यही कारण सडकलाई फराकिलो बनाउनुपर्ने स्थिति उत्पन्न भएको हो । उक्त सडक विस्तार गरिएपछि लामो बडी भएका गाडीसमेत एकैचोटि ओहोरदोहोर गर्न मिल्ने भएकाले ट्राफिक जामको समस्या हट्ने विश्वास भौतिक पूर्वाधार सचिव सिटौलाले व्यक्त गरे । साढे आठ मिटरको सडकमा तीनवटासम्म गाडी एकैचोटि ओहोरदोहोर गर्न मिल्छ ।

Friday, June 6, 2014

कर्मचारी संघ/संगठनद्वारा तलब बढाउन अर्थमन्त्रीलाई ज्ञापन

नबढाए आन्दोलनमा उत्रने चेतावनी
काठमाडौं, २२ जेठ– निजामती सेवाभित्रका कर्मचारी संघ÷संगठनहरूले बढ्दो मह“गीका कारण आफूहरूले पाउ“दै आएको मासिक वेतनले गुजारा चलाउनसमेत गाह्रो परेको उल्लेख गर्दै आगामी बजेटमा तलब बढाउन माग गरेका छन् ।
निजामती सेवाका ६ वटा संघ÷संगठनले अर्थमन्त्री रामशरण महतलाई बिहीबार १७ सूत्रीय संयुक्त मागपत्र पेस गरी तलबसुविधा बढाउन माग गरेका हुन् । निजामती कर्मचारी संगठन, राष्ट्रिय कर्मचारी संगठन, निजामती कर्मचारी संघ, मधेसी कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी मञ्चले बिहीबार र निजामती कर्मचारी युनियनले बुधबार मागपत्र पेस गर्दै तलबभत्ता वृद्धि नभए आफूहरू आन्दोलनमा उत्रन बाध्य चेतावनीसमेत दिएका छन् ।
ती संगठनले प्रशासन सुधार आयोग, उच्चस्तरीय तलब आयोगको प्रतिवेदन र राष्ट्र बैंकको मह“गी प्रक्षेपण दरका आधारमा जीवन निर्वाहमुखी तलब कायम गर्न, पोशाकभत्ता वर्षको ७ हजार ५ सयबाट १५ हजार पु¥याउन, कम्तीमा एक दिनको तलब बराबरको ग्रेड दिन, जीवन बिमा ५ लाख रुपैया“ पु¥याउन, कर्मचारी र आश्रित परिवारलाई स्वास्थ्य बिमा गर्न, करारमा रहेका कर्मचारीलाई समेत स्थायीसरहको सुविधा दिन माग गरेका छन् ।
प्रत्युत्तरमा अर्थमन्त्री महतले राष्ट्रसेवकहरूलाई सम्मानजनक तलब दिन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै राज्यको ढुकुटीले धान्न सक्ने गरी सुविधा बढाउन आफू तयार रहेको आश्वासन दिएको जानकारी निजामती कर्मचारी संघका प्रवक्ता विश्वबन्धु रेग्मीले दिए । रेग्मीले संघसंगठनहरूले राज्यले धान्न नसक्ने गरी तलब बढाउन माग नगरेको उल्लेख गर्दै आफूहरूले कर्मचारीहरूलाई सम्मानजनक ढंगले जीवन चलाउन पुग्ने गरी सुविधा दिनमात्र माग गरेको जानकारी दिए ।


दुई नक्कली प्रमाणपत्रधारीविरुद्ध मुद्दा दायर

काठमाडौं, २२ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधिकरण्ँका वरिष्ठ सहायक (पाचौं तह) राजकुमार सिन्हाको शैÔिक प्रमाण्ँपत्र नक्कली प्रमाणित भएको उल्लेख गर्दै उनीविरुद्ध बिहीबार विशेÈ अदालतमा मुद्दा दायर गरेको छ ।
बिहार इन्टरमिडियट शिÔा परिÈद, भारतबाट सन् १९८८ मा आईएस्सी पास गरेको शैÔिक योग्यताको प्रमाण्ँपत्र नक्कली देखिन आएकाले सिन्हाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । 
अभियोगपत्रमा भ्रष्टाचार निवारण्ँ ऐनको दफा १२ र २९ बमोजिम उनीमाथि हदैसम्मको दण्ड सजाय माग गरिएको छ ।  
यसैगरी अख्तियारले इलाका प्रहरी कार्यालय सारङघाट, तनहू“का तत्कालीन प्रहरी नायव निरिÔक नारायण्ँप्रसाद अधिकारीले पेस गरेको प्रमाणपत्रसमेत नक्कली भएको उल्लेख गर्दै बिहीबार नै उनीविरुद्ध समेत मुद्दा दायर गरेको छ ।
अधिकारीले बढुवा प्रयोजनका लागि पेस गरेको माध्यमिक शिÔा परिÈद, उत्तरप्रदेश भारतबाट सन् १९९३ मा पास गरेको भनिएको शैÔिक योग्यताको प्रमाण्ँपत्र नक्कली देखिएको अभियोगपत्रमा उल्लेख छ । अभियोगपत्रमा भ्रष्टाचार निवारण्ँ ऐनको दफा १२ र २९ बमोजिम उनीमाथि हदैसम्मको दण्ड सजाय माग गरिएको छ ।  

प्रधानमन्त्री आज जम्बो टोलीका साथ चीन जाने

काठमाडौं, २१ जेठ– प्रधानमन्त्री सुशील कोइराला ३५ जनाको ‘जम्बो टोली’ का साथ बिहीबार चीन भ्रमणमा जाने भएका छन् । उनी  चिनिया“ सरकारको निम्तामा चीनको को कुनमिङमा हुन लागेको ‘साउथ एसिया एक्स्पो’ को उद्घाटन समारोहमा सहभागी हुनेछन् । 
मन्त्रिपरिÈदको बुधबार बसेको बैठकले प्रधानमन्त्रीको चीन भ्रमण्ँ स्वीकृत गरेको छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा ३५ सदस्य रहनेछन् । तर, मन्त्रिपरिषद बठकपछि सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले प्रधानमन्त्रीको भ्रमण्ँ टोलीमा ३० सदस्यमात्र रहने जानकारी दिएका थिए ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा वाणिज्य मन्त्री सुनिल थापा, सचिव नारायणगोपाल मलेगो, परराष्ट्रका निमित्त सचिव शंकर बैरागी, शिष्टाचार महापाल कालीप्रसाद पोखरेल, चीन हेर्ने महाशाखाका सहसचिव, प्रधानमन्त्रीका परराष्ट्र र आर्थिक सल्लाहकार क्रमशः दिनेश भट्टराई र चिरञ्जीवी नेपाल, कोइरालाका सुरक्षागार्ड र पा“च पत्रकार छन् । पत्रकारमा नेपाल टेलिभिजनका दुई, राइजिङ नेपालका एक, रमेश तुफान र रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलासमेत छन् । 

Tuesday, June 3, 2014

इन्जिनियर देवकोटासहित तीनविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, २० जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिंदै गर्दा रंगेहात पक्राउ गरेका जिल्ला प्राविधिक कार्यालय, काठमाडौंका इन्जिनियर शालिकराम देवकोटाविरुद्ध मंगलबार विशेÈ अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उक्त प्रकरणमा संलग्न नायव सुब्बा रुकु खत्री र मतियार काभ्रे जिल्लाको भुम्लुटार–७ बस्ने रेशमबहादुर तामाङविरुद्ध समेत मुद्दा दायर गरिएको छ । 
ब्रदर्स निर्माण्ँ सेवा कम्पनीलाई ‘घ’ वर्गको निर्माण इजाजत दिने क्रममा छिटो काम गरिदिन्छु भनी इन्जिनियर देवकोटाले एक लाख घूस लिई भ्रष्टाचारको कसुर गरेकाले मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ । अख्तियारको टोलीले उनलाई घुस लिंदालिंदै रंगेहात पक्राउ गरी हिरासतमा राखेको थियो । उनीमाथि भ्रष्टाचार निवारण ऐन ऐनको दफा ३ को उपदफा १ तथा ३ (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी गरिएको अख्तियारले जनाएको छ । अख्तियारले नायव सुब्बा खत्रीलाई ऐनको दफा ३ को उपदफा १ तथा दफा ३ (१) को खण्ड (क) बमोजिम र मतियार तामाङलाई भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिम हदैसम्मको सजायको मागदाबी गरेको छ ।

मालपोत अधिकृतसहित १३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, २० जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनकुटा जिल्लाका तत्कालीन मालपोत अधिकृत सुरेशकुमार थपलियासहित १३ जनाविरुद्ध ९२ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा गरी भ्रष्टाचार गरेकामा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
थपलियासहित १३ जनाले मिलोमतो गरी धनकुटाको लेगुवा गाविस–३ स्थित कालिका सामुदायिक वन क्षेत्रभित्र पर्ने ९२ रोपनी सरकारी जग्गा धनकुटाकै बलबहादुर भण्डारीको नाममा दर्ता गरी गराई भ्रष्टाचार गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा धनकुटा मालपोत कार्यालयका तत्कालीन शाखा अधिकृत अनिरुद्र लुइ“टेल, खरिदारहरू आइतबहादुर राई, रुद्रप्रसाद खनाल, फणिन्द्र अधिकारी, नापी कार्यालय धनकुटाका सर्वेक्षक रामनारायण बिके, लेगुवा गाविसका सचिव उमेश राई, नक्कली जग्गा धनी बलबहादुर भण्डारी छन् ।
उक्त जग्गा व्यक्तिका नाममा गर्ने क्रममा सर्जमिनमा बस्ने मतियारहरू खिरबहादुर भण्डारी, नन्दकुमारी अधिकारी, अम्मरबहादुर भण्डारी, फाल्गुनी भण्डारी, जगतकुमारी थापाविरुद्धसमेत अख्तियारले मुद्दा दायर गरेको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिम थपलियासहित १३ जनाविरुद्ध जनही ९ लाख २० हजार रुपैया“ बिगो कायम गरी हदैसम्मको कैद सजाय र बिगोबराबरको रकम जरिवाना गर्न अख्तियारको अभियोगपत्रमा मागदाबी गरिएको छ ।

प्रधानमन्त्री कार्यालयद्वारा सडक विस्तारमा भएको ढिलाइप्रति असन्तुष्टि प्रकट

अवरुद्ध चक्रपथ विस्तारलाई सुचारु गर्न निर्देशन
काठमाडौं, १९ जेठ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उपत्यकाका विभिन्न ठाउ“मा सडक विस्तारमा भइरहेको ढिलाइप्रति भौतिक पूर्वाधार मन्त्रालय र मातहतका निकायका अधिकारीहरूप्रति असन्तुष्टि व्यक्त गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अवरुद्ध चक्रपथको विस्तारको कामलाई सुचारु गर्न र विस्तारित सडकमा गुणस्तरहीन काम भएको भनी उठेका गुनासोको तत्कालै सम्बोधन गर्नसमेत सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको काठमाडौंको विस्तारित सडकको प्रगति समीक्षा बैठकका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले माइतीघरदेखि तीनकुनेसम्म, लाजिम्पाट खानी विभागदेखि बुढानिलकण्ठसम्म, नेपाली सेनाको कम्पाउण्ड पछाडिको भद्रकाली सडक, ताहचल र छाउनी सडकलगायतमा भइरहेको ढिलाइप्रति रोष प्रकट गर्दै तोकिएको समय सीमाभित्र काम सम्पन्न गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएको छ ।
काठमाडौं विस्तारित सडक उच्चस्तरीय अनुगमन समितिका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बा“स्कोटाको अध्यक्षतामा बसेको बैठकमा भौतिक पूर्वाधार मन्त्रालय, ऊर्जा, सहरी विकास, सूचना तथा सञ्चार मन्त्रालयका अधिकारीहरूको सहभागिता थियो ।

सवारी नियम उल्लंघन नगरेको गृह मन्त्रीको स्पष्टीकरण

काठमाडौं, १९ जेठ– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले गत जेठ ११ मा राजधानीको रत्नपार्कमा जुलुसका कारण यातायात अवरुद्ध भएकाले सुरक्षाकर्मीबाट सडक खुलाउनुभन्दा आफूले नै पहल गर्नु सहज हुने देखेर बाटो काटेको, तर सवारीसम्बन्धी नियम उल्लंघन गर्ने उद्धेश्य नराखेको स्पष्टीकरण दिएका छन् ।
सडकको जेब्रा क्रसबाट नभई अन्यत्रैबाट बाटो काटेर सवारीसम्बन्धी नियम उल्लंघन गरेको भनी सञ्चार माध्यम र सामाजिक सञ्जालमा आफ्नो निरन्तर विरोध भइरहेकोमा रोष प्रकट गर्दै गृहमन्त्रीले सोमबार विज्ञप्ति जारी गरी  त्यसबारेमा स्पष्टीकरण दिएका हुन् ।
उनले विज्ञप्तिमा उक्त दिन रत्नपार्कको शान्ति बाटिकामा आफ्नो पार्टी नेकपा एमालेले काठमाडौं क्षेत्र नं. २ मा उम्मेदवारी दिन जान निकालेको जुलुसले बाटो अवरुद्ध भएको र आफू त्यसैमा मिसिन बाटो काटेको उल्लेख गरेका छन् ।
उनले सामान्य कुरालाई अतिरिञ्जित गर्ने र सामाजिक सञ्जालहरूमा आफूलाई अपमान र गालीगलौज गर्ने जुन प्रवृत्ति देखिएको छ, त्यो स्वीकार्य नभएको उल्लेख गरेका छन् । ‘मैले कुनै पनि रूपमा सवारी नियम उल्लंघन गर्ने उद्धेश्य राखेको थिइन । मेरो सो कामबाट सवारी आवागमनमा कुनै किसिमले असुविधा पुगेको थिएन । तथापि मेरो उक्त कार्य तत्कालीन सन्दर्भलाई अलग गरेर हेर्ने हो भने शोभनीय भएन कि भन्ने कुरा मैले पनि महसुस गरेको छु’ विज्ञप्तिमा छ ।

Sunday, June 1, 2014

विभुषण वितरणमा आफ्नै हात जगन्नाथ

काठमाडौं, १७ जेठ– मुलुकमा राजतन्त्र रहुन्जेल हरेक वर्ष राजाले विभुषणका नाममा युवराज, महारानी, भाइभतिजा र दरबारका आसेपासेलाई मानपदवी, अलंकार र पद्बी बा“ड्थे । जनआन्दोलनको बलमा राजतन्त्र फालिएर मुलुकमा संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था सुरु भएपछि पनि विभुषण वितरणको राजतन्त्रकालीन प्रवृत्ति भने यथावत् छ । यस वर्ष गणतन्त्र दिवसका दिन ३ सय ३ जनालाई विभूषण प्रदान गर्ने घोषणा गरिएको छ । विभूषण पाउनेमा अधिकांश राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र विभुषण सिफारिस समितिमा रहेका मन्त्री, मुख्यसचिव र सचिवका निकटका व्यक्ति र चाकरीदार छन् । विभुषण ऐन तथा नियमावलीमा सामाजिक जीवनका विभिन्न क्षेत्रबाट विशिष्ट योगदान पु¥याएका व्यक्तित्वहरूलाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने व्यवस्था छ । विभूषण पाउनेको लामो फेहरिस्त हेर्दा धेरैजसोले ऐन र नियमावलीअनुसार मुलुकलाई त्यस्तो उल्लेखनीय योगदान पु¥याएको देखिंदैन ।
संविधानसभाको दोस्रो चुनाव सफलतापूर्वक गराएकामा तत्कालीन चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसहित सबै मन्त्री र निर्वाचन आयोगका पदाधिकारीलाई विभुषण दिने निर्णय हुनुलाई स्वभाविक मान्न सकिएला, तर प्रधानन्यायाधीश दामोदर शर्मालाई के आधारमा विभूषण प्रदान गर्ने निर्णय भयो, त्यो अनौठो छ । शर्मा यति बेला सर्वोच्च अदालतमा धेरैजसो विवादास्पद छविवालालाई स्थायी न्यायाधीश नियुक्ति गर्न सिफारिस गरेकामा विवादको घेरामा छन् ।