Wednesday, October 31, 2018

अस्थायी कर्मचारीद्वारा सिंहदरबारमा धर्ना

स्वतः स्थायी गर्न माग
काठमाडौं, १३ कात्तिक– विभिन्न सरकारी निकायमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूले आफूहरूलाई स्वतः स्थायी गर्न माग गर्दै मंगलबार सिंहदरबार परिसरमा विरोध प्रदर्शन गरेका छन् । संघीयताको कार्यान्वयनस“गै खारेजी र दरबन्दी कटौतीमा परेका मन्त्रालय, विभाग, आयोग, सचिवालय र जिल्ला कार्यालयहरूमा कार्यरत ती अस्थायी कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि दिनभर प्रदर्शन गरेका थिए ।
अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले बुधबारसमेत प्रदर्शन जारी राख्ने उल्लेख गर्दै माग सुनुवाइ नभए थप आन्दोलन गर्ने चेतावनी दिएको छ । करार कर्मचारी व्यवस्थापन कार्यदलको सुझावमा मन्त्रिपरिषदले गत भदौ २ गते समायोजनमा नपरेका अस्थायी, ज्यालादारी वा करार कर्मचारीलाई तीन महिना बराबरको थप पारिश्रमिक दिएर बिदाई गर्ने निर्णय गरेको थियो ।

उपराष्ट्रपतिको चियापान सर्यो

काठमाडौं, १३ कात्तिक– उपराष्ट्रपति नन्दबहादुर पुनले दसैं, तिहार, छठ तथा नेपाल संवतका अवसरमा शुभकामना आदानप्रदानका लागि आफूले आयोजना गर्ने चियापान कार्यक्रम तीन दिन पछाडि सारेका छन् । यसअघि उपराष्ट्रपति पुनको चियापान कात्तिक १६ साढे २ बजेका लागि तय भएको थियो । 
तर, उक्त दिन प्रमुख प्रतिपक्षी कांग्रेसले चियापान राखेकाले पुनले आफ्नो कार्यक्रम कात्तिक १९ का लागि सारेको जानकारी उपराष्ट्रपति कार्यालय स्रोतले दिएको छ ।

१५ वटा ठेकेदार कम्पनी कालो सूचीमा, पप्पुलाई उन्मुक्ति

काठमाडौं, १२ कात्तिक– सार्वजनिक खरीद अनुगमन कार्यालयले ठेक्का ओगटेर काम नगर्ने र निर्माण कार्यमा लापर्बाही गर्ने १५ वटा ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेर कारबाही गरेको छ । ठेक्कामा लापर्बाही गरेका ती कम्पनीलाई विभिन्न निकायले गत असार मसान्तसम्म गरेको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐनबमोजिम हालै एकदेखि तीन वर्षका लागि कालो सूचीमा राखेर कारबाही गरिएको जानकारी कार्यालयले दिएको छ ।
कार्यालयले सडक, पुललगायतका भौतिक पूर्वाधारका दर्जनौं ठेक्का लिएर अलपत्र पारी राज्यको अर्बौंको रुपैया“ ठगी गरेको विवादास्पद ठेकेदार कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ लाई भने कालो सूचीमा राखेको छैन । पप्पु मुलुकमा पछिल्लो समय ठेक्का लिने, तर पैसा लिएर कामै नगर्ने र नया“ नया“ ठेक्का पाइरहने सबभन्दा विवादास्पद पृष्ठभूमिको चर्चित कम्पनी हो ।
ठूलो आर्थिक चलखेलका भरमा राजनीतिक तथा प्रशासनिक संरक्षण पाइरहेको पप्पु कन्स्ट्रक्सनलाई सडक, सिंचाइ, सहरी विकास विभागसहितका कुनै पनि विकासे कार्यालयले कालो सूचीमा राख्न लिखित सिफारिस नगरेका कारण सार्वजनिक खरिद अनुगमन कार्यालयले कारबाही नगरेको जानकारी स्रोतले दिएको छ । पप्पु कन्स्ट्रक्सनको मालिक हरिनारायण रौनियार सत्तारूढ संघीय समाजवादी फोरमका सांसद हुन् ।

Monday, October 29, 2018

पराजुलीको पेन्सनपट्टा सार्वजनिक गर्न डा. केसीको माग

काठमाडौंं, ११ कात्तिक– चिकित्सा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले विवादित पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको पेन्सनसम्बन्धी निर्णय सार्वजनिक गर्न माग गरेका छन् । केसीसहितको टोलीले आइतबार निजामती किताबखानामा गएर महानिर्देशकलाई पत्र बुझाई पराजुलीले पेन्सनपट्टा लिएकोसम्बन्धी विवरण सार्वजनिक गर्न माग गरेका हुन् ।
किताबखानाले २०७४ फागुन ३० लाई नै अवकास मिति कायम गरी पराजुलीलाई दिइएको पेन्सन पट्टा र त्यससम्बन्धी निर्णय सार्वजनिक गर्न पत्रमा माग गरिएको छ । पराजुलीले अवकाश लिएको सम्बन्धमा भएको निर्णय, पत्राचार र त्यसको आधार, प्रमाणसहितको प्रतिलिपिसमेत सार्वजनिक गर्नुपर्ने माग केसीको छ । 
न्यायपरिषदले वास्तविक जन्ममितिका आधारमा पराजुलीको अवकास मिति साउन २१ गतेलाई कायम गरेको थियो । पराजुलीले न्याय परिषदको निर्णयविपरीत कानुन मिचेर पुरानै जन्ममितिका आधारमा पेन्सनपट्टा बुझेपछि उनी पुनः विवादमा तानिएका छन् ।् पत्रमा किताबखानाका महानिर्देशक जयनारायण आचार्यले कानुनविपरीत पराजुलीलाई विवादास्पद जन्ममिति राखी पेन्सनपट्टा दिएको उल्लेख छ ।

कात्तिक १६ मा उपराष्ट्रपतिको चियापान

काठमाडौं, ११ कात्तिक– उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, नेपाल संवत् एवं छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न कात्तिक १६ गते शुक्रबार चियापान कार्यक्रम आयोजना गर्ने भएका छन् । उपराष्ट्रपतिको कार्यालय, बहादुर भवनमा शुक्रबार अपराह्न २ बजे चियापान आयोजना गरिनेछ । 
चियापानमा सहभागी हुनका लागि राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष तथा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेता, संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि, सरकारका उच्च पदाधिकारी, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तित्वलाई आमन्त्रण गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । 

निकुञ्ज छलेर पूर्व–पश्चिम विद्युतीय रेलमार्ग

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग
निजगढ–हेटौंडा–भरतपुर खण्डको डीपीआर तयार गर्न आशयपत्र माग
काठमाडौं, ११ कात्तिक– रेल विभागले पूर्व–पश्चिम विद्युतीय रेलमार्गको निजगढ, हेटँैंडा–भरतपुर खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न आशयपत्र माग गरेको छ । मेची–महाकाली रेलमार्गको १ सय ३६ किलोमिटर खण्डको डीपीआर आगामी छ महिनाभित्र निर्माणका लागि आशयपत्र माग गरिएको विभागले जनाएको छ ।
पूर्वमा झापाको बाहुनडा“गीबाट सुरु हुने पूर्व–पश्चिम रेलमार्ग कञ्चनपुरको गडडाचौकीसम्म निर्माण गरिनेछ । पूर्व–पश्चिम रेलमार्ग ९ सय ४६ किलोमिटर लामो हुनेछ । विभागले पूर्व–पश्चिम लोकमार्गको समानान्तर रूपमा रेलमार्ग निर्माण गर्ने भएको छ । विभागले आशयपत्रमा चितवन राष्ट्रिय निकुञ्जभन्दा उत्तरबाट रेलमार्ग निर्माण गर्ने प्रस्ताव गरेको छ । डीपीआरसमेत निकुञ्जभन्दा उत्तर भेगबाट रेलमार्ग निर्माण गर्ने गरी तयार गर्न लागिएको विभागले जनाएको छ । निकुञ्ज भित्रबाट रेलमार्ग निर्माण गर्दा जैविक एवं पर्यावरणको नोक्सानी हुने र ठूलो मात्रामा रूख काट्नुपर्ने भएकाले बाहिरबाट बनाउने निर्णय विभागले गरेको हो ।

राजपामा महाधिवेशनपछि पनि अध्यक्ष मण्डल रहने

अध्यक्ष मण्डल राख्ने व्यवस्थाप्रति पार्टीभित्र व्यापक असन्तुष्टि  
काठमाडौं, ११ कात्तिक– राष्ट्रिय जनता पार्टी (राजपा) ले पार्टीको आगामी महाधिवेशनपछि समेत ‘अध्यक्ष मण्डल’ यथावत राख्ने भएको छ । राजपाको केन्द्रीय सचिवालय बैठकले विधान संशोधन गरेरै महाधिवेशनपछि पनि अध्यक्ष मण्डल राख्ने व्यवस्था गरेको हो । पार्टीको आगामी वैशाख ७ देखि ९ गते हुने महाधिवेशनमा अध्यक्ष मण्डल यथावत् राख्ने विधान पारित गरिने भएको छ ।
राजपाको राजनीतिक समितिको बैठकले अध्यक्ष मण्डललाई विघटन गरी अध्यक्षीय प्रणालीमा जाने प्रस्ताव गरेको थियो । राजपाले निर्वाचन आयोगमा हालै बुझाएको संशोधित विधानमा महाधिवेशनपछि समेत अध्यक्ष मण्डल रहने व्यवस्था गरिएको छ । विधानको उक्त व्यवस्थाप्रति अध्यक्ष मण्डलबाहेक राजपाको राजनीतिक समिति र केन्द्रीय समितिका अधिकांश पदाधिकारी तथा सदस्यको तीव्र असन्तुष्टि रहेको छ ।
पार्टीको राजनीतिक तथा केन्द्रीय समिति बैठकमा उपाध्यक्ष वृशेषचन्द्र लाल, महासचिव केशव झासहितका अधिकांश पदाधिकारी तथा सदस्यहरूले महाधिवेशनमा अध्यक्ष मण्डल विघटन गरी निर्वाचित केन्द्रीय समितिले पार्टी सञ्चालन गर्नुपर्ने अडान राख्दै आएका छन् ।

मुलुकभर चिसो बढयो

काठमाडौं, ११ कात्तिक– काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेको छ । दशैंअघिसम्म मुलुकका अधिकांश भागमा गर्मी महसुस भए पनि दशैंलगत्तै तापक्रम घटेर चिसो हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार काठमाडौंको न्यूनतम तापक्रम ८ र अधिकतम तापक्रम २५.५ डिग्री सेल्सियस छ । आइतबार सबभन्दा कम जुम्लामा न्यूनतम तापक्रम ०.७ र अधिकतम तापक्रम १९.६ डिग्री सेल्सियस तथा सबभन्दा बढी विराटनगरमा न्यूनतम तापक्रम १८ डिग्री र अधिकतम तापक्रम ३२.५ डिग्री सेल्सियस छ । 
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आइतबार ८ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ । तापक्रम घटेकाले उपत्यकामा चिसो महसुस हुन थालेको छ । दिउ“सोको समयमा भने तापक्रम खासै घटेको छैन । वीरेन्द्रनगरको न्यूनतम तापक्रम ९.७  र अधिकम तापक्रम २९ डिग्री, सिमराको न्यूनतम तापक्रम १४ र अधिकतम तापक्रम ३३.५ डिग्री सेल्सियस, दाङको न्यूनतम तापक्रम ११.५ डिग्री र अधिकतम तापक्रम २९.४ डिग्री सेल्सियस मापन गएिको छ । 

पत्रकार दुव्र्यवहारको महासंघद्वारा विरोध

काठमाडौं, ११ कात्तिक– नेपाल पत्रकार महासंघले यातायात व्यवस्था विभागका निर्देशक चन्द्र शाहले समाचार संकलनका क्रममा सगरमाथा टेलिभिजनका संवाददाता शिखा श्रेष्ठ र क्यामेरापर्सन अजय हाकुजुलाई दुव्र्यवहार गर्दै धम्की दिएको घटनाको विरोध गरेको छ ।
महासंघले आइतबार विज्ञप्ति जारी गरी कात्तिक ६ मा समाचार संकलनका लागि एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुगेका सञ्चारकर्मीद्वय श्रेष्ठ र हाकुजुलाई भदौ १ देखि लागू भएको मुलुकी संहिताको हवाला दिंदै सार्वजनिक सेवाको क्षेत्र र त्यहा“बाट दिइने सेवाका विषयमा जानकारी पाउन पूर्वअनुमति लिनुपर्ने भन्दै निर्देशक शाहले दुव्र्यवहार गर्दै उनीहरूलाई धम्क्याएका थिए ।

Sunday, October 28, 2018

चीनले साढे २ अर्ब सहयोग गर्ने

प्रतिरक्षा विश्वविद्यालय स्थापनामा सघाउन आग्रह
काठमाडौं, १० कात्तिक– चिनिया“ सरकारले विपत्ति राहत उपकरण तथा मानवीय सहयोग स्वरूप नेपाललाई १५ करोड युआन (करिब २ अर्ब ६० करोड रुपैया“) सहयोग गर्ने भएको छ । चीन भ्रमणमा रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र उनका चिनिया“ समकक्षी वेइ फेङहेबीच बेइजिङमा शनिबार सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । 
आगामी पा“च वर्षमा चीनबाट उक्त सहायता प्राप्त हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । त्यसअघि दुवै देशका रक्षामन्त्रीले आपसी हित र चासोका विविध विषयमा विचारविमर्श गरेका थिए ।
यसैबीच पोखरेलले नेपालमा सैन्य विश्वविद्यालय स्थापनामा सहयोग गर्न चीन सरकारलाई आग्रह गरेका थिए । चिनिया“ रक्षामन्त्रीले पोखरेलको आग्रहलाई सकारात्मक रूपमा लिदै दुवै देशका सेनाबीचको सहकार्य र साझेदारीमा जोड दिएको दुतावासले उल्लेख गरेको छ ।

कांग्रेस महासमिति बैठक भृकुटीमण्डपमा

काठमाडौं, १० कात्तिक– प्रमुख प्रतिपक्षी कांग्रेसले आगामी मंसिर ५ देखि ९ सम्म हुने पार्टीको महासमिति बैठक राजधानीको भृकृटीमण्डपमा गर्ने निर्णय गरेको छ । कांग्रेसका पदाधिकारी र राजधानी उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका पार्टीका कार्यसमितिहरूको शनिबार बसेको संयुक्त बैठकले महासमिति बैठक बस्ने ठाउ“ तय गरेको हो । बैठकले महासमिति बैठकलाई भव्य रूपमा सम्पन्न गर्न तयारी समितिहरू गठन गरेको कांग्रेस केन्द्रीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा छ ।
बैठकले दसैं, तिहार, छठ र नेपाल संवतको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न कात्तिक १६ गते राजधानीमा गर्ने चियापान कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउने निर्णयसमेत गरेको छ । कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय सानेपामा कात्तिक १६ गते दिउ“सो १ देखि ५ बजेसम्म चियापान कार्यक्रम राखेको छ । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति बिमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खडका, सहमहामन्त्री प्रकाशशरण महत, कोषाध्यक्ष सितादेवी यादव, काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला समितिका सभापतिहरू क्रमशः सबुज बानिया“, मदन अमात्य र दुर्लभ थापालगायत सहभागी थिए ।

Saturday, October 27, 2018

साझाले थप २० बस ल्याउँदै

काठमाडौं, ९ कात्तिक– साझा यातायातले राजधानी उपत्यकामा थप यात्रुलाई सुविधा पु¥याउन २० वटा नया“ बस भित्र्याउने भएको छ । उपत्यकामा विभिन्न सडकमा साझाका बसको माग भएकाले नया“ ल्याउन लागिएको हो । 
साझाले काठमाडौं महानगरको ५ करोड र ललितपुर महानगरको एक करोड रुपैया“ लगानीमा दुई महिनाभित्रै नया“ बस ल्याउन लागेको हो । नया“ बस आधुनिक र सुविधा सम्पन्न हुनेछन् । 
यसपटक पनि साझाले भारतीय कम्पनी अशोक लेल्यान्डकै बस ल्याउनेछ । कुन रुटमा चलाउने भन्ने निर्णय नया“ बस आएपछि यातायात व्यवस्था विभागमा दर्ता भएपछि निर्धारण गरिने साझाले जनाएको छ ।
हाल उपत्यकाका १० वटा सडकमा साझाका ४७ बस चलिरहेका छन् । लामो दूरीमा साझाले काठमाडौंबाट बाग्लुङ र कुस्मासम्म बस चलाइरहेको छ । साझाले केही समयदेखि उपत्यकामा अपांगमैत्री बससमेत सञ्चालन गर्दै आएको छ भने ४ वटा विद्युतीय बससमेत भित्र्याइसकेको छ ।

२७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ९ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विचौलियाहरूसितको मिलेमतोमा बिना भिसा एवं नक्कली श्रम स्वीकृतिलगायतका गलत कागजातका आधारमा गैरकानुनी ढंगले १ सय ८४ नेपाली महिलालाई घरेलु कामदारका रूपमा विदेश पठाएको आरोपमा वैदेशिक रोजगार विभाग र मातहत कार्यालयका ६ शाखा अधिकृतसहित २७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । 
अख्तियारले व्यक्तिगत स्वार्थ र अनुचित लाभका लागि बदनियतसाथ महिलाहरूलाई असुरक्षाको जोखिममा पु¥याई शारीरिक तथा मानसिक यातनालगायत आर्थिक नोक्सानी पुग्ने गरी राज्यको आधिकारिक निकायमा समेत गलत लगत खडा विदेश पठाएकाले उनीहरूविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दा दायर गरिएकामा  वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलका शाखा अधिकृतहरू हरिप्रसाद देवकोटा, दीपककुमार आचार्य, गणेश विक्रम शाह, दिनेशकुमार राई, पवित्रा श्रेष्ठ, रामप्रसाद ओली, नायव सुव्बाहरू अमरराज जोशी, विष्णुहरि निरौला, दिलबहादुर खत्री, हेमराज पाण्डे, कर्णबहादुर नेपाली, केदार घिमिरे, मदन गिरी, खगेन्द्र पोखरेल, लक्ष्मीदेवी भुषाल, नगेन्द्रप्रसाद गौतम, रविन्द्र घिमिरे, रघुनाथ केसी, योगेन्द्र खत्री, केशवराज ढुंगाना र कम्प्युटर अपरेटरहरू अमर महरा, चक्रबहादुर पराजुली, डम्बरबहादुर विश्वकर्मा, धनवीरसिंह भाट र राजकुमार शाही छन् । 

सेनामा १ सय ८० जनालाई ‘कोर्ट मार्सल’

सेनाको भर्नामा भ्रष्टाचार प्रकरण
काठमाडौं, ९ कात्तिक– नेपाल सेनामा अधिकृतदेखि जवान भर्ना छनौट प्रक्रियामा व्यापक आर्थिक अनियमितता र धा“धली भएको पाइएको छ । सैनिक मुख्यालय जंगी अडडाले आन्तरिक छानबिनका क्रममा २०७४ सालमा व्यापक आर्थिक अनियमितताका आधारमा सेकेन्ड लेफिटनेन्टदेखि मुनिका प्राविधिक तथा इन्फेन्ट्री सेवाका विभिन्न तहमा भर्ना छनौट भएको पुष्टि भएपछि उक्त प्रकरण टुुंग्याउने जिम्मा सैनिक अदालतलाई दिएको छ ।
स्रोतका अनुसार भर्ना छनौटका जिम्मेवारी सैनिक अधिकारीदेखि तल्लो तहसम्मले ठूलो रकम लिएर लिखित, मौखिक तथा शारीरिक तन्दुरुस्ती छनौट परिक्षा उत्तीर्ण गराएको निष्कर्ष जंगी अडडाको अन्तरिक छानबिनको छ । सैनिक अदालतले समेत सेनाको आन्तरिक छानबिनको निष्कर्षमा सत्यता रहेको र अनियमितता भएको पुष्टि भएपछि उच्च सैनिक अधिकारीदेखि तल्लो तहमाथि थप अनुसन्धान सुरु गरेको छ । सैनिक अदालतले अधिकृतदेखि तल्लो तहका १ सय ८० जनालाई निलम्बन गरी नियन्त्रणमा लिएर छानबिन सुरु गरेको छ ।

Friday, October 26, 2018

वीपी मार्ग पुनःनिर्माण गर्न जापानको १ अर्ब ८ करोड

काठमाडौं, ८ कात्तिक– जापानले बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई १ अर्ब आठ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । सहयोग सम्बन्धी सम्झौता पत्रमा बिहीबार अर्थ मन्त्रालयमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा अर्थमन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानी राजदूत मिसामिची साइगोले हस्ताक्षर गरेका छन् ।
१६० किलोमिटर लामो बीपी राजमार्गमा २०७२ को गोर्खा भूकम्पले क्षति पुगेको छ । काभ्रेको धुलिखेलबाट महोत्तरीको बर्दिबास जोड्ने उक्त राजमार्ग जापान सरकारले नै बनाइदिएको थियो । कार्यक्रममा राजदूत मिसामिचीले जापानले नेपाललाई उपलब्ध गराएको यो रकम हालसम्मकै सबभन्दा ठूलोमध्येको एक अनुदान सहायता भएको जानकारी दिनुका साथै र यसलाई पूरा गर्न २० वर्ष लागेको बताए ।

बागमतीमा मोटरसाइकल दर्ता खुल्यो

अब मोटरसाइकल दर्ता प्रदेशअनुसार हुने
काठमाडौं, ८ कात्तिक– सरकारले अब मोटरसाइकल दर्ता प्रदेश अनुसार गर्ने भएको छ । मन्त्रिपरिषदले सवारी साधन दर्तासम्बन्धी निर्देशिका संशोधन गरी प्रदेशअनुसार दर्ता गर्ने व्यवस्था गरेको हो ।
संशोधित नियमावली एक÷दुई दिनमै राजत्रमा प्रकाशित हुने र त्यसपछि अञ्चलको सट्टा प्रदेशका आधारमा सवारी साधन दर्ता सुरु गर्न थालिने जानकारी यातायात व्यवस्था विभाग स्रोतले दिएको छ । 
सरकारले नियमावली संशोधन गरी बागमती अञ्चल यातायात कार्यालयमा रोकिएको दर्तासमेत खोलेको छ । यसअघि नियमावलीमा दुई डिजिट नम्बरको गाडीमात्र दर्ता गर्ने व्यवस्था रहेको र बागमतीमा मोटरसाइकलको ९९ लटसमेत सकिएपछि असोज १६ देखि नया“ दर्ता अवरुद्ध भएको थियो । बाग्मतीमा १० लाख मोटरसाइकल पुगेपछि नया“ दर्ता गर्न समस्या उत्पन्न भएको थियो । 
नियमावलीले अब तीन डिजिटमा समेत नया“ सवारी साधन दर्ता हुने व्यवस्था गरेको छ । अब बागमतीमा १०० लटका मोटरसाइकल दर्ता सुरु हुनेछ । यातायात विभागमातहतका अञ्चल कार्यालयहरूले सवारी साधन दर्ता गरे पनि अब प्रदेशअनुसारको नम्बर दिइने जानकारीसमेत विभाग स्रोतले दिएको छ ।

प्रधानाध्यापकसहित ७ जनाविरुद्ध मुद्दा

काठमाडौं, ८ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नागार्जुन नगरपालिका–१ रानिवनस्थित बालविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक मैयादेवी मल्लसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मल्लसहित ७ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर दायर गरिएको जनाएको छ ।
मल्लले २०७४ भदौदेखि माघ महिनासम्म छ महिना बिदा स्वीकृत नगराई क्यानडामा बसेको र नेपाल फर्केपछि उक्त अवधिको सम्पूर्ण हाजिर गैरकानुनी रूपमा एकैपटक एक लाख ६२ हजार तलबभत्ता, दशैखर्च, सञ्चयकोष थप रकम, बीमा थप रकम र प्रधानाध्यापक भत्तासमेत बुझेको अभियोगपत्रमा उल्लेख छ । 
क्षेत्राधिकारभन्दा बाहिर कानूनविपरीत तलबी बिदा स्वीकृत गरी मल्ललाई कसुर गर्न सहयोग गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण लामा, सदस्य नानीमैया लामा, विना श्रेष्ठ, लवेन्द्रबहादुर शाही, मनोज लामा, शिक्षक प्रतिनिधि जीतेन्द्र लामा र लेखापाल विपल लामाविरुद्ध समेत मुद्दा दर्ता गरिएको छ । 

दुई सचिवको जिम्मेवारी खोसियो

सहरी विकासमा सिंह र स्वास्थ्यमा प्याकुरेल 
काठमाडौंं, ७ कात्तिक– सरकारले संघीय समाजवादी फोरमका दुई मन्त्रीले सम्हालेका दुवै मन्त्रालयका सचिवलाई बुधबार दायित्वविमुख गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानेको छ ।
प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा स्वास्थ्य मन्त्रालयकी सचिव डा.पुष्पा चौधरी र सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई जिम्मेवारीमुक्त गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारिएको जानकारी स्रोतले दिएका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शर्मा र चौधरीलाई कुनै जिम्मेवारी दिइएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रशासनिक तथा इन्जिनियरिङ क्लस्टरका सचिवको दरबन्दी भए पनि स्वास्थ्य सचिवको भने छैन ।
स्वास्थ्यमन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री इस्तियाक राईको दबाबमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको निर्णयबिना नै कारबाहीको शैलीमा दुवै सचिवलाई मन्त्रिपरिषद कार्यालयमा तानेका हुन् । कानुनतः मन्त्रिपरिषदको निर्णयबिना सचिवहरूको सरुवा गर्न मिल्दैन । प्रधानमन्त्रीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई मन्त्रिपरिषदको पछिल्लो निर्णयको माइन्युटमा राखेर उनीहरूको सरुवा मिलाउने जानकारी स्रोतले दिएका छन्।

नेकपाको चियापानमा ५० हजारलाई निम्तो

काठमाडौं, ७ कात्तिक– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको (नेकपा) ले आगामी शनिबार हुने पार्टीको चियापान कार्यक्रममा करीब ५० हजार जना सहभागी हुने जनाएको छ । एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि पहिलोपटक दसैंं, तिहार नेपाल संवत र छठका अवसरमा संंघीय राजधानीको भृकुटीमण्डपस्थित बगैंचामा आयोजना गर्न लागिएकोे चियापान कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रममा ५० हजारलाई निम्ता दिइसकिएको नेकपाले जनाएको छ ।
नेकपाले चियापान कार्यक्रमको तयारी पूरा भइसकेकोसमेत जनाएको छ । चियापान कार्यक्रम शनिबार दिउ“सो १२ बजेदेखि अपराह्न ५ बजेसम्म चल्ने छ ।  पार्टीका अनुसार दिउ“सो १२ देखि ३ बजेसम्म पार्टीका कार्यकर्ता र सर्वसाधारण तथा अपराह्न ३ बजेदेखि ५ बजेसम्म विशिष्ट अतिथिका लागि समय छुट्ट्याइएको छ । 

Wednesday, October 24, 2018

विश्वका १० उत्कृष्ट घुम्नलायक सहरमा काठमाडौं

काठमाडौं, ६ कात्तिक— संसारकै सबभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट अमेरिकी कम्पनी ’लोन्ली प्लानेट’ ले सन् २०१९ का लागि सुझाएका घुम्नैपर्ने विश्वका उत्कृष्ट १० गन्तव्यको सूचीमा काठमाडौं पा“चौं स्थानमा परेको छ । 
लोन्ली प्लानेटले तयार पारेको विश्वका घुम्नलायक उत्कृष्ट १० सहरको सूचीमा काठमाडौं पाचौं नम्बरमा परेको हो । अमेरिकी ट्राभल गाइडबुक तथा ट्राभल वेबसाइट लोन्ली प्लानेटले हरेक वर्ष घुम्नलायक उत्कृष्ट गन्तव्यहरुको सूची प्रकाशन गर्ने गर्छ ।
१० उत्कृष्ट सहरको सूचीमा पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन, दोस्रोमा चीनको सेनचेन, तेस्रोमा सर्भियाको नोभिसाद, चौथोमा अमेरिकाको मियामी, पा“चौंमा काठमाडौं, छैटौंमा मेक्सिको सिटी, सातौंमा सेनेगलको डकार, आठौंमा अमेरिकाकै सियाटल, नवौंमा क्रोयसियाको जदर र दशौंमा मोरक्कोको मेकनेस सहर परेका छन् ।
ती सबै सहर घुमेका आफ्ना लेखक, ट्राभल विज्ञ र लाखौं पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर सूची तयार पारेर सार्वजनिक गरिएको लोन्ली प्लानेटले अनलाइन संस्करणमा उल्लेख गरेको छ । 

कांग्रेस चियापानको मिति सर्यो

काठमाडौं, ६ कात्तिक– प्रमुख प्रतिपक्षी कांग्रेसले दसैं, शुभ दिपावली, नेपाल संवत् ११३९, छठलगायत पर्वको उपलक्ष्यमा आयोजना गर्ने चियापान कार्यक्रमको मिति पछि सारेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले मंगलबार विज्ञप्ति जारी गरी पार्टीले कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन राजधानी र सबै जिल्ला सदरमुकाममा आयोजना गर्ने भनिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबारका लागि सारिएको जनाएको छ ।
विज्ञप्तिमा कांग्र्रेस नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बा“स्तोलाको असोज २७ मा निधन भएका कारण चियापानको कार्यक्रमको मिति परिवर्तन गरिएको उल्लेख छ । 

दुई महिनाभित्रै ५ लाखलाई स्मार्ट लाइसेन्स

काठमाडौं, ६ कात्तिक– यातायात व्यवस्था विभागले लामो समयदेखि प्रतिक्षा सूचीमा रहेका ५ लाखभन्दा बढी सेवाग्राहीलाई अबको दुई महिनाभित्रै स्मार्ट लाइसेन्स प्रदान गर्ने भएको छ । विभागका अनुसार ट्रायल परीक्षा उत्तीर्ण गरी एक वर्षदेखि प्रतीक्षा सूचीमा रहेका सेवाग्राहीको संख्या ५ लाखभन्दा बढी पुगिसकेको छ ।
विभागले स्मार्ट लाइसेन्स छिटो उपलब्ध गराउने उद्देश्यले निजी कम्पनी मालिका इन्कर्पोरेट लिमिटेडलाई छाप्ने जिम्मेवारी दिएको छ । उक्त कम्पनीसित ४५ दिनमा ५ देखि ६ लाख स्मार्ट कार्ड लाइसेन्स छापिसक्ने सम्झौता भएको विभागले जनाएको छ । कम्पनीले विभागको मिनभवनस्थित कार्यालयमै कार्ड छाप्ने छ । 
कम्पनीले एउटा स्मार्ट कार्ड छापेबापत १५ रुपैया“का दरले शुल्क पाउने सम्झौतामा उल्लेख छ । कार्ड छाप्ने विशेष खालको कागज, विद्युतलगायत भौतिक सामग्री भने विभागले नै कम्पनीलाई उपलब्ध गराउनेछ । 

पत्रकार मारिएको विरोधमा साउदी दुतावासमा ज्ञापन

काठमाडौं, ६ कात्तिक– नेपाल पत्रकार महासंघले साउदी पत्रकार, लेखक तथा अल वतन दैनिकका पूर्वप्रधानसम्पादक जमाल खासोग्जीको हत्याको विरोधमा संघीय राजधानी काठमाडौंस्थित साउदी अरेबियाको दूतावासमा ज्ञापनपत्र बुझाएको छ ।
अक्टोबर २ तारिखमा टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा प्रवेश गरेदेखि बेपत्ता भएका पत्रकार खासोग्जीको महावाणिज्य दूतावासभित्रै हातपातका क्रममा मृत्यु भएको साउदी सरकारले करिब दुई सातापछिमात्रै स्वीकार गरेको छ ।

Monday, October 22, 2018

एसपी बिष्ट र इन्स्पेक्टर बिष्टलाई बर्खास्त गर्ने प्रक्रिया सुरु

काठमाडौं, ४ कात्तिक– गृह मन्त्रालयले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटना छानबिनमा गम्भीर लापरबाहीको आरोप लागेका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टको बर्खास्तको प्रक्रिया अघि बढाएको छ । प्रहरी प्रधान कार्यालयको सिफारिस र छानबिन समितिको सुझावका आधारमा गृहले आइतबार दुवैलाई २४ घन्टे स्पष्टीकरण सोधेको स्रोतले जनायो । गृहसचिव प्रेम राईले सोधेको स्पष्टीकरणपत्रमा निर्मला प्रकरण छानबिनमा गम्भीर लापरबाही र हेलचेक्र्याइ“ गरेकामा सेवाबाट किन बर्खास्त नगर्ने भन्ने उल्लेख छ । 
यसअघि प्रहरी प्रधान कार्यालयले दुवैलाई बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस गरेको थियो । गृहका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित छानबिन समितिले निर्मला हत्या प्रकरण अनुसन्धानमा प्रहरीले गम्भीर लापरबाही र हेलचेक्र्याइ“ गरेको निष्कर्ष निकाल्दै विष्टसहितका अधिकारीलाई हदैसम्म विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मैनाली समितिको सुझावबमोजिम विष्ट र भट्टलाई सेवाबाट निष्कासन गर्न सिफारिस गरी गृह मन्त्रालयमा पत्र पठाएको प्रधान कार्यालयले जनायो । 

Monday, October 15, 2018

विजयादशमीमा सेनाले ८ रुटमा बस सेवा चलाउने

काठमाडौं, २८ असोज– नेपाली सेनाले राजधानी उपत्यकामा सर्वसाधारणका लागि दशैंको टीकाका दिन निःशुल्क बस सञ्चालन गर्ने भएको छ । विजयादशमीका दिन राजधानीमा यातायातका साधन कम चल्ने भएकाले सर्वसाधारणलाई सहज रूपमा आउजाउका लागि सुविधा दिन
उपत्यकाका आठवटा रुटमा बिहान ७ देखि अपराह्न ३ बजेसम्म ३० सिटे ८ वटा बस सञ्चालन गरिने जंगी अडडाले जनाएको छ । सेनाले भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क,  भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर, भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली र भद्रकाली, माइतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकालीमा चारवटा बस चलाउनेछ ।
यसैगरी सेनाले थप चार रुट भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउ“, सातदोबाटो, तिनकुने, बानेश्वर, सहिदगेट, भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, सा“खु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली, भद्रकाली, माईतीघर, नया“ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामंगल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माइतीघर र भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुनेमा बस सेवा सञ्चालन गर्नेछ ।

घुससहित उपसचिव र इन्स्पेक्टर पक्राउ

काठमाडौं, २८ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उपसचिव र इन्स्पेक्टरसहित तीन जनालाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारको टोलीले काठमाडौं जिल्लाको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) कृष्णप्रसाद सुवेदीलाई उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीस“ग लिएको १ लाख रुपैया“ घुससहित पक्राउ गरेको हो ।
अख्तियारद्वारा जारी विज्ञप्तिका अनुसार उनलाई हिरासतमा राखी अनुसन्धान भइरहेको छ । 
अख्तियारको सुर्खेत कार्यालयको टोलीले इलाका प्रहरी कार्यालय, बाबियाचौर, सुर्खेतका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछानेलाई सुनचा“दी पसल चोरी भएका पीडितस“ग चोर पक्राउबापत सेवाग्राहीस“ग लिएको १५ हजार घुससहित पक्राउ गरेको हो । अख्तियारले उनीहरू दुवै जनालाई हिरासतमा राखी अनुसन्धान भइरहेको जनाएको छ ।

Sunday, October 14, 2018

काष्ठमण्डप पुनःनिर्माण गर्न थप ५ करोड निकासा

काठमाडौं, २७ असोज– काठमाडौं महानगरपालिकाले भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माण गर्न जनस्तरमा गठित समितिलाई ५ करोड रुपैया“ थप रकम निकासा गरेको छ । हनुमान ढोका दरबार संरक्षण कार्यक्रमद्वारा शनिबार आयोजित कार्यक्रममा महानगर प्रमुख मेयर बिद्यासुन्दर शाक्यले समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोडको चेक हस्तान्तरण गरे ।
सरकारी तथा नागरिक संघसंस्थाको सहभागितामा काष्ठमण्डपलाई मौलिक स्वरूपमा छिटो र दिगो रूपमा पुनःनिर्माण गर्न प्रदेशसभा सदस्य शाक्यको नेतृत्वमा गठित जनस्तरीय समिति र काठमाडौं महानगरबीच सहमति भएपछि गत जेठ २९ मा काम थालनी गर्न ५० लाख रुपैया“ उपलब्ध गराइएको थियो । उक्त रकमबाट काठ किन्नेलगायतका काम भइसकेकाले महानगरले थप बजेट निकासा गरेको हो ।

नेकपाको बैठक पुनः सर्यो

काठमाडौं, २७ असोज– सत्तारूढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पुनः सरेको छ ।  शनिबारका लागि बोलाइएको नेकपाको सचिवालय बैठक कात्तिक ४ र ५ का लागि सारिएको छ । नेकपा सचिवालयको बैठक लगातार दोस्रोपटक सरेको हो । 
शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको जानकारी पार्टी स्रोतले दिएको । अर्को बैठकको समय र स्थान तोकिएको छैन । गत बुधबारका लागि डाकिएको सचिवालय बैठकसमेत सारिएको थियो ।  बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद तथा सरकारको समिक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । 

Saturday, October 13, 2018

७० प्रतिशत महिला हिंसाको कारण मदिरा सेवन : गृहमन्त्री

काठमाडौं, २६ असोज– गृहमन्त्री रामबहादुर थापाले महिला र बालबालिकामाथि हुने ७० प्रतिशतभन्दा बढी जघन्य अपराधको कारण मदिरा सेवन रहेको बताएका छन् । गृह मन्त्रालयद्वारा शुक्रबार आयोजित महिला हिंसासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा थापाले जघन्य अपराधका घटना कम गर्न मदिरा सेवनलाई नियन्त्रण गर्न सरकार लागिपरेको बताए । सरकारले कसरी मदिरा नियन्त्रण गर्दैछ भन्ने चाहि“ उनले उल्लेख गरेनन् ।
उनले महिला, बालबालिकामाथि भइरहेका हत्या, बलात्कार, हिंसालगायतका जघन्य अपराधका घटना गृह मन्त्रालय एक्लैले नियन्त्रण गर्न नसक्ने भएकाले सरकार र जनता दुवैले सहकार्य गरेर अघि बढनुपर्ने बताए ।
गृहमन्त्री थापाले मुलुकलाई बिखण्डन गर्न खोज्ने तत्वलाई सरकारले कडा निगरानीमा राखिरहेको दाबी गरे । उनले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी तत्वले अझै पनि द्वन्द्व निम्त्याउन खोजिरहेको जिकिर गर्दै त्यसलाई निष्तेज पारेर जनतालाई सुखी बनाउने गरी सरकारले समृद्धिको अभियान अघि बढाएको उल्लेख गरे । उनले समृद्धिको बाधकका रूपमा रहेका सबै खाले तत्वलाई परास्त गर्न सरकार दृढतापूर्वक लागिरहेको दाबीसमेत गरे ।

Friday, October 12, 2018

उपसचिव ४० हजार घुससहित पक्राउ

काठमाडौं, २५ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख (उपसचिव) लालबाबु साहलाई बिहीबार घुस रकमसहित पक्राउ गरेको छ ।
अख्तियारद्वारा जारी विज्ञप्तिका अनुसार साहले भवन निर्माणका लागि निकासा भएको रकम विद्यालय खातामा हस्तान्तरण गर्ने प्रयोजनका लागि सेवाग्राहीस“ग ४० हजार रुपैया“ घुस लिएका थिए ।
आयोगको कार्यालय हेटौंडाबाट गएको टोलीले साहलाई वीरगन्ज महानगरपालिका–१४ स्थित सरकारी निवासबाट बिहीबार नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

डीएनए र सबुत सुरक्षित राख्न आयोगको निर्देशन

काठमाडौं, २५ असोज– राष्ट्रिय मानव अधिकार आयोगले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको भेजाइनल (यौनिक) स्वाब र त्यसबाट निकालिएको डीएनए नमुना यथास्थितिमा राख्न बिहीबार नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।
आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीसहितका पदाधिकारीले बिहीबार फरेन्सिक विज्ञ डा. हरिहर बस्ती र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डीएनए विज्ञ डा. दिनेश झास“ग छलफल गरेपछि नेपाल प्रहरीलाई त्यस्तो निर्देशन दिइएको हो ।
आयोगद्वारा जारी विज्ञप्तिका अनुसार केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा निर्मलास“ग सम्बन्धित सबुत र नमुना जे जस्तो अवस्थामा छन्, सुरक्षित राख्न प्रहरीलाई निर्देशन दिइएको छ । आयोगका पदाधिकारीले सबुत–प्रमाणको चिकत्सकीय र वैज्ञानिक जा“चमा संलग्न अधिकारी र विज्ञस“ग छलफल गरेका थिए । आयोगले सबुत प्रमाणको परिक्षणका विषयमा विज्ञस“ग रायसुझाव समेत लिएको थियो ।

कम पारिश्रमिक वृद्धि गरेकामा महासंघको आपत्ति

काठमाडौं, २५ असोज– नेपाल पत्रकार महासंघले सञ्चारकर्मीहरूको बेसिक तलब ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति’ को सिफारिसभन्दा कम वृद्धि गरिएकामा सरकारको विरोध गरेको छ । समितिले श्रमजीवी पत्रकारहरूको ५० प्रतिशत पारिश्रमिक वृद्धि गर्न गरेको सिफारिसलाई लत्याई सरकारले २५ प्रतिशतमात्र बढाएकामा महासंघले आपत्ति जनाएको हो ।
‘महासंघ, श्रमजीवी पत्रकार, मिडिया सञ्चालक र सरकारी पक्षसमेत रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २९ हजार ५ सय बनाउन गरेको सिफारिसलाई लत्याउ“दै २४ हजार ५ सय रुपैया“मात्र बनाउने सरकारको निर्णयप्रति महासंघ दुःख प्रकट गर्छ’ महासंघका तर्फबाट महासचिव रमेश बिष्टद्वारा बिहीबार जारी विज्ञप्तिमा छ । 
महासंघले समितिको सिफारिसअनुसार न्यूनतम पारिश्रमिक पुनरावलोकन गरी २९ हजार ५ सय रुपैया“ नै कायम गर्न सरकारसित माग गरेको छ । 

Thursday, October 11, 2018

आयोगद्वारा अपराध अनुसन्धान विज्ञसँग छलफल

काठमाडौं, २४ असोज– राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाका सम्बन्धमा बुधबार अपराध अनुसन्धान विज्ञहरूसँग छलफल गरेको छ । 
आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीसहितका पदाधिकारीले नेपाल प्रहरीका पूर्व एआईजीद्वय राजेन्द्रबहादुर सिंह र विज्ञानराज शर्मा, पूर्वडीआईजीद्वय रमेश खरेल र बमबहादुर भण्डारी, पूर्वनायव महान्यायाधिवक्ताहरू नरेन्दप्रसाद पाठक, सूर्यप्रसाद कोइराला र ठोकप्रसाद शिवाकोटीलाई आयोगमा बोलाएर छलफल गरेको हो ।
आयोगका पदाधिकारीले पन्तको हत्यामा संलग्न दोषी पत्ता लगाउन नेपाल प्रहरीबाट गरिएको प्रारम्भिक अनुसन्धान, सरकारी टोलीबाट गरिएको छानबिन तथा अनुसन्धान सिलसिलेवार प्रक्रियाबाट भए/नभएकोबारेमा जिज्ञासा राखेका थिए । 

घुससहित तीन सरकारी अधिकारी पक्राउ

काठमाडौं, २४ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिवसहित तीन सरकारी कर्मचारीलाई बुधबार घुस रकमसहित पक्राउ गरेको छ ।  अख्तियारले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता (उपसचिव) सुरेन्द्रबहादुर थापालाई ५ लाख रुपैया“ घुससहित पक्राउ गरेको हो ।
सेवाग्राहीलाई ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभनमा पारी थापाले घुस रकम लिइरहेको अवस्थामा आयोगको टोलीले कार्यकक्षबाटै पक्राउ गरेको अख्तियारले जनाएको छ ।
अख्तियारका प्रवक्ता सहसचिव रामेश्वर दंगालद्वारा बुधबार जारी विज्ञप्तिका अनुसार आयोगको टोलीले बुधबार नै मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मालाई ५० हजार रुपैया“ घुस रकमसहित पक्राउ गरेको छ । विज्ञप्तिका अनुसार धितो बन्धक राख्ने क्रममा पौडेल र शर्माले सेवाग्राहीसित घुस लिएका थिए ।

सर्वोच्चका न्यायाधीश शर्माको निधन

काठमाडौं, २४ असोज– सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रेम शर्माको बुधबार निधन भएको छ । मृगौला रोगबाट पीडित शर्माको ७१ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा निधन भएको हो । 
उनी ०६५ माघदेखि ०६८ चैतसम्म सर्वोच्चका न्यायाधीश थिए । उनले सर्वोच्चमा रह“दा ऐतिहासिक फैसलासमेत गरेका थिए । 
 शर्माले कांग्रेसका तत्कालीन सभापती तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अपहेलना मुद्दामा फैसला गरेका थिए । कोइरालाले लाउडा जहाज भाडा प्रकरणमा अदालत नारायहिटीमा सार्दा हुन्छ भन्ने अभिव्यक्ति दिएका थिए । शर्माले कोइरालाको अभिव्यक्तिले अदालतको अवहेना ठहर नहुने फैसला सुनाएका थिए । 
कुनै पनि अभिव्यक्तिले अदालतको अवहेला नहुने उनको ठहर थियो ।  २०६६ जेठ २८ गरेको उक्त फैसलामा उनले अदालतको अवहेलना कुनै यान्त्रिक सूत्रमा आबद्ध गरी मूल्यांकन गर्न नसकिने भन्दै कोइरालाविरुद्ध परेको निवेदन खारेज गरिदिएका थिए ।

Wednesday, October 10, 2018

नेकपाको चियापान कात्तिक १० मा

काठमाडौं, २३ असोज– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यस वर्षको दशैं, नेपाल संवत, दीपावली, छठलगायतका चाडपर्वको अवसरमा आगामी कात्तिक १० गते शनिबार संघीय राजधानीको भृकुटीमण्डपमा चियापान गर्ने भएको छ । 
गत जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको एकीकृत नेकपाले पहिलोपटक चियापान गर्न लागेको हो । नेकपाले पहिलो चियापानलाई राष्ट्रिय महत्वको ऐतिहासिक कार्यक्रमका रूपमा गर्ने तयारी गरेको छ ।
नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा मंगलबार बसेको बैठकले चियापानको व्यवस्थापन र तयारीमा लाग्न पार्टीको प्रदेश नं ३ कमिटी, उपत्यकास्थित कमिटी र जनसंगठनहरूलाई परिचालन गर्ने निर्णय गरेको छ । यसअघि तत्कालीन एमाले र माओवादी केन्द्रले अलग अलग रूपमा चियापान आयोजना गर्दै आएका थिए । 

ट्रायल फेललाई लाइसेन्स दिने उपसचिवसहित १० जनाविरुद्ध मुद्दा

काठमाडौं, २३ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रायल फेल भएका २ सय ४ जनालाई सवारी लाइसेन्स (चालक अनुमतिपत्र) दिएको आरोपमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका प्रमुख (उपसचिव) तेजनारायण यादवसहित १० जनाविरुद्ध मंगलबार मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा उपसचिवका अतिरिक्त ६ अधिकृतसमेत छन् ।
अख्तियारले एकान्तकुना कार्यालयका आखा अधिकृतहरू ईश्वरराज रेग्मी, भूपराज दाहाल, शिवप्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी, मेकानिकल इन्जिनियर श्याम केसी, नायव सुब्बा लेखनाथ भुसाल, ठूलो भ¥याङ कार्यालयका शाखा अधिकृत शालिग्राम पौडेल, कम्प्युटर अपरेटर विज्ञान खडकी यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर लक्ष्मण तिवारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ अनुसार हदैसम्मको जरिवाना र कैद सजाय गर्न अभियोगपत्रमा मागदाबी गरेको छ । अनुसन्धानका क्रममा ती कर्मचारीले ट्रायल फेल भएकालाई लाइसेन्स दिएको खुलासा भएपछि उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सहसचिव रामेश्वर दंगालले जनाएका छन् ।

विचाराधीन मुद्दामा समाचार लेखेकामा प्रधानन्यायाधीशको आपत्ति

काठमाडौं, २३ असोज– प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले न्यायालयमा विचाराधीन मुद्दामा समाचार प्रकाशन तथा प्रसारण गरिरहेकामा सञ्चार माध्यमप्रति आपत्ति जनाएका छन् ।
संवैधानिक तथा कानुन पत्रकार मञ्चद्वारा मंगलबार बडादशैं, तिहार तथा छठका अवसरमा आयोजित चियापानमा बोल्दै विचाराधीन मुद्दामा सञ्चार माध्यमले समाचार लेख्नाले न्याय सम्पादन र न्यायालयको निष्पक्षतामाथि नकारात्मक असर पर्ने गरेको दाबी गरे ।
‘आगामी दिनमा अदालतमा विचाराधीन मुद्दामा समाचार नलेख्न आग्रह गर्छु’ उनले भने । आमजनतालाई न्यायको अनुभूति दिलाउन न्यायालयले काम गरिरहेको उल्लेख गर्दै उनले आफूले प्रेसलाई सम्मान गर्ने र न्यायालय सञ्चारकर्मीका लागि सधैं खुला रहने बताए । 

Tuesday, October 9, 2018

तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई निर्देशन

काठमाडौं, २२ असोज– गृहमन्त्री रामबहादुर थापाले सीमा क्षेत्रमा हुने तस्करी र अपराधका घटना नियन्त्रण गर्न सशस्त्र प्रहरी बललाई थप सक्रिय भएर काम गर्न निर्देशन दिएका छन् । थापाले सोमबार सशस्त्र प्रहरी बलका महानिरीक्षक, अतिरिक्त प्रहरी महानिरीक्षक र सातै प्रदेशका नायब महानिरीक्षकलाई आफ्नो कार्यकक्षमा बोलाएर चाडपर्व नजिकिएस“गै तस्करी बढन थालेको उल्लेख गर्दै त्यस्तो निर्देशन दिएका ह्न ।
उनले सीमा तस्करी र अपराधका घटनाको नियन्त्रणमा तीन महीनाभित्र परिणाम देखिने गरी कार्य गर्न निर्देशन दिएको जानकारी गृह मन्त्रालयका अधिकारीले दिएका छन् । ती अधिकारीका अनुसार उनले चाडपर्व नजिकिएस“गै सीमाबाट हुने तस्करी बढ्ने भएकाले त्यसमा विशेष ध्यान दिन सशस्त्र प्रहरी बलको नेतृत्वलाई आग्रह गरे । 

पन्त प्रकरणमा थप दुई प्रहरी निलम्बित

काठमाडौं, २२ असोज– कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानमा खटिएका थप दुई प्रहरी निलम्बनमा परेका छन् । गृह मन्त्रालयले छानबिन प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्ट नेपाल प्रहरीले घटना भएको दिन पन्तको शवको लुगा पखाल्ने प्रहरी जवान चा“दनी साउद र स“गै खटिएका असई हरसिंह धामीलाई सोमबार निलम्बन गरेको हो ।
गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले आफ्नो प्रतिवेदनमा अनुसन्धानका क्रममा प्रमाण मेटाउने काम गरेको उल्लेख गर्दै धामी र साउदलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । समितिको सिफारिसअनुसार गृह मन्त्रालयले यसअघि नै छ प्रहरी अधिकारीलाई निलम्बन गरिसकेको छ । निलम्बनमा परेकामा एसपी डिल्ली विष्ट, डीएसपीद्वय ज्ञानबहादुर सेटी र अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खडा, प्रहरी सहायक निरीक्षक रमासिंह धामी छन् ।

अख्तियारद्वारा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २२ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनवटा छुट्टाछुट्टै अनियमितताका घटनामा ४ जनाविरुद्ध सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । घुस रकमसहित पक्राउ परेका चार जनाविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार जरिवाना र जेल सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दा दायर गरिएकामा इलाका प्रहरी कार्यालय रामगोपालपुर, महोत्तरीका प्रहरी नायव निरीक्षक रामबाबुप्रसाद यादव, महानगरीय प्रहरी प्रभाग, का“डाघारीका प्रहरी सहायक निरीक्षक गोपालप्रसाद श्रेष्ठ, प्रहरी जवान मुकेशप्रसाद पटेल र नापी कार्यालय, हरिवन, सर्लाहीका अमिन किसुनदेव मण्डल छन् । मुद्दा दायर भएस“गै चारै जना निलम्बित भएका छन् ।
अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले सोमबार विज्ञप्ति जारी गरी चारै जनालाई घुस रकमलाई बिगो मानी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिम जरिवाना र कैद सजाय गर्न अभियोगपत्रमा मागदाबी गरिएको जनाएका छन् ।

Monday, October 8, 2018

एसपी बिष्ट र बम दिदीबहिनीमाथि पुनः छानबिन गर्न आयोगको निर्देशन

काठमाडौं, २१ असोज– राष्ट्रिय मानवअधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीमाथि पुनः छानबिन गर्न आइतबार सरकारलाई निर्देशन दिएको छ ।
कञ्चनपुर पुगेर घटनाको स्थलतगत अध्ययन गरेको मानव अधिकार आयोगको टोलीले तयार पारेको प्रतिवेदनका आधारमा आयोगले सरकारलाई विष्ट र बम दिदीबहिनीमाथि पुनः छानबिन गर्नुपर्नेलगायतका ८ बु“दे निर्देशन दिएको हो । प्रतिवेदनमा निर्मलाकी आमाले हारगुहार गर्दासमेत प्रहरीले खोजीमा तत्परता नदेखाएको तथा शव भेटिएपछि पनि प्रमाणको संरक्षण गर्नुको साटो नष्ट गरेको पाइएको आयोगले उल्लेख गरेको छ ।
‘तत्कालीन जिल्ला प्रहरी प्रमुख बिष्ट घटनास्थलमा आफैं उपस्थित भई आवश्यक सूचना प्रवाह तथा समन्वय गरेको नपाइएकाले उनीमाथि थप अनुसन्धान गर्नुपर्ने देखिएको’ आयोगले सरकारलाई दिएको निर्देशनमा उल्लेख छ । आयोगले रोशनी र बबिता बमलाई समेत शंकाको घेरामा राखी पुनः अनुसन्धान अघि बढाउनसमेत सरकारलाई निर्देश गरेको छ । 

पत्रकारको पारिश्रमिकमा २५ प्रतिशत वृद्धि

काठमाडौं, २१ असोज– सरकारले श्रमजीवी पत्रकारहरूको न्युनतम पारिश्रमिकमा २५ प्रतिशतले वृद्धि गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले पत्रकारको न्यूनतम पारिश्रमिक १९ हजार ५ सयबाट २५ वृद्धि गरी २४ हजार २ सय ६२.५ रुपैया“ पु¥याएको हो ।
मन्त्रिपरिषदले न्यूनतम पारिश्रमिक सिफारिस समितिको सुझावअनुसार निजी तथा सरकारी सबै सञ्चार संस्थामा काम गर्ने सम्पूर्ण पत्रकार÷कर्मचारीका लागि २५ प्रतिशतका दरले पारिश्रमिक वृद्धि गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बा“स्कोटाले दिए । 
निजी तथा सरकारी सञ्चार संस्थाका पत्रकार÷कर्मचारीका लागि वृद्धि भएको पारिश्रमिक आगामी कात्तिक १ देखि लागू हुने जानकारी बा“स्कोटाले दिए ।

विश्व बैंक र जापानले साढे १२ अर्ब सहयोग गर्ने

काठमाडौं, २१ असोज– विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था र जापान सरकारले नेपाललाई १२ अर्ब ६७ करोड रुपैया“ ऋण तथा अनुदान सहयोग गर्ने भएका छन् । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाले मुलुकको ऊर्जा क्षेत्रमा लगानी वृद्धिका लागि ११ अर्ब ६३ करोड रुपैया“ सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ ।
जापानले बनेपा–सिन्धुली बर्दिबास सडक स्तरोन्नतिका लागि एक अर्ब ४ करोड रुपैया“ अनुदान सहयोग गर्ने भएको छ । उक्त सडक जापानी अनुदान सहयोगमा निर्माण भएको हो । उक्त सडकको मर्मतसम्भार र स्तरोन्नतिका लागि जापानले थप सहयोग गर्न लागेको जानकारी अर्थमन्त्रालयले दिएको छ । 

उखु कृषकलाई राहत दिन कार्यदल

काठमाडौं, २१ असोज– सरकारले उखु उत्पादक कृषकहरूलाई राहत दिन राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले उखु उत्पादक कृषक, चिनी उद्योग र उपभोक्ता संरक्षणलाई ध्यानमा राखी सात सदस्यीय कार्यदल गठन गरेको हो । 
राष्ट्रिय योजना आयोगका कृषि क्षेत्र हेर्ने सदस्य गुरुङको संयोजकत्वमा गठित कार्यदलमा उखु उत्पादक संघ, चिनी उत्पादक संघ, उपभोक्ता हित संरक्षणसम्बन्धी संस्था तथा उद्योग, अर्थ र कृषि मन्त्रालयका सहसचिव सदस्य छन् । कृषकलाई लामो समयदेखि वक्यौता रहेको उखुको मूल्य उपलब्ध गराई उपभोक्तालाई समेत राहत उपलब्ध गराउन कार्यदल गठन गरिएको जानकारी प्रधानमन्त्री कार्यालयले दिएको छ ।

भट्टराईको कोषको अध्यक्ष नियुक्त

काठमाडौं, २१ असोज– सरकारले नागरिक लगानी कोषको अध्यक्षमा पुराना कम्युनिस्ट नेता रामचन्द्र भट्टराईलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले भट्टराईलाई कोषको सञ्चालक समितिको सदस्य नियुक्त गरी अध्यक्ष तोक्ने निर्णय गरेको जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बा“स्कोटाले जानकारी दिए । 

भण्डारी गोरखापत्रको कार्यकारी अध्यक्ष नियुक्त

काठमाडौं, २१ असोज– सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले ‘मोही माग्ने ढुंग्रो लुकाउने’ स्तम्भका लेखक भण्डारीलाई चार वर्षका लागि कार्यकारी अध्यक्ष नियुक्त गरेको हो ।
मन्त्रिपरिषद बैठकले संस्थानका अध्यक्ष गोविन्द पोखरेलले दिएको राजिनामा स्वीकृत गरी नया“ नियुक्त गरेको हो । मन्त्रिपरिषदले संस्थानका महाप्रवन्धक वसन्तप्रकाश उपाध्यायलाई निष्काशन गर्ने निर्णय गरी तीनदिने स्पष्टिकरण सोधेको छ । 
मन्त्रिपरिषदले ५ महिनाअगाडि तत्कालीन देउवाका सरकारका पालामा नियुक्त उपाध्यायसहित सबैलाई निष्काशन गर्ने एकमुष्ठ निर्णय गरेको थियो । सर्वोच्च अदालतले निष्काशनको निर्णय गैरकानुनी भएको ठहर गर्दै उपाध्यायसहितलाई पुनर्बहाली गरेको थियो । कार्यकारी अध्यक्ष नियुक्त गरेपछि महाप्रबन्धन्क उपाध्यायलाई कानुनी प्रक्रिया पु¥याएर हटाउन स्पष्टीकरण सोधिएको जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको छ । 

प्रतिष्ठानको कुलपतिमा पुनः उप्रेती नियुक्त

काठमाडौं, २१ असोज– नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा पुनः गंगाप्रसाद उप्रेती नियुक्त गरिएका छन् । प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा मन्त्रिपरिषदको आइतबार बसेको बैठकले उप्रेतीलाई चार वर्षका लागि कुलपति नियुक्त गरेको हो । ओलीले आइतबार नै उप्रेतीलाई आइतबार पद तथा गोपनीयताको सपथग्रहण गराए । 
प्रतिष्ठानको सदस्यसचिवमा जगतप्रसाद उपाध्यायलाई नियुक्त गरिएको छ । उप्रेतीले उपाध्यायलाई आइतबार नै पद तथा गोपनीयताको सपथ गराए । उपाध्याय नेपाल संस्कृत विश्वविद्यालयका पूर्व कुलसचिव हुन् । उनी यसअघि प्रज्ञा प्रतिष्ठानको दुई कार्यकाल प्राज्ञ सभाका सदस्य थिए । 
नवनियुक्त कुलपति उप्रेतीको यो दोस्रो कार्यकाल हो । यसअघि चारवर्षे कार्यकाल गत भदौ २३ मा सकिएको थियो । गणतन्त्र घोषणापछि बैरागी काइ“ला कुलपति र उप्रेती उपकुलपति भएर काम गरेका थिए । उप्रेतीलाई प्रधानमन्त्री केपी ओलीनिकट भएकाले तेस्रो कार्यकालका निम्तिसमेत पुनःनियुक्ति गरिएको हो । ‘गंगाप्रसाद सरलाई प्रधानमन्त्री ओलीले दाइ भनेर सम्बोधन गर्नुहुन्छ,’ उप्रेती निकट स्रोतले भन्यो, ‘उहा“ (उप्रेती) प्रधानमन्त्रीको किचेन क्याबिनेटकै मान्छे भन्दा फरक पर्दैन ।’

Sunday, October 7, 2018

विद्यार्थीलाई खेतमा लगेर शिक्षा दिनुपर्छ : प्रधानमन्त्री

काठमाडौं, २० असोज– प्रधानमन्त्री केपी ओलीले विद्यालय र विश्वविद्यालयको कक्षा कोठाको पढाइबाट मात्र विद्यार्थीहरू दक्ष जनशक्ति बन्न नसक्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पूर्वाञ्चल विश्वविद्यालयको २९ औं सिनेट बैठकलाई सम्बोधन गर्दै उनले दक्ष जनशक्ति उत्पादन गर्न विद्यार्थीहरूलाई गाउ“घर र खेतमा लगेर शिक्षा दिन आह्वान गरे ।
 ’अब कक्षा कोठाको पढाइले मात्र पुग्दैन । विद्यार्थीहरूलाई गाउ“घरमा र खेतमा नै लगेर व्यावहारिक शिक्षा दिनु पर्छ’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी स्रोतले कान्तिपुरसित भने । उनले विकासको कामलाई तीव्रता दिन सक्ने दक्ष जनशक्ति उत्पादनमा जुट्न विश्वविद्यालयका पदाधिकारीलाई आग्रह गरे । उनले आधुनिक विज्ञान र प्रविधिलाई समेत उपयोग गरेर शिक्षालाई अघि बढाउनुपर्ने बताए ।

पन्तको हत्यारा पत्ता लगाउन नसक्ने सरकार नालायक : देउवा

‘सुदूरपश्चिमको राजधानी धनगढी नै उपयुक्त’
काठमाडौं, २० असोज– प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले साढे दुई महिना भइसक्ता पनि किशोरी निर्मला पन्तलाई बलात्कार र हत्या गर्ने दोषीलाई गृह प्रशासनले पक्राउ गर्न नसकेकामा आपत्ति प्रकट गर्दै वर्तमान सरकारलाई ‘नालायक’ को संज्ञा दिएका छन् ।
नेपाल विद्यार्थी संघ, डडेलधुरा सम्पर्क समितिद्वारा शनिबार संघीय राजधानीमा आयोजित दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै देउवाले पन्तको हत्यारा पत्ता लगाउन सरकार गम्भीर नहुनुले आमजनतामा प्रधानमन्त्री केपी ओलीमाथिको विश्वसनीयतामाथि प्रश्न उठन थालेको बताए ।
उनले सूदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकामा समेत आपत्ति प्रकट गरेका छन् । उनले वातावरणीयलगायतका कुनै पनि दृष्टिमा उपयुक्त नभएको ठाउ“ गोदावरीलाई प्रदेशसभाको दुई तिहाइले सुदूरपश्चिम प्रदेशको राजधानी तोकेको उल्लेख गर्दै उक्त निर्णयको विरोधमा उत्रन आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । 

रौनियार स्वतः निलम्बित : सभामुख

काठमाडौं, २० असोज– सभामुख कृष्णबहादुर महराले संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दा दायर गरिएका प्रतिनिधिसभा सांसद हरिनारायण रौनियार स्वतः निलम्बनमा परेको बताएका छन् । संसदीय मामिला पत्रकार समाजद्वारा शनिबार संघीय राजधानीमा आयोजित कार्यक्रममा सभामुख महराले भने– ‘उहा“ भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार स्वतः निलम्बित भइसक्नुभयो ।’
महराका अनुसार अख्तियारले सांसद रौनियारविरुद्ध उनको पप्पु कन्स्ट्रक्सनले बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई पुल निर्माण अनियमितता गरेकामा विशेष अदालतमा मुद्दा दायर गरिएको लिखित जानकारी शुक्रबार नै संसद सचिवालयलाई दिइसकेको छ । ‘उहा“लाई मुद्दा दायर भएको पत्र संसद सचिवालयमा आइसकेको छ’ उनले भने । स्रोतका अनुसार सभामुख महराले एक÷दुई दिनभित्रै सूचना प्रकाशित गरी रौनियार भ्रष्टाचार निवारण ऐनअनुसार स्वतः पदबाट निलम्बित भएको जानकारी संसद सचिवालय र प्रतिनिधिसभाका सदस्यहरूलाई दिने छन् ।

अब माइक्रोबसका चालकलाई पनि पोशाक

काठमाडौं, २० असोज– राजधानी उपत्यका सञ्चालनमा रहेका सम्पूर्ण माइक्रोबसका चालक तथा सहचालकले मंसिर १ देखि अनिवार्य रूपमा पोशाक लगाउनु पर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीचको बैठकले माइक्रोबसका चालक र सहचालकले अनिवार्य रूपमा मंसिर १ देखि फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने निर्णय गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चालकले सुन्तला र सहचालकले हरियो रंगको ज्याकेट लगाउनुपर्ने छ । महाशाखाको पहलमा उपत्यकामा सञ्चालित ट्याक्सी चालकहरूले अनिवार्य रूपमा फ्लोरेसेन्ट ज्याकेट लगाउन थालेका छन् ।
ज्याकेटले माइक्रोबास चालकको पहिचान हुने, रातिको समयमा चम्किलो देखिने र सेवाग्राहीलाई गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने विश्वास महाशाखाको छ । ठूला सवारी साधनमा समेत क्रमशः चालकलाई ज्याकेट लगाउने व्यवस्था गर्दै जाने तयारी महाशाखा र महासंघको छ ।

Friday, October 5, 2018

सांसद रौनियारसहित १२ जनाविरुद्ध मुद्दा


  • गुणस्तरहीन पुल निर्माण गरेकामा पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष हरिनारायण र छोरा सुमितलाई २ वर्ष जेल सजाय र सवा १९ करोड बिगो मागदाबी
  • तत्कालीन सडक डिभिजन प्रमुखहरूसहित प्राविधिकहरूलाई तीन वर्ष कैद र बिगोबमोजिम जरिवाना माग
  • परामर्शदाता यादवविरुद्ध दुई वर्ष जेल सजाय र बिगोबराबर जरिवाना गर्न माग

काठमाडौं, १९ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता गरी गुणस्तरहीन पुल निर्माण गरेको आरोपमा विवादास्पद ठेकेदार एवं प्रतिनिधिसभा सांसद हरिनारायण रौनियारसहित १२ जनाविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्राविधिक अधिकारीसितको मिलोमतोमा चरम लापर्बाही र अनियमितता गरी बबई पुल निर्माण गरेको आरोपमा अख्यितारले पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष एवं सांसद रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 
पप्पु कन्स्ट्रक्सनले बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटस्थित बबईमा निर्माण गरेको पुल गुणस्तरहीन भएका कारण उदघाटन नहुदै भास्सिई भत्किएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (४) बमोजिम मुद्दा दायर भएस“गै रौनियार प्रतिनिधिसभा सांसद पदबाट स्वतः निलम्बित भएका छन् । दफा ८ (४) मा भ्रष्टाचार मुद्दा दायर भएपछि सार्वजनिक पद स्वतः निलम्बन हुने प्रावधान छ । उनी सत्तारूढ संघीय फोरमका पर्सा–३ बाट निर्वाचित सांसद हुन् ।
रौनियारको पप्पु कन्स्ट्रक्सनले राजनीतिक तथा आर्थिक प्रभाव र पहु“चका भरमा दर्जनौं सडक तथा पुल निर्माणको ठेक्का लिने, तर सरकारी निकायबाट अग्रिम भुक्तानी लिएपछि बीचैमा काम छाडेर अलपत्र पार्ने गरेको थियो । सार्वजनिक खरिद ऐनबमोजिम जरिवाना गरी कालो सूचीमा राखिनु पर्ने पप्पु कन्स्ट्रक्सनले राजनीतिक शक्तिको आडमा कारबाहीबाट उन्मुक्तिमात्र होइन एकपछि अर्को ठूलो ठेक्का पाउदै आएको थियो।

घुस लिएको अभियोगमा चार प्रहरीविरुद्ध मुद्दा दायर

काठमाडौं, १८ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा बिहीबार नेपाल प्रहरीको महानगरीय प्रभाग सानोठिमी भक्तपुरका प्रहरी नायब निरीक्षक ज्योति विष्टसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 
विष्टको नेतृत्वमा प्रहरी प्रभागका प्रहरी सहायक निरीक्षक सुवास ढुंगाना र प्रहरी हवल्दार दीपक भारतीले बालुवा व्यवसायीलाई सहज रूपमा निकासी गर्न दिने शर्तमा ४५ हजार रुपैया“ घुस लिएको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्यितारले तीन जनाविरुद्ध ४५ हजारको बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले बालुवा व्यापारीसित घुस लिएकै अभियोगमा महानगरीय प्रभाग का“डाघारीका प्रहरी हवल्दार अमन चौधरीविरुद्ध समेत विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

प्राकृतिक सम्पदा भावी पुस्तालाई समेत जोगाऊँ : आचार्य

काठमाडौं, १८ असोज– पूर्ववनमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले प्रधानमन्त्री केपी ओलीलाई मुलुकको वातावरण संरक्षण र दिगो विकाससम्बन्धी विषयमा विज्ञ तथा प्रतिस्पर्धी दलस“ग परामर्श गरेरमात्र निर्णय गर्न आग्रह गरेका छन् । राष्ट्रसंघीय महासभा र दक्षिण अमेरिकी राष्ट्र कोस्टारिकाको भ्रमण सकेर स्वदेश फर्केका ओलीलाई बिहीबार नै पत्र लेखेर आचार्यले मुलुकको प्राकृतिक सम्पदालाई मनपरी भोगको वस्तु बन्नबाट रोक्न आग्रह गरेका हुन् ।
पत्रमा उनले प्रधानमन्त्री ओली कोस्टारिकाको वातावरणमैत्री विकास देखेर फर्किएको उल्लेख गर्दै मुलुकको प्राकृतिक सम्पदा भावी पुस्ताका लागिसमेत जोगाउनका लागि संवेदनशील हुन आग्रह गरेका छन् । सुदूर पश्चिम प्रदेशको राजधानी वन क्षेत्रमा बनाउन लागिएको र निजगढ विमानस्थल निर्माण सुरु नगर्दै हजारौं हेक्टर वन क्षेत्र मास्न लागिएको सन्दर्भमा आचार्यले प्रधानमन्त्रीलाई पत्र लेखेर प्राकृतिक सम्पदा भावी पुस्तका लागिसमेत जोगाउन आग्रह गरेका हुन् ।

खसीबोकामा कर नउठाउन स्थानीय तहलाई निर्देशन

काठमाडौं, १८ असोज– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई खसी, बोका र च्यांग्रामा व्यवसायीस“ग कर नउठाउन निर्देशन दिएको छ । दसैंको मुखमा व्यवसायीहरूले राजधानी र अन्य मुख्य सहरमा खसी, बोका, च्याङ्ग्रा, कुखुरा लैजाने क्रममा स्थानीय तहहरूले कर उठाउन थालेको आवाज उठेपछि मन्त्रालयले बिहीबार त्यस्तो निर्देशन दिएको जानकारी स्रोतले दिएका छन् ।
स्रोतका अनुसार संघीय मामिला मन्त्रालयको सचिवस्तरको निर्णयबाट सबै स्थानीय तहलाई कर संकलन नगर्न परिपत्र गरिएको हो । खसी, बोका संघीय राजधानी काठमाडौंमा ल्याउ“दै गर्दा चन्द्रागिरी नगरपालिकाले व्यवसायीस“ग कर उठाएको प्रमाणसहित चौपाया खरिद–बिक्री सेवा संघले त्यसलाई रोक्न माग गर्दै संघीय मामिला मन्त्रालयमा दिएको थियो । 

Thursday, October 4, 2018

पत्रिका जलाइएकामा महासंघको आपत्ति

काठमाडौं, १७ असोज– नेपाल पत्रकार महासंघले समाचारको विषयलाई लिएर कैलालीको अत्तरियामा बुधबार कान्तिपुर दैनिकसहितका पत्रपत्रिका जलाइएको घटनाप्रति आपत्ति प्रकट गरेको छ ।
महासंघले बुधबार विज्ञप्ति जारी गरी कुनै पनि बहानामा जनतालाई सुसूचित गराउने पत्रपत्रिका जलाइनु तथा पत्रकारमाथि आक्रमण गरिनुले स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप भएको टिप्पणी गरेको छ ।
विज्ञप्तिमा महासंघले यस्ता कार्यले संवैधानिक व्यवस्थाको उल्लंघन हुनुका साथै जनताको सुसूचित हुन पाउने अधिकारलाई कुण्ठित पार्ने उल्लेख गरेको छ । महासंघले घटनाको छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन तथा सञ्चारकर्मी र सञ्चार माध्यमको सुरक्षामा संवेदनशील हुनसमेत सरकारको ध्यानाकर्षण गराएको छ । 

कांग्रेस कार्यसमिति बैठक शुक्रबार

काठमाडौं, १७ असोज– कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । बैठकमा विधान संशोधन मस्यौदा र समसामयिक राजनीतिक विषयमा छलफल हुने केन्द्रीय कार्यालय, सानेपाले विज्ञप्तिमार्फत जनाएको छ ।
कांग्रेसले ७ वटै प्रदेशमा विधान संशोधन मस्यौदामाथि छलफल चलाएको थियो । प्रदेशहरूबाट आएका सुझावलाई विधान संशोधन मस्यौदामा समावेश गर्नेबारेमा समेत पार्टीले निर्णय लिने छ । कांग्रेसले विधान संशोधनको मस्यौदालाई अनुमोदन गरी मंसिरमा बोलाइएको महासमिति बैठकमा पेस गर्ने भएको छ । महासमिति बैठकको दुई तिहाइबाट पारित भएपछि संशोधित विधान कार्यान्वयनमा आउनेछ ।

महाधिवेशनपछि पनि राजपामा अध्यक्ष मण्डल रहने

काठमाडौं, १७ असोज– मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) ले महाधिवेशनपछि पनि अध्यक्ष मण्डल कायमै राख्ने भएको छ । ६ वटा पार्टी एकीकृत भएर बनेको राजपामा ६ सदस्यीय शक्तिशाली अध्यक्ष मण्डल छ ।  राजपाले निर्वाचन आयोगमा बुझाएको परिमार्जित विधानमा महाधिवेशनपछि पनि अध्यक्ष मण्डल कायमै रहने व्यवस्था राखेको छ ।
राजपाले परिमार्जित विधानमा दुई वर्षभित्र महाधिवेशन गर्ने व्यवस्थासमेत राखेको छ । राजपाको अध्यक्ष मण्डल र राजनीतिक समितिले परिमार्जित विधान पारित गरेको हो । राजपाले आगामी २०७६ बैशाख ७, ८ र ९ मा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । 

लोहनी र खनालको निलम्बन फुकुवा

काठमाडौं, १७ असोज– गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारिसमा बुधबार एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन फुकुवा गरेको छ ।
प्रहरी नियमावलीमै साधारण तारेखमा रिहा भएका प्रहरी अधिकारीको निलम्बन फुकुवा हुने प्रावधान छ । सोही प्रावधानमा टेकेरमा दुवै जनाको निलम्बन फुकुवा गरिएको जानकारी गृह मन्त्रालय स्रोतले दिएको छ ।
साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्यको हत्यामा संलग्न भएको आरोपमा लोहनी र खनाल निलम्बनमा परेका थिए । उच्च अदालत विराटनगरले उनीहरूलाई साधारण तारेखमा रिहा गरेको थियो । अदालतको आदेशस“गै उनीहरूले निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको हो ।

बागमतीमा नयाँ मोटरसाइकल दर्ता रोकियो

बागमतीमा १० लाख मोटरसाइकल पुगे
काठमाडौं, १७ असोज– सरकारी अदुरदर्शिता र लापरबाहीका कारण दशैंको मुखमा बागमतीमा नयाँ मोटरसाइलको दर्ता रोकिएको छ । बाग्मतीमा ९९ लटकोे अन्तिम नम्बरसम्म दर्ता भइसकेकाले नयाँ मोटरसाइकल दर्ता रोकिएको जानकारी यातायात व्यवस्था विभाग स्रोतले दिएको छ ।
यातायात व्यवस्था नियमावलीमा २ डिजिटसम्ममात्रै लट नम्बर राखेर मोटरसाइकलसहितका गाडी दर्ता गर्न मिल्ने प्रावधान छ । अब तीन डिजिट अर्थात १०० को लटमा जानुपर्ने भएकाले नयाँ मोटरसाइकल दर्ता गर्न कानुनी अडचन उत्पन्न भएको हो ।
९९ लटको सबै नम्बर सकिएपछि बुधबारदेखि नयाँ मोटरसाइकल दर्ता रोकिएको जानकारी स्रोतले दिएको छ । काठमाडौंमा ‘बा ९९ प’ मा ९९९९ वटा मोटरसाइकल दर्ता भइसकेका छन् । ९९ लट पूरा भएपछि बाग्मतीमा दर्ता भइसकेका मोटरसाइकलको संख्या १० लाख पुगेको छ ।

Wednesday, October 3, 2018

१०५ दिनमै फास्ट ट्रयाकको डीपीआर

नेपाली सेना र कोरियाली कम्पनीबीच सम्झौता
काठमाडौं, १६ भदौ– नेपाली सेनाले संघीय राजधानीलाई तराई–मधेससित जोडने रणनीतिक महत्वको द्रुत मार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको जिम्मा दक्षिण कोरियाली कम्पनीलाई दिएको छ । ग्लोबल प्रतिस्पर्धाबाट छानिएको कोरियाको सुसोङ इन्जिनियरिङ कम्पनी र नेपाली सेनाबीच मंगलबार डीपीआर निर्माणसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा नेपाली सेनाका फास्ट ट्रयाक आयोजना प्रमुख एवं उपरथी योगेन्द्रबहादुर खा“ण र कम्पनीका अध्यक्ष किहायन हवाङले हस्ताक्षर गरेका छन् । कोरियाली कम्पनीले १० करोड १२ लाख ७८ हजार ९३२ रुपैया“को लागतमा ७६ किमी लम्बाइको फास्ट ट्रयाकको डीपीआर निर्माण गर्नेछ ।
सम्झौताअनुसार सुसोङ इन्जिनियरिङले कात्तिक ४ देखि डीपीआर निर्माणको काम थाल्नेछ । काम सुरु गरेको १ सय ५ दिनमै कम्पनीले डीपीआर तयार पारेर नेपाली सेनालाई बुझाउने सम्झौतामा उल्लेख छ ।

Tuesday, October 2, 2018

थानकोट सडक राति बन्द

काठमाडौंं, १५ असोज– दसैंको पूर्वसन्ध्यामा केन्द्रीय राजधानी आउजाउ गर्ने प्रमुख नाका थानकोट–पिपलामोड सडक खण्डमा सोमबारदेखि सात दिनका लागि राति यातायात सेवा बन्द गरिएको छ । सडक डिभिजन कार्यालय काठमाडौं–२ का अनुसार उक्त खण्डमा सडक मर्मतसम्भार (अस्फाल्ट ओभरले) को काम सुरु भएकाले राति ८ बजेदेखि बिहान ५ बजेसम्म यात्रु र मालवाहक गाडी बन्द गरिएको हो । 
उक्त खण्डमा असोज २२ सम्म राती ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द रहने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उक्त खण्डको मर्मतसम्भारको काम कृष कन्स्ट्रक्सनले गरिरहेको जानकारी सडक डिभिजन कार्यालय, काठमाडौं–२ ले जनाएको छ ।

Monday, October 1, 2018

त्रिवि पदाधिकारीद्वारा चिकित्सा विधेयक र आयोगको विरोध

काठमाडौं, १४ असोज– त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकको चर्को विरोध गर्दै यसलाई स्वीकार गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले आइतबार बोलाएको बैठकमा उनीहरूले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा डा. गोविन्द केसीको ‘गुण्डागर्दी’ चलिरहेको र त्यसको नकारात्मक असर विधेयकका परेको दाबी गरे ।
त्रिवि उपकुलपति तीर्थराज खनिया“, रजिष्टार डिल्लीराम उप्रेती र शिक्षाध्यक्ष सुधा त्रिपाठीले यो विधेयक र प्रस्तावित चिकित्सा शिक्षा आयोग आफूहरूलाई स्वीकार्य नरहेको र संसदीय समितिले समेत स्वीकार्न नहुने बताए ।
केसी अनसनमा बसेकै कारण हचुवाका आधारमा विधेयक ल्याइएको हुनाले स्वाकार्न नहुने जिकिर खनिया“को थियो । रजिष्टार उप्रेतीले मुलुकका विश्वविद्यालयहरूले कुनै अपराध नगरेको दाबी गर्दै कसैको दबाबमा चिकित्सा शिक्षा आयोग बनाउ“दा विश्वविद्यालयहरूको स्वायत्तता र अधिकारमाथि नै ठाडो हस्तक्षेप हुने बताए ।

मालपोत प्रमुखसहित चार जना पक्राउ

काठमाडौं, १४ असोज– नेपाल प्रहरीको महानगरीय वृत्त, गौशालाले मालपोत कार्यालय, चाबहिलका प्रमुख (उपसचिव) कमलप्रसाद तिम्सिनासहित ४ कर्मचारीलाई आइतबार पक्राउ गरेको छ । वृत्तले उनीहरूलाई बुढानिलकण्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नाममा रजिस्ट्रेसन पार गरेको अभियोगमा पक्राउ गरेको हो ।
पक्राउ परेकामा मालपोत प्रमुख तिम्सिनासहित नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठ, कार्यालय सहयोगी रमेश श्रेष्ठ र मुकुन्द धिताल छन् । प्रहरीले उक्त प्रकरणमा यसअघि मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, नायव सुब्बा रञ्जनकुमार खरेल, जमुनाकुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिना तथा बिचौलियाहरू ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा, प्रदीपप्रसाद गौतम, श्रीकृष्ण बडुवाल र सानुभाइलाई पक्राउ गरेको थियो ।

अब पशुपतिमा लकरदेखि निःशुल्क टेम्पो सेवा

काठमाडौं, १४ असोज– अब पशुपतिनाथ मन्दिर दर्शन गर्न जानेहरूले आफ्ना बहुमूल्य सामान ‘लकर’ मा सुरक्षित रूपमा राख्न पाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले माछापुच्छ«े बैंकसितको सहकार्यमा आइतबारदेखि लकर सेवा सुरु गरेको छ ।
पशुपति क्षेत्रमा आइतबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडढययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले लकर सेवाको सुरुआत गरे । लकर सेवास“गै अब दर्शनार्थीहरूले मन्दिरभित्र प्रवेश गर्दा गरगहना, मोबाइल, नगदलगायत बहुमूल्य सामग्री हराउने डरबाट मुक्ति पाउने विश्वास पशुपति विकास कोषले व्यक्त गरेको छ ।
कोषले लकर सेवा दर्शनार्थीहरूलाई निःशुल्क उपलब्ध गराउने छ । बैंकले पशुपतिनाथ मन्दिर क्षेत्रमा ५ सय १० वटा लकर उपलब्ध गराएको छ । लकर सेवा भुवनेश्वरी मन्दिरअगाडिको वरुणधारामा राखिएको छ । कोषले अब जुत्ताचप्पल राख्ने स्थलसमेत यही ठाउ“मा उपलब्ध गराउने भएको छ ।