Tuesday, December 31, 2019

असारसम्म मेलम्ची ल्याइसक्न समितिको निर्देशन

काठमाडौं, १४ पुस– प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आगामी असार मसान्तभित्रै मेलम्ची आयोजनाको पानी काठमाडौं उपत्यकामा ल्याइसक्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले पछिल्लो ठेक्का सम्झौताअनुसार तोकिएको अवधिमै आयोजना सम्पन्न गर्न खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिले आयोजनामा भुक्तानी नपाएका कारण आन्दोलित सामान सप्लायर (नेपाली आपूर्तिकर्ता) को समस्या समाधानका लागि गठित समितिको प्रतिवेदन पेस गर्नसमेत भनेको छ । यसअघिको इटालियन ठेकेदार कम्पनी सीएमसीले भुक्तानी दिन बाँकी रहेका आपूर्तिकर्ताका विषयमा निर्णय गर्न मन्त्रालयका सहसचिवको अध्यक्षतामा गठित समितिले मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको छ ।
समितिले आयोजना निर्माणस्थलका बासिन्दाका लागि सडक, खानेपानी, बिजुलीलगायत पूर्वाधारको विकास गर्नसमेत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।

डा. सिंह एआईजीमा सिफारिस

काठमाडौं, १४ पुस– गृह मन्त्रालयले नेपाल प्रहरी अस्पतालकी प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. आशा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
गृहसचिव प्रेमकुमार राई अध्यक्ष तथा महानिरीक्षक सर्वेन्द्र खनाल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सदस्य रहेको बढुवा समितिको सोमबार बसेको बैठकले सिंहलाई प्रहरी संगठनको स्वास्थ्य उपसमूहतर्फको प्राविधिक एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
उनी स्त्रीरोग विशेषज्ञ हुन्।अब बस्ने मन्त्रिपरिषद् बैठकले बढुवा गरेपछि उनले अस्पतालको नेतृत्व सम्हाल्नेछिन्। गत पुस ३ मा एआईजी एवं अस्पतालकी प्रमुख डा. दुर्गा थापाले अनिवार्य अवकाश पाएपछि पद रिक्त थियो ।

Monday, December 30, 2019

एटीएम फुटाएर रकम चोरी गर्न खोज्ने दुई पक्राउ

काठमाडौं, १३ पुस– बैंकको एटीएम बुथ फुटाएर पैसा चोरी गर्न खोज्ने दुई जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका(७ थानकोटस्थित सिटिजन बैंकको एटीएम फुटाएर रकम चोरी गर्न लागेको अवस्थामा महानगरीय प्रहरी वृत्त थानकोटकोे टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामा चन्द्रागिरी–५ दाउरा डिपो बस्ने मुगु सोरु गाउँपालिका–६ का चित्रबहादुर शाही र नन्दराज धराल छन् । प्रहरीका अनुसार उनीहरूले एटीएम राखेको सटरको ताल्चा र मेसिनसमेत फुटाएका थिए ।

नागरिकतासम्बन्धी संवैधानिक व्यवस्था त्रुटिपूर्ण : अध्यक्ष शर्मा

काठमाडौं, १३ पुस– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संविधानमा नै नागरिकतासम्बन्धी प्रावधानमा पुरुष र महिलाबीच भेदभाव रहेको बताएका छन् ।
राजधानीमा आइतबार ‘राज्यविहीनताविरुद्ध अन्तर्राष्ट्रिय कानुनहरूको संगालो’ विमोचन गर्दै उनले नागरिकतासम्बन्धी विभेद अन्त्य गर्न संविधान संशोधन गर्नु पर्ने बताए ।
‘संविधानमै नागरिकतासम्बन्धी प्रावधान विभेदपूर्ण छ । बाबु नेपाली र आमा विदेशी भयो भने तिनका छोराछोरीका लागि नागरिकतामा कुनै समस्या छैन । बाबु विदेशी र आमा स्वदेशी भयो भने नागरिकता प्राप्तिमा समस्या छ । वंशजको आधार पुरुषबाट सुरु हुने संवैधानिक व्यवस्था नै विभेदपूर्ण छ’ उनले भने ।

Sunday, December 29, 2019

मिडिया बुर्जुवाको हातमा छ : दाहाल

‘सरकारले इमानदारीका साथ काम गरिरहेको छ’
काठमाडौं, १२ पुस– सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको मिडिया बुर्जुवा वर्गको हातमा रहेको दाबी गर्दै त्यसप्रति सिंगो पार्टीपंक्ति सजग हुनु पर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित प्रेस संगठन नेपालका पदाधिकारीहरूको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तनलाई उल्ट्याउन भइरहेका प्रयासलाई सफल हुन नदिन जनताका पक्षधर सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताए ।
उनले राजनीतिक परिवर्तन र उपलब्धिलाई जोगाई राष्ट्रिय एकता र समृद्धिका लागि जनमत तयार गर्ने काम गर्नसमेत पार्टी निकट सञ्चारकर्मीलाई आग्रह गरे ।

फेल भएका ७१ जनालाई पैसा लिएर लाइसेन्स

काठमाडौं, १२ पुस– यातायात व्यवस्था कार्यालय, रूपन्देहीमा मोटो रकम असुली गाडी चलाउने ट्रायल परिक्षामा फेल र अनुपस्थित भएका ७१ जनालाई पास गराई लाइसेन्स दिएको पाइएको छ ।
यातायात व्यवस्था कार्यालय रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख आनन्दकेशरी पोखरेलले अनियमितता गरी लाइसेन्स वितरण गरेको भन्ने उजुरीको छानबिनका क्रममा ट्रायलमा फेल र अनुपस्थित ठूलो संख्याका परिक्षार्थीलाई पास गराएको पाइएको अख्तियारले जनाएको छ ।
अख्तियारले अनियमितता गरी लाइसेन्स वितरण गरेको अभियोगमा यातायात व्यवस्था कार्यालयका तत्कालीन प्रमुख एवं परिक्षा समितिका अध्यक्ष (उपसचिव) पोखरेल र तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, रूपन्देहीका प्रहरी निरीक्षक रविन्द्र श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गोकर्ण रिसोर्टको लिजको म्याद थप गर्ने कानुनसम्मत : प्रधानमन्त्री

‘देउवाका पालामा भएका लिजका निर्णयमाथि छानबिन हुन्छ’
काठमाडौं, १२ पुस– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ट्रस्ट मातहत रहेको गोकर्ण रिसोर्ट र त्यसले चर्चेको जग्गा यति समूहलाई थप २५ वर्षका लागि लिजमा दिने सरकारको निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन् ।
सत्तारूढ नेकपाका अध्यक्षसमेत रहेका ओलीले पार्टीनिकट प्रेस संगठन नेपालका पदाधिकारीहरूको सपथग्रहण कार्यक्रममा शनिबार बोल्दै यति समूहको लिज अवधि ५ वर्ष ८ महिना बाँकी छँदै २५ वर्षलाई म्याद थप गर्ने ‘विवादास्पद’ निर्णयको बचाउ गरेका हुन् ।
्उनले हचुवाका आधारमा नभई स्वतन्त्र विज्ञबाट मूल्यांकन गराएर लिज अवधि थपिएको दाबीसमेत गरे । ‘पहिला हचुवाको भरमा मूल्य राखेर कौडीको भाउमा लिजमा दिने प्रवृत्ति थियो । अहिले स्वतन्त्र विज्ञबाट मूल्यांकन गराएर मूल्य तोकी लिजको अवधि थपिएको हो, त्यो निर्णय कानुनसम्मत छ’ उनले दाबी थियो ।
समय बा“की छ“दै किन लिज अवधि थपियो भन्ने प्रश्न उठाइएको उल्लेख गर्दै उनले लिजमा लिने संस्थाले गोकर्ण रिसोर्टमा थप केही संरचना बनाउन समय लाग्ने भएकाले पहिले नै समय थपिएको बताए ।
‘अवधि बाँकी रहँदै कि सरकारले गोकर्ण रिसोर्ट नचलाउने भन्नुप¥यो, कि अरू केही गर्नुप¥यो । जब कसैले लिजमा लिएको छ । उसले थप प्रगति गर्छु भन्छ । आकर्षक ढंगले सरकारलाई कर तिर्छु भन्छ भने उसले म्याद थप नपाउने भन्ने हु“दैन’ उनले भने । उनले पहिले नै म्याद थप नगर्ने हो भने लिजमा लिने संस्थाले संरचना निर्माण गर्न नसक्ने दाबीसमेत गरे ।

Saturday, December 28, 2019

अब भारतीय साना सहयोगसमेत बजेटरी सिस्टमबाटै : सरकार

काठमाडौं, १० पुस– सरकारले भारतीय सहयोगमा सञ्चालन हुने साना विकास आयोजनालाई समेत वार्षिक बजेटमा नै समेट्ने भएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले भारतीय सहयोगका साना विकास आयोजना र तिनमा खर्च हुने रकमलाई संघीय सरकारको ‘बजेटरी सिस्टम’ भित्र ल्याउने निर्णय गरेको जानकारी सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिए ।
‘भारतीय सहयोगका २ करोड रुपैयाँसम्मका साना विकास आयोजना मुलुकको बजेटरी सिस्टमबाहिरबाट सञ्चालित थिए । अब बजेटरी सिस्टमभित्रै ल्याएर त्यस्ता विकास आयोजना अघि बढाइने छ’ सञ्चार मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले भने ।
भारतीय दुतावासले स्वास्थ्य चौकी, विद्यालय, सामुदायिक भवन निर्माण र खानेपानीजस्ता साना आयोजनामा २ करोड रुपैयाँसम्मको सहयोग सोझै गर्ने गरेको थियो । भारतीय दुतावासले नै आयोजना छान्थ्यो र सोझै रकम दिएर आयोजना बनाउने गथ्र्यो । अनुगमनको काममात्र सम्बन्धित जिल्ला विकास समितिले गर्थे । सरकारको वार्षिक योजना तथा कार्यक्रममा भारतीय सहयोगका ती आयोजना र तिनको बजेट समेटिँदैनथ्यो । भारतीय दुतावासले धेरैजसो त्यस्ता सहयोग आफू निकट नेता र नीतिनिर्माताको क्षेत्रमा दिने गरेको थियो ।

Friday, December 27, 2019

ठेकेदारको ‘स्वार्थ’ मा खरिद नियमावलीमा संशोधन

  • हर्जानाबिनै ठेक्काको म्याद एक वर्ष थप हुने
  • विशेष कारण देखाएर मन्त्रिपरिषद्ले ठेक्काको म्याद थप एक वर्ष बढाउन सक्ने
  • निवेदन प्राप्त भएको ६० दिनभित्र म्याद नथपे कार्यालय÷आयोजना प्रमुखलाई कारबाही
  • वैशाखयता ४ पटक नियमावली संशोधन
  • रुग्ण ठेक्काको म्याद थप गर्न १५ दिनको समय
  • नयाँ नियमावलीले विकास निर्माणमा नकारात्मक असर पर्छ : तुलसी सिटौला, पूर्वभौतिक पूर्वाधार सचिव
काठमाडौं, १० पुस– सरकारले ठेक्का लिएर लामो समय काम नगर्ने निर्माण व्यवसायी (ठेकेदार) कम्पनीहरूकै ‘स्वार्थ’ मा सार्वजनिक खरिद नियमावलीमा नवौं संशोधन गरेको छ । मन्त्रिपरिषद्ले सोमबार निर्माण व्यवसायी महासंघको मागबमोजिम नियमावली संशोधन गरेको हो । यसअघि सरकारले वैशाख ३०, जेठ २३, साउन १६ मा ठेकेदारको मागबमोजिम नियमावली संशोधन गरेको थियो । त्यसले पनि ठेकेदारको ‘स्वार्थपूर्ति’ नभएपछि पुनः नियमावली संशोधन गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयका अधिकारीले बताए ।
नियमावलीमा तोकिएको अवधिभित्र काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीले हर्जाना (क्षतिपूर्ति) नतिरी म्याद एक वर्ष थप गर्न पाउने व्यवस्था गरिएको छ । नियमावलीमा उल्टै ठेकेदारको मागबमोजिम ठेक्काको म्याद थप नगर्ने कार्यालय÷आयोजना प्रमुख र कर्मचारीलाई निजामती सेवा ऐनबमोजिम कारबाही गर्ने प्रावधान राखिएको छ ।

Thursday, December 26, 2019

लेखा अधिकृत घूससहित पक्राउ, ५ जनाविरुद्ध मुद्दा

काठमाडौं, ९ पुस– पशुसेवा विभाग ललितपुरका लेखा अधिकृत रमेश कार्कीसहित चार कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस रकमसहित पक्राउ गरेको छ । पक्राउ परेकामा कार्कीका अतिरिक्त घरेलु तथा साना उद्योग कार्यालय, सर्लाहीका कम्प्युटर अपरेटर नवीनकुमार सिंह, रूपन्देही जिल्ला अदालतका नायब सुब्बा बुद्धिप्रकाश न्यौपाने र लेखापाल विनोद शर्मा छन् । 
कार्की ८ हजार ५ सय, सिंह ७० हजार, न्यौपाने र शर्मा २ हजार रुपैयाँ घूस रकमसहित पक्राउ परेको अख्तियारले जनाएको छ । उनीहरूलाई हिरासतमा राखी भ्रष्टाचार अभियोगमा छानबिन भइरहेको अख्तियारले जनाएको छ ।
यसैबीच अख्तियारले डडेलधुराको परशुराम नगरपालिकाका इन्जिनियर नरेन्द्रबहादुर भाटसहित ५ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । भाटसहित ५ जनाले मिलेमतोमा बेलडाँडी कृषि सडकको निर्माणका क्रममा नक्कली बिलभर्पाइ बनाई १ लाख ७३ हजार १ सय ९० रुपैयाँ अनियमितता गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

Wednesday, December 25, 2019

कार्यालय प्रमुख र इन्जिनियरसहित ९ विरुद्ध मुद्दा

काठमाडौं, ८ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय म्याग्दीका तत्कालीन कार्यालय प्रमुख भीमप्रसाद आचार्य र सहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर त्रिलोक जोशीसहित नौ जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नक्कली बिलभरपाई बनाई आचार्य र स्वास्थ्य कार्यालय म्याग्दीका आर्थिक सल्लाहकार हरिशंकर शर्माले १ लाख ७८ हजार ४ सय ८६ तथा क्षयकुष्ठ सहायक (पा“चौं) मनीषकुमार महतोले ४ लाख ८१ हजार ९ सय ९५ रुपैयाँ हिनामिना गरेको पुष्टि भएकाले मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 
तालिम कार्यक्रम सञ्चालनका क्रममा नक्कली बिलभरपाई बनाई १ लाख ८ हजार रुपैयाँ भ्रष्टाचार गरेका स्वास्थ्य कार्यालय म्याग्दीकै तथ्यांक अधिकृत मेघनाथ रेग्मीविरुद्ध समेत अर्को मुद्दा दायर गरिएको छ ।

मेजर थापा सैनिक हिरासतमा

काठमाडौं, ८ पुस– नेपाली सेनाले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा पठाइदिने प्रलोभन दिई रकम असुली गर्दै आएका सेनानी (मेजर) सुवास थापालाई पक्राउ गरेको छ । नेपाली सेनाको तालिम निर्देशनालय, भद्रकालीमा कार्यरत थापालाई हिरासतमा लिई अनुसन्धान सुरु गरिएको जानकारी जंगी अड्डा स्रोतले दिएको छ ।
स्रोतका अनुसार सिपाहीदेखि जमदारसम्मका १२ जनाले थापाविरुद्ध आफूहरूसित शान्ति सेनामा पठाइदिन रकम असुलेको उजुरी जंगी अड्डामा दिएपछि अनुसन्धान सुरु भएको हो । थप अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई मंगलबार हिरासतमा लिइएको जानकारीसमेत स्रोतले दिएको छ ।
थापाले शान्ति सेनामा पठाइदिने प्रलोभन लाखौं रुपैयाँ उठाइसकेको समेत स्रोतले उल्लेख गरेको छ । उनले आफू प्रधानसेनापति पूर्णचन्द्र थापाको नजिकको मान्छे भएको दाबी गर्दै शान्ति सेनामा पर्न इच्छुक सैनिकहरूसित रकम असुलेको जानकारीसमेत स्रोतले जनाएको छ ।

दण्डहीनता बढ्नु चिन्ताजनक : आयोग

मौलिक हक कार्यान्वयन गर्न सरकारलाई २० बुँदे सिफारिस
काठमाडौं, ८ पुस– सरकारले मानव अधिकार उल्लंघन तथा ज्यादती गरेकामाथि कानुनबमोजिम कारबाही गर्न नसकेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले चिन्ता प्रकट गरेको छ । आयोगले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेखी दण्डहीनता अन्त्यका लागि मापदण्ड र पद्धति विकास गर्दै राज्य नागरिकप्रति जवाफदेही छ भन्ने पुष्टि गर्न निर्देशन दिएको छ ।
आयोगले सर्वोच्च अदालतको आदेश र मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डबमोजिम सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग (टीआरसी) सम्बन्धी कानुन तत्काल संशोधन गरी पीडितलाई सन्तुष्ट हुने गरी न्याय दिनसमेत सरकारलाई निर्देशन दिएको छ । 
आयोगले संविधानमा व्यवस्था गरिएका सबै मौलिक हकको कार्यान्वयन गर्न सरकारलाई २० बु“दे सिफारिस गरेको हो । सिफारिसपत्रमा आयोगले मौलिक हक कार्यान्वयनका लागि संघीय संसद्बाट पारित ऐनमा त्रुटिहरू रहेको औंल्याउँदै सच्याउन सरकारलाई निर्देशन दिएको छ । आयोग तथा अन्य सरोकारवाला निकायको सहभागितामा मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्डअनुकूल संशोधन गर्ने प्रक्रिया तत्काल अगाडि बढाउनसमेत आयोगले भनेको छ ।

Tuesday, December 24, 2019

‘सिमेन्टको नयाँ गुणस्तर मापदण्ड लागू नगर्नू’

सार्वजनिक लेखा समितिको निर्देशन

काठमाडौं, ७ पुस– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले ओपीसी सिमेन्टको नयाँ गुणस्तर मापदण्ड कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले गत असार १८ मा नेपाल गुणस्तर परिषद्बाट निर्धारित मापदण्डले सिमेन्टको गुणस्तर घट्ने निष्कर्ष निकाल्दै त्यसलाई लागू नगर्न निर्देशन दिएको हो ।
समितिले ओपीसी सिमेन्टको ०५५ जेठ ५ मा निर्धारित पुरानै गुणस्तर मापदण्ड कायम गर्न निर्देशन दिएको छ । पुरानो मापदण्डमा इन्सोलुबल रेसिडियु (आईआर) को मात्रा दुई प्रतिशत र म्याग्नेसियम अक्साइड (एमजीओ) को मात्रा पा“च प्रतिशत रहेकामा परिषद्ले आईआरलाई चार प्रतिशत र एमजीओलाई ६ प्रतिशत बनाएको थियो । मापदण्ड बढाउँदा सिमेन्टको गुणस्तर कमजोर हुने विशेषज्ञहरूको रायका आधारमा समितिले सरकारलाई पुरानै मापदण्ड कायम राख्न भनेको समितिका सचिव रोजनाथ पाण्डेले बताए ।

वडासचिव र असईविरुद्ध मुद्दा

काठमाडौं, ७ पुस– गोकर्णेश्वर नगरपालिकाका वडासचिव दिनेश बाँस्कोटा र प्रहरी सहायक निरीक्षक (असई) श्यामकुमार दाहालसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । बर्दियाको श्रीजय कालिका माविका नक्कली शैक्षिक प्रमाणधारी शिक्षक इन्द्रप्रसाद भट्टराईविरुद्ध समेत आयोगले मुद्दा दायर गरेको छ ।
वडासचिव बाँस्कोटा र असई दाहालले सेवाग्राहीसित घूस लिएको र शिक्षक भट्टराईले नक्कली प्रमाणपत्रका आधारमा सेवा प्रवेश गरेको छानबिनबाट पुष्टि भएकाले उनीहरू विरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

Monday, December 23, 2019

घूस लिने/दिने ६ जनाविरुद्ध मुद्दा

काठमाडौं, ६ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको अभियोगमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित ६ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक रामकिशोर साहले सेवाग्राहीसित ठगीसम्बन्धी उजुरी मिलाइदिने बहानामा ९० हजार घूस लिएको छानबिनबाट पुष्टि भएकाले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
ट्राफिक प्रहरी पोस्ट महेन्द्रनगर, धनुषाका प्रहरी सहायक निरीक्षक नवीनकुमार झा, मालपोत कार्यालय सर्लाहीका खरिदार देवीचरण न्यौपाने र लेखनदास केशवबहादुर कार्की तथा काठमाडौं नापी कार्यालय सा“खुका अमिन सुशील बुढाथोकी र सेवाग्राही ज्ञानबहादुर कार्कीविरुद्ध मुद्दा दायर गरिएको हो ।

राष्ट्रिय सभामा ११ दल

काठमाडौं, ६ पुस– राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सदस्यका लागि आगामी माघ ९ मा हुने चुनावका लागि ११ वटा पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् ।
निर्वाचन आयोगका अनुसार, दल दर्ताका लागि निवेदन दिने दलमा सत्तारूढ नेकपा, प्रमुख प्रतिपक्षी कांग्रेस, समाजवादी पार्टी, राजपा, नेपाली जनता दल, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल संघीय समाजवादी पार्टी, राप्रपा र राप्रपा (संयुक्त) छन् ।

हङकङमा ट्रान्जिट भिसा माग

काठमाडौं, ६ पुस– प्रमुख प्रतिपक्षी कांग्रेसले नेपालीलाई हङकङमा ट्रान्जिट भिसा पाउने व्यवस्था गर्ने विषयमा चीन सरकारसँग कूटनीतिक पहल गर्न सरकारसित माग गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण नेतृत्वको टोलीले आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै त्यस्तो माग गरेको हो ।
काठमाडौं–मकाउ आउजाउमा सीधा हवाई उडान छैन । रोजगारीका लागि जाने र फिर्नेले हङकङमा कठिनाइ भोग्नुपरिरहेको ज्ञापनपत्रमा उल्लेख छ । मकाउमा वर्क पर्मिट लिई करिब चार हजार नेपाली रोजगारीमा छन् । काठमाडौंं–हङकङ–मकाउ पायक पर्ने रुट रहेकाका कारण हङकङमा नेपालीलाई ट्रान्जिट भिसा दिने व्यवस्था जरुरी रहेको खाँडले बताए ।

Sunday, December 22, 2019

विदेशी पर्यटकको हराएको सामान फिर्ता

काठमाडौं, ५ पुस– पर्यटक प्रहरीले जर्मन नागरिकको हराएको नगद र सामान फेला पारेर शनिबार फिर्ता गरेको छ । पर्यटक प्रहरीले जर्मन नागरिक मुहल पियुस् मोरिटिजलाई नगद र पासपोर्टसहितको झोला फेला पारेर फिर्ता गरेको हो ।
मोरिटिज शनिबार बिहान ठमेलबाट नयाँ बसपार्क जाने क्रममा सामान ट्याक्सीमा छुटेको थियो । मोरिटिजले आफ्नो सामान हराएको निवेदन पर्यटक प्रहरीसमक्ष दिएका थिए ।
पर्यटक प्रहरीले बा १ ज ८४७६ नम्बरको ट्याक्सीमा मोरिटिजको एक लाख रुपैयाँ नगद, मोबाइल र पासपोर्टलगायतका सामान भेटेको हो । पर्यटक प्रहरीले ट्याक्सी चालक रामेछापका हरि श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

तीनै तहका सरकार र जनताको सेयरमा विद्युत आयोजना

  • भेरी–बबई डाइभर्सन आयोजनामा विद्युत् परियोजना निर्माण गर्न कम्पनी खोलिँदै
  • कम्पनीमा केन्द्रको २६, कर्णाली प्रदेशको २० र स्थानीय तहको ५ प्रतिशत सेयर 
  • कर्णाली प्रदेशवासीलाई १०, प्रभावित बासिन्दालाई १० र अन्य सर्वसाधारणलाई २९ प्रतिशत सेयर
काठमाडौं, ५ पुस– संघ, कर्णाली प्रदेश र स्थानीय सरकार तथा प्रदेशवासीको सेयरमा भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत ४६.८ मेगावाटको विद्युत् परियोजना निर्माण हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तीन तहको सरकारको ५१ र जनताको ४९ प्रतिशत सेयर रहने कम्पनी खोलेर विद्युत् परियोजना निर्माण गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार कम्पनीमा केन्द्र सरकारको २६, कर्णाली प्रदेश सरकारको २० र स्थानीय सरकारहरूको ५ प्रतिशत सेयर रहने छ । ‘कम्पनीमा कर्णाली प्रदेशका जनतालाई १०, प्रभावित क्षेत्रका बासिन्दालाई १० र मुलुकभरका सर्वसाधारणलाई २९ प्रतिशत सेयर दिइनेछ,’ भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख सञ्जीव बरालले भने ।
मन्त्रालयले राष्ट्रिय गौरवको आयोजना मातहत विद्युत् परियोजना निर्माणका लागि कम्पनी खोल्न प्रबन्धपत्र नियमावली तयार गरिरहेको छ । प्रबन्धपत्र तयार भएपछि कम्पनी रजिस्ट्रार कार्यालयमा भेरी–बबई डाइभर्सन विद्युत् कम्पनी दर्ता गरिने ऊर्जा मन्त्रालयका सहसचिव प्रवीणराज अर्यालले बताए । ‘छिट्टै प्रबन्धपत्र नियमावली बनाई कम्पनी दर्ता गरेर आयोजनाको काम अघि बढाइनेछ,’ उनले भने ।

Thursday, December 19, 2019

मुलुकमा १७ लाख बेरोजगार !

एक वर्षमा ५१ हजार ७ सयभन्दा कम आर्जन गर्ने (न्यूनतम दैनिक पारिश्रमिक ५ सय १७) बेरोजगार
 
काठमाडौं, २ पुस– मुलुकमा कति बेरोजगार छन् ? यकिन तथ्यांक सरकारसँगै छैन । गत वैशाख १४ मा सार्वजनिक केन्द्रीय तथ्यांक विभागको प्रतिवेदनअनुसार कुल जनसंख्यामा ७९ लाख ९४ जना श्रमशक्ति छ । तीमध्ये ९ लाख ८ हजार बेरोजगार छन् । अर्थात् कुल श्रमशक्तिको ११.४ प्रतिशत बेरोजगार छन् । विभागले मुलुकभरका १८ हजार घरपरिवारमा नमुना श्रमशक्ति सर्वेक्षण गरी तथ्यांक सार्वजनिक गरेको हो । नमुना सर्वेक्षण भएकाले बेरोजगारीको यो तथ्यांक अनुमानित हो, आधिकारिक होइन ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत मुलुकका ७ सय ५३ वटै स्थानीय तहबाट संकलन गरेको बेरोजगारको तथ्यांक विभागको भन्दा झन् कहालीलाग्दो छ । ७ सय ५३ स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रले देशभरबाट १७ लाख बेरोजगारको विवरण संकलन गरेका छन् ।  यो मुलुकको कुल श्रमशक्तिको २१.५४ प्रतिशत हो ।
मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न सबै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रको अनलाइनमार्फत बेरोजगार व्यक्तिहरूको लिखित निवेदन लिई सूची तयार गरेको हो । सरकारले हरेक वर्ष यस्तो सूची तयार गर्छ । यस वर्षको सूचीकृत हुने म्याद सकिइसकेको छ ।

Wednesday, December 18, 2019

चीनले प्रहरीलाई दियो २३ मोटरसाइकल

काठमाडौं, १ पुस– नेपालका लागि चिनियाँ राजदूतावासले नेपाल प्रहरीलाई २३ वटा मोटरसाइकल सहयोग गरेको छ । दूतावासले मंगलबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई ५६ लाख ३२ हजार ७ सय रुपैयाँ मूल्यबराबरका मोटरसाइकल प्रदान गरेको हो ।
कार्यक्रममा चिनिया“ राजदूतावासका प्रथम सचिव वाङ छियो लङले सदियौंदेखिको नेपाल–चीनबीचको मैत्री सम्बन्ध प्रगाढ रहेको उल्लेख गर्दै सहयोग त्यसैको प्रतीक भएको बताए । महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी सुशील थापा क्षेत्रीले चिनिया“ सहयोगमा प्राप्त मोटरसाइकलले प्रहरी परिचालनलाई सहज बनाउने विश्वास व्यक्त गरे ।

चैत ६ देखि एसईई

काठमाडौं, १ पुस– यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ मा सुरु हुने भएको छ । परीक्षा १७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले मंगलबार प्रकाशन गरेको सूचनामा उल्लेख छ । बोर्डले नियमित ग्रेड वृद्धि तथा प्राविधिक परीक्षा पनि चैत ६ मै सुरु हुने बताएको छ । 
परीक्षाका बेला आकस्मिक बिदा पर्न गए परीक्षा नियन्त्रण कार्यालयको पूर्वसूचनाबिना परीक्षा स्थगित नहुनेसमेत जानकारी दिएको छ । एसईई बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

बस दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौंं, १ पुस– सिन्धुपाल्चोकमा गत आइतबार भएको बस दुर्घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मंगलबार सहसचिव राजेन्द्रराज शर्माको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिमा गृह मन्त्रालय, ट्राफिक प्रहरी र यातायात व्यवसायीका प्रतिनिधिलाई सदस्य छन् । समितिलाई दुर्घटनाको स्थलगत अध्ययन र छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ । दोलखाबाट राजधानी आउ“दै गरेको बा४ख ४४६८ नम्बरको बस सुनकोसी गाउ“पालिका–७ स्थित छ किलो मोडमा आइतबार दुर्घटना हु“दा १५ जनाको मृत्यु भएको थियो ।

पूर्वसभासद ढुंगेलको निधन

काठमाडौं, १ पुस– कांग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य रामेश्वर ढुंगेलको ६० वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघात भएपछि आइतबार शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएका ढुंगेलको मंगलबार दिउ“सो निधन भएको हो ।
सूर्यविनायक नगरपालिका–५ कटुञ्जे निवासी ढुंगेल २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । ढुंगेलको पशुपति आर्यघाटमा मंगलबार सा“झ दाहसंस्कार गरियो ।
२०४० सालदेखि राजनीतिमा सक्रिय ढुंगेल २०४३ मा कटुञ्जे गाउ“ पञ्चायतको प्रधानपञ्च, २०४९ र २०५४ सालमा तत्कालीन कटुञ्जे गाविसमा अध्यक्ष निर्वाचित भएका थिए । कटुञ्जे घट्टेखोला खानेपानी आयोजनाको अध्यक्ष भएर कटुञ्जेका बासिन्दालाई खानेपानीको व्यवस्था गर्न सफल भएपछि उनी उक्त क्षेत्रमा लोकप्रिय थिए । उनी गणेशमान स्मृति बाटिका प्रतिष्ठानका अध्यक्षसमेत थिए ।

Tuesday, December 17, 2019

गुप्तचरसम्बन्धी विधेयकविरुद्ध कांग्रेसद्वारा विरोधको सूचना दर्ता

काठमाडौं, ३० मंसिर– राष्ट्रिय सभामा पेस भएको नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार विरोधको सूचना दर्ता गरेको छ । कांग्रेसका तर्फबाट राष्ट्रिय सभाका सांसद प्रकाश पन्थले राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभागसम्बन्धी विषय समेटिएको विशेष सेवा विधेयक संविधानविपरीत रहेको जिकिर गर्दै विरोधको सूचना दर्ता गरेका हुन् । संविधानको मौलिक हकले प्रदान गरेको नागरिक स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने, नागरिकका हरेक सूचना चुहावट हुने, गोपनीयता भंग हुने र स्वतन्त्रतालाई समाप्त गर्ने गरी राखिएका प्रावधान संविधान प्रतिकूल रहेको उल्लेख गर्दै विधेयक फिर्ता लिन माग गरिएको छ । विधेयक राष्ट्रिय सभा बैठकमा प्रस्तुत गर्न अनुमति माग्ने सरकारको प्रस्तावविरुद्ध सूचना दर्ता गरेको पन्थले बताए ।

५ लाख घूस खाने मालपोत अधिकृतविरुद्ध मुद्दा

काठमाडौं, ३० मंसिर– मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख मालपोत अधिकृत रामबाबु मण्डलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मण्डलले सेवाग्राहीसित ५ लाख रुपैयाँ घूस लिएको छानबिनबाट पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
मण्डलले उच्च अदालत जनकपुर, राजविराज इजलासको पुनरावेदनमा विचाराधीन मुद्दाको सिलसिलामा सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने निर्णयसहितका कागजात उपलब्ध गराउन आनाकानी गरी घूस लिएको आयोगको विज्ञप्तिमा उल्लेख छ । ५ लाख बिगो कायम गरी डेढ वर्ष कैद र जरिवाना गर्न अख्तियारले आरोपपत्रमा मागदाबी गरेको छ ।

डीएसपी राईलाई सफाइ

काठमाडौं, ३० मंसिर– भ्रष्टाचारको अभियोग मुद्दामा नेपाल प्रहरीका डीएसपी श्यामकुमार राईलाई विशेष अदालतले सफाइ दिएको छ । न्यायाधीशहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजलासले राईलाई सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७५ असोज २० मा महानगरीय प्रहरी वृत्त बौद्धका तत्कालीन प्रमुख राईलाई कार्यकक्षबाटै १ लाख ४० हजार रुपैयाँ घूस रकमसहित पक्राउ गरेको थियो । १ लाख ४० हजार बिगो मागदाबी गरी राईविरुद्ध ०७५ कात्तिक २८ मा आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

सांसदलाई ६ करोड नदिन सांसदहरूकै रिट

काठमाडौं, ३० मंसिर– सांसदहरूले नै स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका कुनै पनि काम अघि नबढाउन तत्काल अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सांसदहरू रंगमती शाही, प्रकाश पन्थ र प्रकाश रसाइलीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमसम्बन्धी नियमावली संविधानविपरीत रहेकाले बदर गर्नुपर्ने जिकिरसहित सोमबार सर्वोच्चको संवैधानिक इजलासमा रिट दायर गरेका हुन् ।
निवेदकहरूले कार्यक्रमको नियमावली संविधानको धारा १८, ८३, ८४ र ८६ स“ग बाझिने उल्लेख गर्दै त्यसलाई उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरेका छन् । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली, २०७६ मार्फत प्रतिनिधिसभाका हरेक निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।

Saturday, December 14, 2019

काम नगर्ने चार ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौं, २८ मंसिर– सार्वजनिक खरिद अनुगमन कार्यालयले लामो समयदेखि ठेक्का ओगटने, तर काम नगर्ने चार ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयको बैठकले सार्वजनिक खरिद ऐनबमोजिम शनिबारदेखि लागू हुने गरी ती चार कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।
ठेक्का सम्झौता गरी मोबिलाइजेसन खर्च (पेश्की रकम) बुझेर लामो समयसम्म दुरुपयोग गर्ने र कामै नगर्ने प्रवृत्तिमाथि अंकुश लगाउन कानुनबमोजिम ठेकेदार कम्पनीलाई कारबाही गरी कालो सूचीमा राख्ने क्रमलाई तीव्र पारिएको जानकारी सार्वजनिक खरिद अनुगमन कार्यालयका अधिकारीले दिएका छन् । 
यस्तो कारबाहीले ठेकेदार कम्पनीहरू ट्र्याकमा आई विकासनिर्माणका काम लक्ष्यित समयमा गर्न बाध्य हुने विश्वाससमेत ती अधिकारीको छ ।

कार्यवाहक वडाध्यक्षविरुद्ध मुद्दा दायर

काठमाडौं, २८ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङ जिल्लाको जहदा गाउँपालिका– १ कार्यवाहक वडा अध्यक्ष उमेशकुमार साहविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । जहदा–१ का वडा सदस्य साहले कार्यवाहक वडाध्यक्षको हैसियतमा ग्राभेल सडक निर्माण योजना कार्यान्वयनका क्रममा सेवाग्राहीसित २१ हजार रुपैयाँ घूस लिएको छानबिनबाट पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले उनीविरुद्ध डेढ महिना कैद सजाय र बिगोबराबर जरिवाना गर्न मागदाबी गरेको छ । यसैगरी अख्तियारले घूस लिएकै अभियोगमा लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय कार्यालय, रूपन्देहीका लेखापाल रत्नेश्वर तिवारीविरुद्ध समेत मुद्दा दायर गरेको छ ।

विस्फोटमा संलग्न अपराधीलाई सरकारले कारबाही गरिछाड्छ : गृहमन्त्री

काठमाडौं, २८ मंसिर– गृहमन्त्री रामबहादुर थापाले धनुषामा शुक्रबार राति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई सरकारले कारवाही गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रहरी निरीक्षक र एकै परिवारका बाबुछोराको ज्यानै लिने गरी गराइएको विस्फोटलाई ‘आततायी घटना’ को संज्ञा दिई सरकारका तर्फबाट त्यसमा संलग्न दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गए राति भएको विष्फोटमा परि नेपाल प्रहरीका, प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह, आनन्द साहको मृत्यु तथा तीन जना स्थानीय घाइते भएको घटनाले स्तब्ध बनाएको छ’ फेसबुकमा थापाले लेखेका छन्– ‘यस प्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानुनी कारवाहीको दायरामा ल्याइछाड्ने सरकारका तर्फबाट प्रतिवद्धता व्यक्त गर्छु ।’

Thursday, December 12, 2019

पत्रकार कुट्ने प्रहरीमाथि छानबिन गर्न समिति

काठमाडौं, २५ मंसिर– नेपाल प्रहरीको महानगरीय प्रहरी कार्यालयले दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम दिन मंगलबार दशरथ रंगशालामा पत्रकारमाथि लाठीचार्ज भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।
कार्यालयले बुधबार एसएसपी श्यामलाल ज्ञवालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा डीएसपी श्यामसिंह चौधरी र मनोहर श्रेष्ठ सदस्य छन् । समितिले बुझाउने छानबिन प्रतिवेदनका आधारमा कुटपिट गर्ने प्रहरीमाथि कारबाही हुने जानकारी कार्यालयले दिएको छ ।

तीन दिन वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २५ मंसिर– जल तथा मौसम विज्ञान विभागले बुधबार रातिदेखि तीन दिनसम्म मुलुकका अधिकांश ठाउँमा मौसम बदली, केही भागमा हल्का वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपात हुने जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार साँझ विशेष बुलेटिन जारी गरी बुधबार साँझ पश्चिमी भूभागबाट नेपालमा न्यून चापीय प्रणाली प्रवेश भएको र पूर्व सर्ने क्रममा रहेको उल्लेख गरेको छ । महाशाखाले मुलुकका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना रहेको जनाएको छ । न्यून चापीय प्रणाली बिहीबार अझै सशक्त भई मुलुकका मध्य र पूर्वी भूभागमा समेत हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

Wednesday, December 11, 2019

ठेकेदारलाई पेश्की रकम बन्द गर्न निर्देशन

काठमाडौं, २४ मंसिर– प्रतिनिधिसभाको अर्थ समितिले भौतिक पूर्वाधार निर्माणका ठेक्का सम्झौता हुनासाथ ठेकेदारलाई दिने गरिएको मोबिलाइजेसन खर्च (पेश्की रकम) दिने व्यवस्था आगामी वर्षदेखि बन्द गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको मंगलबार बसेको बैठकले ठेकेदारबाट मोबिलाइजेसन रकमको दुरुपयोग हुने गरेको निष्कर्ष निकाल्दै आगामी आर्थिक वर्षदेखि रोक्न अर्थ मन्त्राललाई निर्देशन दिएको हो । ठेकेदारलाई मोबिलाइजेसन खर्च दिने व्यवस्था बन्द गर्नका लागि संघीय संसदको यही हिउ“दे अधिवेशनमा सार्वजनिक खरिद ऐन संशोधनका लागि विधेयक ल्याउनसमेत अर्थमन्त्रालयलाई निर्देशन दिएको छ ।
सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार ठेक्का सम्झौता हुनासाथ ठेकेदारले सरकारी निकायहरूबाट कुल ठेक रकमको १५ देखि २० प्रतिशतसम्म मोबिलाइजेसन रकम पाउने गरेका छन् ।

Tuesday, December 10, 2019

हत्यामा संलग्न र आदेश दिने प्रहरीलाई सरकारद्वारा उन्मुक्ति

पौडेल हत्या प्रकरण
आयोगको सिफारिस कार्यान्वयन नभएकामा अध्यक्ष शर्माद्वारा राष्ट्रपतिसमक्ष चिन्ता प्रकट
काठमाडौं, २३ मंसिर– सर्लाहीका कुमार पौडेलको गैरन्यायिक हत्यामा संलग्न दोषी प्रहरीहरूलाई कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको डेढ महिना बढी भइसक्ता पनि सरकारले कार्यान्वयन गर्न चासो दिएको छैन ।
मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले राष्ट्रपति विद्या भण्डारीसमक्ष पौडेल हत्या प्रकरणलगायतका मानव अधिकार उल्लंघनका घटनाहरूमा कारबाही गर्न आयोगले गरेका सिफारिस सरकारबाट कुनै पनि कार्यान्वयन नभएकामा चिन्ता प्रकट गरेका छन् ।
आयोगको वार्षिक प्रतिवेदन आइतबार राष्ट्रपतिसमक्ष पेस गर्ने क्रममा शर्माले त्यस्तो चिन्ता व्यक्त गरेको जानकारी आयोगका अधिकारीले दिएका छन् । शर्माले राष्ट्रपतिसमक्ष हत्यामा संलग्नमाथि कारबाही नहुँदा मुलुकमा दोषीले उन्मुक्ति पाइरहेको र दण्डहीनता बढिरहेको चिन्तासमेत शर्माले प्रकट गरेको जानकारी ती अधिकारीले दिए ।

Monday, December 9, 2019

राष्ट्रिय सभाका एक तिहाइ सदस्यको चुनावी तयारी सुरु

अर्थमन्त्रीसहित १९ सदस्यको कार्यकाल फागुन २० मा सकिँदै
काठमाडौं, २२ मंसिर– निर्वाचन आयोगले राष्ट्रिय सभाका एक तिहाइ सदस्यका लागि चुनाव गराउने तयारी थालेको छ । संघीय संंसद्को माथिल्लो सदन राष्ट्रिय सभाका ५९ मध्ये १९ जना सदस्यको कार्यकाल फागुन २० मा सकिँदै छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार कार्यकाल सकिनुभन्दा कम्तीमा ३५ दिनअघि चुनाव गर्नुपर्छ । माघ १५ भित्र राष्ट्रिय सभामा रिक्त हुने सदस्यका लागि चुनाव गरिसक्नुपर्नेछ । राष्ट्रिय सभा सदस्यको चुनावबारे आयोगले आइतबार कानुनविद्सँग परामर्श गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । सोमबार राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम छ ।

Sunday, December 8, 2019

त्रिविका विद्यार्थीलाई अब एक लाखसम्म निःशुल्क उपचार

त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पसमा समेत अब १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौं, २१ मंसिर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अब आफ्ना सबै विद्यार्थीलाई एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार सुविधा दिने भएको छ । त्रिविले त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पोखरा, धवलागिरी अञ्चल अस्पताल बागलुङ, प्रदेश अस्पताल सुर्खेत र भेरी अञ्चल अस्पताल नेपालगन्जबाट आफ्नो विद्यार्थीलाई एक लाखसम्म निःशुल्क उपचार सुविधा दिने छ ।
हालै बसेको त्रिवि सभा (सिनेट बैठक) ले प्रतिविद्यार्थी दिंदै आएको ५० हजारसम्मको निःशुल्क उपचार सुविधालाई बढाएर १ लाख रुपैयाँ पु¥याएको हो । त्रिविले ती अस्पतालसँग आफ्ना विद्यार्थीलाई निःशुल्क उपचार सेवा दिने सम्झौता गरेको छ ।
मुलुकभरका त्रिवि मातहतका आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीले त्यस्तो उपचार सुविधा पाउने छन् । सम्झौताअनुसार ती अस्पतालले विद्यार्थीलाई प्रयोगशाला परिक्षण र बेड निःशुल्क रूपमा उपलब्ध गराउने छन् ।
त्रिविले विद्यार्थीबाट उपचार खर्चबापत प्रतिविद्यार्थी ५ सय रुपैया“ शुल्क लि“दै आएको छ । 

८ एसपी र २१ डीएसपीको काज सरुवा

काठमाडौं, २१ मंसिर– प्रहरी प्रधान कार्यालयले ८ प्रहरी उपरीक्षक (एसपी) र २१ प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालय कानुन शाखाका एसपी जनार्दन जीसीलाई स्याङ्जा, स्याङ्जाका राजकुमार लम्साललाई प्रहरी प्रधान कार्यालय, सर्लाहीका गोपालचन्द्र भट्टराईलाई प्रहरी प्रधान कार्यालय कानुन शाखा र प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका विश्वमणि पोखरेललाई सर्लाहीमा सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ ।
त्यसैगरी महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी रविकुमार पौडेललाई जिल्ला प्रहरी कार्यालय काभ्रे, काभ्रेका जयराज सापकोटालाई २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर, धादिङका एसपी राजकुमार बैदवारलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा र कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी रवीन्द्र रेग्मीलाई धादिङमा काज सरुवा गरिएको छ ।

Thursday, December 5, 2019

नर्सविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १८ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय पाल्पाकी नर्स (छैटौं तह) कल्पना पौडेलविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पौडेलले बन्ध्याकरण शिविर सञ्चालनका क्रममा फर्जी बिल बनाई ८१ हजार रुपैया“ अनियमितता गरेको छानबिनबाट पुष्टि भएकाले उनीविरुद्ध डेढ महिना जेल सजाय मागदाबी गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

Tuesday, December 3, 2019

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल जारी नहुने

अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन
काठमाडौं, १६ मंसिर– सरकारले संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संंशोधन गर्ने अध्यादेश तत्काल जारी नगर्ने भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस तथा संविधानविद्हरूले अध्यादेशको विरोध गरेको र संघीय संसद्को हिउ“दे अधिवेशनसमेत आउन लागेकाले सरकारले तत्काल जारी नगर्ने मनस्थिति बनाएको प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीले जानकारी दिएका छन् ।
मंसिर ३ मा बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्को बहुमतको निर्णयबाट संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको सिफारिस गर्न सकिने व्यवस्था राखी अध्यादेश ल्याउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा विचाराधीन छ ।
सरकारका तर्फबाट तत्काल जारी नगर्न राष्ट्रपतिलाई अनुरोध गरिएका कारण अध्यादेश रोकिएको ती अधिकारीले बताए । मन्त्रिपरिषद्ले अध्यादेश फिर्ता लिने या जारी नगर्ने कुनै निर्णय भने गरिसकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ९ मा एक टीभी अन्तर्वार्तामा ‘अध्यादेश जारी भएको त छैन नि’ भन्ने अभिव्यक्ति दिएको र त्यो नै सरकारको आधिकारिक धारणा भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । अध्यादेश जारी हुने या नहुने भन्नेबारे थापाले केही बताएनन् ।

Monday, December 2, 2019

पालिकाहरूमा आर्थिक दुरुपयोग बढ्यो : अख्तियार

बेथिति नियन्त्रण गर्न तीनवटै सरकारलाई निर्देशन
काठमाडौं, १५ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाहरूमा अनियमितता बढेको बताएको छ । उपभोक्ता समितिका पदाधिकारी र कर्मचारीको मिलेमतोमा योजना कार्यान्वयनका लागि कानुनी प्रक्रिया पूरा नगरी रकम भुक्तानी दिई अनियमितता गर्ने प्रवृत्ति बढेको अख्तियारको निष्कर्ष छ । 
प्रदेश तथा पालिकाहरूमा भएका अनियमिततासम्बन्धी परेका उजुरी, योजना कार्यान्वयन तथा व्यवस्थापन, सेवा तथा खरिद कार्य, कर्मचारी व्यवस्थापन, सामाजिक सुरक्षा भत्ता तथा सेवा सुविधा वितरण, सार्वजनिक जग्गा सिफारिस, शिक्षा क्षेत्र व्यवस्थापनलगायत विषयमा अनुसन्धान गर्दा त्यस्तो अनियमितता भेटिएको अख्तियारले जानकारी दिएको छ ।
पालिकाहरूले उपभोक्ता समितिलाई पेस्की दिने, कामै नगरी फछ्र्योट गर्ने, योजना सम्पन्न नगरी कार्यसम्पन्न प्रतिवेदन बनाई वा नबनाई भुक्तानी दिने तथा कमिसन लिई कार्य सम्पन्न नभएका आयोजनाको फरफारकसमेत गर्ने, पालिकाहरूले उद्योग र कलकारखाना स्थापनाका लागि भन्दै कानुनी प्रक्रियाविपरीत सहमति एवं सिफारिस दिने गरेको र वातावरणीय प्रभावको अध्ययनबिनै मिलेमतोमा वनजंगल र खोलानालाको दोहन गर्न दिइरहेको अख्तियारले बताएको छ ।

पुराना पदाधिकारी नियुक्ति नगर्न द्वन्द्वपीडितको ज्ञापनपत्र

काठमाडौं, १५ मंसिर– द्वन्द्वपीडित साझा चौतारी नेपालले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पुराना पदाधिकारीलाई पुनः नियुक्ति नगर्न माग गर्दै आइतबार संघीय संसद्लाई ज्ञापनपत्र दिएको छ ।
चौतारीले पीडितको भावनाविपरीत पदाधिकारी नियुक्ति नगर्न आग्रह गर्दै आइतबार संघीय संसद्का सभामुखको सचिवालय, प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकारी समिति र राष्ट्रिय मानवअधिकार आयोगमा ज्ञापनपत्र दिएको हो । ‘पीडितको भावनालाई कुल्चिएर पुरानै पदाधिकारीको पुनः नियुक्ति संसद्को समेत अपमान र ऐनको भावनाविपरीत हुन्छ,’ ज्ञापनपत्रमा भनिएको छ ।

दुई सहायक रजिस्ट्रार र इन्जिनियरविरुद्ध मुद्दा

काठमाडौं, १५ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिस्ट्रारको कार्यालयका दुई सहायक रजिस्ट्रार र ललितपुर महानगरका इन्जिनियरसहित ६ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले कम्पनी रजिस्ट्रारको कार्यालयका सहायक रजिस्ट्रार टंकबहादुर भट्टराई र सेवाग्राही सुनिल आचार्यविरुद्ध घूस लेनदेन गरेको अभियोगमा मुद्दा दायर गरेको हो । भट्टराईले सेवाग्राहीको कम्पनी अद्यावधिक गर्ने क्रममा २० हजार रुपैयाँ घूस लिएको पुष्टि भएको भन्दै अख्तियारले उनीविरुद्ध डेढ महिना जेल सजाय र बिगो बराबर जरिवानाको मागदाबी गरेको छ । 
अख्तियारले कम्पनीसम्बन्धी प्रशासनिक कामको सिलसिलामा सेवाग्राहीसित घूस लिएको अभियोगमा कम्पनी रजिस्ट्रारको कार्यालयका अर्का सहायक रजिस्ट्रार सीताराम खड्काविरुद्ध समेत मुद्दा दायर गरेको छ । खड्कालाई डेढ महिना जेल सजाय र बिगो बराबर जरिवाना गर्न अभियोगपत्रमा मागदाबी गरिएको छ ।

Sunday, December 1, 2019

उपचुनावमा सत्ताको दुरुपयोग भयो : कांग्रेस

काठमाडौं, १४ मंसिर– विपक्षी कांग्रेसले सत्तापक्षले उपनिर्वाचनमा सरकारी साधनस्रोत दुरुपयोग गरेको आरोप लगाएको छ । सत्ताको संरक्षणमा भौतिक आक्रमण तथा अनेक भय र प्रलोभनका घटना भएको समेत उल्लेख गर्दै कांग्रेसले त्यसप्रति आपत्ति जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गरी निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा गराउनुपर्नेमा सरकारले आफ्नो पार्टीलाई विजय गराउने ध्याउन्नमा सत्ता दुरुपयोग गरेको बताएका छन् । उपनिर्वाचनमा सत्तापक्षको भूमिका निष्पक्ष नहुनु लोकतान्त्रिक अभ्यासका लागि समेत प्रतिकूल भएको टिप्पणी कांग्रेसले गरेको छ । उसले विज्ञप्तिमा सरकारले चुनावलाई प्रभावित पार्न कहाँ कहाँ र कसरी सत्ता दुरुपयोग ग¥यो भन्नेचाहिँ उल्लेख गरेको छैन ।

गेस्टहाउस सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १४ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीलाई घूस दिन खोजेको अभियोगमा काठमाडौं, टोखा नगरपालिकास्थित ‘आगमन फुडल्यान्ड एन्ड गेस्टहाउस’ की सञ्चालक सोममाया राईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार गेस्टहाउस जाँच नगरिदिन आग्रह गर्दै प्रहरी टोलीलाई घूस दिन खोजेकी राई ५० हजार रुपैयाँसहित पक्राउ परेकी थिइन् । राईले घूस दिन खोेजेको पुष्टि भएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐनअनुसारको कसुर भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अभियोगपत्रमा डेढ महिना जेल सजाय र घूस दिन खोजेको रकम जफत गर्न मागदाबी गरेको छ ।

Friday, November 29, 2019

घूस लिने र दिनेविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १२ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लेनदेन गरेको अभियोगमा ५ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले घूस लिने यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधारा काठमाडौंका शाखा अधिकृत शुक्रप्रसाद भट्टराई र दिने किरण देउला, उत्तमविक्रम शाही, रमेशकुमार केसी र सुरेश छुस्याकीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मोटरसाइकलको रजिस्ट्रेसन पास गर्नका लागि भट्टराई र रिकन्डिसन हाउसका प्रतिनिधिहरू देउला, शाही, केसी, छुस्याकीबीच घूस लेनदेन भएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । उनीहरूलाई बिगोबराबर जरिवाना र जेल सजाय गर्न अख्तियारले अभियोगपत्रमा मागदाबी गरेको छ ।

सागमा दुई दिन गाडीमा जोर र बिजोर प्रणाली

काठमाडौं, १२ मंसिर– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा राजधानीको चक्रपथभित्र ट्राफिक जाम हुन नदिन सबै निजी तथा सार्वजनिक सवारी साधनमा दुई दिन जोर र बिजोर प्रणाली लागू गरिने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथभित्र सागको उद्घाटनका दिन मंसिर १५ मा बिजोर र समापनका दिन मंसिर २४ गते जोर नम्बर प्लेटका गाडीमात्र चलाउन दिने भएको छ ।
महाशाखाले सागको उद्घाटन र समापनका दिन ट्राफिक जाम हुन नदिन दुई दिन जोर र बिजोर प्रणाली लागू गर्ने निर्णय भएको जनाएको छ । यो निर्णय सागको डेलिगेसन कार्ड भएका गाडी र अत्याावश्यक सवारी साधन दमकल, एम्बुलेन्स, पानी बोकेका गाडीमा लागू नहुनेसमेत महाशाखाले जनाएको छ ।

Thursday, November 28, 2019

अब विकास आयोजनाहरूलाई विस्फोट पदार्थको आपूर्ति सहज : सेना

काठमाडौं, ११ मंसिर– नेपाली सेनाले विकास आयोजनाहरूलाई आवश्यक पर्ने विस्फोटक पदार्थको आपूर्ति प्रक्रिया थप सरल र व्यावहारिक बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । आवश्यक विस्फोटक पदार्थ समयमै नपाएका कारण विकासनिर्माण कार्य अघि बढाउन समस्या परिरहेको गुनासो गर्दै आएका विकासे मन्त्रालयका अधिकारी र सरोकारवालाहरूसमक्ष सेनाले आपूर्ति प्रक्रिया व्यावहारिक र सरल बनाउने आश्वासन दिएको हो ।
सेनाको जंगी अड्डाले सरोकारवालाहरूसित बुधबार अन्तक्र्रिया गरी आफ्नो सुनाचारी इमल्सन प्लान्ट र स्वयम्भु बारुदखानाबाट उत्पादित विस्फोटक पदार्थको गुणस्तर र उत्पादन क्षमताको जानकारी दिई आपूर्तिको सुनिश्चितता र वितरण प्रक्रियालाई सहज बनाउने प्रतिबद्धता व्यक्त गरेको हो ।

पशुपति कोषलाई विद्युतीय गाडी सहयोग

काठमाडौं, ११ मंसिर– भारतीय महिला संघले पशुपति विकास कोषलाई सहयोगस्वरूप दुइटा विद्युतीय सवारी साधन प्रदान गरेको छ । पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने अशक्त तीर्थयात्रीलाई परिसरमा आउजाउ गर्नका लागि ती सवारी साधन सहयोग गरेको हो । उच्च–गुणस्तरको लिथियम आयन ब्याट्रीजडित ती सवारी साधन आठ सिट क्षमताका छन् ।
संघकी अध्यक्ष नम्रिता पुरीले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकाललाई पशुपति परिसरमा बुधबार ती सवारी साधन हस्तान्तरण गरेको भारतीय दुतावासले जनाएको छ । संघ भारतीय राजदूतावासको संरक्षकत्वमा रहेको भारतीय महिलाहरूको संगठन हो ।

टुटल र पठाओलाई चल्न देऊ : यातायातमन्त्री

काठमाडौं, ११ मंसिर– भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले निजी मोटरसाइकलमा यात्रुलाई सेवा दिंदै आएका टुटल र पठाओको सेवालाई यथावत रूपमा चल्न दिन निर्देशन दिएका छन् ।
मन्त्री नेम्वाङले यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई बुधबार मन्त्रालयमा बोलाई लामो समयदेखि सञ्चालनमा रहेको सेवा रोकेकामा असन्तुष्टि व्यक्त गर्दै टुटल र पठाओलाई यथावत रूपमा चल्न निर्देशन दिएको जानकारी मन्त्रालय स्रोतले दिएको छ ।

Wednesday, November 27, 2019

पत्रकार कसजू रहेनन्

काठमाडौं, १० मंसिर– पत्रकार एवं बाल साहित्यकार विनयकुमार कसजूको मंगलबार निधन भएको छ । मुटु र श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित कसजूको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
निमोनियाका कारण गम्भीर बिरामी भएपछि उनलाई कात्तिक १९ मा मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । गुल्मीको रिडीमा २००४ सालमा जन्मेका कसजूका श्रीमती र तीन छोरा छन् । उनी राष्ट्रिय सूचना आयोगका पहिलो अध्यक्ष हुन् । उनी राष्ट्रिय समाचार समिति (रासस) मा सञ्चालक समिति सदस्यसमेत भएका थिए ।
कसजू मुलुकमा ग्रामीण पत्रकारिता र सामुदायिक रेडियोका अभियन्ता मानिन्छन् । उनले देउराली पत्रिकासमेत प्रकाशन गरेका थिए । कसजूले पत्रकारिता र बाल साहित्यका माध्यमबाट बालबालिकालाई कविता र कथा लेख्न सिकाउन योगदान गरेका थिए ।

सवा ७ लाख भ्रष्टाचार गर्नेविरुद्ध मुद्दा

काठमाडौं, १० मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाल्पाको मोहन कन्या माध्यमिक विद्यालयमा भवन तथा शौचालय निर्माणका क्रममा सवा ७ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै संलग्नविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज ढकाल, प्रधानाध्यापक दीपकप्रसाद ज्ञवाली, पूर्वप्रधानाध्यापक केशलक्ष्मी श्रेष्ठ र तत्कालीन जिल्ला शिक्षा कार्यालय पाल्पाका सब–इन्जिनियर रामस्वरूप चौधरीले निर्माणका क्रममा नक्कली बिलभर्पाइ पेस गरी ७ लाख ३० हजार रुपैयाँ हिनामिना गरेको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

नियुक्ति आचारसंहिताविपरीत : निर्वाचन आयोग

काठमाडौं, १० मंसिर– निर्वाचन आयोगले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिद्वारा  डाक्टर र कर्मचारीको नियुक्ति निर्वाचन आचारसंहिता विपरीत रहेको ठहर गर्दै बदर गर्न निर्देशन दिएको छ ।
आयोगले भक्तपुरमा कात्तिक ८ देखि नै निर्वाचन आचारसंहिता लागू भइसकेकाले मंसिर ९ मा क्यान्सर अस्पतालमा गरिएको नियुक्तिको निर्णय आचारसंहिता विपरीत भएको ठहर गरेको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा मंगलबार जारी विज्ञप्तिमा २४ घण्टाभित्र नियुक्ति बदर गर्न अस्पताललाई निर्देशन दिइएको उल्लेख छ । भक्तपुरको निर्वाचन क्षेत्र १ (क) मा प्रदेशसभा सदस्यका लागि मंसिर १४ मा उपनिर्वाचन हुँदैछ ।

Tuesday, November 26, 2019

मेडिकल कलेजलाई राष्ट्रियकरण गर ः डा. केसी

काठमाडौं, ९ मंसिर– मेडिकल कलेजले समयसीमाभित्र अतिरिक्त शुल्क फिर्ता नगरे सञ्चालकविरुद्ध ठगी मुद्दा र कलेजलाई राष्ट्रियकरण गर्न डा. गोविन्द केसीले माग गरेका छन् । आफैंले तोकेको शुल्क लागू गर्नुको सट्टा सरकारले बढी शुल्क लिने कलेजको संरक्षण गरिरहेको उनको आरोप छ ।
‘सरकारले दिएको पछिल्लो अल्टिमेटम सकिँदा पनि शुल्क फिर्ता नभएकाले तत्काल ठगी गर्नेहरूलाई पक्राउ गरेर फौजदारी मुद्दा चलाउन तथा मेडिकल कलेजहरूको राष्ट्रियकरणको प्रक्रिया सुरु गर्न पनि माग गर्दछौं,’ सोमबार डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । संरक्षणकै कारण शुल्कमा अर्बौं रुपैया“ कालोबजारी गर्नेहरू दण्डित हुनुको साटो पुरस्कृत हुँदै गएको उनको भनाइ छ ।

पशुपति कोषमा तीन सदस्य नियुक्त

काठमाडौं, ८ मंसिर– पशुपति क्षेत्र विकास कोष सञ्चालक समितिमा तीन जना सदस्य नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट अर्जुनप्रसाद बा“स्तोला, विश्वकरण जैन र आशा पाण्डेलाई कोषको सदस्य नियुक्त गरेको हो । तीनै जना सदस्यको पदावधि चार वर्षको हुनेछ ।

Monday, November 25, 2019

मतपत्र सम्बन्धित ठाउँमा पु¥याइयो : आयोग

काठमाडौं, ८ मंसिर– निर्वाचन आयोगले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मतपत्र र मतदाता परिचयपत्र सम्बन्धित सबै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पु¥याइसकिएको जनाएको छ ।
नेपाली सेनाले मतपत्र र मतदाता परिचयपत्र उपनिर्वाचन हुने ३७ जिल्लामध्ये सुगमस्थानमा गाडीबाट र दुर्गममा हेलिकप्टरको माध्यमबाट ढुवानी गरी पु¥याएको जानकारी आयोगले आइतबार दिएको छ ।

Sunday, November 24, 2019

प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजकले धमाधम छाड्दै जागिर

  • नियुक्त भएको ८ महिनामै १२५ जनाले छाडे, अरू पनि छाड्ने तयारीमा
  • अब रोजगार संयोजक नियुक्तिको अधिकार स्थानीय तहलाई
घरपायक ठाउँमा जान नपाएको, बेजिल्ला र दुर्गममा परेको, पालिकाका निर्वाचित पदाधिकारीसित समन्वय हुन नसकेको र सहयोग नपाएको कारण देखाउँदै राजीनामा
काठमाडौं, ७ मंसिर– प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न केन्द्रबाट नियुक्त गरी ७ सय ५३ स्थानीय तहमा खटाइएका रोजगार संयोजकहरूले धमाधम राजीनामा दिइरहेका छन् । गत फागुन अन्तिम सातायता नियुक्त ७ सय ५३ रोजगार संयोजकमध्ये १ सय २५ जना राजीनामा दिएर स्थानीय तहबाट बिदा भइसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
ठूलो संख्यामा रोजगार संयोजकले छाडेपछि ५ अर्ब रुपैयाँ बजेट रहेको ‘महत्वाकांक्षी’ रोजगार कार्यक्रम कार्यान्वयनमै समस्या उत्पन्न हुने आशंका बढेको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

राउतको पार्टीद्वारा शक्ति प्रदर्शन

काठमाडौं, ७ मंसिर– सीके राउत नेतृत्वको जनमत पार्टीले राजधानी काठमाडौंमा शनिबार शक्ति प्रदर्शन गरेको छ । जनमत पार्टीले जुलुस प्रदर्शन गरी ‘रंगभेदविरुद्ध एकतासभा’ गरेको हो । प्रदर्शनका सहभागीले ‘नो रेसिजम’ लगायतका नारा अंकित प्ले कार्ड र ब्यानर बोकेका थिए । सभालाई सम्बोधन गर्दै नेता राउतले मुलुकमा रहेको रंगभेद अन्त्य गर्न आन्दोलन जरुरी रहेको बताए ।
‘पाइलापाइलामा रंगभेद छ । रंगभेद तपाईंको मन, मस्तिष्क र मानसिकतामा छ, त्यसलाई मेटाउन आन्दोलन जरुरी छ,’ उनले भने ।

हतियार बुझाउन गृहको आग्रह

काठमाडौं, ७ मंसिर– गृह मन्त्रालयले मंसिर १४ मा उपनिर्वाचन हुने ३७ जिल्लाका इजाजतप्राप्त हतियार मंसिर १० भित्र सरकारलाई बुझाउन आग्रह गरेको छ । मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गरी उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन व्यक्तिगत हतियार नजिकको स्थानीय प्रहरी कार्यालयमा बुझाउन भनेको हो । 
कास्की, बागलुङ, दाङ, भक्तपुर, पाँचथर, भोजपुर, सुनसरी, मोरङ, संखुवासभा, खोटाङ, सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, चितवन, लमजुङ, नवलपरासी (पूर्व), गुल्मी, अर्घाखा“ची, कपिलवस्तु, प्यूठान, रोल्पा, बाँके, सल्यान, हुम्ला, बाजुरा, अछाम, डोटी, कञ्चनपुर र बैतडी जिल्लामा उपनिर्वाचन हुँदै छ । 

Saturday, November 23, 2019

इन्जिनियरसहित तीन जनाविरुद्ध मुद्दा

काठमाडौं, ६ मंसिर– घूस लिएको अभियोगमा शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा शिक्षा विकास निर्देशनालय प्रदेश ५ बुटवलका इन्जिनियर सन्दीप पौडेल र जेसीभी चालक विक्रम बस्नेत तथा पश्चिम रुकुम जिल्ला अदालतका नायब सुब्बा रमेशकुमार खड्का छन् ।
 इन्जिनियर पौडेल र चालक बस्नेतले विद्यालय भवन निर्माण सकिएर अन्तिम किस्ता भुक्तानीका क्रममा सेवाग्राहीसँग १ लाख २० हजार रुपैयाँ घूस लिएको पुष्टि भएको थियो ।

पत्रकार गुरुवाचार्य रहेनन्

काठमाडौं, ६ मंसिर– वरिष्ठ पत्रकार विनय गुरुवाचार्यको शुक्रबार बिहान निधन भएको छ।लामो समयदेखि पार्किन्सनसम्बन्धी समस्याबाट पीडित ८२ वर्षीय गुरुवाचार्यको थापाथलीस्थित आफ्नै निवासमा निधन भएको हो।
गुरुवाचार्यले अमेरिकामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय समाचार समिति एसोसिएटेड प्रेस (एपी) को काठमाडौंस्थित प्रतिनिधिका रूपमा ३८ वर्ष काम गरेका थिए । उनको शनिबार अन्त्येष्टि हुने परिवारले जनाएको छ । गुरुवाचार्यका श्रीमती, एक छोरा र एक छोरी छन् ।

Friday, November 22, 2019

उपनिर्वाचनको अनुगमन गर्न आग्रह

काठमाडौं, ६ मंसिर– निर्वाचन आयोगले मंसिर १४ गते हुने उपनिर्वाचनको अवलोकन गर्न नेपालस्थित कूटनीतिक नियोग, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमसहितका अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधि र विकास साझेदारलाई आग्रह गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूलाई आयोगको कार्यालयमा सम्बोधन गर्दै उपनिर्वाचनको अनुगमन गर्न आह्वान गरेका हुन् । उनले उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, कम खर्चिलो र भयरहित वातावरणमा हुने बताए । उनले निर्वाचनको तयारी पूरा भइसकेको जानकारी गराए ।

नेकपाबाट आचारसंहिता उल्लंघन : कांग्रेस

काठमाडौं, ६ मंसिर– कांग्रेसले सत्तारूढ नेकपाले उपनिर्वाचन आचारसंहिताविरोधी क्रियाकलाप गरिरहेको आरोप लगाउँदै त्यसलाई रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । कांग्रेसको अनुगमन तथा निर्वाचन आयोग समन्वय समितिले बिहीबार विज्ञप्ति जारी गरी नेकपा र सार्वजनिक पदमा रहेका जनप्रतिनिधिहरूले नयाँ कार्यक्रम र बजेट दिने घोषणा गरी मतदातालाई प्रभावित पार्नेलगायतका क्रियाकलाप गरिरहेको आरोप लगाएको हो । 
‘उपनिर्वाचन हुने स्थानहरूमा सरकार र सोसम्बद्ध दलका सार्वजनिक पद धारण गरेका व्यक्ति प्रचारप्रसारमा लाग्ने, नया“ योजना, कार्यक्रम र बजेट दिने, अवाञ्छित क्रियाकलाप गरी मतदातालाई प्रभावित पार्नेलगायतका क्रियाकलाप भइरहेका छन्,’ कांग्रेसको विज्ञप्तिमा छ, ‘यस्ता कार्यको हामी घोर भत्र्सना र आचारसंहिताविपरीतका गतिविधि भविष्यमा नदोहो¥याउन सचेत गराउँछौं ।’

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

काठमाडौं, ६ मंसिर– नवनियुक्त ६ मन्त्रीले बिहीबार बिहान शपथग्रहण गरेका छन् । शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
शपथ लिएका मन्त्रीमा हृदयेश त्रिपाठी (संघीय मामिला तथा सामान्य प्रशासन), घनश्याम भुसाल (कृषि तथा पशुपन्छी विकास), लेखराज भट्ट (उद्योग, वाणिज्य तथा आपूर्ति), रामेश्वरराय यादव (श्रम, रोजगार तथा सामाजिक सुरक्षा), वसन्तकुमार नेम्बाङ (भौतिक पूर्वाधार तथा यातायात) र पार्वत गुरुङ (महिला, बालबालिका तथा ज्येष्ठ नागरिक) छन् ।
कार्यक्रममा नवनियुक्त तीन राज्यमन्त्रीले पनि शपथ लिए । प्रधानमन्त्री केपी ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए । नवनियुक्त राज्यमन्त्रीमा मोतीलाल दुगड (उद्योग), नवराज रावत (स्वास्थ्य) र रामवीर मानन्धर (सहरी विकास) छन् ।

सीमा अतिक्रमण निरीक्षण गर्न समिति

चार बलात्कारपीडितलाई ५/५ लाख
काठमाडौं, ६ मंसिर– सरकारले भारत र चीनसँग विवादित सीमा क्षेत्रको स्थलगत निरीक्षण गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले मंगलबार नेपाल–भारत र नेपाल–चीन सीमा निरीक्षण गर्न छुट्टाछुट्टै समिति गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
सरकारले समितिमा रहेका अधिकारीहरूको नाम भने सार्वजनिक गरेको छैन । भारतले नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नोतर्फ पारेर हालै नक्सा सार्वजनिक गरेपछि सीमा विवादको विषयलाई कूटनीतिक पहलबाट समाधान गर्नुपर्ने आवाज उठ्दै आएको छ ।

Thursday, November 21, 2019

दुई सचिवको सरुवा

काठमाडौं, ५ मंसिर– सरकारले प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा सरुवा गरेको छ । सचिव महेन्द्र गुरुङले ५८ वर्ष उमेर पुगी दुई साताअघि अनिवार्य अवकाश पाएपछि सञ्चार मन्त्रालय प्रशासनिक नेतृत्वविहीन भएको थियो । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका सचिव रामकृष्ण सुवेदीलाई भने प्रदेश २ को प्रमुख सचिवमा सरुवा गरिएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उनीहरूको सरुवा गरेको हो ।

प्रधानमन्त्रीको नयाँ निवास बनाइँदै

काठमाडौं, ५ मंसिर– सहरी विकास तथा भवन निर्माण विभागले बालुवाटारमा प्रधानमन्त्रीको नयाँ निवास निर्माण सुरु गरेको छ । पञ्चायतकालमा निर्मित पुरानो भवन भत्काई विभागले नयाँ बनाउन लागेको हो । भवनको लागत ३३ करोड ८० लाख रुपैयाँ छ । 
नयाँ भवन नबनेसम्म प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवासभित्र दक्षिणतर्फ रहेको अर्को भवनमा बस्ने विभाग स्रोतले जानकारी दिएको छ । निर्माण ठेक्का पाएको कन्टेक प्रालिले ०७८ भदौ ११ भित्र नयाँ भवन बनाइसक्ने विभागले जानकारी दिएको छ ।

न्यौपाने अध्यक्ष नियुक्त

काठमाडौं, ५ मंसिर– सरकारले तारा गाउँ विकास समितिको अध्यक्षमा प्रह्लाद न्यौपानलाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट न्यौपानेलाई चार वर्षका लागि अध्यक्ष नियुक्त गरेको हो । 
समितिले मुलुकका चार ठाउँमा तारागाउँ रिसोर्ट होटल सञ्चालन गर्नुका साथै पर्यटन प्रवद्र्धनको काम गर्दै आएको छ ।

१९ लाख भ्रष्टाचार आरोपमा ३ जनाविरुद्ध मुद्दा

काठमाडौं, ५ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कोसी अञ्चल कार्यालय, विराटनगरका तत्कालीन कार्यालय प्रमुख नवीनचन्द्र झासहित तीन जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 
मुद्दा दायर गरिएकामा झाका अतिरिक्त भण्डारण शाखाका प्रमुख दिलचन्द्र राई र सहायक खगेन्द्र बस्नेत छन् । उनीहरूमाथि अञ्चल कार्यालयको गोदाममा रहेको रासायनिक मल बिक्रीको रेकर्ड नराखी १९ लाख ७ हजार रुपैयाँ हिनामिना गरेको आरोप छ । अख्तियारले नवलपरासीको जनता माध्यमिक विद्यालय सुक्रौलीका व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष पूर्णवासी यादव (अहिर) र धनुषाको राष्ट्रिय प्राथमिक विद्यालयकी शिक्षक संगीताकुमारी महतोविरुद्ध समेत भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

Wednesday, November 20, 2019

चिनियाँ लामामाथि छानबिन गर्न समिति

काठमाडौं, ३ मंसिर– बौद्ध स्तूप क्षेत्रको बौद्ध घ्याङ गुठीका चिनियाँ लामाका विषयमा उत्पन्न विवाद छानबिन गरी समस्या समाधानका लागि सुझाव दिन पाँच सदस्यीय समिति गठन गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिमा गृह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, गुठी संस्थान र पुरातŒव विभागका प्रतिनिधि सदस्य छन् ।

Tuesday, November 19, 2019

त्रिविबाटै बन्यो नक्कली प्रमाणपत्र !

काठमाडौं, १ मंसिर– त्रिभुवन विश्वविद्यालय मातहतको परीक्षा नियन्त्रण कार्यालयबाटै मानविकी विषयमा स्नातक तहको नक्कली लब्धांकपत्र र चारित्रिक प्रमाणपत्र जारी भएको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनका क्रममा तत्कालीन परीक्षा प्रशासन महाशाखा प्रमुख वैकुण्ठप्रसाद थपलियाले नक्कली प्रमाणपत्र जारी गरेको खुलेको हो ।
अख्तियारका अनुसार थपलियाले गोरखापत्र संस्थानका तत्कालीन उपसम्पादक वासुदेव पोखरेललाई नक्कली प्रमाणपत्र बनाइदिएका हुन् । पोखरेल सोही प्रमाणपत्रका आधारमा गोरखापत्र संस्थानमा सेवा प्रवेश गर्नुका साथै बढुवासमेत भएका थिए ।

राष्ट्रपतिसमक्ष दुई आयोगका प्रतिवेदन पेस

काठमाडौं, १ मंसिर– राष्ट्रिय समावेशी आयोग र मधेसी आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आव ०७५÷७६ को वार्षिक प्रतिवेदन पेस गरेका छन् । 
शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्त र राष्ट्रिय समावेशी आयोगकी कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले आआफ्ना आयोगको प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

Monday, November 18, 2019

आचारसंहिता पालना नगरे कारबाही

काठमाडौं, ३० कात्तिक– निर्वाचन आयोगले मंसिर १४ मा हुने उपनिर्वाचनका लागि जारी आचारसंहिताविपरीत काम गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ । आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा आचारसंहिता पूर्णरूपमा पालना गर्न÷गराउन तीनै तहका सरकारसहित सरोकारवाला सबैलाई आग्रह गरिएको छ ।
‘कसैले आचारसंहिताविपरीत काम गरेको पाइए प्रत्येक जिल्लामा उजुरीको सुनुवाइ तथा अनुगमनका लागि मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा रहेको आचारसंहिता अनुगमन समितिले कारबाही अघि बढाउनेछ’ विज्ञप्तिमा भनिएको छ ।

अतिक्रमणको विरोधमा दूतावासअगाडि प्रदर्शन

काठमाडौं, ३० कात्तिक– भारत सरकारद्वारा कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको नेपाली भूमि अतिक्रमण गरिएको विरोधमा कांग्रेसको भ्रातृ संगठन नेविसंघले आइतबार लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ ।
प्रदर्शनमा हस्तक्षेप गरी प्रहरीले नेविसंघका नवराज त्रिपाठी, मनीष सिंखडा, दीपक ओझा, सरोज थापा, सन्तोष पाण्डे र दीपेश ओलीलगायतलाई पक्राउ गरेको थियो । सबैलाई साँझ छाडिदिएको छ ।
उनीहरूले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो भन्दै कालो ब्यानर र कालो बेलुन उडाएर प्रदर्शन गरेका थिए । भारतले नयाँ राजनीतिक नक्सामा आफ्नो भन्दै समावेश गरेको नेपाली भूमि फिर्ता गर्न नेविसंघले माग गरेको छ ।

साढे ३८ लाखसहित पक्राउ

काठमाडौं, ३० कात्तिक– स्रोत नखुलेको साढे ३८ लाख रुपैयाँसहित एकजना भारतीय नागरिकलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले भारत बेतिया, जोगपट्टी थानाका सत्यनारायण प्रसादलाई पक्राउ गरेको हो । भारतीय नोट र हुन्डी कारोबार गर्ने गरेको सूचना पाएपछि वृत्तको टोलीले प्रसादलाई कुलेश्वरस्थित डेराबाटै उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।
प्रसादबाट ३७ लाख ५ हजार रुपैयाँ बराबरका ६ थान चेक, १ लाख १९ हजार भारु, विभिन्न बैंकका ६ थान चेकबुक र मोबाइल बरामद भएको प्रहरीले जनाएको छ । थप छानबिन गरी कानुनी कारबाही गर्न प्रहरीले उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाउने भएको छ ।

Saturday, November 16, 2019

घूस लेनदेनमा ५ पक्राउ, चार जनाविरुद्ध मुद्दा

काठमाडौं, २८ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयं मोटरसाइकल काटमाठौंमा घूस लेनदेनमा संलग्न शाखा अधिकृतसहित ५ जनालाई पक्राउ गरेको छ ।
अख्तियारको टोलीले बुधबार यातायात कार्यालयमा छापा मारी मोटरसाइकल खरिदबिक्रीको रजिस्ट्रेसन पास गरिदिने क्रममा ३ हजार रुपैयाँका दरले घूस लेनदेन गरिरहेका बेला उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकामा यातायात कार्यालयका शाखा अधिकृत शुक्रप्रसाद भट्टराई, रिकन्डिसन हाउसका प्रतिनिधिहरू किरण देउला, उत्तमविक्रम शाही, रमेशकुमार केसी र सुरेश छुस्याकी छन् ।
रिकन्डिसन हाउसका प्रतिनिधिहरूमार्फत् मोटरसाइकल पास गर्न सहज गरिदिने भनी लेनदेन गरिरहेका बेला उनीहरू घूस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरूलाई अख्तियारको हिरासतमा राखी छानबिन अगाडि बढाइएको छ ।

होर्डिङ बोर्ड हटाउन महानगरलाई सर्वोच्चको ताकेता

काठमाडौं, २८ कात्तिक– सर्वोच्च अदालतले होर्डिङ बोर्ड हटाउने आफ्नो पुरानो आदेश कार्यान्वयन गर्न काठमाडौं महानगरपालिकालाई एक साताको अल्टिमेटम दिएको छ । सर्वोच्चले ४ वर्षअघि काठमाडौं उपत्यकाभित्र होर्डिङ बोर्ड नराख्न र राखेको भए हटाउन परमादेश जारी गरेको थियो ।
परमादेशपछि पनि महानगरले होर्डिङ बोर्ड नहटाएको र अझै बढ्दै गएको पाइएपछि सर्वोच्च अदालतमातहतको फैसला कार्यान्वयन निर्देशनालयले पत्र पठाएर हटाउन ताकेता गरिएको हो । निर्देशनालयले पत्रमा महानगरलाई सात दिनभित्र होर्डिङ बोर्डहरू हटाउने काम सुरु गरी कार्यान्वयनको प्रगति विवरण पठाउनसमेत आग्रह गरेको छ ।

Thursday, November 14, 2019

परामर्शदाता छान्नुअघि नै छनौट मापदण्ड सार्वजनिक

आयोजनाका तत्कालीन प्रमुखहरू खाँड र श्रेष्ठलाई सचेत गराइयो
काठमाडौं, २७ कात्तिक– राष्ट्रिय गौरवको काठमाडौं–निजगढं द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका क्रममा परामर्शदाता छान्नुअगाडि नै ‘छनोटको मूल्यांकन मापदण्ड’ को मस्यौदा बाहिरिएको पाइएको छ ।
नेपाली सेनाको ‘कोर्ट अफ इन्क्वारी बोर्ड’ ले आयोजनाको सुपरिवेक्षणका लागि अन्तर्राष्ट्रियस्तरको परामर्शदाता छनोट गर्नुअघि नै मापदण्डको मस्यौदा चुहावट भएको ठहर गर्दै आयोजनाका तत्कालीन र वर्तमान पदाधिकारीलाई सचेत गराएको छ ।
अब आइन्दा त्यस्तो गल्ती नदोहो¥याउन चेतावनीस्वरूप सडक निर्माण आयोजनासँग सम्बन्धित तत्कालीन र वर्तमान सैनिक अधिकारीहरूलाई सचेत गराइएको जानकारी स्रोतले दिएको छ । स्रोतका अनुसार ‘कोर्ट अफ इन्क्वारी बोर्ड’ को छानबिन प्रतिवेदन आएपछि सैनिक सचिव विभागबाट द्रुतमार्ग सडक निर्माण आयोजनाका पूर्वप्रमुख प्राविधिक उपरथी योगेन्द्र खाँड, तत्कालीन प्रमुख सहायक रथी शरदलाल श्रेष्ठसहित प्राविधिक मूल्यांकन बोर्डका सबै सदस्यलाई सचेत गराइएको हो ।

इन्जिनियर र प्रधानाध्यापकविरुद्ध मुद्दा

काठमाडौं, २७ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर सन्तोषकुमार चौधरी र प्रधानाध्यापक नरबहादुर रावलविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कपिलवस्तुको महाराजगंज नगरपालिकाका इन्जिनियर चौधरीले इ–बिडिङसम्बन्धी तालिमको नक्कली प्रमाणपत्र र डोटीको श्री कफल कटेश्वर विद्यालयका प्रधानाध्यापक रावलले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेको छानबिनबाट पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएपछि दुवै जना सेवाबाट निलम्बित भएका छन् ।

Wednesday, November 13, 2019

अधिवक्ताको लाइसेन्स निलम्बन नगर्न अन्तरिम आदेश

काठमाडौंं, २६ कात्तिक– सर्वोच्च अदालतले कानून व्यवसायीको लाइसेन्स निलम्बन गर्ने नेपाल कानुन व्यवसायी परिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोज शर्माको इजलासले मंगलबार परिषदको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । 
परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचारको मुद्दा लागेका आठ अधिवक्ता सुरेन्द्रप्रसाद कोइराला, ताराप्रकाश पौडेल, बाबुराम शर्मा रेग्मी, योगेन्द्र पोखरेल, हरि न्यौपाने, प्रेमसिंह धामी, जगदेव चौधरी र चन्द्रप्रसाद खनालको कानुन व्यवसायी प्रमाणपत्र (लाइसेन्स) निलम्बन गर्ने निर्णय गरेको थियो ।

दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २६ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, कास्कीका खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी मनहरि भट्टराईविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पौडेल र भट्टराईले सेवाग्राहीको जग्गा नामसारी गरिदिने क्रममा १२ हजार रुपैयाँ घूस लिएको छानबिनबाट पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएसँगै पौडेल सेवाबाट निलम्बित भएका छन् ।

Tuesday, November 12, 2019

मालवाहक गाडी नचलाउन आग्रह

काठमाडौं, २५ कात्तिक– महानगरीय ट्राफिक प्रहरी महाशाखाले बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको मंगलबारदेखि कात्तिक २९ सम्म हुने नेपाल भ्रमणको समयमा राजधानीको चक्रपथभित्र ठूला मालबाहक गाडी नचलाउन आग्रह गरेको छ ।
महाशाखाले सोमबार विज्ञप्ति जारी गरी भ्रमणका क्रममा सवारी व्यवस्थापनमा सहयोग गर्नसमेत उपत्यकाबासीलाई आग्रह गरेको छ । विज्ञप्तिमा महाशाखाले भ्रमणका क्रममा मुख्य सडकको प्रयोग नगरी अन्य वैकल्पिक सडकको प्रयोग गर्न तथा अनावश्यक सवारी साधन प्रयोग नगर्नसमेत आग्रह गरेको छ । पुराना र अवस्था ठीक नभएका गाडी नचलाउन तथा हर्नको प्रयोग नगर्नसमेत महाशाखाले भनेको छ ।

मेडिकल कलेजका सञ्चालकको सम्पत्ति छानबिन गर्न सिफारिस

सतर्कता केन्द्रको प्रतिवेदन
चार वर्षमा विद्यँर्थीबाट ३ अर्ब रुपैयाँ ठगिएको दाबी, त्रिवि र केयूका तत्कालीन र वर्तमान पदाधिकारीलाई समेत कारबाही गर्न सुझाव
काठमाडौं, २५ कात्तिक– राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा निजी मेडिकल कलेजका सञ्चालक र तिनका नातेदारको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सिफारिस गरेको छ । ती कलेज सञ्चालकले विद्यार्थी र अभिभावकबाट चार वर्षमा करिब ३ अर्ब रुपैयाँ ठगी गरेको केन्द्रको दाबी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको केन्द्रले स्थलगत छानबिनपछि तयार पारेको प्रतिवेदन विभागलाई उपलब्ध गराएको छ । विद्यार्थी र अभिभावकलाई बिल भर्पाइसमेत नदिई कलेज सञ्चालकले कर छली गरेको र अर्बौं रुपैयाँ अवैध रूपमा आर्जन गरेकाले सम्पत्ति शुद्धीकरण ऐनअनुसार कारबाही गर्न सिफारिस गरिएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त १७ कलेजमध्ये १२ वटाले तोकिएभन्दा थप २३ शीर्षकमा शुल्क उठाएका छन् । प्रतिविद्यार्थी वर्षैपिच्छे २ लाखदेखि २५ लाख ४० हजार ५ सय ३२ रुपैयाँसम्म अतिरिक्त शुल्क लिइएको छ । यसो गर्दा कलेजहरूले ४ वर्षमा २ अर्ब ८५ करोड १३ लाख १६ हजार २ सय ९७ रुपैयाँ ठगी गरेका छन् । विद्यार्थीहरूलाई परिचयपत्र, लाइबे्ररी कार्ड नदिने र परीक्षाबाट वञ्चित गर्ने धम्की दिई रकम असुलिएको केन्द्रले जनाएको छ । उक्त प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र शिक्षा मन्त्रालयलाई समेत बुझाइएको छ ।

Sunday, November 10, 2019

इन्सेकको अध्यक्षमा श्रेष्ठ

काठमाडौं, २३ कात्तिक– अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अध्यक्षमा डा. इन्दिरा श्रेष्ठ निर्वाचित भएकी छन् । इन्सेकको २३ औं साधारणसभाले श्रेष्ठसहित सात सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको सदस्यमा दीपकराज काफ्ले, नजिर मियाँ, गीता बराल, रुद्रबहादुर चर्मकार, रघुनाथ अधिकारी र शोभाकर बुढाथोकी चुनिएका छन् । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले मानव अधिकार र सामाजिक न्यायका लागि इन्सेक अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । 
साधारणसभाले ९ बुँदे घोषणापत्रसमेत सार्वजनिक गरेको छ । घोषणापत्रमा इन्सेकले विधिको शासन र मानव अधिकार रक्षा तथा विकासका लागि राजनीतिक दलका साथै राज्यका विभिन्न निकायस“ग सहकार्य गर्ने, संक्रमणकालीन न्यायको प्रक्रियालाई सक्दो छिटो र पीडितको न्यायको सुनिश्चिततासहित निष्कर्षमा पु¥याउन सशक्त भूमिका निर्वाह गर्ने उल्लेख गरेको छ ।

‘कोषमा योगदान गर्नेलाई करोडसम्म ऋण’

काठमाडौं, २३ कात्तिक– सरकारले सामाजिक सुरक्षा कोषमा योगदान (नियमित रकम जम्मा) गर्नेहरूलाई एक करोड रुपैया“सम्मको ऋण दिने तयारी थालेको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले जस्तै सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरूलाई समेत घरजग्गा खरिद र निर्माण तथा शैक्षिक ऋण प्रदान गर्ने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जानकारी दिए । 
सिंहदरबारमा शनिबार गैरसरकारी संस्था महासंघ, उपभोक्ता महासंघ, कर्मचारी सञ्चय कोषलगायत पदाधिकारीस“गको छलफलमा उनले सामाजिक सुरक्षा कोषमा योगदान गर्नेहरूको मागलाई ध्यानमा राखेर घरजग्गा सापटी बढीमा १ करोड र शैक्षिक कर्जाबापत बढीमा ३५ लाख ऋण दिने कार्यविधिको मस्यौदा मन्त्रालयले तयार गरिरहेको बताए ।

Friday, November 8, 2019

देउवाद्वारा भारतीय राजदूतसित नयाँ नक्साबारे आपत्ति प्रकट

काठमाडौं, २१ कात्तिक– प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरिएकामा भारतीय सरकारसमक्ष आपत्ति जनाएका छन् ।
सभापति देउवाले बिहीबार नेपालका लागि भारतीय राजदुत मंजिवसिंह पुरीलाई फोन गरी कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको उल्लेख गर्दै भारतीय अतिक्रमणप्रति आपत्ति जनाएका हुन् ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा देउवाले ‘भारतको नयाँ नक्साबारेमा बिहीबार भारतीय राजदुत पुरीसँग टेलिफोन संवाद गरेको र कालापानी तथा लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्य स्मरण गराएको’ उल्लेख छ ।

Thursday, November 7, 2019

इन्स्पेक्टरसहित ५ जनाविरुद्ध मुद्दा

काठमाडौं, २० कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका इन्स्पेक्टरसहित ५ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले घूस लिएको आरोपमा सशस्त्र प्रहरी बल, भजनी कैलालीका सशस्त्र प्रहरी निरीक्षक रवीन्द्र कार्की, हवल्दार ज्ञानबहादुर चौधरी र जवान रतिराम चौधरीविरुद्ध मुद्दा दायर गरेको छ ।
भन्सार तिरी भारतीय मालसामान ल्याएका सेवाग्राहीसँग २० हजार रुपैयाँ घूस लिई भ्रष्टाचार गरेको पुष्टि भएकाले कार्कीसहित तीन जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिने नाममा सेवाग्राहीसँग ७ हजार रुपैयाँ घुस लिएको आरोपमा सशस्त्र प्रहरी बल बेसक्याम्प सेमरी नवलपरासीका हवल्दार ज्ञानेन्द्रकुमार मौर्यविरुद्ध समेत बुधबार नै मुद्दा दायर गरेको छ ।

Wednesday, November 6, 2019

‘पूर्वस्वीकृतिबिना कामदारसित रकम नअसुल’

काठमाडौं, १९ कात्तिक– वैदेशिक रोजगार विभागले मलेसियामा रोजगारीका लागि पठाउने नाममा पूर्वस्वीकृतिलगायत प्रक्रिया पूरा नगरी स्वास्थ्य परीक्षण तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’ का नाममा कामदारसँग रकम नअसुल्न निर्देशन दिएको छ ।
श्रम कार्यालय ताहाचलबाट हालसम्म करिब १ हजार ८ सय जनाले मात्र पूर्वस्वीकृति लिएको तर मलेसिया पठाउने नाममा झन्डै एक लाखभन्दा बढी कामदारबाट अवैध रूपमा स्वास्थ्य परीक्षण तथा इमिग्रेसन सेक्युरिटी क्लियरेन्सका नाममा रकम असुल भइरहेको पाइएको उल्लेख गर्दै विभागले त्यसरी रकम असुल नगर्न निर्देशन दिएको हो ।
विभागले मंगलबार सार्वजनिक सूचना जारी गरी वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रिया पूरा नगरी विभिन्न बहानामा शुल्क लिनु अनुचित भएको बताएको छ । कुनै पनि व्यक्ति तथा संस्थालाई अनुचित कार्य नगर्न÷नगराउनसमेत सचेत गराएको छ ।

Tuesday, November 5, 2019

५ लाख घूस लिनेविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १८ कात्तिक– टोखा नगरपालिकाका इन्जिनियर दिनेशकुमार पाठकसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पाठकसँगै लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी प्रालिका ओभरसियर प्रशान्त चौधरी र लेखापढी व्यवसायी जयराम तिमिल्सिनाविरुद्ध पनि मुद्दा दायर गरिएको हो । 
तीनैजनाले मिलेमतो गरी टोखा नगरपालिकाबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग ५ लाख रुपैयाँ घूस लिई भ्रष्टाचार गरेको पुष्टि भएकाले मुद्दा दायर गरिएको आयोगले जनाएको छ । अभियोगपत्रमा तीनै जनालाई ५/५ लाख रुपैयाँ बिगो कायम गरी डेढ वर्ष कैद सजाय र जरिवाना गर्न मागदाबी गरिएको छ ।

महरा पुर्पक्षका लागि थुनामा

  • सदरखोर डिल्लीबजारमा, जेलमा महरा पूर्वआईजीपी ठकुरीसँगै
  • मुद्दाको टुंगो नलागेसम्म जेलमै रहने
  • तत्काल प्राप्त प्रमाण हेर्दा थुनामै राखेर पुर्पक्षका लागि थुनामा राख्नु पर्ने देखियो : अदालत
काठमाडौं, १८ कात्तिक– जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासको कसुरमा पूर्व सभामुख कृष्णबहादुर महरालाई सोमबार पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले आइतबारदेखि सुरु थुनछेक बहस सोमबार सकिएपछि महरालाई थुनामै राखेर मुद्दा अघि बढाउने आदेश दिएको हो ।
जिल्ला अदालतले संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको र प्रतिकार गर्दा हातपात गरेको अभियोग लागेका महरालाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दा चलाउन आदेश दि“दै सदरखोर डिल्लीबजार (कारागार) मा राख्न आदेश गरेको हो । पाण्डेको इजलासले घटना विवरण, कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरूको बयान र तत्काल प्राप्त प्रमाणका आधारमा महरा कसुरदार होइन भन्न नसकिने भएकाले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको जानकारी अदालत स्रोतले दिएको छ ।

Sunday, November 3, 2019

आजदेखि नेपाल–यूएईबीच संयुक्त कार्यसमूह बैठक

काठमाडौं, १६ कात्तिक– नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच भएको श्रम समझदारी (एमओयू) को कार्यान्वयन गर्न दुवै मुलुकका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लूसी) को पहिलो बैठक आइतबारदेखि काठमाडौंमा सुरु हु“दैछ ।
दुई दिनसम्म चल्ने बैठकले श्रम समझदारीको प्रभावकारी कार्यान्वयन, कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा लाग्ने आइटमगत लागत निर्धारण गर्नेलगायतका प्राविधिक विषय टुंग्याउने जानकारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दिएको छ ।
मन्त्रालयका अनुसार बैठक श्रम समझदारीलाई कार्यान्वयन गर्न आवश्यक प्राविधिक विषयलाई अन्तिम रूप दिई मोडालिटी टुंगो लगाउनेछ । बैठकले प्राविधिक विषय टुंगो लगाएपछि नया“ श्रम समझदारीअनुसार नेपाली श्रमिकले सेवा सुविधा प्राप्त गर्न थाल्ने छन् ।

Friday, November 1, 2019

कांग्रेसमा उम्मेदवारको टुंगो आइतबार

काठमाडौं, १५ कात्तिक– कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवार टुंगो लगाउने भएको छ ।
बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले कास्कीको प्रतिनिधिसभा, दाङ, बागलुङ र भक्तपुरको प्रदेशसभा उम्मेदवार घोषणा १७ गते गर्ने निर्णय गरेको जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिए ।
बिहीबारको बैठकमा जागरण अभियानको दुवै चरणमा खटिएका केन्द्रीय प्रतिनिधिहरुसहित पार्टी पदाधिकारी बैठक बसेको थियो । ‘जित्ने उम्मेदवार खोज्नु सामान्य नै हो तर यसपटक विगतको जस्तो हतारमा उम्मेदवार चयन गरिं“दैन । लामो गृहकार्य गरेर परामर्शपछि सर्वसम्मत हुने गरी उम्मेदवार चयन गरिन्छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

सामाजिक सुरक्षा कोषमा दर्ता हुन एक महिनाको समय थप

काठमाडौं, १५ कात्तिक– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्पूर्ण रोजगारदाता कम्पनी र योगदानकर्तालाई सामाजिक सुरक्षा कोषमा सूचीकरण (दर्ता) हुन थप एक महिनाको समयसीमा तोकेको छ । मन्त्रालयले बिहीबार सूचना प्रकाशित गरी एक महिनाभित्र कोषमा सूचीकरण नभए कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
‘यो सूचना प्रकाशित भएको मितिबाट एक महिनाभित्र सम्पूर्ण रोजगारदाता र योगदानकर्तालाई अनिवार्य रूपमा कोषमा आवद्ध हुन जानकारी गराइन्छ’ सूचनामा भनिएको छ– ‘अन्यथा कानुनबमोजिम कारवाही हुनेछ ।’
सरकारले यसअघि असोजभित्र निजी क्षेत्रका सबै औद्योगिक प्रतिष्ठान र रोजगारदाताहरूलाई  कोषमा सूचीकरण हुन आह्वान गरेको थियो।अपेक्षाकृत रूपमा औद्योगिक प्रतिष्ठान र रोजगारदाता कम्पनीहरू कोषमा सूचीकरण हुन नआएपछि मन्त्रालयले थप एक महिनाको समय दिएको जानकारी मन्त्रालयका अधिकारीले दिए ।

आचारसंहिता पालना गर्ने दलहरूको प्रतिबद्धता

काठमाडौं, १५ कात्तिक– प्रमुख राजनीतिक दलले मंसिर १४ गते हुने उपनिर्वाचनमा निर्वाचन आचार संहिता पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।
बिहीबार निर्वाचन आयोगले बोलाएको बैठकमा विभिन्न १७ दलका प्रतिनिधिले मन, वचन र कर्मले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका हुन् ।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न पदमा हुने उपनिर्वाचनको समयमा आचार संहिता पालनाको विषयमा छलफल गर्न आयोगले सरकार र विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले बताए ।

Thursday, October 31, 2019

१७१ मृतक कामदारका परिवारलाई ७/७ लाख

काठमाडौं, १३ कात्तिक– चालु आर्थिक वर्षको तीन महिना अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १ सय ७१ कामदारका परिवारलाई सरकारले राहतस्वरूप आर्थिक सहायता गरेको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले साउनमा ६०, भदौमा ६४ र असोजमा ४७ मृतक कामदारका परिवारलाई ७/७ लाख रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराएको हो ।
बोर्डले वैदेशिक रोजगारीका क्रममा करार अवधिभित्र तथा नेपाल फर्केको एक वर्षभित्र मृत्यु भएका व्यक्तिका परिवारलाई ७ लाखका दरले आर्थिक सहायता दिने गरेको छ । तीन महिना अवधिमा बोर्डले वैदेशिक रोजगारीका क्रममा अंगभंग तथा बिरामी भएका ९८ कामदारका परिवारलाई आर्थिक सहायता गरेको छ । बोर्डका अनुसार कामदारको परिवारका सात जनालाई औषधोपचार सहयोग उपलब्ध गराइएको थियो ।

उम्मेदवार छान्न कांग्रेस पदाधिकारी बैठक

काठमाडौं, १३ कात्तिक– प्रमुख प्रतिपक्षी कांग्रेसले आगामी मंसिर १४ गते हुने उपचुनावका लागि पार्टीका उम्मेदवारहरूको नाम टुंगो लगाउन बिहीबार बिहान पदाधिकारी बैठक बोलाएको छ ।
पदाधिकारी बैठकमा जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टी समितिहरूले सिफारिस गरेका नामावलीमाथि छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने पदाधिकारी बैठकमा उपचुनाव हुने प्रदेश र जिल्लामा पार्टीको जागरण अभियानमा खटिएका प्रतिनिधिहरूसमेत सहभागी हुनेछन् ।
बैठकमा समसामयिक राजनीति, उपचुनावमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत एजेन्डामा समेत छलफल हुनेछ । पदाधिकारी तहको छलफलमा हुने सहमतिका विषयमा निर्णय गर्न कांग्रेसले शुक्रबार दिउ“सो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

Sunday, October 27, 2019

सरकार लोकतन्त्र कमजोर पार्ने षड्यन्त्रमा : देउवा

काठमाडौं, ९ कात्तिक– कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार संविधानको मर्मविपरीत अनुदार विधेयक ल्याएर जनताको अधिकार कुण्ठित गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । नेकपा नेतृत्वको सरकार लोकतान्त्रिक उपलब्धिलाई कामजोर पार्ने खेलमा लागेको भन्दै उनले त्यसको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्ने बताए ।
‘सरकारले अनुदार विधेयक ल्याएर लोकतान्त्रिक अधिकार र मूल्यमान्यतामाथि एकपछि अर्को आक्रमण गरिरहेको छ,’ कांग्रेसको काठमाडौं क्षेत्र नं. ६ कार्यसमितिद्वारा राजधानीमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘सरकारको षड्यन्त्र परास्त गरी लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट र सुदृढ हुनैपर्छ ।’

Saturday, October 26, 2019

‘एक्सन रुमको कार्यक्रममा प्रधानमन्त्रीपत्नी सहभागी हुनु अस्वभाविक’

काठमाडौं, ७ कात्तिक– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको ‘एक्सन रुम’ मा बुधबार आयोजित सरकारी औपचारिक कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य उपस्थित हुनु अस्वभाविक भएको जानाकारहरूले बताएका छन् । सार्वजनिक ओहोदामा भएका व्यक्तिमात्र सरकारी कार्यक्रममा सहभागी हुने कानुनी व्यवस्था र परम्पराविपरीत शाक्य एक्सन रुममा आयोजित कार्यक्रममा सहभागी हुनुलाई सामान्य भन्न नमिल्ने टिप्पणी पूर्वमुख्यसचिव बिमल कोइरालाले गरेका छन् ।
उनले सरकारी कामको गोपनीयताको दृष्टिकोणले समेत सार्वजनिक (सरकारी) ओहोदामा नरहेकी शाक्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय होस् या कुनै पनि सरकारी औपचारिक कार्यक्रममा सहभागी हुन नमिल्ने बताउँछन् । प्रधानमन्त्रीसँग प्रधानमन्त्रीपत्नी भ्रमणमा जानु सामान्य हो । तर, सरकारी कार्यक्रममा प्रधानमन्त्री पत्नी उपस्थित हुन मिल्दैन । यो बढ्तै भयो’ कोइरालाले भने ।

सुवेदी सचिवमा बढुवा

काठमाडौं, ७ कात्तिक– सरकारले गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीलाई सचिवमा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा बसेको बढुवा समितिको सिफारिसमा सुवेदीलाई सचिवमा बढुवा गरेको हो ।
बढृवा समितिले निजामती सेवाको सामान्य प्रशासन क्लस्टरमा रिक्त एक जना सचिव पदोन्नतिका लागि सुवेदी, बालकृष्ण घिमिरे र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । मन्त्रिपरिषदले पहिलो वरियताका सुवेदीलाई विशिष्ट श्रेणीमा बढुवा गरेको हो । सुवेदीको पदस्थापन भने हुन बाँकी छ ।

नेवारी भाइटिकाका दिन १३ गते बिदा

काठमाडौं, ७ कात्तिक– सरकारले नेवारी समुदायको भाइटिकाका दिन कात्तिक १३ गते सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले नेवार समुदायको मागबमोजिम गृह मन्त्रालयको प्रस्तावमा कात्तिक १३ मा सार्वजनिक बिदा दिएको हो । सरकारले पहिलोपटक नेवारी समुदायको भाइटिका (किजा पूजा) का दिन बिदा दिएको हो ।
नेवारी भाइटिका थपिएपछि यसपटक तिहारमा चार दिन सार्वजनिक बिदा हुनेछ । तिथिअनुसार नेवार समुदायको भाइटिका (किजा पूजा) कात्तिक १३ गते परेकाले उक्त दिन सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था र शिक्षण संस्थामा बिदा दिइएको जानकारी गृह मन्त्रालयले दिएको छ ।

Thursday, October 24, 2019

सैन्य भर्ना अनियमिततामा २७ जनामाथि छानबिन

काठमाडौं, ६ कात्तिक– नेपाली सेनाले सैन्य भर्ना छनोट प्रक्रियामा अनियमितता गरेका ४ सैनिक र २३ गैरसैनिकमाथि अनुसन्धान अघि बढाएको छ । किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशंकामा उनीहरूलाई सैनिक निगरानीमा राखी अनुसन्धान सुरु गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा बुधबार जारी विज्ञप्तिअनुसार सेनाले ४० भर्ना केन्द्रबाट रिक्त ५ हजार ८ सय दरबन्दीमा सैन्य छनोट प्रक्रिया अघि बढाएको थियो । नेपाली सेनाको भर्ना केन्द्र श्री उत्तर–पश्चिम पृतना हेडक्वार्टर, सुर्खेतमा नक्कली परिचयपत्र बनाई किर्ते गरेकामा तीन सैनिक, श्री ५ नं. बाहिनी अड्डा भर्ना केन्द्र कैलालीमा आर्थिक लेनदेन गरेको आशंकामा एक सैनिकलाई निगरानीमा राखी अनुसन्धान अघि बढाइएको निर्देशनालयले उल्लेख गरेको छ । सुर्खेत भर्ना केन्द्रमा नक्कली परीक्षार्थीलाई परीक्षा दिन पठाउने ६ उम्मेदवार र ९ नक्कली परीक्षार्थीलाई जिल्ला प्रशासन कार्यालय, सुर्खेतले पक्राउ गरी अनुसन्धान अघि बढाएकोसमेत निर्देशनालयले जनाएको छ ।

चावहिलमा घर भत्कँदा एकको मृत्यु

काठमाडौं, ६ कात्तिक– राजधानीको चाबहिलको मूल सडक छेउको पुरानो घर भत्काउने क्रममा बुधबार एक जना कामदारको मृत्यु भएको छ । पुरानो घरलाई विस्तारै भत्काउने क्रममा एक्कासि भित्तो खसेर लाग्दा २६ वर्षीय दीपक तामाङ घाइते भएका थिए ।
चाबहिलस्थित दीर्घायु अस्पतालमा लगिएका तामाङको उपचारका क्रममा मृत्यु भएको जानकारी महानगरी प्रहरी वृत्त गौशालाले दिएको छ । उनी घर भत्काउने कामदार थिए । भित्तो खस्दा घाइते भएका अर्का कामदार रामबहादुर कु“वरको अवस्था भने सामान्य रहेको जानकारी वृत्तले दिएको छ ।

Wednesday, October 23, 2019

११ अध्यागमन अधिकृतसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा

बाराका तत्कालीन जिशिअ पोखरेलसहित ६ जनाविरुद्ध समेत मुद्दा
काठमाडौं, ५ कात्तिक– मानव तस्करसँग मिलेमतो गरी गैरकानुनी रूपमा २ सय ४८ जनालाई घरेलु कामदारका रूपमा जान प्रस्थान अनुमति दिई अनियमितता गरेको अभियोगमा ११ अध्यागमन अधिकृतसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत कमलप्रसाद पराजुलीसहित १३ कर्मचारीले बिचौलियासितको मिलेमतोमा अनधिकृत रूपमा प्रतिव्यक्ति १० हजार रुपैयाँ लिई प्रस्थान अनुमति दिएर अनियमितता गरेको अनुसन्धानबाट पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । पराजुलीसहितका कर्मचारीले अनधिकृत रूपमा २ सय ४८ जनालाई प्रस्थान अनुमति दिएको पाइएको अभियोगपत्रमा उल्लेख छ ।
मुद्दा दायर गरिएकामा अध्यागमन अधिकृतहरू कमलप्रसाद पराजुली¸ मनहरि बराल, दिनेश केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, जगदीशचन्द्र नेपाली, विजय सापकोटा, शैलेन्द्र ढकाल, वीरसिंह भण्डारी, पदमप्रसाद बजगाईं, कम्प्युटर अपरेटरद्वय रोशन गौतम र भोजप्रकाश न्यौपाने छन् ।

Tuesday, October 22, 2019

नेवारी भाइटिकाको दिन बिदा दिन माग

काठमाडौं, ४ कात्तिक– उपत्यकाका जनप्रतिनिधिहरूले नेवार समुदायको भाइटिकाको दिन कात्तिक १३ गते सार्वजनिक बिदा दिन सरकारसित माग गरेका छन् । उनीहरूले प्रधानमन्त्री केपी ओलीलाई भेटी नेवार समुदायले आफ्नै पात्रोअनुसार मनाउने पर्व भाइटिकाको दिन सार्वजनिक बिदा दिन माग गरेका हुन् ।
पञ्चांग निर्णायक समितिको पात्रोअनुसारको भाइटिका कात्तिक १२ मा परेको भने नेवार समुदायको पात्रोअनुसार भाइटिका कात्तिक १३ मा परेको छ । सरकारले कात्तिक १२ गतेको भाइटिकाका दिन सार्वजनिक बिदा दिएको छ । तर, नेवार समुदायको भाइटिकाको दिन भने बिदा दिइएको छैन । नेवार समुदायको पात्रोअनुसार कात्तिक १२ मा म्ह पूजा र १३ गते भाइटिका परेको छ ।

उपचुनाव तयारीमा जुट्न राप्रपाको निर्देशन

काठमाडौं, ४ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी अघि बढाउन सम्बन्धित जिल्ला र मातहतका पार्टी समितिलाई निर्देशन दिएको छ । कमल थापाको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय पदाधिकारी तथा विभागीय प्रमुखहरूको संयुक्त बैठकले मातहतका पार्टी समितिलाई १५ दिनभित्र पूर्णता दिन र उपनिर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको हो ।
मंसिर १४ मा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५२ पदका लागि उपनिर्वाचन हु“दै छ । बैठकले राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न हुन बा“की रहेका जिल्लामा तिहारलगत्तै यात्रा प्रारम्भ गर्ने निर्णयसमेत गरेको पार्टीले जनाएको छ ।

कान्तिपुरकर्मीलाई गालीबेइज्जती गरेकामा भत्सर्ना

काठमाडौं, ४ कात्तिक– कान्तिपुर दैनिककी अछाम संवाददाता मेनुका ढुंगानालाई बम धामी भन्ने व्यक्तिले समाचारको विषयलाई लिएर अपशब्द प्रयोग गर्दै सार्वजनिक रूपमा गालीबेइज्जती गरेको घटनाको नेपाल पत्रकार महासंघले भत्र्सना गरेको छ ।
महासंघले आइतबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत धामीमाथि आवश्यक कानुनी कारबाही गर्न र यस्ता कार्य नदोहोरिनेतर्फ ध्यान दिन सरकारस“ग माग गरेको छ । स्थानीय दुई विद्यालयको भवन निर्माणका लागि चौरपाटी गाउ“पालिकाले खोलेको टेन्डरका कागजात च्यातिएको विषयमा कान्तिपुरमा समाचार प्रकाशन भएपछि कागजात च्यात्ने धामीले ढुंगानालाई सामाजिक सञ्जालमार्फत गालीबेइज्जती गरेका थिए ।

नियन्त्रणमा लिएर ९ राउन्ड गोली हानी हत्या : मानव अधिकार आयोग

कुमार पौडेल मृत्यु प्रकरण
सरकारलाई सिफारिस
  • गोली हान्न आदेश र निर्देशन दिने प्रहरीका उच्च अधिकारीमाथि छानबिन गरी कारबाही गर्न
  •  प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साह र प्रहरी हवल्दारद्वय श्रीविनोद साह र सत्यनारायण मि श्रलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन
  •  प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र प्रहरी नायब निरीक्षक सूर्यकुमार कार्कीलाई सचेत गराउन
  • पौडेलको परिवारलाई ३ लाख क्षतिपूर्ति दिन
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रत्यक्ष कमान्डमा रहेको विशेष ब्युरोबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएका घुमुवाले पौडेलमाथि गोली हानेको जानकारी उच्च स्रोतले दिएको छ । विशेष ब्युरो संगठित अपराध, आतंकवाद, सीमा अपराधलगायत विषयमा अनुसन्धान गर्ने प्रहरीको केन्द्रीय संयन्त्र हो । यसका कामकारबाहीबारे सिधै प्रहरी महानिरीक्षकलाई ब्रिफिङ हुन्छ ।
काठमाडौं, ४ कात्तिक– मानव अधिकार आयोगले नेत्रविक्रम चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको निष्कर्ष निकाल्दै घटनामा संलग्न प्रहरीलाई कारबाही सिफारिस गरेको छ । आयोगले आदेश दिने उच्च प्रहरी अधिकारीमाथि छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
प्रहरीबाट दाबी भएजस्तो दोहोरो भिडन्त वा आत्मरक्षाको स्थिति कतैबाट पुष्टि नभएको र घटनाको प्रकृति तथा संकलित प्रमाणसमेतबाट पौडेललाई नियन्त्रणमा लिएर मारेको देखिएको आयोगले जनाएको छ । प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपछि ९ राउन्ड गोली हानेको आयोगले उल्लेख गरेको छ ।

Monday, October 21, 2019

नक्कली सुन बेचेर ठगी गर्न खोज्ने छ जना पक्राउ

काठमाडौं, ३ कात्तिक– प्रहरीले नक्कली सुन बेचेर ठगी गर्न खोज्ने छ जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ परेकामा मंगले तामाङ, सुजन रसौली, विष्णुबहादुर राउत, नवराज राउत, रोशन बुढामगर र किरण लामा छन् ।
उनीहरूलाई कपनस्थित निलो पुल नजिकै एक किलो नक्कली सुन ५० लाख रुपैयाँमा बिक्री गर्ने क्रममा पक्राउ गरिएको जानकारी महानगरीय प्रहरी परिसर काठमाडौंले दिएको छ ।
उनीहरू सुनको मोलतोल गरिरहेको अवस्थामा पक्राउ परेका थिए । उनीहरूबाट एक किलो नक्कली सुन र छवटा मोबाइल बरामद गरिएकोसमेत प्रहरीले उल्लेख गरेको छ ।

Sunday, October 20, 2019

८० जनाद्वारा रक्तदान

काठमाडौं, २ कात्तिक– लायन्स क्लब अफ मनोहराले काठमाडौंको मूलपानीमा शनिबार रक्तदान कार्यक्रम गरेको छ । उक्त अवसरमा ८० जनाले रक्तदान गरेका थिए ।
चाडबाडको समयमा दुर्घटना बढ्न गई ब्लड बैंक र अस्पतालहरूमा रगतको अभाव भइरहेकाले रक्तदान गरिएको जानकारी क्लबका अध्यक्ष कृष्णमुरारि लामिछानेले दिए । कार्यक्रममा सहभागीहरूको निःशुल्क मधुमेह परिक्षणसमेत गरिएको थियो ।

अनुसन्धानमा सघाउनु कांग्रेसको कर्तव्य : प्रवक्ता शर्मा

काठमाडौं, २ कात्तिक– कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पूर्वमन्त्री एवं पार्टीका सांसद आफ्ताव आलम मुद्दाको निष्पक्ष अनुसन्धान प्रक्रियामा आफ्नो पार्टीले सहजतापूर्वक सघाउने बताएका छन् । शर्माले शनिबार ट्वीट गरी आफ्नो पार्टीको संघर्ष विधिको शासन र दबाबमुक्त कानुनी राज्यका लागि भएको उल्लेख गर्दै स्थापनाकालदेखिको संस्थागत मान्यताअनुरूप आलम प्रकरण अनुसन्धानमा कांग्रेसले सघाउने जनाएका हुन् ।
‘हाम्रो संघर्ष विधिको शासन र दबाबमुक्त कानुनी राज्यका लागि थियो, हो र रहनेछ । अनुसन्धानमा सहजतापूर्वक सघाउनु हाम्रो कर्तव्य हो । स्थापनाकालदेखिको हाम्रो संस्थागत मान्यता कस्तै परिस्थितिमा किमार्थ बदलिन्न । यही नै हाम्रो स्थायी धारणा, स्थायी विश्वास र स्थायी बाटो पनि हो,’ उनले ट्वीटमा भनेका छन् ।
उनले यसअघि अनुसन्धानमार्फत निर्दोष या दोषी ठहर हुने कानुनी प्रक्रियालाई सबैले सघाउने पार्टी केन्द्रको धारणा रहेको र आलम प्रकरणमा समेत यही सत्य लागू हुने जनाएका थिए ।

साढे १९ लाख भ्रष्टाचार आरोपमा मुद्दा

काठमाडौं, २ कात्तिक– विद्युतीकरणका लागि निकासा भएको झन्डै साढे १९ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
तनहु“को साबिक धरमपानी गाविसस्थित ग्रामीण विकास समाज धरमपानीका अध्यक्ष नरबहादुर गुरुङसहित दुई जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूले विद्युतीकरणका लागि आएको १९ लाख ४० हजार ९ सय २७ रुपैयाँ खर्चै नगरी हिनामिना गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।
समाजका अध्यक्ष गुरुङ र कोषाध्यक्ष कृष्णबहादुर गुरुङले साबिक धरमपानी गाविस र जिविसको उक्त अनुदान हिनामिना गरेको अनुसन्धानबाट पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

Saturday, October 19, 2019

वन अधिकृतसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृतसहित चार जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा सब–डिभिजन वन कार्यालय, प्रतापपुर, नवलपरासी (वर्दघाट–सुस्ता पश्चिम) का वन अधिकृत पर्शुराम चौधरी, मनोजकुमार शर्मा, भक्तपुर नापी कार्यालयका नापी सर्भेक्षकद्वय सिद्धराज जोशी र वीरभद्र जोशी छन् ।
वन अधिकृत चौधरी र वन कार्यालय रहेका घरका मालिक मनोजकुमार शर्माले डिभिजन वन कार्यालयको नियन्त्रणमा रहेको ट्याक्टरको मुद्दा मिलाइदिने क्रममा सेवाग्राहीस“ग ६५ हजार रुपैया“ घूस लिएको पुष्टि भएकाले दुई जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

Thursday, October 17, 2019

सईसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २९ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक (सई) सहित चार जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । दुई खरिदार घूससहित पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग थलीका सई विपिनचन्द्र पन्त, पर्साको साविक श्रीसिया नौतज गाविसका तत्कालीन सचिवद्वय जितेन्द्रकुमार मिश्र र सत्यदेवप्रसाद हजाम तथा उपभोक्ता समितिका अध्यक्ष विनोद साह गोढविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
सई पन्तले गाडी दुर्घटना मुद्दामा मिलापत्र गरिदिएबापत सेवाग्राहीबाट ५ हजार रुपैया“ घूस लिई भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारले जनाएको छ । मिश्र, हजाम र गोढले कामै नगरी सडकमा माटो पुरेर ग्राभेलिङ गरेको भनी ४ लाख रुपैया“ हिनामिना गरेको उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ । मुद्दा दायर भएसँगै सई पन्त, मिश्र र हजाम सेवाबाट निलम्बित भएका छन् । अख्तियारले तीनै जनालाई कैद सजाय र बिगोबराबर जरिवाना गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।

स्वीकृति लिएरमात्र कार्यक्रम गर्न दूतावासको आग्रह

काठमाडौं, २९ असोज– कतारको दोहास्थित नेपाली दूतावासले कतारको स्थानीय कानुन र प्रचलन प्रतिकूल हुने गरी गतिविधि नगर्न नेपाली समुदायलाई आग्रह गरेको छ ।
कतारको स्थानीय प्रशासनले नेपाली समुदायबाट त्यहाँको प्रचलित कानुनविपरीत गतिविधि भइरहेकोतर्फ दूतावासको ध्यानाकर्षण गराउँदै त्यसलाई रोक्न आग्रह गरेको थियो । कतारको आग्रहपछि दूतावासले बुधबार सूचना जारी गरी कतारी सरकारका सम्बन्धित निकायबाट पूर्वस्वीकृति लिएर मात्र राजनीतिक, सामाजिक र धार्मिक गतिविधि गर्न नेपाली समुदायलाई सजग गराएको हो ।

Tuesday, October 15, 2019

हाम्रै कारणले ढिलो सकिन्छन् चिनियाँ सहयोगका आयोजना

काठमाडौं, २८ असोज– चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरूको कार्यान्वयनमा ढिलाइ हुने गरेकामा चिन्ता व्यक्त गरेका छन् । नेपालको राजकीय भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी ओलीसितको अनौपचारिक भेटवार्तामा त्यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
आफ्नो देशभित्र ठूलठूला भौतिक पूर्वाधारका आयोजनाहरू निर्धारित समयभन्दा पहिल्यै सम्पन्न गरेर विश्वलाई आश्चर्यचकित पार्दै आएको मुलुकका राष्ट्रपतिले नेपालमा आफ्नो सहयोगका आयोजनाहरूको कार्यान्वयन समयमै नहुने प्रवृत्तिको अन्त्य गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन् ।
चिनिया“ सहयोगमा चीन सरकारले नै प्रत्यक्ष निर्माण गर्दै आएका पूर्वाधार विकासका आयोजनाहरू नेपालको आन्तरिक कारणले नै निर्धारित समयभन्दा ढिलो सम्पन्न हुने गरेका कारण राष्ट्रपति सीले प्रधानमन्त्री ओलीसित चिन्ता व्यक्त गर्नुपर्ने अवस्था आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
‘हाम्रा कारणले चिनियाँ सहयोगका आयोजनाहरू ढिला हुने गरेका छन् । अपवाद आयोजनामा मात्र चिनिया“ पक्षका कारण ढिला भएका हुन्’ ती अधिकारीले भने– ‘नेपाली पक्षका कारण चीनको सहयोगमा सञ्चालित आयोजनाहरू ढिला भएकामा चिनियाँ राष्ट्रपतिबाटै चिन्ता व्यक्त हुने अवस्था आउनु अत्यन्त दुःखद हो । यसमा हामी गम्भीर हुनै पर्छ ।’

शान्ति समाजद्वारा दुई पुरस्कार स्थापना

काठमाडौं, २७ असोज– मानव अधिकार तथा शान्ति समाजले स्व.कृष्णकुमारी दाहाल शान्ति श्रष्टा सम्मान र स्वर्गीय राधादेवी दाहाल सद्भाव श्रष्टा सम्मान गरी दुईवटा पुरस्कार स्थापना गरेको छ ।
श्रष्टा सम्मान पुरस्कारअन्तर्गत प्रत्यक वर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका दुईजना श्रष्टा (एक महिला र एक पुरुष)लाई जनही २० हजार नगद र सम्मानपत्र प्रदान गरिने समाजले जनाएको छ ।
उक्त पुरस्कार स्थापना गर्न अक्षय कोषका लागि स्व. दाहालद्वयका पनातिनी तथा नातिनीहरू अनुजा थापा, अनुपमा पाण्डे र अपूर्वा शर्माले ३ लाख रुपैयाँ शान्ति समाजलाई प्रदान गरेका छन् ।

Sunday, October 13, 2019

सिनो हाइड्रोसित मेलम्चीको अर्को ठेक्का सम्झौता

सुरुङको बाँकी कामको ठेक्का पाएको कम्पनीलाई नै ‘हेड वक्र्स’ निर्माणको जिम्मा
काठमाडौं, २५ असोज– मेलम्ची खानेपानी विकास समिति र चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोबीच मेलम्चीमा खोलामा बाँध बाँधी सुरुङमा पानी डाइभर्सन गर्ने ‘हेड वक्र्स’ निर्माणका लागि ठेक्का सम्झौता भएको छ । मेलम्ची आयोजनाको सुरुङ निर्माणको बाँकी कामको ठेक्का पाएको सिनो होइड्रोले नै दोस्रो ठूलो संरचना ‘हेड वक्र्स’ समेत १ अर्ब २ करोड रुपैयाँमा बनाउने ठेक्का पाएको हो ।
समिति र सिनो हाइड्रोबीच शुक्रबार हेड वक्र्स निर्माणका लागि ठेक्का सम्झौता भएको जानकारी आयोजनाका अधिकारीले दिएका छन् । ती अधिकारीका अनुसार सिनो हाइड्रोले यसअघि नै सुरुङको बाँकी कामको पहिलो ठेक्का सम्झौता गरी प्रारम्भिक काम सुरु गरिसकेको छ । सिनो हाइड्रोले ७५ करोड रुपैयाँमा सुरुङको बा“की काम निर्माण गर्ने ठेक्का पाएको छ ।

Saturday, October 12, 2019

निजामती कर्मचारीहरूलाई स्वागत र बिदाइमा सरिक हुन ‘उर्दी’

काठमाडौं, २४ असोज– सरकारले शनिबार राजकीय भ्रमण आउने चिनियाँ राष्ट्रपति सी चिनपिङको स्वागत र बिदाइका लागि राजधानीमा कार्यरत सम्पूर्ण निजामती कर्मचारीलाई सवारी रुटमा आउन ‘उर्दी’ जारी गरेको छ । सरकारका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रपति सी नेपाल आउने दिन शनिबार र स्वदेश फर्कने दिन आइतबार निजामती कर्मचारीहरूलाई राजधानीको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सडकका दुवै किनारामा बसेर स्वागत र बिदाइ गर्न आह्वान गरेको छ ।
मन्त्रालयले निजामती कर्मचारीहरूलाई निजामती पोशाक लगाएर शनिबार अपराह्न ३ः४५ बजे स्वागतमा र आइतबार बिहान ११ः१५ बजे बिदाइमा सरिक हुन आह्वान गरेको हो ।

आइतबार देशभर सार्वजनिक बिदा

काठमाडौं, २४ असोज– सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणको दोस्रो दिन आइतबार देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले आइतबार बिदा दिएको हो ।
चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणका सन्दर्भमा सरकारले आइतबार सम्पूर्ण सरकारी कार्यालय, अर्धसरकारी कार्यालय, शिक्षण संस्था, सामाजिक संघसंस्था र विदेशस्थित नेपाली कूटनीतिक नियोगमा सार्वजनिक बिदा दिएको जानकारी गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले दिए ।

‘अपराधमा पद र अनुहार नहेरी निष्पक्ष छानबिन गर्नुस्’

प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, २४ असोज– प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि अपराधको अनुसन्धानमा पद र अनुहार नहेरी निष्पक्ष छानबिन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । ६४ औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उनले कुनै पनि किसिमको दबाबमा नपरी प्रहरी संगठनले आफ्नो कानुनी दायित्व इमानदारीपूर्वक पूरा गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले अपराध अनुसन्धानका क्रममा सत्तारूढ दल, विपक्षी दल, ओहोदा, पद वा सम्पत्तिलगायत कुनै पनि विषय नहेर्न प्रहरी अधिकारीहरूलाई निर्देशन दिए । ‘कुन पार्टी सरकारमा छ ? को पक्षमा छ ? को विपक्षमा छ ? कुन पदमा छ ? कुन ओहोदामा छ ? कुनै हैसियतको मान्छे हो ? कति सम्पत्तिवाल हो ? यस्ता कुरा प्रहरीले मतलब गर्नु हुँदैन,’ उनले भने, ‘प्रहरीले अनुहार नहेरीकन निष्पक्ष छानबिन गर्नुपर्छ । कसैको दबाबमा पर्नु हुँदैन ।’

बस दुर्घटनाको छानबिन गर्न कांग्रेसको माग

काठमाडौं, २४ असोज– प्रमुख प्रतिपक्षी कांग्रेसले सिन्धुपाल्चोकको बडहरेमा भएको बस दुर्घटनाको छानबिन गर्न माग गरेको छ । सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति जारी गरी पछिल्लो समय मुलुकमा सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल छानबिन कार्यदल गठन गरी त्यस्ता घटनाको गहिरो अध्ययन गरेर नियन्त्रण गर्न÷गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
कांग्रेसले बसमा क्षमताभन्दा बढी यात्रु चढ्न दिनु, त्यसको नियन्त्रण नगर्नु र सवारीसाधन सञ्चालन गर्नुभन्दा अगाडि जा“च नगर्ने प्रवृत्तिका कारण दुर्घटना बढेको उल्लेख गर्दै यस्ता घटना दोहोरिन नदिन यथाशीघ्र आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेको छ । देउवाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । कांग्रेसले घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाउनसमेत सरकारलाई आग्रह गरेको छ ।

Friday, October 11, 2019

महरा सांसदबाट निलम्बित

काठमाडौं, २३ असोज– संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा हिरासतमा रहेका तत्कालीन सभामुख कृष्णबहादुर महरा सांसद पदबाट निलम्बन भएका छन् । निलम्बनसँगै महराको सांसदको हैसियतमा पाउने सेवा–सुविधासमेत रोक्का हुने सचिवालयले जनाएको छ । संघीय संसद् सचिवालयले फौजदारी अभियोग लागेका महराको सांसद पद निलम्बनमा परेको जनाएको छ ।
संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले महरा निलम्बनमा परेको सूचना बिहीबार जारी गरेका छन् । प्रतिनिधिसभा नियमावलीमा फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन हुने व्यवस्था छ । महरा पक्राउ परेपछि कार्यालय खुलेकै दिन सचिवालयले उनी सांसदबाट निलम्बनमा परेको सूचना जारी गरेको हो ।

Friday, October 4, 2019

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन आग्रह

काठमाडौं, १६ असोज– नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन र अनलाइन पत्रकार संघले पत्रकार अजयबाबु शिवाकोटीलाई समाचार लेखेकै भरमा धम्की आउन थालेकामा आपत्ति जनाउँदै उनको सुरक्षाप्रति ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।
ती संघसंस्थाले बिहीबार विज्ञप्ति जारी गरी सभामुख कृष्णबहादुर महराबाट संसद सचिवालयमै कार्यरत महिला कर्मचारीमाथि दुव्र्यवहार भएको भन्ने समाचार लेखेका शिवाकोटीमाथि अज्ञात फोनबाट धम्की आइरहेकोप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै उनको सुरक्षामा ध्यान दिन माग गरेका हुन् । दुव्र्यवहारको घटना सार्वजनिक भएपछि महराले पदबाट राजिनामा दिइसकेका छन् ।

Saturday, September 28, 2019

कृषि बैंक ह्याकिङ प्रकरणमा थप ३ पक्राउ

काठमाडौं, ११ असोज– कृषि विकास बैंकको सिस्टम ह्याक गरी ५ करोड रुपैयाँ रकम चोरिएको घटनामा थप ३ जना पक्राउ परेका छन् । पक्राउ परेकामा पर्वतका गणेश बस्याल, मालतीदेवी न्यौपाने र कञ्चनपुरका यज्ञराज भट्ट रहेको नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भट्टको खातामा ४५ लाख र मालतीको खातामा २४ लाख रुपैयाँ भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । बस्याललाई भने भारतमा बसेर ह्याकिङको योजना बनाउने पिटरसँग सम्पर्कमा रहेको पाइएकाले नियन्त्रणमा लिइएको हो । कृषि विकास बैंक ह्याकिङ प्रकरणमा प्रहरीले यसअघि पटकपटक गरी १३ जनालाई पक्राउ गरिसकेको छ ।

सोमबार खुला दिसामुक्त राष्ट्र घोषणा हुने

काठमाडौं, ११ असोज– सरकारले आगामी सोमबार ‘नेपाललाई खुला दिसामुक्त राष्ट्र’ घोषणा गर्ने भएको छ । राजधानीको राष्ट्रियसभा गृहमा सोमबार आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिशा मुक्त राष्ट्र घोषणा गर्ने कार्यक्रम रहेको जानकारी खानेपानी मन्त्री विना मगरले दिइन् ।
खानेपानी मन्त्रालयद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री मगरले देशभर निजी तथा सार्वजनिक सौचालय निर्माण र सरसफाइका क्षेत्रमा ठूलो उपलब्धि हासिल भएको दाबी गर्दै राष्ट्रिय उत्सवकै रूपमा मुलुकलाई नै खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको बताइन् । उनले खुला दिसामुक्त अभियानलाई सफल बनाउन सबै मन्त्रालय, सम्बद्ध पक्ष र सर्वसाधारणलाई समेत आग्रह गरेकी छन् ।
सरकारले सन् २०११ देखि जिल्लाहरूलाई क्रमशः खुला दिशामुक्त घोषणा गर्न थालेको थियो । अहिले सबै जिल्ला खुला दिसामुक्त भइसकेका छन् । मन्त्री मगरले अभियानमा सबै दल, पेशा र व्यवसायमा संलग्न व्यक्तिहरूले सहयोग गरेकाले देशलाई नै खुला दिसामुक्त घोषणा गर्न सकिने अवस्था बनेको बताइन् ।