Wednesday, November 28, 2018

सम्पादक चन्दलाई रिहा गर्न महासंघको माग

काठमाडौं, १२ मंसिर– नेपाल पत्रकार महासंघले पक्राउ परेका सम्पादक गोपाल चन्दलाई तत्काल रिहाइ गर्न माग गरेको छ । पत्रकार महासंघले बुधबार विज्ञप्ति जारी गरी झूटो समाचार लेखेको आरोपमा पोष्ट पार्टी डटकमका सम्पादक चन्दलाई मंगलबार पक्राउ गरी  विद्युतीय कारोवार ऐनअन्तर्गत कारवाही अघि बढाएको घटनाको विरोध गर्दै तत्काल रिहाई गर्न माग गरेको हो ।
‘प्रहरीले पटकपटक आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर पत्रकारलाई पक्राउ गर्नु र मुद्दा चलाउनु प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो । सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित सामग्रीका बारेमा छानबिन गर्ने र कारवाही गर्ने अधिकार प्रेस काउन्सिल नेपाललाई मात्र छ’ विज्ञप्तिमा छ ।

मुलुकभर चिसो बढयो

काठमाडौं, १० मंसिर– राजधानी उपत्यकासहित मुलुकभर चिसो बढेको छ । आइतबार उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार तापक्रम घटेकाले उपत्यकामा बढी चिसो (जाडो) महसुस गरिएको छ । केही दिनयता उपत्यकासहित देशभरको तापक्रम घटिरहेको छ ।
सोमबार जुम्लाको न्यूनतम तापक्रम माइनस ०.१ डिग्री र अधिकतम तापक्रम २१.५ डिग्री सेल्सियस छ । वीरेन्द्रनगर (सुर्खेत) को न्यूनतम तापक्रम १३.५ डिग्री र अधिकतम तापक्रम २९.६ डिग्री मापन गरिएको छ ।
सिमराको न्यूनतम तापक्रम ११.८ डिग्री र अधिकतम तापक्रम २९.५ डिग्री सेल्सियस छ । दाङको न्यूनतम तापक्रम भने १०.१ डिग्री र अधिकतम तापक्रम २५.८ डिग्री सेल्सियस मापन गएिको छ ।

Sunday, November 25, 2018

निर्मलाका हत्यारालाई सरकारले लुकायो, हामी पक्रन्छौं : विप्लब नेकपा

काठमाडौं, ८ मंसिर– नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या गर्ने दोषीहरूलाई सरकारले लुकाएर संरक्षण दिइरहेको आरोप लगाएको छ ।
पार्टी पुनगर्ठनको पा“चौ वार्षिकोत्सवमा राजधानीमा शनिबार बृहत् ¥यालीपछि आयोजित सभामा बोल्दै नेकपाका प्रवक्ता तथा स्थायी कमिटी सदस्य खड्गबहादुर विश्वकर्माले निर्मला हत्याका दोषीहरूलाई आफ्नो पार्टीले पक्राउ गरेर सार्वजनिक गर्ने बताए ।
‘अपराधीलाई लुकाएर सरकारले अनुसन्धानको नाटक गरिरहेको छ, अब हामी सहेर बस्दैनौं । हाम्रो पार्टीले निर्मलाका हत्यारालाई पक्राउ गरेर सार्वजनिक गर्छ’ उनले भने ।
उनले महिला हिंसा, बलात्कार र हत्याका घटनाले आमजनता आजित भइसक्दा पनि सरकार आ“खा चिम्लिएर बसेको बताए । विश्वकर्माले ‘हिजो भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्ने प्रधानमन्त्री केपी ओलीको सरकार वाइड बडी जहाज खरिदमा भएको भ्रष्टाचारमा मुकदर्शक भएर बसेको आरोपसमेत लगाए ।

नेकपामा केन्द्रीय सदस्यहरूको कार्य विभाजन भोलि

काठमाडौं, ८ मंसिर– सत्तारूढः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका केन्द्रीय सदस्यहरूको कार्य विभाजन सोमबार गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुका बसेको नेकपा सचिवालयको बैठकले सोमबार केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने निर्णय गरेको हो । 
बैठकमा केन्द्रीय सदस्यको कार्य विभाजनबारे छलफल भएको र आइतबार गृहकार्य गरी सोमबार टुंगो लगाउने निर्णय भएको जानकारी पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए ।
उनका अनुसार केन्द्रीय सदस्यको कार्य विभाजनपछिमात्रै जनवर्गीय संगठनको एकीकरणको प्रक्रियामा प्रवेश गर्नेबारेमा छलफल भएको जानकारी दिए । बैठकमा अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेललगायतका नेता सहभागी थिए ।

Friday, November 23, 2018

सरकार पूर्ण रूपमा असफल : कांग्रेस

काठमाडौं, ६ मंसिर- प्रमुख प्रतिपक्षी कांग्रेसले नौ महिने कार्यकालको समिक्षा गर्दै सरकार पूर्णतः असफल भएको टिप्पणी गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओली सरकार गठन भएको ९ महिना पुग्दा पनि मुलुकमा सरकार भएको महसुस गर्न नसकिएको दाबी गरे । ‘नेपाल देशमा सरकार छ ? छ भने कहा“ छ’ शर्माको प्रश्न थियो ।
उनले शान्ति सुरक्षा र सुशासन कायम गर्न, बजार मूल्य नियन्त्रण गर्न सरकार असफल भएको दाबी गरे । संविधान र संघीयता कार्यान्वयन तथा समृद्धिको यात्रामा सरकारको प्रभावकारिता शून्य रहेको दाबीसमेत उनको थियो ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्वाचन क्षेत्रमा भएका दुई हत्याका अभियुक्त र कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनामा संलग्न दोषीको पहिचान गर्न नसक्नु सरकारको सबभन्दा ठूलो असफलता भएको बताए । मुलुकमा दिनप्रतिदिन महिला हिंसा, बलात्कार, लुटपाटका घटना बढदै जानुले सरकार ९ महिनामै असफल भएको प्रमाणित गरेको दाबीसमेत शर्माको थियो। ‘प्रधानममन्त्रीज्यू, यहाँको रामराज्यमा निर्मलाले न्याय पाउने संभावनाको मृत्यु भइसकेको हो ?’ प्रवक्ता शर्माले भने।

राष्ट्रपति कार्यालयमा स्टेट ब्यांकेट र विशिष्ट अतिथि गृह बनाइने

काठमाडौं, ६ मंसिर- राष्ट्रपति कार्यालय र निवास विस्तार गरी हेलिप्याडका अतिरिक्त अत्याधुनिक र सुविधासम्पन्न ‘भीभीआईपी पाहुना घर’ र ‘स्टेट ब्यांकेट’ (राजकीय सत्कार गृह) निर्माण गर्न थप जग्गा आवश्यक परेकाले सरकारले नजिकको प्रहरी एकेडेमीलाई महाराजगन्जबाट सार्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अधिकारी दिएका छन् ।
मन्त्रिपरिषदको भदौ २१ मा बसेको बैठकले राष्ट्रपति कार्यालय र निवास विस्तार गर्न प्रहरी एकेडेमी पनौती सार्ने निर्णय गरेको थियो । प्रधानमन्त्री कार्यालयले मन्त्रिपरिषदको निर्णय गृह मन्त्रालयलाई पठाई प्रहरी एकेडेमी डेढ वर्षभित्र पनौतीमा सारिसक्न लिखित निर्देशन दिइसकेको छ ।
राष्ट्रपति कार्यालयले लामो समयदेखि शीतल निवास सानो भएकाले त्यसलाई विस्तार गरी सुविधासम्पन्न बनाउन सरकारलाई दबाब दिंदै आएको थियो । केपी ओली दोस्रोपटक प्रधानमन्त्री भएपछि राष्ट्रपति कार्यालयको मागअनुसार शीतल निवासलाई सुविधासम्पन्न बनाउने प्रक्रिया अघि बढेको हो ।
राष्ट्रपति कार्यालय र निवास रहेको ‘शीतल निवास’ लाई कसरी आधुनिक र सुविधासम्पन्न बनाउन सकिन्छ भनेर सरकारले जेठ ९ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । समितिमा गृह, सहरी विकास मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव र सहरी विकास तथा भवन विभागका महानिर्देशकलाई राखिएको थियो ।

सञ्चारमन्त्रीद्वारा शीतल निवास विस्तार र उपराष्ट्रपति कार्यालय सार्ने निर्णयको बचाउ

काठमाडौं, ६ मंसिर– सरकारले राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र निवासको व्यवस्थापनबारेमा मन्त्रिपरिषदले गरेको निर्णयलाई अनावश्यक रूपमा विवादमा पार्न खोजिएको दाबी गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बा“स्कोटाले बिहीबार पत्रकार सम्मेलन गरी संघीय लोकतान्त्रिक गणतन्त्रका सबभन्दा सम्मानित र मर्यादित संस्था राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय र निवासलाई व्यवस्थित गर्ने निर्णय मन्त्रिपरिषदले गरेको उल्लेख गर्दै त्यसको विरोध गर्नुमा कुनै तुक नरहेको बताए ।
मन्त्रिपरिषदले भदौ २१ मा राष्ट्रपति कार्यालय विस्तार र आधुनिकीकरण गर्न प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई महाराजगन्जबाट पनौती सार्ने र समाज कल्याण परिषदको भवनमा उपराष्ट्रपति कार्यालय र निवास राख्ने निर्णय गरेको थियो । त्यसको चर्को विरोध भइरहेका बेला सरकारका तर्फबाट प्रवक्ता बा“स्कोटाले मन्त्रिपरिषदको निर्णयको सार्वजनिक रूपमा बचाउ गरेका हुन् ।
उनले राष्ट्रपति विद्या भण्डारीका लागि १८ करोड रुपैया“मा गाडी खरिद गर्न सरकारले अघि बढाएको प्रक्रियाको समेत बचाउ गरे । सम्मानित संस्थालाई विवादमा पार्ने उद्धेश्यले अनावश्यक रूपमा गाडीको विषय उठाइएको दाबीसमेत उनको थियो ।  ‘१८ करोड एउटै गाडीको मूल्य होइन । एउटा बुलेट प्रुफ गाडीस“गै अगुवा, पछुवा, एम्बुलेन्सका लागि गाडी खरिद गर्न लागिएको हो’ उनले भने ।

Wednesday, November 21, 2018

घुस दिन नसकेपछि चिकित्सकद्वारा राजिनामा

काठमाडौं, ४ मंसिर– वीर अस्पतालका न्युरो सर्जरी युनिटका प्रमुख डा. ध्रुवराज अधिकारीले घुस खुवाउन र चाकडी गर्न नसकेको भन्दै पदबाट राजीनामा दिएका छन् । उनले सोमबार स्वास्थ्यमन्त्री उपेन्द्र यावदलाई सम्बोधन गरी लिखित राजीनामा दिएका हुन् ।
उनले आफूले चाकडी गर्न नसकेको र मागअनुसारको घुस दिन नसकेकाले पदबाट राजिनामा दिनुपरेको मन्त्रीलाई बुझाएको पत्रमा उल्लेख  गरेका छन् । उनले राजिनामापत्रमा विगत एक वर्षदेखि तलब बिहीन भएर अस्पतालमा काम गर्दै आए पनि पद खाली हु“दासमेत आफ्नो पोस्टिङ नभएको दुःखेसोसमेत पोखेका छन् ।
‘विगत १ वर्षदेखि तलबविहीन भएर वीर अस्पतालको न्युरो सर्जरीमा काम गर्दै आएको र वीर अस्पतालले बारम्बार पत्र लेख्दा र मैले अथक प्रयास गर्दा पनि पद खाली भएको र अन्य उम्मेदवार नहु“दासमेत मेरो पोस्टिङ वीरमा नगरी पूर्वाग्रह साथ दुःख दिएकाले र चाकडी र घुससमेत डिमान्ड अनुसार दिन असक्षम हु“दा राजिनामा दिएको छु’ अधिकारीले मन्त्रीलाई बुझाएको पत्रमा छ ।

नीति अनुसन्धान प्रतिष्ठानमाथि हस्तक्षेप हुँदैन : प्रधानमन्त्री

काठमाडौं, ४ मंसिर– प्रधानमन्त्री केपी ओलीले नीति अनुसन्धान प्रतिष्ठानलाई सरकारका तर्फबाट कुनै दबाब वा हस्तक्षेप नहुने बताएका छन् । सिंहदरबारमा मंगलबार प्रतिष्ठानका पदाधिकारीहरूको परिचयात्मक बैठकमा बोल्दै प्रधानमन्त्रीले स्वतन्त्र ढंगले काम गरी मुलुकको समग्र विकास र समृद्धिका लागि नीति बनाउन आग्रह गरे । बैठकमा प्रतिष्ठानका संयोजक चैतन्य मिश्रले प्रतिष्ठानको उद्धेश्य र भावी कार्यक्रम प्रस्तुत गरेका थिए । प्रतिष्ठान डेढ महिनाअघि गठन भएको हो ।
प्रधानमन्त्रीले मुलुकको विकासका लागि नीति तर्जुमा गर्न अनुसन्धानमूलक एवं तथ्यगत विषयलाई सुक्ष्म ढंगले जानकारीमा ल्याउने उद्धेश्यले गठन भएको प्रतिष्ठानलाई सरकारको पूर्ण सहयोग रहने र कुनै पनि कोणबाट असहयोग नहुने बताए ।
‘प्रतिष्ठानले स्वतन्त्र ढंगले अनुसन्धान गरेर ल्याएको प्रतिवेदनमा हस्तक्षेप गर्ने ठाउ“ कहा“ हुन्छ र ? आवश्यक ठाउ“मा राय सुझावसहित सरकारले त्यसलाई ग्रहण गर्छ’ ओलीले भने । बैठकमा मन्त्री र सचिवहरूसमेत सहभागी थिए ।

Tuesday, November 20, 2018

इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ३ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतका तत्कालीन प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुशोभन श्रेष्ठविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रहरी निरीक्षक श्रेष्ठ सुनचा“दी पसल चोरीमा परेका सेवाग्राहीस“ग चोर पक्राउ गरिदिने आश्वासन दिई लिएको १५ हजार रुपैया“ घुससहित एक महिना अगाडि पक्राउ परेका थिए । अख्तियारले घुस लिन स“गै खटिएका प्रहरी जवान तिलक लामिछानेविरुद्धसमेत भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर भएस“गै दुवै जना निलम्बनमा परेका छन् ।

इन्सेकको अध्यक्षमा श्रेष्ठ

काठमाडौं, ३ मंसिर– मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अध्यक्षमा इन्दिरा श्रेष्ठ चयन भएकी छन् । इन्सेककी कार्यसमिति बैठकले पूर्वसदस्य श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो । 
इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल प्रदेश १ को नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त भएपछि पद रिक्त थियो । श्रेष्ठ त्रिभुवन विश्वविद्यालयकी सहप्राध्यापक हुन् ।

Monday, November 19, 2018

सशस्त्रको प्रवक्तामा श्रेष्ठ

काठमाडौं, २ मंसिर– सशस्त्र प्रहरी बलको प्रवक्तामा नायव महानिरीक्षक (डीआईजी) सुरजकुमार श्रेष्ठ नियुक्त भएका छन् । महानिरीक्षक शैलेन्द्र खनालले श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिएको सशस्त्रको सूचना शाखाले जनाएको छ ।

गंगामायाका छोरालाई रिहा गर्न माग

काठमाडौं, २ मंसिर– मानव अधिकारकर्मीहरूले द्वन्द्वपीडित सत्याग्रही गंगामाया अधिकारीका छोरा नूरप्रसाद अधिकारीलाई रिहा गर्न माग गरेका छन् । मानव अधिकारवादीहरू कपिल श्रेष्ठ, चरण प्रसाईं, सफलता बोगटीसहित २१ जनाले आइतबार विज्ञप्ति जारी गरी सशस्त्र द्वन्द्वका क्रममा गंगामायाका छोरा कृष्णप्रसादको हत्या गर्ने पीडक पक्षकै षडयन्त्रमा नूरप्रसादलाई फसाउने नियतले ज्यान मार्ने उद्योगजस्तो गम्भीर अपराधको झूटो मुद्दा लगाइएको दाबी गर्दै रिहा गर्न माग गरेका छन् ।
‘पीडक पक्षको षडयन्त्रका क्रममा द्वन्द्वपीडित सत्याग्रही गंगामायाका छोरा नूरप्रसादलाई फसाउने नियतले सरकारले ज्यान मार्ने उद्योग जस्तो गम्भीर अपराधको झुठा मुद्दा लगाएको कुराको घोर भ्रत्सना गर्दै निष्पक्ष न्यायसहित उहा“को रिहाइको माग गर्दछांै’ विज्ञप्तिमा छ ।

पीडकहरूलाई बचाउने षडयन्त्रप्रति सचेत हुन अपिल

काठमाडौं, २ मंसिर– मानव अधिकारकर्मीहरूले दसवर्षे सशस्त्र द्वन्द्वका पीडकहरूलाई बचाउने र पीडितहरूलाई अझ निस्तेज पार्ने षडयन्त्र भइरहेको दाबी गर्दै त्यसप्रति सचेत हुन संसद, मानव अधिकार आयोग, नागरिक समाजलगायतलाई आग्रह गरेका छन् ।
२१ जना मानव अधिकारकर्मीले आइतबार संयुक्त विज्ञप्ति जारी गरी मुलुकमा मानव अधिकार आन्दोलनको मूल एजेण्डालाई तुहाउने, मानवताविरुद्धका जधन्य वा गम्भीर अपराधीलाई उन्मुक्ति दिने, घटनाका साक्षी, प्रमाण र पीडितलाई निस्तेज पार्ने काम मानव अधिकारकर्मीमध्येकै केहीले गरेको पाइएको उल्लेख गर्दै त्यसप्रति सचेत हुन अपिल गरेका हुन् ।
द्वन्द्वपीडित सत्याग्रही गंगामाया अधिकारी, मानव अधिकारकर्मीहरू चरण प्रसाईं, कपिल श्रेष्ठ, सफलता बोगटीसहितले हस्ताक्षर गरेका छन् । विज्ञप्तिमा दसवर्षे सशस्त्र द्वन्द्वका पीडकहरूलाई विश्वव्यापी क्षेत्राधिकारको दायरामा ल्याउन र पीडितहरूलाई छिटो न्याय दिलाउन माग गरिएको छ ।

राष्ट्रसंघका विशेष प्रतिवेदक भोलि आउँदै

काठमाडौं, १ मंसिर– महिला हिंसाविरुद्धका गतिविधि अनुगमन गर्ने संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक दुभराब्का सिमोनोभिच नेपालको दसदिने भ्रमणमा सोमबार काठमाडौं आइपुग्दै छिन् ।
राष्ट्रसंघीय सूचना केन्द्रद्वारा जारी विज्ञप्तिका अनुसार उनले भ्रमणका क्रममा लिंगका आधारमा महिलाविरुद्ध हुने हिंसा, भेदभाव, शारीरिक रूपमा असक्षम महिला, आदिवासी, शरणार्थी महिला, आप्रवासी तथा ग्रामीण एवं सुदूर भेगका महिलाका अवस्थाबारे जानकारी लिने छिन् ।
केन्द्रका अनुसार राष्ट्रसंघीय मानव अधिकार परिषदबाट पहिलोपटक स्वतन्त्र अध्ययनका निम्ति खटिएकी विशेष प्रतिवेदक सिमोनोभिचले महिला हिंसाविरुद्धका नेपालका कानुन र नीति नियमबारे जानकारी लिनुका साथै उच्च सरकारी अधिकारीहरूस“ग भेटवार्ता गर्ने कार्यक्रमसमेत छ ।

Friday, November 16, 2018

राष्ट्रपतिका लागि हेलिप्याड बनाउन एकेडेमी सार्ने निर्णय

तालिम, परेड र फायरिङका क्रममा हुने होहल्ला र फायरिङ प्रतिष्ठान सानुपर्ने अर्को कारण
काठमाडौं, ३० कात्तिक– राष्ट्रपति विद्यादेवी भण्डारीकै दबाबमा सरकारले राष्ट्रपति कार्यालय र निवास विस्तार गर्न महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको पाइएको छ ।
प्रहरी तालिमका क्रममा हुने होहल्ला र फायरिङले दिनहु“जसो ‘डिस्टर्ब’ हुने गरेको र राष्ट्रपतिलाई हेलिकप्टरबाट उपत्यकाबाहिर जान–आउन निवासभित्रै ‘स्थायी हेलिप्याड’ बनाउनका लागि फराकिलो ठाउ“ चाहिएकाले सरकारले प्रहरी प्रतिष्ठान सार्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको भदौ २१ को बैठकले प्रतिष्ठान पनौती सार्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले दिएका छन् । राष्ट्रपतिको सवारीले उपत्यकामा ट्राफिक जाम हुने र आमजनताले दुःख पाउने समस्या अन्त्य गर्न राष्ट्रपति निवास विस्तारका लागि सरकारलाई अनुरोध गरिएको र त्यसैअनुसार मन्त्रिपरिषद्बाट निर्णय भएको दाबी स्रोतले गरेको छ । ‘राष्ट्रपति कार्यालयभित्रै स्थायी हेलिप्याड बनाउन निवासको क्षेत्र विस्तार गर्न लागिएको हो,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘त्यसका लागि राष्ट्रपतिको अनुरोधमा सरकारले छेवैको प्रहरी प्रतिष्ठान पनौती सार्ने निर्णय गरेको हो ।’

कांग्रेस बैठक पर्सि

काठमाडौं, २९ कात्तिक– प्रमुख प्रतिपक्षी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबार अपराह्न बस्ने भएको छ । बैठकमा मूलतः मंसिर २८ देखि पुस ३ सम्म काठमाडौंमा हुने पार्टीको महासमिति बैठकको तयारी र विधान संशोधन मस्यौदामाथि छलफल हुने जानकारी पार्टी स्रोतले दिएको छ । 
स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री केपी ओली सरकारले गरेको कामको समिक्षा र संघीय संसदको आगामी हिउ“दे अधिवेशनमा पार्टीले लिने रणनीति तय गर्नेबारेमा समेत छलफल हुनेछ ।

निलम्बित डीएसपी राई धरौटीमा रिहा

काठमाडौं, २९ कात्तिक– विशेष अदालतले महानगरीय प्रहरी वृत्त बौद्धका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामकुमार राईलाई धरौटीमा रिहा गरेको छ । उनी घुस लिएबराबरको रकम १ लाख ४० हजार धरौटी राखी बिहीबार नै रिहा भएका छन् ।
विशेष अदालतका न्यायाधीशहरू द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले राईलाई धरौटीमा छोड्न आदेश दिएको हो ।
मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट लिएको घुस रकमसहित राईलाई अख्तियारको टोलीले एक महिनाअघि पक्राउ गरी बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनले सोनी कम्पनीको टेलिभिजन खरिद गरेको बिल तिर्न सेवाग्राहीस“ग १ लाख ४० हजार रुपैया“ घुस लिएका थिए । उनी मुद्दा दायर भएसँगै निलम्बनमा परेका छन् ।

डीएसपी र मालपोत अधिकृतसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २८ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त, बौद्धका प्रहरी नायव उपरीक्षक (डीपएसपी) श्यामकुमार राईविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सेवाग्राहीस“ग सोनी कम्पनीको टेलिभिजन सेट खरिद गर्न एक लाख ४० हजार रुपैया“ घुस लिएको अवस्थामा पक्राउ परेका राईलाई भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले राईलाई एक लाख ४० हजार बिगो कायम गरी जरिवाना गर्न र एक वर्ष कैद सजाय गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।
अख्तियारले मालपोत कार्यालय, कास्कीका मालपोत अधिकृत खेमनारायण पौडेलसहित तीन जनाविरुद्ध बुधबार नै विशेष भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा मालपोत कार्यालयकै नायव सुब्बा रामचन्द्र पौडेल र खरिदार सञ्जय शर्मा छन् ।

संवैधानिक इजलाश सुरु

अब साताको दुई दिन संवैधानिक विवादका मुद्दामा सुनुवाइ हुने
काठमाडौं, २८ कात्तिक– सर्वोच्च अदालतमा बुधबारदेखि संवैधानिक इजलास सुरु भएको छ । इजलासमा संवैधानिक विवादका २ सय २३ वटा मुद्दा सुनुवाइ गर्न बा“की छ ।
उमेर विवादमा परेका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले अवकास पाएपछि लामो समयसम्म संवैधानिक इजलास बस्न नसक्ता ती मुद्दामाथि सुनुवाइको काम अवरुद्ध भएको थियो ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आफू पदमा बहाल भएपछि वरिष्ठताका आधारमा न्यायाधीश दीपकराज जोशी, चोलेन्द्रसमसेर जबरा, दीपककुमार कार्की र केदारप्रसाद चालिसेलाई सदस्य तोकेर संवैधानिक इजलाश गठन गरेका थिए । न्यायाधीश दीपककुमार कार्की विदेश भ्रमणमा रहेका कारण इजलास बस्न सकेको थिएन ।
एउटा प्रधानन्यायाधीशको अवकाश भई अर्को नियुक्त नहु“दासम्म वा इजलासका एकमात्र न्यायाधीश नहु“दा पनि संवैधानिक इजलास बस्न नसक्ने कानुनी व्यवस्था छ । कार्की स्वदेश फर्केपछि बुधबारदेखि संवैधानिक इजलाश सुरु गरिएको हो ।

Wednesday, November 14, 2018

सहन्यायाधिवक्ता थापाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २७ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकील कार्यालय, कास्कीका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसित घुस लिई भ्रष्टाचार गरेको हुनाले थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार थापा ठगी गरेको आरोप लागेका एक सेवाग्राहीको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिदिने प्रलोभन दिई ५ लाख रुपैया“ घुस लि“दालि“दै पक्राउ परेका थिए । अख्तियारले थापालाई बिगोबमोजिमको जरिवाना र एक कैद सजाय गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।

Monday, November 12, 2018

सबै ठूला आयोजना प्रधानमन्त्री ‘मातहत’ मा

  • २५ अर्बमाथिका र राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्री मातहत लैजान विधेयक बन्दै
  • प्रधानमन्त्रीले रेखदेख गर्दैमा विकासनिर्माण प्रभावकारी हुँदैन, ब्युरोक्रेसीलाई झन् जटिल बनाउँछ : पूर्वमुख्यसचिव कोइराला
काठमाडौं, २६ कात्तिक– प्रधानमन्त्री केपी ओलीले आफ्नो कार्यालयलाई थप अधिकारसम्पन्न र कार्यकारी बनाउन मुलुकका सबै ठूला विकासनिर्माणका आयोजना आफैंले प्रत्यक्ष रेखदेख गर्ने कानुनी व्यवस्था गर्दैछन् । त्यसका लागि प्रधानमन्त्रीको निर्देशनमा सरकारले ‘प्रधानमन्त्रीले राष्ट्रिय गौरवका र ठूला विकास आयोजनाहरूको प्रत्यक्ष रेखदेख गर्ने’ सम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । अर्थमन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मस्यौदा गरेको विधेयकमा सहमति दिइसकेको छ । कानुन मन्त्रालयले समेत विधेयकको मस्यौदा अध्ययन गरी सहमति दिने क्रममा रहेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले दिएको छ । संघीय संसदको आगामी अधिवेशनमा विधेयक पेस गरी पारित गर्ने तयारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको छ ।
ओलीले आफू प्रधानमन्त्री हुनासाथ आफ्नो कार्यालयलाई अधिकारसम्पन्न र प्रभावशाली बनाउन राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, महान्यायाधिवक्ताको कार्यालयजस्ता ठूला निकायलाई आफ्नो प्रत्यक्ष मातहतमा ल्याइसकेका छन् । विकासनिर्माणमा समेत आफ्नो प्रत्यक्ष र प्रभावकारी भूमिका बढाउन ओलीले राष्ट्रिय प्राथमिकताप्राप्त सबै ठूला आयोजनाहरूको निर्माण कार्यको रेखदेखसमेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रत्यक्ष मातहतमा ल्याउन लागेका हुन् ।

Sunday, November 11, 2018

फाल्गुनन्दको योगदान अनुकरणीय : प्रधानमन्त्री

काठमाडौं, २४ कात्तिक– प्रधानमन्त्री केपी ओलीले राष्ट्रि«य विभुति तथा समाज सुधारक फाल्गुनन्दले समाजिक विकृति, विसंगति हटाउनका लागि लागि सुरु गरेको अभियान आज पर्यन्त स्मरणीय रहेको बताएका छन् ।
फाल्गुनन्दको १३४ औं जन्म जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले उनले समाज सुधारका लागि जारी गरको घोषणापत्र आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन् । ‘फाल्गुनन्दले वि.सं. १९८८ बैशाख २४ गते  पा“चथरको लोब्रेकुटीबाट जारी गरेको समाज सुधारको ७ बु“दे घोषणापत्र आज पनि उत्तिकै सान्दर्भिक छ । मलाई लाग्छ त्यो घोषणापत्रले हाम्रो समाज सुधारका लागि ठूलो योगदान गरेको छ’ प्रधानमन्त्रीको सन्देशमा छ ।
प्रधानमन्त्रीले आफू जन्मे हुर्केको समाजमा भएका बेथिती देखेपछि फाल्गुनन्दले त्यसलाई सुधार गर्न गरेको निरन्तर प्रयासको प्रशंसा गरेका छन् । फाल्गुनन्दले अहिंसात्मक अभियानसमेत सञ्चालन गरेको, त्यसले समाजमा शान्ती कायम गर्न महत्वपूर्ण योगदान गरेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । किरा“त धर्म, साहित्य आदिको प्रचारका लागि फाल्गुनन्दले गरेको खोज र अनुसन्धानको पनि प्रशंसनीय रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

पत्रकार आक्रमणको महासंघद्वारा भत्सर्ना

काठमाडौं, २४ कात्तिक– रुकुम पश्चिममा पत्रकार लोकेन्द्र खनाललाई नेकपाका कार्यकताले छुरा प्रहार गरी गम्भीर घाइते बनाएको घटनाको नेपाल पत्रकार महासंघले भत्सर्ना गरेको छ ।
कात्तिक २३ मा रुकुम पश्चिमको बाफियाकोट ६ मग्मामा कार्यक्रममा जा“दै गरेका बेला नागरिक दैनिकका संवाददाता खनालमाथि नेकपाका कार्यकर्ताले सांघातिक आक्रमण गरेको महासंघले उल्लेख गरेको छ ।
महासंघले शनिबार विज्ञप्ति जारी गरी सत्तारुढ दलका कार्यकर्ताबाट भएको आक्रमणलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपको संज्ञा दिएको छ ।
महासंघले घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन सरकारस“ग माग गरेको छ ।

देउवा विधानविपरीत हिडे : पूर्वमहामन्त्री सिंह

काठमाडौं, २४ कात्तिक- कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा विधानविपरीत जे मन लाग्यो त्यही काम गर्दै हिडेको आरोप लगाएका छन् ।
जनआन्दोलन–२०४६ का कमान्डर गणेशमान सिहको १०४ औं जन्मजयन्तीको अवसरमा शनिबार संघीय राजधानीको शोभाभगवतीमा आयोजित माल्यार्पण कार्यक्रममा सिंहले सभापति देउवाकै कारण पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर हु“दै गएको बताए ।
लोकतन्त्रका लागि लडेको कांग्रेसभित्र आन्तरिक लोकतान्त्रिक अध्यास कति कमजोर छ भन्ने कुरा पछिल्लो केन्द्रीय कार्यसमिति बैठकको निर्णयले प्रमाणित गरेको दाबी उनको थियो ।

Tuesday, November 6, 2018

पूर्ववन अधिकृतसँग २ करोड अवैध सम्पत्ति

काठमाडौं, १९ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त वन अधिकृत विनोदकुमार सिंहविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सिंहले सरकारी सेवामा रह“दा गैरकानुनी रूपमा १ करोड ९१ लाख रुपैया“ सम्पत्ति आर्जन गरेकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारद्वारा जारी विज्ञप्तिका अनुसार सिंह र उनको परिवारका सदस्यको चलअचल सम्पत्ति, सेयर लगानी, बिमा, बैंक मौज्दात ३ करोड ५१ लाख ८२ हजार रुपैया“बराबर छ । त्यसमध्ये १ करोड ६० लाख २१ हजार वैध आम्दानी देखिएको र १ करोड ९१ लाख ६१ हजारबराबरको सम्पत्तिको स्रोत नखुलेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।
सिंहले गैरकानुनी रूपमा आर्जन गरी श्रीमती गीतादेवी, छोराहरू अनुपकुमार र अचलकुमारको नाममा सम्पत्ति राखेको उल्लेख गर्दै अख्तियारले उनीहरूविरुद्ध समेत मतियारका रूपमा मुद्दा चलाएको छ । अवैध सम्पत्ति जफत गर्न र सिंहलाई एक वर्ष जेल सजाय गर्न अख्तियारले माग गरेको छ ।

Sunday, November 4, 2018

‘पत्रकार सुरक्षा निर्देशिका जारी हुँदै’

काठमाडौं, १७ कात्तिक– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सञ्चारकर्मीको सुरक्षाका लागि छुट्टै ‘पत्रकार सुरक्षा निर्देशिका’ तयार भइरहेको बताएका छन् । पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा फ्रिडम फोरमद्वारा राजधानीमा आयोजित कार्यक्रममा उनले आयोगले निर्देशिकाको मस्यौदामाथि पत्रकार र मानव अधिकारसम्बन्धी संघसंस्थास“ग सुझाव लिन थालेको जनाए ।
शर्माले पछिल्लो समय मुलुकमा मानव अधिकारको अवस्था बिग्र“दै गएको दाबी गर्दै विभिन्न कालखण्डमा अपराधीले आममाफी पाउ“दै गएकाले मानव अधिकारको अवस्था कमजोर भइरहेको बताए । पत्रकार महासंघका महासचिव रमेश विष्टले राजनीतिक नेतृत्वले कारबाही गर्ने इच्छाशक्ति नदेखाउ“दा सञ्चारकर्मीविरुद्ध दण्डहीनता बढदै गएको बताए ।

वातावरण पत्रकार समूहको अध्यक्षमा विश्वकर्मा

काठमाडौं, १७ कात्तिक– नेपाल वातावरण पत्रकार समूह (नेफेज) को अध्यक्षमा कसमस विश्वकर्मा निर्वाचित भएका छन् । ललितपुरमा शुक्रबार राति सम्पन्न नेफेजको ३३औं वार्षिक साधारणसभाले विश्वकर्माको नेतृत्वमा नया“ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा चन्द्रशेखर कार्की, महासचिवमा निमेष रेग्मी, सचिवमा अम्बिका राजथला, कोषाध्यक्षमा सविन शर्मा, सदस्यमा रविन सायमी र छेटु शेर्पा, महिला सदस्यमा सुजाता कार्की र प्रगति ढकाल, विज्ञ सदस्यमा ज्योति बानिया“, लेखा समिति संयोजकमा गोपाल तिवारी, सदस्यमा रञ्जना पौडेल र सोमनाथ लामिछाने निर्वाचित भएका छन् ।

Friday, November 2, 2018

गैर आवासीय नेपालीलाई पैतृक सम्पत्तिमा हक

अरू सम्पत्तिमा के हुन्छ ?
काठमाडौं, १६ कात्ति– नेपाली नागरिकता त्यागी विदेशी मुलुकको नागरिकता लिइसकेका गैर आवासीय नेपालीको समेत नेपालमा आफ्नो पैतृक सम्पत्तिमाथिको हक लाग्ने व्यवस्था मुलुकी देवानी संहिता २०७४ ले गरेको छ ।
संहिताको दफा ४३३ मा गैर आवासी नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले नेपालमा अंश या अपुताली दुवै पाउने व्यवस्था गरिएको छ । गैर आवासी नेपालीले नेपालमा अचल सम्पत्ति खरिद गर्न र बन्धकीमा लिनसमेत पाउने कानुनी व्यवस्था संहिताले गरेको छ ।
‘नेपाली नागरिकता त्यागी विदेशी नागरिकता लिइसकेको गैर आवासीय नेपालीले समेत नेपालमा रहेको आफ्नो पैतृक सम्पत्तिको अंशियार हुने कानुनी व्यवस्था छ । नेपाली नागरिकता त्याग्दैमा कोही पनि पैतृक सम्पत्ति वा अंशबाट विमुख हु“दैन । पैतृक सम्पत्ति या अंशमाथि वंशको हक लाग्छ’ कानुन मन्त्रालयका एक अधिकारीले कान्तिपुरसित भने ।
संविधानसभाबाट जारी नया“ संविधानले गैर आवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको ‘गैर आवासीय नागरिकता’ दिने व्यवस्था गरेको छ । सरकारले नागरिकता ऐन संशोधन गर्न संसदमा पेस गरेको विधेयकमा समेत त्यस्ता व्यक्तिलाई ‘गैर आवासीय नेपाली नागरिकता’ दिने र तिनले नेपालमा आफ्नो नाममा लगानी गर्न या सम्पत्ति खरिदबिक्री गर्न पाउने व्यवस्था गरेको छ । विधेयकमा गैरआवासीय नेपालीले राजनीतिक अधिकार भने नपाउने व्यवस्था गरिएको छ ।

दुई चिकित्सकविरुद्ध मुद्दा

काठमाडौं, १६ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर अञ्चल अस्पतालका चिकित्सकद्वय डा. विजयकुमार सिंह र डा. रम्भा गोइतविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सिंह र गोइतले चरम लापरवाही गरी अनुसन्धान कार्यलाई प्रभावित गर्ने किसिमले बलात्कारको शिकार भएकी बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदन दिएको तथ्य पीडितको सिराहा जिल्ला अस्पतालमा पुनः गरिएको स्वास्थ्य परिक्षण प्रतिवेदनबाट प्रमाणित भएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐनको दफा १९ को उपदफा २ बमोजिमको कसुर भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ । चिकित्सकद्वय सिंह र गोइतले गत असोज ९ मा पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी गलत प्रतिवेदन दिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसको चियापानमा एक लाखलाई निम्ता

काठमाडौं, १५ कात्तिक– प्रमुख प्रतिपक्षी कांग्रेसले दसैं, तिहार, नेपाल संवत, छठलगायतका पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न शुक्रबार चियापान गर्दैछ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाखलाई निम्ता दिइएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले शुक्रबार उपत्यकामा ललितपुर सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्ला सदरमुकाममा अपराह्न १ देखि सा“झ ५ बजेसम्म चियापान कार्यक्रम राखेको छ ।
वि.सं २०३३ सालमा कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि कांग्रेस हरेक वर्ष शुभकामना आदानप्रदान गर्न चियापान आयोजना गर्दै आएको छ ।
चियापन कार्यक्रममा सहभागी हुने कांग्रेसले प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, उपप्रधानमन्त्री, मन्त्री, पूर्वमन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकारी, सुरक्षा निकायका कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मीलगायतलाई आमन्त्रण गरेको छ ।

१६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १५ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन अध्यक्ष दिगम्बर रायसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । रायसहितले परिषदबाट रंगभूमि मैदान, गंगासागर र तिरहुतिया गाछी संरक्षणलगायतका आठवटा ठेक्कामा सवा ७६ लाख रुपैया“ भ्रष्टाचार गरेको जिकिर गर्दै अख्तियारले बिहीबार विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
मुद्दा दायर गरिएकामा रायका अतिरिक्त तत्कालीन कार्यकारी निर्देशकहरू सूर्यदेव साह, राजेशकुमार साह, गोपाल झा, नायव सुब्बा उषा मिश्र, लेखापाल उत्तमराज ढकाल, तत्कालीन सब–इन्जिनियर परशुराम साह, तत्कालीन प्रोजेक्ट इन्जिनियर उपेन्द्र झा, ठेकेदारद्वय विष्णुबहादुर राउत र प्रदीपनारायण साह छन् ।
उनीहरूले मिलेमतो गरी पा“चवटा ठेक्काको मूल्यांकन गर्दा लागत अनुमानभन्दा ३० प्रतिशत बढी बढेको कारण देखाई ७६ लाख २८ हजार ५ सय २ रुपैया“ भ्रष्टाचार गरेको उल्लेख गर्दै अख्तियारले अभियोगपत्रमा भ्रष्टाचार निवारण ऐनबमोजिम सबैलाई एक वर्ष जेल सजाय र बिगो बराबरको सम्पत्ति जफत गर्न मागदाबी गरेको छ ।

Thursday, November 1, 2018

‘सम्बन्ध सुधार्न राष्ट्रपतिको कतार भ्रमण’

काठमाडौं, १४ कात्तिक– राष्ट्रपति विद्या भण्डारी खाडी मुलुक कतारसित द्विपक्षीय सम्बन्ध सुमधुर बनाउन औपचारिक भ्रमण गएको दाबी परराष्ट्र मन्त्रालयका अधिकारीले गरेका छन् । ती अधिकारीले सरकारले दोस्रो बढी नेपाली कामदार रहेको कतारसितको सम्बन्धमा न्यानोपन ल्याउनका लागि राष्ट्राध्यक्षस्तरमै भ्रमण गराएको उल्लेख गरेका छन् ।
आफ्नो छुट्टै स्वतन्त्र विदेश नीति अख्तियार गरेकामा साउदी अरब र यूएईलगायत ६ मुलुकले ५ जुन २०१७ देखि छिमेकी कतारसित कूटनीतिक सम्बन्ध अन्त्य गरी नाकाबन्दी लगाएका छन् । राष्ट्रपति भण्डारीले एक वर्षअगाडि यूएईको औपचारिक भ्रमण गरेपछि कतार चिढिएको अधिकारीहरू बताउ“छन् ।
‘राष्ट्रपतिले अघिल्लो वर्ष यूएईको भ्रमण गरेपछि कतारसितको सम्बन्धमा नकारात्मक असर परेको थियो । खाडी राष्ट्रमध्ये साउदी अरबपछि दोस्रो बढी नेपाली कामदार रहेको मुलुकसित सम्बन्ध सुधार गर्न र कूटनीतिक सन्तुलनका लागि सरकारले यसपटक राष्ट्राध्यक्षलाई कतार भ्रमणमा पठाएको हो,’ परराष्ट्रका अधिकारीले भने, ‘यो भ्रमणले नेपाल कतार र बा“की खाडी मुलुकस“ग सन्तुलित सम्बन्ध राख्न चाहन्छ भन्ने सन्देश दिएको छ ।’

उपाध्यायलाई नहटाउन आदेश

काठमाडौं, १४ कात्तिक– सर्वोच्च अदालतले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई हटाउने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले बुधबार उपाध्यायलाई पदबाट बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको हो ।
मन्त्रिपरिषद्ले आइतबार उपाध्यायलाई पदबाट हटाउने निर्णय गरेको थियो । सरकारले यसअघि पनि उपाध्यायलाई बर्खास्त गर्ने निर्णय गरेको थियो तर सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि उपाध्याय जिम्मेवारीमा फर्केका थिए । उपाध्याय तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा २०७४ मंसिर २५ मा चार वर्षका लागि नियुक्त भएका थिए ।