Tuesday, April 30, 2013

सरकारले उत्तरगंगा आयोजनाको अध्ययन थाल्ने

काठमाडौं, १६ वैसाख– सरकारले ३ सय मेगावाट क्षमताको उत्तरगंगा जलाशययुक्त आयोजना अघि बढाउन तत्काल अध्ययन थाल्ने भएको छ । मुख्यसचिव लीलामणि पौडेलको अध्यक्षतामा वन र ऊर्जा मन्त्रालयका उच्च अधिकारीहरूको सोमबार बसेको बैठकले बाग्लुङ जिल्लामा पर्ने उक्त आयोजना विकास गर्नका लागि तत्काल सम्भाव्यता अध्ययन सुरु गर्ने निर्णय गरेको जानकारी सहभागी एक अधिकारीले दिए ।
सरकारले उक्त आयोजनाको यसअघि नै सम्भाव्यता अध्ययन गर्ने निर्णय गरे पनि वन मन्त्रालयको विरोधले रोकिएको थियो । वन मन्त्रालयले उक्त आयोजनाको विकास गर्दा विश्वमै ख्याती कमाएको ढोरपाटन शिकार आरक्ष खतरामा पर्ने भन्दै विरोध गरेपछि अध्ययन नै अघि बढ्न सकेको थिएन ।
मुख्यसचिव पौडेलले बैठकमा वनसचिव कृष्णचन्द्र पौडेललाई मुलुकको बढ्दो लोडसेडिङको समस्या समाधान गर्न अरूभन्दा उत्तरगंगा छिटो निर्माण गर्न सकिने जलाशययुक्त आयोजना भएकाले अध्ययन गर्न दिन आग्रह गरेका थिए । वन सचिव पौडेलले आफ्नो मन्त्रालयबाट सहमति दिने आश्वासन दिएपछि बैठकले उक्त आयोजनाको सम्भाव्यता अध्ययन तत्काल थाल्ने निर्णय भएको जानकारी एक अधिकारीले दिए ।
सरकारले सम्भाव्यता अध्ययनका लागि आवश्यक रकमसमेत तत्काल उपलब्ध गराउनेसमेत ती अधिकारीले उल्लेख गरे । उत्तरगंगा धैरै वर्षअघि पूर्वसम्भाव्यता अध्ययनमात्र भएको आयोजना हो । बैठकमा ऊर्जा सचिव हरिराम कोइरालासहित वन र ऊर्जा मन्त्रालयका अधिकारी र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवलगायत सहभागी थिए ।
सरकारले उक्त आयोजनाको अध्ययनको जिम्मा विद्युत् प्राधिकरणलाई दिने भएको छ । ऊर्जा मन्त्रालयका तत्कालीन सहसचिव मोतीबहादुर कु“वरको संयोजकत्वमा गठित समितिले मुलुकमा लोडसेडिङ अन्त्य गर्न उत्तरगंगा आयोजना निर्माण गर्नु उपयुक्त हुने र आरक्षलाई समेत खासै असर नपर्ने प्रतिवेदन दिएको छ ।
उत्तरगंगा सबभन्दा थोरै बस्ती प्रभावित हुने आयोजना भएकाले समेत निर्माण गर्नु उपयुक्त भएको ऊर्जा मन्त्रालयका अधिकारी बताउ“छन् । ती अधिकारीका अनुसार उत्तरगंगा निर्माण गर्दा साढे २ सय परिवारलाई मात्रै विस्थापित हुने र त्यति थोरैलाई क्षतिपूर्तिसहित अन्यत्र पुनःस्थापना गर्न कम खर्चिलो भएकाले उक्त आयोजना निर्माण गर्नु उपयुक्त छ ।



काम छाडेर सहसचिवहरू आन्दोलनमा

निजामती प्रशासन र न्याय–लेखा परिक्षण सेवाबीच ध्रुवीकरण
न्याय तथा लेखा परिक्षण सेवाका अधिकारी आन्दोलनको कानुनी प्रतिकार गर्ने तयारीमा

काठमाडौ, १६ वैसाख– निजामती सेवाका सहसचिवहरूले निजामती सेवाको सचिवमा न्याय र लेखा परिक्षण सेवाका प्रथम श्रेणीका अधिकृतसमेत बढुवा गर्ने व्यवस्था रोक्न तत्काल निजामती ऐन संशोधनका लागि अध्यादेश जारी गर्न सरकारसित माग गर्दै सोमबार सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छ्् ।
न्याय र लेखा परिक्षणसेवाका प्रथम श्रेणीका अधिकारीहरूले समेत निजामती सेवाका सहसचिवहरूको आन्दोलनको कानुनी प्रतिकार गर्ने र सर्वोच्चको निर्णयलाई कदर गर्न सरकारसित माग गर्दै दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने जानकारी सहमहान्याधिवक्ता युवराज सुवेदीले दिएका छ्् । निजामती सेवाका सहसचिवको अभियानविरुद्ध न्याय सेवाका अधिकारीले समेत कार्यक्रम गर्ने भएपछि मुलुकको निजामती प्रशासन र न्याय–लेखापरिक्षण सेवा ध्रुवीकृत हुने खतरा बढेको छ ।
सर्वोच्चको फैसलाका कारण आगामी असारमा हुने रिक्त चार सचिव बढुवामा सबै न्याय सेवाका प्रथम श्रेणीका अधिकारीमात्र सिफारिस भई पदोन्नति हुनेछ्् भने निजामती सेवाका सहसचिव एक जना पनि पर्ने छैन्् । त्यसले शाखा अधिकृतदेखि सहसचिवसम्मको वृत्ति विकासलाई अवरुद्ध पार्ने भएकाले निजामती सेवाका सहसचिवहरू आन्दोलित भएका हु्् ।
निजामती सेवाका सहसचिव प्रेम राईले सर्वोच्चको फैसला न्याय सेवा र लेखा परिक्षण सेवाका प्रथम श्रेणीका अधिकारीलाई दुईतिर विशिष्ट श्रेणीमा बढुवा हुन पाउने, निजामती सेवा आठवटा उपसमूहका सहसचिवहरूको बढुवाको दायरा साँघुरो बनाएकाले आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।
‘निजामती सेवाभित्रका आठवटा समूहको वृत्ति विकासको जुन सम्भावना थियो, अदालतको फैसलाले निजामती सेवाको वृत्ति विकास र बढुवाको घेरा स“ूघुरो बनाउने तथा न्याय सेवा तथा लेखा परिक्षण सेवाका प्रथम श्रेणीका अधिकारीलाई आप््नो र निजामती दुवै सेवामा विशिष्ट श्रेणीमा बढुवाका लागि सम्भाव्य उम्मेदवार बनाउनुपर्ने आदेश दिएको छ । त्यो फैसला निजामती सेवाका आठवटा उपसमूहको वृत्ति विकासका लागि घातक छ’ राईले भने– ‘अन्तरिम संविधानको धारा ११४ मा न्याय सेवामा नियुक्ति, सरुवा र बढुवा न्याय सेवा आयोगले र निजामती सेवामा नियुक्ति र बढुवा लोकसेवा आयोगका अध्यक्ष वा उसले तोकेको सदस्यको अध्यक्षतामा रहेको बढुवा समितिले गर्ने भन्ने प्रस्ट व्यवस्था छ, फैसला संविधानको उक्त धाराको व्यवस्थाविपरीत छ । हामीले अध्यादेश जारी गरी निजामती सेवाको सचिवमा निजामती सेवाकै सहसचिवमात्र बढुवा हुने प्रस्ट व्यवस्था गर्न सरकारसित माग गरेका छौं ।’
निजामतीतर्फ ५ सय सहसचिव र न्याय सेवा र लेखा परिक्षण सेवामा ७५ को हाराहारीमा दरबन्दी भए पनि न्याय र लेखा परिक्षण सेवामा प्रतिस्पर्धा कम हुने भएकाले छिटोछिटो पदोन्नति हुने भएकाले वरिष्ठताका आधारमा न्याय सेवाका अधिकारीमात्र निजामती सेवाको सचिवमा बढुवा हुने स्थिति उत्पन्न भएको छ । सर्वोच्चको फैसलाका कारण आगामी असारमा हुने रिक्त चार सचिव बढुवामा सबै न्याय सेवाका प्रथम श्रेणीका अधिकारीमात्र सिफारिस भई पदोन्नति हुनेछ्् भने निजामती सेवाका सहसचिव एक जना पनि पर्ने छैन्् । त्यसले शाखा अधिकृतदेखि सहसचिवसम्मको वृत्ति विकासलाई अवरुद्ध पार्ने भएकाले निजामती सेवाका सहसचिवहरू आन्दोलनमा उत्रिएका हु्् ।
यसकै विरोधमा निजामती सेवाका करिब २ सय सहसचिवले मन्त्रालयको बैठक कक्षमा एक घन्टा धर्ना दिएका थिए । उनीहरूले सर्वोच्च अदालतबाट न्याय र लेखा परिक्षण सेवाका प्रथम श्रेणीका अधिकृतलाई समेत निजामती सेवाको सचिवमा समेत बढुवा हुन पाउने फैसला अन्यायपूर्ण भएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन हुन नदिन सरकारसित माग गर्दै आन्दोलन सुरु गरेका हुन् ।
उनीहरूले निजामती सेवाको सचिवमा निजामती सेवाकै सहसचिवहरूमध्येबाट मात्र बढुवा हुने व्यवस्था गर्नका लागि तत्काल अध्यादेश जारी गर्न माग गरेका छ्् । न्याय सेवाका प्रथम श्रेणीका अधिकृतलाई निजामती सेवामा सचिवमा बढुवा हुन नपाउने व्यवस्था गर्न तत्काल अध्यादेश जारी गर्न माग गर्दै मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई ध्यानाकर्षण गरा“ूदा पनि सुनुवाइ नभएपछि निजामती सेवाका सहसचिवहरू आन्दोलनमा उत्रिएको बताए ।
सहसचिवहरूले तत्काल अध्यादेश जारी गर्न माग गर्दै मंगलबार दुई घन्टा धर्नामा बस्ने र सामान्य प्रशासनमन्त्री माधव पौडेललाई ज्ञापनपत्र दिने कार्यक्रम राखेका छ्् । सहसचिवहरूले सरकारले न्याय सेवाका प्रथम श्रेणीका अधिकारीलाई निजामती सेवामा बढुवा रोक्ने अध्यादेश जारी नगरेसम्म सोमबार बिहानदेखि दिनह“ू धर्ना दिने कार्यक्रम घोषणा गरेका छ्् । सहसचिवहरूको अध्यादेश जारी नभएसम्म एक÷एक घन्टा बढाएर दिनह“ू धर्ना बस्ने कार्यक्रम छ ।
न्याय सेवाका प्रथम श्रेणीका अधिकारी निजामती सेवामा समेत सचिव हुन पाउनुपर्ने भनी रिट हाल्ने न्यायसेवाका कर्मचारी, कानुन हेरेरभन्दा आप््नो स्वार्थ हेरेर प्रत्युत्तर दिने कानुन मन्त्रालयका अधिकारी (न्याय सेवाभित्र पर्ने), मिल्छ भनेर सरकारलाई आदेश दिने न्यायमूर्ति एउटै सवाका भएकाले फैसला निजामती प्रशासनका कर्मचारीमाथि अन्यायपूर्ण हुन पुगेको ठहर सहसचिवहरूको भेलाले गरेको थियो ।
सहसचिवहरूले अन्तरिम संविधानमा न्यायालयको स्वतन्त्रताका लागि छुट्टै न्याय सेवा हुनेछ भन्ने उल्लेख भएकाले त्यसलाई निजामती सेवाभित्र ल्याउनु संविधानविपरीत भएको र दुई छट्टाछुट्टै प्रक्रियाबाट कार्यसम्पादन मूल्यांकन हुने दुईथरी कर्मचारीलाई एउटै प्रक्रियामा ल्याएर विशिष्ट श्रेणीमा बढुवा गर्न नमिल्ने जिकिर उनीहरूको छ ।
न्याय सेवा ऐनमा कानुन सेवाका कर्मचारीहरूको सरुवा र बढुवाको निर्णय न्याय सेवा आयोगबाट र निजामती सेवा ऐनमा निजामती सेवाका कर्मचारीको पदोन्नति लोकसेवा आयोगका सदस्यको संयोजकत्वमा रहने बढुवा समितिबाट हुन्छ । एउटा कानुनबाट गठित न्याय सेवाबाट बढुवा भएका प्रथम श्रेणीका अधिकृतहरूलाई अर्कै कानुनद्वारा गठित निजामती सेवामा बढुवा गर्न संविधानअनुसार समेत मिल्दैन ।
न्यायसेवाभित्र पर्ने कानुन, वकालत र न्याय प्रशासन तथा लेखा परिक्षण सेवाका प्रथम श्रेणीका अधिकारीहरूले समेत निजामती सेवाका सहसचिवहरूको आन्दोलनको कानुनी प्रतिकार गर्ने र सर्वोच्चको निर्णयलाई कदर गर्न सरकारलाई आग्रह गर्दै दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने भएका छ्् । उनीहरूले सहसचिव जिम्मेवार पदमा रहेका अधिकारीले सर्वोच्चको फैसलाका विरुद्ध आन्दोलन गर्नु गलत भएको दाबी गरे ।
‘हामी (न्याय सेवाका कर्मचारी) पनि निजामती कर्मचारी हो । हामीले कानुनी लडा“ू लडेको हो, सर्वोच्चले न्याय सेवालाई समेत निजामती सेवा हो भन्ने फैसला गरेको छ । त्यसलाई सरकार र निजामती सेवाका सहसचिवसमेतले सम्मान र कार्यान्वयन हुन दिनुपर्छ । जिम्मेवार तहका अधिकारीहरूले धर्ना र विरोध कार्यक्रम गर्न सुहा“ूदैन । हामी न्यायसेवाका तीनैवटा समूहले सरकार र निजामती सेवाका सहसचिवलाई कन्भिन्स गर्ने र कानुनसम्मत ढंगले प्रतिकार गर्नेछौं’ सहमहान्यायाधिवक्त युवराज सुवेदीले भने ।

Monday, April 29, 2013

सरकारद्वारा ऐतिहासिक जनआन्दोलनको अवमूल्यन

लोकतन्त्र दिवस मनाइएन
काठमाडौं, १५ वैसाख– प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी मन्त्रिपरिषदले समेत पूर्ववर्ती माओवादी–मधेसवादी गठबन्धन सरकारकै पथ अनुसरण गर्दै यस वर्ष लोकतन्त्र दिवस नमनाएर ऐतिहासिक जनआन्दोलन–०६२÷६३ को अवमूल्यन गरेको छ ।
रेग्मी सरकारले जनआन्दोलन–०६२÷६३ सफल भई ०६३ वैसाख ११ मा मुलुकमा लोकतन्त्र बहाली भएको ऐतिहासिक दिनको सम्झनामा कुनै राष्ट्रिय कार्यक्रम नगरेर जनआन्दोलन र त्यसको उपलब्धिलाई बिर्सिएको सरकारी अधिकारी बताउ“छन् । सरकारले लोकतन्त्र दिवसका दिन बुधबार देशभर सार्वजनिक बिदा भने दियो ।
लोकतन्त्र बहाली भएदेखि हरेक सरकारले २०६८ सम्म प्रत्येक वर्ष राष्ट्राध्यक्षको प्रमुख आतिथ्यमा टु“डिखेलस्थित सैनिक मञ्चमा, जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा र विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा विशेष समारोह गरी लोकतन्त्र दिवस मनाउने गर्दै आएको थियो । समारोहमा प्रधानमन्त्रीले समारोहबाट देशबासीका नाममा सम्बोधन गर्ने परम्परा थियो ।
माओवादी र संयुक्त मधेसी लोकतान्त्रिक मोर्चा तत्कालीन गठबन्धन सरकारले २०६९ मा लोकतन्त्र दिवस नमनाउने औपचारिक निर्णय गरी कुनै कार्यक्रम गरेन । उक्त सरकारले २०६९ वैसाख ११ लोकतन्त्र दिवसमा सार्वजनिक बिदा नदिनेसमेत निर्णय गरेको थियो । तर, कांग्रेस–एमालेलगायतका दलले विरोध जनाएपछि सरकारले दिवस नमनाए पनि लोकतन्त्र दिवसमा सार्वजनिक बिदा भने दियो ।
रेग्मी नेतृत्वको सरकारले समेत माओवादी–मधेसवादी गठबन्धनको निर्णयलाई अनुसरण गरी जनआन्दोलन–२०६२÷६३ सफल भई मुलुकमा लोकतन्त्र बहाली भएको ऐतिहासिक दिनलाई स्मरण गर्दै वैसाख ११ मा लोकतन्त्र दिवस नमनाउनु रहस्यकै विषय भएको सरकारी अधिकारी बताउ“छन् ।
माओवादी दसवर्षे जनयुद्ध र मधेसवादी पार्टी मधेस आन्दोलनको श्रेय लिने र त्यसैमा गर्व गर्ने भएकाले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई सरकारले कांग्रेस, एमालेसहितका सात दलको अगुवाइमा भएको जनआन्दोलनबाट लोकतन्त्र बहाली भएको दिनलाई ओझेलमा पार्न दिवस नमाउने निर्णय गरेको हो । तर, वर्तमान सरकारले समेत माओवादी र मधेसवादी दलकै ऐतिहासिक जनआन्दोलन सफल भएको ऐतिहासिक दिनलाई ओझेलमा पार्न लोकतन्त्र दिवस नमनाएर लोकतन्त्रकै अपमान गरेको एक सरकारी अधिकारीले बताए ।
तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासनविरुद्ध देशभर दसौं लाख मानिस उत्रिएपछि वैसाख ११ मा लोकतन्त्र बहाली भएको हो, जनसहभागिताको दृष्टिले जनआन्दोलन–०६२÷६३ मुलुककै सबभन्दा ठूलो आन्दोलन हो । त्यही जनआन्दोलनको उपलब्धिको बलमा मुलुकमा संघीय लोकतान्त्रिक संविधान निर्माण गर्न संविधानसभाको चुनाव भएको र २०६५ जेठमा संविधानसभा राजतन्त्रलाई हटाई मुलुकमा गणतन्त्र स्थापना गरिएको हो ।
तर माओवादी–मधेसवादी सरकारले लोकतन्त्र दिवस मनाउने परम्परा तोडेर जनआन्दोलन–०६२÷६३ र त्यसबाट प्राप्त ऐतिहासिक उपलब्धिको अवमूल्यन गरेको र प्रधानन्यायाधीशको नेतृत्वमा गठित ‘निष्पक्ष’ वर्तमान सरकारले समेत त्यसैलाई अनुसरण गरेको जानकारी सरकारी अधिकारीले नै दिएका छन् ।
गृहमन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव भोलाप्रसाद सिवाकोटीले तत्कालीन भट्टराई सरकारको पालामा भएको गणतन्त्र दिवसलाई मात्र ‘नेसनल डे’ (राष्ट्रिय दिवस) का रूपमा मनाउने, लोकतन्त्र दिवस र प्रजातन्त्र दिवस नमनाउने निर्णयअनुसार नै यस वर्ष लोकतन्त्र दिवसमा कुनै कार्यक्रम नगरिएको बताए । सरकारले मनाउने राष्ट्रिय उत्सवको संयोजन गृह मन्त्रालय र आन्तरिक व्यवस्थापन महाशाखाले गर्छ ।  सरकारले मनाउने उत्सवको संयोजन गृह मन्त्रालय र आन्तरिक व्यवस्थापन महाशाखाले गर्छ । ‘सरकारको निर्णयअनुसार अघिल्लो वर्ष पनि लोकतन्त्र दिवस मनाइएको थिएन । यस वर्ष पनि त्यही निर्णयअनुसार नै लोकतन्त्र दिवस नमनाइएको हो’  शिवाकोटीले भने ।
माओवादी–मधेसवादी सरकारले २०६८ फागुन ७ मा प्रजातन्त्र दिवससमेत मनाएन । कांग्रेस र एमालेलगायतका दलले संसदमा तीव्र विरोध गरेपछि सरकारका तर्फबाट गृहमन्त्री विजयकुमार गच्छदारले प्रजातन्त्र दिवस नमनाएकामा माफी माग्दै अर्को वर्षदेखि मनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । गच्छदारको प्रतिबद्धताविपरीत तत्कालीन भट्टराई सरकारले गत फागुन ७ मा प्रजातन्त्र दिवससमेत मनाएन । कांग्रेसको नेतृत्वमा २००७ सालमा भएको  जनक्रान्तिबाट मुलुकमा जहानिया“ राणा शासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना भएको हो । तत्कालीन माओवादी–मधेसवादी गठबन्धनले राणा शासनको अन्त्य भएको ऐतिहासिक दिनलाई अवमूल्यन गरी प्रजातन्त्र दिवस नमनाएको हो ।




रेग्मी मन्त्रिपरिषदले सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा तोड्यो

मन्त्रिपरिषदका अध्यक्ष र सदस्यको सम्पत्ति गोप्य राखियो
काठमाडौं, १५ वैसाख– प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी मन्त्रिपरिषदले सरकार प्रमुख र मन्त्रीहरूले आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परालाई तोडेर गोप्य राखेका छन् ।
रेग्मी र उनको मन्त्रिपरिषदका सात सदस्यले सम्पत्ति विवरण सार्वजनिक नगरी गोप्य खामबन्दी गरेर प्रधानमन्त्री कार्यालयमा बुझाएका छन् । यसअघिका प्रधानमन्त्री र मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण मन्त्रिपरिषदले आफ्नो वेबसाइटमा र सरकारी मुखपत्र गोरखापत्र दैनिकमा प्रकाशित गर्दै आएको थियो ।
२०४६ सालको आन्दोलनपछि जननिर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषदले विधिवत् निर्णय गरी २०४८ सालमा सरकार प्रमुख र मन्त्रीहरूले १५ दिनभित्र सम्पत्ति मन्त्रिपरिषदमा बुझाउने र गोरखापत्रमार्फत् सार्वजनिक गर्ने परम्परा बसालेका थिए ।
त्यसपछिका सबै प्रधानमन्त्री र मन्त्रीहरूले आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परालाई कायम राख्दै आएका थिए । रेग्मी नेतृत्वको मन्त्रिपरिषदले १८ वर्षपछि उक्त परम्परालाई विधिवत् तोडेको हो । प्रधानमन्त्री कार्यालयको वेबसाइटमा मन्त्रिपरिषदका अध्यक्ष र सात मन्त्रीले सम्पत्ति विवरण बुझाएको उल्लेख छ, यसअघिका सरकारका पालामा जस्तो सम्पत्ति विवरण भने वेबसाइटमा राखिएको छैन ।
रेग्मी नेतृत्वको मन्त्रिपरिषदले संविधान र कानुनअनुसार सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था नभएकाले प्रधानमन्त्री कार्यालयमा बुझाउने, तर त्यसलाई गोप्य राख्ने निर्णय गरेको जानकारी एक मन्त्रीले दिए । रेग्मी र सात मन्त्रीले सरकार गठन भएको सवा महिनापछि सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा बुझाएका छन् । तर, तीन मन्त्री छविराज पन्त, उमाकान्त झा र टेकबहादुर थापा (घर्ती) ले भने अहिलेसम्म सम्पत्ति विवरण बुझाएका छैनन् ।
‘संविधानअनुसार मन्त्रिपरिषदका अध्यक्ष र सदस्यले सम्पत्ति विवरण सार्वजनिक गर्नु बाध्यकारी छैन, गोप्यतासम्बन्धी मौलिक हकमा समेत सम्पत्ति विवरण गोप्य राख्न पाइने व्यवस्था छ । प्रधानमन्त्री कार्यालयमा सम्पत्ति विवरण बुझाएका छौं, पछि भ्रष्टाचार नियन्त्रण गर्ने कुनै निकायले चाहेमा छानबिनका क्रममा मन्त्रिपरिषदका अध्यक्ष र सदस्यको उक्त सम्पत्ति विवरण खोली हेर्न सक्छ । मन्त्रिपरिषदको निर्णयअनुसार सम्पत्ति विवरण सार्वजनिक नगरेका हौं’ एक मन्त्रीले कान्तिपुरसित भने । ती मन्त्रीले छानबिन गर्ने निकायले जुनसुकै बेला सम्पत्ति विवरण हेर्न सक्ने भएकाले कोइरालाका पालामा सुरु भएको सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परालाई जारी राख्नुपर्ने जरुरी नभएको दाबीसमेत गरे ।


नेपाल–भारतको संयुक्त सैनिक टोलीले सगरमाथा आरोहण गर्ने

मन्त्रिपरिषदद्वारा आरोहण दस्तुर मिनाहा
काठमाडौं, १५ वैसाख– नेपाल र भारतका सेनाको २५ सदस्यीय संयुक्त टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएको छ । आरोहण टोलीमा नेपाली सेनाका १३ र भारतीय सेनाका १२ जना रहनेछन् । नेपाल–भारत संयुक्त आर्मी एक्सपिडिसन नामक आरोहण दलले आगामी अप्रिल र मे महिनामा सगरमाथा आरोहण गर्नेछन् ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले संयुक्त टोलीलाई आरोहणको अनुमति दिनुका साथै आरोहण दस्तुर २ लाख ५० हजार अमेरिकी डलर (२ करोड २० लाख रुपैया“) छुट दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एव सूचना तथां सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
उपाध्यक्षसहितको चारको राजिनामा स्वीकृत
सरकारले योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री र तीन सदस्यले दिएको राजिनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषदले पूर्ववर्ती प्रधानमन्त्री बाबुराम भट्टराई सरकारका पालामा नियुक्त उपाध्यक्ष क्षेत्री र सदस्यहरू जनकराज शाह, शिवकुमार राई र अब्दुररहिम मिकरानीले दिएको राजिनामा स्वीकृत गरेको हो ।
योग मन्दिरलाई १० लाख अनुदान
मन्त्रिपरिषदले अरविन्द योग मन्दिर नामक संस्थालाई १० लाख रुपैया“ सहायता दिने निर्णय गरेको छ । उक्त संस्थाले खरिद गर्ने एक सवारी साधनमा लाग्ने कर–भन्सार तिरी कर दाखिला गरेको प्रमाण पेस गरेपछि उसलाई सोधभर्नास्वरूप १० लाख रुपया“ अनुदान सहयोग दिने निर्णय मन्त्रिपरिषदले गरेको हो ।
सहसचिव शर्माद्वारा
मन्त्रिपरिषदले लोकसेवा आयोगका सहसचिव प्रेमनारायण शर्माले २०७० साल वैसाख १ गतेदेखि लागू हुने गरी दिएको राजीनामा स्वीकृत गरेको छ । हालै सहसचिवमा बढुवा भई लोकसेवामा पदस्थापन भएका शर्माले उमेर अवधि थोरैमात्र बा“की रहेकाले राजिनामा दिएको जानकारी उनका सहकर्मीले दिएका छन् ।
सीटीईभीटीमा लामिछाने नियुक्त
मन्त्रिपरिषदले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्यसचिवमा डा. रामहरि लामिछानेलाई चार वर्षका लागि नियुक्ति गरेको छ । सीटीईभीटीमा पहिलोपटक खुल्ला प्रतिस्पर्धा गराई छनौट भएका लामिछानेलाई सरकारले सदस्यसचिव नियुक्त गरेको हो । यसअघिका शिक्षामन्त्रीले आफ्ना कार्यकर्ता, सहयोगी या नातेदारलाई मन्त्रिपरिषदबाट सोझै राजनीतिक नियुक्ति गराउने गरेका आएका थिए ।
अध्यागमनको डीजीमा पौडेल
सरकारले सहसचिव शरदचन्द्र पौडेललाई अध्यागमनको महानिर्देशक (डीजी) को जिम्मेवारी दिएको छ । अध्यागमनका डीजी वसन्त गौतम काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएपछि रिक्त पदमा पौडेललाई जिम्मेवारी दिइएको हो । पौडेल यातायात विभागका डीजी थिए ।

निजामती सेवाका सहसचिवहरूद्वारा आन्दोलन घोषणा

भोलिदेखि सहसचिवहरू दिनहु“ धर्नामा बस्ने
मंगलबार सामान्य प्रशासनमन्त्रीलाई ज्ञापनपत्र दिइने

काठमाडौं, १५ वैसाख– निजामती सेवाका सहसचिवहरूले निजामती सेवाको सचिवमा न्याय सेवा आयोगका प्रथम श्रेणीका अधिकृतसमेत बढुवा गर्ने व्यवस्था रोक्नका लागि तत्काल निजामती ऐन संशोधनका लागि अध्यादेश जारी गर्न सरकारसित माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
निजामती सेवाका करिब तीन सय सहसचिवहरूले आइतबार सामान्य प्रशासन सचिव दुर्गानिधि शर्मालाई भेटी सर्वोच्च अदालतबाट निजामती सेवाका सम्पूर्ण कर्मचारीहरूको वृत्ति विकासमा नकारात्मक असर पार्ने र मनोबल गिराउने ‘अन्यायपूर्ण फैसला’ कार्यान्वयन हुन नदिन माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
सर्वोच्चको फैसलाका कारण आगामी असारमा हुने रिक्त चार सचिव बढुवामा सबै न्याय सेवाका प्रथम श्रेणीका अधिकारीमात्र सिफारिस भई पदोन्नति हुनेछन् भने निजामती सेवाका सहसचिव एक जना पनि पर्ने छैनन् । त्यसले शाखा अधिकृतदेखि सहसचिवसम्मको वृत्ति विकासलाई अवरुद्ध पार्ने भएकाले निजामती सेवाका सहसचिवहरू आन्दोलनमा उत्रिएका हुन् ।
निजामतीतर्फ ५ सय सहसचिव र न्याय सेवामा ६० को हाराहारीमा दरबन्दी भए पनि न्याय सेवामा प्रतिस्पर्धा कम हुने भएकाले छिटोछिटो पदोन्नति हुने भएकाले वरिष्ठताका आधारमा न्याय सेवाका अधिकारीमात्र निजामती सेवाको सचिवमा उनीहरूमात्र बढुवा हुने स्थिति उत्पन्न भएको हो । फैसलाका कारण मन्त्रालय नै नदेखेको र निजामती प्रशासन नै नबुझेका न्याय सेवाका वकालत समूह, न्याय प्रशासन समूहका प्रथम श्रेणीका अधिकारी निजामती प्रशासनमा सचिव बढुवा भई मन्त्रालय चलाउने विडम्बनापूर्ण स्थिति आएकोसमेत सहसचिवहरूले उल्लेख गरेका छन् ।
सहसचिवहरूले सरकारले न्याय सेवाका प्रथम श्रेणीका अधिकारीलाई निजामती सेवामा बढुवा रोक्ने अध्यादेश जारी नगरेसम्म सोमबार बिहानदेखि दिनहु“ धर्ना दिने कार्यक्रम घोषणा गरेका छन् । सोमबार एक घन्टा धर्नामा बस्ने र अध्यादेश जारी नभएसम्म एक÷एक घन्टा बढाएर दिनहु“ धर्ना बस्ने कार्यक्रम सहसचिवहरूको छ, उनीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा समेत धर्नामा बस्ने कार्यक्रम अघि सारेका छन् ।
सहसचिवहरूले सामान्य प्रशासनमन्त्री माधव पौडेललाई न्याय सेवाका प्रथम श्रेणीका अधिकारीलाई निजामती सेवाको सचिवमा समेत बढुवा गर्ने व्यवस्थालाई रोक्न तत्काल अध्यादेश ल्याउन माग गर्दै मंगलबार ज्ञापनपत्र दिने कार्यक्रम राखेका छन् । मन्त्रीलाई दिने ज्ञापनपत्रमा निजामती सेवाका सबै सहसचिवले हस्ताक्षर गरिसकेको जानकारी एक सहभागीले दिए ।
विभिन्न मन्त्रालय र निकायका नीतिनिर्माण तहका सहसचिवहरूले दिनहु“ एक÷एक घन्टा बढाएर दिनभर धर्ना दिने कार्यक्रमले सरकारको राजस्व संकलन, निर्वाचनको तयारीसहित नया“ निर्णय गर्ने कार्य अवरुद्ध हुने जानकारी एक अधिकारीले दिए । सहसचिव तहका अधिकारीहरू मुलुकमा पहिलोपटक आन्दोलनमा उत्रिएका हुन् । शाखा अधिकृत र उपसचिवहरूले समेत सर्वोच्चको फैसलाले आफूहरूको समेत वृत्ति विकास अवरुद्ध पार्ने उल्लेख गर्दै सहसचिवहरूको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेका छन् ।
सर्वोच्चले निजामती सेवा ऐनको एउटा दफाको अपव्याख्या गर्दै न्याय सेवाका प्रथम श्रेणीका अधिकृतलाई निजामती र आफ्नो दुवै सेवामा सचिवमा बढुवा गर्न सरकारलाई आदेश दिएको र त्यसलाई रोक्न मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई लिखित ध्यानाकर्षण गराउ“दा पनि कुनै पहल नभए पछि निजामती सेवाका सहसचिवहरू आन्दोलनमा उत्रिएका हुन् ।
न्याय सेवाका प्रथम श्रेणीका अधिकारी निजामती सेवामा समेत सचिव हुन पाउनुपर्ने भनी रिट हाल्ने न्यायसेवाका कर्मचारी, कानुन हेरेरभन्दा आफ्नो स्वार्थ हेरेर प्रत्युत्तर दिने कानुन मन्त्रालयका अधिकारी (न्याय सेवाभित्र पर्ने), मिल्छ भनेर सरकारलाई आदेश दिने न्यायमूर्ति एउटै सवाका भएकाले फैसला निजामती प्रशासनका कर्मचारीमाथि अन्यायपूर्ण हुन पुगेको ठहर भेलाको छ ।
निजामती ऐनको एउटा दफामा न्याय सेवासमेत निजामती सेवाभित्र पर्ने उल्लेख छ । सर्वोच्चले त्यही दफाको अपव्याख्या गर्दै अन्तरिम संविधान र निजामती सेवा ऐनको व्यवस्थाभन्दा बाहिर गएर सचिव बढुवाका सम्बन्धमा त्रुटिपूर्ण फैसला आएका उल्लेख गरेका छन् । न्याय सेवाका प्रथम श्रेणीका अधिकृत आफ्नो सेवा र निजामती सेवा दुवैतर्फ सचिवमा बढुवा हुन पाउने, निजामती सेवाका सहसचिवहरू भने आफ्नो सेवामा मात्र पदोन्नति हुन पाउने फैसलाले आफूहरूमाथि अन्याय भएको उनीहरूले उल्लेख गरेका छन् ।
न्याय सेवाका सहसचिवहरूमध्ये कानुन समूहका कानुन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कानुन सचिव र कानुन आयोगका सचिवमा, वकालत समूहका सहसचिवहरू चारवटा नायव महान्यायाधिवक्ता (विशिष्ट श्रेणी), न्याय समूहका सहसचिवहरू रजिष्टार र न्याय सेवा आयोगका सचिवमा बढुवा हुन्छन् ।
‘हामीलाई पनि दुईतिर आफ्नो र न्याय सेवामा सचिव बनाऊ भनेर आन्दोलन गर्न लागेका होइनौं । त्रुटिपूर्ण फैसलाका कारण न्याय सेवाका सहसचिवलाई निजामती सेवामा समेत बढुवा हुने दोहोरो अवसर पाएको र हाम्रो बढुवाको अवसर गुमेको छ । यसले निजामती प्रशासनको मनोबल गिराउनुका साथै वृत्ति विकासमा नकारात्मक असर पारेको छ । निजामती सेवा ऐन संशोधन गरी न्याय सेवाका प्रथम श्रेणीका अधिकारीलाई निजामती सेवामा बढुवा हुन नपाउने व्यवस्था गर्न सरकारलाई दबाब दिन आन्दोलनका कार्यक्रम घोषणा गरेका हौं’ एक सहसचिवले भने ।
सहसचिवहरूले अन्तरिम संविधानमा न्यायालयको स्वतन्त्रताका लागि छुट्टै न्याय सेवा हुनेछ भन्ने उल्लेख भएकाले त्यसलाई निजामती सेवाभित्र ल्याउनु संविधानविपरीत भएको र दुई छट्टाछुट्टै प्रक्रियाबाट कार्यसम्पादन मूल्यांकन हुने दुईथरी कर्मचारीलाई एउटै प्रक्रियामा ल्याएर विशिष्ट श्रेणीमा बढुवा गर्न नमिल्ने जिकिर उनीहरूको छ ।
न्याय सेवा ऐनमा कानुन सेवाका कर्मचारीहरूको सरुवा र बढुवाको निर्णय न्याय सेवा आयोगबाट र निजामती सेवा ऐनमा निजामती सेवाका कर्मचारीको पदोन्नति लोकसेवा आयोगका सदस्यको संयोजकत्वमा रहने बढुवा समितिबाट हुन्छ । एउटा कानुनबाट गठित न्याय सेवाबाट बढुवा भएका प्रथम श्रेणीका अधिकृतहरूलाई अर्कै कानुनद्वारा गठित निजामती सेवामा बढुवा गर्न संविधानअनुसारसमेत मिल्दैन ।






निजामती सेवाका सहसचिवहरू आन्दोलित

सर्वोच्चको फैसला त्रुटिपूर्ण : सहसचिव भेला
काठमाडौं, १२ वैसाख– सर्वोच्च अदालतबाट निजामती सेवाका सम्पूर्ण कर्मचारीहरूको वृत्ति विकासमा नकारात्मक असर पार्ने अन्यायपूर्ण फैसला आएको भन्दै त्यसलाई कार्यान्वयन हुन नदिन निजामती सेवाका सहसचिवहरू आन्दोलित भएका छन् ।
सर्वोच्चले निजामती सेवा ऐनको एउटा दफाको अपव्याख्या गर्दै न्याय सेवाका प्रथम श्रेणीका अधिकृतलाई निजामती र आफ्नो दुवै सेवामा सचिवमा बढुवा गर्न सरकारलाई आदेश दिएपछि निजामती सेवाका सहसचिवहरू आन्दोलित भएका हुन् ।
निजामती ऐन संशोधन गरी न्याय सेवाका प्रथम श्रेणीका अधिकृतलाई निजामती सेवाको सचिवमा बढुवा हुन नपाउने कानुनी व्यवस्था गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र दिएको दुई साता भइसक्ता पनि कुनै पहल नभएपछि निजामती सेवाका सहसचिवहरूले हस्ताक्षर संकलन गर्नुका शुक्रबार  राष्ट्रियसभा गृहमा भेला गरे । भेलामा २ सयभन्दा बढी सहसचिव उपस्थित थिए ।
निजामती ऐन संशोधन गरी न्याय सेवाका प्रथम श्रेणीका अधिकृतलाई निजामती सेवाको सचिव बढुवा रोक्नका लागि निजामती ऐन संशोधन गर्न सरकारले तत्काल अध्यादेश जारी गर्नुपर्ने मागमा भने निजामती सेवाका सबै सहसचिवले हस्ताक्षर गरिसकेको जानकारी एक सहभागीले दिए ।
ती सहभागीका अनुसार भेलाले निजामती ऐनमा निजामती सेवा भन्नाले सामान्य प्रशासन, इन्जिनियरिङ, खानेपानी, कृषि, वन, लेखा, परराष्ट्र, शिक्षा सेवालाई जनाउ“छ, निजामती सेवाको सचिवमा त्यही सेवाका सहसचिवहरूमात्र बढुवा हुने प्रस्ट व्यवस्था गर्नका लागि तत्काल अध्यादेश ल्याउन सरकारसित माग गरेको छ ।
फैसलाका कारण निजामती सेवाका सम्पूर्ण कर्मचारीको वृत्ति विकासमा नकारात्मक असर परेको, आफूहरूले मनोबल गिराएको उल्लेख गर्दै भेलाले निजामती सेवाका सम्पूर्ण सहसचिवहरूले मातहतका सहकर्मीहरूलाई गोलबद्ध गरी निजामती ऐन संशोधनका लागि सरकारलाई निरन्तर दबाब जारी राख्ने निर्णय गरेको छ ।
न्याय सेवाका प्रथम श्रेणीका अधिकारी निजामती सेवामा सचिव हुन पाउनुपर्ने भनी रिट हाल्ने न्यायसेवाका कर्मचारी, कानुन हेरेरभन्दा आफ्नो स्वार्थ हेरेर प्रत्युत्तर दिने कानुन मन्त्रालयका अधिकारी (न्याय सेवाभित्र पर्ने), मिल्छ भनेर सरकारलाई आदेश दिने न्यायमूर्ति एउटै सवाका भएकाले फैसला निजामती प्रशासनका कर्मचारीमाथि अन्यायपूर्ण हुन पुगेको ठहर भेलाको छ ।
निजामती ऐनको एउटा दफामा न्याय सेवासमेत निजामती सेवाभित्र पर्ने उल्लेख छ । सर्वोच्चले संवैधानिक व्यवस्था, निजामती सेवा ऐनको समग्र व्यवस्थालाई नहेरी त्यही एउटा दफालाई मात्र हेरेर फैसला गरेको र त्यसले समग्र निजामती सेवामाथि अन्याय हुन पुगेको एक सहसचिवले जानकारी दिए ।
ती सहसचिवका अनुसार भेलाले अन्तरिम संविधान र निजामती सेवा ऐनको व्यवस्थाभन्दा बाहिर गएर सचिव बढुवाका सम्बन्धमा त्रुटिपूर्ण फैसला आएकाले त्यसको कार्यान्वयनलाई रोक्न कानुन संशोधन गर्न मन्त्रिपरिषदका अध्यक्ष, सामान्य प्रशासन र कानुनमन्त्री तथा मुख्यसचिवलाई निरन्तर दबाब दिइरहने निर्णयसमेत गरेको छ ।
न्याय सेवाका प्रथम श्रेणीका अधिकृत आफ्नो सेवा र निजामती सेवा दुवैतर्फ सचिवमा बढुवा हुन पाउने, निजामती सेवाका सहसचिवहरू भने आफ्नो सेवामा मात्र पदोन्नति हुन पाउने फैसलाले आफूहरूमाथि अन्याय भएको भेलाको निचोड छ ।
न्याय सेवाका सहसचिवहरूमध्ये कानुन समूहका कानुन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कानुन सचिव र कानुन आयोगका सचिवमा, वकालत समूहका सहसचिवहरू चारवटा नायव महान्यायाधिवक्ता (विशिष्ट श्रेणी), न्याय समूहका सहसचिवहरू रजिष्टार र न्याय सेवा आयोगका सचिवमा बढुवा हुन्छन् ।
‘हामीलाई पनि दुईतिर आफ्नो र न्याय सेवामा सचिव बनाऊ भनेका होइनौं । त्रुटिपूर्ण फैसलाका कारण न्याय सेवाका सहसचिवलाई निजामती सेवामा समेत बढुवा हुने दोहोरो अवसर पाएका छन् । यसले निजामती प्रशासनको मनोबल गिराउनुका साथै वृत्ति विकासमा नकारात्मक असर परेको छ । निजामती सेवा ऐन संशोधन गरी न्याय सेवाका प्रथम श्रेणीका अधिकारीलाई निजामती सेवामा बढुवा हुन नपाउने व्यवस्था गर्न सरकारलाई दबाब दिने निर्णय भेलाले गरेको छ’ एक सहभागीले भने ।
निजामती सेवाका सहसचिवहरूको आफ्नो सेवाभित्रको सचिवमा बढुवा हुने दायरा खुम्चिंदा उपसचिव, शाखा अधिकृत, नायव सुब्बादेखि खरिदारसम्मको पदोन्नति ठूलोमात्रामा अवरुद्ध हुने र त्यसले सिंगो प्रशासनमा वृत्ति विकास रोकिने र मनोबलसमेत घट्ने निष्कर्ष भेलाको छ ।
भेलाले अन्तरिम संविधानमा न्यायालयको स्वतन्त्रताका लागि छुट्टै न्याय सेवा हुनेछ भन्ने उल्लेख भएकाले त्यसलाई निजामती सेवाभित्र ल्याउनु संविधानविपरीत भएको र दुई छट्टाछुट्टै प्रक्रियाबाट कार्यसम्पादन मूल्यांकन हुने दुईथरी कर्मचारीलाई एउटै प्रक्रियामा ल्याएर विशिष्ट श्रेणीमा बढुवा गर्न नमिल्ने यथार्थ सरकारलाई ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ ।
न्याय सेवा ऐनमा कानुन सेवाका कर्मचारीहरूको सरुवा र बढुवाको निर्णय न्याय सेवा आयोगबाट र निजामती सेवा ऐनमा निजामती सेवाका कर्मचारीको पदोन्नति लोकसेवा आयोगका सदस्यको संयोजकत्वमा रहने बढुवा समितिबाट हुन्छ । एउटा कानुनबाट गठित न्याय सेवाबाट बढुवा भएका प्रथम श्रेणीका अधिकृतहरूलाई अर्कै कानुनद्वारा गठित निजामती सेवामा बढुवा गर्न संविधानअनुसारसमेत मिल्दैन ।




Friday, April 19, 2013

सरकारद्वारा प्राधिकरणलाई ठेकेदारलाई तिनुपर्ने रकम शेयरका रूपमा दिन अस्वीकार

ठेकेदारको दाबी रकम दिन ढिलाइ गर्दा प्राधिकरणलाई डेढ अर्ब घाटा
काठमाडौं, ६ चैत– सरकारले विद्युत् प्राधिकरणलाई उसले काली गण्डकी ए जलविद्युत् आयोजनाको इटालियन ठेकेदार इम्प्रोजिलोलाई तिनुपर्ने ८.५ मिलियन युरो (करिब एक अर्ब रुपैया“) रकम शेयरका रूपमा दिन अस्वीकार गरेको छ ।
प्राधिकरणले ऊर्जामन्त्रालयमार्फत् अर्थमन्त्रालयसित हालै जारी बजेटमा इम्प्रोजिलोलाई तिनुपर्ने रकम आफूलाई सरकारी शेयरका रूपमा दिन प्रस्ताव गरेकामा सरकारले अस्वीकार गरेको जानकारी सरकारी अधिकारीले दिएका छन् ।
ती अधिकारीका अनुसार अर्थमन्त्रालयले प्राधिकरणले ठेकेदारलाई तिर्नुपर्ने बा“की रकम सरकारले शेयरका रूपमा दिन नमिल्ने भन्दै बजेटमा राख्न अस्वीकार गरेको हो । अर्थमन्त्रालयले उक्त रकम प्राधिकरणलाई ऋणका रूपमा मात्र दिन तयार रहेको प्रत्युत्तर दिएको छ ।
प्राधिकरणले इम्प्रेजिलोसित उसको दाबी रकमका सम्बन्धमा सन् २००४ मा भएको समझदारीअनुसार द्विपक्षीय समझौता (अमिकेबल सेटलमेन्ट) गरी भुक्तानी नगरेका कारण उसले ठेकेदारलाई करिब ८५ करोड बढी तिर्नुपर्ने स्थिति आएको जानकारीसमेत स्रोतले दिए । प्राधिकरणले इम्प्रोजिलोलाई दाबी रकमबापत सन् २००४ मा जम्मा १.३ मिलियन युरो (१५ करोड रुपैया“) दिने समझदारी भएको थियो । त्यसमा अमिकेबल सेटलमेन्ट गर्न ढिलाइ गरेकै कारण प्राधिकरणले थप ८५ करोड रुपैया“ तिर्नुपर्ने भएको हो ।
आयोजना सम्पन्न भएको १३ वर्षपछि ऊर्जा सचिव हरिराम कोइराला एवं प्राधिकरणको तत्कालीन अध्यक्ष हरिराम कोइरालाका पालामा इम्प्रोजिलोसित वार्ता गरी ८.५ मिलियन युरो दिने द्विपक्षीय सम्झौता भई त्यही रकम व्यवस्था गर्न अर्थमन्त्रालयसित माग गरिएको हो ।
काम सम्पन्न हुनासाथ इम्प्रेजिलोले आयोजना निर्माणका क्रममा भएका बन्दलगायतका समस्या कारण आफूले थप  १३ मिलियन युरो पाउनुपर्ने दाबी प्राधिकरणसित सन् २००१ मा गरेको थियो । प्राधिकरणले उक्त रकम नदिएपछि इम्प्रेजिलोले प्राधिकरणविरुद्ध अन्तर्राष्ट्रिय मध्यस्थता अदालतमा २० मिलियन युरो थप रकम दिलाउन माग गर्दै मुद्दा दायर ग¥यो ।

इटालीको अदालतले प्राधिकरणलाई मुद्दा जिताउ“दा पनि इम्प्रेजिलोले ठेक्का लिंदा राखेको ५ मिलियन युरो जफत गरी लिन नसक्ता प्राधिकरणलाई थप ५५ करोड रुपैया“ घाटा हुन पुगेको जानकारीसमेत स्रोतले दिएका छन् ।
त्यही मुद्दाका क्रममा प्राधिकरणले इम्प्रेजिलोले ठेक्का लिंदा राखेको जमानत रकम ५ मिलियन युरो जफत गर्ने निर्णय ग¥यो । इम्प्रेजिलोले प्राधिकरणको निर्णयविरुद्ध इटालीको अदालत मुद्दा दायर ग¥यो । इटालीको अदालतले इम्प्रोजिलोको दाबीलाई गैरकानुनी ठहर गर्दै प्राधिकरणलाई मुद्दा जिताई इम्प्रेजिलोको जमानत जफत गर्ने निर्णयलाई सदर ग¥यो । इटालीको अदालत र नेपालीका तर्फबाट राखिएको कानुन व्यवसायीले पटकपटक प्राधिकरणलाई इम्प्रेजिलोको खाताबाट जमानत रकम जफत गर्न तोकेता गरे पनि तत्कालीन सञ्चालक समितिका पदाधिकारी र कार्यकारी निर्देशक जनक कर्माचार्यले बेवास्ता गरेका कारण उक्त रकम आउन सकेन ।
इटालीको अदालतबाट मुद्दा हारेको इम्प्रोजिलोले अन्तर्राष्ट्रिय मध्यस्थता अदालतमा प्राधिकरणबाट २२ मिलियन युरो रकम पाउनुपर्ने भनी दोस्रोपटक दायर मुद्दा दायर गरेपछि पुनः वार्ताबाट द्विपक्षीय समझदारी (आउट अफ कोर्ट सेटलमेन्ट) गर्न पहल गरियो र दुवै पक्षबीच वार्ता भयो ।
प्राधिकरणसित वार्ताका क्रममा इम्प्रोजिलोसित अन्तर्राष्ट्रिय मध्यस्थता अदालतबाहिरै दाबी रकममध्ये १.३ मिलियन युरोमात्र दिने द्विपक्षीय समझदारी भयो । उक्त समझदारीलाई अनुमोदन गर्ने निर्णय गर्न सन् २००४ मा विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठक बोलाइयो । तर, प्राधिकरणका तत्कालीन सञ्चालक समिति सदस्य रत्नसंसार श्रेष्ठ उक्त समझदारीलाई अनुमोदन गर्ने बैठकमा हस्ताक्षर गर्नुपर्ला भनेर अनुपस्थित रहेका कारण त्यति बेला कुनै निर्णय हुन सकेन ।
इम्प्रोजिलोले पुनः अन्तर्राष्ट्रिय मध्यस्थता अदालतमा प्राधिकरणस“ग २२ मिलियन युरो थप रकम दिलाउन माग गर्दै पुनः अन्तर्राष्ट्रिय मध्यस्थता अदालतमा गयो । अन्तर्राष्ट्रिय मध्यस्थता अदालतले मध्यस्थता अदालतले इम्प्रेजिलोलाई फाइदा पुग्ने गरी उसले माग दाबी गरेभन्दा बाहिर गएर फैसला दियो ।
अन्तर्राष्ट्रिय मध्यस्थता अदालतले माग दाबीभित्रै रहेको गरेको फैसलामा कही“ पनि पुनरावेदन लाग्दैन । तर, माग दाबी गरेभन्दा बाहिर गएर भएको फैसलामा भने पुनरावेदन लाग्छ । प्राधिकरणलले माग दाबी नै नगरेको विषयमा फैसला गरेकामा आफ्नै मुलुकको न्यायालयमा पुनरावेदन गर्न सक्ने भए पनि प्राधिकरणले कुनै पहल गरेन । मध्यस्थता अदालतको बद्नियतपूर्ण फैसला खारेज गराउने अवसर प्राधिकरणका तत्कालीन सञ्चालक समितिका पदाधिकारी र कार्यकारी निर्देशकले बेवास्ता गरेर ठेकेदारलाई नाजायज फाइदा पु¥याएको सम्बन्धित अधिकारी बताउ“छन् ।
मध्यस्थता अदालतको फैसलाको विरुद्ध पुनरावेदन नगरेको र जमानत रकम ५५ करोड बेवास्ता गर्दा प्राधिकरणलाई झन्डै डेढ अर्ब रुपैया“ दायित्व परेको हो ।















Thursday, April 18, 2013

नागरिकता वितरणलाई सहज बनाउन निर्देशिका जारी

काठमाडौं, ५ वैसाख– सरकारले हालै जारी नागरिकतासम्बन्धी अध्यादेशअनुसार देशव्यापी नागरिकता वितरण अभियान सञ्चालनलाई सहज बनाउन निर्देशिका जारी गरेको छ । मन्त्रिपरिषदको बिहीबार बिहान बसेको बैठकले नागरिकता वितरणसम्बन्धी निर्देशिका–२०७० पारित गरी जारी गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
आगामी संविधानसभा चुनावमा फोटोसहितको मतदाता नामावली संकलन र अद्यावधिक गर्न नागरिकताको प्रमाणपत्र अनिवार्य भएकाले सरकारले निर्देशिका जारी गरी देशव्यापी नागरिकता अभियान सञ्चालन गर्न लागेको हो ।
निर्देशिकामा २०६३÷६४ मा अंगीकृत नागरिकता पाएका १ लाख ७० हजार व्यक्तिका नागरिकता पाउनुअघि जन्मेका सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण गर्ने व्यवस्थासमेत गरिएको जानकारी गृह मन्त्रालय स्रोतले दिएको छ । यसअघि अंगिकृत नागरिकता पाएका व्यक्तिका नागरिकता पाउनुअघि जन्मेका सन्तानले वंशजका आधारमा नागरिकता पाउने कानुनी व्यवस्था थिएन ।
निर्देशिकाले मुख्य गरी नागरिकता टोली पठाउने, कुन आधारमा वितरण गर्ने, नागरिकताको रेकर्ड राख्ने प्रक्रियालाई सहज बनाएको छ । टोलीले उमेर पुगेका सबै नेपालीलाई वंशजका आधारमा नागरिकता वितरण गर्नेछ । निर्देशिका आगामी आइतबारदेखि कार्यान्वयनमा आउने बताउ“दै सरकारले गृहमन्त्रालयमार्फत् तत्काल देशका सबै जिल्लामा नागरिकता वितरण टोली खटाउने जानकारी दिए ।
सरकारले नेपाल ट्रष्टको कार्यालयलाई आफ्नो स्रोतबाट ३ करोड २५ लाख रुपैया“ उसको भौतिक पूर्वाधार निर्माणमा खर्च गर्ने अख्तियार प्रदान गरेको छ । मन्त्रिपरिषदले एसियाली विकास बैंकले १ सय ४० मेगावाटको माथिल्लो सेती जलविद्युत् आयोजनालाई दिन लागेको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गर्दै सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न अर्थमन्त्रालयलाई अख्तियारी प्रदान गरेको छ ।
गरिबी निवारण कोषको दोस्रो चरणको कार्यक्रम कार्यान्वयनका लागि विश्व बैंकअन्तर्गत अन्तर्राष्ट्रिय विकास संस्थास“ग ८ करोड अमेरिकी डलर सहयोग प्राप्त गर्नका लागि वार्ता टोली गठन गरेको छ ।

सरकारले सेना समायोजन विशेष समिति र त्यसको मातहतमा रहेको सचिवालयले गरेका सम्पूर्ण कार्यलाई अनुमोदन गरेको छ । सेना समायोजन प्रक्रिया सम्पन्न भएपछि विशेष समिति र सचिवालय दुवै विघटन भएका छन् ।
राष्ट्रिय वाणिज्य बैंकमा सरकारको नाममा रहेको ७८ करोड रुपैया“ बराबरको शेयरबाट प्राप्त लाभांश रकमसमेत शेयरकै रूपमा लगानी गर्ने निर्णयसमेत मन्त्रिपरिषदले गरेको छ ।

सचिव पोखरेलले विदेशमा अवकास पाए

काठमाडौं, ४ चैत– चीनको भ्रमणकै क्रममा उपराष्ट्रपति कार्यालयका सचिव लक्ष्मणकुमार पोखरेलले मंगलबार अनिवार्य अवकास पाएका हुन् । चीनमा जारी ‘मन्त्री र सचिवहरूका लागि शासकीय क्षमता’ विषयक सेमिनारमा भाग चार सदस्यीय नेपाल टोलीका सदस्य पोखरेलले ५८ वर्ष उमेर पूरा गरी अनिवार्य अवकास पाएका हुन् ।
भ्रमण दलमा पोखरेलका अतिरिक्त राष्ट्रपति कार्यालय, लोकसेवा आयोग, प्रधानमन्त्री कार्यालयका सचिवहरू क्रमशः शीतलबाबु रेग्मी, नाथुप्रसाद चौधरी र सूर्यप्रसाद सिलवाल सहभागी छन् । मन्त्रिपरिषद बैठकले सेमिनारकै बीचमा सेवाबाट अवकास पाउने सचिवलाई सरकारी टोलीमा भ्रमणमा पठाउने निर्णय गर्नु आफैंमा गलत भएको सरकारी अधिकारी नै बताउ“छन् ।
पोखरेलको अवकासस“गै रिक्त सचिव पद दुइटा पुगेका छन् । यसअघि गत चैत ५ मा प्रधानमन्त्री कार्यालयका सचिव यज्ञप्रसाद गौतमले अनिवार्य अवकास पाएका थिए । प्रधानमन्त्री कार्यालयमा सहसचिव ङइन्द्रप्रसाद उपाध्यायलाई कामु सचिव बनाइएको छ ।

Tuesday, April 16, 2013

भ्रष्टाचार हुने कार्यालयमा सेवाग्राहीका लागि क्षतिपूर्तिसहितको बडापत्र लागू

समयमै सेवाग्राहीको काम नगर्ने कर्मचारीलाई ५ हजारसम्म जरिवाना
मन्त्रिपरिषदका अध्यक्षद्वारा सडक विस्तारलाई तीव्र बनाउन निर्देशन
काठमाडौं, ३ चैत– सरकारले सेवाग्राहीलाई अनावश्यक दुःख दिएर बढी भ्रष्टाचार बढी हुने गरेका पाूचवटा प्रमुख विभाग र मातहतका देशभरका कार्यालयहरूमा सोमबारदेखि क्षतिपूर्तिसहितको नागरिक बडापत्र कार्यान्वयनमा ल्याएको छ ।
सुशासन ऐन, २०६४ बमोजिम सरकारले पहिलो चरणमा पाूचवटा विभाग र मातहतका कार्यालयमा भ्रष्टाचार नियन्त्रण गरी सेवाग्राही आमजनतालाई छिटोछरितो सेवा दिन क्षतिपूर्तिसहितको नागरिक बडापत्र कार्यान्वयनमा ल्याइएको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदद्वारा कार्यालयले दिएको जानकारीअनुसार वैदेशिक रोजगार विभाग, यातायात व्यवस्था विभाग, अध्यागमन विभाग, मालपोत विभाग र नापी विभाग तथा मातहतका कार्यालयमा क्षतिपूर्तिसहितको नागरिक बडापत्र लागू गरिएको छ ।
सबैले स्पष्ट देख्न सक्ने गरी राखिएको नागरिक बडापत्रमा सेवाको प्रकृति, सेवाग्राहीले जुटाउनुपर्ने कागजात, लाग्ने समय, जिम्मेवार पदाधिकारी, लाग्ने दस्तुर, गुनासो पोख्ने स्थान र क्षतिपूर्तिको रकम लेखिएको हुनेछ । क्षतिपूर्ति रकम २ सय ५० देखि बढी ५ हजार रुपैयाूसम्म तोकिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार सेवाग्राहीले बडापत्रमा उल्लिखित समयभित्र आफ्नो काम भएन भने तीन दिनभित्र क्षतिपूर्तिको दाबी गरिसक्नेछन् । यस्तो दाबी फ्याक्स वा इमेल मार्फत्समेत गर्न सक्नेछ । यस्तो क्षतिपूर्तिको दाबी परेको ७ दिनभित्र निर्णय भइसक्नुपर्ने र क्षतिपूर्ति रकम सेवाग्राहीलाई उनीहरूको काम बडापत्रअनुसार नगरिदिने जिम्मेवार कर्मचारीबाट भराइनेछ ।
कर्मचारीले समेत सेवाग्राहीको क्षतिपूर्ति दाबी झूटो भएमा ७ दिनभित्र पुनरावेदन दिन पाउनेछन् । सरकारले नागरिक बडापत्रअनुसार समयमै काम नभएका कारण पीडित सेवाग्राहीलाई क्षतिपूर्ति दिन एउटा कोष खडा गर्नेछ र कर्मचारीको काबु बाहिरको परिस्थितिका कारण सेवाग्राहीको काम हुन नसकेको भएमा कोषवाट क्षतिपूर्ति रकम व्यहोरिनेछ । सेवाग्राहीले बडापत्रअनुसार कार्य नगर्ने कर्मचारीका विरुद्ध हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिमा क्षतिपूर्तिका लागि निवेदन दिन सक्नेछन् । सरकारद्वारा जारी क्षतिपूर्ति निर्देशिकामा क्षतिपूर्ति कोष भने सम्बन्धित विभाग र कार्यालयहरूमा नै राखिनेछ र त्यहीूबाट प्रजिअको संंयोजकत्वमा रहेको समितिको निर्णयअनुसार जिम्मेवारी कर्मचारीबाट भराउने र पीडित सेवाग्राहीलाई दिने व्यवस्था गरिएको छ । बडापत्रमा जेष्ठ नागरिक, अशक्त, सुत्केरी र नाबालकलाई सेवा प्रवाहमा प्राथमिकता दिइनेसमेत उल्लेख छ ।
प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाूस्कोटाले सरकारी सेवालाई भ्रष्टाचाररहित, गुणस्तरीय, जवाफदेही, जनमुखी, छिटोछरितो गर्ने गरी क्षतिपूर्तिसहितको नागरिक बडापत्र तयार गरी कार्यान्वयमा ल्याइएको जानकारी दिए ।
काठमाडौंको डिल्लीबजारस्थित मालपोत कार्यालयको प्रांगणमा सोमबार आयोजित एक कार्यक्रमबीच मालपोत तर्फको क्षतिपूति सहितको नागरिक बडापत्रको प्रारम्भ भूमिसुधारमन्त्री ऋद्धिबाबा प्रधानले गरेकी थिइन् भने नापीतर्फको प्रधानमन्त्री कार्यालयका सचिव बाूस्कोटाले ।
बडापत्रअनुसार मालपोत कार्यालयहरूले प्रक्रिया पूरा भएको केशमा लिखत पारित गर्ने, नामसारी गर्ने,  दाखिल खारिज गर्ने, संशोधन गर्ने, फोटो टाूस गर्ने, तीनपुस्ते कायम गर्ने, मोठ रोक्का भिडाउने, प्रतिलिपि दिनेजस्ता सेवा सोही दिन प्रवाह गर्नेछन् । सोही दिन भन्नाले १२ बजेभित्र प्रस्तुत भएका काम सोही दिन फछ्र्यौट गरिसक्नुपर्ने व्यवस्था बडापत्रमा गरिएको छ ।
नापीतर्फ कित्ताकाट गर्ने काम, नक्शा टे«स, फिल्डबुक एवं प्लट रजिष्टर उत्तार गर्ने काम र क्षेत्रफल टायल चेक गर्ने काम सोही दिन सम्पन्न गर्नुपर्ने बडापत्रमा उल्लेख । नक्शा प्रिन्ट गरेर दिने कुरा मौसममा आधारित हुनेछ । तथापी कम्तीमा सातामा दुईपटक नक्सा वितरणको काम हुनेछ । सामान्यतः फिल्डमा खटिई जानुपर्ने भए कामको प्रकृतिअनुसार २ देखि ५ दिनको समय लिइने बडापत्रमा उल्लेख छ ।

मन्त्रिपरिषदका अध्यक्षद्वारा सडक विस्तारलाई तीव्र बनाउन निर्देशन
अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले काठमाडौं उपत्यकामा जारी सडक विस्तारको अभियानलाई तीव्रताका साथ अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारी र मातहतका सबै निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।
उनले आफ्ना बैठक कक्षमा सोमबार आयोजित उच्चस्तरीय सडक अनुगमन समितिका पदाधिकारीहरूको बैठकमा बोल्दै सार्वजनिक यातायातका साधन, विदेशी पाहुना, पर्यटक र आम सर्वसाधारणले प्रयोग गर्ने मूल सडकलाई पहिलो प्राथमिकतामा राखी काम गर्नसमेत निर्देशन दिएका छन् ।
रेग्मीले भत्काउन तत्परता देखाएझैं निर्माण कार्यसमेत छिटो गर्न सम्बद्ध अधिकारीहरुलाई आग्रह गर्दै काममा ढिलाइ गर्ने निर्माण व्यवसायीमाथि कठोर कारबाही गर्नसमेत निर्देशन दिएका छन् ।
उनले एकीकृत सोचका साथ कामलाई अगाडि बढाउन, सडक निर्माण भइसकेपछि तुरुन्तै पोल हटाउने व्यवस्था मिलाउन, रात(विरात निजी संरचना तोडफोड नगरी सर्वसाधारणलाई संझाई बुझाई गरी न्यून क्षति हुने गरी काम गर्नुका साथै सडक विस्तारको कामलाई अभियानकै रूपमा अघि बढाउन आग्रह गरेका छन् । उनले काठमाडौं उपत्यकाभित्र हरियाली प्रवद्र्धन गर्नसमेत निर्देशन दिए ।
उच्चस्तरीय अनुगमन समितिका संयोजकसमेत रहेका सचिव बाूस्कोटाले उपत्यकामा हाल करिब २०० किमी सडक विस्तारको क्रममा रहेको र यस असार मसान्तसम्ममा करिब ९० प्रतिशत काम सम्पन्न हुने जानकारी गराए ।
बाूस्कोटाले भत्काउूदा निस्किएको फोहोर ३ दिन भित्र हटाउने, सडक विस्तार हुने बित्तिकै पोल हटाउने, बत्ती, टेलिफोन र खानेपानीको तार र पाइप दाया र बायातर्फ निर्माण गरी जनतामा सेवा प्रवाह गर्न र बटुवाका लागि पेटी निर्माणको कामलाई प्राथमिकता दिइएको जानकारी गराएका थिए । उनका अनुसार यी कार्यका लागि सरकारको. १० अर्ब र निजी क्षेत्रका तर्फबाट ३० अर्ब रुपैयाू खर्च हुने अनुमान छ ।


सञ्चारमन्त्रीद्वारा गोरखापत्रमा एमालेकरण

काठमाडौं, ३ चैत– सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले सरकारी मुखपत्र गोरखापत्रका प्रधानसम्पादक सीताराम अग्रहरिलाई हटाएका छन् ।
पौडेलको निर्देशनमा गोरखापत्र संस्थानका महाप्रबन्धक कपिल घिमिरेले अग्रहरिलाई प्रधानसम्पादकबाट हटाई सोमबार मधुपर्क मासिकमा सरुवा गरेको जानकारी स्रोतले दिएको छ । स्रोतका अनुसार मधुपर्क मासिकमा १० तहका पत्रकारलाई मात्र सम्पादक बनाउने गोरखापत्र संस्थानको विनियमावलीविपरीत एघार तहका अग्रहरिलाई सरुवा गरेका हुन् ।
पौडेलको निर्देशनमा घिमिरेले दसौं तहका पत्रकार पुष्कर माथेमालाई गोरखापत्रको प्रधानसम्पादक नियुक्त गरेका छन् । माथेमा राइजिङ नेपालका प्रधानसम्पादकसमेत भइसकेका हुन् ।पौडेलले संस्थानमा कर्मचारीबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने सदस्यसमेत परिवर्तन गरेका छन् । सदस्य कुमार विवेकानन्द मिश्रलाई हटाई श्रीधर आचार्यलाई ल्याइएको छ ।
गोरखापत्रमा महत्वपूर्ण पदमा ल्याइएका दुवै जना पत्रकार एमालेको भातृ संगठन प्रेस चौतारीमा आवद्ध छन् । पौडेल मन्त्रिपरिषद्मा एमालेको कोटामा मन्त्री भएका हुन् । त्यही कारण उनले आगामी संविधानसभा चुनावमा गोरखापत्रलाई एमालेको प्रचार प्रोपोगाण्डा बनाउन एमालेकरण गरेका हुन् । पौडेलले आफ्नो प्रेस सल्लाहकारसेमत एमाले सम्बद्ध पत्रकार मात्रिका पौडेललाई नै बनाएका छन् ।

Saturday, April 13, 2013

महासमितिको अर्थपूर्ण सन्देश

काठमाडौं, ३१ चैत– पार्टीभित्र आन्तकिर लोकतान्त्रिक अभ्यास बिरलै हुने कांग्रेसको नवलपरासीमा चारदिने महासमिति बैठक हुनु आफैंमा सकारात्मक र महत्वपूर्ण राजनीतिक घटनाक्रम हो । ०५४ सालपछि कांग्रेसमा भएको यो पहिलो सबभन्दा बृहत् महासमिति बैठक हो । महासमिति बैठकमा कांग्रेसले मुलुकमा विद्यमान सबै राजनीतिक मुद्दामा पहिलोपटक गम्भीर ढंगले बृहत् छलफल ग¥यो । महासमितिमा घटीमा छदेखि बढीमा १३ प्रदेशसम्म बनाउने विषयमा बृहत् छलफल भए पनि संघीयताका सवालमा कांग्रेस ठोस निर्णयमा पुग्न सकेन । संघीयताका सवाललाई लिएरमात्र समीक्षा गर्ने हो भने कांग्रेस महासमिति बैठकलाई असफल नै मान्नुपर्छ, तर पार्टीमा नेतृत्वको एकाधिकार र वर्चस्व रह“दै आएको कांग्रेसमा महासमिति बैठकमा मुलुकमा विद्यमान राजनीतिक मुद्दामा जसरी बृहत् र अकुंशित रूपमा जुन बृहत् छलफल भयो, त्यो दृष्टिमा महासमिति बैठकलाई सफल मान्नै पर्ने हुन्छ । नत्र कांग्रेसमा नेतृत्वले राखेको प्रस्तावमा छलफल गर्ने र त्यसैलाई छलफलको नौटंकी गरेर अनुमोदन गर्ने जुन परम्परा थियो, त्यो यसपटक तोडिएको छ । पार्टीको महत्वपूर्ण भूमिकामा भएका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलको प्रस्ताव र निर्देशलाई बेवास्ता गरी महासमिति बैठकमा मुलुक र पार्टीको हितमा तथा आगामी संविधानसभा चुनावलाई जसरी पनि सफल पार्नुपर्ने पक्षमा पहिलोपटक खुलेर छलफल हुनु कांग्रेसको आन्तरिक जीवन र भविष्यका लागि आफैंमा महत्वपूर्ण कदम हो ।
कांग्रेसमा संघीयताका सवालमा विभिन्न धारणा आए पनि शासकीय स्वरूपका सवालमा भने महासमिति बैठक एकमत भएको छ । प्रत्यक्ष निर्वाचनबाट छानिने राष्ट्रपति र संसदबाट निर्वाचित हुने प्रधानमन्त्री दुवै कार्यकारी प्रमुख हुने मिश्रित शासन प्रणाली समावेशी, स्थिर, आमजनताको पक्षमा हुने नसक्ने ठहर गर्दै महासमिति बैठकले शासकीय स्वरूप संसदीय शासन प्रणाली नै उपयुक्त हुनुपर्ने पक्षमा एकमत जाहेर गरेको छ । महासमितिले सघीय स्वरूपका सवालमा निष्कर्षमा पुग्न नसकेकै कारण शासकीय स्वरूपका विषयमा भएको पार्टीको निर्णयलाई समेत था“ती राखिएको हो । कांग्रेसले महासमिति सदस्यहरूको सुझावलाई अध्ययन गरी संघीयतासहित सबै विषयमा केन्द्रीय समितिमा प्रतिवेदन दिन उपसभापति रामचन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको छ । महासमितिमा संघीयताबारेमा भएको बहस हेर्दा कांग्रेसमा त्यति ठूलो मतान्तर देखिंदैन । कांग्रेसको महाधिवेशनपछिको सबभन्दा महत्वपूर्ण र शक्तिशाली निकाय महासमिति एकल जातीय पहिचानका आधारमा सबै जातजाति र धर्मावलम्बीको समान पहिचान, अवसर र प्रतिनिधित्व हुने र पछाडि परेका वर्गलाई राज्यका विभिन्न अवसरमा विशेष सहुलियत, सुविधा र आरक्षण दिने गरी राज्यको पुनर्र्सरचना गर्नुपर्नेमा एकमत छ, तर राज्यको संख्यालाई लिएरमात्र महासमिति एक मत हुन नसकेको हो ।
कांग्रेस महासमिति बैठकद्वारा गठित समितिले संघीयता र शासकीय स्वरूपसहित मुलुकमा विवादित सम्पूर्ण राजनीतिक मुद्दामा पार्टीको स्यष्ट नीति अख्तियार गर्ने भएको छ । संविधानसभा संविधान नबनाई विघटन हुन पुग्नुमा मुलुकको सबभन्दा पुरानो लोकतान्त्रिक पार्टी कांग्रेस संघीयता र शासकीय स्वरूपका सवालमा निर्णयमा पुग्न नसक्नु नै प्रमुख कारण हो । कांग्रेसले महासमिति बैठकबाट पुनः हुने चुनावबाट हुने संविधानसभाबाट जसरी पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाइछाड्ने उद्घोष गरेको छ । कांग्रेसले आगामी संविधानसभा चुनावलाई सफल पार्ने पार्टीगत नीति तथा कार्यक्रम तय गर्नुका साथै असन्तुष्ट दलहरूलाई निर्वाचनमा ल्याउने वातावरण बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरी वार्ता गर्ने निर्णयसमेत सार्वजनिक गरेको छ । असन्तुष्ट दलहरूले विरोध गरेको ‘चार दलीय सिन्डिकेट’ लाई भंग गरी सबैसित वार्ता गरी चुनावको वातावरण बनाउने सभापति कोइरालाको घोषणा आफैंमा सकारात्मक छ । नवलपरासीको त्रिवेणीधाममा भएको कांग्रेसे महासमिति बैठकका निर्णय मुलुकमा चुनाव सम्पन्न गर्ने दिशामा आफैंमा महत्वपूर्ण र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान निर्माण गर्ने पक्षमा धेरै सकारात्मक र प्रशंसनीय छ । मधेसमा गुमेको संगठन पुनः विस्तारका लागि महासमिति बैठक मधेसीको जनघनत्व बढी भएका वीरगन्ज, जनकपुर र विराटनगरजस्ता सहरमा गर्नुको सट्टा सर्वसाधारणको बस्ती शून्यप्रायः भएको त्रिवेणीमा गर्नु आफैंमा गलत निर्णय भए पनि चुनावका पक्षमा कांग्रेसले जुन निर्णय गरेको छ, त्यो आफैंमा महत्वपूर्ण छ । कांग्रेस महासमिति बैठकमा जति कमीकमजोरी भए पनि कांग्रेसले चुनावको पक्षमा जुन माहोल तयार गरेको छ, असन्तुष्ट दलहरूसित वार्ता गर्ने, चार दलको सिन्डिकेट तोड्ने र चुनावका लागि अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीशबाट राजिनामा गराउनेसम्मको  जुन निर्णय गरेको छ, त्यसले मुलुकमा पुनः संविधानसभा चुनाव गराएर आमजनताले आफ्ना जनप्रतिनिधिमार्फत् संविधान निर्माण गर्ने पक्षमा पहिलोपटक साहसिक कदम चालेको छ । त्यही कारण कांग्रेस महासमिति बैठकलाई सफल र उद्देश्यमूलक भएको मान्न सकिन्छ । तर, कांग्रेसले आफ्ना प्रतिबद्धतालाई पूरा गर्न सकेन भने महासमिति सदस्यहरूको भावना र मुलुकप्रति खेलबाड गरेको र संविधानसभा चुनावप्रति गम्भीर नभएको रूपमा बुझ्नुपर्ने हुन्छ भन्ने यथार्थ कांग्रेसको नेतृत्वजनले बेलैमा बुझ्नु अपरिहार्य भइसकेको छ ।

‘मधेसमा भए पनि महासमिति मधेस केन्द्रित भएन’

‘मधेसमा भए पनि महासमिति मधेस केन्द्रित भएन’
आङगेलु शर्पा सभापति एवं महासमिति सदस्य, सोलु

काठमाडौं, ३१ चैत– हरेक वर्ष हुनुपर्ने पार्टीको महासमिति बैठक पार्टी महाधिवेशन भएको तीन वर्षपछि पहिलोपठक हुनु आफैंमा उपलब्धिमूलक हो । महासमिति सदस्यहले आ–आफ्ना विचार राख्न पाए, आमजनताका कुरा राख्न पाए । महासमिति बैठकमा राजनीतिक, सामाजिक, आर्थिक मुद्दामा जुन मुद्दा उठेका थिए, ती विचार र धारणा आगामी संविधानसभा चुनावका लागि घोषणापत्र निर्माणका लागि महत्वपूर्ण आधार बन्न सक्छन् भन्ने मेरो विश्वास हो । जिल्ला समिति, क्षेत्रीय समितिका लागि जुन विधान संशोधन भयो, त्यसले पार्टीलाई जनस्तरमा अझ बढी लोकतान्त्रक र सहभागितामूलक बनाउनेछ ।
महासमिति बैठकका लागि जुन ठाउ“ छनौट भयो, त्यो गलत भयो । खर्च र व्यवस्थापनका लागि सस्तो होला भनेर नवलपरासीको त्रिवेणीजस्तो जनता बसोबास नगर्ने ठाउ“ छनौट भयो, त्यो गल्ती थियो । पछिल्लो संविधानसभा चुनावमा कांग्रेसले आफ्नो परम्परागत रूपमै जनाधार रहेको तराई–मधेसमा चुनाव हार्न पुग्यो । बढी जनसम्पर्क हुने जनकपुर, वीरगन्ज र सर्लाही या बढी मधेसी जनतास“ग प्रत्यक्ष सम्पर्क हुने ठाउ“मा महासमिति बैठक गरेको भए मधेसमा संगठन सुदृढीकरण र मधेसी जनतालाई पार्टीमा आकर्षित गर्न सहज हुन्थ्यो । नवmपरासीको छेउ त्रिवेणीमा महासमिति बैठक गरेर कांग्रेसबाट टाढिएका मधेसी जनतासित सोझो सम्पर्क हुन सकेन । जनकपुर, वीरगन्जजस्ता मधेस केन्द्रित ठाउ“मा महासमिति बैठक गरेको भए मधेस केन्दित र मधेसी जनतालाई आकर्षित पार्न सफल हुन्थ्यो ।  त्रिवेणीमा भएको सम्मेलन मधेस केन्दित हुन सकेन । मधेसको राजनीतिलाई जुन सम्बोधन गर्नुपथ्र्यो, महासमिति बैठक त्यसमा असफल हुन पुग्यो ।

त्रयनेताबीच एकता देखिनु नै उपलब्धिमूलक
भूपेन्द्रजंग शाही, महासमिति सदस्य कालीकोट

महासमिति बैठक तीन वर्षदेखि विभिन्न कारणे हुन सकेको थिएन, तीन वर्षमा महासमिति बैठक हुनु आफैंमा उपलब्धिमूलक हो । देशरभरका महासमिति सदस्य सबैले सबै जिल्लाका सम्भावना र कमजोरी बुझ्न पाए । पार्टीैमा कोइराला र देउवाबीच जुन विवाद थियो भनिथ्यो, महासमितिमा पार्टीको विवाद देखिएन । महासमिति बैठकमा त्रयनेताबीच एकता देखियो । तीनै जना नेताले एक भएर जान्छु भने, महासमितिको बैठकमा गुटका कुरा आएन । त्यो नै राम्रो संकेत हो । संघीयताका विषयमा देशभरका कांग्रेस एक देखिए । तनिै जना नेताले एकस्वरमा संघीयताको एउटै मोडेलका बारेमा बोला । एकल जातीय आधारमा होइन सबै जातजाति र धर्मावलम्बीको समान पहिचान, असर र प्रतिनिधित्व हुने गरी राज्य पुनर्संरचना हुने गरी प्रदेशको बा“ढफा“डका कुरा आए । संघीयताजस्तो गम्भीर सवालमा देशको अर्थतन्त्रले धान्न सक्ने र तराई, मधेस पहाडका जनताको पहिचान हुने गरी प्रदेशको बा“डफा“ड हुने कुरमा कांग्रेसमा एकता देखियो ।
शासकीक स्वरूपका सवालमा संसदीय प्रणालीमा नै जानुपर्ने सबैको धनाइ रह्यो । महासमित सदस्यहरूले चिन्ता प्ँँर्टि संंगठनलाई सुधार गर्नुपर्छ , महासमिति बैठकमा कांग्रेस चुनावमा जानुपर्छ भन्ने देखियो चुनावमा कांग्रेसलाई एकीकृत र एकजुट बनाउनुपर्छ भन्ने कांग्रेस महासमिति जुन एकता र एकीकृत हुने भावना देखियो त्यो आफैंमा सकारात्मक र उपलब्धिमूलक छ ।

‘महासमितिले महत्वपूर्ण एजैनडामा निर्णय लिन सकेन’
मीन विश्वकर्मा, केन्द्रीय सदस्य एवं महासमिति सदस्य

जुनरूपमा सोचिएको थियो, त्यस हिसाबले महासमितिको बैठक सफल हुन सकेन ।  राष्ट्रिय राजनीतिमा देखापरेका विवाद र एजेन्डामा कांग्रेस स्पष्ट हुन चाहेको थियो । तर, महासमिति बैठकमा टुंग्याउन नसकी उपसभापति रामचन्द्र पौडेलको नेतृत्वमा यी विषयलाई अन्तिम रूप दिन समिति गठन भएको छ । यस अर्थले महासमिति बैठक अपुर्ण रह्यो। तथापि पार्टीको तल्लो तहसम्म राय सुझाव संकलन गर्ने काम आफैंमा महत्वपुर्ण उपलव्धि हो । शक्ति पृथकीकरणको सिद्धान्तलाई छाड्न हु“दैन भन्ने कुरा राष्ट्रव्यापी रुपमा आयो । अब आउने निर्वाचनमा रणनीतिक रूपमा अघि बढ्न जातीय, क्षत्रीय, लैगिक सवालमा घनिभूत छलफल भयो । आदिवासी जनजातिको परिभाषाका विषय, राज्यको पु्नर्संंरचनाका विषयमा केही मतान्तर छन् । यी सबै विषयलाई राजनीतिक समितिले अन्तिम रुप दिनेछ ।
  नीतिगत रूपमा कांग्रेस बहुदलीय संसदीय व्यवस्थामा नै अडिएको छ । तर, त्यसैभित्र केही सुधारको पक्षमा देखिएको हो । जस्तो संसदीय प्रणालीमा रहेर राष्ट्रपतिलाई केही अधिकार दिनेगरी मिश्रित प्रणालीको शासकीय स्वरूप कांग्रेसले स्विकार गरेको छ । समावेशीकरणलाई स्वीकार गर्नेगरी मिश्रित निर्वाचन प्रणाली स्वीकार गरिएको हो । संघियताका सवालमा महासमिति बैठकले दुई खालका अवधारणा ल्याएको छ । जातीय पहिचानका आधारमा जाने हो भने १३, आर्थिक सामथ्र्यताको आधारमा जाने हो भने ६ देखि ७ प्रदेश हुनुपर्छ भन्ने विषय घनिभूत रूपमा छलफल भएको छ । संंघीयताका विषयमा अहिल्य ैनै यतिनै प्रदेश भनेर अडान राख्ने दिशामा जान हु“दैन धेरैको राय थियो । राजनीतिक निकासका लागि कांग्रेसको भूमिकामात्रैले हु ण्ज्ञद्धठदैन । अरू पार्टीको भूमिका पनि त्यसमा महत्वपूर्ण हुन्छ । त्यसैले छलफलमा उठेका रायसुझावहरुलाई समायोजन गरेर कांग्रेसले चा“डैनै राष्ट्रिय मुद्दालाई सम्बोधन गर्नेछ । जसले राष्ट्रय निकास दिन सहयोग पु¥याउनेछ ।

‘महासमितिले मधेसी, दलित र जनजातिका बारेमा विशेष निर्णय लिनेछ’
सुरेन्द्र चौधरी, सभापति एर्व महासमिति सदस्य पर्सा

धेरै लामो अन्तरालपछि महासमिति बैठक बस्नु नै आफैंमा सकारात्मक पक्ष भयो । बैठकले आगामी संविधानसभा निर्वाचनमा  कार्यकर्तालाई मनोगत रूपमा लाग्न उत्साह दिएको छ । निर्वाचनमा आउने हरेक चूनौतिको सामना गर्न र  पार्टीभित्रको अनुशासनलाई कायम राखेर अघि बढ्न पार्टी एक ढिक्का हुनुपर्छ भन्ने अर्को सन्देश हो । के कारणले संविधान  बन्न सकेन ? फेर पनि संविधान नबन्ने परिस्थिति सृजना नहोस् भन्नेबारेमा कांग्रेसले गहन छलफल गरेको छ । अहिले संघियताका नाममा दुई थरी षड्यन्त्र भइरहेका छन् । संघीयताको नाममा संविधान बनाउन नदिने या बने पनि लोकतान्त्रिक शक्तिले रुचाएको संविधान बन्न नदिने षड्यन्त्र चलिरहेको छ । अर्को पक्ष संघीयताकै नाममा मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र भईरहेको छ । संंघीयता राष्ट्रिय आवश्यकता हो । यसलाई कांग्रेसले गंभिरतापूर्वक छलफल गरेको छ । आगामी निर्वाचनमा जा“दा कांग्रेस संंघीयता र शासकीय स्वरूपका विषयमा प्रष्टताका साथ जनतासमक्ष जानेछ । कांग्रेसलाई संघीयता विरोधी भनेर भ्रम फैलाइए पनि अहिले माओवादी र मधेश केन्द्रित दलहरु नै संंघीयता चा“हदैनन भन्ने कुरा जनताले बुझिसकेका छन् । यदि संघीयता चाहेको भए एउटा संविधानको खाका आउने थियो । कांग्रेसले अबको निर्वाचनमा जानुअघि नै संघियताको स्वरुप, संख्यालगायतका विषयमा प्रष्ट धारणा ल्याउनेछ । 
 एमाओवादीलगायतका एकथरी शक्ति अहिले पनि निर्वाचनमा जान चाहेका छैनन् । संविधानसभाको निर्वाचन हु“दैन भनेर हिडेका छन् । कांग्रेस महासमितिले निर्वाचनमा जान नचाहने र विपक्षमा रहेका सबै शक्तिस“ग वार्ता गरेर कुन ैपनि हालतमा आगामी मंसिरसम्ममा निर्वाचनमा जाने अठोट व्यक्त गरेको छ । यसले मुलकभर नै निर्वाचनको माहोल खडा गरेको छ । विकास, रोजगारी,  आदिबासी, जनजाति, महिला, मधेसी जनता, अल्पसंख्यक मुस्लिमलगायत सबैको सवालमा कांग्रेसले गहन छलफल गरेर स्पष्ट कार्यदिशा ल्याउने तयारी गरेको छ । यो आफंैमा महत्वपूर्ण र सकारात्मक पक्ष हो । निर्वाचनलाई कसरी धा“धलीरहित बनाउने भन्ने विषयमा समेत कांग्रेसभित्र गहन छलफल भएको छ । एमाओवादीले पूर्वमाओवादी लडाकुका शिविरमा भएको अर्बौं भ्रष्ट्राचार, नातावाद, कृपावादलाई समेत कांग्रेसले चुनावी एजेन्डा बनाउने तयारी गरेको छ । त्यसस“गै विदेशी तत्वसंग सां“ठगां“ठ गरेर मुलुकको राज्य ढुकुटी लुट्ने गरेको यथार्थलाई समेत कांग्रेसले विशेष महत्वका साथ बाहिर ल्याउनेछ । 
 ‘महासमितिले कांग्रेसलाई एकताबद्ध बनायो’
यज्ञबहादुर थापा,  सभापति एवं महासमिति सदस्य कास्की

महासमितिमा भएको चार दिनको छलफलले कांंग्रेसलाई एकताबद्ध बनाएको छ । आगामी चुनौतीको सामाना गर्न मिलेर जानुपर्छ भन्ने अठोट र प्रतिज्ञा नेताहरूले व्यक्त गर्नुभएको छ । अबको निर्वाचन संसदको नभएर  संविधानसभाको भएकाले यसलाई जीवनमरणको सवाल बनाएर अघि बढ्नुपर्छ भन्ने सन्देश दिएको छ । कांग्रेस पराजित हु“दा या लोकतान्त्रिक शक्तिले हार ह“ुदा संविधान बन्दो रहनेछ र संविधानसभा नै विघटन हुदो रहेछ भन्ने हामीले देखे भोगेकाले अबको निर्वाचनमा कांग्रेसले मुलकका सामु रहेका सबै मुद्दा र एजेन्डाहरुमा स्पष्ट भएर अघि बढ्नेछ ।
सैद्धान्तिक रूपमा कांग्रेसले आफूलाई प्रष्ट बनाउ“दै लैजानेछ । महासमिति बैठकमा चौधै अञ्ंचलको छलफलबाट आएका सुझावलाई एकैठाउमा राखेर अध्ययन गरी राजनीतिक प्रस्तावलाई अन्तिम रूप दिन उपसभापति रामचन्द्र पौडेलको संयोजकोत्वमा समिति बनेको छ । त्यसले संघीयता, शासकीय स्वरूपलगायतका मुद्दामा स्पष्ट दृष्टिकोण बनाउनेछ । विगतमा पार्टीभित्र केही अन्यौल देखिएका कारण कांग्रेसलाई संघीयता विरोधी भनेर भ्रम सिर्जना गरिएको छ । जनआन्दोलनको परिवर्तनलाई संस्थागत गरी संंघस्य लोकतान्त्रिक गणतान्त्रिक संविधान बनाउन संधिानसभाको निर्वाचन नै एकमात्र विकल्प हो । निर्वाचनमा पुग्नका लागि कांग्रेसले कुनै पनि कसर बा“की राख्ने छैन । महासमिति बैठकमा व्यक्त भएका सुझावलाई कुदेर हामी स्पष्ट दृष्टिकोणका साथ निर्वाचनको एजेन्डा लिएर गाउ“गाउ“ जानेछौं । महासमितिकै म्यान्डेट अनुसार गाउ“ केन्द्रित कार्यक्रमहरू आजैदेखि सुरु भइसकेको छ । निर्वाचनको उत्साह लिएर हामी गाउ“ फर्केका छांै ।   

‘संघीयता विषयमा प्रस्ट हुन महासमितिले पार्टीलाई सहयोग गरेको छ’
भीमसेनदास प्रधान, सभापति एवं महासमिति सदस्य, काठमाडौं

संघीयताको विषयमा कांग्रेस यसअघि केही अलमलमा थियो । तर, महासमिति बैठकले त्यसलाई प्रष्ट बनाउने काम गरेको छ । संघीयताको स्वरूप र संख्याका बारेमा अझै स्पष्ट हुन बा“की छ । तैपनि हरेक पार्टीमा संघियताका पक्षधर र विरोधी थिए । कांग्रेसभित्र पनि त्यस्तो अवस्था थियो । तर, अहिले महासमिति बैठक  संघीयताको विकल्प छैन भन्नेमा एक मत देखियो । यो नै सबभन्दा सकारात्मक पक्ष हो । अब कांग्रेसले संघियता र शासकीय स्वरूपमा प्रष्टताका साथ अघि बढ्छ र बढ्नुपर्छ । अब पनि स्पष्ट दृष्टिकोण दिन नसके अप्ठ्यारो पर्छ । अहिलेसम्म नेताहरूको निर्णय थियो । तर, अहिले संस्थागत निर्णय भएको छ । यसलाई प्रष्ट पारेर घोषणापत्रमा उल्लेख गर्नुपर्छ । महासमिति बैठकले घोषणापत्रमा उल्लेख गर्नुपर्ने विषयमाथि समेत छलफल गरेको छ । राजनीतिक, आर्थिक, सामाजिक सबैमा कांग्रेसले नेतृत्व लिने खालका रणनीति तय गर्नुपर्छ भन्ने जोड महासमितिका सदस्यहरूले दिएका छन । त्यही अनुसार महासमितिले गठन गरेको राजनीतिक आयोगले राजनीतिक प्रस्तावमा प्रष्टताका साथ नीति ल्याउनुपर्छ । 
 महासमितिले निर्वाचन हुने कि नहुने भन्ने अन्यौल खडा भइरहेका बेला निर्वाचनको पक्षमा माहोल खडा गरेको छ । निर्वाचनमा जानका लागि पार्टीले संगठनात्मक कार्यत्रम र रणनीति ल्याएको छ । निर्वाचनस“ग असहमत पक्ष र दलहरूस“ग वार्ता गरेर निर्वाचनमा ल्याउनुपर्छ भन्ने मुख्य मार्गनिर्देश महासमितिले गरेको छ । यो अर्को उपलब्धि हो । 

‘महासमितिले चुनावी माहोल तयार गरेको छ’
रिता खनाल, महासमिति सदस्य मोरङ

ढिलै भए पनि कांग्रेसको महासमिति बैठकले चुनावी माहोल तयार गरेको छ । अहिलेको तरल राजनीतिक अवस्थामा लोकतान्त्रिक सिद्धान्त र पार्टीभित्रकै अभिमतविपरीत नेतृत्व तहले प्रधानन्यायधिशको नेतृत्वमा अन्तरिम चुनावी सरकार बनाउन गरेको सम्झौतालाई लिएर खुलेर समीक्षा भएको छ । महासमितिले नेताहरूले गरेको त्यस किसिमको सम्झौतालाई लिगबाट बाहिर गएको राजनीतिलाई फर्काउनका लागि बाध्यात्मक कदम हो भन्ने कुरा ठहर गरेको छ । कांग्रेसको आफ्नै छ दसक लामो लोकतान्त्रिक सिद्धान्त र अहिलेको विषम परिस्थितीलाई बचाउन पनि निर्वाचनलाई अर्जुन दृष्टिका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ भन्ने सन्देश नै महासमिति बैठकको महत्वपूर्ण उपलब्धि हो । अर्को अलोकतान्त्रिक शक्तिहरूबाट मुलुकलाई बचाउन लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउनुपर्छ र त्यसका लागि निर्वाचनमा जानुपर्छ भन्ने दिशामा महासमितिले केन्द्रदेखि गाउ“ इकाइसम्म स्पष्ट निर्देश गरेको छ । क्षेत्रीय, वर्गीय, लौगिक, आदिबासी जनजाती, दलित, अल्पसंख्यकलगायत सबै वर्ग र समुदायको राज्य शक्तिमा समावेशी र पह“च दिलाउन कांग्रेस उदार हुनुपर्छ भन्ने दिशामा पनि कांग्रेसले स्पष्ट दृष्टिकोण लिएको छ । 
  महिलालाई पार्टीको गाउ“ इकाइदेखि केन्द्रीय तहसम्म र राज्यको हरेक संयन्त्रमा ३३ प्रतिशत महिला सहभागित सुनिश्चित गराउने, सम्पत्तिमा समान अधिकार र आमाको नामबाट नागरिकता बनाउने कानुनीरूपमा सहज व्यवस्था गर्ने प्रतिबद्धता महासमितिले गरेको छ । पछिल्लो चरणमा कांग्रेसले मजदुरको बारेमा कांग्रेसले केही बेवास्ता गरेकोजस्तो देखिएको थियो । यसपालिको महासमितिले त्यसलाई सम्बोधन गर्दै पार्टीको आन्तरिक संगठनभित्र २ सय ४० निर्वाचन क्षेत्रमा नै श्रमिकलाई सहभागिता गराउने, गाउ“ इकाईदेखि केन्द्रीय तह र राज्य संयन्त्रमा कम्तीमा दश प्रतिशत श्रमिकलाई सहभागिता गराउने नीति लिएको छ । परिवर्तनलाई संस्थागत गर्ने दिशा र सबैको साथी कांग्रेस हो भन्ने एजेन्डालाई कांग्रेसले अघि बढाउने छ । 

‘महासमितिबाट कांग्रेसद्वारा चुनावमा जाने उदघोष’
सीता गुरुङ, केन्द्रीय सदस्य एवं महासमिति सदस्य 

 महासमिति बैठकले मन, वचन र कर्मबाटै निर्वाचनमा जाने उद्घोष गरेको छ । माथिल्लो तहका नेतादेखि तल्लो गाउ“स्तरका नेतसम्मले कुनै पनि हालतमा मंसिरभित्र निर्वाचन गराउनुपर्छ भन्ने धारणा आउनु नै महत्वपुर्ण कुरा हो । कांग्रेस निर्वाचन चाह“दैन भन्ने आरोपलाई महासमितिको बैठकले गतिलो सन्देश दिएको छ । निर्वाचनमा जानका लागि पार्टीले आन्तरिक संगठन विस्तार र रणनीतिक योजनाका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । यसले निर्वाचनको माहोल खडा गर्ने काम गरेको छ ।  अहिलेको चुनौती र सन्दर्भमा निर्वाचनका एजेन्डा कस्तो तय गर्ने भन्नेबारेमा राम्रो छलफल भएको छ । राजनीतिक एजेन्डासं“गै कांग्रेसले आर्थिक र सामाजिक परिवर्तनको नेतृत्वसमेत लिनुपर्छ भन्ने निष्कर्ष महासमितिले दिएको छ ।
 महासमितिमा आदिबासीको व्याख्या कसरी गर्ने भन्नेबारेमा केही अन्यौल खडा छ । पार्टीले ल्याएको राजनीतिक प्रस्तावमा नेपाल एकीकरण हु“दा सबै समुदायलाई आदिबासी उल्लेख गर्ने भनेर ल्याइयो । आदिबासीको परिभाषा गर्दा अन्तर्राष्ट्रिय मान्यतालाई पनि हेर्नुपर्दछ । अहिले हतार गरेर यस्तो प्रस्ताव गरिएकोजस्तो लाग्यो । तर, त्यसमा थुप्रै सुझाव आएका छन् । राजनीतिक प्रस्तावलाई अन्तिम स्वरूप दिइ“दा यसलाई अन्तर्राष्ट्रिय मान्यता र सबैको सबैको सम्मान पहिचान हुने गरी आउनेछ भन्ने विश्वास छ । संघीयताको मुद्दामा ठूलो विवाद देखिएन । पहिचान र सामाथ्र्यताको आधारमा जानुपर्छ भनेर हिजो पनि निर्णय भएको हो । महासमिति बैठकले पनि त्यसैलाई मुख्य आधार बनाएर संघीयता बनाउनुपर्छ भन्ने अधिकार दिएको छ । थोरै बनाउ“दा सातसम्म र धेरै बनाउ“दा १३ वटासम्मका प्रस्ताव आएका छन् । यी दुई प्रस्तावका बीचबाट सहमति गर्न सकिन्छ । पहिचानलाई नकार्ने कोही पनि छैन । पहिचानलाई स्वीकार गर्दा सामाथ्र्यतास“ग कसरी तालमेल गर्ने भन्ने विषयमात्रै कांग्रेसभित्र बहस भए पनि निष्कर्ष मिश्रित पहिचानलाई समातेर जानुपर्छ भन्ने छ । यसमा कसैको विमति होलाजस्तो लाग्दैन ।

 





   

सहसचिवहरूद्वारा मन्त्रिपरिषदका अध्यक्षलाई ज्ञापन

काठमाडौं, ३० चैत– निजामती सेवाका सहसचिवहरूले न्याय सेवाका प्रथम श्रेणी अधिकृतलाई प्रशासन सेवामा समेत सचिव बढुवा गर्न सर्वोच्च अदालतले दिएको आदेश अन्यायपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई कानुन संशोधन गरी सच्याउन सरकारसमक्ष माग गरेका छन् ।
सर्वोच्चले केही समयअघि निजामती सेवातर्फको सचिव बढुवा गर्दा कानुन सेवा (न्याय, कानुन र वकालत समूह) का प्रथम श्रेणीका अधिकृतहरूलाई समेत उम्मेदवार बनाउन सरकारलाई आदेश दिएपछि निजामती सेवाका सहसचिवहरू त्यसको विरोधमा उत्रिएका हुन् ।
निजामती सेवा ऐनको एउटा दफालाई मात्र टेकेर सर्वोच्चले त्यस्तो फैसला गरेको हो । निजामती सेवाको परिभाषा गरिएको एउटा दफामा कानुन सेवालाई समेत उल्लेख गरेको छ, अदालतले संवैधानिक व्यवस्था, निजामती सेवा ऐनको समग्र व्यवस्थालाई नहेरी त्यही एउटा दफलाई मात्र हेरेर फैसला गरेको ज्ञापनपत्रमा उल्लेख छ ।
सहसचिवहरूको एउटा टोलीले शुक्रबार चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र मुख्यसचिव लीलामणि पौडेललाई ज्ञापनपत्र दिई अन्तरिम संविधान र निजामती सेवा ऐनको व्यवस्थाभन्दा बाहिर गएर त्रुटिपूर्ण फैसला आएको उल्लेख गर्दै त्यसलाई सच्याउन माग गरेका हुन् ।
ज्ञापनपत्रमा कानुन सेवाका प्रथम श्रेणीका अधिकृत आफ्नो सेवा र निजामती सेवा दुवैतर्फ सचिवमा बढुवा हुन पाउने, निजामती सेवाका सहसचिवहरू भने आफ्नो सेवामा मात्र पदोन्नति हुन पाउने फैसलाले आफूहरूले अन्याय भएको उनीहरूले उल्लेख गरेका छन् ।
कानुन सेवाका सहसचिवहरूमध्ये कानुन समूहका कानुन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कानुन सचिव र कानुन आयोगका सचिवमा, वकालत समूहका सहसचिवहरू चारवटा नायव महान्यायाधिवक्ता (विशिष्ट श्रेणी), न्याय समूहका सहसचिवहरू रजिष्टार र न्याय सेवा आयोगका सचिवमा बढुवा हुन्छन् ।
‘हामीलाई पनि दुईतिर आफ्नो र कानुन सेवामा सचिव बनाऊ भनेका होइनौं । त्रुटिपूर्ण फैसलाका कारण कानुन सेवाका सहसचिवलाई निजामती सेवामा समेत बढुवा हुने दोहोरो अवसर पाएका छन् । यसले निजामती प्रशासनको मनोबल गिर्न र वृत्ति विकासमा नकारात्मक असर पर्न नदिन निजामती सेवा ऐन संशोधन गरी कानुन सेवाका प्रथम श्रेणीका अधिकारीलाई निजामती सेवामा बढुवा हुन नपाउने व्यवस्था गर्न मन्त्रिपरिषका अध्यक्षलाई ध्यानाकर्षण गराएका हौं’ अभियानमा सहभागी एक सहसचिवले भने ।
न्याय सेवाका प्रथम श्रेणी अधिकृतलाई समेत निजामती सेवाको सचिव बढुवा गर्दा निजामती सेवाका सम्पूर्ण कर्मचारीहरूको वृत्ति विकासमा नकारात्मक असर पार्ने र अन्तरिम संविधान र निजामती सेवा ऐनको उल्लंघन हुने जिकिर ज्ञापनपत्रमा गरिएको छ । निजामती सेवाका सहसचिवहरूको आफ्नो सेवाभित्रको सचिवमा बढुवा हुने दायरा खुम्चिंदा उपसचिव, शाखा अधिकृत, नायव सुब्बादेखि खरिदारसम्मको पदोन्नति ठूलोमात्रामा अवरुद्ध हुने र त्यसले सिंगो प्रशासनको मनोबल घट्नेसमेत उनीहरूले उल्लेख गरेका छन् ।
अन्तरिम संविधानमा न्यायालयको स्वतन्त्रताका लागि छुट्टै न्याय सेवा हुनेछ भन्ने उल्लेख भएकाले त्यसलाई निजामती सेवाभित्र ल्याउनु संविधानविपरीत भएको र दुई छट्टाछुट्टै प्रक्रियाबाट कार्यसम्पादन मूल्यांकन हुने दुईथरी कर्मचारीलाई एउटै प्रक्रियामा ल्याएर विशिष्ट श्रेणीमा बढुवा गर्न नमिल्ने ज्ञापनपत्रमा उल्लेख छ ।
न्याय सेवा ऐनमा कानुन सेवाका कर्मचारीहरूको सरुवा र बढुवाको निर्णय न्याय सेवा आयोगबाट र निजामती सेवा ऐनमा निजामती सेवाका कर्मचारीको पदोन्नति लोकसेवा आयोगका सदस्यको संयोजकत्वमा रहने बढुवा समितिबाट हुन्छ । एउटा कानुनबाट गठित न्याय सेवाबाट बढुवा भएका प्रथम श्रेणीका अधिकृतहरूलाई अर्कै कानुनद्वारा गठित निजामती सेवामा बढुवा गर्न नमिल्ने जिकिरसमेत ज्ञापनपत्र गरिएको छ ।
मन्त्रिपरिषका अध्यक्ष रेग्मीले फैसला र ज्ञापनपत्र दुवैको अध्ययन गरी एउटा सेवालाई दोहोरो फाइदा र अर्को सेवालाई मर्का हुने व्यवस्थालाई सच्याउने पहल गर्न आश्वासन दिएको जानकारी एक सहसचिवले दिए ।


मन्त्रिपरिषदद्वारा सेनालाई हतियार खरिद गर्न अनुमति

काठमाडौं, ३० चैत– सरकारले नेपाली सेनालाई नियमित प्रक्रियाअनुरूप हातहतियार खरिदका लागि अनुमति दिएको छ । अन्तरिम चुनावी मन्त्रिपरिÈदको शुक्रबार बिहान बसेको बैठकले विशेष समितिको सिफारिसमा नेपाली सेनालाई नियमित प्रक्रियाभित्र रहेर हतियार खरिदका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मन्त्री पौडेलले जानकारी दिएका छन् ।
माओवादी र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच २०६३ मा भएको विस्तृत शान्ति सम्झौताले नेपाली सेनालाई हतियार खरिद गर्न प्रतिबन्ध लगाएको थियो । सेना समायोजन विशेष समितिको हालै बसेको बैठकले शान्ति प्रक्रिया टुंगोमा पुगेको निष्कर्ष निकाल्दै सरकारलाई सेनालाई हतियार खरिद गर्न दिन सिफारिस गरेको थियो । मन्त्रिपरिषद बैठकले त्यसलाई औपचारिकता दिएको हो ।
मन्त्रिपरिषदले एक सय २ वटा नियमावलीमा रहेका ‘श्री ५’, ‘श्री ५ को सरकार’ ‘अधिराज्य’, ‘महाराज’ जस्ता शब्दावलीहरू गणतन्त्रको मर्म र भावनाबमोजिम नभएकाले त्यसलाई एकमुष्ठ रूपमा संशोधन गर्ने प्रस्ताव थप छलफलका आफ्नो मातहतको विधेयक समितिमा पठाएको छ । विधेयक समितिले त्यो प्रस्तावलाई पारित गरेपछि सरकारको सिफारिसमा राष्ट्रपतिले ती एक सय दुई नियमावली संशोधन गर्ने अध्यादेश जारी गर्नेछ । सरकारले राजतन्त्र अन्त्य भएको ५ वर्षपछि नियमावलीमा रहेका राजतन्त्रकालीन शब्द हटाउन लागेको हो ।
भारतले स्यालो ट्युबवेल जडान गर्न सहयोग गर्ने
भारत सरकारले तराईका विभिन्न जिल्लामा २ हजार ७ सय स्यालो ट्युवेल जडान गर्न २५ करोड ६७ लाख २० हजार रुपैया“ सहयोग गर्ने भएको छ । मन्त्रिपरिषदले उक्त सहयोग स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पौडेलले दिए ।
बैठकले आयात प्रतिस्थापन तथा निकासी प्रवद्र्धन विस्तारका लागि नगद प्रोत्साहन दिनेसम्बन्धी कार्यविधि मस्यौदा थप छलफलका लागि मन्त्रिपरिषदमातहतको आर्थिक पूर्वाधार समितिमा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषदले हुलाकी राजमार्ग निर्माणका लागि चितवन र पर्सा जिल्लामा पर्ने राष्ट्रिय निकुञ्ज क्षेत्रमा डोजरलगायत उपकरण सञ्चालनको अनुमतिसमेत दिएको छ ।
मन्त्रिपरिषदले हालै पदोन्नति पाएका सशस्त्र प्रहरी बलका पाँच जना नायब महानिरीक्षकको पदस्थापना तथा सोही पदमा सेवारत छ जनालाई विभिन्न स्थानमा सरुवा गरेको छ ।


Saturday, April 6, 2013

अख्तियारमा कार्कीको प्रस्ताव संविधानविपरीत

संविधानअनुसार नैतिक चरित्र नभएका कार्की अख्तियार प्रमुखका लागि अयोग्य
काठमाडौं, २५ चैत– भ्रष्टाचारजन्य विभिन्न विवादमा परेका अख्तियारकै अभियुक्त पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्त गर्नु अन्तरिम संविधानविपरीत हुने टिप्पणी संवैधानिक कानुनका जानाकारहरूले गरेका छन् । उनीहरूले संविधानमा उच्च नैतिक चरित्र कायम भएको व्यक्तिमात्र अख्तियारको प्रमुख आयुक्त र आयुक्तका लागि योग्य हुने प्रस्ट व्यवस्था रहेको उल्लेख गर्दै थुप्रै नैतिक पतन देखिने क्रियाकलाप गरेका काकीलाई अख्तियारमा नियुक्ति गरिएमा संविधानको ठाडो उल्लंघन हुने बताए ।
चार दलीय संयन्त्रले विवादास्पद कार्कीलाई सार्वजनिक पदमा रहेका व्यक्तिबाट हुने भ्रष्टाचार र अख्तियार दुरुपयोगको छानबिन गरी अदालतमा मुद्दा दायर गर्ने महत्वपूर्ण भूमिका भएको अख्तियारको नेतृत्व सुम्पन अन्तरिम चुनावी मन्त्रिपरिषदलाई सिफारिस गरेको हो ।
भन्सार विभागको महानिर्देशक हु“दा ७२ लाख रुपैया“ बराबरको सुन तस्करी गराएको र मुख्यसचिव हु“दा तत्कालीन राजा ज्ञानेन्द्र प्रत्यक्ष शासनका क्रममा शान्तिपूर्ण जनआन्दोलन–०६२÷६३ मा निहत्था सर्वसाधारण जनतामाथि शक्ति, सत्ता र आर्थिक दुरुपयोग गरी दमन गर्ने कार्यमा प्रमुख भएका निर्वाह गरेका कारण कार्की नैतिक पतन भएका व्यक्ति भएका कारण उनलाई अख्तियारमा नियुक्ति गर्नु संविधानविपरीत हुने संवैधानिक कानुनका जानाकारले बताए ।
‘अन्तरिम संविधानको धारा ११९ को दफा ५ (ङ) मा ‘प्रमुख आयुक्त र आयुक्त नियुक्तिका लागि उच्च नैतिक चरित्र कायम भएको व्यक्तिमात्र योग्य हुने’ व्यवस्था छ । संविधानले उच्च नैतिक चरित्र कायम भएको व्यक्ति भनेको कुनै पनि विवादमा नपरेको, कसैले प्रश्न उठाउन नसक्ने स्वच्छ छविको निष्कलंक व्यक्ति हो । भ्रष्टाचारमा मुछिएको, अख्तियारको अहिले पनि अभियुक्त रहेका कार्की नैतिक पतन भएका व्यक्ति हुन् । नैतिक पतन भएका कार्कीलाई प्रमुख आयुक्तमा नियुक्ति गर्नु अन्तरिम संविधानको अक्षर, भावना र मर्मविपरीत हुन्छ’ डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष एवं संवैधानिक कानुनका जानाकार यदुनाथ खनालले भने ।
उनले चार दलीय संयन्त्रले अन्तरिम संविधानविपरीत गएर भ्रष्टाचारमा मुछिएका विवादास्पद छविका कार्कीलाई अख्तियार प्रमुखमा सिफारिस गरेको बताए । संवैधानिक परिषदले संवैधानिक निकायमा नियुक्तिका लागि तयार गरेको मापदण्डमा उच्च नैतिक चरित्र कायम भएको भन्ने संविधानको व्यवस्थालाई ‘समाजमा प्रतिष्ठित, स्वच्छ, निष्कलंक र नैतिक पतन देखिने कुनै अभियोग नलागेको योग्य व्यक्ति’ हुने व्याख्या गरेको छ । परिषदका तत्कालीन सदस्य एवं प्रधानन्यायाधीश खिलराज रेग्मीको अगुवाइमा नै यो मापदण्ड तयार गरिएको स्रोतले उल्लेख गरेको छ । रेग्मी अन्तरिम चुनावी मन्त्रिपरिषद र संवैधानिक परिषद दुवैको अध्यक्ष छन् ।
जनआन्दोलन–२०६२÷६३ मा निहत्था जनतामाथि सत्ता, शक्ति र आर्थिक दुरुपयोग निहत्था जनतामाथि दमन गर्न प्रमुख भूमिका निर्वाह गरेकामा पूर्वन्यायाधीश कृष्णजंग रायमाझीको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन आयोगले कार्कीलाई सेवाबाट हटाई भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी अभिलेखमा राख्न सिफारिस गरेको थियो । अख्तियारले समेत रायमाझी आयोगले गरेको सिफारिसलाई हुबहु अनुमोदन गरी कार्कीलाई सरकारी सेवाबाट हटाई भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी अभिलेखमा राख्न सरकारलाई निर्देशन दिएको थियो ।
कार्कीले रायमाझी आयोग र अख्तियारको सिफारिसविरुद्ध सफाइ पाउन अदालतमा रिट दिन नगएकाले समेत उनी अख्तियार प्रमुखका लागि अयोग्य भएको कानुनविद् बताउ“छन् । रायमाझी आयोगले जनआन्दोलन–०६२÷६३ का बेला गृहमन्त्री रहेका कमल थापालाई संविधानसभा चुनावका लागि अयोग्य घोषित गरेको थियो । थापाले सर्वोच्चमा रिट दिएर आफूलाई अयोग्य भन्ने घोषणाालाई बदर गराएका थिए । तर, कार्की सर्वोच्चमा नगएका कारण उनलाई सरकारी सेवाका लागि अयोग्य घोषित गर्ने आयोग र अख्तियारको निर्णय र निर्देशन मान्नु सरकारका लागि संविधानतः बाध्यकारी छन् ।
प्रमुख चार दलका प्रमुख नेताहरूले आफूहरूमा सत्तामा रह“दा गरेका सार्वजनिक पदको दुरुपयोग र भ्रष्टाचारजन्य कार्यबाट उन्मुक्ति पाउन आर्थिक विवादमा मुछिएका कार्कीलाई अख्तियारको प्रमुख आयुक्त नियुक्ति गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको स्रोतले बताएका छन् । कार्कीलाई सिफारिस गर्दा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेसका सभापति सुशील कोइराला र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता केपी ओली, मधेसी मोर्चाका पूर्वउप्रधानमन्त्री विजयकुमार गच्छदारलगायका नेता सहभागी थिए । निर्णयकर्ता कोइरालाबाहेक बा“की सबै सत्तामा पुगिसकेका र धेरैजसोको भ्रष्टाचारजन्य अभियोगमा अख्तियारले उनीहरूविरुद्धको उजुरी मुल्तबीमा राखेकाले उनीहरूले उन्मुक्ति पाउन कार्कीलाई राजेको स्रोतले उल्लेख गरेको छ । मुल्तबीमा राखिएको उजुरीमाथि अख्तियारले जुनसुकै बेला छानबिन गर्न सक्छ ।
कार्की माओवादीबाट प्रस्तावित भई चार दलबाट प्रमुख आयुक्तका लागि सिफारिस भएका हुन् । माओवादी सेनाका शिविरमा हु“दै नभएका तीन हजार लडाकुको पा“च वर्षसम्मको मासिक तलब र रासनभत्ताबापतको करिब ३ अर्ब हिनामिना भएको यथार्थ सार्वजनिक भइसकेको छ । उक्त काण्डको छानबिन नहोस् भन्ने उद्धेश्यले माओवादी नेताले कार्कीलाई उम्मेदवार बनाएको र सत्तामा रह“दा आर्थिक विवादमा परेका कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताले त्यसलार्य समर्थन गरेर उनलाई प्रमुख आयुक्तमा सिफारिस गरिएकोसमेत स्रोतले उल्लेख गरेको छ । कार्कीलाई नियुक्ति गर्न सिफारिस गरिएकामा चारै दलभित्र नेतृत्वको तीव्र विवाद भए पनि विभिन्न काण्डमा उन्मुक्ति पाउन नेताहरूले कुनै सुनुवाइ नगरेको ती पार्टीका नेताहरू नै बताउ“छन् ।
प्रमुख चार दलले अख्तियारद्वारा नै ‘भविष्यमा सरकारी सेवामा अयोग्य घोषित’ विवादास्पद कार्कीलाई अख्तियारकै प्रमुख आयुक्त नियुक्त गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेर संवैधानिक निकायकै अपमान गरेको कानुनविद् बताउ“छन् । तत्कालीन राजा ज्ञानेन्द्रको भक्त भएर कार्कीले जनआन्दोलन दबाउनका लागि कर्मचारीहरूलाई राजनीतिक नेताले जस्तो पदीय मर्यादाबाहिर गएर निर्देशन दिएपछि उनी त्यति बेला निकै विवादमा परेका थिए । त्यही कारण जनआन्दोलन सफल भई मुलुकमा प्रतिनिधिसभा पुनःस्थापना भएपछि तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले उनलाई मुख्यसचिवबाट हटाई दायित्वविमुख बनाएर योजना आयोगको विशेष अधिकृत नियुक्त गरेको थियो । त्यसपछि कार्की राजिनामा दिएर सेवाबाट बाहिरिएका थिए ।
उनले मुख्यसचिवको मर्यादाविपरीत गएर कर्मचारीहरूलाई राजभक्त हुन निर्देशन दिनुका साथै नमान्ने आधा दर्जनबढी सचिवलाई खेदेर अतिरिक्त समूहमा राखेका थिए । तत्कालीन राजा ज्ञानेन्द्र २०६१ मा अफ्रिका भ्रमण गरी फर्कंदा भव्य स्वागत गर्ने नाउ“मा कार्कीले सिंहदरबारभित्र रहेका सम्पूर्ण कर्मचारीलाई सबै गेट बन्द गरेर एक घन्टा थुन्ने हर्कतसमेत गरेको जानकारी तत्कालीन पीडित कर्मचारीले बताए । चार बजे कार्यालय समय सकिएपछि सिंहदबारमा एक घन्टा थुनिएका सम्पूर्ण पा“च बजे जबर्जस्ती हप्काएर सर्वोच्च अदालत अगाडि उभिएर ज्ञानेन्द्रको स्वागत गर्न बाध्य पारेका थिए । उनले ज्ञानेन्द्रलाई रिझाउन सिंहदबारभित्रका १० हजारभन्दा बढी कर्मचारीलाई एक घन्टा थुनेर पछि स्वागत लाइनमा बस्न बाध्य पारेका हुन् ।
कार्कीलाई दायित्वविमुख गर्ने निर्णय गर्दा तत्कालीन कोइराला सरकारमा माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेता (तत्कालीन कांग्रेस, एमाले र सद्भावनाका नेता) सत्तामा थिए । तिनै दलका नेताले कार्कीलाई प्रमुख आयुक्त बनाउन सिफारिस गरेर अख्तियार र उच्चस्तरीय जा“चबुझ आयोगको सिफारिसको उल्लंघन गरेका छन् । ‘कार्कीलाई मुख्यसचिवका लागि अयोग्य भनेर हटाउने दल र तिनका नेताहरूले त्योभन्दा महत्वपूर्ण पदका लागि योग्य देख्नु आफैंमा रहस्यमय छ’ एक सरकारी अधिकारीले भने । ती अधिकारीले गणतन्त्रवादी दलहरूलाई सम्भाव्य सबै योग्यलाई छाडेर सक्रिय राजतन्त्रवादी कार्कीलाई नियुक्तिको सिफारिस गरेर आफ्नै सिद्धान्त, विचार र दर्शनको समेत उपहास गरेको बताए ।
अख्तियारद्वारा सुन तस्कारीमा प्रमुख अभियुक्त ठह¥याई अदालतमा मुद्दा दायर गरिएका कार्कीलाई चार दलले अख्तियारकै प्रमुख आयुक्त नियुक्त गर्न सिफारिस गरेर संवैधानिक निकायकै अपमान भएको सरकारी बताउ“छन् । अख्तियारले कार्कीलाई भन्सार विभागका महानिर्देशक हु“दा २०५१ सालमा भ्रष्टाचार गरी ७२ लाख रुपैया“बराबरको तस्करीको सुनलाई वैधता दिएकामा दोषी ठह¥याई २०५१ सालमा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ‘अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको व्यक्तिलाई त्यसैको प्रमुख बनाउन सिफारिस गर्नु अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको उल्लंघनमात्र नभई संवैधानिक निकायकै अपमान हो’ एक सरकारी अधिकारीले भने ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले २०५१ सालमा ७२ लाख रुपैया“बराबरको बेवारिसे सुन बरामद गरेको थियो । भन्सार विभागका तत्कालीन महानिर्देशक कार्कीले नक्कली सुन धनी खडा गरी भन्सार तिराएर तस्करीको सुन छुटाएका थिए । नक्कली सुन धनी भविन्द्र बुढाथोकीलाई बनाइएको थियो । कार्कीको निर्णयबाट सरकारको ढुकुटीमा आएको ७२ लाख रुपैया“ बराबरको सुन गुम्न पुगेको थियो ।
पुनरावेदनले सरकारवादी सरकारी वकिलले मुद्दा दायर गर्नुपर्नेमा अख्तियारले दायर गर्नु त्रुटिपूर्ण भएको भन्दै मुद्दा खारेज गरी कार्कीलाई बचाएको थियो । अख्तियारले आफ्नो २०५७÷०५८ को वार्षिक प्रतिवेदनमा संवैधानिक निकायले मुद्दा दायर गर्न मिल्दैन भनी कार्कीलाई बचाउन मुद्दा खारेज गर्ने पुनरावेदनको निर्णय त्रुटिपूर्ण रहेको टिप्पणी गरेको छ । अख्तियार कार्कीको सुन तस्करीका बारेमा पुनरावेदनले गरेको फैसलामा चित्र नबुझी त्यसविरुद्ध सर्वोच्चमा गएको थियो । २०५६ सालमा तत्कालीन प्रधानन्यायाधीश मोहनप्रसाद शर्माले कार्कीद्वारा आयोजित कार्यक्रममै सहभागी भएको भोलिपल्टै सर्वोच्चबाट रहस्यमय ढंगले उनलाई सफाइ दिएका थिए । त्यतिबेला कार्कीले शर्मालाई प्रभावमा पारेर सर्वोच्चबाट सफाइ पाएका थिए । आयोगले शर्माको निर्णय त्रुटिपूर्ण भएको उल्लेख गर्दै उक्त मुद्दाको फैसलामा पुनरावलोकन गर्न सर्वोच्चमा निवेदन दिएको र त्यसमा निर्णय आउन बा“की रहेकाले  कार्की अहिले पनि अख्तियारका अभियुक्त हुन् ।

कोइरालाको पार्टीमा शक्तिशाली हुने सपना तुहियो

बैठकद्वारा महासमिति बैठकका एजेन्डा तय
काठमाडौं, २३ चैत– कांग्रेस सभापति सुशील कोइरालालाई एकाएक आफ्ना पूर्ववर्ती सभापतिहरूजस्तै पार्टीमा शक्तिशाली बन्न महत्वाकांक्षा जागेको थियो । कोइरालाद्वारा मनोनीत महामन्त्री कृष्ण सिटौलाले कांग्रेस केन्द्रीय समितिमा विधान संशोधनमार्फत् सभापतिलाई पुनः शक्तिशाली बनाउन प्रस्ताव राखेका थिए । बिहीबार मध्यरातसम्म बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि कोइरालाको शक्तिशाली बन्ने सपना तुहिन पुग्यो । विधान संशोधन प्रस्तावमा सभापतिलाई शक्तिशाली बनाउन कार्यसमितिमा निर्वाचित केन्द्रीय सदस्य संख्या बराबर नै एकलौटी आमन्त्रित केन्द्रीय सदस्य मनोनीत गरी बैठकमा सहभागी गराउन सक्ने अधिकार प्रदान लागिएको थियो । तर, केन्द्रीय समितिले उक्त प्रस्तावलाई अस्वीकृत गरेपछि कोइरालाको सपना तुहिएको हो ।
बैठकले कांग्रेसमा केन्द्रीय कार्यसमितिको अधिकार कटौती गरी सभापतिलाई शक्तिशाली बनाउने प्रस्ताव अस्वीकृत गरेको छ । महामन्त्री सिटौलाले आमन्त्रित सदस्यहरू मनोनीत गरी बैठकमा बोलाउने कार्यसमितिको अधिकार कटौती गरी सभापतिलाई दिने प्रस्ताव गरेका थिए । कांग्रेस कार्यसमितिको बिहीबार राति एक बजेसम्म बसेको बैठकले सभापतिलाई शक्तिशाली बनाउन राखेको पार्टीको विधान संशोधन प्रस्ताव अस्वीकृत गरेको हो । विधानले केन्द्रीय कार्यसमितिलाई आवश्यकताअनुसार आमन्त्रित केन्द्रीय सदस्य मनोनीत गरी बैठकमा बोलाउने अधिकार दिएको छ  । विधान संशोधन प्रस्तावमा केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य मनोनीत गर्ने अधिकार कटौती गरी सभापतिलाई दिने प्रस्ताव गरिएको थियो ।
बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका सबै र कोइराला समर्थक केही सदस्यले समेत कार्यसमितिको अधिकार कटौती गरी सभापतिलाई दिंदा केन्द्रीय नेतृत्व निरंकुश हुने भन्दै विरोध जनाएपछि प्रस्ताव अस्वीकृत भएको जानकारी स्रोतले दिए । उनीहरूले सभापतिय प्रणालीबाट अघिल्लो महाधिवेशनबाट पार्टीलाई सामूहिक नेतृत्वमा चल्ने लोकतान्त्रिक बनाइएको उल्लेख गर्दै पुनः सभापतिलाई शक्तिशाली बनाउने नाउ“मा निरंकुश बनाउन नहुने अडान राखेका थिए ।
केन्द्रीय समितिले बैठकले जिल्ला सभापतिलाई पदाधिकारी निर्वाचित गर्ने दायरा फराकिलो बनाउने विधान संशोधनको प्रस्ताव भने पारित गरेको छ । महासमितिमा प्रस्तुत गर्न बैठकबाट पारित प्रस्तावमा जिल्ला सभापतिले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यबाट पार्टीको जिल्ला समितिमा पदाधिकारी मनोनीत गर्न सक्ने व्यवस्था गरिएको छ । यसअघि जिल्ला सभापतिले निर्वाचित जिल्ला सदस्यबाट मात्र जिल्ला समितिको उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्षलगायतका पदाधिकारी नियुक्त गर्न सक्ने व्यवस्था थियो ।
कांग्रेसमा सबैजसो जिल्लामा पार्टीका स्थानीय नेता र वरिष्ठ कार्यकर्तामध्ये अधिकांश निर्वाचन लडी महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भएका छन् । जिल्ला कार्यसमिति सदस्यहरू भने धेरैजसो कनिष्ठ कार्यकर्तामात्र चुनिएका छन्, त्यही कारण जिल्ला सभापतिहरूलाई कार्यसमितिमा वरिष्ठ कार्यकर्तालाई पदाधिकारी मनोनयन गर्न समस्या परेको थियो । कांग्रेसका जिल्ला सभापतिहरूको सिन्धुपाल्चोकमा भएको भेलाले विधान संशोधन गरी पदाधिकारी निर्वाचनको दायरा फराकिलो बनाउन प्रस्ताव पारित गरी नेतृत्वसित माग गरेको थियो । महासमितिले विधान संशोधन प्रस्ताव पारित गर्नासाथ कार्यान्वयनमा आउने जानकारी केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले दिए ।
कार्यसमिति बैठकले सोमबार नवलपरासीमा छलफल हुने उपसभापति रामचन्द्र पौडेलद्वारा प्रस्तुत १३ पुष्ठ लामो राजनीतिक प्रस्ताव पारित गरेको छ । बैठकले महासमितिमा आगामी संविधानसभा चुनावमा बहुमत प्राप्त गर्न, निर्वाचन क्षेत्र बढी रहेको तराईका जिल्लामा कांग्रेसको प्रभाव बढाउन, मुलुकमा लोकतान्त्रिक संविधान बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न तथा चुनावमा सबै दललाई सहभागी गराउने वातावरण बनाउन पार्टीले लिनुपर्ने रणनीति तय गर्ने एजेन्डा तय गरेको छ ।
बिहीबार मध्यरातसम्म चलेको बैठकमा राजनीतिक प्रस्तावमा पूर्वउपसभापति गोपालमान श्रेष्ठसहित २२ केन्द्रीय सदस्यले शक्ति पृथकीकरण र न्यायपालिकाको स्वतन्त्रता रक्षाका लागि अन्तरिम चुनावी मन्त्रिपरिषदका खिलराज रेग्मीले राजिनामा दिनुपर्छ भनी राखेको प्रस्ताव राख्ने÷नराख्नेबारेमा पार्टीमा तीव्र विवाद भएको थियो । ती २२ केन्द्रीय सदस्यले रेग्मीले प्रधानन्यायाधीशबाट राजिनामा दिनुपर्ने विषय राजनीतिक प्रस्तावमा समेट्नुपर्ने र नेतात्रय सभापति सुशील कोइराला, वरिष्ठ नेता देउवा र उपसभापति पौडेललगायतका समेट्न नहुने भनी अडान नछाडेपछि मध्यरातसम्म चलेको बैठक बिनानिष्कर्ष टुंगिएको थियो । नेतात्रयले बाध्यात्मक अवस्थामा प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन स्वीकार गरिएको उल्लेख गर्दै २२ सदस्यलाई मनाउने प्रयास गरेका थिए ।
उपसभापति पौडेललगायतका नेता र २२ केन्द्रीय सदस्यबीच शुक्रबार अपराह्न छलफलपछि बीचको बाटो निकालेर सहमति गरिएको छ । लामो छलफलपछि राजनीतिक प्रस्तावमा पूर्वउपसभापति श्रेष्ठसहित २२ केन्द्रीय सदस्यले रेग्मीले प्रधानन्यायाधीशबाट राजिनामा दिनुपर्ने भनी राखेको प्रस्तावमाथि बैठकमा गम्भीर छलफल भएको र त्यसलाई पार्टीको सम्पत्तिका रूपमा स्वीकार गरिएको उल्लेख गर्ने सहमति भएको जानकारी केन्द्रीय सदस्य शंकर भण्डारीले दिए । २२ जनाको प्रस्तावमाथि पार्टीको महासमिति बैठकमा सदस्यहरूले चाहेमा छलफल हुन सक्नेछ ।
लोकतान्त्रिक शक्ति हारेकै कारण्ँ संविधान आउन नसकेको हो ः राजनीतिक प्रस्ताव
बैठकद्वारा पारित राजनीतिक प्रस्तावमा विगतको संविधानसभा निर्वाचनमा लोकतान्त्रिक शक्तिहरूको हारकै कारण्ँ नै संविधान बन्न नसकेको ठहर गरिएको छ । ‘गएको संविधानसभामा अलोकतान्त्रिक शक्तिहरूको विजय भयो । जसका कारण्ँ हाम्रो हातमा केही भएन । अलोकतान्त्रिक संविधान आउनबाट रोक्नमात्रै सक्यांै, संविधान ल्याउन सकेनौं’ राजनीतिक प्रस्तावमा छ– ‘माओवादीले चाहेको भए संविधान बन्थ्यो । तर माओवादीले संविधान बनाउन चाहेन ।’ यही कारण काग्रेसलाई आगामी संविधानसभा चुनावमा जनताले बहुमत दिनुपर्छ भन्ने यो राजनीतिक प्रस्तावको मुख्य निष्कर्È भएको जानकारी जोशीले दिए ।
राजनीतिक प्रस्तावमा पृथ्वीनारायण्ँ शाहले नेपाल एकीकरण्ँ गर्दा नेपालमा रहेका सबै जातजाति नेपालीलाई आदिवासी मान्नुपर्ने र आत्मनिणर््ँयको अधिकारलाई व्यक्तिको मौलिक अधिकारको रूपमा लिनुपर्ने उल्लेख छ । संघीयताका विषयमा तराईलाई तीन र पहाडलाई चार प्रदेश बनाउनुपर्ने या आवश्यकताअनुसार सहमतिमा केही प्रदेशको संख्या बढाउन सकिने कांग्रेसको धारणा छ । कांग्रेसले एकल जातीय पहिचानका आधारमा नभई  सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीको समान पहु“च, पहिचान, अवसर र प्रिितनिधित्व हुने गरी राज्यको पुनर्संरचना गर्ने प्रस्ताव गरेको छ । पछाडि परेका दलितलगायतका विभिन्न जातजाति र भाषाभाषीलाई विशेष अवसर र आरक्षण दिनुपर्नेसमेत राजनीतिक प्रस्तावमा उल्लेख छ ।

विवादले कांग्रेस बैठक राति अबेरसम्म जारी

काठमाडौं, २२ चैत– कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक नवलपरासीमा सोमबारदेखि हुने महासमिति बैठकमा पेस गर्ने राजनीतिक प्रस्ताव र विधान संशोधनको प्रस्तावमाथि विवाद भएकाले बिहीबार रातिसम्म छलफल जारी रहेको छ ।
राजनीतिक प्रस्तावमा अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीशबाट राजिनामा गराउनुपर्ने विषय महासमितिको छलफलका लागि राख्नुपर्ने २२ केन्द्रीय सदस्यको अडान र सभापतिलाई आमन्त्रित केन्द्रीय सदस्य मनोनयन गर्न अधिकार दिने विधान संशोधन प्रस्तावमा विवाद भएकाले बैठक लम्बिएको जानकारी एक सहभागीले दिए ।
ती सहभागीका अनुसार बैठकमा उपसभापति रामचन्द्र पौडेलद्वारा प्रस्तुत राजनीतिक प्रस्तावमा रेग्मीलाई प्रधानन्यायाधीशबाट राजिनामा गराउने÷नगराउने विषयमा चर्को विवाद भएको छ । रेग्मीलाई शक्ति पृथकीकरण र न्यायालयलाई हस्तक्षेपमुक्त राख्न प्रधानन्यायाधीशबाट राजिनामा गराउनुपर्ने विषय राख्नै पर्ने अडान २२ सदस्यले राखेका छन् । अरू सदस्यले भने रेग्मीलाई प्रधानन्यायाधीशबाट राजिनामा गराउने विषय राजनीतिक प्रस्तावमा नराखी अनुमोदन गर्नुपर्ने अडान राखेका छन् ।
महामन्त्री कृष्ण सिटौलाद्वारा विधान संशोधन प्रस्तावमा केन्द्रीय सभापतिलाई कार्यसमितिमा आमन्त्रित केन्द्रीय सदस्य तोक्ने र बैठकमा बोलाउने अधिकार दिन प्रस्ताव गरिएको छ । विधानमा आमन्त्रित केन्द्रीय सदस्य तोक्ने अधिकार कार्यसमितिलाई छ । आमन्त्रित केन्द्रीय सदस्य तोक्ने र बोलाउने अधिकार दिंदा सभापति निरंकुश हुने दाबी वरिष्ठ नेता शेरबहादुर देउवा निकट सदस्यहरूको छ । जिल्ला, क्षेत्रीय र गाविस इकाइका सभापतिलाई अधिकार बढाउनेबारेमा भने विवाद भएको छैन ।
बिहीबारको बैठकमा ३७ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखिसकेका छन् भने अरू सदस्यले धारणा राख्ने क्रम राति अबेरसम्म जारी रहेको एक सहभागीले जानकारी दिए ।

Thursday, April 4, 2013

स्ववियु चुनावको माग गर्दै नेविसंघ आमरण अनसनमा

काठमाडौं, २२ चैत– कांग्रेसको भातृ संगठन नेविसंघले तत्काल स्वतन्त्र विद्यार्थी युनियनको चुनावको  माग गर्दै बिहीबारदेखि राजधानीमा आमरण अनसन सुरु गरेको छ । कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय अगाडि बाह्र दिनदेखि रिले अनसन गर्दै आएको नेविसंघले मागको सम्बोधन नभएको भन्दै आमरण अनसन सुरु गरेको हो  ।
त्रिवि, कीर्तिपुरका इकाइ सभापति कैलास कोइराला, त्रिचन्द्र क्याम्पसका इकाइ सभापति कृष्ण जैसी, शंकरदेवका हरिश भण्डारी, विश्वभाषा क्याम्पसका भीम गौतम र पब्लिक युथ क्याम्पसका सञ्जीव न्यौपाने आमरण अनसनमा बसेका छन् ।
नेविसंघले तत्काल स्ववियु चुनावको मिति घोषणा गरिनुपर्ने, विद्यार्थीका मौलिक हक लागू गरिनुपर्ने र त्रिवि शैक्षिक क्यालेण्डर लागू हुनुपर्ने माग राखेको छ । १२ दिनसम्म जारी २४ घन्टे रिले अनसन बस्दा समेत त्रिविले मागको सुनुवाई नगरेकोले बाध्य भएर आमरण अनसन सुरु गर्नुपरेको नेविसंघले जनाएको छ ।
नेविसंघ नेता भीम गौतमले त्रिविले स्ववियुको मिति घोषणा नगरेसम्म आमरण अनसन जारी राख्ने बताए । विभिन्न बहानामा त्रिवि स्ववियु निर्वाचन नगराउने षड्यन्त्रमा लागेकाले बाध्य भएर आमरण अनसन सुरु गर्नुपरेको जानकारी उनले दिए ।

माओवादी नेताको सुरक्षार्थ राखिएका हतियार नबुझाए कारबाही गरी जफत गरिने

मन्त्रिपरिषद बैठक
काठमाडौं, २२ चैत– सरकारले विस्तृत शान्ति सम्झौताअनुसार माओवादीले आफ्ना नेताको सुरक्षार्थ राखेका ३२ थान हतियार वैसाख मसान्तसम्म फिर्ता नगरे गैरकानुनी घोषणा गरी कारबाही गरी जफत गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सेना समायोजन विशेष समितिको बुधबार बसेको बैठको सिफारिसअनुसार माओवादी नेताका सुरक्षाका लागि राखिएका र हालसम्म फिर्ता नगरिएका ३२ थान हतियार फिर्ता गर्न वैशाख मसान्तसम्मको म्याद दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
‘बुधबार सेना समायोजन विशेष समितिको बैठकको सिफारिसअनुसार मन्त्रिपरिषदले वैसाख मसान्तसम्म हतियार फिर्ता गर्न म्याद दिने निर्णय गरेको छ । हतियार फिर्ता गर्न म्याद दिई सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय भएको छ । उक्त अवधिभित्र सरकारलाई फिर्ता नबुझाएमा ती हतियारलाई गैरकानुनी घोषणा गरी प्रचलित कानुनबमोजिम हतियारधारीलाई कारबाही गरी जफत गर्ने निर्णय गरिएको छ’ पौडेलले भने ।
एकीकृत माओवादीले आफ्ना नेताको सुरक्षार्थ राखिएका सम्पूर्ण हतियार बुझाइसकेको दाबी गरेको छ । आफ्नो पार्टीबाट फुटेको नेकपा–माओवादीका नेताको सुरक्षार्थ राखिएका ३२ थान हतियारमात्र फिर्ता गर्न बा“की रहेको दाबी उसको छ । सरकारले माओवादीका नेताको सुरक्षार्थ राखिएका हतियार फिर्ता गर्न र लडाकु शिविरमा फर्काउन आग्रह गरेको थियो । सरकारको आग्रहअनुसार एकीकृत माओवादीका नेताले हतियार र लडाकु फिर्ता गरे पनि पछि फुटेर बनेको नेकपा–माओवादीका नेताले भने फिर्ता गरेका थिएनन् ।
तर, नेकपा–माओवादीले आफ्नो पार्टीसित द्वन्द्वकालका हतियार नरहेको दाबी गर्दै फिर्ता नगर्ने संकेत गरेको छ । ‘पार्टी नफुट्दै हामीसित सुरक्षार्थ रहेका हतियार सरकारलाई बुझाइसकेका छौं । हामीलाई लक्ष्यित गरी हतियार फिर्ता गर्ने कुरामा हामीलाई सरोकार छैन’ नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुषाललले भनिन् ।
मन्त्रिपरिषद बैठकले शिविरमा रहेका तत्कालीन लडाकु र शिविर व्यवस्थापन कार्यालयमा रहेका सम्बन्धित इलेक्ट्रोनिक डाटा, सर्बर, बन्दोबस्तीका सामग्री, अभिलेखलगायतका सम्पूर्ण लिखतसमेत बुझाउन बा“की रहेकाले ती सबै सरकारलाई फिर्ता गर्न आग्रह गरेको छ ।
बैठकले लडाकु शिविर हस्तान्तरण हु“दासम्म तिर्नुपर्ने बा“की रहेको पानी, बिजुली, मर्मत, स्टेसनरीलगायतको तिर्न बा“की रकम शान्ति मन्त्रालयमार्फत् भुक्तानी गर्ने निर्णयसमेत गरेको छ ।
मन्त्रिपरिषदले माओवादी लडाकुको शिविर रहेको जग्गामध्ये उपयुक्त ठाउ“मा निकट भविष्यमै नेपाली सेनामा स्थापना हुन नया“ महानिर्देशनालय राख्ने र बा“की जग्गालाई कसरी उपयोग गर्ने विषयमा सिफारिस गर्न गृह, रक्षा, शिक्षा, शान्ति, कृषि र वन मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयका सचिवहरू रहेको एउटा समिति गठन गरेको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन दिने जिम्मेवारी दिइएको छ ।
विभिन्न दाताले करिब आठ अर्ब सहयोग गर्ने
बैठकले विश्व जलवायु कोषबाट विश्व बैंकमार्फत् दिन लागेको १५ मिलियन अमेरिकी डलर ऋण र १८ मिलियन अमेरिकी डलर अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरी त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्न अर्थमन्त्रालयलाई अख्तियारी दिएको छ । विश्व बैंकले कृषि तथा खाद्य सुरक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्न चार अर्ब दुई करोड रुपैया“ सहायता दिने भएको छ । मन्त्रिपरिषदले उक्त सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।
मुद्रा कोषको सदस्यता शुल्क बुझाउने निर्णय
अन्तर्राष्ट्रिय मुद्रा कोषको सदस्यताबापत नेपालले थप १५६.९ मिलियन डलर बुझाउने निर्णय गरेको छ । कोषले उक्त रकम बुझाउन सरकारलाई ताकेता गर्दै आएको थियो । मन्त्री पौडेलका अनुसार सरकारले पहिलो चरणमा २१.४ मिलियन डलर नेपाल राष्ट्र बैंकमार्फत् तत्काल बुझाउने भएको छ । बा“की रकम क्रमशः बुझाउ“दै जाने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । सरकारले यसअघि कोषमा सदस्यताबापत ५१.३ मिलियन डलर बुझाएको थियो । सदस्यता शुल्क १५६.९ मिलियन डलर बढाएपछि कोषमा नेपालको मताधिकार ०.०३३ बाट बढेर ०.०६१ पुग्नेछ ।
धुन्चेमा ट्राउट माछाको फार्म खोलिने
मन्त्रिपरिषदले रसुवाको धुन्चेमा रहेको कृषि फार्मको जग्गा ५० वर्षका लागि नेपाल कृषि अनुसन्धान परिषद्लाई भोगाधिकार दिने निर्णय गरेको छ । परिषदले उक्त स्थानमा रेन्बो ट्राउट माछाको अनुवांशिक स्रोतका बारेमा अनुसन्धान गर्नेछ ।
फ्रान्सेली दुताबासलाई जग्गा बिक्रीको अनुमति
काठमाडौंस्थित फ्रान्सेली दूतावासको नाममा विशालनगरमा रहेको १० हजार ६३ वर्ग मिटर जग्गामध्ये ४८३ वर्गमिटर जग्गा सडक विस्तारका लागि महानगरपालिकालाई हस्तान्तरण गर्ने र बा“की जग्गा बिक्री गर्नका लागि दूतावासलाई अनुमति दिने निर्णयसमेत बैठकले गरेको छ ।

Wednesday, April 3, 2013

वैदेशिक रोजगार विभागको महानिर्देशकमा केसी

काठमाडौं, २१ चैत– श्रम तथा रोजगार मन्त्रालयले सहसचिव विनोद केसीलाई वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । सरकारले विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई पर्यटन मन्त्रालयमा सरुवा गरेपछि रिक्त पदमा श्रमले सामान्य प्रशासन मन्त्रालयको सहमति लिई केसीलाई पठाएको हो ।
केसी यसअघि श्रम मन्त्रालयको वैदेशिक रोजगार तथा अन्तर्राष्ट्रिय सहयोग सम्बन्ध महाशाखा प्रमुख थिए । श्रम मन्त्रालयमा पदस्थापना भएर आएका धनबहादुर श्रेष्ठ र कृष्णहरि पुष्कर कर्णलाई महाशाखा तोकिन बा“की छ । श्रम मन्त्रालयमा वैदेशिक रोजगार तथा अन्तर्राष्ट्रिय सहयोग सम्बन्ध महाशाखा र सामाजिक कल्याण कोष सचिवालयमा सहसचिव पद रिक्त छ । श्रेष्ठ र कर्णलाई ती ठाउ“को जिम्मेवारी दिइने जानकारी श्रम मन्त्रालय स्रोतले दिएको छ ।


ऊर्जामन्त्री नै प्राधिकरणको अध्यक्ष

काठमाडौं, २१ चैत– ऊर्जामन्त्री उमाकान्त झाले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पद सम्हालेका छन् । मुख्यसचिव लीलामणि पौडेलले प्राधिकरणका अध्यक्षबाट राजिनामा दिएपछि उक्त पद विद्युत् प्राधिकरण ऐनअनुसार ऊर्जामन्त्री झाले सम्हालेका हुन् ।
विद्युत् प्राधिकरण ऐनमा ऊर्जामन्त्री या राज्यमन्त्री या मन्त्रिपरिषदले तोकेको व्यक्ति प्राधिकरणको अध्यक्ष हुने कानुनी व्यवस्था छ । राज्यमन्त्री नभएको, अध्यक्षले राजिनामा दिएको र मन्त्रिपरिषदले अर्को व्यक्ति नतोकेकाले ऊर्जामन्त्री झा कानुनी रूपमा स्वतः अध्यक्ष भएका हुन् ।
मन्त्री झाले सोमबार प्राधिकरण केन्द्रीय कार्यालयको स्थलगत निरीक्षण गरेका थिए । प्राधिकरणका अधिकारीहरूले झालाई ऊर्जामन्त्री एवं सञ्चालक समितिको अध्यक्षका रूपमा प्रस्तुत गरेका थिए । झाले प्राधिकरणका अधिकारीको भनाइको प्रतिवाद नगरी अध्यक्ष पद आफूले सम्हालेको संकेत दिएका थिए ।
‘ऊर्जामन्त्री झाले मन्त्रालयका अधिकारीहरूसित मन्त्रिपरिषदले नियुक्त गरेका अध्यक्षले राजिनामा दिएको, कानुनमा ऊर्जामन्त्री या राज्यमन्त्री वा मन्त्रिपरिषदले तोकेको व्यक्ति प्राधिकरणको अध्यक्ष हुने व्यवस्था रहेकाले राज्यमन्त्री पनि नभएको र मन्त्रिपरिषदले अर्को व्यक्ति नतोकेकाले आफू नै अध्यक्ष भएको बताएको’ जानकारीसमेत ऊर्जामन्त्रालयका एक सहसचिवले दिए ।
झाले समेत कानुनअनुसार आफू स्वतः प्राधिकरणको अध्यक्ष भएको बताए । ‘कानुनले नै ऊर्जामन्त्री अध्यक्ष हुने व्यवस्था गरेकाले म नै प्राधिकरणको अध्यक्ष हो’ उनले भने ।
तत्कालीन ऊर्जामन्त्री गोकर्ण बिष्टको पालामा मन्त्रीले अध्यक्ष पद त्यागी ऊर्जा सचिवलाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्न थालिएको थियो । तर, ऊर्जामन्त्रालयको समेत कार्यभार सम्हालेका निवर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा मन्त्रिरिषदले मुख्यसचिव पौडेललाई प्राधिकरणको अध्यक्ष नियुक्त गरेको थियो । पौडेलले पदबाट दिएको राजिनामा दिएपछि पुनः ऊर्जामन्त्री प्राधिकरणको अध्यक्ष भएको स्रोतले उल्लेख गरेको छ ।


विवादास्पद निर्णय फिर्ता गर

काठमाडौं, २१ चैत– विद्युत् प्राधिकरणको सञ्चालक समितिका तत्कालीन अध्यक्ष मुख्यसचिव लीलामणि पौडेलको अध्यक्षतामा बसेको अन्तिम बैठकले हतारमा थुप्रै विवादास्पद निर्णय गरेको छ । अन्तिम बैठकले गरेका निर्णयले मुलुकको ऊर्जा क्षेत्रमा विदेशी तथा स्वदेशी लगानीलाई निरुत्साहित पारेको छ । आमजनताले भोगिरहेको चरम लोडसेडिङ अन्त्य गर्नमात्र होइन ठूला आयोजना बनाएर भारतमा विद्युत् निर्यात गरी उससितको व्यापार घाटा घटाउन विदेशी तथा स्वदेशी लगानीकर्तालाई आकर्षित गर्न साहसिक कदम चाल्नुपर्नेमा उल्टो निरुत्साहित पार्ने प्राधिकरणको निर्णय आफैंमा दुर्भाग्यपूर्ण छ । अध्यक्षबाट राजिनामा दिने तयारीमा रहेका पौडेलको पालामा प्राधिकरणको हितमा भन्दै मुलुकको ऊर्जा क्षेत्रमा लगानी गर्न उत्सुक विदेशी तथा स्वदेशी प्रवद्र्धकलाई बिदा गर्ने र अरू पनि आउने वातावरण समाप्त पार्ने निर्णय गरेर अक्षम्य गल्ती भएको छ । प्राधिकरणको निर्णयले सबभन्दा बढी मारमा खुल्ला प्रतिस्पर्धाबाट ४५ करोड राजस्व तिरी छवटा आयोजना निर्माण गर्न २ वर्षअघि छनौट भएका प्रवद्र्धकहरूलाई परेको छ । ती प्रवद्र्धकलाई खुल्ला प्रतिस्पर्धा गर्दा नै सरकारले ४९ प्रतिशतसम्म विदेशी लगानी ल्याउन पाउने व्यवस्था गरेको थियो । विदेशी विनिमयको जोखिम प्राधिकरणले नलिने निर्णय गरेर लगानी जुटाई विद्युत् खरिद सम्झौता गर्ने तयारीमा रहेका र दुई अर्ब रुपैया“भन्दा बढी लगानी गरिसकेका ती प्रवद्र्धकलाई विदेशी लगानी खोज्न प्रतिबन्ध नै लागेको छ । भारतले प्रसारण लाइन निर्माणका लागि भारतीय एक्जिम बैंकबाट सहुलियतपूर्ण ऋण दिने अन्तिम तयारी गरे पनि प्राधिकरणले ती आयोजनासम्म प्रसारण लाइन निर्माणका लागि रकम अभाव देखाएर विद्युत् खरिद सम्झौता नगरिदिएर डेढ वर्षदेखि झुलाइरहेको छ । सरकारले प्रसारण लाइन निर्माण गरिदिन्छु भन्ने शर्तमा खुल्ला प्रतिस्पर्धाबाट ती प्रवद्र्धक छनौट भएका हुन् । प्राधिकरणले सरकारको नीतिगत निर्णयलाई लत्याएर चरम लोडसेडिङको मारमा रहेका आमजनतामाथि नै गम्भीर खेलबाड गर्न पुगेको छ ।
मन्त्रिपरिषदले विद्युत् आयोजनाहरू सस्तो निर्माण हुन सकून् भन्ने उद्धेश्यले विदेशी विनिमयको जोखिम प्राधिकरण लिनुपर्ने शर्तमा दाताबाट प्राप्त सहुलियतपूर्ण ऋण आयोजनाहरूलाई सोझै दिने नीतिगत निर्णय गरेको हो । सरकारले यसअघि दाताबाट प्राप्त सहुलितपूर्ण ऋणको विदेशी विनिमयको जोखिम आफैं लिई ८ प्रतिशत ब्याजमा प्राधिकरणलाई दिने गरेको थियो । प्राधिकरणलाई सहुलितयपूर्ण ऋण सोझै दिने निर्णय आफैंमा सकारात्मक थियो । तर, प्राधिकरणले सरकारीमात्र होइन पूर्ण, आधा या आंशिक विदेशी लगानी भएका स्वेदशी या विदेशी लगानीका आयोजनाको विदेशी विनिमयको जोखिमसमेत नलिने निर्णयले एकातिर सरकार आफैंले निर्माण गर्ने आयोजना मह“गा पर्नेछन् भने विदेशी लगानी पूर्ण रूपमा निरुत्साहित हुने खतरा बढेको छ । भोटेकोसी र खिम्तीलगायतका विदेशी लगानीका आयोजनामा विदेशी विनिमयको जोखिम लिनुपर्दा प्राधिकरण चरम घाटामा गएको उदाहरण दिंदै विदेशी विनिमयको जोखिम नलिने निर्णय गरिएको प्राधिकरणको दाबी छ । तर, पछिल्लो समयमा जति विदेशी लगानी ऊर्जा क्षेत्रमा भित्रिएको छ, तिनको बिजुलीको मूल्य खिम्ती र भोटेकोसी आयोजनाको जस्तो मह“गो छैन । त्यस कारण प्राधिकरणको यो निर्णय मुलुकको हितमा छैन । फेरि प्राधिकरणकोलाई मन्त्रिपरिषद्को निर्णयभन्दा बाहिर गएर निर्णय गर्ने अधिकारसमेत छैन ।
प्राधिकरणले भारतमा निर्यात गर्ने उद्धेश्य राखी विदेशी लगानीमा निर्माण हुन लागेका ठूला आयोजनाबाट उत्पादन हुने सुख्खायामको बिजुली मुलुकको आवश्यकताअनुसार खरिद गर्न पाउनुपर्ने निर्णयसमेत गरेको छ । सरकारले विश्वव्यापी प्रतिस्पर्धाबाट माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनामा प्रवद्र्धक छनौट गरेको हो । ती प्रवद्र्धकले आयोजनाबाट उत्पादित नेपाललाई निःशुल्क उपलब्ध गराउनेबाहेक बा“की पूरै बिजुली भारत निर्यात गर्न पाउने शर्तमा छनौट भएका हुन् । मुलुकले चरम लोडसेडिङ भोगिरहेका बेला भएको प्राधिकरणको यो निर्णय सस्तो लोकप्रियताका लागि भएको हो, जसले भारत निर्यात गर्ने उद्धेश्यले मुलुकमा भित्रिएका र भित्रिन लागेका विदेशी लगानीकर्तालाई निरुत्साहित पार्नेबाहेक अरू कार्य गर्ने छैन । सुख्खायाममा नेपालको मागलाई पूरा गरेर बचेको बिजुलीमात्र भारतमा निर्यात गर्न पाउने हो भने ती आयोजनाको वर्षायामको मात्र बिजुलीले उचित मूल्य पाउने छैन । उचित प्रतिफल नपाउने हो भने निर्यातमुखी आयोजना निर्माणमा विदेशी लगानीकर्ता आउने छैनन् ।
सञ्चालक समितिले अधिकार क्षेत्रबाहिर गएर ऊर्जा मन्त्रालयले जलविद्युत् आयोजनाको सर्वेक्षण र उत्पादन लाइसेन्स दिंदा अनिवार्य रूपमा प्राधिकरणको सहमति लिनुपर्ने निर्णय गरेको छ । विद्युत् विकास ऐनअनुसार ऊर्जामन्त्रालयलाई जलविद्युत् आयोजनाको सर्वेक्षण र उत्पादन लाइसेन्स दिने पूर्णाधिकार दिएको छ । कानुनको यो व्यवस्थाविपरीत सञ्चालक समितिले ऊर्जामन्त्रालयले लाइसेन्स दिंदा प्राधिकरणको सहमति लिनुपर्ने निर्णय गर्नु आफैंमा हास्यापद छ । प्राधिकरणले मन्त्रालयका काममा समेत प्रत्यक्ष हस्तक्षेप गर्न खोज्नु कुनै अर्थमा पनि जायज मान्न सकिन्न । प्राधिकरणमा मुख्यसचिव अध्यक्ष भएपछि विद्युत् चोरी कटौती नियन्त्रण, विभाग घटाउने, माथिल्लो त्रिशुली ३ ए को क्षमता वृद्धि गर्ने र मुलुकको अर्थतन्त्रले धान्न नसक्ने थर्मल प्लान्ट स्थापना गर्नेजस्तो निर्णय कार्यान्वयन नगरेर प्रशंसनीय काम भएका छन् । तर, पछिल्ला दुई बैठकबाट मुलुकमा दुरगामी असर पार्ने गम्भीर प्रकृतिका गलत निर्णय भएका छन् । जुन मुलुक र ऊर्जा क्षेत्रका लागि दुर्भाग्यपूण भएकाले प्राधिकरणको नया“ नेतृत्व र ऊर्जा मन्त्रालयले ती गलत निर्णय सच्याउन साहसिक कदम चाल्न ढिलाइ गर्नुहुन्न ।


विद्युत् प्राधिकरणद्वारा विदेशी लगानी निरुत्साहित पार्ने विवादास्पद निर्णय

ऊर्जा मन्त्रालयले आयोजनाको लाइसेन्स दिंदा प्राधिकरणको पूर्व स्वीकृति लिनुपर्ने
काठमाडौं, २१ चैत– विद्युत् प्राधिकरणको सञ्चालक समितिको तत्कालीन अध्यक्ष एवं मुख्यसचिव लीलामणि पौडेलको अध्यक्षतामा बसेको अन्तिम बैठकले ऊर्जा क्षेत्रको विकासमा विदेशी लगानीलाई निरुत्साहित पार्ने झन्डै आधा दर्जन विवादास्पद निर्णय गरेको छ ।
स्रोतका अनुसार बैठकले प्राधिकरणले विद्युत् खरिद गर्ने सरकारी तथा निजी क्षेत्रका जलविद्युत् आयोजनामा हुने विदेशी लगानीको फरेन एक्सचेन्ज रिस्क (विदेशी विनियम दरको जोखिम) प्राधिकरणले नलिने निर्णय गरेको छ । प्राधिकरणको निर्णयअनुसार सरकारी तथा निजी क्षेत्रको जलविद्युत् आयोजनामा हुने विदेशी लगानीको विदेशी विनिमयदरको जोखिम सबै सरकारले लिनुपर्नेछ ।
प्राधिकरणको विदेशी विनिमयको जोखिम नलिने निर्णयले चरम लोडसेडिङको समस्या भोगिरहेको मुलुकमा ऊर्जा क्षेत्रको विकासमा विदेशी लगानी प्रत्यक्ष निरुत्साहित हुने चिन्ता सरकारी अधिकारीले बताए ।
भोटेकोसी र खिम्तीलगायतका विदेशी लगानीका आयोजनामा विदेशी विनिमय दरको जोखिम लिनुपर्दा प्राधिकरण चरम घाटामा गएको उल्लेख गर्दै सञ्चालक समितिले अब आइन्दा पूरै, आधाभन्दा बढी या आंशिक विदेशी लगानी भएका निजी आयोजनाको विदेशी विनिमयको जोखिमसमेत नलिने निर्णय गरेको जानकारी एक अधिकारीले दिए । विदेशी लगानीका आयोजनाको अनुमति दिने हो भने तिनमा हुने विदेशी विनिमयको जोखिम सरकारले नै लिनुपर्ने निर्णयसमेत प्राधिकरणको छ । नया“ निर्णयअनुसार विदेशी लगानीबाट कुनै आयोजना बनेर प्राधिकरणले त्यसबाट उत्पादित बिजुली अमेरिकी डलर खरिद गर्नुपर्दा विदेशी विनिमय दरको जोखिम सरकारले बेहोर्नुपर्नेछ । विद्युत् खरिद सम्झौता गर्दा भन्दा पछि डलरको भाउ बढेमा बढेको जति रकमको जोखिम सरकारले बेहोर्नुपर्ने प्राधिकरणको निर्णय हो ।
मन्त्रिपरिषदले डेढ महिनाअघि सरकारी वा कम्पनी स्थापना गरी विद्युत् आयोजना निर्माण गर्दा विदेशी विनिमय दरको जोखिम प्राधिकरणले लिनुपर्ने निर्णय गरेको छ । उक्त निर्णयअनुसार सरकारले जाइका, एडीबीलगायतका दाताबाट प्राप्त ऋण सहयोग विदेशी विनिमय दरको जोखिम प्राधिकरणले लिने गरी सोझै माथिल्लो सेती जलविद्युत् आयोजनालाई उपलब्ध गराएको छ । जोखिम प्राधिकरणले लिने शर्तमा सरकारले कुल सहयोगको एक प्रतिशतमात्र सेवा शुल्क लिई आफूले छुट्टै ब्याज नलिई सहुलियतपूर्ण ऋण सोझै माथिल्लो सेतीलाई उपलब्ध गराउने भएको छ । माथिल्लो सेतीले एडीबी र जाइकाबाट क्रमशः एक र डेढ प्रतिशत ब्याजमा ऋण सहयोग पाउनेछ ।
सरकारले यसअघि दाताबाट प्राप्त सहुलियतपूर्ण ऋण सहयोग ८ प्रतिशत ब्याज लिएर प्राधिकरणलाई ऋण दिने र विदेशी विनिमय दरको जोखिम आफैं लिने गथ्र्यो । सरकारले विदेशी विनिमय दर प्राधिकरणले लिने शर्तमा सहुलियतपूर्ण ऋण सहयोग सोझै आयोजनालाई उपलब्ध गराउने क्रम माथिल्लो सेतीबाट सुरु गर्न लागेको हो ।
तर, प्राधिकरण सञ्चालक समितिले मन्त्रिपरिषदको नीतिगत निर्णयविपरीत विदेशी विनिमय दरको जोखिम आफूले नलिई सरकारले लिनुपर्ने निर्णय गरेको हो । ‘विदेशी विनिमयको जोखिम प्राधिकरणले नलिने सञ्चालक समितिको निर्णयले मन्त्रिपरिषदले नीतिगत निर्णय ठूलो कि सरकारकै मातहतको प्राधिकरण ठूलो भन्ने प्रश्नसमेत उठेको छ, मन्त्रिपरिषदको निर्णय उल्ट्याउने अधिकार प्राधिकरणलाई छैन’ ऊर्जा मन्त्रालयका एक अधिकारीले भने ।
यो निर्णयबाट प्राधिकरणले विद्युत् खरिद गर्ने स्वदेशी र विदेशी लगानीकर्ताका संयुक्त लगानी या विदेशी लगानीमा निर्माण हुने आयोजनाको विदेशी विनिमयको जोखिम नलिने निर्णयले ऊर्जा क्षेत्रमा विदेशी लगानी प्रत्यक्ष रूपमा प्रभावित हुने सरकारी अधिकारी बताउ“छन् ।
सञ्चालक समितिको चैत ६ को निर्णयपछि विदेशी विनिमयको जोखिम सरकार या प्राधिकरण कसले लिने भन्ने अन्यौल उत्पन्न हुने र त्यही कारण मुलुकको ऊर्जा क्षेत्रमा आउन लागेको विदेशी लगानीकर्ता फर्कने र नया“ लगानीसमेत नआउने चिन्ता ती अधिकारीको छ । सुपर सिक्सका रूपमा चिनिने ६ मध्ये लोअर सोलुमा विदेशीको लगानी ल्याउने तयारी छ, लोअर सोलु प्राधिकरणको पछिल्लो निर्णयले प्रभावित हुने पहिलो संयुक्त लगानीको आयोजना हुनेछ । लोअर सोलुमा ४९ प्रतिशत विदेशी लगानी भित्र्याउने तयारी प्रवद्र्धकको छ ।
सुपर सिक्समा सरकारले ४९ प्रतिशत विदेशी लगानी ल्याउन पाउने शर्तमा प्रतिस्पर्धा गराई ४५ करोड राजस्व उठाएर प्रवद्र्धक छनौट गरेको हो । सरकारकै नीतिविपरीत प्राधिकरणले विद्युत् खरिद सम्झौताको तयारी गरिरहेका सुपरसिक्सलाई प्रत्यक्ष प्रभावित हुने गरी विदेशी विनिमयको जोखिन नलिने निर्णय गरेको प्राधिकरणका अधिकारी बताउ“छन् ।
सञ्चालक समितिले भारतमा निर्यात गर्ने उद्धेश्य राखी विदेशी लगानीमा निर्माण हुन लागेका ठूला आयोजनाबाट उत्पादन हुने सुख्खायामको बिजुली मुलुकको आवश्यकताअनुसार खरिद गर्न पाउने निर्णयसमेत गरेको छ । सरकारले विश्वव्यापी माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनामा प्रवद्र्धक छनौट गरेको छ । ती प्रवद्र्धकले आयोजनाबाट उत्पादित नेपाललाई निःशुल्क उपलब्ध गराउनेबाहेक बा“की पूरै बिजुली निर्यात गर्न पाउने शर्तमा छनौट भएका हुन् । मुलुकले चरम लोडसेडिङ भोगिरहेका बेला भएको सञ्चालक समितिको यो निर्णय सस्तो लोकप्रियताका लागि भएको र यसले विदेशी लगानीकर्ता निरुत्साहित हुने चिन्ता सरकारी अधिकारी नै प्रकट गर्छन् ।
‘सुख्खायाममा नेपालको मागलाई पूरा गरेर बचेको बिजुलीमात्र भारतमा निर्यात गर्न पाउने हो भने ती आयोजनाको वर्षायामको बिजुलीमात्र कसरी बिक्री हुन सक्छन्, बिक्री भएछ भने पनि वर्षायामको बिजुलीको उचित मूल्य कसरी पाउन सक्तैनन् र आयोजनाबाट उचित प्रतिफल पाउन सक्तैनन् । यो निर्णयले निर्यातमुखी आयोजना निर्माणमा विदेशी लगानीकर्तालाई हतोत्साहित बनाउनेछ’ ती अधिकारीले भने । सञ्चालक समितिले भारतीय कम्पनीबाट निर्माण हुन लागेका माथिल्लो कर्णाली र अरुण तेस्रोलगायतका आयोजनाबाट उत्पादन हुने हिउ“दयामको बिजुली नेपाललाई माग भएको जतिको परिमाणमा खरिद गर्ने उद्धेश्यले यो निर्णय गरेको स्रोतले उल्लेख गरेको छ ।
समितिको बैठकले ऊर्जा मन्त्रालयले जलविद्युत् आयोजनाको सर्वेक्षण र उत्पादन लाइसेन्स दिंदा अनिवार्य रूपमा प्राधिकरणको सहमति लिनुपर्ने निर्णय गरेको छ । प्राधिकरणले ऊर्जा मन्त्रालयलाई पत्र पठाई विद्युत् आयोजनाको लाइसेन्स दिंदा प्राधिकरणको सहमति लिनुपर्ने व्यवस्थालाई कार्यान्वयन ल्याउन आग्रह गरेको छ ।
विद्युत् विकास ऐनअनुसार ऊर्जामन्त्रालयलाई जलविद्युत् आयोजनाको सर्वेक्षण र उत्पादन लाइसेन्स दिने पूर्णाधिकार दिएको छ । कानुनको यो व्यवस्थाविपरीत सञ्चालक समितिले ऊर्जालाई लाइसेन्स दिंदा प्राधिकरणको सहमति लिनुपर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिले प्रसारण लाइन नभएका ठाउ“मा जलविद्युत् आयोजनाको सर्वेक्षण र उत्पादन लाइसेन्स दिंदा प्रवद्र्धकहरूको लगानी डुब्ने र विद्युत् खरिद सम्झौता गर्नसमेत अप्ठ्यारो पर्ने तर्क गर्दै प्राधिकरणसित पूर्व सहमति लिनुपर्ने निर्णय गरेको जानकारी मन्त्रालयका अधिकारीले दिए । सञ्चालक समितिका सदस्य डम्बरबहादुर नेपालीले ऊर्जामन्त्रालयले प्रसारण लाइनको सम्भाव्यता भए÷नभएको हेरी भटाभट विद्युत् आयोजनाको सर्वेक्षण र उत्पादन लाइसेन्स दिने र प्राधिकरणलाई विद्युत् खरिद सम्झौताका लागि दबाब दिंदा प्राधिकरणले धान्न नसक्ने स्थिति उत्पन्न भएको उल्लेख गर्दै ऊर्जा मन्त्रालयल लाइसेन्स दिंदा प्राधिकरणसित अनिवार्य रूपमा परामर्श लिनुपर्ने निर्णय गरिएको दाबी गरे ।
सञ्चालक समितिले सरकारले प्राधिकरणलाई भारतलाई बिजुली बेच्ने पावर ट्रेडिङ कम्पनीको समेत काम गर्न दिनुपर्ने निर्णय गरेको छ । निर्यातमुखी उद्धेश्यले निर्माणाधीन र भविष्यमा निर्माण हुने मझौला आयोजनाले भारतमा बिजुली निर्यात गर्न आफैं प्रसारण लाइन निर्माण गर्न नसक्ने उल्लेख गर्दै सञ्चालक समितिले भारतसित पावर ट्रेडिङको जिम्मा आफूलाई दिनुपर्ने निर्णय गरेको हो । सञ्चालक समितिले त्यस्ता आयोजनालाई लगानीको उचित प्रतिफलसहितको विद्युत्को मूल्य दिएर प्राधिकरणले खरिद गर्ने र ट्रेडिङ कम्पनीका रूपमा आफूले भारतमा बेच्न पाउनुपर्ने निर्णय गरी त्यसका लागि अनुमति दिन सरकारसमक्ष आग्रह गरेको जानकारी स्रोतले दिए ।




२८ सहसचिवको सरुवा, ४२ को पदस्थापना

काठमाडौं, २० चैत– सरकारले नया“ बढुवा भएकासहित ६० जना सहसचिवलाई विभिन्न मन्त्रालयमा पदस्थापना तथा सरुवा गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले २८ सहसचिवको सरुवा र ४२ जनाको पदस्थापना गर्ने निर्णय गरेको थियो । सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रिपरिषदको निर्णयअनुसार ती सहसचिवलाई पत्र दिई पदस्थापना र सरुवा भएको ठाउ“मा पठाएको छ । नया“ बढुवा भएका सहसचिवमध्ये झन्डै आधालाई गृहमन्त्रालयमा पदस्थापन गरिएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई पर्यटन मन्त्रालयमा, बा“केका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज पोखरेललाई अर्थमन्त्रालय, बाराका प्रजिअ कृष्णहरि पुष्कर कर्णलाई श्रम मन्त्रालयमा, महोत्तरीका प्रजिअ मधुसुदन बुर्लाकोटीलाई शान्ति मन्त्रालय, वन मन्त्रालयका एकनारायण अर्याललाई गृह, सार्वजनिक खरिद अनुगमन कार्यालयका मुकुन्द्र प्रकाश घिमिरेलाई वन मन्त्रालयमा सरुवा गरिएको छ ।
वैदेशिक रोजगार विभागमा नया“ महानिर्देशक भने तोकिएको छैन । सरुवा र पदस्थापनाका क्रममा अर्थ मन्त्रालयमा चार जना नया“ लगिएको छ भने दुई सहसचिव बाहिरिएका छन् । गृहका तीन प्रजिअसहित चार जना बाहिरिएका छन्, झन्डै दुई दर्जन नया“ सहसचिव भित्रिएका छन् ।
सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले दिएको जानकारीअनुसार महालेखा नियन्त्रकको कार्यालयका सहसचिवद्वय सुरेश प्रधानलाई गरिबी निवारण मन्त्रालयमा, राजेन्द्र बज्राचार्यलाई लोकसेवा आयोगमा, सामान्य प्रशासनको अतिरिक्त समूहमा रहेका अनिलकुमार ठाकुरलाई गृहमा, भूमिसुधारका जितबहादुर थापा र गृहका चेतनाथ भट्टराईलाई उद्योग मन्त्रालय, गृहकै सुरेश अधिकारीलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा, सामान्य प्रशासन मन्त्रालयका वीरबहादुर राईलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ । ५८ वर्ष पूरा गरी अनिवार्य अवकास पाउन लागेका र विदेशमा अध्ययनरत केही सहसचिवलाई सामान्य प्रशासनको अतिरिक्त समूहमा सारिएको छ ।
हालै बढुवा भएका सहसचिवहरू केशवराव घिमिरेलाई गृह, मुकुन्दराज पन्थीलाई सामान्य,
उमाकान्त पराजुलीलाई सञ्चार, शंकरप्रसाद खरेललाई गृह, बालकृष्ण पन्थीलाई गृह, मोहनबहादुर चापागाईंलाई सामान्य प्रशासनको अतिरिक्त समूहमा, विनोदप्रकाश सिंहलाई वाणिज्य, गोपालकृष्ण खनाललाई सामान्य प्रशासनको अतिरिक्त समूहमा, कृष्णप्रसाद पोखरेललाई अर्थ, भवानीप्रसाद पराजुलीलाई सूचना आयोग, रोहितकुमार भट्टराईलाई भूमिसुधार, एकमणि नेपाललाई गृह, जीवनप्रसाद ओलीलाई गृह, दिलबहादुर घिमिरेलाई गृह, दुर्गाप्रसाद पोखरेललाई गृह, प्रेमनारायण शर्मालाई लोकसेवा आयोग, नरेशकुमार चापागाईंलाई सार्वजनिक खरिद अनुगमन कार्यालय, सूर्यकान्त पन्थीलाई रक्षा, विश्वनाथ शर्मा ढकाललाई रक्षा, डिल्लीप्रसाद शिवाकोटीलाई अर्थ, जीवराज कोइरालालाई वाणिज्य मन्त्रालय, गणेशप्रसाद ज्ञवालीलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरिएको छ ।
त्यसैगरी नया“ सहसचिवहरू परशुराम अर्याललाई गृह, चिरञ्जीवी भण्डारीलाई नेपाल ट्रष्टको कार्यालय, दिवाकर बा“स्तोलालाई लोकसेवा आयोग, लक्ष्मीशरण घिमिरेलाई शान्ति, रामाधीन यादवलाई गृह, कपिल डंगोललाई भूमिसुधार, धनबहादुर श्रेष्ठलाई श्रम, किरण शर्मालाई ऊर्जा, डिल्लीप्रसाद शर्मालाई शिक्षा, रामेश्वर दंगाललाई गृह, राजकुमार श्रेष्ठलाई गृह, हरिप्रसाद मैनालीलाई गृह, दीपक काफ्लेलाई गृह, डिल्ली घिमिरेलाई गृह, राधिका अर्याललाई विज्ञान, नारायणप्रसाद दवाडीलाई लोकसेवा आयोग, मुकुन्द निरौलालाई सामान्य प्रशासनको अतिरिक्त समूहमा, घनश्याम उपाध्यायलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र रविलाल पन्तलाई गृह मन्त्रालयमा पदस्थापन गरिएको छ ।