Thursday, July 31, 2014

भारतलाई अरुण तेस्रो अनुदान र ऋणमा बनाइदिन प्रस्ताव गरिने

काठमाडौं, १५ साउन– सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना अनुदान र सहुलियतपूर्ण ऋणमा बनाउनदिन प्रस्ताव गर्ने भएको छ । भारत सरकारले एउटा ठूलो जलविद्युत् आयोजना भारतीय ‘उपहार’ का रूपमा बनाइदिने आश्वासन दिएकाले मोदीको भ्रमणका बेला नेपालले अरुण तेस्रो निर्माण गरिदिन प्रस्ताव गर्न लागेको हो ।
मुलुकमा विस्तृत अध्ययन (डीपीआर) तयार भइसकेको आयोजना अरू नभएका हुनाले सरकारले अरुण तेस्रो प्रस्ताव गर्न लागेको जानकारी मोदी भ्रमणको एजेन्डा तय गर्ने गृहकार्यमा संलग्न सत्तारूढ प्रभावशाली एक नेताले दिए । डीपीआर तयार भइसकेको हुनाले उक्त आयोजना निर्माण सुरु भएको पा“च वर्षमै सम्पन्न भई बिजुली उत्पादन सुरु हुने र मुलुकको लोडसेडिङ अन्त्य गर्ने अरुण तेस्रो कोसेढुंगा बन्ने विश्वास ती नेताले व्यक्त गरे ।
ती नेताका अनुसार सरकारले भारतसमक्ष अरुण तेस्रो जलविद्युत् आयोजना ५० प्रतिशत अनुदान र ५० प्रतिशत सहुलियतपूर्ण ऋण सहयोगमा बनाइदिन प्रस्ताव गर्ने भएको छ । भारत सरकारले उपहारका रूपमा आयोजना बनाइदिन खोजे पनि एक खर्बभन्दा बढी लागत लाग्ने भएकाले अरुण तेस्रो अनुदानका अतिरिक्त सहुलियतपूर्ण ऋणमा बनाइदिन आग्रह गर्न लागिएको हो ।

Wednesday, July 30, 2014

सरकारको स्वीकृतिमा रिन्पोछेको शव ल्याइयो

काठमाडौं, १३ साउन– सरकारको स्वीकृतिमा बौद्ध धर्म गुरु १४ औं श्यामार्पा रिम्पोछेको पार्थिव शरीर मंगलबार दिउ“सो भूटानबाट राजधानी ल्याइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको आकस्मिक बैठकले रिम्पोछेको शव ल्याएर नेपाल ल्याएर अन्त्येष्टि गर्न स्वीकृति दिएको हो ।
मन्त्रिपरिषदको निर्णयलगत्तै रिम्पोछेको शव भूटानी ड्रुक एयरको चार्टर फ्लाइटबाट मंगलबारै राजधानी ल्याइएको हो । रिम्पोछेको पार्थिक शरीर एयरपोर्ट हु“दै स्वयम्भु परिक्रमा गराई सा“झ रानीवनस्थित शरिनाभ गुम्बामा लगिएको छ । 
बौद्ध शुभचिन्तकहरू मंगलबार दिउ“सोदेखि नै एयरपोर्ट, स्वयम्भु र शरिनाभ गुम्बा परिसरमा रिम्पोछेको पार्थिव शरीर दर्शनका लागि जम्मा भएका थिए । उनको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार र बिहीबार गुम्बामौ राखिनेछ । त्यसपछि बौद्ध धर्म परम्पराअनुसार अन्त्येष्टि गरिनेछ । 
विभिन्न देशबाट समेत दर्शनार्थीहरू आउने र बुधबार बीस हजार भन्दा बढि दर्शनार्थी गुम्बामा भेला हुने आयोजक सम्बद्ध भिक्षु कृष्णमानले बताए । कृष्णमानका अनुसार उनको पार्थिव शरिर शुभेच्छुकहरूको दर्शनार्थ भारत र भुटान हु“दै नेपाल ल्याइएको हो । बौद्ध परम्पराअनुसार सामान्यतया ४९ दिनमा अन्त्येष्टि गर्नुपर्ने भए पनि नेपाल ल्याउन ढिलाइ भएकाले केही दिन अझै दर्शनार्थ राखिनेछ ।
मन्त्रिपरिषदको बैठकले रिम्पोछेको पार्थिव शरीर भूटानबाट राजधानीमा ल्याएर रानीवनमा अन्त्येष्टि गर्न स्वीकृति दिएको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए । उनले विदेशी नागरिकको शव नेपालमा ल्याउने कानुनी व्यवस्था नभएकाले नया“ नीतिगत व्यवस्था गरी रिम्पोछेको पार्थिव शरीर ल्याउन अनुमति दिइएको जानकारी दिए ।

Monday, July 28, 2014

आज इदउल फित्र मनाइँदै

काठमाडौं, १२ साउन– सरकारले मुस्लिम धर्मावलम्बीको ठूलो पर्व इदउल फित्रका दिन मंगलबार देशभर सार्वजनिक बिदा दिएको छ । राजधानीका नेपाली जामे मस्जिद र कस्मिरी मस्जिदका मौलाना (गुरु) हरूले सोमबार सा“झ चा“द (चन्द्रमा) देखिएको पुष्टि गर्दै गृह मन्त्रालयलाई जानकारी दिएपछि सरकारले मंगलबारका लागि सार्वजनिक बिदा दिएको हो । 
सरकारले इदउल फित्रका दिन हरेक वर्È सार्वजनिक बिदा दिंदै आएको छ । मुस्लिम धर्मावलम्बीका मौलानाले रमजानको अन्तिम दिन चन्द्रमा देखिएको पुष्टि गरेपछिमात्र सरकारले बिदाको दिन घोÈण्ाँ गर्ने गरेको छ ।
मुस्लिम धर्मावलम्बीहरुले तीस दिनसम्म दिनभर उपवास बसेर रमजान पर्व मनाउ“छन् । तीसौं दिनको सा“झमा चा“द देखिएपछि देशभरका मुस्लिमहरूको रमजान पर्व र उपवास समाप्त हुन्छ, त्यसको भोलिपल्ट मुस्लिम धर्मावलम्बीहरुले इदउल फित्र पर्व मनाउ“छन् । 

Sunday, July 27, 2014

कामु जिशिअसहित तीनविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं, ११ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही जिल्लाका तत्कालीन कायममुकायम जिल्ला शिक्षा अधिकारी हेमन्तकुमार सिंहसहित तीन जनाविरुद्ध आइतबार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ ।
सिंहसहितले सर्लाही जिल्लाको भाङसार– ४ मा हु“दै नभएको सामुदायिक प्राथमिक विद्यालयका नाममा ‘झोले विद्यालय’ खडा गरी १६ लाख ८८ हजार ९ सय ७९ रुपैया“ बराबरको सरकारी रकम बद्नियतपूर्वक हिनामिना गरेकाले उनीहरूविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा सिंहसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललिता यादव र प्रधानाध्यापक जयनारायण यादव छन् । उनीहरूले हु“दै नभएको झोले विद्यालयका नाममा झूटो विवरण पेस गरी २०६६÷६७ देखि ०७०÷७१ सम्म विभिन्न शीर्षकमा सरकारी रकम निकासा गरी मिलोमतोमा सरकारी रकम भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

कुलेखानी तेस्रोको लागत र निर्माण अवधि दुवै दोब्बर हुने

२ अर्ब ४३ करोड रुपैया“को आयोजनाको लागत बढेर ४ अर्ब २२ करोड पुग्ने
सन् २०११ डिसेम्बरमा सम्पन्न गर्ने भनिएको आयोजना छिटोमा सन् २०१४ मा सकिने
काठमाडौं, १० साउन– चौध मेगावाट क्षमताको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको लागत झन्डै दोब्बर र निर्माण अवधि तीन वर्ष बढ्ने भएको छ । चिनिया“ ठेकेदार कम्पनी सिनो हाइड्रोको लापरबाही, परामर्शदाता नियुक्ति विवाद, स्थानीयबासीको पटकपटकको अवरोध र बन्दका कारण कुलेखानीको आयोजनाको लागत र निर्माण अवधि दुवै दोब्बर पुग्ने निश्चित भएको हो ।
सन् २०११ को डिसेम्बरमा सम्पन्न गर्ने गरी सन् २००८ को अप्रिलमा कुलेखानी तेस्रोको निर्माण सुरु भएको हो । सन् २०१४ को जुलाई चौथो साता भइसक्ता पनि कुलेखानीको ८० प्रतिशतमात्र निर्माण कार्यमात्र सम्पन्न भएको जानकारी आयोजना प्रमुख मधुसुदन मल्लले जानकारी दिए । सुरुमा आयोजनाको कुल लागत २ अर्ब ४३ करोड रुपैया“ लाग्ने उल्लेख थियो । निर्माण अवधि बढेका कारण लागत बढेर ४ अर्ब २२ करोड रुपैया“ पुग्ने निश्चित भएको जानकारीसमेत मल्लले दिए । 
परामर्शदाता कम्पनी, आयोजना र ठेकेदारको दाबीसहितलाई हिसाब गरेर विद्युत् प्राधिकरण सञ्चालक समितिले कुलेखानीको संशोधित लागत ४ अर्ब २२ करोड रुपैया“ स्वीकृत गरिसकेको छ । निर्माण अवधि लम्बिएको, निर्माण सामग्रीको बजार मूल्य बढेको, ठेकेदारको मागदाबीका कारण लागत करिब दोब्बर पुग्ने निश्चित भएको हो ।
कुलेखानी दोस्रोबाट बिजुली निकालिसकेपछि खसालिने पानी बिना बा“ध (इन्टेक) सोझै सुरुङबाट लगेर विद्युत् उत्पादन गरिने कुलेखानी तेस्रोको प्रतिमेगावाट लागत ३० करोड रुपैया“ पुग्नेछ । 

Saturday, July 26, 2014

१३ सचिवको बिदाइ, प्रशासनिक नेतृत्वविहीन निकाय २० पुगे

काठमाडौं, १० साउन– विभिन्न मन्त्रालय र निकायमा शुक्रबारदेखि रिक्त सचिवको संख्या २० पुगेको छ । पा“चवर्षे पदावधि पूरा गरेर अनिवार्य अवकास पाउका तथा पा“च वर्ष पुग्नु अघिल्लो दिनदेखि लागू हुने गरी राजिनामा दिई स्वीकृत भएका १३ सचिव शुक्रबारबाट बिदा भएपछि १३ वटा मन्त्रालय र निकाय सचिवविहीन भएका हुन् । यसअघि नै रक्षा र परराष्ट्र मन्त्रालय तथा पा“चवटा क्षेत्रीय प्रशासन कार्यालय सचिवविहीन थिए ।
राजिनामा स्वीकृत भएर र पा“चवर्षे पदावधि पूरा गरी अनिवार्य अवकास पाएर शुक्रबारदेखि बिदा भएका सचिवमा अर्थका युवराज भुषाल, प्रधानमन्त्री तथा मन्त्रिपरिÈद कार्यालयका कृष्ण्ँहरि बास्कोटा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केशवप्रसाद भट्टराई, लोकसेवा आयोगका नाथुप्रसाद चौधरी, उद्योग मन्त्रालयका कृष्ण्ँ ज्ञवाली, स्वास्थ्यका प्रवीण्ँ मिश्र, सूचना आयोगका श्रीराम पन्त, सहरी विकासका सचिव किशोर थापा, पर्यटनका सुुशील घिमिरे, वनका गण्ँेशराज जोशी, युवा तथा खेलकुदका सचिव प्रतापकुमार पाठक, महिलाका दिनेशहरि अधिकारी, सतर्कता केन्द्रका सचिव हरिप्रसाद नेपाल छन् ।
मुख्यसचिव लीलामणि पौडेलले शुक्रबार नै सचिवहरूको बैठक बोलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तर्फबाट सेवा निवृत्त १३ सचिवलाई बिदाई गरे । कार्यक्रममा सेवा निवृत्त सचिवहरूले आफ्नो लामो समयको कार्य अनुभवको स्मरण गर्दै आगामी दिनमा सरकारले चाहेमा आफ्नो ज्ञान, सीप र अनुभव सदैव राष्ट्रका लागि समर्पित गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।

निवृत्त सचिवद्वय भुषाल र बाँस्कोटालाई नयाँ जिम्मेवारी

काठमाडौं, १० साउन– सरकारले सेवा निवृत्त सचिवद्वय युवराज भुषाल र कृष्णहरि बा“स्कोटालाई नया“ जिम्मेवारीमा नियुक्त गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले हालै सेवा निवृत्त १३ सचिवमध्ये दुई जनालाई नया“ जिम्मेवारी दिएको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री मिनेन्द्र रिजालका अनुसार सेवा निवृत्त अर्थसचिव युवराज भुसाललाई नेपाल प्रशासनकि प्रशिÔण्ँ प्रतिष्ठानको अनुसन्धान निर्देशकमा नियुक्त गरिएको छ । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट सेवा निवृत्त अर्का सचिव कृष्ण्ँहरि बास्कोटालाई उच्चस्तरीय प्रशासनिक सुधार सुझाव आयोगकोे विज्ञ सदस्यमा नियुक्त गरिएको छ । सरकारले राजधानीनजिकको शिवपुरी राष्ट्रिय निकुञ्जभित्रको बाटोबाट सर्वसाधारण्ँलाई हिड्डुल गर्न स्वीकृति प्रदान गरेको छ ।

Friday, July 25, 2014

कांग्रेसले ७२ नगरमा तदर्थ समिति बनाउने

काठमाडौं, ९ साउन– कांग्रेसले गत वैसाखमा घोषित ७२ वटा नया“ नगरपालिकामा पार्टीको तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ । सभापति सुशील कोइरालाको अध्यक्षतामा बिहीबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीहरू संक्षिप्त बैठकले नया“ नगरमा पार्टीको संरचना बनाउने निर्णय गरेको हो ।
गाविसहरूलाई जोडेर बनाइएका नया“ नगरपालिकामा कांग्रेसको संरचना नभएकाले पार्टीको गतिविधि अघि बढाउन र कामकारबाही गर्न समस्या भएकाले तदर्थ समिति बनाउने निर्णय भएको जानकारी उपसभापति रामचन्द्र पौडेलले दिए ।
पदाधिकारी बैठकले सभापति कोइरालालाई केन्द्रीय कार्यसमिति बैठक तत्काल बोलाउने निर्णयसमेत गरेको छ । कार्यसमितिको बैठक बोलाउने निर्णय भएको, तर तिथि भने तय हुन बा“की छ ।

Thursday, July 24, 2014

मन्त्रिपरिषद बैठक शुक्रबार बिहान

काठमाडौं, ८ साउन– प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार बिहान मन्त्रिपरिषद बैठक बोलाएका छन् । अमेरिकामा क्यान्सरको उपचार गराएर बुधबार फर्किएका कोइरालाले बिहीबार आफ्ना पार्टी कांग्रेसका नेता, मन्त्री, सहयोगी कसैलाई पनि नभेटेपछि मन्त्रिपरिषदको नियमित बैठक बस्नेमा अन्यौल उत्पन्न भएको थियो ।
तर, बिहीबार बिहानदेखि भने कोइरालाले पार्टी नेता, मन्त्री र सहयोगीसहित सबैलाई भेट्न थाल्नुका साथै शुक्रबारदेखि मन्त्रिपरिषद बैठकसहित आफ्ना नियमित कारबाही सुरु गर्ने जानकारी बालुवाटार निकट स्रोतले दिएको छ । 
मन्त्रिपरिषद बैठकमा नियमित र औपचारिक एजेन्डामात्र रहेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए । मन्त्रिपरिषदमा सात सचिव र सात जना डीआईजीको एआईजीमा बढुवा, १६ राजदूतको नियुक्ति र संविधानसभामा २६ सदस्यको मनोनयन गर्नुपर्ने एजेन्डा था“ती रहेका छन् । मन्त्रिपरिषदमा यी तीनमध्ये सचिव बढुवाको निर्णय भने शुक्रबार हुने जानकारी स्रोतले दिए । 


प्रधानमन्त्रीको ‘रेस्ट’ ले सरकारका कामकारबाही प्रभावित

भारतीय विदेशमन्त्रीको उपस्थितिमा जीएमआरसित पीडीएमा हस्ताक्षर गर्ने तयारीसमेत प्रभावित
एआईजी बढुवा, सचिवको पदोन्नति, संवैधानिक तथा राजदूत नियुक्तिसमेत पछि धकेलिने
काठमाडौं, ८ साउन– अमेरिकामा फोक्सोको क्यान्सरको उपचार गराएर मंगलबार सा“झ फर्किएका प्रधानमन्त्री सुशील कोइराला निवासमा कम्पलिट रिेस्ट (पूर्ण आराम) गरिरहेकाले सरकारका सम्पूर्ण कामकारबाही प्रभावित हुने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार चिकित्सकको सल्लाहअनुसार कोइराला पूर्ण आराम गरिरहेका छन् । 
कोइराला बुधबार कार्यालयमा पनि गएनन् । उनले बुधबार आफ्ना पार्टी नेता, मन्त्री, आफ्ना सहयोगी कसैसित पनि भेटघाट गरेनन् । ‘उहा“को क्यान्सरको उपचार गरेका अमेरिकी चिकित्सकले उहा“लाई रेडियोथेरापी दिएको केही दिनसम्म रोग प्रतिरोधक क्षमता कमजोर हुन्छ । मान्छेहरूसित भेटघाट गर्दा र व्यस्त हु“दा इन्फेक्सन भई रोग बल्झिन्छ भनेर केही दिन पूर्ण आराम गर्न सल्लाह दिएका छन्’ स्रोतले भने– ‘उहा“ केही दिन कार्यालयमा पनि जानुहुन्न, कुनै बैठकमा समेत सहभागी हुनुहुन्न ।’ प्रधानमन्त्री कति दिन पूर्ण आराममा बस्न चिकित्सकले सल्लाह दिएका छन् भन्नेबारेमा उनका सहयोगीले केही जानकारी दिएनन् ।
प्रधानमन्त्री पूर्ण आराममा रहेकाले बहुप्रतीक्षित लगानी बोर्डको बैठकसमेत प्रभावित भएको छ । प्रधानमन्त्री लगानी बोर्डका अध्यक्ष हुन् । लगानी बोर्डले नेपाल भ्रमणमा आउन लागेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको उपस्थितिमा माथिल्लो कर्णाली आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी जीएमआरसित आयोजना विकास सम्झौता (पीडीए) को प्रारम्भिक मस्यौदामा हस्ताक्षर गर्ने तयारी गरेको थियो ।
स्वराज नेपालको तीनदिने भ्रमणमा शुक्रबार आउ“दैछिन् । स्वराजको उपस्थितिमा पीडीएको प्रारम्भिक मस्यौदामा हस्ताक्षर हु“दा नेपालको ऊर्जा क्षेत्रको विकासमा दुई देशबीच सहकार्य सुरु भएको सन्देश जाने विश्वास लगानी बोर्डका अधिकारीहरूको थियो । तर, प्रधानमन्त्री रेस्टमा भएकाले भारतीय विदेशमन्त्री आउनुअघि लगानी बार्डको बैठक बस्ने÷नबस्ने अनिश्चित भएको छ । बैठक बस्न सकेन भने भारतीय विदेशमन्त्रीको उपस्थितिमा जीएमआरसित पीडीएको मस्यौदामा हस्ताक्षर गर्ने कार्यसमेत प्रभावित हुनेछ ।
प्रधानमन्त्रीका कारण मन्त्रिपरिषदको बिहीबार बस्ने नियमित बैठकसमेत यसपटक नहुने भएको छ । बिहीबारका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको छैन । प्रधानमन्त्री रेस्टमा रहेकाले मन्त्रिपरिषद बैठक अझै केही दिन नबस्ने जानकारी बालुवाटार स्रँेतले दिएको छ ।

भारतले खोजेको पानी कि बिजुली ?

काठमाडौं, ८ साउन– भारतको प्रधानमन्त्रीमा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी निर्वाचित भएपछि उनले छिमेकी मुलुकहरूसितको सम्बन्ध सुधारलाई विशेष महत्व दिएका छन् । उनले आफ्नो सपथग्रहण कार्यक्रममा सार्क मुलुकका सबै सरकार प्रमुखलाई आमन्त्रण गरेर त्यसको सुरुआत गरिसकेका छन् । प्रधानमन्त्री भएको एक महिना नपुग्दै उनले भूटान भ्रमण गरिसकेका छन् भने यही साउन महिनामा उनी नेपाल आउने भएका छन् । तर, भ्रमणको तिथि भने तय हुन बा“की छ । भारतीय प्रधानमन्त्री नेपाल भ्रमण नआएको दसकभन्दा बढी भइसकेको छ । यसपटक मोदीले आफू प्रधानमन्त्री भएको सय दिन पनि नपुग्दै नेपाल भ्रमण गर्न चाहनुलाई उनको सरकारले नेपालसितको सम्बन्ध सुधारलाई विशेष महत्व दिएको रूपमा विश्लेषण गरिंदैछ । मोदी भ्रमणको एजेन्डा तय गर्न भारतीय विदेशमन्त्री सुष्मा स्वराज यही साउन ९ मा नेपाल आउ“दैछिन् । परराष्ट्र मन्त्रालयले स्वराजसितको भेटमा मोदी भ्रमणको एजेन्डा तय गर्ने गृहकार्य थालिसकेको छ ।
यसैबीच लगानी बोर्डले स्वराज भ्रमणकै क्रममा बिजुली भारत निर्यात गर्ने उद्धेश्यले बन्न लागेको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवद्र्धक जीएमआरसित आयोजना विकास सम्झौता (पीडीए) को प्रारम्भिक खाकामा हस्ताक्षर गर्ने तयारी गर्दैछ । जीएमआर भारतीय कम्पनी हो । माथिल्लो कर्णालीको पीडीएमा सहमति भयो भने भारत निर्यात गर्ने गरी मुलुकमा विद्युत आयोजना निर्माणको बाटो खुल्नेछ । भारतीय सरकारी कम्पनी सतलजले समेत अरुण तेस्रो विद्युत आयोजना निर्माण गर्न पीडीए गर्ने तयारी गर्दैछ । नेपालमा जलविद्युतको अपार सम्भावना छ । नेपालमा उत्पादित बिजुलीको प्रमुख बजार भारत हो । अर्को सम्भावित बजार बंगलादेश हो । बंगलादेशमा बिजुली बेच्न पनि भारतसित समझदारी हुनु अपरिहार्य हुन्छ । भारतले नेपालमा उत्पादित हुने बिजुली खरिद गरिदिने प्रत्याभूति हुने हो नेपालको ऊर्जा क्षेत्रमा भारतीय र अरू विदेशी लगानीकर्ता आकर्षित हुनेछन् । नेपालको भारतसित ठूलो व्यापार घाटा छ । भारतसित व्यापारमा सन्तुलन ल्याउन पनि ऊर्जा क्षेत्रको विकास गर्नुबाहेक नेपालसित अर्को बलियो विकल्प छैन ।

Wednesday, July 23, 2014

थप १२ मन्त्रालय र निकाय सचिवविहीन

सात सचिव बढुवा भए पनि १२ मन्त्रालय र निकाय प्रशासनिक नेतृत्वविहीन रहिरहने  
काठमाडौं, ७ साउन– सरकारले विभिन्न निकायमा रिक्त सात सचिवमा बढुवा नगर्दै थप ९ महत्वपूर्ण मन्त्रालय र दुइटा संवैधानिकसहित तीनवटा आयोग प्रशासनिक नेतृत्वविहीन हु“दैछन् । सचिवले राजिनामा दिइसकेका मन्त्रालय बुधबारदेखि नै प्रशासनिक नेतृत्वविहीन हुनेछन् ।
यसैअघि नै परराष्ट्र र रक्षा मन्त्रालय तथा पा“चवटा क्षेत्रीय प्रशासन कार्यालय सचिवविहीन छन् । ती निकायमध्ये रक्षा, तीनवटा क्षेत्रीय प्रशासन कार्यालय कामु तथा परराष्ट्र र दुइटा क्षेत्रीय प्रशासन कार्यालय निमित्तका भरमा चलाइएको छ ।
बुधबार र बिहीबार गरी प्रशासनिक नेतृत्वविहीन हुनेमा अर्थ, स्वास्थ्य, पर्यटन, सहरी विकास, वन, युवा तथा खेलकुद, उद्योग, महिला, बालबालिका तथा समाज कल्याण, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र सूचना आयोग छन् । 
ती मन्त्रालय र निकायका १२ सचिवमध्ये १० जनाले आफ्नो पा“चवर्षे पदावधि सकिनु एक दिनअघिदेखि लागू हुने गरी राजिनामा दिइसकेका छन् । ६ जनाको राजिनामा स्वीकृत भइसकेको छ भने बा“कीको आगामी मन्त्रिपरिषद बैठकले राजिनामा स्वीकृत गर्ने स्रोतले उल्लेख गरेको छ । 
३० वर्ष सेवा अवधि पुगेका सचिवले राजिनामा दिंदा पेन्सन सुविधा बढ्ने भएकाले उनीहरूले राजिनामा दिएका हुन् । ३० वर्ष सेवा अवधि नपुगेका सचिवद्वय उद्योगका कृष्ण ज्ञवाली र सहरी विकास मन्त्रालयका किशोर थापाले मात्र राजिनामा दिएनन्, उनीहरूले सचिवको पा“चवर्षे पदावधि पूरा गरी बिहीबार अनिवार्य अवकास पाउ“दैछन् ।

अख्तियारद्वारा स्वास्थ्य विभागका १० अधिकारी निलम्बित

काठमाडौं, ७ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागको पुनर्जागरण महाशाखाका निर्देशक डा। आनन्दकुमार श्रेष्ठसहित १० अधिकारीलाई नक्कली कागजात बनाई भ्रष्टाचार गरेकामा मंगलबारदेखि नै लागू हुने गरी निलम्बन गर्न स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको छ । 
उनीहरू पदमा रहिरह“दा अनियमितता गरेको प्रमाण नष्ट गर्न सक्ने भएकाले निलम्बन गर्न सिफारिस गरिएको अख्तियारले उल्लेख गरेको छ । मन्त्रालयले उनीहरूलाई मंगलबार नै निलम्बन गरेको छ । अख्तियारले उनीहरूलाई आफ्नो कार्यालयमा उपस्थित गराउनसमेत मन्त्रालयलाई निर्देशन दिएको छ । अख्तियारमा उनीहरू उपस्थित हुनासाथ नियन्त्रणमा लिई हिरासतमा राखिने जानकारी अख्तियारका एक अधिकारीले दिएका छन् ।
निलम्बनमा परेकामा श्रेष्ठसहित वरिष्ठ जनस्वास्थ्य प्रशासक मदनकुमार श्रेष्ठ, जनस्वास्थ्य अधिकृत रत्नलाल श्रेष्ठ, शाखा अधिकृतद्वय डोलराज शर्मा, रूपनारायण खतिवडा, लेखा अधिकृत यदुराज शर्मा, फर्मासिस्ट भरतमणि मरहठ्ठा, जनस्वास्थ्य निरीक्षकद्वय रामशरण अधिकारी, रामजी घिमिरे र खरिदार कविराज सुवेदी छन् ।
उक्त महाशाखाको कागजात झिकाई छानबिन गर्दा उनीहरूले कार्यक्रम गरेको भनी हल नै नभएको होटलमा हलभाडा तिरेको बिल पेस गरेको, सामान नै खरिद नगरी होटल तथा स्टेसनरी पसलको बिल पेस गरेको, भ्रमण आदेश बनाई कार्यालयमै हाजिर रही हवाईजहाजको नक्कली टिकट पेस गरी दैनिक भ्रमणभत्तासमेत लिएको पाइएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । 

प्रधानाध्यापकसहित तीनविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं, ७ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला, भसेढवा–८ स्थित राम प्राथमिक विद्यालयका प्रधानाध्यापक बाल्मीकि यादवसहित तीन जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याममिकी यादव र स्रोत व्यक्ति रामवचन यादवसमेत छन् ।
उनीहरूले नक्कली कागजात र झूटो विवरण बनाई पाठ्यपुस्तक, छात्रवृत्ति र शिक्षक तलब (पीसीएफ) का नाममा निकासा भएको सरकारी रकम २६ लाख ७२ हजार ८ सय १० रुपैया“ भ्रष्टाचार गरेकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले अभियोगपत्रमा तीनै जनाविरुद्ध बिगो र सोबराबरको जरिवाना तिराउन र भ्रष्टाचार ऐनबमोजिम जेल सजाय गर्न माग दाबी गरेको छ ।

रानीजमराको नहरमा ४ मेगावाटको विद्युत आयोजना

काठमाडौं, ७ साउन– कैलालीको रानीजमरा–कुलरिया सिंचाइ आयोजनाको नहरमा ४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिने भएको छ । कैलालीको कटासे बजार नजिक विद्युत् आयोजना निर्माण गरिने जानकारी सिंचाइ विभागका महानिर्देशक माधव बेल्वासले जानकारी दिए ।
उनका अनुसार उक्त सिंचाइ आयोजनाको नहरमा ८ मिटरको हेड भेटिएपछि विद्युत् आयोजना निर्माण गर्न लागिएको हो । उक्त आयोजनाको इन्टेक निर्माण कार्य करिब सम्पन्न हुन लागिसकेको छ ।
नहर बनाउन तीनदेखि साढे तीन वर्ष लाग्नेछ । नहरस“गै विद्युत् आयोजनासमेत तीनदेखि साढे तीन वर्षमा विद्युत आयोजना निर्माण गरी बिजुली उत्पादन सुरु हुनेछ । उक्त विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । नहर निर्माण गर्ने ठेकेदार कम्पनीले विद्युत आयोजनासमेत निर्माण गर्नेछ ।
उक्त आयोजनाबाट बाह्रै महिना चाबीसै घन्टा ४ मेगावाट क्षमतामा नै बिजुली निस्कनेछ । रानीजमरा(कुलरिया मुलुकमा सिंचाइ आयोजनाको पानीबाट बिजुली निकालिने चौथो आयोजना हुनेछ । गण्डक नहरमा १५ मेगावाट र सुनसरी(मोरङ सिंचाइ आयोजनाको नहरमा साढे तीन मेगावाट क्षमताका विद्युत आयोजना छन् ।

Monday, July 21, 2014

द्विअर्थी प्रावधानले अविश्वास बढायो

प्रस्तावित नेपाल–भारत विद्युत क्षेत्रमा सहयोगसम्बन्धी सम्झौता
काठमाडौं, ५ साउन– भारतद्वारा प्रस्तावित ‘विद्युत क्षेत्रमा सहयोगसम्बन्धी सम्झौता’ का प्रस्तावित केही बु“दा दोहोरो अर्थ लाग्ने र विवादास्पद रहेकाले दुई देशबीच अविश्वास बढेको छ । मुख्यतः प्रस्तावित मस्यौदाको धारा ३ ख मा भारतको सतप्रतिशत लगानी वा नेपालस“गको साझेदारीमा विद्युत विकास गर्ने उल्लेख छ, यसले भारतले नेपालको जलविद्युत क्षेत्रमा एकाधिकार गर्न सक्ने सम्भावना बलियो बनाएको छ ।  धारा ३ ख मा ‘सतप्रतिशत भारतीय लगानीमा वा भारतीय लगानीकर्तास“गको ज्वाइन्ट भेन्चरमा नेपालका जलविद्युत आयोजनाहरूको द्रुत विकास एवं कार्यान्वयनमार्फत् विशेषतः नेपालको जलविद्युत क्षमतालाई उपयोग गर्नका लागि दुवै पक्षले सहयोग गर्नेछन्’ उल्लेख छ ।
यसै बु“दाले नेपालको जलस्रोतको विकासमा भारतीय या नेपाल–भारतबीचको संयुक्त लगानीमा मात्र गर्ने, अरू देशका लगानीकर्ता ल्याउन नमिल्ने भनेर अर्थ लगाउन सकिने या भारतीय पक्षले त्यसरी व्याख्या गर्न सक्ने चिन्ता नेपाली अधिकारीहरूको छ । 
यो बु“दामा नेपाल र भारतबाहेक अरू देशका लगानीकर्ताले नेपालको जलविद्युत् आयोजनामा लगानी गर्न नपाउने भन्ने उल्लेख भने गरिएको छैन । ‘तर भारतीय पक्षले यो बु“दाको मर्मभन्दा अक्षरको मात्र व्याख्या ग¥यो भने मुलुकको ऊर्जा क्षेत्रको विकासमा अरू देशका लगानीकर्ता ल्याउन अप्ठ्यारो पर्नेछ,’ ऊर्जा स्रोतले भन्यो ।
नेपाली अधिकारीले दफा ३ मा भारतीय पक्षद्वारा प्रस्तावित बु“दाको सट्टा नेपाल र भारतले संयुक्त रूपमा पहिचान गरिसकेका या अब भविष्यमा गर्ने पञ्चेश्वर, कर्णाली चिसापानीजस्ता बहुउद्धेश्यीय आयोजनामा मात्र सतप्रतिशत भारतीय लगानी या नेपालसितको साझेदारीमा निर्माण गर्ने व्यवस्था राख्न प्रस्ताव गर्ने भएका छन् ।

अस्वभाविक पेन्सन वृद्धि रोक

काठमाडौं, ४ साउन– पेन्सन सुविधा बढाउने लोभमा निजामती सेवाका ६ सचिवले राजिनामा दिइसकेका छन् भने बा“की चार जनाले त्यही स्वार्थले एक÷दुई दिनमै राजिनामा दिंदैछन् । सरकारी सेवाको उच्च पदमा आसीन सचिवहरूले सेवा अवधि समाप्त भएर घर जाँदा–जाँदै सुविधा बढाउन हदैसम्मको लोभ देखाउनु आफैंमा लाजमर्दो घटना हो । साउन ८ मा सचिवको पा“चवर्षे पदावधि सकिनु एक दिनअघिदेखि लागू हुने गरी राजिनामा दिएर उच्च पदस्थहरूले पेन्सन सुविधा बढाउनु र मन्त्रिपरिषदले समेत त्यसैलाई अनुमोदन गर्नु मुलुकका लागि घातक छ ।
सचिवहरूले नै एक पछि अर्को गरी निजामती सेवा ऐनको सानो लुप होल (छिद्र) को फाइदा उठाएर आफ्नो स्वार्थसिद्धिमा लाग्ने र सरकारले समेत त्यसमा आ“खा चिम्लिने प्रवृत्ति बढ्दै गएको छ । आफ्नो सेवाकालमा देशलाई ठूलो गुन लगाउनुपर्ने सचिवहरू नै निवृत्ति हुने बेलामा उल्टै राज्यका लागि दायित्य बढाएर बोझ बन्न पुगेका छन् । मुलुकको निजामती प्रशासनलाई स्वच्छ बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सचिवहरूले नै सेवा निवृत्त हुने बेलामा आफ्नो पेन्सन बढाउन यति तल्लोस्तरको काम गर्छन् भने उनीहरूबाट तल्लो तहका कर्मचारीहरूलाई अनियमितता र अनुशासनहीन काम गर्नबाट रोक्ने भूमिका निर्वाह होला भन्ने अपेक्षा गर्न सकिन्न । आफूलाई स्वच्छ र इमानदार भनेर प्रचार गर्न÷गराउन मरिहत्ते गर्ने सचिवहरूसमेत यस्तो नाजायज, लाजमर्दो र नकचरो पाराको सुविधा बढाउन लाग्नु आफैंमा अस्वभाविक छ ।

Saturday, July 19, 2014

घर जाँदा पनि लोभ गर्न छाडेनन् सचिवहरूले

काठमाडौं, ३ साउन– सरकारी सेवाको उच्च पदमा आसीन कर्मचारीहरूसमेत सेवा अवधि सकिएर घर जाँदा–जाँदै पनि सुविधा बढाउन हदैसम्मको लोभ गर्न पनि पछि पर्दा रहेनछन् भन्ने उदाहरण बनेको छ– सचिवहरूको धमाधमको राजिनामा । उनीहरूले बढी पेन्सन पाउनकै लागि सचिवको सेवा अवधि सकिनु अघिल्लो दिन साउन ७ देखि लागू हुने गरी राजिनामा दिएका छन् । विभिन्न मन्त्रालय र निकायका १२ सचिव पा“चवर्षे सेवा अवधि पूरा भई साउन ८ मा अनिवार्य अवकास पाउ“दैथिए । ती १२ जनामध्ये छ जनाले राजिनामा दिइसके । बा“की छमध्ये चार जनाले समेत बढी पेन्सन पाउनकै लागि एक÷दुई दिनमै राजिनामा दिने भएका छन् ।
ती १२ जनामध्ये सबभन्दा पहिले सूचना आयोगका सचिव श्रीराम पन्तले राजिनामा दिए । उनले साउनको ४ देखि लागू हुने गरी राजिनामा दिएका हुन् । असार २९ मा बसेको मन्त्रिपरिषद बैठकले उनको राजिनामा स्वीकृत गरेको छ । तर, उनी अहिले पनि कार्यालयमा काम गर्दैछन् । त्यसरी नै सचिवहरू युवा तथा खेलकुद मन्त्रालयका प्रतापकुमार पाठक, लोकसेवा आयोगका नाथुराम चौधरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कृष्ण्ँहरि बा“स्कोटा, पर्यटन मन्त्रालयका सुशील घिमिरे र वन मन्त्रालयका गण्ँेशराज जोशीले सेवा अवधि सकिनु अघिल्लो दिन अर्थात् साउन ७ देखि लागू हुने गरी राजिनामा दिएका छन् । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले उनीहरूको राजिनामा स्वीकृत गरेको छ ।
बढी पेन्सन पाउन थप चार सचिवले राजिनामा दिंदैछन् । सचिवहरू स्वास्थ्यका प्रवीण मिश्र, महिला मन्त्रालयका दिनेशहरि अधिकारी र अर्थमन्त्रालयका युवराज भुषाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केशव भट्टराईले समेत साउन ७ देखि लागू हुने गरी राजिनामा दिन लागेको स्रोतले उल्लेख गरेको छ । 
‘शुक्रबार मन्त्रिपरिषद बैठक भन्ने नै थाहा भएन, नत्र हामी चार जनाले समेत राजिनामा दिन्थ्यौं’ एक सचिवले कान्तिपुरसित भने । १२ जनामध्ये दुई सचिवमात्र उद्योगका कृष्ण ज्ञवाली र सहरी विकासका किशोर थापाले भने बढी पेन्सन नपाउने भएकाले राजिनामा दिने छैनन् । ३० वर्ष सेवा अवधि नपुगेका कारण बढी पेन्सन नपाउने भएकाले ज्ञवाली र थापाले राजिनामा नदिएका हुन् । निजामती ऐनको सानो कमजोरी (लुप होल) को फाइदा उठाउ“दै ६ सचिवले सेवा अवधि सकिनु एक दिन पहिल्यै लागू हुने राजिनामा दिएका हुन् भने बा“की चारले पनि त्यही लुप होलको फाइदा लिन राजिनामा दिंदैछन् ।
निजामती सेवा ऐनको दफा ३७ को निवृत्तिभरणसम्बन्धी दफामा निजामती सेवाका कर्मचारीले ३० वर्ष सेवा अवधि पुगिसकेको भए स्वेच्छाले सेवाबाट अवकास लिन सक्ने र त्यसरी स्वेच्छाले अवकास लिएको कर्मचारीले साठी वर्ष पुग्न जति उमेर बा“की छ, त्यति अवधि थप गरी सेवा अवधि हिसाब गरेर पेन्सन पाउने व्यवस्था छ । एक÷दुई दिनअघि राजिनामा दिएर यो दफाअनुसारको फाइदा लिन खोज्नु यसको ठाडै दुरुपयोग भएको प्रशासनिक अधिकारी नै बताउ“छन् । जागिर अवधि लामै बा“की रहेका, तर ३० वर्ष सेवा अवधि पुग्नासाथ राजिनामा दिने कर्मचारीलाई सुविधा दिनमात्र यस्तो व्यवस्था गरिएको हो । ६० वर्षे सेवा अवधि हु“दा सेवा प्रवेश गरेका कर्मचारीलाई मात्र यो सुविधा लागू हुन्छ । २०४९ मा निजामती ऐन संशोधन गरी सेवा अवधि ५८ वर्ष बनाइएको हो । निजामती ऐनको यो व्यवस्थाले राज्यलाई ठूलै घाटा लागेको छ ।
एक दिनअगाडि लागू हुने गरी राजिनामा दिने सचिवहरूलाई दुइटा फाइदा छ । पहिलो उनीहरूले ६० वर्ष सेवा गरेबराबरको पेन्सन सुविधा पाउनेछन् । उदाहरणका लागि कुनैले सचिवको ५ वर्षे पदावधि पूरा गरी ५२ वर्षको उमेरमा अवकास पाउ“दै थियो भने उसले एक दिन पहिले राजिनामा दिएबापत थप आठ वर्ष सेवा गरेबराबरको पेन्सन पाउनेछन्, अर्थात् एक दिन पहिले राजिनामा दिएको ‘पुरस्कार स्वरूप’ उसको पेन्सनमा ४ हजारभन्दा बढी वृद्धि हुनेछ ।
उनीहरूलाई दोस्रो फाइदा पनि छ । उनीहरूले असार मसान्त या त्योभन्दा पहिले राजिनामा नदिनुमा पनि स्वार्थ लुकेको छ । साउनमा तलबवृद्धि हु“दैछ भन्ने उनीहरू सबैलाई थाहा थियो । साउन लागेपछि राजिनामा दिंदा बढेको तलबका आधारमा बढी पेन्सन पाइन्छ । त्यही कारण उनीहरूले राजिनामा साउन लागेपछि दिएका हुन् । सचिवहरूको तलब ३७ हजार २ सय ६० बाट बढेर ४० हजार २ सय २० रुपैया“ पुगेको छ । कर्मचारीहरूको न्यूनतम तलब स्केलमा जति प्रतिशतले वृद्धि हुन्छ, पेन्सनवालाको त्यति दरले बढ्दैन । कर्मचारीको तलब १० प्रतिशत वृद्धि हु“दा पेन्सनवालाको पेन्सनमा जम्मा ६.६६ प्रतिशतमात्र बढ्छ । साउनमा राजिनामा दिंदा तलब वृद्धिका कारणसमेत पेन्सन बढी बढेको छ, जबकि असार मसान्तअघि राजिनामा दिएको भए उनीहरूको पेन्सन ६ सय रुपैया“भन्दा बढीले कम हुन्थ्यो । यसअघिसमेत एकाध सचिवले  सेवा अवधि सकिनु केही दिन पहिले राजिनामा दिन्थे । यसपटक त्यस्तो प्रवृत्ति ह्वात्तै बढेको हो ।

Friday, July 18, 2014

सञ्चारका तीन निकायमा नियुक्ति

काठमाडौं, २ साउन– सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले तीन सरकारी सञ्चार माध्यममा तीन जनालाई नियुक्त गरेका छन् । शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट प्रेस काउन्सिलको सदस्यमा सुदर्शन आचार्यलाई चार वर्षका लागि नियुक्त गरिएको छ । उनी पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्वसभापति हुन् ।

सञ्चार मन्त्रालयले गोरखापत्र संस्थापनको सञ्चालक समितिको सदस्यमा वसन्तकुमार उपाध्यायलाई दुई वर्षका लागि नियुक्त गरेको छ । कर्मचारीको कोटाबाट नियुक्त हुने सञ्चालक सदस्यमा गोरखापत्र दैनिकमा कार्यरत वरिष्ठ पत्रत्रकार उपाध्यायलाई नियुक्त गरिएको हो ।

Thursday, July 17, 2014

प्रधानमन्त्री मंगलबार फर्कने

‘उनी तन्दुरुस्त हुनुहुन्छ’
काठमाडौं, १ साउन– प्रधानमन्त्री सुशील कोइराला न्युयोर्कमा फोक्सोको क्यान्सरको उपचार गराएर मंगलबार नेपाल फर्कने भएका छन् । करिब ५ साता लामो अमेरिका बसाइपछि उनी मंगलबार नेपाल फर्कने तयारीमा रहेको जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले दिएका छन् ।
प्रधानमन्त्री कोइराला असार २ मा फोक्सोको क्यान्सरको उपचारका लागि अमेरिका गएका थिए । क्यान्सरको उपचारका क्रममा न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा पा“चपटक उनको रेडियोथेरापी गरिएको थियो । प्रधानमन्त्रीले असार ३ मा उक्त सेन्टरका चिकित्सकसित स्वास्थ्य परिक्षण गराउनेछन् । 
प्रधानमन्त्री साउन ६ गते मंगलबार सा“झ ८ बजे नेपाल आइपुग्नेछन् । उनी स्वदेश फर्कन हवाई टिकटको प्रबन्ध भइसकेको छ । कोइरालाको टोलीलाई इत्तिहाद एयरलाइन्सको टिकट काटिएको छ । कोइरालाका साथमा सहयोगी मृदुला कोइराला र प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. करवीरनाथ योगी छन् ।
प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. योगीका अनुसार अहिले उनी पूणर््ँ तन्दुरुस्त भएका छन् । ‘उपचारपछि यस बीचमा आराम गरेर बस्नुभएको छ, स्वास्थ्यलाभ गरिरहनुभएको छ,’ योगीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयका अधिकारीले भने । प्रधानमन्त्री कोइराला नियमित हिडडुल गर्ने र साविकबमोजिमको खाना खाने गरिरहेका छन् ।

कांग्रेसले वीपीको जन्मशताब्दी अभियानका रूपमा मनाउने

काठमाडौं, १ साउन– कांग्रेसले आफ्ना संस्थापक नेता वी.पी. कोइरालाको जन्मशताब्दीलाई तीन सातासम्म देशव्यापी विभिन्न कार्यक्रम गरी विशेÈ अभियानका रूपमा मनाउने भएको छ । कांग्रेसका तर्फबाट कार्यवाहक सभापति रामचन्द्र पौडेलले बिहीबार पत्रकार सम्मेलन गरी साउन ६ को स्मृति दिवसदेखि भदौ २४ को जन्म दिवससम्म वी.पी. कोइराला जन्मशताब्दी कार्यक्रमलाई पार्टीले अभियानका रूपमा मनाइने घोषणा गरेका हुन् ।
अभियानका क्रममा नया“ पुस्तालाई कांग्रेस र वीपीको योगदान तथा महत्ववारे जानकारी गराउने तथा समयमै संघीय लोकतान्त्रिक गण्ँतन्त्रात्मक संविधान निर्माण्ँ गर्न अनुकुल वातावरण्ँ बनाउन सहयोग पु¥याउने उद्धेश्यका साथ जिल्लाहरूमा विभिन्न कार्यक्रमसहित वी.पी. विचार यात्रा आयोजना गर्नेछ ।
कांग्रेसद्वारा जारी विज्ञप्तिका अनुसार पहिलो दिन साउन ६ मा विराटनगरस्थित जुट मिल हातामा वृÔारोपण्ँ, विचारसभा, प्रजातन्त्र सेनानी सम्मान कार्यक्रम आयोजना हुनेछ । भदौ १ गतेबाट धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, रामेछाप, सिन्धुली, काभ्रे, भक्तपुर र काठमाडौंसम्म वीपीलाई बास राखिएको, खाना–खाजा खुवाइएको तथा अन्य ऐतिहासिक महत्व बोकेका स्थानमा विचार यात्रा सञ्चालन गरिनेछ ।

संविधानको काम छाडेर सिटौला तीर्थयात्रामा

काठमाडौं, १ साउन– कांग्रेस महामन्त्री एवं संविधानसभाको मस्यौदा समितिका सभापति महामन्त्री कृष्ण्ँप्रसाद सिटौला संविधानको मस्यौदा लेखन र व्यवस्थापिका संसदमा बजेटबारे भइरहेको छलफल छाडेर परिवारसहित बिहीबार भारततर्फ तीर्थयात्रामा प्रस्थान गरेका गरेका छन् ।
राजधानीबाट बिहीबार बिहानै विराटगनर विमानस्थलमा परिवारसहित गएका सिटौला जोगवनी हु“दै भारतको देउघरतर्फ लागेका छन् । उनले संवाददादाताहरूसित आफू देउघर जान लागेको जानकारी गराएका थिए ।
सिटौलाले संविधानसभा सचिवालयलाई जानकारी नगराएकाले उनको तीर्थयात्रा कति दिन लामो हुने थाहा हुन सकेको छैन । सिटौलाले आफू देशबाहिर जा“दा सभामुख सुवास नेम्वाङलाई जानकारीसमेत नगराएको स्रोतले उल्लेख गरेको छ ।

सात सचिवका लागि १७ सहसचिवको नाम सिफारिस

काठमाडौं, ३२ असार– विभिन्न मन्त्रालय र निकायमा रिक्त सात सचिवमा बढुवा गर्न १७ सहसचिवको नाम सिफारिस गरिएको छ । लोकसेवा आयोगकी अध्यक्ष कयोंदेवी यमी अध्यक्षतामा बुधबार बसेको बढुवा समितिको बैठकले सचिव बढुवाका लागि १७ जनाको नाम सिफारिस गरेको हो ।
बैठकले रिक्त सात सचिवमध्ये निजामती ऐनअनुसार वरिष्ठबाट पदोन्नति हुने २० प्रतिशत सिट (२ पद) मा बढुवा गर्न सबभन्दा वरिष्ठ सहसचिवद्वय नरबहादुर रजवार र उत्तमकुमार भट्टराईको नाम सिफारिस गरेको छ । अघिल्लोपटक ६ सचिव बढुवा हु“दा वरिष्ठतर्फको बा“की रहेको .२ प्रतिशत गणना गरी यसपटक सात जना बढुवा गर्दा वरिष्ठबाट पदोन्नति हुने सिट २ पुगेको हो ।

रजवार र भट्टराई दुवै कृषि मन्त्रालयका सहसचिव हुन् । रजवार ०५९ पुस १२ र भट्टराई ०६० साउन २९ मा बाहिरबाट सोझै सहसचिवमा सेवा प्रवेश गरेका हुन् । निजामती ऐन संशोधन गरी कुल सिटको २० प्रतिशत वरिष्ठबाट बढुवा हुने व्यवस्था गरिएपछि यसअघि वरिष्ठ सहसचिवद्वय राजकुमार मल्ल र प्रभाकर पाठक सचिवमा पदोन्नति भइसकेका छन् ।

Tuesday, July 15, 2014

नर्भिकमा बिरामीमाथि लापर्बाही गर्नेमाथि कडा कारबाही गर्न निर्देशन

निजी, सामुदायिक र सरकारी अस्पतालहरू नियमित अनुगमन गर्न स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिललाई निर्देश
काठमाडौं, ३१ असार– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले निजी, नर्सिङ तथा सरकारी अस्पतालहरूमा बिरामीमाथि चिकित्सकबाट भइरहेको लापर्बाही र खेलबाडप्रति गम्भीर भई छानबिन गरेर दोषीमाथि कडा कारबाही गर्न स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिललाई मंगलबार निर्देशन दिएको छ ।
कार्यालयले हालै नर्भिकका डाक्टरको लापर्बाहीले बिरामी  अमी रिसाल डिप कोमामा परेको भनी प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उक्त अस्पतालमा भएको यस गम्भीर घटनाको विज्ञ चिकित्सकबाटै  छानबिन गराई यथाशीघ्र सत्यतथ्य उजागर गरी दोषी जोेकोही भए पनि बिना मोलाहिजा कडा कारबाही गर्न मेडिकल काउन्सिल स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो । 

कार्यालयले विज्ञप्ति जारी गरी उक्त घटनामा कारबाही गरिएको जानकारी आफूलाई तत्काल गराउनसमेत काउन्सिललाई निर्देशनमा दिएको छ । विभिन्न समयमा निजी, सामुदायिक तथा सरकारी अस्पतालहरूबाट प्रदान हुने स्वास्थ्य सेवामा देखाउनुपर्ने कुशलता र संवेदनशीलता देखिएको नपाइएकाले बिरामीहरूप्रति लापर्बाही बढिरहेको र रोगको सही निदानसहित उपचार हुन नसकेको नर्भिकको घटनाबाट स्पष्ट भएकोसमेत प्रधानमन्त्री कार्यालयले उल्लेख गरेको छ ।

रिक्त सात सचिवका लागि बढुवाको प्रक्रिया सुरु

काठमाडौं, ३१ असार– सरकारले विभिन्न मन्त्रालय र निकायमा रिक्त सात सचिवका लागि बढुवाको प्रक्रिया सुरु गरेको छ । सरकारले लोकसेवा आयोगकी अध्यक्ष कयोंदेवी यमी अध्यक्ष रहेको बढुवा समितिको बैठक सोमबार बोलाएर सचिव बढुवाको प्रक्रिया सुरु गरेको हो ।
रक्षा र परराष्ट्र मन्त्रालय तथा पा“चवटा क्षेत्रीय प्रशासन कार्यालयमा सचिव पद रिक्त छ । बढुवा समितिको पहिलो बैठकले पदोन्नतिका लागि पा“च वर्ष कार्यसम्पादन मूल्यांकन पूरा भई सचिवका लागि योग्य भएका सहसचिवहरू फाइल अध्ययन सुरु गरेको जानकारी स्रोतले दिए ।
बढुवा समितिले सामान्य प्रशासन मन्त्रालयलाई योग्य सहसचिवहरूमध्ये विभागीय कारबाही भएका र ‘सिनियर एक्युजिक्युटिभ डेभलप्मेन्ट प्रोगाम’ नामक प्रशिक्षण नलिएकालाई छाडेर बा“कीको सूची तयार गर्न सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।

सामान्यले सूची तयार गरेपछि बढुवा समितिको बुधबार बस्ने बैठकले रिक्त सात सचिवमध्ये २० प्रतिशत सिटमा सबभन्दा वरिष्ठ सहसचिवको नाम सिफारिस गर्नेछ ।

वरिष्ठ सहसचिव बीसीलाई अपमानपूर्वक सरुवा

काठमाडौं,  ३१ असार– भूमिसुधार मन्त्रालयमा लामो समय निमित्त सचिव र नापी विभागको महानिर्देशक भइसकेका वरिष्ठ सहसचिव कृष्णराज बीसीलाई अपमानपूर्वक मातहतको भूमिसुधार तालिम केन्द्रको प्रमुखमा सरुवा गरिएको छ ।
भूमिसुधार मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख बीसीलाई कनिष्ठ प्रमुख हुने तालिम केन्द्रमा सरुवा गरिएको हो ।
तालिम केन्द्रका प्रमुख कल्याणगोपाल श्रेष्ठलाई मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखमा सरुवा गरिएको छ । नापी विभागका महानिर्देशक नागेन्द्र झा र बीसीका बीचमा मन्त्रालय र नापीसम्बन्धी कामकारबाहीलाई लिएर मतान्तर हु“दै आएको थियो । त्यही कारण झाको स्वार्थबमोजिम भूमिसुधारमन्त्री दलबहादुर रानाले बीसीलाई मन्त्रालयबाट हटाई तालिम केन्द्रमा सरुवा गरिएको हो । तालिम केन्द्रमा यसअघि कनिष्ठ सहसचिवलाई मात्र बनाउने प्रचलन थियो ।



Sunday, July 13, 2014

रिम्पोछेको शव ल्याउन अनुमति दिइएको थिएन : गृह

काठमाडौं, २९ असार– गृह मन्त्रालयले तिब्बती धर्म गुरु श्यामार्पा रिम्पोछेको शव नेपाललाई ल्याई दाह संस्कार गर्न सरकारका तर्फबाट अनुमति नदिइएको दाबी गरेको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी रिम्पोछेको अन्त्येष्टिका सम्बन्धमा सञ्चार माध्यममा प्रकाशित समाचारका बारेमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै उनी विदेशी नागरिक भएकाले त्यस्तो अनुमति नदिइएको स्ष्टीकरण दिएको छ ।
रिम्पोछेको शुक्रबार जर्मनीमा मृत्यु भएको र प्राप्त राहदानीको प्रतिलिपिका आधारमा निज भूटानी नागरिक भएकाले विदेशी नागरिकको शव नेपालमा ल्याई दाहसंस्कार गर्ने कानुनी व्यवस्थाका साथै परम्परा पनि नभएको हु“दा उनको पार्थिक शरीर ल्याउन अनुमति नदिइएको गृहको दाबी छ ।
गृहले यस विषयमा कुनै पनि मित्र राष्ट्रका कूटनीतिक निकाय वा व्यक्तिबाट कुनै किसिमको अनुरोध वा आग्रह नभएको दाबीसमेत गरेको छ । रिम्पोछेको शवका साथ धर्मशालाबाट तिब्बती निर्वासित नेता दलाई लामाका प्रतिनिधिसमेत नेपाल आउन लागेको र शवसहित राजधानीको बौद्धमा तिब्बतीहरूले जुलुस गर्न लागेको सूचना पाएपछि चिनिया“ दुतावासले गृह मन्त्रालयसमक्ष असन्तुष्टि व्यक्त गरी रोक्न अनुरोध गरेको थियो ।

Saturday, July 12, 2014

रेडियोथेरापीपछि कोइरालाको स्वास्थ्यमा उल्लेखनीय सुधार

काठमाडौं, २८ असार– पा“चपटकको रेडियोथेरापीको परिणामस्वरूप प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ ।  
संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगद्वारा शनिबार जारी विज्ञप्तिका अनुसार उपचारका संलग्न चिकित्सकहरूस“ग नियमित छलफल र परामर्शमा रहेका कोइरालाका निजी चिकित्सक करवीरनाग योगीले रेडियोथेरापीको परिणामस्वरूप प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको जनाएका छन् । 
उपचारमा संलग्न अमेरिकी चिकित्सकहरूले कोइराला न्युयोर्कमा एक साता आराम गरेर स्वदेश फर्कन सक्ने सुझाव दिएको जानकारी योगीले दिए ।

मेलम्ची आयोजना प्रमुखमा भट्टराई नियुक्त

काठमाडौं, २७ असार– सरकारले मेलम्ची खानेपानी आयोजनाको कार्यकारी निर्देशकमा घनश्याम भट्टराईलाई नियुक्त गरेको छ । मेलम्चीमै तीन वर्षदेखि उपकार्यकारी निर्देशकमा कार्यरत सहसचिव भट्टराईलाई सहरी विकास मन्त्रालयको प्रस्तावमा नियुक्त गरिएको हो । यसअघिका कार्यकारी निर्देशक कृष्ण आचार्यले ५८ वर्ष उमेर पुगी अनिवार्य अवकास पाएपछि उक्त पद रिक्त थियो ।

जलविद्युत कम्पनीद्वारा चार आयोजनामा २ अर्ब ६० करोड लगानी

कम्पनीले पू“जी बढाएर १५ अर्ब पु¥याउने
काठमाडौं, २७ असार– जलविद्युत् विकास तथा कम्पनी लिमिटेडले निजी क्षेत्रका कुल १२२.५ मेगावाट क्षमता भएका चारवटा विद्युत् आयोजनामा २ अर्ब ६० करोड रुपैया“ लगानी गर्ने सम्झौता गरेको छ । ती चार आयोजनाका प्रवद्र्धकसित ऋण लगानी गर्ने सम्झौता भइसकेको र अबको चार महिनामै कर्जा प्रवाह सुरु हुने जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले दिए ।
उनका अनुसार बैंकमा ८ अर्ब रुपैया“ राखेर ब्याजको कमाइमात्र खाइरहेको आरोप लाग्दै आएको कम्पनीले अरू वाणिज्य बैंकसित सहवित्तीयकरण लगानीमा ती आयोजनामा ऋण लगानी गर्न लागेको हो । 
रौनियारका अनुसार ४२ मेगावाटको मिस्त्री खोलामा ९६.६ करोड, २७ मेगावाटको दोर्दी खोलामा ५० करोड, २३.५ मेगावाटको सोलु खोलामा २० करोड र खानी खोला जलविद्युत् आयोजनामा ४० करोड ऋण लगानी गर्दैछ ।
कम्पनीले सरकारमार्फत् विश्व बैंकबाट यसै साता आउने ४ अर्ब (४० मिलियन अमेरिकी डलर) सहुलियतपूर्ण ऋण ३७.६ मेगावाटको काबेली जलविद्युत् आयोजनामा लगानी गर्दैछ । यसको ब्याज भने ३ प्रतिशत हुनेछ भने विदेशी विनिमयको जोखिम काबेलीको प्रवद्र्धकले नै लिनुपर्नेछ ।

Thursday, July 10, 2014

प्रधानमन्त्री एक सातापछि स्वदेश फर्कने

काठमाडौं, २६ असार– अमेरिकामा उपचाररत प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला एक सातापछि नेपाल फर्कने भएका छन् । उपचारमा संलग्न चिकित्सकहरूसित एक÷दुई दिनमा अन्तिम परामर्श गरेपछि कोइराला नेपाल फर्कने दिन तय हुने जानकारी संयुक्त राष्ट्रसंघका लागि न्यूयोर्कस्थित स्थायी नियोगले बिहीबार जारी विज्ञप्तिमा जनाएको छ ।
नियोगका अनुसार कोइरालाको अमेरिकाको न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा बुधबार पा“चौं तथा अन्तिमपटकको रेडियोथेरापी सहज ढंगले सम्पन्न भएको छ । उनलाई तीन महिनापछि पुनः स्वास्थ्य परिक्षण गर्न आउन चिकित्सकहरूले सुझाव दिएकोसमेत नियोगले उल्लेख गरेको छ ।

कोइरालाद्वारा भाजपाका अध्यक्ष साहलाई बधाई

काठमाडौं, २६ असार– कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले मित्र राष्ट्र भारतको सत्तारूढ पार्टी भारतीय जनता पार्टी (भाजपा) का नवनिर्वाचित अध्यक्ष अमित साहलाई बधाई सन्देश पठाएका छन् । कोइरालाले अमेरिकाबाटै बिहीबार साहलाई पत्र पठाई उनी पार्टी अध्यक्ष निर्वाचित भएकामा खुसी व्यक्त गर्दै उनको कार्यकाल सफलताको कामना गरेका छन् ।
कोइरालाले पत्रमा दुई देशका जनताको आपसी हितका लागि नेपाल–भारतबीचको सम्बन्ध अझ प्रगाढ बनाउन भाजपाको नेतृत्वसित सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै साहको पालामा कांग्रेस र भाजपाबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन् । 

काबेली आयोजनाका लागि वित्तीय स्रोत जुट्यो


  • सरकारले विश्व बैंकसित ४ अर्ब ऋण लिएर काबेलीलाई दिने
  • तत्काल निर्माण सुरु भई चार वर्षमा विद्युत् उत्पादन हुने

काठमाडौं, २५ असार– सरकारले विश्व बैंकबाट सहुलियतपूर्ण सहयोग लिएर ३७ मेगावाटको काबेली जलविद्युत् आयोजनामा ४० मिलियन अमेरिकी डलर (करिब ४ अर्ब रुपैया“) लगानी गर्ने भएको छ । विश्व बैंकले सरकारमार्फत् काबेलीलाई ऋण लगानी गर्ने भएपछि उक्त आयोजनाका लागि वित्तीय स्रोत जुटेको छ । 
पा“चथर र ताप्लेजुङको सीमा नजिक काबेली नदीमा आगामी चार वर्षभित्र बन्ने यो आयोजनाको विकासले पूर्वाञ्चल विकास क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास सरकारको छ । पूर्वाञ्चलमा विद्युत् आयोजना खासै नभएकाले उक्त क्षेत्रले बा“की मुलुकले भन्दा बढी लोडसेडिङको मार खेप्दै आएको छ ।
सरकारले विश्व बैंकबाट लिने ऋण जलविद्युत् विकास तथा लगानी कम्पनीमार्फत् काबेली जलविद्युत् आयोजनालाई ३ प्रतिशत ब्याजमा दिने भएको छ, विदेशी विनियमको रिस्क भने काबेली आयोजनाले नै लिनुपर्नेछ । एक साताभित्रै अर्थ र विश्व बैंकका अधिकारीबीच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हु“दैछ । विश्व बैंकले सोझै निजी क्षेत्रलाई सहुलियतपूर्ण ऋण दिने गर्दैन । त्यही कारण सरकारले बैंकसित लिएर काबेलीलाई दिन लागेको हो ।
काबेली इनर्जीले जलविद्युत् विकास तथा लगानी कम्पनीमार्फत् ऋण र ब्याज भुक्तानी गर्नेछ भने सरकारले कम्पनीसित लिएर विश्व बैंकको ऋण र ब्याज भुक्तानी गर्नेछ । सरकारले काबेलीलाई दिने ऋण १ प्रतिशत ब्याजमा पाउनेछ ।  

Wednesday, July 9, 2014

मलाई बाइपास गरी सुवेदीका बारेमा निर्णय : पण्डित

काठमाडौं, २५ असार– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अस्ट्रेलियाका पीआरधारी सहसचिव भरत सुवेदीलाई मन्त्रिपरिषदले अर्थमन्त्रालयमा सार्ने भनी गरेको निर्णयमा आफूलाई बाइपास गरिएको बताएका छन् ।
राजधानीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै आफ्नो मन्त्रालयको प्रस्तावबिना नै सुवेदीलाई अर्थमा पदस्थापना गर्ने निर्णय संविधान, निजामती ऐन तथा मन्त्रिपरिषदको कार्यसम्पादन नियमावलीविपरीत रहेकाले आफूले अदालतमा गएर त्यसका विरुद्ध संवैधानिक उपचार खोज्ने बताए ।
‘मैले नया“ कानुन ल्याएर पीआर र ग्रीनकार्डवाला कर्मचारीलाई कारबाही गर्छु भन्दाभन्दै अस्ट्रेलियाको ग्रीनकार्ड भएका सुवेदीलाई मन्त्रिपरिषद बैठकले मेरो अनुपस्थितिमा र मेरो मन्त्रालयको प्रस्तावबिना नै मलाई बाइपास गरी अर्थमन्त्रालयमा सरुवा गर्ने निर्णय गरेछ’ पण्डितले कार्यक्रममा भने– ‘सामान्यको प्रस्ताव र सहमतिबिना सुवेदीको सरुवाको निर्णय कसरी अनुमोदन हु“दो रहेछ म पनि हेर्छु ।’
नया“ बढुवा भएका सहसचिवको पदस्थापना सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले गर्छ । तर चैतमा सहसचिवमा बढुवा भएका सुवेदीलाई कार्यवाहक प्रधानमन्त्री वामदेव गौतम र अर्थमन्त्री रामशरण महतको प्रस्ताव र मिलोमतोमा मन्त्रिपरिषदबाट अर्थमन्त्रालयमा पदस्थापना गर्ने निर्णय गरिएको हो ।

Tuesday, July 8, 2014

एडीबीले लोडसेडिङ अन्त्य गर्न १८ अर्ब सहयोग गर्ने

काठमाडौं, २४ असार– एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई बढ्दो बढ्दो लोडसेडिङ अन्त्य गर्न १८ करोड डलर (करिब १८ अर्ब रुपैया“) सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । एडीबीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले नेपाललाई ऋण दिने प्रस्ताव स्वीकृत गरेको जानकारी अर्थमन्त्रालयका एक अधिकारीले दिएका छन् ।
एडीबीले ऊर्जा क्षेत्रमा गर्न लागेको यो सबभन्दा ठूलो सहयोग हो । यो सहयोगबाट विद्युत् प्राधिकरणले प्रस्तावित र निर्माणाधीन जलविद्युत् आयोजनासम्म प्रसारण लाइनको निर्माण र तथा मौजुदा प्रसारण लाइनको स्तरोन्नतिलगायतको कार्य गर्ने जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए ।
ती अधिकारीका अनुसार उक्त सहयोगबाट विद्युत् लाइन नपुगेको ठाउ“मा प्रसारण लाइन विस्तार, ट्रान्सफर्मरका लागि थप सबस्टेसनसमेत निर्माण गरिनेछ । विभिन्न ठाउ“मा सबस्टेसन बनेपछि निर्माणाधीन र प्रस्तावित आयोजनाबाट निस्कने बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न सकिनेछ । यसबाट प्रसारण लाइनको अभावले रोकिएका दर्जनौं जलविद्युत् आयोजना निर्माण गर्न बाटो खुल्नेछ ।
प्राधिकरणले सबभन्दा बढी बिजुलीको माग र भार भएको काठमाडौं उपत्यकामा प्रसारण लाइनको क्षमता वृद्धि गरी २ हजार मेगावाट पु¥याउनसमेत एडीबीको सहयोग सदुपयोग गर्नेछ । 

कार्यवाहक प्रधानमन्त्रीद्वारा सुवेदीलाई अर्थमा लाने निर्णय रोक्न निर्देशन

काठमाडौं, २३ असार– कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले विवादास्पद सहसचिव भरत सुवेदीको अर्थमन्त्रालयमा पदस्थापना गर्ने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई सोमबार निर्देशन दिएका छन् ।
एमालेको जारी महाधिवेशन आफ्नो गुटको पक्षमा प्रभावित पार्न गौतमले मन्त्रिपरिषदबाट सुवेदीलाई मोटो रकम लिएर अर्थमन्त्रालयमा सरुवा गर्ने निर्णय गराएको व्यापक रूपमा चर्चा भएपछि उनले मन्त्रिपरिषदको उच्च अधिकारीलाई फोन गरी सुवेदीलाई पदस्थापनाको पत्र नदिन निर्देशन दिएको जानकारी स्रोतले दिए । कार्यवाहक प्रधानमन्त्रीको निर्देशनपछि सुवेदीको निर्णय कार्यान्वयन हुने छैन ।
कार्यवाहक प्रधानमन्त्री गौतमको अध्यक्षतामा गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले अर्थमन्त्री रामशरण महतको ठाडो प्रस्तावमा सुवेदीलाई अर्थमन्त्रालयमा पदस्थापना गर्ने निर्णय गरेको थियो । सुवेदीलाई अर्थमा लान सुरुमा गौतम र महतको मिलोमतो रहेकोसमेत स्रोतले उल्लेख गरेको छ ।
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने अस्ट्रेलियाको स्थायी बसोबासको अनुमति लिएका (पीआरवाला) सुवेदीलाई अर्थमन्त्रालयमा प्रदस्थापना गर्न नहुने भनी गरेको विरोधलाई बेवास्ता गर्दै मन्त्रिपरिषदले निर्णय गरेको थियो । 

मन्त्रिपरिषदले निर्णय गरे पनि सुवेदीलाई अर्थमन्त्रालयमा पदस्थापना गर्ने पत्र दिइएको थिएन । आफ्नो सहमतिमा सुवेदीका बारेमा भएको निर्णय रोक्न गौतमले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अधिकारीलाई निर्देशन दिएका हुन् ।

विद्युत विकास विभागको डीजीमा शर्मा

काठमाडौं, २३ असार– ऊर्जा मन्त्रालयले प्राविधिक सहसचिव सञ्जय शर्मालाई विद्युत् विकास विभागको महानिर्देशक (डीजी) मा बढुवा गरेको छ । ऊर्जामन्त्रीस्तरीय निर्णयबाट विभागका वरिष्ठ उपमहानिर्देशक शर्मालाई महानिर्देशकमा बढुवा गरिएको हो । विभागका महानिर्देशक डीबी सिंहले ५८ वर्ष उमेर पुगी अनिवार्य अवकास पाएपछि उक्त पद रिक्त थियो ।

Monday, July 7, 2014

महिलामन्त्री केसीको सम्पत्ति करोडौं

काठमाडौं, २३ असार– नेकपा माले पार्टीबाट महिला, बालबालिका तथा समाज कल्याण्ँमन्त्री भएकी कम्युनिस्ट नेतृ निलम केसी र उनको परिवारको नाममा करोडौं रुपैया“ बराबरको सम्पत्ति रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । 
मन्त्रिपरिÈद् कार्यालयको वेबसाइटमा जारी केसीको सम्पत्ति विवरण्ँमा काठमाडौ“ र झापामा घरजग्गा तथा झापा, ललितपुर र जुम्लामा जग्गा रहेको छ । उनको विभिन्न बैंक तथा वित्तीय संस्थामा दुई लाख र पति सीपी मैनालीको नाममा थप तीन लाख रुपैया“ बचत छ ।
पति, छोरा र आङ्खनो नाममा विभिन्न वित्तीय संस्थामा ३५ लाख बराबरको सेयर रहेको छ भने ८ लाख ऋण्ँ छ । उनले ३५ लाख रुपैया“ ऋण्ँ दिएको पनि सम्पत्ति विवरण्ँमा उल्लेख छ।

नेविसंघलाई भदौमा महाधिवेशन गर्न निर्देशन

काठमाडौं, २२ असार– कांग्रेसले भातृ संस्था नेविसंघको केन्द्रीय तदर्थ समितिलाई एघारौं महाधिवेशन भदौ २९, ३० र ३१ मा गर्न निर्देशन दिएको छ । कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलको अध्यक्षतामा शनिबार बसेको पदाधिकारी बैठकले चार वर्षदेखि स्थगित हु“दै महाविधेशन भदौमा गर्न निर्देशन दिएको हो ।
तदर्थ समितिले सातपटक महाधिवेशनको मिति तोके पनि तदर्थ गराउन नसकेपछि पदाधिकारी बैठकले महाधिवेशन छिटोभन्दा छिटो गर्न पार्टीका तर्फबाट निर्देशन दिनुपरेको जानकारी कांग्रेस नेताले दिए ।
बैठकले नेविसंघको केन्द्रीय तदर्थ समितिलाई आइतबारदेखि नै महाधिवेशनको तयारीमा जुट्नसमेत निर्देश गरेको छ । नेविसंघको दसौं महाविधेशन ०६४ जेठ ६–११ मा चितवनमा भएको थियो । निर्वाचित अध्यक्ष प्रदीय पौडेलले राजिनामा दिएपछि पार्टीले २०६८ फागुन १७ मा ६ महिनामा महाधिवेशन गर्ने शर्तमा रञ्जित कर्णको अध्यक्षतामा केन्द्रीय तदर्थ समिति गठन गरेको थियो । तर, तदर्थ समितिमा तीन वर्षसम्म महाधिवेशन गराउन सकेको छैन ।

कांग्रेसद्वारा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि ५ करोड माग

कांग्रेस पदाधिकारी बैठक
काठमाडौं, २२ असार– प्रमुख सत्तारूढ दल कांग्रेसले प्रत्येक निर्वाचन Ôेत्र विकास कार्यक्रमका लागि ५÷५ करोड रुपैया“ छुट्टयाउनका लागि पार्टीको तर्फबाट सरकारलाई आग्रह गर्ने निणर््ँय गरेको छ । 
कार्यवाहक सभापति रामचन्द्र पौडेलले अध्यक्षतामा शनिबार बसेको पदाधिकारी बैठकले सभासदहरूले योजना छनौट र अनुगमन गर्ने गरी २ सय ४० वटै क्षेत्रमा ५÷५ करोड रुपैया“का दरले निर्वाचन Ôेत्र विकास कार्यक्रम दिन सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।
सभासदहरूलाई प्रत्येक वर्ष दिंइदै आएको १०÷१० लाख रुपैया“ सांसद विकास कोषको रकम दुरुपयोग हु“दै आएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा ५÷५ करोड रुपैया“ दिंदा झन् बढी दुरुपयोग हुन सक्ने भन्दै सबैतिरबाट यो प्रस्तावको विरोध हु“दै आएको छ ।
पदाधिकारी बैठकले प्रत्येक निर्वाचन Ôेत्र विकास कार्यक्रमका लागि ५÷५ करोड रुपैया“ दिनुपर्ने प्रस्ताव कार्यान्वयनका लागि पहल गर्ने निणर््ँय गरेको जानकारी महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए ।
कांग्रेस संसदीय दल र केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले समेत प्रत्येक निर्वाचन Ôेत्र विकास कार्यक्रमका लागि ५ करोड रुपैया“ दिनुपर्ने प्रस्ताव पारित गरेको थियो । निर्देशिका बनाएर सरकारी निकायमार्फत् सभासदले छनौट गरेका योजनामा खर्च गर्ने निर्वाचन क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्नुपर्ने धारणा कांग्रेसको छ ।

Thursday, July 3, 2014

शनिबारदेखि १ घन्टा लोडसेडिङ घट्ने

काठमाडौं, १९ असार– विद्युत् प्राधिकरणले शनिबारदेखि लोडसेडिङ दैनिक सात घन्टामा झार्ने भएको छ । अहिले दिनहु“ आठ घन्टा लोडसेडिङ हु“दै आएको छ । मन्सुन सुरु भएपछि नदीमा पानीको सतह बढेर विद्युत उत्पादन बढेको हु“दा लोडसेडिङ एक घन्टा घटाउन लागिएको प्राधिकरण्ँले जनाएको छ। 
प्राधिकरणका अनुसार भारतबाट एक ६० मेगावाट आयात र नेपालका अधिकांश आयोजनाबाट पूणर््ँ Ôमतामा विद्युत उत्पादन हु“दा पनि दैनिक चार सय मेगावाट बिजुली अपुग हुन्छ । अहिले मुलुकमा विद्युतको माग एक हजार एक सय मेगावाट र उत्पादन सात सय मेगावाटमात्र छ भने हाल भारतबाट १ सय ६० मेगावाट आयात गर्ने गरिएको छ । । 
हिउ“दयाममा बढी लोडसेडिङ हुने बेलामात्र सञ्चालन गरिने कुलेखानी जलविद्युत् आयोजना हाल बन्द गरिएको छ । कम Ôमतामा चलेकालाई पूर्ण क्षमता र बन्द रहेका गण्डक जलविद्युत् आयोजना पुनः सञ्चालन आएपछि लोडसेडिङ दैनिक थप एक घन्टा घट्न सक्ने प्राधिकरणले जनाएको छ । भारतबाट आयात बढाउन सकेमा पनि लोडसेडिङलाई न्यून गर्न सकिनेछ । 

पूर्वमेयर बम रहेनन्

काठमाडौं, १८ असार– धनगढी नगरपालिकाका पूर्वमेयर एवं कैलाली कांग्रेसका नेता किशोरकुमार बमको बुधबार बिहान निधन भएको छ । उच्च रक्तचापबाट पीडित ५१ वर्षीय बमको कैलालीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । उनका आमा, पत्नी र दुई छोरा छन् ।
कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले बमको निधनप्रति शोक व्यक्त गरेका छन् । पौडेलले बुधबार शोक वक्तव्य जारी गरी बमले मुलुकमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

अख्तियारद्वारा कम्प्युटर अपरेटरलाई निलम्बन गर्न निर्देशन

काठमाडौं, १८ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागको सवारी चालक अनुमतीपत्र कार्यालय, एकान्तकुनाका कम्प्युटर अपरेटर दिलीपसिंह धामीलाई निलम्बन गर्न सरकारलाई बुधबार निर्देशन दिएको छ ।
धामीले यातायात व्यवस्था ऐन, २०४९ विपरीत कम्प्युटर तथा विद्युतीय अभिलेख सच्याउने तथा थपघट गर्नुका साथै घुस रिसवत लिई अनियमितता एवं भ्रष्टाचारजन्य कार्य गरेको अनुसन्धानका क्रममा देखिन आएको अख्तियारले जनाएको छ । 
धामी पदमा रहिरह“दा आफूविरुद्धका प्रमाण्ँ नष्ट गर्ने र अनुसन्धानमा बाधा पु¥याउन सक्ने भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १९ को उपदफा ३ बमोजिम निलम्बन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई लेखी पठाइएको अख्तियारले उल्लेख गरेको छ ।

Tuesday, July 1, 2014

मोदीद्वारा कोइरालाको स्वास्थ्य लाभको कामना

काठमाडौं, १७ असार– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामा क्यान्सर रोगको उपचारमा रहेका समकक्षी प्रधानमन्त्री सुशील कोइरालाको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् । मोदीले कोइरालालाई सोमबार पत्र पठाई स्वास्थ्य लाभको कामना गरेका हुन् ।
पत्रमा मोदीले नेपालको राजनीतिक परिवर्तन तथा प्रजातान्त्रिक प्रक्रियामा हरतरहको सहयोग गर्न आफू र आफ्नो सरकार तयार रहेको बताएका छन् । 
नेपालको आर्थिक विकास पनि भारतको आधारभूत चासोको रूपमा रहेको उल्लेख गर्दै मोदीले स्थिर, समृद्ध, समावेशी तथा प्रजातान्त्रिक नेपाल निर्माण्ँका लागि नेपाल र नेपालीलाई सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पत्रमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको मित्रता दुई देशको खुल्ला सीमाभन्दा समेत माथि र अन्योन्याश्रित रहेको उल्लेख गरेका छन् ।

सूचना आयोगले बुझायो प्रतिवेदन

काठमाडौं, १७ असार– राष्ट्रिय सूचना आयोगले मंगलबार आफ्नो वार्षिक प्रतिवेदन २०७०÷२०७१ कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमलाई बुझाएको छ । आयोगका सचिव श्रीराम पन्तसहितका अधिकारीहरूले गौतमलाई भेटी प्रतिवेदन बुझाएका हुन् ।
सूचना हकसम्बन्धी ऐन २०६४ अनुसार आयोगले २०७०÷७१ मा सम्पादन गरेका काम तथा संविधानमा नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरिएको सूचनाको हक कार्यान्वयन गर्न÷गराउनका लागि सरकारले गर्नुपर्ने कामका बारेमा आवश्यक सुझावसहितको प्रतिवेदन बुझाएको हो । सरकारले उक्त प्रतिवेदन संसदमा पेस गर्नेछ ।

प्रेस काउन्सिलविरुद्ध आन्दोलनको चेतवानी

काठमाडौं, १६ असार– लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजले प्रेस काउन्सिलद्वारा हालै गरिएको पत्रपत्रिकाहरूको वर्गीकरण भेदभाव र पक्षपातपूर्ण भएको टिप्पणी गर्दै त्यसको विरोध गरेको छ । समाजले काउन्सिलसमक्ष उक्त गलत निर्णय तत्काल सच्याउन मागसमेत गरेको छ । वर्गीकरणका आधारमा सरकारले पत्रपत्रिकालाई लोककल्याणकारी विज्ञापनलगायतका सुविधा दिने गर्छ ।
समाजका तर्फबाट अध्यक्ष दामोदर दवाडीद्वारा जारी विज्ञप्तिमा वामपन्थी पदाधिकारी बहुल काउन्सिलले राजनीतिक रूपमा पक्षपात गरी पत्रपत्रिकाहरूको वर्गीकरण गरेको र त्यसले गर्दा कैयौं लोकतन्त्रवादी पत्रपत्रिका बन्द हुने अवस्थामा पुगेको उल्लेख गरेका छन् । उनले वर्गीकरणको निर्णय तत्काल नसच्याइए आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् ।