Wednesday, July 31, 2019

भूमाफियालाई कारबाही गरेरै छाडछु : प्रधानमन्त्री

काठमाडौं, १४ साउन– प्रधानमन्त्री केपी शर्मा ओलीले ललिता निवाससहित मुलुकभर सरकारी जग्गा अतिक्रमण गर्ने भूमाफियाहरूमाथि कारबाही गरेरै छाडने दाबी गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार बुझाएको ज्ञापनपत्र बुझै ओलीले मुलुकका विभिन्न ठाउ“मा अतिक्रमित सरकारी जग्गा सरकारले विधि पु¥याएर फिर्ता गरेरै छाडने बताए ।
उनले ललिता निवासको जग्गा अतिक्रमणको छानबिन आफ्नो सरकारले सुरु गरे पनि उल्टै कतिपयले यही सरकारमाथि जग्गा हडपेको भनेर झूटो आरोप लगाउन थालेको भन्दै आपत्ति जनाए ।
‘ललिता निवासको जग्गाको छानबिन वर्तमान सरकारले नै थालेको हो । तर यही सरकारले जग्गा हडपेकोजस्तो गरी मान्छेहरू कराइरहेका छन्’ उनले भने– ‘योभन्दा अघिका सरकारहरू के हेरेर बसेका थिए ? त्यतिबेला सरकारमा बसेका मान्छे नै अहिले ठूला ठूला कुरा गरिरहेका छन् ।’
उनले आफ्नो सरकारको कार्यकालमा मुलुकमा भ्रष्टाचार बढेको नभई भ्रष्टाचारी पक्राउ पर्ने क्रम बढेको दाबीसमेत गरे । उनले अहिले भ्रष्टाचारीहरू धमाधम पक्राउ परिरहेको बताए ।

कर्मचारीलाई हाजिर गराउन सथानीय तहलाई कडा निर्देशन

हाजिर नगराए स्थानीय तहलाई अनुदान रोक्नेसम्मको लिखित चेतावनी
काठमाडौं, १४ साउन– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसै साता सबै स्थानीय तहलाई पत्र पठाई समायोजन भएर गएका कर्मचारीहरूलाई हाजिर गराउन कडा निर्देशन दिएको छ ।
मन्त्रालयले पत्रमा समायोजन भएर गएका कर्मचारीहरूलाई हाजिर गर्न नदिइएमा केन्द्र सरकारबाट स्थानीय तहहरूलाई उपलब्ध गराइ“दै आएको अनुदान रोक्का गर्ने चेतावनीसमेत दिएको छ ।
समायोजन गरी पठाइएका कर्मचारीहरूलाई स्थानीय तहहरूले विभिन्न कारण देखाई हाजिर गर्न नदिएर फर्काउने क्रम बढेपछि त्यस्तो निर्देशन दिइएको जानकारी मन्त्रालयले दिएको छ ।
‘कतिपय स्थानीय तहले समायोजन भएर गएका कर्मचारीहरूलाई हाजिर गर्न नदिएपछि हाजिर गराउन लिखित निर्देशन दिइएको हो’ मन्त्रालयका एक अधिकारीले भने ।
कर्मचारी समायोजन ऐनमा ‘सम्बन्धित निकायको प्रशासकीय प्रमुख वा अधिकारीले प्रदेश वा स्थानीय तहमा समायोजन हुने कर्मचारीलाई हाजिर गराई जिम्मेवारी दिनुपर्ने’ उल्लेख छ । मन्त्रालयले लिखित निर्देशनमा ऐनबमोजिम हाजिर नगराउने र जिम्मेवारी नदिने अधिकारीलाई प्रचलित कानुनबमोजिम कारवाही गर्ने चेतावनीसमेत दिएको छ ।

दुई उपसचिवसहित ७ जनाविरुद्ध मुद्दा

काठमाडौं, १४ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत अर्जुनप्रसाद सुवेदीसहित छ जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उपमहानगरमा आर्थिक वर्ष २०७४÷२०७५ मा विद्युतीय सामग्री खरिद गर्दा ११ लाख ३५ हजार ४ सय ११ रुपैयाँ हिनामिना गरेको अभियोगमा सुवेदीसहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा सुवेदी, उपसचिव मदन घिमिरे, शाखा अधिकृत ललनकुमार लाल कर्ण, लेखापाल दिनेश चौधरी, नायव सुव्बा अव्दुल जब्बार र सत्या इन्टरप्राइजेजका प्रोप्राइटर मनिषकुमार मिश्र छन् ।
उपमहानगरका सुवेदीसहितका कर्मचारीले सत्या इन्टरप्राइजेजका मनिषकुमार मिश्रस“गको मिलेमतोमा सामान खरिदमा अनियमितता गरेको पाइएको अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको छ ।

चेक बाउन्स अब देवानी मुद्दा, प्रहरीले पक्राउ गर्न नपाउने

सर्वोच्चको फैसला
चेक बाउन्समा अब बैंकिङ कसुर होइन विनिमय ऐनअनुसारमात्र मुद्दा चल्ने
काठमाडौं, १४ साउन– सर्वोच्च अदालतले चेक बाउन्ससम्बन्धी विवाद सरकारवादी फौजदारी मुद्दा नहुने फैसला गरेको छ ।  सर्वोच्च अदालतका न्यायाधीशद्वय डम्बरबहादुर शाही र कुमार रेग्मीको इजलासले चेक बाउन्ससम्बन्धी मुद्दा सरकारवादी फौजदारी मुद्दा नभई विनिमय अधिकार पत्र ऐनअनुसार देवानी मुद्दा हुने फैसला गरेको हो ।
सर्वोच्चले फैसलामा चेक बाउन्ससम्बधी मुद्दा बैंकिग कसुर तथा सजाय ऐनअनुसार सरकारवादी फौजदारी मुद्दाअन्तर्गत चलाउ“दा भन्दा विनिमय अधिकार पत्र ऐनअनुसार मुद्दा चलाउ“दा पीडितको अधिकार बढी सुरक्षित हुने ठहर गरेको छ ।
कैलालीकी निर्मला सोडारीले गणेशकुमार रावललाई दिएका १८ लाख ८५ हजार रुपैया“का दुइटा चेक बाउन्स भएपछि परेको पुनरावेदन मुद्दामा अन्तिम सुनुवाई गर्दै सर्वोच्चले चेक बाउन्ससम्बन्धी मुद्दालाई देवानी मुद्दाअन्तर्गत हेर्नुपर्ने फैसला गरेको हो ।
सर्वोच्चले फैसलामा चेक बाउन्ससम्बन्धी मुद्दाको सुनुवाइ विनिमय अधिकार पत्र विनिमय ऐनअनुसार हेर्दा पीडितले बढी सुविधा र छिटो न्याय पाउने उल्लेख गरेको छ ।

Tuesday, July 30, 2019

भगौडा सैनिक जेल चलान

काठमाडौं, १३ साउन– सशस्त्र द्वन्द्वकालमा नेपाली सेनाबाट विद्रोह गरेर हतियारसहित माओवादीमा लागेका ‘भगौडा’ सैनिक जवानलाई जेल चलान गरिएको छ । सैनिक अदालतले गोरखा आरुघाट गाउँपालिका–७ घर भएका भगौडा सैनिक जवान बिक्रम गुरुङलाई १० वर्षको जेल सजायको फैसला गरेको छ । उनलाई जेल चलान गरिएको जानकारी जंगी अडडा स्रोतले दिएको छ ।
 उनी हतियारसहित २०६३ भदौमा भागेर तत्कालीन माओवादी सेनामा लागेका थिए । नेपाली सेनाले गत जेठमा राजधानीको कलंकीबाट गुरुङलाई पक्राउ गरेको थियो । पक्राउपछि गुरुङलाई सेनिक अदालतमा मुद्दा चलाइएको हो ।

२ जनाविरुद्ध मुद्दा, दुई अधिकृतसहित ७ जना घूससहित पक्राउ

काठमाडौं, १३ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिनियर डिभिजनल इन्जिनियर (उपसचिव) सहित २ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ भने दुई शाखा अधिकृतसहित ७ जनालाई घूससहित पक्राउ गरेको छ ।
अख्तियारले साविक जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन सिनियर डिभिजन इन्जिनियर लालु गिरीविरुद्ध भोजपुर–टक्सारकोट–गगने–लेखर्क सडक स्तारोन्नति योजनामा अनियमितता गरेको अभियोगमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार गिरीले उक्त योजनामा १८ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार गरेका थिए ।् अख्तियारले अभियोगपत्रमा गिरीलाई जेल सजाय र भ्रष्टाचार रकम बराबर जरिवाना गर्न मागदाबी गरेको छ ।
अख्तियारले बाराको पचरौता नगरपालिकाका नायब सुब्बा बद्रीबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको छ । थापाले नगरपालिकाको महिला तालिम कार्यक्रमको भुक्तानीका लागि सिफारिस गर्न सेवाग्राहीसँग १४ हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएस“गै सिनियर डिभिजनल इन्जिनियर गिरी र नासु थापा सेवाबाट निलम्बित भएका छन् ।

राप्रपा महाधिवेशन जेठमा

काठमाडौं, १३ साउन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो जेठमा केन्द्रीय महाधिवेशन गर्ने भएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको तिथि तय गरेको हो ।
बैठकले आगामी माघ महिनाबाट स्थानीय तहदेखिका परिषद बैठकको आयोजना र महाधिवेशन प्रतिनिधिको निर्वाचन प्रारम्भ गर्ने निर्णय गरेकोसमेत राप्रपाले जनाएको छ ।
राप्रपाले संगठन विस्तार गर्न महाधिवेशन अगाडि मुलुकभर सक्रिय सदस्य वितरण कार्यलाई अभियानका रुपमा सञ्चालन गर्न लागिएकोसमेत जनाएको छ । राप्रपाद्वारा जारी विज्ञप्तिका अनुसार चतराधाम–त्रिवेणी हिन्दूराष्ट्र पुनःस्थापना संकल्पयात्रा मंसिरको अन्तिम सातामा प्रारम्भ गरिने भएको छ ।

राज्यको ढुकुटीमा पहुँचवालाको रजाइँ

काठमाडौं, १३ साउन– सरकारले कानुनविपरीत पहुँचवाला नेता–कार्यकर्ता र आफन्तलाई धमाधम आर्थिक सहयोग वितरण गरिरहेको पाइएको छ । मन्त्रिपरिषद निर्णयका नाममा प्रधानमन्त्री, प्रभावशाली नेता तथा मन्त्री निकट पहुँचवाला नेता–कार्यकर्ता, आफन्त र जिल्लाबासीलाई प्रतिव्यक्ति २ लाखदेखि ५० लाख रुपैयाँसम्म आर्थिक सहायता वितरण भइरहेको देखिन्छ । व्यक्तिलाई मात्रै नभएर गैर सरकारी संस्थाहरूलाई समेत १ करोड रुपैया“सम्म आर्थिक सहायता दिइएको छ ।
सरकारले पछिल्लो तीन महिना वेशाख, जेठ र असारमा मात्रै करिब ७ करोड रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ । अर्थमन्त्रालयद्वारा वेबसाइटमार्फत सार्वजनिक विवरणमा अपवादलाई बाहेक अधिकांशलाई सरकारले कानुन मिचेर आर्थिक सहायता दिंदै आएको छ । विशिष्ट तथा सार्वजनिक जीवनमा महत्वपूर्ण योगदान गरेका तथा विपन्न व्यक्तिको उपचार सहायतासम्बन्धी निर्देशिकाको ठाडो उल्लंघन गरी सरकारले पहु“चवालालाई निवेदन दिएकै भरमा जथाभागी रकम वितरण गर्ने गरेको हो ।
सरकारले विपदमा मृत्यु भएका तथा सरकारी सुरक्षाकर्मी तथा विद्रोहीको आक्रमणमा परी मरेका व्यक्तिका परिवारलाई मात्र आर्थिक सहायता दिने कानुनी व्यवस्था छ । तर, सरकारले यी कानुनी मापदण्डमा नपर्ने व्यक्तिहरूलाई हचुवाका भरमा जथाभावी रकम दिएको देखिन्छ । आर्थिक सहायता पाउनेमा पहुँचवाला नेताका जिल्लाबासी बढी छन् ।

लाइसेन्स परिक्षामा बीडीएसमा ६१ र एमबीबीएसमा २२% डाक्टर फेल

काठमाडौं, १३ साउन– मेडिकल काउन्सिलले लिएको चिकित्सक लाइसेन्स परीक्षामा ब्याचलर अफ डेन्टल सर्जरी (बीडीएस) मा ६१ र एमबीबीएसमा २२ प्रतिशत विद्यार्थी फेल भएका छन् ।
३ सय ५३ जना परीक्षार्थीमध्ये २ सय १५ जना अनुत्तीर्ण भएका छन् । सहभागीमध्ये १ सय ३८ जना अर्थात् ३९ प्रतिशतमात्र उत्तीर्ण भएका छन् । काउन्सिलको लाइसेन्स परीक्षा उत्तीर्ण नभई चिकित्सकका रूपमा काम गर्न पाइँदैन ।
एमबीबीएसतर्फ लाइसेन्स परिक्षाका लागि फारम भरेका १ हजार ६ सय ८१ मध्ये १ हजार ३ सय ११ जना अर्थात् ७८ उत्तीर्ण भएका छन् । ३ सय ६२ जना परीक्षार्थी फेल भए भने आठ जनाले परीक्षा दिएनन् । काउन्सिलका अनुसार एमबीबीएसतर्फ अनुत्तीर्णले पुनः अर्को चिकित्सक लाइसेन्स परीक्षा दिन पाउनेछन् ।

हेग लगिए म झन् हिरो हुन्छु : दाहाल

काठमाडौ, १३ साउन– पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफूलाई हेग (अन्तर्राष्ट्रिय अदालत) लगिए आफू झन विश्वभर चर्चित हुने दाबी गरेका छन् ।
उनले ललितपुरस्थित आफ्नो निवास खुमलटारमा सोमबार बिहान नेकपामा प्रवेश गरेका नेत्रविक्रम चन्द समूहका ८ नेता–कार्यकर्तालाई स्वागत गर्दै त्यस्तो दाबी गरेका हुन् ।
‘हेग लगिए पनि मलाई केही फरक पर्ने छैन । हेग लगे भने त म झन विश्वकै हिरो भएर निस्कन्छु, । संसारभरिका जनताले मलाई यो त न्यायको पक्षमा रहेछ शान्तिको पक्षमा रहेछ भनेर चिन्ने छन् । त्यो त मेरो लागि गौरवको कुरा हुन्छ’ उनले भने– ‘तर मलाई लाग्दैन तिनीहरूले लान्छन् र विश्वको हिरो बनाउ“छन् भनेर ।’
नेकपा प्रवेश गरेका नेताहरूले सशस्त्र कालीन मानव अधिकार उल्लंघनका घटनामा तत्कालीन माओवादीका दाहालसहितका नेता तथा कार्यकर्तालाई अन्तर्राष्ट्रिय अदालतमा लगेर कारबाही हुन सक्ने खतरा अझै रहेको धारणा व्यक्त गरेका थिए।दाहालले त्यसको प्रत्युत्तर दिंदै कसैले पनि आफूलाई हेग लान नसक्ने दाबी गरेका हुन्।
उनले मुलुकमा परिवर्तनको नेतृत्व गरेका नेताहरूलाई सिध्याउन पाए लोकतान्त्रिक उपलब्धिलाई उल्टाउन सकिन्छ कि भनेर पश्चमागी तत्वले षडयन्त्र गरिरहेको दाबीसमेत गरे ।

Monday, July 29, 2019

मेयर शाक्य ल्हासा प्रस्थान

काठमाडौं, १२ साउन– काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य आइतबार चीन प्रस्थान गरेका छन् । उनी ल्हासा नगरस“ग भगिनी सम्बन्ध विस्तार गर्न चीन प्रस्थान गरेको महानगरले जनाएको छ ।
प्रमुख शाक्यको भ्रमण दलमा वडाध्यक्षद्वय भरतलाल श्रेष्ठ र भाइराम खडगी, कार्यपालिका सदस्य हीरादेवी पोख्रेल, रश्मी खडका, प्रशासन महाशाखा प्रमुख गणेशप्रसाद थपलिया, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका यम बसेल सामेल छन् । शाक्य साउन २१ मा स्वदेश फर्कनेछन् ।

‘मान्छेका कथाहरू’ सार्वजनिक

काठमाडौं, ११ साउन– कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार पार्टीका केन्द्रीय सदस्य गुरुराज घिमिरेको पुस्तक ‘मान्छेका कथाहरू’ विमोचन गरेका छन् । राजधानीमा विमोचन कार्यक्रममा बोल्दै उनले परम्परा र संस्कारमा रहन र जान्न चाहने युवा पिंढीका लागि ‘मान्छेका कथाहरू’ कृति निकै महत्वपूर्ण रहेको बताए । उनले कृतिमा समाजका विभिन्न तह र तप्कामा सकारात्मक सन्देश प्रवाह गर्ने विषयवस्तु समेटिएको भन्दै लेखकको प्रशंसा गरे ।
‘मान्छेका कथाहरू’ मा निकै घतलाग्दा विषयवस्तु समेटिएको छ, तपाईं साहित्यमा मात्र होइन, राजनीतिक क्षेत्रमा पनि निकै भरोसा गरिएको योग्य व्यक्ति हुनुहुन्छ, राजनीतिक र साहित्यलाई स“गस“गै बढाउनुस् शुभकामना छ’ देउवाले भने । कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरा राजनीतिमा मात्र नभएर विचार, सोच र साहित्यमा समेत घिमिरे दख्खल रहेको बताए । ‘मान्छेका कथाहरू’ कथाकार घिमिरेको पा“चौं कृति हो ।

जडिबुटीबाट औषधि र विष छुट्याउने हाम्रै पुर्खा हुन् : प्रधानमन्त्री

काठमाडौं, ११ साउन– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली पुर्खाहरूकै प्रयोग र अनुभवबाट जडिबुटीलाई औषधिका रूपमा उपयोग गर्न थालिएको बताएका छन् । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा बहिरंग सेवा भवनको उद्घाटनका अवसरमा शनिबार उनले उच्च प्रविधियुक्त अस्पतालले नेपालीलाई विद्वान् पुर्खाको विरासत स्मरण गराएको धारणा राखे ।
‘नेपालीका पुर्खा विद्वान् भएका थुप्रै प्रमाण छन् । उनीहरूले प्रयोग र अनुभवबाट जडिबुटीलाई औषधिका रूपमा प्रयोग गरे,’ उनले भने, ‘त्यति बेला कुनै प्रयोगशाला थिएनन् । जडिबुटीहरूलाई आफ्नै शरीरमा प्रयोग गरेर उनीहरूले औषधि र विष छुट्याइदिए ।’ पुर्खाको विद्वत्ता एवं ज्ञानलाई वर्तमान पुस्ताले पुनः प्राप्ति गर्न थालेको उनको भनाइ छ । 

राष्ट्रिय चिहनको अवमूल्यन हुने गरी विज्ञापन गर्न नपाइने

के–के छ विज्ञापन विधेयकमा ?
  • किल्न फिड लागू गर्ने दफा पारित
  • पाठ्यपुस्तकमा विज्ञापन गर्न रोेक
  • जुवा खेलाउने विषयको विज्ञापन निषेध
  • विज्ञापनकर्ताको नाम, ठेगाना अनिवार्य
  • वस्तु वा सेवाको प्रयोगमा चेतावनीमूलक सन्देश
  • कन्डमलगायतको विज्ञापनलाई निश्चित समय
काठमाडौं, ११ साउन– राष्ट्रगान, राष्ट्रिय झन्डा, चिह्न र विभूतिको अवमूल्यन हुने गरी विज्ञापन प्रकाशन(प्रसारण गर्न नपाइने भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन (नियमन गर्ने) विधेयकमा यस्तो व्यवस्था राखेको छ ।
समितिले स्वदेशी उत्पादनलगायत राष्ट्रिय महŒवका विषयमा विदेशमा विज्ञापन गर्दा झन्डा, चिह्न, राष्ट्रगानलगायत प्रयोग गर्न पाइने तर तिनको अवमूल्यन गर्न नपाइने व्यवस्था गरेको हो । सरकारले विज्ञापन प्रकाशन एवं प्रसारणमा यी विषयको प्रयोगमा रोक लगाउने प्रस्ताव गरेको थियो ।
यिनको प्रयोगमा रोक लगाउने व्यवस्था अव्यावहारिक हुने भएकाले अवमूल्यन गर्न नपाइने प्रावधान मात्र राखिएको सांसद दिव्यमणि राजभण्डारीले जानकारी दिए ।

मुलुकभर काठको विद्युत पोल हटाइने

काठमाडौं, ११ साउन– सरकारले मुलुकभर रहेका काठका विद्युत् खम्बा हटाउने भएको छ । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघको दसौं राष्ट्रिय परिषद् बैठकलाई शनिबार सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सि“चाइमन्त्री वर्षमान पुनले प्रदेश र स्थानीय तहसितको सहकार्यमा सरकारले मुलुकभरका काठका खम्बा हटाउन अभियान सञ्चालन गर्ने बताए । उनका अनुसार मुलुकभर झन्डै साढे ४ लाख काठका विद्युत् खम्बा छन् ।
उनले छिट्टै जलस्रोत ऐन र राष्ट्रिय जलस्रोत नीति ल्याइने बताए । सरोकारवाला र आमजनताको हितप्रतिकूल हुने गरी ऐन र नीति नआउनेमा विश्वस्त हुनसमेत उनले आग्रह गरे । उनले सरोकारवालास“गको छलफलबिना अब सरकारले कुनै पनि विधेयक नल्याउने बताए ।
पूर्वऊर्जामन्त्री एवं कांग्रेस प्रमुख सचेतक बालकृष्ण खा“णले सामुदायिक विद्युत् ऐन छिटो ल्याउन सरकारलाई आग्रह गरे । सामुदायिक विद्युत् ऐन पारित गर्न कांग्रेसले पूर्ण साथ दिने उनले बताए ।

तरुण दलद्वारा गृहमन्त्रीको राजीनामा माग

काठमाडौं, ११ साउन– कांग्रेस भ्रातृ संगठन तरुण दलले निर्मला पन्त प्रकरणमा गैरजिम्मवार अभिव्यक्ति दिएको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ । निर्मलाको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको दिन शनिबार तरुण दलले विज्ञप्ति जारी गरी गृहमन्त्री थापालाई आफ्नो अभिव्यक्ति फिर्ता लिएर जनतास“ग माफी माग्न भनेको छ ।
विज्ञप्तिमा गृह प्रशासनले बलात्कारी र अपराधीलाई जोगाइरहेको, नागरिकको सुरक्षा गर्न नसकेको र कानुनको धज्जी उडाइरहेको आरोप लगाउ“दै सरकारविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ । ‘यसअघि प्रधानमन्त्रीले न्याय पाउन १२ वर्ष लाग्छ भन्नू र अहिले गृहमन्त्रीले सञ्चारकर्मीस“गको कुराकानीमा निर्मला हत्याकाण्ड नौलो नभएको, यस्ता घटना भइरहन्छन् र भइरहनेजस्तो अति नै अमानवीय, गैरजिम्मेवार र निकृष्ट ढंगले अभिव्यक्ति दिएका छन्,’ महासचिव भूपेन्द्रजंग शाहीद्वारा जारी विज्ञप्तिमा छ ।

Saturday, July 27, 2019

निर्मलाका लागि न्याय माग्दै मण्डलामा दीप प्रज्ज्वलन

काठमाडौं, १० साउन– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै राजधानीको माइतीघर मण्डलामा शुक्रबार साँझ दीप प्रज्ज्वलन गरिएको छ।निर्मलाको हत्या भएको एक वर्ष पुगेको दिन शुक्रबार कांग्रेसको भातृ संगठन नेविसंघले उनका हत्यारालाई कारबाही गर्न माग गर्दै दीप प्रज्ज्वलन गरेको हो ।
शुक्रबार दिउ“सो नेविसंघले निर्मलाका लागि न्याय माग्दै राजधानीमा प्रदर्शन गरेको थियो । ‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार ?’ लेखिएका प्ले कार्ड बोकेर नेविसंघले प्रदर्शन गरेको थियो ।
प्रदर्शनकारीले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

नख्खु विस्फोटका मुख्य अभियुक्त शेर्पा पक्राउ

काठमाडौं, १० साउन– प्रहरीले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि बम विस्फोटमा संलग्न मुख्य अभियुक्तलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।
महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले उक्त घटनामा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका युवा संगठन सदस्य दोर्ची शेर्पालाई बिहीबार गोंगबुबाट पक्राउ गरेको हो ।
महाशाखाले दिएको जानकारीअनुसार विस्फोट घटनामा शेर्पाले मुख्य योजनाकारको भूमिका निर्वाह गरेका थिए । घटनाअगाडि शेर्पाले एनसेल कार्यालयका सुरक्षागार्डलाई पेस्तोल देखाएर नियन्त्रणमा लिएको सीसीक्यामराबाट पत्ता लागेको समेत प्रहरीले जनाएको छ । गत फागुन १० गते भएको विस्फोटमा सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने कुमार खत्री, प्रतीक्षा खडका र उरुषा मानन्धर घाइते भएका थिए ।

क्यबुा कम्युनिस्टको आदर्श भूमि : दाहाल

काठमाडौं, १० साउन– सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले क्युबा विश्वभरका कम्युनिस्टको आर्दशभूमि रहेको बताएका छन् । क्युबाबाट पाठ सिकेर विश्वका कम्युनिस्ट पार्टीले आफूलाई अघि बढाउनुपर्ने उनले बताए ।
काठमाडौंमा शुक्रबार सुरु भएको ‘एसिया प्यासिफिक कन्फरेन्स अफ सोलिडारिटी विथ क्युबा’ को दुईदिने सम्मेलनको उद्घाटन गर्दै उनले समाजवाद निर्माणका लागि क्युबाको कम्युनिस्ट पार्टीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । सर्वहारा वर्गको उत्थानका लागि क्युबाले गरेको लामो लडाइ“ विश्वभरका कम्युनिस्टका लागि आदर्श बनिरहने उनले बताए । आफ्नो पार्टीले जनताको विश्वास जितेर दुई तिहाई बहुमतको सरकार बनाएको र समाजवाद निर्माणको आधार तय गर्दै अघि बढेको भनाइ उनले राखे ।

तीन इन्जिनियरसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं, १० साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन इन्जिनियरसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । शिक्षा समन्वय एकाइ काभ्रेपलाञ्चोकका इन्जिनियर दीपेन्द्रकुमार देवसहित तीन कर्मचारीले विद्यालय भवन निर्माणका क्रममा डेढ लाख रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीहरू विरुद्ध शुक्रबार मुद्दा चलाइएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा देवको सहयोगीका रूपमा कार्यरत सबइन्जिनियरद्वय धनवीर भगत र नीरजकुमार चौधरीसमेत छन् । अख्तियारले विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रका फोरमेन अविलाल विष्टविरुद्ध समेत भ्रष्टाचार मुद्दा चलाएको छ । विष्टले नयाँ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

उपत्यकामा ३१ प्रतिशत वायु प्रदूषण मापदण्डविपरीतका गाडीबाट

प्रतिवेदन भन्छ–
  • मानवअधिकार आयोगले काठमाडौं उपत्यकासहित १५ जिल्लाको वातावरण प्रदूषण र मानवअधिकारको अवस्थाका बारेमा अध्ययन गरी प्रतिवेदन सार्वजनिक
  • यातायात व्यवस्था विभागले उपत्यकामा वायु प्रदूषण न्यूनीकरणका लागि तीन ठाउँमा सवारीको धुवाँ प्रदूषण गर्न परीक्षण केन्द्र स्थापना गरे पनि एउटा मात्र सञ्चालनमा
  • २० वर्षभन्दा पुराना सवारी वायु प्रदूषणको मुख्य कारक
काठमाडौं, १० साउन– राजधानी उपत्यकामा ३१ प्रतिशत प्रदूषण मापदण्डविपरीतका गाडीबाट हुने गरेको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगद्वारा शुक्रबार वातावरण प्रदूषण र मानवअधिकारसम्बन्धी अध्ययन प्रतिवदेन सार्वजनिक गरी उपत्यकामा सवारीसाधनको अत्यधिक चाप हुनुका साथै मापदण्डविपरीतका सवारीले ३१ प्रतिशत प्रदूषण हुने गरेको पाइएको उल्लेख छ ।
प्रतिवेदनका अनुसार यातायातका साधनबाट हुने अनियन्त्रित प्रदूषणलाई न्युनीकरण गर्न कानुनी व्यवस्था र मापदण्डसमेत बनाए पनि कमी नभई उल्टै बढै गइरहेको छ । आयोगले काठमाडौं उपत्यकासहित, नुवाकोट, रुपन्देही, दाङ, बा“के, कैलाली, बर्दिया, कञ्चनपुर, मोरङ, सुनसरी, इलाम, धनुषालगायतका १५ जिल्लाको वातावरण प्रदूषण र मानवअधिकारको अवस्थाका बारेमा अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।
वायु गुणस्तरसम्बन्धी मापदण्ड २०६९ र नेपाल सवारी प्रदूषण मापदण्ड २०६९ ले तोेकेको मापदण्डसमेत यातायात व्यवसायी र निजी गाडीवालाले उल्लंघन गर्दै आएको उल्लेख छ । यातायात व्यवस्था विभागले उपत्यकामा वायु प्रदूषण न्यूनीकरणका लागि तीन ठाउँमा सवारीको धुवाँ प्रदूषण गर्न परीक्षण केन्द्र स्थापना गरे पनि एउटा मात्र सञ्चालनमा रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

Friday, July 26, 2019

निर्मलालाई न्याय दिन सरकार पूर्णतः असफल : कांग्रेस

काठमाडौं, ९ साउन– प्रमुख प्रतिपक्ष कांग्रेसले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्याय दिन सरकार असफल भएको आरोप लगाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरी निर्मला पन्त प्रकरणबारे मंगलबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्ति गैरजिम्मेवारीपूर्ण रहेको टिप्पणी गरेका छन् ।
‘निर्मला प्रकरण न प्रथम न अन्तिम भनेर गैरजिम्मेवार जवाफ दएर सरकारको कर्तव्य पूरा हुन्न,’ विज्ञप्तिमा उल्लेख छ, ‘कांग्रेस प्रश्न गर्न चाहन्छ– संवेदनशील घटनामा यस्तो ढंगको अभिव्यक्ति राख्नु मानवीय कोणबाट आपत्तिजनक छ नै, जिम्मेवार राज्यले यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिन मिल्छ ?’

Thursday, July 25, 2019

महानगरका कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं, ९ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको सामाजिक विभागका नायब सुब्बा कृष्णप्रसाद सोतीविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोतीमाथि सामाजिक विभागमार्फत कार्यान्वयन भइरहेको कार्यक्रमको रकम भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग १ लाख ७ हजार रुपैयाँ घूस लिएको आरोप छ । 
त्यस्तै अख्तियारले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयका खरिदार पुष्प अधिकारीलाई घूससहित पक्राउ गरेको छ । अधिकारीले होटल व्यवसाय दर्ता गरिदिने नाममा सेवाग्राहीसँग ४ हजार रुपैयाँ घूस लिएको जनाइएको छ । अख्तियारका अनुसार अधिकारीको कोठामा खानतलासी गर्दा ७३ हजार ९ सय ५० रुपैयाँ फेला परेको छ । उनलाई अख्तियारको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

दुई सई घूससहित पक्राउ

काठमाडौं, ९ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त गौशालाका दुई सईलाई घूससहित पक्राउ गरेको छ । सईद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकारलाई सेवाग्राहीसित लिएको १८ हजार रुपैयां घूससहित समातेको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार उनीहरूले वृत्तमा रहेको सार्वजनिक मुद्दा चा“डै मिलाइदिन्छु भनी घूस लिएका थिए । उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको अख्तियारले उल्लेख गरेको छ ।

बाढीपीडितलाई २५ लाख सहयोग

काठमाडौं, ९ साउन– केडिया अर्गनाइजेसन ट्रस्ट र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले बाढीपहिरोपीडितका लागि २५ लाख रुपैया“ सहयोग गरेका छन् । ट्रस्टले १५ लाख र युनियनले १० लाख रुपैया“ सहयोग गरेको जानकारी प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । ट्रस्टका कोषाध्यक्ष मदनलाल केडियो र युनियनका अध्यक्ष पुण्य ढकालले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सहयोग रकमको चेक हस्तान्तरण गरे ।
ओलीले चेक बुझ्दै बाढीपहिरोको चपेटामा परेका जनतालाई सहयोग पु¥याउनका लागि रकम प्रदान गरेकामा ट्रस्ट र युनियनप्रति आभार व्यक्त गरेका छन् । ‘प्राकृतिक विपत्तिमा परेका जनतालाई तपाईंहरूले दिएको रकमले उद्धार र राहतमा ठूलो सहयोग पुग्छ,’ प्रधानमन्त्रीको भनाइ थियो । यसअघि ट्रस्टले बारा र पर्सामा आएको हावाहुरीबाट पीडितलाई राहतस्वरूप प्रदेश २ का मुख्ममन्त्री लालबाबु राउतलाई ११ लाख रुपैया“ प्रदान गरेको थियो ।

मृतक कामदारका परिवारलाई साढे ४८ करोड राहत

काठमाडौं, ९ साउन– वैदेशिक रोजगार बोर्डले विदेशमा रोजगारीका क्रममा मृत्यु भएका ७ सय ५३ नेपाली कामदारका परिवारलाई आर्थिक वर्ष २०७५÷७६ मा राहतस्वरूप ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । बोर्डले एक वर्षमा विदेशमा मृत्यु भएका २३ महिलासहित ७ सय ५३ कामदारका परिवारलाई सहायता उपलब्ध गराएको हो ।
बोर्डले वैदेशिक रोजगारीका क्रममा करार अवधिभित्रै मृत्यु भएका कामदारका परिवारलाई ७ लाख रुपैयाँका दरले आर्थिक सहायता प्रदान गर्ने गरेको छ । रोजगारीका क्रममा अंगभंग तथा बिरामी भएका ३ सय ३५ कामदारलाई एक वर्षमा ९ करोड १४ लाख १३ हजार ६ सय ९९ रुपैयाँ सहायता प्रदान गरिएको जानकारी बोर्डले दिएको छ । बोर्डले अंगभंग वा गम्भीर बिरामीको प्रकृति र मात्राका आधारमा प्रतिशत निर्धारण गरी ७ लाखसम्म आर्थिक सहायता प्रदान गर्ने गरेको छ । बोर्डले वैदेशिक रोजगारीमा गएका कामदारका परिवारलाई १२ लाख १५ हजार रुपैयाँ औषधोपचार सहयोग उपलब्ध गराएको छ ।

१४० जनाको सम्पत्तिमाथि छानबिन जारी : अख्तियार प्रमुख

काठमाडौं, ८ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले सार्वजनिक पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेका व्यक्तिहरूमाथि गम्भीर अनुसन्धान भइरहेको बताएका छन् ।
उनले बुधबार सञ्चारकर्मीहरूसित कुराकानी गर्दै व्यक्तिको सामाजिक प्रतिष्ठामा हुन सक्ने क्षतिलाई ध्यानमा राखेर अनुसन्धान निष्कर्षमा नपुगेसम्म आरोपितहरूको विवरण सार्वजनिक गर्ने पक्षमा अख्तियार नरहेको बताए।
‘हामीले १ सय ३० देखि १ सय ४० जना व्यक्तिको स्रोत नखुलेको सम्पत्ति छानबिन गरिरहेका छौं’ उनले भने– ‘हामी अनुसन्धानको प्रक्रियामा छौं, सबै विषय विशेष अदालतमा मुद्दा दायर गरेपछि मात्रै सार्वजनिक हुन्छ ।’ घिमिरेले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार एक्लैले नसक्ने भएकाले सबै पक्षको सहयोग र सहकार्य जरुरी रहेको बताए । 

त्रिविद्वारा नम्बर बढाइएका प्रमाणपत्र रद्द

काठमाडौं, ८ साउन– त्रिभुवन विश्वविद्यालयले परिक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई घूस खुवाएर नम्बर बढाएका सुरेन्द्रप्रसाद कोइरालाका शैक्षिक प्रमाणपत्रहरू रद्द गरेको छ । परीक्षा नियन्त्रण कार्यालयबाट गठित अनुसन्धान समिति र अख्तियारको छानबिनबाट अंक थप गरी ट्रान्सक्रिप्ट जारी भएको पुष्टि भएकाले त्रिविको केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले उनका तीनवटै विषयको शैक्षिक प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको हो ।
कोइरालाले त्रिविको त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्र, पाटन संयुक्त क्याम्पसबाट ग्रामीण विकास र अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका थिए । उनले परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई घूस खुवाई तीनवटै विषयमा अंक बढाएर स्वर्ण पदक लिएका थिए ।
त्रिविले कर्मचारीलाई घूस खुवाई नम्बर बढाएका अर्का परीक्षार्थी केदार भट्टराईको स्नातकोत्तर तहको प्रमाणपत्रसमेत रद्द गरेको छ । भट्टराईले पाटन संयुक्त क्याम्पसबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई प्रलोभनमा पारी अंक बढाएको भेटिएकाले भट्टराईको शैक्षिक योग्यताको प्रमाणपत्रसमेत रद्द गरिएको जानकारी त्रिविले दिएको छ । 

Wednesday, July 24, 2019

प्रधानन्यायाधीश र रुसी समकक्षीबीच भेटवार्ता

काठमाडौं, ७ साउन– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र रुसी सर्वोच्च अदालतका अध्यक्ष भ्याचेस्लाभ एम लेवेदेभबीच मंगलबार भेटवार्ता भएको छ । दुई जनाबीच नेपाल–रुसी महासंघको लामो समयदेखिको सम्बन्धबारे छलफल भएको जानकारी सर्वोच्च अदालतले दिएको छ । लेवेदेभ प्रधानन्यायाधीश जबराको निमन्त्रणामा चारदिने भ्रमणमा सोमबार नेपाल आएका हुन् ।
भेटमा प्रधानन्यायाधीश जबराले रुसी समकक्षीलाई नेपालमा न्यायपालिकाको योजनाबद्ध सुधारका रूपमा रहेको रणनीतिक योजना र कार्यान्वयनबारे जानकारी गराएका थिए । लेवेदेभले नेपालमा संविधान जारी भएर कार्यान्वयनको अवस्थामा रहेको र यसले नेपालको आर्थिक विकासमा समेत टेवा पु¥याउने विश्वास व्यक्त गरेका थिए ।

Tuesday, July 23, 2019

विपदमा १९५ को मृत्यु

विपदबाट साढे २ अर्बभन्दा बढीको क्षति
काठमाडौं, ६ साउन– विपद्मा परी वैशाखयता १ सय ९५ जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरीलगायत विपद्मा परी उनीहरूको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
बाढीपहिरोबाट ९६, चट्याङबाट ४४, आगलागीबाट १३, लेक लागेर १३, जनावरको आक्रमणबाट ९, हावाहुरीबाट ८, सर्पदंशबाट ६, हवाई दुर्घटनाबाट ३ र अन्य घटनामा ३ जनाको मृत्यु भएको गृहको भनाइ छ ।
विपदका घटनामा परेर ३५ बेपत्ता रहेको र ४ सय ८८ जना घाइते भएका छन् । बाढीपहिरोबाट ३३, डुंगा पल्टेर १ र हिउ“पहिरोमा परी एक जना बेपत्ता भएका हुन् । चट्याङबाट १ सय ६३, हावाहुरीबाट १ सय ४९, बाढीपहिरो ५३, आगलागीबाट ६८, जनावरबाट ३५ जना घाइते भएका मन्त्रालयले बताएको छ ।

जापानले ६४ करोड अनुदान दिने

काठमाडौं, ६ साउन– जापानले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संसाधन विकास परियोजना कार्यान्वयन गर्न नेपाललाई ६३ करोड ९९ लाख रुपैया“ अनुदान सहयोग गर्ने भएको छ ।
अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थसचिव राजन खनालले अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

असई घुससहित पक्राउ

काठमाडौं, ६ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको प्रहरी चौकी बगाहका प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापालाई पक्राउ गरेको छ । थापा हार्डवेयर सामान विक्रेतासित लिएको ३ हजार ५ सय रुपैया“ घूससहित पक्राउ परेको अख्तियारले जनाएको छ । उनलाई अख्तियारको हिरासतमा राखी थप छानबिन भइरहेको छ ।

नेपाल र जर्जियाबीच प्रवेशाज्ञा शुल्क नलिने सहमति

काठमाडौं, ६ साउन– नेपाल र जर्जियाबीच प्रवेशाज्ञा (भिसा) शुल्क नलिने सहमति भएको छ । सचिवस्तरमा सोमबार परराष्ट्र मन्त्रालयमा भएको वार्तामा दुवै देशका कूूटनीतिक र सरकारी राहदानीवाहकलाई प्रवेशाज्ञा शुुल्क नलिने सहमति भएको हो । परराष्ट्र सचिव शंकरदास वैरागी र उनका जर्जियाली समकक्षी अर्चिल जुलियासिभ्लीले समझदारीपत्रमा हस्ताक्षर गरे । जर्जियाली परराष्ट्र सचिव नेपाल भ्रमणमा छन् ।

Monday, July 22, 2019

३ वर्षभित्रै चक्रपथमा मोनोरेल : काठमाडौं महानगर

काठमाडौं, ५ साउन– काठमाडौं महानगरले आगामी ३ वर्षभित्र राजधानकिो चक्रपथमा मोनोरेल सञ्चालनमा ल्याइसक्ने महत्वकांक्षी कार्ययोजना घोषणा गरेको छ । काठमाडौं महानगरले नगरसभाबाट पारित चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ३ वर्षभित्र चक्रपथमा मोनोरेलको उचित व्यवस्था गरी सञ्चालनमा ल्याउने योजना घोषणा गरेको हो ।
महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार पहिलो चरणमा चक्रपथमा मोनोरेल सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने कार्य अन्तिम चरणमा पुगेको छ । ‘अबको एक÷डेढ महिनामै मोनो रेल निर्माणका लागि डीपीआर तयार हुँदैछ’  उनले भने ।
डंगोलका अनुसार २७ किलोमिटर लम्बाइको चक्रपथमा मोनो रेल निर्माणका लागि करिब १३ खर्ब रुपैया“ लाग्ने अनुमान छ । डंगोलले डीपीआर तयार भएपछि बुट प्रणालीमा विदेशी कम्पनीलाई निर्माण गर्न दिने या दातृ समुदायबाट सहयोग जुटाएर केन्द्र, प्रदेश र महानगरसहित राजधानीका सबै स्थानीय तहको लगानीमा बनाउने भन्नेबारेमा छलफल सुरु हुनेछ । ‘मोनो रेलका लागि लगानीको मोडेल तय हुनै बा“की छ । डीपीआर आएपछि छलफल सुरु हुनेछ’ डंगोलले भने ।

बालुवाटार जग्गा प्रकरणमा मेरो संलग्नता छैन : गच्छदार

काठमाडौं, ५ साउन– कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् । आइतबार साँझ भारतबाट स्वदेश फर्केका गच्छदारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै बालुवाटार जग्गा प्रकरणमा आफू संलग्न नरहेको दाबी गरेका हुन् ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारको पालामा आफूले विभागीय मन्त्रीको हैसियतमा बालुवाटारमा सडक फराकिलो बनाउनका लागि प्रस्ताव लगे पनि जग्गा व्यक्तिलाई दिने कुनै प्रस्ताव नलगेको जिकिर गरे । उनले संवैधानिक निकाय अख्तियार दूरुपयोग अनुसन्धान आयोगले उक्त जग्गा प्रकरणमा आफूलाई बोलाएमा आफू सहयोग गर्न तयार रहेको बताए ।

दुई किलो सुनसहित पक्राउ

काठमाडौं, ५ साउन– प्रहरीले राजधानीको नागढुंगाबाट दुई किलो सुनसहित रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ का १७ वर्षीय भीमबहादुर तामाङलाई पक्राउ गरेको छ । भैरहवाबाट काठमाडौं आउ“दै गरेको बसमा रहेका तामाङ शनिबार राति पक्राउ परेका हुन् ।
गोप्य सूचनाका आधारमा जाँच गर्दा अवैध सुन भेटिएपछि उनलाई नियन्त्रण गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तामाङले सुनलाई मादल आकारमा ढाली कम्मरमा बाँधेका थिए । उनी रसुवाबाट गल्छी गई बस चढेर राजधानी आएका हुन् । उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साझा पार्टीमा ७ केन्द्रीय सदस्य मनोनीत

काठमाडौं, ५ साउन– साझा पार्टीले केन्द्रीय कार्यसमितिमा सात नयाँ सदस्य थपेको छ । पार्टीको केन्द्रीय समितिको आइतबार बसेको बैठकले सात सदस्य थपेको हो । थपिएका केन्द्रीय सदस्यमा कीर्ति तुलाधर, सुमित्रासिंह लामा, नारायण कोइराला, विकल शेरचन, रोहित थापा, भीमप्रसाद अधिकारी र विकु लामा छन् । नयाँ सदस्य थपिएपछि साझा पार्टीको केन्द्रीय समिति ३३ सदस्यीय भएको छ ।

Sunday, July 21, 2019

अब युवाको उमेर १८ देखि ३५ वर्ष

काठमाडौं, ४ साउन– सरकारले १८ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिलाई मात्र युवाको संज्ञा दिने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद ऐन संशोधन विधेयकमा युवाको उमेर १८ देखि ३५ वर्ष कायम गर्ने प्रस्ताव गरिएको छ । प्रस्तावित नयाँ व्यवस्थाअनुसार युवाको अधिकतम उमेरमा ५ वर्ष घटने छ भने न्यूनतम उमेरमा २ वर्ष बढनेछ । 
संविधानअनुसार १८ वर्ष पुगेपछि मताधिकार प्राप्त बालिग नागरिक हुने व्यवस्था छ । १८ वर्षभन्दा कम उमेरलाई नाबालिग मानिने संवैधानिक व्यवस्था छ । त्यही कारण १८ वर्षलाई युवाको न्यूनतम उमेर कायम प्रस्ताव गरिएको हो । राष्ट्रिय युवा परिषद ऐन २०७२ मा १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई युवा मानिएको छ ।
राष्ट्रिय युवा परिषदले तयार पारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाएको राष्ट्रिय युवा परिषद ऐन संशोधन विधेयकमा युवाको उमेर हेरफेर गर्न प्रस्ताव गरिएको हो । विधेयक संशोधन प्रस्तावको कारणमा परिषदले अन्तर्राष्ट्रिय चलनअनुसार युवाको उमेर समूह १८ देखि ३५ वर्ष कायम गर्न लागिएको उल्लेख छ । विश्वका धेरैजसो मुलुकमा १८ देखि ३५ वर्षका उमेर समूहलाई नै युवा मानिएको छ ।

घुससहित ६ इन्जिनियर पक्राउ

काठमाडौं, ४ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ इन्जिनियरलाई घूससहित पक्राउ गरेको छ । तीन जनालाई शनिबार र ३ जनालाई शुक्रबार पक्राउ गरिएको हो ।
अख्तियारले कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इन्जिनियरलाई शनिबार १५ लाख घूससहित पक्राउ गरेको छ । बर्दियाको गेरुवा गाउँपालिकाबाट इन्जिनियरहरू कमल सिटौला, विश्वेश्वरप्रसाद साह र हरिप्रसाद चौधरी पक्राउ परेका छन्  । उनीहरूलाई हिरासतमा राखी अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
आयोगले जलस्रोत तथा सि“चाइ विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजनल इन्जिनियर प्रकाश अधिकारीसहित दुई जनालाई पक्राउ गरेको छ । विभिन्न उपभोक्ता समिति तथा अन्य कम्पनीस“ग घूुस लिएर बा१झ ५२८० नम्बरको सरकारी गाडीमा काठमाडौं आउँदै गरेका अधिकारीलाई अख्तियारले भक्तपुरको जगातीबाट पक्राउ गरेको हो ।
अधिकारीका साथमा १३ लाख ३८ हजार ५ सय, उनकै गाडीमा रहेका जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साहको साथबाट १ लाख २९ हजार १ सय ५ रुपैयाँ फेला परेको अख्तियारले जनाएको छ । अख्तियारले अधिकारी र साह चढेको गाडीसमेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उल्लेख गरेको छ ।

राजधानीमा मेट्रो रेल

  • डीपीआरका लागि कम्पनी छनोट प्रक्रिया सुरु
  • सातदोबाटोबाट चोभारसम्म पनि सम्भाव्यता अध्ययन गरिने
काठमाडौं, ४ साउन– सरकारले संघीय राजधानीमा मेट्रो रेल्वे निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न कम्पनी छनोट प्रक्रिया अघि बढाएको छ । सम्भाव्यता अध्ययनबाट पहिलो चरणमा बूढानीलकण्ठदेखि सातदोबाटोसम्म २२ किलोमिटर लामो रेल्वे आर्थिक रूपमा फाइदाजनक हुने प्रतिवेदन आएपछि रेल विभागले डीपीआर तयार पार्न कम्पनी छनोट प्रक्रिया थालेको हो ।
विभागले डीपीआर तयार पार्न इच्छुक कम्पनीहरूसित प्रस्ताव (आरएफपी) मागेको थियो । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार २० कम्पनीले प्रस्ताव (आरएफपी) हालेका थिए । प्रस्तावकमध्येबाट मेट्रो रेल्वे निर्माणमा बढी अनुभव भएका ६ कम्पनी छनोट गरी विभागले उनीहरूसित डीपीआर तयार पार्नका लागि प्राविधिक र आर्थिक प्रस्ताव मागेको छ । ती कम्पनीको प्रस्ताव अध्ययनपछि साउन महिनाभित्रै उपयुक्त कम्पनी छनोट गरी डीपीआर निर्माण गर्न जिम्मा दिइने जानकारी मिश्रले दिए । डीपीआर तयार गर्न १२÷१३ करोड रुपैया“ लाग्ने अनुमान विभागको छ ।
‘साउनभित्र डीपीआर तयार पार्न ६ वटा कम्पनीमध्येबाट एउटा छनोट गरिसक्छौं,’ मिश्रले कान्तिपुरस“ग भने, ‘छनोट भएको कम्पनीले ढिलोमा डेढ वर्षभित्र डीपीआर तयार पार्नेछ ।’

Saturday, July 20, 2019

‘गलत काम गर्ने ट्राफिक प्रहरी तत्काल कारबाही’

काठमाडौं, ३ साउन– प्रहरी महानिरीक्षक(आईजीपी) सर्वेन्द्र खनालले ट्राफिक प्रहरीले गलत काम गरेमा तत्काल आफूलाई खबर गर्न यातायात व्यवसायीलाई आग्रह गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले गाडी चालकलाई अनावश्यक दुःख दिने र गलत काम गर्ने ट्राफिक प्रहरीमाथि सूचना पाउनासाथ कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
उनले यातायात क्षेत्रप्रति गलत रवैया नदेखाउन समेत ट्राफिक प्रहरीहरूलाई सचेत गराए । उनले प्रहरी संगठनले यातायात क्षेत्रमा कुनै पनि खालको समस्या आउन नदिने आश्वासनसमेत दिए ।
प्रहरी महानिरीक्षक खनालले सडक दुर्घटना हुन नदिन तथा भएमा यात्रुको उद्धार तथा घाइतेको उपचार गर्नसमेत यातायात व्यवसायीहरूलाई आग्रह गरे । उनले यातायात क्षेत्रमा हुने गुण्डागर्दीलाई प्रहरीले पूर्णरूपमा नियन्त्रण गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे।

पोर्चुगिज नागरिक पक्राउ

काठमाडौं, ३ साउन– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषधसहित एक पोर्चुगिज नागरिकलाई पक्राउ गरेको छ । विमानस्थल प्रहरीका अनुसार उनको साथबाट ४ किलो ३ सय ८० ग्राम आइस एम्फिटामिन नामक लागूऔषध बरामद भएको छ । बट्टामा फल्स बटम बनाएर लागूऔषध ल्याउने क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ । एक्सरे जा“चमा आइस ड्रग्स बरामद भएपछि उनलाई नियन्त्रणमा लिई नेपाल प्रहरीको लागूऔषध ब्युरोले अनुसन्धान थालेको छ ।

इन्जिनियर घुससहित पक्राउ

काठमाडौं, ३ साउन)– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको रामनगर गाउ“पालिकाका इन्जिनियर रामजीबाबु यादवलाई शुक्रबार घूससहित पक्रिएको छ । गाउ“पालिकाको बजेटबाट विद्युत् जडान गर्ने कामको प्राविधिक मूल्यांकनसहितको प्रतिवेदन तयार पार्ने क्रममा सेवाग्राहीसित लिएको ५० हजार रुपैया“ घूससहित यादव समातिएको अख्तियारले जानकारी दिएको छ ।

प्रधानमन्त्री र सामान्य प्रशासनमन्त्रीको पुतला दहन

काठमाडौं, ३ साउन– लोकसेवा आयोगको विज्ञापन खारेजीको माग गर्दै शुक्रबार राजधानीमा निस्केको जुलुसले प्रधानमन्त्री केपी ओली र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला दहन गरेको छ ।
आदिबासी जनजाति महासंघ, दलित, मुस्लिमलगायतका समावेशी पक्षधरको भृकुटीमण्डपबाट सुरु भएको जुलुस शहिद गेट, न्यूरोड गेट, भोटाहिटी, असन हु“दै बांगेमुढा पुगेपछि कोणसभामा परिणत भएको थियो ।
कोणसभाकै क्रममा आन्दोलनकारीले प्रधानमन्त्री र मन्त्रीको पुत्ला दहन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केही बेर झडपसमेत भएको थियो । लोकसेवा आयोगले जेठ १५ मा स्थानीय तहमा रिक्त ९ हजार १ सय ६१ पदका लागि विज्ञापन गरेको थियो । लोकसेवाले ती पदका लागि यसै साता लिखित परिक्षा लिंंदैछ ।

Friday, July 19, 2019

सञ्चय कोषले जलविद्युत र घरसापटीको ब्याजदर घटायो

काठमाडौं, २ साउन– कर्मचारी सञ्चय कोषले जलविद्युत क्षेत्रको लगानी र घर सापटीमा साउन १ देखि लागू हुने गरी ब्याजदर घटाएको छ । कोषले जलविद्युत क्षेत्रको विकासमा योगदान पु¥याउन र सञ्चयकर्तालाई घरसापटीमा राहत दिन ब्याजदर घटाइएको जनाएको छ ।
कोषले जलविद्युत क्षेत्रमा गरेको लगानीको ब्याज १०.७५ प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरेको छ । कोषले माथिल्लो तामाकोशी, मध्य भोटेकोशी, रसुवागढी, सान्जेन, माथिल्लो सान्जेन, माथिल्लो त्रिशुली ३ बी लगायतका विद्युत आयोजनामा ऋण लगानी गरेको छ ।
कोषका अनुसार यी सबै आयोजनाले तिर्नुपर्ने ब्याजदर घटेको छ । कोषले ४० लाख रुपैया“भन्दा बढीको घर सापटीको ब्याजदरसमेत घटाएको छ । कोषले घरसापटीमा १०.२५ प्रतिशत लिंदै आएको ब्याजदर ०.२५ प्रतिशत घटाएको छ ।

ब्राउनसुगरसहित २ जना पक्राउ

काठमाडौं, २ साउन– प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट अवैध लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामा झापा बिर्तामोड चारआलीका आकाश लिम्बू र काठमाडौं गोंगबुका विशाल मगर छन् । 
प्रहरीले लिम्बूको साथबाट ब्राउनसुगर ५.८४ ग्राम  र मगरको साथबाट ब्राउनसुगर ०.४० ग्राम बरामद गरेको छ । का“कडभिट्टाबाट काठमाडौं आइरहेको ना ७ ख ६३७४ नम्बरको बस जा“च गर्ने क्रममा लिम्बू र मगरलाई लागू औषधसहित पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ ।

बुद्धमूर्ति तोडफोड गर्नेलाई कारबाही माग

काठमाडौं, २ साउन– प्रमुख प्रतिपक्षी कांग्रेसले रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित बुद्धका मूर्ति तोडफोड भएको घटनाको भत्र्सना गरेको छ । कांग्रेसले बिहीबार विज्ञप्ति जारी गरी धार्मिक सद्भाव र सांस्कृतिक सहिष्णुतामा आ“च पु¥याउन ती मूर्ति तोडफोड गरिएको भन्दै छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ ।
‘गौतम बुद्धका मूर्तिहरूलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान हो,’ कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खा“णले विज्ञप्तिमा भनेका छन्, ‘धार्मिक, सांस्कृतिक सहिष्णुतामा आ“च आउने र धार्मिक द्वन्द्व निम्त्याउने गरी नियोजित रूपमा बुद्धका मूर्तिलाई तोडफोड गर्नु निन्दनीय एवं आपत्तिजनक छ ।’

घुससहित दुई जना पक्राउ

काठमाडौं, २ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाहीलाई घूस रकमसहित पक्राउ गरेको छ । डिभिजन कार्यालयको सडक स्तरोन्नतिसम्बन्धी योजनाको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग लिएको १ लाख ७५ हजार रुपैयाँ घूस रकमसहित पौडेल र शाही समातिएको अख्तियारले जनाएको छ ।

लोकसेवा विज्ञापन खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं, २ साउन– नेपाल आदिवासी जनजाति महासंघले समानुपातिक र समावेशी सिद्धान्तविपरीत गरिएको विज्ञापन खारेजीको माग गर्दै बिहीबार लोकसेवा आयोगको कार्यालय अगाडि प्रदर्शन गरेको छ ।
महासंघले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि गरिएको विज्ञापन खारेज गरी संविधानमा प्रत्याभूत समानुपातिक र समावेशी सिद्धान्तअनुरूप पुनः विज्ञापन गर्न माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा असमावेशी विज्ञापनका सूत्राधार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित भएको जिकिर गर्दै उनको राजीनामासमेत मागिएको थियो । प्रदर्शनका क्रममा प्रहरीसित भएको झडपम १० जना बढी घाइते भएको महासंघले जनाएको छ । प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरी अपराहन रिहा गरेको छ ।

२४० न्यायाधीशको सरुवा

काठमाडौं, २ साउन– न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका २ सय ४० न्यायाधीशको सरुवा गरेको छ । एउटा कार्यक्षेत्रमा दुई वर्ष अवधि पुगेका न्यायाधीशलाई सरुवा गरिएको जानकारी न्यायपरिषद्ले दिएको छ । न्यायपरिषद् बैठकको सिफारिसमा विशेष अदालतका ६, उच्च अदालतका ७८ र जिल्ला अदालतका १ सय ५६ न्यायाधीशलाई सरुवा गरिएको हो ।
परिषद्ले विशेष अदालतमा अध्यक्ष र ५ सदस्य तोकेको छ । उच्च अदालत दिपायलका न्यायाधीश शिवराज अधिकारीलाई विशेष अदालतको अध्यक्ष तोकिएको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्ण गिरी, उच्च अदालत दिपायलका न्यायाधीश बालेन्द्र रूपाखेती, उच्च अदालत सुर्खेतका न्यायाधीश शान्तिसिंह थापा, उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश चन्द्रबहादुर सारू र उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधीश रवि शर्मा अर्याललाई विशेष अदालतको सदस्य तोकिएको छ । विशेष अदालतमा अध्यक्ष र ५ सदस्य रहने कानुनी व्यवस्था छ ।

Thursday, July 18, 2019

यौनशोषणबाट जन्मेका बच्चाको जन्मदर्ता सिफारिस

काठमाडौं, १ साउन– वैदेशिक रोजगारमा रहँदा नेपाली कामदारले यौनशोषणबाट अनिच्छित गर्भधारण गरी जन्मेका बालबालिकाहरूको जन्मदर्ताको व्यवस्था गर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई सिफारिस गरेको छ ।
स्थलगत अध्ययनका क्रममा यौनशोषणबाट अनिच्छित गर्भधारण भई जन्मेका नेपाली कामदारका बालबालिकाहरूको जन्मदर्तामा समस्या देखिएको पाइएको उल्लेख गर्दै स्थानीय तहलाई निर्देशन दिन आवश्यक भन्दै त्यस्तो सिफारिस गरेको हो ।
आप्रवासी कामदारको स्थिति र अधिकारका बारेमा प्रतिवेदन सार्वजनिक गर्दै अनुसन्धानका क्रममा वैदेशिक रोजगारमा रह“दा महिला कामदार गर्भवती भई विदेशमै वा नेपालमा आएर जन्माएका बच्चाहरूको जन्मदर्ता नहुनेजस्ता थुप्रै समस्या भेटिएको आयोगले जनाएको छ । त्यसरी जन्मेका बच्चाहरूको नागरिक अधिकार हनन भइरहेको निष्कर्ष प्रतिवेदनमा छ । 

सम्भावित महामारी नियन्त्रण गर्न ध्यानाकर्षण

काठमाडौं, १ साउन– प्रमुख प्रतिपक्ष कांग्रेसले बाढी, पहिरो र डुबान क्षेत्रमा विभिन्न रोग महामारीका रूपमा फैलन सक्ने सम्भावनालाई नियन्त्रण गर्न सरकारलाई आग्रह गरेको छ ।
कांग्रेस संसदीय दलले बुधबार विज्ञप्ति जारी बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा थप मानवीय क्षति हुन नदिन सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको हो ।

Wednesday, July 17, 2019

गोठाटारको २५ रोपनी हत्याउने भूमाफियाको षडयन्त्र विफल

कथित गुठीको नाममा रहेको जग्गा सरकारको नाममा गर्न सर्वोच्चको आदेश
काठमाडौं, ३१ असार– भूमाफियाहरूले कथित गुठी र नक्कली मोहीमार्फत हत्याउने प्रयास गरिरहेको राजधानी गोठाटारस्थित करिब २५ रोपनी जग्गा सरकारको नाममा गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डम्बरबहादुर शाहीको संयुक्त इजलासले गुठी संस्थानबाट भूमाफियाको डिजाइनमा गुह्येश्वरी चैत्य महाअष्टमी गुठीको तैनाथी कायम गरेको जग्गा सरकारी भएको ठहर गरेको हो ।
सर्वोच्चको फैसलास“गै भूमाफियाहरूले गुठीमार्फत मोहीका नाममा ल्याई अर्बौं रुपैया“ पर्ने जग्गा हत्याउन गरेको षड्यन्त्र विफल भएको छ । पटकपटक सरकारी, मोही र गुठीको विवादमा परेको २५ रोपनी ४ आना जग्गा अब सरकारी लगतमा रहनेछ ।
साविक गोठाटार ६ (क) अन्तर्गत कित्ता नम्बर ११४ मा पर्ने उक्त जग्गा २०४४ सालको नापी कायम हु“दा सरकारको नाममा थियो । नापीमा बगर जनिएको जग्गामा २०६३ सालदेखि भूमाफियाले आ“खा लगाउन थालेका हुन् । २०६३ सालमा भोला चापागाईं भन्ने व्यक्तिले आफू उक्त जग्गाको मोही भएको दाबी गर्दै मालपोत कार्यालय र अदालतमा निवेदन दिए । उक्त जग्गालाई सरकारीबाट गुठी कायम गर्नुपर्ने उनको माग थियो ।

‘प्रशासकीय अदालत विधेयक’ मा दुई सदन दुईतिर

सरकारी कर्मचारीको मुद्दा हेर्न राष्ट्रिय सभाले उच्च अदालतमै प्रशासनिक इजलास प्रस्ताव गरेकामा प्रतिनिधिसभाले त्यसलाई उल्ट्याउँदै छुट्टै प्रशासनिक अदालत राख्ने अडान लिएको छ । 
काठमाडौं, ३१ असार– संघीय संसदका दुई सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाबीच प्रशासकीय अदालतसम्बन्धी विधेयकलाई लिएर टकरावको सम्भावना बढेको छ । राष्ट्रिय सभाले यससम्बन्धी विधेयकमा गरेको परिमार्जनलाई प्रतिनिधिसभाले पूरै उल्ट्याइदिएको छ ।
दुई सदनबीच सरकारी कर्मचारीको मुद्दा प्रशासकीय अदालतले हेर्ने कि उच्च अदालत मातहतको प्रशासनिक इजलासले भन्नेमा विवाद निम्तिएको हो । राष्ट्रिय सभा उच्च अदालतमा प्रशासनिक इजलास राख्दा हुने पक्षमा छ भने प्रतिनिधिसभा छुट्टै प्रशासनिक अदालतको राख्ने अडानमा । 
राष्ट्रिय सभाले सर्वोच्च अदालतमा संवैधानिक इजलासजस्तै उच्च अदालत रहेका सातवटै प्रदेशमा ३ सदस्यीय प्रशासकीय इजलास राख्ने व्यवस्था प्रस्ताव गरेको थियो । त्यस्तो इजलासमा उच्च अदालतका २ न्यायाधीश र निजामती सेवाका विशिष्ट श्रेणीबाट अवकाश प्राप्त एक व्यक्ति रहने प्रस्ताव थियो । अदालतबाहिरबाट प्रशासनिक विज्ञ राख्ने राष्ट्रिय सभाको प्रस्तावमाथि न्यायिक वृत्तमा प्रश्न उठाइएको थियो ।
सरकारले प्रशासकीय अदालतसम्बन्धी विधेयक माथिल्लो सदन राष्ट्रिय सभामा पेस गरेको थियो । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले विधेयकमा कर्मचारीका मुद्दा हेर्न छुट्टै प्रशासकीय अदालत आवश्यक नरहेको निष्कर्ष निकाल्दै उच्च अदालतमा ‘प्रशासनिक इजलास’ राख्ने प्रस्ताव गरेको थियो । राष्ट्रिय सभाले समितिको परिमार्जनसहितको विधेयक पारित गरेर प्रतिनिधिसभा पठाएको हो ।
तर, प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले राष्ट्रिय सभाले गरेका सबै परिमार्जन उल्ट्याई कर्मचारीका मुद्दा हेर्न छुट्टै प्रशासनिक अदालत राख्ने व्यवस्था गरेको छ ।
समितिले कुनै प्रदेशमा प्रशासकीय अदालतअन्तर्गतका २ सयभन्दा बढी मुद्दा परे उक्त प्रदेशमा समेत प्रशासकीय अदालत गठन गर्ने प्रस्ताव गरेको छ । प्रशासनिक अदालतले कर्मचारीका सरुवा, बढुवा, पद तथा ग्रेड घटुवा र कारबाहीसम्बन्धी मुद्दा हेर्नेछ ।
निजामती कर्मचारीका सरुवा–बढुवालगायत सबै विवाद सिधै सर्वोच्च अदालत जाने र त्यहा“ मुद्दाको चाप बढी पर्ने परेकाले त्यसलाई रोक्न सरकारले विद्यमान प्रशासकीय अदालत अझ व्यवस्थित र प्रभावकारी बनाउने विधेयक ल्याएको हो ।
राष्ट्रिय सभाले भने सरकारबाट नियुक्त हुने व्यक्तिहरू रहेको प्रशासकीय अदालतभन्दा नियमित अदालतमा छुट्टै इजलासबाट मुद्दा निरूपण गर्दा बढी न्यायपूर्ण हुने तर्कसहित विधेयक संशोधन गरेको थियो । सोही संशोधन प्रतिनिधिसभाबाट यथावत् पारित भए विद्यमान प्रशासकीय अदालत खारेज भई सात प्रदेशमा रहेका उच्च अदालतमा छुट्टै प्रशासनिक इजलास गठन हुन्थ्यो ।
प्रतिनिधिसभाको मानव अधिकार समितिले कर्मचारीका मुद्दाको न्याय सम्पादनलाई प्रभावकारी बनाउन छुट्टै प्रशासकीय अदालत आवश्यक रहेको निष्कर्षसहित सरकारले विधेयकमा गरेको प्रस्तावलाई ब्यु“ताएको हो । समितिले विधेयकमा प्रशासकीय अदालतको आदेश वा निर्णय चित्त नबुझे सर्वोच्चमा पुनरावेदन गर्न सकिने व्यवस्था गरेको छ ।

Tuesday, July 16, 2019

लोकसेवाको विज्ञापन खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं, ३१ असार– लोकसेवा आयोगले स्थानीय तहमा रिक्त कर्मचारी पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग गर्दै मंगलबार राजधानीको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ । आरक्षण बचाऔं आन्दोलनअन्तर्गत भएको प्रदर्शनमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग्दै नाराबाजीसमेत गरिएको थियो ।
संविधानको समानुपातिक र समावेशी सिद्धान्तविपरीत विज्ञापन गरिएको भन्दै प्रदर्शनमा महिला, दलित, जनजाति, मुस्लिमलगायतका समुदाय सहभागी भएका थिए । प्रदर्शनका क्रममा ‘सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर’, ‘लोकसेवा आयोगलाई बाहुन सेवा आयोग बनाउन पाइँदैन’ लगायतका प्लेकार्ड बोकेका थिए । उनीहरूले संघीय मामिलामन्त्री पण्डितले समावेशी सिद्धान्तको खिल्ली उडाएको भन्दै राजीनामा मागेका थिए ।

तीन जनाविरुद्ध मुद्दा, तीन जना घूससहित पक्राउ

काठमाडौं, ३० असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ डिभिजन प्रमुखसहितका तीन जना इन्जिनियरविरुद्ध सोमबार विशेष अदालतमा भ्र्रष्टाचार मुद्दा चलाएको छ । अर्का डिभिजन प्रमुख (उपसचिव) सहित तीन जनालाई घूस रकमसहित पक्रिएको छ । अख्तियारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर अजितकुमार श्रीवास्तव र इन्जिनियर ग्रीष्मा ठगुन्नाविरुद्ध मुद्दा दायर गरेको हो ।
श्रीवास्तव र ठगुन्ना निर्माण सम्पन्न भइसकेको चौधर नदी नियन्त्रण योजनाको उपभोक्ता समितिको रनिङ बिल फरफारक गराइदिने क्रममा २ लाख रुपैया“ घूससहित समातिएकाले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको अख्तियारले जानकारी दिएको छ । अभियोगपत्रमा अख्तियारले दुवै जनालाई घूस रकम बराबर जरिवाना र जेल सजाय गर्न मागदाबी गरेको छ ।
अख्तियारले घरेलु तथा साना उद्योग विकास समिति रोल्पाका खरिदार नीता शर्माविरुद्ध मुद्दा चलाएको छ । शर्माले कार्यालयबाट खरिद भएको सामानको भुक्तानी प्रयोजनका लागि कमिसनबापत सेवाग्राहीसँग ७० हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारको भनाइ छ ।

बाढीपीडितलाई कांग्रेस सांसदको ५ दिनको तलब

काठमाडौं, ३० असार– प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदले बाढीपहिरो र डुबान प्रभावितका लागि राहतस्वरूप पाँच दिनको तलब सहयोग गर्ने भएका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभामा रहेका कांग्रेस सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ दिनको तलब एकमुष्ट जम्मा गर्ने भएका हुन् ।
कांग्रेस संसदीय दलले सोमबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय विपदको घडीमा सबैलाई एकताबद्ध भई विपदको सामना गर्न आहवानसमेत गरेको छ । कांग्रेसले प्राकृतिक प्रकोपमा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना, ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

उद्धार र राहतमा जुट्न देउवाको आह्वान

काठमाडौं, ३० असार– कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकभर बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै सदस्य र शुभचिन्तकलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गरेका छन् ।
उनले सोमबार विज्ञप्ति जारी गरी सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढंगले राहत र उद्धार गर्न पनि आग्रह गरेका छन् । ‘प्राकृतिक विपत्तिको यो घडीमा जारी केन्द्रीय कार्यसमिति बैठक स्थगन गरेर सम्पूर्ण रूपले उद्धार र राहतमा समर्पित हुने निर्णय हामीले गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘विपत्तिको समय आन्तरिक राजनीतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबैखाले राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर पीडामा परेका दिदीबहिनी–दाजुभाइको सेवामा समर्पित हुनु सबैको परम कर्तव्य हो ।’
देउवाले वर्षा र पहिरोका कारण अमूल्य जीवन गुमाउने छ दर्जनभन्दा बढी नागरिकको परिवारजनप्रति समवेदना व्यक्त गर्दै सबै मृत आत्माको चिरशान्तिको कामनासमेत गरेका छन् ।

डीभी/पीआर लिनेलाई पेन्सन नदिइने

पेन्सनवाला राष्ट्रसेवक सरकारी तलब–सुविधा पाउने सार्वजनिक पदमा नियुक्त भए दोहोरो सुविधा लिन नपाउने कर्मचारी सरकारी सेवाका लागि अशक्त भएमा ७ वर्षको एकमुष्ट तलब–सुविधासहित अवकाश दिइने
काठमाडौं, ३० असार– सरकारले विदेशमा स्थायी बसोबासको अनुमति (डीभी वा पीआर) लिएका कर्मचारीलाई कारबाहीस्वरूप पेन्सन÷उपदान नदिने भएको छ । संघीय निजामती सेवासम्बन्धी विधेयकमा कुनै राष्ट्रसेवकले सेवा अवधिमै डीभी वा पीआर लिएमा उसलाई कर्मचारी सञ्चय कोषको रकमबाहेक पेन्सन र उपदान नदिने व्यवस्था गरिएको छ ।
सेवा अवधिमै कर्मचारीले डीभी÷पीआर लिने र पेन्सन वा उपदान लिएर जागिर छाड्ने क्रम बढेपछि सरकारले कानुनी रूपमै त्यस्तो प्रवृत्तिमाथि अंकुश लगाउन लागेको हो । अहिलेसम्म भ्रष्टाचारजस्ता फौजदारी कसुर प्रमाणित भए मात्र राष्ट्रसेवकले पेन्सन वा उपदान नपाउने कानुनी व्यवस्था छ । कर्मचारी सञ्चय कोषमा जम्मा भएको रकम भने फौजदारी अभियोग प्रमाणित भएकाले पनि पाउ“छन् ।
फौजदारी अभियोग प्रमाणित भएको कसुरदारसरह अब सेवा अवधिमै विदेशको डीभी वा पीआर लिने कर्मचारीले पेन्सन र उपदान नपाउने व्यवस्था कानुनमा गर्न लागिएको जानकारी सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूले दिएका छन् ।

प्रशासकीय प्रमुखलाई कार्यालय नछाड्न आदेश

काठमाडौं, ३० असार– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई चौबिसै घण्टा कार्यालयमा बस्न निर्देशन दिएको छ । वर्षातको समयमा बाढीपहिरो र डुबानबाट प्रभावितको तत्काल उद्धार र राहतका लागि काम गर्नुपर्ने भएकाले कार्यालय छाडेर कतै नजान मन्त्रालयले सोमबार निर्देशन दिएको हो ।
विपदको समयमा कतिपय प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित नभएका कारण स्थानीय तहबाट उद्धार र राहतको काममा बाधा परेको गुनासो आएको उल्लेख गर्दै मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमै बसेर राहत र उद्धारमा सहयोग गर्न लिखित निर्देशन दिएको हो ।

ज्येष्ठ नागरिकको जिम्मा स्थानीय तहलाई

काठमाडौं, ३० असार– सन्तान नभएका या भएर पनि अलपत्र परेका ज्येष्ठ नागरिकको पालनपोषणको जिम्मेवारी स्थानीय तहलाई दिइने भएको छ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबार बसेको बैठकमा अलपत्र परेका ज्येष्ठ नागरिकको पालनषोषणको जिम्मेवारी स्थानीय सरकारलाई दिने कानुनी व्यवस्थामा सहमति जुटेको छ ।
समितिमा ज्येष्ठ नागरिकसम्बन्धी विधेयकमाथि दफावार छलफल भइरहेको छ । समितिमा सन्तान नभएका या भएर पनि अलपत्र परेका ज्येष्ठ नागरिकको सम्पत्तिसमेत स्थानीय तहले आप्mनो स्वामित्वमा ल्याई पालनपोषणमा खर्च गर्नसक्ने व्यवस्था विधेयकमा राख्न सहमति जुटेको छ ।
बैठकपछि समिति सभापति नीरुदेवी पालले अलपत्र परेका ज्येष्ठ नागरिकको जिम्मेवारी सम्बन्धित स्थानीय तहले लिने गरी कानुनी व्यवस्था गर्ने निर्णय भएको जानकारी दिइन् । विधेयकमा ज्येष्ठ नागरिकले आप्mनो सम्पत्ति चाहेको व्यक्तिलाई दिन पाउने प्रावधान राखिएको छ । ज्येष्ठ नागरिकको शेषपछि उनीहरूकोे सम्पत्तिमा छोराछोरीको हक लाग्ने यसअघिको व्यवस्था हटाउन लागिएको हो ।

६५ वर्षमै वृद्धभत्ता दिन कांग्रेसको माग

काठमाडौं, २९ असार– प्रमुख प्रतिपक्षी कांग्रेसले ६५ वर्ष पूरा भएका नागरिकलाई वृद्धभत्ता दिन माग गरेको छ ।
प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको आइतबार बसेको बैठकमा कांग्रेसले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिन माग गरेको हो ।
समितिमा ‘ज्येष्ठ नागरिक सम्बन्धि विधेयक’ माथिको छलफलका क्रममा कांग्रेसकी सचेतक पुष्पा भुसालले ज्येष्ठ नागरिकको उमेर ७० वर्ष नै राख्ने सरकारको प्रस्तावमा पुनर्विचार गर्नुपर्ने अडान राखेकी छन् ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिनिधिसभाको चुनाव भइसकेपछि ६५ वर्ष पूरा भएका नागरिकलाई समेत वृद्धभत्ता दिने निर्णय गरेको थियो ।
प्रधानमन्त्री केपी ओली सरकारले देउवा नेतृत्वको तत्कालीन काम चलाउ सरकारले गरेका सबै निर्णय खारेज गर्दा ६५ वर्ष पूरा भएका नागरिकलाई वृद्धभत्ता दिने निर्णयसमेत उल्टिएको थियो ।

‘मानवनिर्मित संरचनाले बढी क्षति’

विकास निर्माणका गतिविधि प्रकृतिमैत्री बनाउन सरकारलाई संसदीय समितिको सुझाव
काठमाडौं, २९ असार– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले मानव निर्मित भौतिक संरचनाका कारण पनि बाढीपहिरो र डुबानबाट बढी क्षति भएको बताएका छन् । समितिको बैठकमा आइतबार उनीहरूले बिनाप्राविधिक डोजर प्रयोग गरी जथाभावी सडक खनेर प्रकृतिको विनाश गरिएका कारण पनि विपदबाट क्षति भएको धारणा राखेका थिए । उनीहरूले विकास निर्माणका गतिविधि प्रकृतिमैत्री बनाउन सरकारलाई सुझाव दिएका छन् ।
समिति सदस्यहरूले भारतले एकतर्फी रूपमा सीमा क्षेत्रमा बनाएका बा“ध र तटबन्धका कारण मुलुकको तराई क्षेत्र हरेक वर्ष डुबानमा पर्ने गरेको उल्लेख गर्दै त्यस्तो समस्या समाधानका लागि समयमै कूटनीतिक पहल चाल्न नसकेकामा सरकारप्रति रोष प्रकट गरेका थिए । भारतस“गका कोसी र गण्डकजस्ता असमान सम्झौताका कारणसमेत तराईका बस्ती डुबानमा पर्ने गरेकोतर्फ गम्भीर भई ती सम्झौता पुनरावलोकनका लागि कूटनीतिक पहल गर्नसमेत सांसदहरूले सरकारलाई आग्रह गरे ।

मौसम पूर्वानुमान भरपर्दो बनाउन निर्देशन

काठमाडौं, २९ असार– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मौसम पूर्वानुमानको सूचना छिटो र भरपर्दाे ढंगले जनस्तरसम्म पु¥याउन निर्देशन दिएका छन् । उनले आइतबार दिउँसो जल तथा मौसम पूर्वानुमान महाशाखा निरीक्षण गरी पूर्वानुमानको सूचनालाई विश्वासिलो बनाउन निर्देशन दिए ।
मन्त्री पुनले महाशाखाको नवनिर्मित भवनमा रहेको मौसम पूर्वानुमान कन्ट्रोल कक्ष अवलोकन गरेका थिए । उनले पूर्वानुमान महाशाखालाई अत्याधुनिक प्रविधिसहित विश्वासिलो र भरपर्दो बनाउन सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । उनले आमजनतामा पूर्वानुमान महाशाखाले दिने मौसमसम्बन्धी सूचना भरपर्दो नहुने भन्ने मानसिकता रहेकाले सचेत भई काम गर्नसमेत निर्देशन दिए ।

राष्ट्रपतिद्वारा उद्धार र राहतमा जुट्न आहवान

काठमाडौं, ३० असार– राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट जनधनको ठूलो क्षति भएको प्रति दुःख प्रकट गरेकी छन् । उनले शोकसन्तप्त परिवारमा सहानुभूतिसहित समवेदना व्यक्त गरेकी छन् ।
राष्ट्रपतिले आइतबार विज्ञप्ति जारी गरी पीडितहरूको उद्धार, घाइतेहरूको उपचार, राहत वितरण र बेपत्ता भएकाको खोजीमा राज्यका सम्पूर्ण संयन्त्रलाई परिचालन गर्न सरकारलाई आग्रह गरेकी छन् । उनले उद्धार तथा राहत कार्यमा राज्यका सम्बद्ध सबै निकायहरूको ध्यान पुग्ने विश्वाससमेत व्यक्त गरेकी छन् । उनले सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई समन्वय तथा सहकार्यसहित पीडितहरूको उद्धार तथा राहत कार्यमा संलग्न हुन आहवान गरेकी छन् ।

प्रदेश प्रहरी महानिरीक्षक बन्न नपाउने

समायोजन भएर प्रदेशमा जाने प्रहरीले बढुवा भएर केन्द्रमा महानिरीक्षकसम्म बन्न पाउने छन् । प्रदेश कानुनअन्तर्गत भर्ना भएका प्रहरी भने प्रदेशको उच्चतम पद एसएसपीसम्म मात्र बढुवा हुन पाउनेछन् ।

काठमाडौं, ३० असार– प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले प्रदेश प्रहरी प्रमुख (डीआईजी) केन्द्रमातहत रहने गरी प्रहरी समायोजन विधेयकलाई अन्तिम रूप दिएको छ । समितिको आइतबार बसेको बैठकले ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी समायोजन गर्नेसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ लाई परिमार्जनसहित अनुमोदन गरेको हो ।
समितिमा सर्वसम्मतिले अनुमोदन भएको विधेयक दुवै सदनबाट सजिलै पारित हुनेछ । विधेयक पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि प्रदेशमा प्रहरी समायोजन सुरु हुनेछ । विधेयकमा प्रदेश प्रहरी प्रमुख (डीजाईजी) का अतिरिक्त केन्द्रबाटै खटिएका एसएसपी र एसपीसमेत राख्ने व्यवस्था गरिएको छ ।
प्रदेश सरकारको सहमतिबिना केन्द्र सरकारले प्रदेश प्रहरी प्रमुख सरुवा गर्न सक्ने छैन । केन्द्रबाट प्रदेशमा खटिने डीआईजी, एसएसपी र एसपीको सरुवा गर्न प्रदेश सरकारको पूर्वसहमति लिनुपर्ने प्रावधान विधेयकमा छ । विशेष परिस्थितिमा मात्र केन्द्रले प्रदेशको सहमति नलिई प्रदेश प्रहरी प्रमुखको सरुवा गर्न सक्ने व्यवस्था गरिएको छ ।

बाढीपहिरोमा मृतकको संख्या ६० पुग्यो, अझै २६ जना बेपत्ता

१ हजार ४ सय ४४ जनाको सकुशल उद्धार
काठमाडौं, २९ असार– बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या आइतबार राति ८ बजेसम्म ६० जना पुगेको छ । नेपाल प्रहरीले आइतबार सा“झ जारी गरेको विज्ञप्तिअनुसार अझै २६ जना बेपत्ता छन् ।
ललितपुर, रौतहट र भोजपुरमा ५÷५, ओखलढुंगा, सिन्धुली र मकवानपुरमा ४÷४, काठमाडौं, खोटाङ र काभ्रेमा ३÷३, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धनुषा, धादिङ र डोल्पामा २÷२ तथा इलाम, पँ“चथर, सुनसरी, सिरहा, रामेछाप, चितवन, पाल्पा र दाङमा १÷१ जनाको ज्यान गएको छ । मृत्यु भएकामा २४ महिला र ३६ पुरुष छन् ।
डोल्पामा ७, सिन्धुलीमा ४, इलाम र मोरङमा ३÷३ जना तथा काठमाडौं, ललितपुर, झापा, सुनसरी, रौतहट, सिरहा, धनुषा, धादिङ र दाङमा १÷१ जना अझै बेपत्ता छन् । बेपत्ता भएकामध्ये १२ महिला र १४ जना पुरुष रहेको प्रहरीले जनाएको छ ।
बाढीपहिरो र डुबानमा परेकामध्ये आइतबार सा“झसम्म १ हजार ४ सय ४४ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । काठमाडौंमा २ सय ८५, ललितपुरमा ६१, उदयपुरमा १०, रौतहटमा २ सय, महोत्तरीमा ५ सय, सिरहामा २, सर्लाहीमा १ सय, सप्तरीमा २५, सिन्धुलीमा ७०, धादिङमा १७, चितवन १ सय ७० तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १÷१ जनालाई सकुशल उद्धार गरिएको छ ।

पेस्तोलसहित तीन पक्राउ

काठमाडौं, २९ असार– प्रहरीले राजधानीको नयाँ बसपार्क नजिकैको होटलबाट पेस्तोलसहित ३ जनालाई पक्रिएको छ । होटलमा हतियारसहित केही व्यक्ति बसेको सूचनाका आधारमा गएको प्रहरी टोलीले नुवाकोटका प्रितम राई, रामकुमार राई र दार्जिलिङका सविन खवासलाई समातेको हो । 
उनीहरूका साथबाट ‘मेड इन इटली’ लेखिएको स्वचालित पेस्तोल र दुई थान मोटरसाइकल बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

Sunday, July 14, 2019

पीडितलाई राहत एकद्वार प्रणालीबाट

काठमाडौं, २८ असार– सरकारले बाढीपहिरोपीडितलाई राहत एकद्वार प्रणालीबाट वितरण गर्ने भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको शनिबार बसेको बैठकले तत्काल प्रदेशसँग समन्वयमा स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खाद्यान्न, पानी, औषधि त्रिपालजस्ता अत्यावश्यक सामग्री वितरण गर्न निर्देशन दिएको छ ।
बैठकले बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न सरकारी तथा गैरसरकारी संघसंस्था, सुरक्षा निकाय तथा स्थानीय समुदायलाई आग्रह गरेको छ । त्यस्तै प्रभावित र जोखिममा रहेका व्यक्तिको राहत तथा आश्रयस्थल व्यवस्थापनका लागि परिचालित हुन र संयुक्त राष्ट्रसंघ आवासीय प्रतिनिधिको कार्यालयलाई आवश्यक समन्वय गर्नसमेत सरकारको आग्रह छ । 
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले आपतकालीन सामग्री मौज्दात राख्न र सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा माग गर्दा उपलब्ध गराउन खाद्य संस्थान, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, मानवीय सहायता समूह तथा संघसंस्था र सरोकारवाला निकायलाई निर्देशन दिएको छ । 

उद्धार तथा राहतमा जुटन स्थानीय तहहरूलाई निर्देशन

काठमाडौं, २८ असार– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाढीपहिरो र डुबानबाट पीडितको उद्धार तथा राहत कार्यमा लाग्न स्थानीय तहहरूलाई १० बु“दे लिखित निर्देशन दिएको छ । उद्धार गर्न रकम अपुग भए स्थानीय तहको कुनै पनि बजेट शीर्षकबाट खर्चने व्यवस्था मिलाउन मन्त्रालयको निर्देशन छ ।
मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव केदारप्रसाद पनेरूद्वारा जारी निर्देशनमा विपद् जोखिमको न्यूनीकरण र रोकथाम गर्न, पीडितको शीघ्र उद्धार गरी राहत प्रदान गर्न तथा महामारी फैलन सक्ने अवस्थालाई मध्यनजर गरी उपयुक्त व्यवस्थापन गर्न स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई तत्काल जुट्न भनिएको छ । 
जिल्ला विपद् व्यवस्थापन समितिस“ग समन्वय गरेर पीडितलाई खाने, बस्ने र औषधोपचार व्यवस्था मिलाउन र खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षा निकायलाई आवश्यक सहयोग र समन्वयलगायतका कार्य गर्नसमेत निर्देशन दिइएको छ । खोज तथा उद्धार, राहत र शीघ्र पुनर्लाभको क्षेत्रमा भएका कामको प्रगति विवरण दैनिक रूपमा मन्त्रालयमा पठाउनसमेत निर्देश गरिएको छ ।

उद्धार र राहतमा जुट्न नेकपा र राजपाको आग्रह

काठमाडौं, २८ असार– सत्तारूढ नेकपाले पार्टीका सबै तहका नेता–कार्यकतालाई बाढीपहिरो एवं डुबानमा पीडितको उद्धार र राहतमा जुट्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले शनिबार संयुक्त विज्ञप्ति जारी गरी मुलुकका विभिन्न भागमा अविरल वर्षाका कारण मानवीय क्षति हुन नदिन पार्टीका सबै तहका कमिटी, नेता–कार्यकर्ता र जनसंगठनलाई उद्धार तथा राहत कार्यमा सक्रियतापूर्वक जुट्न आहवान गरेका हुन् । वर्षाका कारण सिर्जित बाढीपहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिबाट पार्टी अत्यन्त दुःखी भएको विज्ञप्तिमा उल्लेख छ । पीडितको उद्धार र राहतमा सरकारका तर्फबाट आवश्यक पहल भइरहेको समेत बताइएको छ ।
त्यसैगरी राजपाले शनिबार विज्ञप्ति जारी गरी उद्धार र राहतमा तदारुकतासाथ लाग्न तीनै तहका सरकार तथा पार्टीका नेताकार्यकर्ता र शुभेच्छुकलाई आग्रह गरेको छ । राजपाले राहत र उद्धार कार्यमा सहयोग गर्न अरू राजनीतिक दल, नागरिक समाज, स्वयंसेवी संस्था, दातृनिकाय, अन्तर्राष्ट्रिय समुदायलाई समेत अपिल गरेको छ ।

बाढीपहिरोमा मर्नेको संख्या ३६ पुग्यो, बेपत्ता २४

काठमाडौं, २८ असार– अविरल वर्षाका कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी ३६ जनाको मृत्यु भएको छ । २४ जना बेपत्ता र १२ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
शनिबार साँझको तथ्यांकअनुसार बाढीपहिरोमा परी ललितपुरमा ६, भोजपुरमा ४, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा ३÷३, धादिङ र सिन्धुलीमा २÷२, पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा, चितवन र सुर्खेतमा १÷१ जनाको ज्यान गएको छ । सुर्खेतमा ९, सिन्धुलीमा ४ तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, मकवानपुर र भोजपुरमा १÷१ जना बेपत्ता छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले बताएको छ।मकवानपुरमा ४, काभ्रेमा २, खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरी र चितवनमा १/१ जना घाइते भएका छन्।स्थानीय अस्पतालमा घाइतेको उपचार भइरहेको छ । 
 महोत्तरीमा ५ सय, रौतहटमा २ सय, काठमाडौंमा १ सय ८५, सिन्धुलीमा ७०, उदयपुरमा १०, ललितपुरमा ८, सिरहामा २ तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १÷१ जना गरी ९ सय ७९ जनालाई बाढीपहिरोबाट सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।

राहत र उद्धार प्रभावकारी बनाउने निर्णय

  • अवरुद्ध सडक तत्काल खुलाइने
  • रोगव्याधी फैलिन नदिन तत्काल स्वास्थ्यकर्मी परिचालन गरिने
काठमाडौं, २८ असार– सरकारको विपद् व्यवस्थापन केन्द्रीय कार्यकारी समितिको बैठकले मुलुकभर बाढीपहिरो तथा डुबानपीडितको राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । गृह मन्त्रालयमा शनिबार बसेको बैठकले आवश्यकतानुसार राज्यका सबै अंग परिचालन गरी बाढीपहिरो तथा डुबानको जोखिम न्यूनीकरण र उद्धार कार्यलाई अघि बढाउने निर्णय गरेको हो ।
बैठकले अवरुद्ध राजमार्गहरू तत्काल खुलाउने, खानेपानी र खाद्यान्नको व्यवस्थापनमा सबै निकाय चुस्त भएर लाग्ने तथा आवश्यक परेमा हेलिकप्टरको समेत उपयोग गर्ने निर्णय गरेको छ । बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा अधिकारीहरू सहभागी थिए ।
बैठकले बाढीपहिरो र डुबानबाट उत्पन्न समस्या समाधान गर्दै दैनिक जीवनयापन सहज बनाउन थप क्रियाशील हुन स्थानीय तहहरूलाई निर्देशन दिएको छ । डुबान तथा जलमग्न क्षेत्रमा रोगव्याधी फैलिन नदिन तत्कालै स्वास्थ्यकर्मी परिचालन गर्ने, क्षतिग्रस्त पुल, सडक, पोललगायत भौतिक संरचना तत्काल पुनर्निर्माण गरी सञ्चालनमा ल्याउने तथा घर, कार्यालयलगायत अन्य संरचना निर्माणका लागि योजना बनाएर काम अघि बढाउने निर्णयसमेत बैठकले गरेको छ ।

उपसचिव घुससहित पक्राउ, शाखा अधिकृतविरुद्ध मुद्दा

काठमाडौं, २८ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली प्रदेश डिभिजन वन कार्यालय, सुर्खेतका प्रमुख (उपसचिव) भक्तबहादुर लामालाई घूस रकमसहित पक्राउ गरेको छ । लामा रूख कटानी छुट पुर्जाको म्याद थप गराइदिने बहानामा सेवाग्राहीसँग लिएको ४ लाख रुपैयाँ घूससहित पक्राउ परेका हुन् । उनलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।
यस्तै, अख्तियारले एक शाखा अधिकृतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । शिक्षा विकास तथा समन्वय एकाइ सल्यानका प्रमुख (शाखा अधिकृत) धनबहादुर ओलीले शिक्षक सरुवा प्रक्रियामा सहजीकरणका लागि सेवाग्राहीसँग २५ हजार रुपैयाम् घूस लिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएसँगै ओली सेवाबाट निलम्बित भएका छन् ।
चार प्रहरी समातिए
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानीको सामाखुसीबाट घूस लिँदालिँदै चार प्रहरी जवानलाई पक्रिएको छ । नेपाल प्रहरीको महानगरीय ट्राफिक महाशाखाका जवानत्रय देवेन्द्र बलायर, आकाश खनाल र नीरज भण्डारी तथा नेपाल प्रहरीको ३ नम्बर गणका जवान हिटलर साउद पक्राउ परेका हुन् ।

Saturday, July 13, 2019

बाढीपहिरोबाट १७ जनाको मृत्यु, ७ बेपत्ता

काठमाडौं, २७ असार– दुई दिनदेखि लगातार परेको वर्षाले मुलुकभरको जनजीवन प्रभावित बनाएको छ । वर्षाले मुलुकको पश्चिमभन्दा काठमाडौं र त्यसपूर्वको भूभागमा बढी प्रभावित भएको छ ।
गृह मन्त्रालयले शुक्रबार सा“झ ७ बजे जनाएअनुसार बाढी पहिरोमा परी १७ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् ।
राजधानी उपत्यकामा समेत बाढी पहिरोमा परी ४ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । राजधानीका अधिकांश ठाउ“ जलमग्न र डुबानमा परेका छन् ।
पूर्वी र मध्य तराईका धेरैजसो जिल्ला डुबानमा परेका छन् भने बाढी र पहिराले दर्जनौं ठाउमा यातायात अवरुद्ध भएको छ ।
राजधानी जोड्ने राजमार्गमा पहिरो जा“दा सवारी साधन रोकिएका छन् । काठमाडौंबाट बाहिरिएका र भित्रिने सवारी साधन जाममा फसेका छन् । हजारौं यात्रुहरू बीचमै विचल्लीमा परेका छन् ।
लगातारको भारी वर्षाले पहाडी र हिमाली जिल्लाहरुमा पहिरोको जोखिम बढेको छ भने तराईका जिल्ला डुबानमा पर्न थालेका छन् । डुबानका कारण तराईका जिल्लाहरुमा खानेपानीको समस्या हुन थालेको गृह मन्त्रालयले जनाएको छ ।

मूलपानीमा पर्खाल भत्किँदा तीनको मृत्यु

काठमाडौं, २७ असार– राजधानीको कागेश्वरी–मनहरा नगरपालिका ६– मूलपानीको बाबाचोकमा पर्खाल भत्किएर टहरो पुरि“दा तीन जनाको मृत्यु भएको छ । २० वर्षीया निलु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादवको मृत्यु भएको हो ।
शर्मिला र कुन्दन आमा छोरा हुन् । बारा, देवताल गाउँपालिकाकी शर्मिलाको परिवार डेढ वर्षदेखि मूलपानी बस्दै आएको थियो ।
शर्मिलाका पति र देवर मिलेर बाबाचोकमा जग्गा भाडामा लिई ६ महिनाअघि टहरो बनाएर बसेका थिए । उनीहरू नजिकै मोटरसाइकल ग्यारेज र सिरक–डसना पसल चलाउ“छन् । दाजुभाइकै परिवार राति त्यही टहरामा बस्थे । श्रीमान् र देवर शुक्रबार बिहानै आ–आफ्नो काममा निस्कएका थिए । टहरामा सर्मिला, देउरानी निलु र छोरा कुन्दन मात्र थिए । दिउँसो अचानक टहरादेखि माथि रहेको पक्की घरको ‘प्रोटेक्सन वाल’ भत्किएर उनीहरूलाई थिच्यो । ढिस्कोमा रहेको बलराम खतिवडाको घर परिसरमा बनाइएको पिल्लर र बिमसहितको पर्खाल भत्किएको हो । तीनै जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिए ।

घुससहित चार प्रहरी पक्राउ

काठमाडौं, २७ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानीको सामाखुसीबाट घूस लिँदालिँदै चार प्रहरी जवानलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय ट्राफिक महाशाखाका जवानत्रय देवेन्द्र बलायर, आकाश खनाल र नीरज भण्डारी तथा नेपाल प्रहरीको ३ नं. गणका जवान हिटलर साउद पक्राउ परेका हुन् । 
अख्तियारका अनुसार उनीहरूका साथबाट एक लाख रुपैयाँ बरामद गरिएको छ । उनीहरूले सामाखुसीको एउटा मिठाई पसलमा बसेर गाडी दुर्घटनामा परेका व्यक्तिका लागि बिमा रकम दाबी गर्न सिफारिस गरिदिने प्रलोभनमा पारी सेवाग्राहीसित घूस लिएका हुन् । उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

इन्स्पेक्टरसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २७ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी निरीक्षकसहित ७ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ,
गाडी दुर्घटना मुद्दामा दोषीलाई बचाउन अनियमितता गरेकामा इलाका प्रहरी कार्यालय, गैंडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जीसीसहित ७ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।
इप्रकाका जीसी, सई दामोदर भट्टराई, असई देवबहादुर थापा र हवल्दार बलबहादुर वलीले वास्तविक चालक बोधराज पाण्डे, नक्कली चालक किसुना महतो र मतियार शालिकराम पाण्डेसँगको मिलेमतोमा गलत अनुसन्धान प्रतिवेदन तयार गरी कसुर गरेको पुष्टि भएकाले उनीहरू विरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार जीसीसहितका प्रहरीहरूले आर्थिक चलखेल गरी गाडीले ठक्कर दिई मोटरसाइकल चालकको मृत्यु गराउनेलाई छाडी नक्कली चालक खडा गरेर थुनामा राखेका थिए । मुद्दा दायर भएसँगै इन्स्पेक्टरसहित चार प्रहरी सेवाबाट निलम्बित भएका छन् ।

Friday, July 12, 2019

असईविरुद्ध भ्रष्टाचार मुद्दा, एक जना घुससहित पक्राउ

काठमाडौं, २६ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार एक जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ भने अर्का एक जनालाई घुससहित रंगेहात पक्राउ गरेको छ ।
अख्तियारले सुनसरीको प्रहरी चौकी भोक्राहाका असई पदमबहादुर कटुवालविरुद्ध मुद्दा दायर गरेको छ । कटुवालले वन मन्त्रालयबाट पक्राउ पुर्जी आएको छ भन्दै तर्साएर सेवाग्राहीसित घुस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले विद्युत प्राधिकरण, लगनखेल वितरण केन्द्र, ललितपुरका फोरमेन अविलाल विष्टलाई घुससहित पक्राउ गरेको छ । घरमा नया“ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसित लिएको घुस रकमसहित बिष्ट रंगेहात पक्राउ परेको अख्तियारले उल्लेख गरेको छ ।

मन्त्रीको मुख सम्हाल्न प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनी

काठमाडौं, २६ असार– प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्ना ‘अराजक’ मन्त्रीहरूको मुख सम्हाल्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार ट्विट गरी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आफ्नो पार्टीमािथ नेत्रविक्रम चन्द समूहको हिंसाको पक्षपोष गरेको भनी लगाएको आरोप अराजनीतिक रहेको उल्लेख गर्दै मन्त्रीहरूमाथि लगाम लगाउन प्रधानमन्त्रीलाई चेतावनी दिएका हुन् ।
बाँस्कोटाले बिहीबार सिंहदरबारको नियमित पत्रकार सम्मेलनमा कांग्रेस दिनभरि वीपी, रातभरि विप्लववादी बनेको आरोप लगाउ“दै हिंसाप्रति कांग्रेसको धारणा मागेका थिए ।
पत्रकार सम्मेलनको लगतै कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गर्दै ट्वीटमा गरी बा“स्कोटा कांग्रेसमाथि अराजनीतिक लाञ्छनामा उत्रेको उल्लेख गरेका छन् । उनले ट्वीटमा प्रधानमन्त्री ओली नै असंसदीय भाषमा बोल्ने गरेको उल्लेख गर्दै उनकै फोटोकपी मन्त्रीस“ग संस्कारको अपेक्षा कसरी गर्न सकिन्छ भन्ने प्रश्नसमेत गरेका छन् ।

दुतावासको पत्रबारे मलाई जानकारी नगराउनेलाई कारबाही गर्छु : प्रधानमन्त्री

‘विषादी प्रकरणमा लज्जित छु, जनतासित क्षमा माग्छु’
काठमाडौं, २६ असार– प्रधानमन्त्री केपी ओलीले विषादी प्रकरणबारे भारतीय दूतावासबाट आएको पत्रबारे मन्त्रालयहरूबाट आफूलाई बेलैमा जानकारी नगराइएका कारण आफू नेपाली जनतासामु लज्जित हुनुपरेको बताएका छन् ।
राजधानीमा बिहीबार आयोजित ‘संविधानको कार्यान्वयन र प्रशासनिक पुनर्संरचना’ विषयक अन्तरक्रियामा बोल्दै ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको भन्दै त्यसप्रति जनतासामु माफी मागेका छन् ।
उनले भारतबाट आउने तरकारी र फलफूलको विषादी सिमा नाकामा परीक्षण नगर्न भरतीय दूतावासले लेखेको पत्रबारे समयमै आफूलाई जानकारी नगराउनेमाथि कारवाही गर्ने चेतावनीसमेत दिएका छन् ।
ओलीले भारतीय दूतावासको पत्रबारे आफूलाई जानकारी नगराई अन्धकारमा राख्नेहरूका बारेमा खोजी गरिने बताए । ‘दूतावासको पत्र आएको रहेछ । मलाई केही जानकारी दिइएन । पत्र आएर पनि मलाई झूटो बोल्न लगाइयो । भुलचुक र नियतबस के हो ? त्यो म बुझ्दैछुु । खोज्दैछु । त्यसपछि के गर्नुपर्ने हो गर्छु’ प्रधानमन्त्रीले भने ।

विषादीको परिक्षण रोक्ने निर्णयविरुद्ध मसाल जुलुस

काठमाडौं, २६ असार– कांग्रेसको भातृ संगठन नेविसंघले भारतबाट आउने तरकारी तथा फलफूलमा विषादी परिक्षण नगर्ने सरकारको निर्णयविरुद्ध बिहीबार सा“झ मसाल जुलुस प्रदर्शन गरेको छ ।
नेविसंघले बालाजु चोकदेखि बाइपाससम्म निकालेको जुलुसमा ‘आमजनतालाई विषाक्त तरकारी र फलफूल खुवाउन पाइ“दैन’ भन्दै सरकारविरुद्ध नाराबाजी गरेको थियो ।
नेविसंघका नेताहरूले भारतका सामु प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले घुडा टेकेर विषादी परिक्षण रोकेको आरोप लगाउ“दै निर्णय नसच्याए आफूहरू कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिएका थिए ।
नेविसंघले विषादीको परीक्षण गरेरमात्रै भारतीय तरकारी तथा फलफूल आयात गर्न माग गरेका थिए । प्रहरीले मसाल जुलुसमा हस्तक्षेप गरी नेविसंघका १४ कार्यकर्तालाई पक्राउ गरेको छ । हस्तक्षेपका क्रममा विद्यार्थी नेताहरू पवन थापा, बिजय ढुंगाना, अमृत लामिछाने, प्रदिपजंग शाह घाइते भएको नेविसंघले जनाएको छ ।

भोजपुर घटनाबारे प्रहरी महानिरीक्षकद्वारा समितिलाई जानकारी

काठमाडौं, २५ असार– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुर नगरपालिका–७ स्थित हाटबजार लाग्ने स्थानमा सुरक्षाका लागि नेपाल प्रहरी खटिएको बेलामा अचानक नेत्रविक्रम चन्द समूहले गोली प्रहार गरेपछि दुई जनाको ज्यान जाने गरी घटना भएको जानकारी संसदीय समितिलाई गराएका छन् ।
भोजपुरमा भएको गोलीकाण्डबारे प्रतिनिधिसभा राज्य व्यवस्था समितिको बुधबार बसेको बैठकमा बोल्दै उनले चन्द समूहको गोलीले एक प्रहरी जवानको मृत्यु भएको र जवाफी कारबाहीका क्रममा चन्द समूहका एक जना मारिएको जानकारी गराए ।
‘चन्द समूहले एक्कासि आक्रमण गर्दा प्रहरी जवान सञ्जिव राईको छातीमा गोली लाग्यो र चन्द समूहका कार्यकर्तालाई नियन्त्रण गर्ने क्रममा प्रहरीबाट जवाफी फायर हु“दा चन्द समूहका ओखलढुंगा इन्चार्ज निरकुमार राईलाई पनि गोली लाग्यो’ उनले भने । उनले गोली लागेका दुवै जनालाई उपचारका लागि अस्पताल लगिएको र चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको जानकारी दिए ।

अदालतबाटै अभियुक्त फरार

काठमाडौं, २५ असार– बैंकिङ कसुर सम्बन्धी मुद्दाका एक जना अभियुक्त अदालतबाटै फरार भएका छन् । उच्च अदालत, पाटनमा म्याद थप गर्न लगिएका अभियुक्त रामबोल खडका फरार भएका हुन् ।
फरार अभियुक्तको खोजी भइरहेको जानकारी प्रहरीले दिएको छ ।
प्रहरीका अनुसार खडकालाई महानगरीय प्रहरी वृत्त, सिंहदरबारले म्याद थपका लागि अदालत लगेको थियो । प्रहरीले आफूलाई झुक्याएर खडका भागेको दाबी गरेको छ ।
यसअघि मंगलबार राति महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको हिरासतबाटै चोरी डाँका मुद्दाका दुई र लागू औषध मुद्दाका एक अभियुक्त फरार भएका थिए । प्रहरीले फरारमध्ये चोरी डाँका मुद्दाका रुद्रलाल श्रेष्ठ र समशेर माझीलाई बुधबार पक्राउ गरेको छ ।

नेता सापकोटा लगायतमा मुद्दामा उजुरी झिकाउन आदेश

काठमाडौं, २५ असार– सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालको व्यक्ति हत्याको मुद्दामा पूर्वमन्त्री तथा तत्कालीन माओवादीका नेता अग्निप्रसाद सापकोटा लगायतविरुद्ध सत्य निरूपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खडका र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले बुधबार सापकोटा लगायतविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुन लामा हत्याको घटनामा आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश दिएको हो । ‘आयोगमा उजुरी दिइएको छ कि छैन ? उजुरी दिएको भन्ने प्रमाणित भएमा त्यसको प्रतिलिपि र उजुरी नपरेको भए सो पनि अदालतलाई जानकारी दिनू’ आदेशमा भनिएको छ । सर्वोच्चले आयोगलाई उक्त मुद्दाको उजुरीका बारेमा आफूलाई जानकारी गराउनसमेत आदेश दिएको छ ।
विसं २०६२ वैशाख १६ मा तत्कालीन माओवादीको अपहरणमा परेका लामाको दुई महिनापछि शव फेला परेको थियो । लामाकी पत्नी पूर्णिमाया लामाले हत्यामा नेता सापकोटालगायत संलग्न रहेको दाबी गर्दै २०६९ मंसिर ७ मा जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरेकी थिइन् ।

१० जनालाई ‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’

काठमाडौं, २५ असार– नेपाल पत्रकार महासंघले केन्द्रीय बालकल्याण समितिको सहकार्यमा १० पत्रकारलाई ‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ । पत्रकार महासंघ, केन्द्रीय बालकल्याण समिति र प्रेस काउन्सिलद्वारा गठित समितिले सामग्रीको प्रस्तुति, भाषा, विषयवस्तु छनोट तथा गहनता, विषयको सान्दर्भिकता, अनुसन्धानलगायतलाई आधार बनाई ती पत्रकार छनोट गरेको हो ।
महासंघका अनुसार रेडियोतर्फ रामकुमारी खडका (रेडियो उज्यालो एफएम–उपत्यका) र रुमा रिजाल (रेडियो सप्तकोसी एफएम–उपत्यकाबाहिर), छापामाध्यमतर्फ राससका प्रकाश सिलवाल, नागरिकका हिमाल लम्साल (संयुक्त–उपत्यका) र खगेन्द्र अधिकारी (नागरिक दैनिक, उपत्यकाबाहिर) लाई प्रदान गरिनेछ ।
टेलिभिजनतर्फ धनवीर दाहाल (नेपाल टेलिभिजन, रुकुम), कोपिला पोखरेल (बुद्ध आवाज टेलिभिजन, कपिलवस्तु), धनमाया भुसाल, जनता टेलिभिजन, नवलपरासीपूर्व (संयुक्त–उपत्यका बाहिर) र कार्यक्रम प्रस्तोतातर्फ शोभिता रिसाल, (सीआईएन) र शर्मिला खनाल (कान्तिपुर एफएम) लाई पुरस्कृत गर्ने निर्णय भएको महासंघले जनाएको छ ।

संवैधानिक अंगको काममा अवरोध नगरौं ः लोकसेवा अध्यक्ष

काठमाडौं, २५ असार– लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक निकायहरूको काममा अवरोध नगर्न सरकार र संघीय संसद्लाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको निर्देशनले स्थानीय तहका लागि गरिएको विज्ञापनमा केही समय अन्योल पारेको प्रति संकेत गर्दै उनले त्यस्तो आग्रह गरेका हुन् ।
मैनालीले संविधानअनुसार चल्ने लोकसेवालगायतका संवैधानिक निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिए मात्रै संसद् र सरकार दुवैको कामलाई सघाउ पुग्ने बताए । मधेसी आयोगद्वारा बुधबार राजधानीमा आयोजित अन्तक्र्रियामा बोल्दै उनले संवैधानिक निकायको काम सरकार र संसद्लाई सहयोग पु¥याउनु रहेकाले उनीहरूको काममाथि अवरोध गर्न नहुने बताए ।
मैनालीले संघीय निजामती सेवा ऐन छलफलका क्रममा रहेकाले त्यसमा सबै समुदायको आरक्षणको स्पष्ट व्यवस्था गर्न संसदको ध्यानाकर्षण गराए ।

प्रदेश प्रहरी प्रमुखमा डीआईजी राख्ने सहमति

  • समायोजनपछि केन्द्रमा २० हजार, प्रदेशमा ५५ हजार प्रहरी 
  • प्रदेश प्रहरी प्रमुख केन्द्रको आईजीपी बन्न पाउने
  • प्रदेश प्रहरीको सुविधा केन्द्रको भन्दा कम नहुने
काठमाडौं, २५ असार– प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रदेशको प्रहरी प्रमुख बनाउने विषयमा सहमति जुटेको छ । केन्द्रबाट समायोजन भएर जा“दा प्रदेश प्रहरी प्रमुखमा डीआईजी राख्ने कि एआईजी भन्नेमा विवाद थियो ।
पूर्वगृहमन्त्री एवं नेकपा सांसद जनार्दन शर्माले एआईजीलाई प्रदेश प्रहरी प्रमुख बनाएर पठाउनुपर्ने प्रस्ताव गरेका थिए । बहुमत सदस्य भने डीआईजी राख्नुपर्ने पक्षमा थिए । समितिको बुधबारको बैठकमा शर्माले अन्य सदस्यको धारणामा सहमति जनाएपछि समिति निष्कर्षमा पुगेको हो । प्रदेश प्रहरी प्रमुखको पदको नाम के राख्ने भन्नेमा भने सहमति भएको छैन ।
‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि समितिमा दफावार छलफल जारी छ । सरकारले विधेयकमा प्रदेश प्रमुखको पदमा कुन तहको अधिकृत रहने भन्ने किटान गरेको थिएन । समितिले विधेयकको दफा परिमार्जनको प्रस्तावमा सहमति गरी पद किटान गरेको हो ।

Wednesday, July 10, 2019

सर्वोच्चको आदेशले भगौडा सैनिकमाथि कारबाही गर्ने बाटो खुल्यो

काठमाडौं, २४ असार– सर्वोच्च अदालतले नेपाली सेनाबाट सशस्त्र द्वन्द्वकालमा भागेका सैनिकहरूलाई कारबाही गर्न सक्ने कानुनी बाटो खोलिदिएको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलाशले सैनिक अदालतको फैसलालाई सदर गरी नेपाली सेनालाई द्वन्द्वकालका भगौडा सैनिकहरूमाथि कारबाही गर्ने कानुनी बाटो खोलिदिएको हो ।
द्वन्द्वकालमा भागेका पूर्व सैनिकद्वय झलकुमार भगत र सिंहबहादुर शाहीले सैनिक अदालतले आफूहरूविरुद्ध गरेको फैसलाविरुद्ध सर्वोच्चमा दायर गरेको रिटलाई संयुक्त इजलाशले खारेज गरिदिएको छ ।
सर्वोच्चको आदेशले आगामी दिनमा समेत नेपाली सेनालाई भगौडा सैनिकमाथि कारबाही गर्न सक्ने बाटो खुलेको हो । शान्ति प्रक्रिया सुरु भएपछि सैनिक अदालतले द्वन्द्वकालमा सेनाबाट भागेर माओवादी बनेका भगत र शाहीलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।
तत्कालीन सैनिक जवान भगतले २०६३ साउन ८ गते राति आफ्नो जिम्माका रहेको र साथीको समेत हतियार चोरेर माओवादीमा गएका थिए । उनी २०७४ मंसिर ८ गते मोरङबाट पक्राउ परेका थिए ।

रानी पोखरीको मन्दिर मल्लकालीन शिखर शैलीमा पुननिर्माण गर्न ठेक्का सम्झौता

काठमाडौं, २४ असार– राजधानीको मुटु रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण छिट्टै सुरु हुने भएको छ । मन्दिरको पुनर्निर्माण मल्लकालीन शिखर शैलीमा हुने जानकारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिएको छ ।
पटकपटक बन्न सुरु भए पनि मौलिकतालगायत निर्माण शैलीका विषयमा विवादमा पर्दै आएका कारण मन्दिरको पुनर्निर्माण कार्य लामो समयदेखि अवरुद्ध थियो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले मंगलबार पुननिर्माणको ठेक्का सबभन्दा कम रकम कबोल गरेको निर्माण कम्पनी सिए÷तुलसी कन्सट्रक्सन जेभीलाई दिएको छ ।
राजधानीमा मंगलबार भएको ठेक्कासम्बन्धी सम्झौतामा प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्मा र निर्माण कम्पनीका शान्तकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
प्राधिकरणले कम्पनलिाई बालगोपालेश्वर मन्दिर, मन्दिर प्रवेश गर्ने पुल र पोखरी वरिपरिको बगैंचा पुनःनिर्माणको ठेक्का दिएको हो । कम्पनीले पुनःनिर्माण कार्य १४ करोड २७ हजार ५ सय ५७ रुपैयाँमा गर्नेछ ।

सहायक डिन र प्रहरी निरीक्षकसहित ९ जनाविरुद्ध मुद्दा

काठमाडौं, २४ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहायक डिन र प्रहरी निरीक्षकसहित ९ जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले ती सबैले घुस लिएको पुष्टि भएकाले भ्रष्टाचार मुद्दा दायर गरिएको जनाएको छ ।
अख्तियारले त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालय किर्तिपुरका सहायक डिन शम्भुप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पटेलले कलेज सञ्चालनको अनुमतिपत्र रद्द हुन सक्छ भन्ने डरत्रास देखाई सञ्चालकसित ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएकाले उनीवरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले बारा जिल्ला पचरौता नगरपालिकाका इन्जिनियर रामप्रकाश सतरासहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । सतरा, नगरपालिकाकै नायव सुब्बा बद्रीबहादुर थापा र कार्यालय सहयोगी ध्रुव महतोले विद्यालयको कम्पाउण्ड वाल निर्माण सम्पन्न भएपछि भुक्तानीका लागि सिफारिस गर्ने क्रममा सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रधानमन्त्री ओलीले लिए राष्ट्रिय परिचयपत्र

काठमाडौं, २४ असार– प्रधानमन्त्री केपी ओलीले मंगलबार ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र लिएका छन् ।
गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओलीलाई परिचयपत्र प्रदान गरेका हुन् । प्रधानमन्त्री पत्नी राधिका शाक्यले समेत परिचयपत्र लिएका छन् ।
सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार राष्ट्रका विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पा“चथर जिल्लाका ८० प्रतिशतलाई परिचयपत्र वितरण गर्ने कार्यक्रमअनुसार प्रधानमन्त्रीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिएको हो ।
विभागले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिसकेको छ । आगामी दुई वर्षभित्र मुलुकका सबै नागरिकलाई परिचयपत्र वितरण गरिसक्ने योजना सरकारको छ ।

भारतीय दुतावासको पत्र सामान्य हो : सरकारका प्रवक्ता

काठमाडौं, २४ असार– सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दूतावासबाट सरकारलाई पत्र आएको स्वीकार गरेका छन् ।
मन्त्रिपरिषदको मंगलबार बिहान सिंहदरबारमा सबेको बैठकपछि बाँस्कोटाले सञ्चारकर्मीहरूसित बोल्दै दुई देशका सरकारबीच पत्रहरू आउजाउ हुने कुरा स्वभाविक हुने भएकाले त्यसलाई अन्यथा रूपमा लिन नहुने बताए ।
‘सीमा जोडिएका दुई मुलुकबीच आ–आफ्नो इन्ट्रेस्टका विषय हुन्छन् । दुई सरकारका बीचमा पत्रहरू आउने÷जाने चलिरहन्छ’ बाँस्कोटाले भने– ‘त्यस्ता विषयमा हुने पत्रको आदान–प्रदानलाई सरकारले स्वभाविक रूपमा लिएको छ । त्यसलाई कसैले पनि अन्यथा रूपमा लिनु हुँदैन ।’
उनले सीमा जोडिएका मुलुकका बीचमा सामानहरूमात्र होइन पत्रसमेत आदानप्रदान भइरहने जिकिर गरे । उनले आमजनताको स्वास्थ्य र अधिकारप्रति सरकार सजग र गम्भीर रहेको बताए ।

निजामतीमा ट्रेड युनियन खारेज गर्न प्रस्ताव

राज्य व्यवस्था समितिमा ट्रेड युनियन चाहिन्छ/चाहिन्न भन्नेबारे चर्को बहस
काठमाडौं, २४ असार– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवामा कर्मचारीको ट्रेड युनियन राख्ने÷नराख्नेबारेमा तीव्र बहस सुरु भएको छ । समितिमा मंगलबार संघीय निजामती सेवासम्बन्धी विधेयकको दफावार छलफलका क्रममा सदस्यहरूबीच निजामती कर्मचारीको आधिकारिक ट्रेड यूनियन नै चाहिन्छ कि चाहि“दैन ? भन्ने विषयमा बहसमा भएको हो ।
सत्तारूढ नेकपाकी सांसद पम्फा भुसालले समितिमा कर्मचारी संघ÷संगठनका कारण निजामती सेवामा विकृति र विसंगति बढेको उल्लेख गर्दै आधिकारिक युनियन नै खारेज गर्नु पर्ने प्रस्ताव गरेकी छन् ।
भुषालको प्रस्तावस“गै नेकपाका अधिकांश सांसद ट्रेड युनियन खारेजीको पक्षमा उभिए भने प्रतिपक्षी कांग्रेसका अधिकांश र नेकपाका एक जना सांसदले भने ट्रेड युनियन राख्नै पर्ने पक्षमा धारणा राखेका थिए ।
‘निजामती प्रशासनमा आफ्नो सेवा(सुविधाका लागि कर्मचारी आफैंंलें सौदाबाजी गर्न सक्ने गरी ट्रेड दिने विधेयकमा राख्नु आवश्यक छैन’ भुसालले भनिन्– ‘कर्मचारीतन्त्रमा युनियनमार्फत विकृति बढने काम भइरहेको छ । अब आधिकारिक ट्रेड युनियन नै राख्नु हुन्न ।’

पेन्सनवालाको चाडपर्व खर्च कटौती नगर्न कांग्रेसको माग

काठमाडौ, २४ असार– कांग्रेसले पेन्सनवाला राष्ट्रसेवकहरूलाई चाडपर्व (दसैं) खर्चबापत वर्षेनि दिइँदै आएको एक महिनाबराबरको तलब कटौती गर्ने विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा भएको छलफलप्रति असहमति प्रकट गरेको छ ।
कांग्रेसतर्फबाट संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मंगलबार विज्ञप्ति जारी गरी पेन्सनवाला राष्ट्रसेवकलाई चाडपर्व खर्च कटौती नगर्न सरकार र सम्बन्धित निकायसित माग गरेको छ ।
‘पेन्सन लिने राष्ट्रसेवक कर्मचारीलाई दिदै आएको सुविधा कटौती गर्न कांग्रेस सहमत छैन । तसर्थ उक्त खर्च कटौती नगर्न सरकार र सम्बन्धित निकायसँग कांग्रेस संसदीय दल आग्रह गर्छ’ विज्ञप्तिमा छ ।

Tuesday, July 9, 2019

छिट्टै म्याद सकिने वस्तु आयात गर्न अनुमति

काठमाडौं, २३ असार– सरकारले आपूर्तिकर्ता कम्पनीहरूलाई पहिलेका तुलनामा छिट्टै म्याद सकिने वस्तुहरूलाई नेपाल भिœयाउन अनुमति दिने विवादास्पद निर्णय गरेको छ । अब आपूर्तिकर्ताहरूले ६० प्रतिशत मात्रै उपभोग अवधि बाँकी रहेका वस्तुहरू आयात गर्न पाउने भएका छन् ।
भारतबाट भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण रोक्ने निर्णय गरेकै दिन मन्त्रिपरिषदले उपभोग अवधि कम भएका वस्तुहरू आयात गर्न दिने निर्णय गरेको हो । यसअघि ७५ प्रतिशत उपभोग अवधि भएका वस्तुहरूलाई मात्र आयात गर्न दिने व्यवस्था थियो ।
गत जेठ १० मा बसेको मन्त्रिपरिषद् बैठकले ‘निकासी पैठारी आदेश’ संशोधन गरी नेपालमा आयात हुने वस्तुहरूमा भन्सारविन्दुमा आइपुग्दासम्म ७५ प्रतिशत उपभोग अवधि रहनुपर्ने प्रावधान राखिएको थियो ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले जेठ १० मा आफैंले गरेको निर्णयलाई सच्याउँदै ६० प्रतिशत मात्रै उपभोग अवधि बाँकी भएका सामानवस्तुलाई समेत आयात गर्न दिने निर्णय गरी आदेश संशोधन गरेको छ ।
सरकारको यो विवादास्पद निर्णयका कारण बजारमा उपभोग अवधि सकिएका वस्तुको समेत खरिद–बिक्री र उपभोग हुने खतरा बढेको छ । त्यसबाट उपभोक्ताहरूको स्वास्थ्यमा समेत खेलबाड हुन सक्ने चिन्ता वाणिज्य मन्त्रालयकै अधिकारीहरू व्यक्त गर्छन् ।

सप्तपाताल पोखरीलाई पुरानै स्वरूपमा फर्काउन सर्वोच्चको आदेश

काठमाडौं, २३ असार– सर्वोच्च अदालतले लगनखेलको सप्तपाताल पोखरीलाई पुरानै स्वरूपमा ब्युँताउन आदेश दिएको छ । सप्तपाताल पोखरीको जग्गा अतिक्रमण गरेर नमुना मच्छिन्द्रनाथ स्कुल सञ्चालन हुदै आएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय दिपककुमार कार्की र तेजबहादुर केसीको इजलासले सोमबार स्कुलको नाममा रहेको जग्गालाई सार्वजनिकमा परिणत गरी पोखरीलाई पुरानै स्वरूपमा ब्युँताउन आदेश दिएको हो ।
स्थानीयबासीले सप्तपाताल पोखरीको जग्गाबाट स्कुल भवनलगायतका संरचना हटाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चको आदेशबाट स्थानीयबासीको पोखरीलाई पुरानै स्वरूपमा फर्काउने माग पूरा भएको छ ।
सप्तपाताल पोखरी १४ रोपनीभन्दा बढी जग्गामा थियो । पोखरी अचारैतिरबाट मिचिएकाले अहिले डेढ/दुई रोपनी जग्गामात्र बचेको छ । त्यहाँ पानी छैन, घाँसमात्र छ । पोखरीलाई पुरानै स्वरूपमा फर्काउन लगनखेलका स्थानीयबासी १४ वर्षदेखि अदालत धाइरहेका थिए ।

५ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं, २३ असार– सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का ओगटेर समयमा काम नगर्ने र गुणस्तरहीन काम गर्ने पा“चवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । मातहतका कार्यालयको सिफारिसमा आइतबार सार्वजनिक खरिद ऐनबमोजिम तीनवटालाई एक वर्ष र दुइटालाई दुई वर्ष वर्षका लागि कालोसूचीमा राखिएको हो ।
राजधानीको अनामनगरस्थित कार्यालय रहेको श्री लोहनी एन्ड ब्रदर÷थोदुङग÷सुरुचि जेभीलाई एक वर्षका लागि कालोसूची राखिएको छ । ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यालय दोलखाले ठेक्का दायित्व पूरा गर्न नसकेको भनी गरेको सिफारिसका आधारमा कार्यालयले उसलाई कालोसूचीमा राखेको हो । उक्त कार्यालयकै सिफारिसमा लोकवीर एन्ड बेताली÷नेपाल÷प्रगति जेभी बुद्धनगरलाई समेत एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

सेनाले खोल्यो महाविश्वविद्यालयको सम्पर्क कार्यालय

काठमाडौं, २३ असार– नेपाली सेनाले राष्ट्रिय प्रतिरक्षा महाविश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गरेको छ । जतिसक्दो छिटो महाविश्वविद्यालय स्थापना गर्ने कार्य अगाडि बढाउन सैनिक मुख्यालयमा सम्पर्क कार्यालय खोलिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेटमा राष्ट्रिय प्रतिरक्षा महाविश्वविद्यालय स्थापना गर्ने उल्लेख गरेको छ । मुलुकको राष्ट्रिय सुरक्षा र प्रतिरक्षा सम्बन्धमा नीति तथा रणनीति निर्माण गरी त्यसको सहज कार्यान्वयनलार्ई सुनिश्चित गर्न राज्यलाई आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्न महाविश्वविद्यालय स्थापना गर्न लागिएको हो ।

इन्जिनियर र मनोविज्ञविरुद्ध मुद्दा

काठमाडौं, २३ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । भोजपुरको हतुवागढी गाउ“पालिकाका इन्जिनियर मिछुहाङ किराँत र रूपन्देही जिल्ला अदालतकी बाल मनोविज्ञ शान्तिदेवी अधिकारी भुसालविरुद्ध मुद्दा दायर गरिएको हो ।
किराँतले सडक निर्माण, स्तरोन्नति र पोखरी निर्माणको मूल्यांकन बिल बनाउने क्रममा सेवाग्राहीसग ५० हजार रुपैयाँ घूस लिएको र अधिकारीले सवारी ज्यान मुद्दाको बाल मनोविज्ञान प्रतिवेदन सरल रूपमा तयार गरी छिटो पेसी गराइदिने बहानामा सेवाग्राहीलाई दुःख दिई १० हजार रुपैयाँ घूस लिएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले दुवै जनालाई घूसबराबरको रकम जरिवाना र जेल सजाय गर्न मागदाबी गरेको छ ।

विषादी परीक्षण रोकविरुद्ध नेविसंघ सडकमा

काठमाडौं, २२ असार– नेपाल विद्यार्थी संघले भारतलगायतका मुलुकबाट नेपालमा भित्रिने तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध आइतबार प्रदर्शन गरेको छ ।
नेविसंघले भारतीय दबाबका सामु झुकेर सरकारले तरकारी र फलफूलको विषादी परीक्षण रोक्ने निर्णय गरेको भन्दै प्रदर्शन गरेको हो । वाल्मीकि क्याम्पसबाट सुरु भएको विरोध ¥याली पुतलीसडकमा पुगेर कोणसभामा परिणत भएको थियो । विद्यार्थीले तरकारीको माला लगाएर सांकेतिक विरोध गरेका थिए । नेविसंघले विषादीले जनस्वास्थ्यमा असर गर्ने भन्दै सिमा नाकामा पुनः जा“च सुरु गर्न माग गरेको छ ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गरी असार २ देखि भारत र भारतीय बाटो भएर आयात हुने तरकारी र फलफूलको विषादीको परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिन थालेको थियो । मन्त्रिपरिषद्ले भारतको दबाबमा असार १३ मा परीक्षण गर्ने निर्णय फिर्ता लिएको छ । सरकारले विषादीयुक्त तरकारी र फलफूल प्रवेशमा रोक लगाउन सुरु गरेपछि भारतीय दूतावासले आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै परीक्षण रोक्न आग्रह गरेको थियो ।

पेन्सन लिनेलाई दसैं खर्च नदिन प्रस्ताव

काठमाडौं, २२ असार– सांसदहरूले पेन्सन लिने राष्ट्रसेवकलाई दिइँदै आएको एक महिना तलबबराबरको दसैं खर्च कटौती गर्न प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बसेको बैठकमा संघीय निजामती कर्मचारीसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै अधिकांश सदस्यले राष्ट्रसेवकलाई पेन्सन र चाडपर्व खर्च दिइनु न्यायसंगत नहुने बताएका हुन् ।
सत्तारूढ सांसद जनार्दन शर्माले राष्ट्रसेवकलाई पेन्सनस“गै दिइने चाडपर्व खर्च कटौती गर्नुपर्ने बताए । ‘किसानले जीवनभर राज्यका लागि योगदान गरेका हुन्छन् तर उनीहरूले राज्यबाट केही सुविधा पाउ“दैनन् । कर्मचारीलाई मात्र किन पेन्सन पाकिसकेपछि पनि चाडपर्व खर्च दिने ?’ शर्माको प्रश्न थियो ।
कांग्रेसकी सांसद डिला संग्रौलाले शर्माको प्रस्तावमाथि समर्थन जनाउ“दै पेन्सनवाला राष्ट्रसेवकलाई चाडपर्व खर्चसमेत दिनु राज्यका लागि बोझ भएको बताइन् । ‘पेन्सनवालालाई समेत चाडपर्व खर्च दिने व्यवस्था राज्यका लागि बोझ हो, ऐनबाट यस्तो सुविधा हटाइनुपछर्,, उनले भनिन् । समितिका सदस्यहरू नवराज सिलवाल, राजकिशोर यादव, अमरेशकुमार सिंहलगायतले समेत शर्माको प्रस्तावको समर्थन गरे ।

पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २२ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । कैलालीको ताम्चा, सुगरखालस्थित नवदुर्गा राष्ट्रिय निमाविको व्यवस्थापन समिति अध्यक्ष यामबहादुर घर्तीमगरसहित ४ जना र जिल्ला अदालत बाराका खरिदार सुनील चौधरीविरुद्ध मुद्दा दायर गरिएको हो ।
घर्तीमगरले तत्कालीन प्रधानाध्यापक गोकर्णप्रसाद उपाध्यायसँग मिलेर दैलेखका शिक्षक अशोकप्रसाद तिवारीको अध्ययन अनुमतिपत्र पेस गरी व्यवस्थापन समितिको फर्जी निर्णय पुस्तिका र नियुक्तिपत्र तयार पारेर राहत शिक्षक कोटामा प्रकाशमान जैसीलाई नियुक्त गरेको अख्तियारले जनाएको छ । चौधरीले अदालतको फैसला कार्यान्वयनका लागि मालपोत कार्यालयलाई पत्राचार गर्न सेवाग्राहीसँग १८ हजार रुपैयाँ घूस लिएको अख्तियारको आरोप छ ।

Sunday, July 7, 2019

‘असार २८ भित्रै बालीनाली थन्क्याइसक्नू’

काठमाडौं, २१ असार– सरकारले खोला तथा नदी किनारमा रहेका बालीनाली असार २८ अगावै थन्काइसक्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको बाढी पूर्वानुमान महाशाखाले शनिबार सूचना जारी गर्दै तटीय क्षेत्रमा उच्च सतर्कताका साथ निर्माणको काम गर्न र बालीनाली भए २८ गतेभित्रै थन्काउन अनुरोध गरेको हो ।
महाशाखाले नदी र खोलामा जलस्तर बढदो क्रममा रहेको र एक सातापछि बहाव उच्च हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । महाशाखाका अनुसार शनिबारदेखि सोमबारसम्म प्रमुख र मझौला नदीमा बाढीको जोखिम न्यून छ।डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, बा“के, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा आइतबार बिहानदेखि बहाव उच्च हुने अनुमान छ । केही नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहनसमेत महाशाखाले अनुरोध गरेको छ।

जनस्वास्थ्यमाथि गम्भीर खेलबाड र लापर्बाही : कांग्रेस

विषादी परिक्षण स्थगन
काठमाडौं, २१ असार– भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकेर सरकारले नेपाली जनताको स्वास्थ्यप्रति गम्भीर खेलबाड गरेको प्रमुख प्रतिपक्षी कांग्रेसले आरोप लगाएको छ । विषादी परीक्षण रोक्ने निर्णयबाट सरकार नागरिकको स्वास्थ्य र समग्र जीवनप्रति गम्भीर खेलबाड गर्न किञ्चित हिच्किाउ“दैन भन्ने देखिएको उसको टिप्पणी छ ।
‘विषादी परीक्षणमा के विसर्जित भएको त होइन सरकारको राष्ट्रवादी चरित्र ?’ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । आफ्नो घोषित नीतिविपरीत सरकार नेपाल–भारत सीमाको भन्सार बिन्दुमा तरकारी फलफूललगायतमा विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेकोप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस विषयमा आधिकारिक धारणा तत्काल सार्वजनिक गर्न कांग्रेसले सरकारसित माग गरेको छ ।
काठमाडौंको प्रदूषणको प्राविधिक मापनको ज्ञानबिनै एकातर्फ मास्क नलगाई हि“ड्न अपिल गर्ने अनि अर्कोतर्फ विषादीयुक्त तरकारी परीक्षणबिनै अन्धाधुन्ध प्रवेश गर्न दिने दोहोरो चरित्र सरकारले प्रस्तुत गर्नु अत्यन्त दुःखद भएको कांग्रेसको भनाइ छ ।

विषादी परिक्षण स्थगन भारतको दबाबमा होइन : प्रधानमन्त्री

‘उपकरण र जनशक्तिको अभावमा रोकियो’
काठमाडौं, २१ असार– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सरकारको दबाबमा नभई क्वारेन्टाइनका लागि आवश्यक पर्याप्त उपकरण र जनशक्तिको अभावमा भारतबाट आउने तरकारी र फलफूलमा विषादी परिक्षण रोकिएको दाबी गरेका छन् ।
सत्तारूढ नेकपाको संसदीय दलको शनिबारको बैठकलाई सम्बोधन गर्दै उनले क्वारेन्टाइनका लागि जनशक्ति र उपकरणको उचित व्यवस्थापनपछि भारतबाट आउने तरकारी र फलफूलमा विषादी परीक्षण पुनः सुरु गरिने बताए ।
ओलीले भारतीय दबाबमा विषादी परिक्षण रोकिएको दाबीमा कत्ति पनि सत्यता नरहेको दाबी गरे । ‘कतै–कसैको दबाबका आधारमा तरकारी र फलफूलको विषादी परिक्षणबाट सरकार पछि हटेको होइन । भारतबाट पत्र आयो रे ! खोई कसलाई पत्र आयो मलाई त थाहा छैन । कसले पढ्यो त्यो पत्र ? मैले पत्र बुझेको छैन’ उनले भने । पर्याप्त तयारी बिना नै विषादि परिक्षण सुरु गर्दा समस्या आएकाले हाम्रै सरोकारवाला मन्त्रालयहरूको प्रस्तावमा परिक्षण रोकिएको दाबीसमेत ओलीको थियो गरे । 

विषादी परिक्षण स्थगन जनस्वास्थ्यमा खेलबाड : विवेकशील

काठमाडौं, २१ असार– विवेकशील साझा पार्टीले विदेशबाट आयात हुने तरकारी र फलफूलमा विषादी जा“च रोकिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ । पार्टीका तर्फबाट प्रवक्ता सूर्यराज आचार्यद्वारा शनिबार जारी विज्ञप्तिमा भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटदा नेपालीको स्वास्थ्यमाथि गम्भीर खेलबाड हुन पुगेको उल्लेख छ ।
‘नेपाली बजारका तरकारी, फलफूललगायत खाद्यजन्य वस्तुमा जनस्वास्थ्यमा गम्भीर असर पार्ने विषादी र रसायन रहेको भन्नेबारे आम जनताको सरोकार रह“दै आएको छ । खाद्यवस्तुहरूको विषादी जा“चलगायत क्वारेन्टाइन परीक्षण अन्तर्राष्ट्रिय व्यापारको आधारभूत सर्त हो,’ विज्ञप्तिमा भनिएको, ‘अझ विषादी परीक्षणजस्तो आम जनस्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने विषयमा सरकार बढी गम्भीर र संवेदनशील हुनु अनिवार्य छ । कुनै पनि बहानामा विषादी जा“चबिना खाद्यजन्य वस्तु आयात गर्नु अन्तर्राष्ट्रिय व्यापारको आधारभूत मान्यताको बर्खिलाप हो । त्यो नागरिकको स्वास्थ्यमाथिको गम्भीर खेलबाड हो ।’

राजधानीमा ४.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं, २१ असार– उपत्यकामा शनिबार अपराह्न ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्रले यो ०७२ सालको गोरखा भूकम्पकै परकम्प भएको जनाएको छ । अपराह्न ४ः१५ बजे भक्तपुरको दूधपाटी केन्द्रविन्दु बनाएर परकम्प केन्द्रका भूकम्पविद् भरत कोइरालाले जनाए । 
कम्पन उपत्यका आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । केन्द्रविन्दु नजिक भएकाले उपत्यकाभित्र ठूलो धक्का महसुस भएको थियो । कतिपय ठाउँमा भागदौडसमेत चलेको थियो ।