Sunday, April 28, 2019

अब मिश्रको पार्टीको नाम साझा विवेकशील

काठमाडौं, १४ वैशाख– रवीन्द्र मिश्र नेतृत्वको पार्टीले नाम परिर्वतन भएको छ । अब पार्टीको नाम साझा विवेकशील पार्टी भएको छ । यसअघि विवेकशील साझा पार्टी थियो ।
पार्टी बैठकले नाम फेरेको हो । आफूबाट फुटेर गएको समूहले ‘विवेकशील’ नाम प्रयोग गर्दा उत्पन्न भइरहेको भ्रम चिर्न पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ बाट ‘साझा विवेकशील पार्टी’ बनाउने निर्णय गरिएको हो ।
तत्कालीन साझा र विवेकशील पार्टीबीच एकता भएपछि साझा विवेकशील पार्टी बनेको थियो । उज्ज्वल थापाको नेतृत्वमा फुटेको समूहले विवेकशील नेपाल दल बनाएको छ ।

बालुवाटारको ४५० भन्दा बढी कित्ता जग्गा रोक्का

रोक्काभित्र महासचिव पौडेलको समेत जग्गा : मन्त्री अर्याल
काठमाडौं, १४ वैसाख– सरकारले बालुवाटारको अतिक्रमित जग्गामध्ये ४ सय ५० भन्दा बढी कित्ता रोक्का राखेको छ । ती जग्गावालले अब त्यहा“को जग्गा किनबेच र बैंकमा धितो राख्न पाउने छैनन् । सरकारले बालुवाटारमा मुआब्जा दिई अधिग्रहण गरेर लिएको २८४ रोपनी जग्गामध्ये ११७ रोपनी अतिक्रमण भएको छ । सरकारले त्यही अतिक्रमित सरकारी जग्गा रोक्का राखेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पदमा अर्यालले अतिक्रमित ११७ रोपनी जग्गाको छानबिनका क्रममा भूमिसुधार कार्यालय, डिल्लीबजारले त्यत्ति कित्ता जग्गा रोक्का राखेको जानकारी जानकारी दिइन् ।
राजधानीमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले रोक्का राखिएको जग्गामा सत्तारूढ नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीनको जग्गासमेत परेको जानकारी दिइन् । ’ललिता निवासस“ग जोडिएर आएका विषयको छानबिनका लागि त्यस क्षेत्रका ४ सय ५० भन्दा बढी कित्ता मालपोत कार्यालयले बिक्री वितरणका लागि रोक्का राखिसकेको छ ।’ मिसिल हराएकाले अझै केही जग्गा रोक्का राख्न बा“की रहेको जानकारीसमेत मन्त्री अर्यालले दिइन् ।

Saturday, April 27, 2019

यातायात प्रमुखसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं, १३ वैसाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयका प्रमुख सीताराम खनालसहित तीन जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । चालक अनुमतिपत्रका लागि सञ्चालित लिखित तथा प्रयोगात्मक परीक्षामा अनियमितता गरी परिणाम फेरबदल गरेकाले खनालसहित तीन जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा कार्यालय प्रमुख एवं परीक्षा समितिका अध्यक्ष खनाल, मेकानिकल इन्जिनियर योगेन्द्रप्रसाद गुप्ता, जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक बाबुकाजी गिरी छन् ।
त्यसैगरी अख्तियारले सबडिभिजन वन कार्यालय लाटीझोडा मोरङका अधिकृत सल्लाहुदिन अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । दीपज्योति सामुदायिक वन उपभोक्ता समूह केराबारी मोरङको पुनरुत्पादन कटान सिफारिस गरिदिने क्रममा सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घूस लिएको प्रमाणित भएकाले अन्सारीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएस“गै चारै जना सेवाबाट निलम्बित भएका छन् ।

प्रधानमन्त्री–प्रधानन्यायाधीश निवासको जग्गा सुवर्णशमशेरका हकदारका नाममा

  • गैरकानुनी रूपमा फिर्ता पाएको जग्गा सुवर्णशमशेरका हकदारले बेचिसके पनि प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रको जग्गा बिक्री हुन बाँकी
  • तत्कालीन भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ पनि छानबिनमा तानिने 
  • तत्कालीन भूमिसुधार सचिवद्वय दिनेशहरि अधिकारी र छविराज पन्तसहित दुई दर्जनभन्दा बढी कर्मचारीमाथि छानबिन
  • जग्गा रोक्का राख्न भूमिसुधार कार्यालयलाई अख्तियारको निर्देशन
काठमाडौं, १३ वैसाख– प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रको जग्गा कांग्रेसका संस्थापक नेता सुवर्णशमशेर राणाका हकदारका नाममा रहेको पाइएको छ । ३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना तथा १४ रोपनी १० आना क्षेत्रफलमा रहेको प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी १४ आना जग्गा व्यक्तिको नाममा दर्ता छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक छानबिनका क्रममा त्यो जग्गा सुवर्णशमशेरका हकदार रुक्मशमशेर, सुनीति राणा र शैलजा राणाका नाममा दर्ता रहेको पाइएको हो । उक्त जग्गा २०२१ सालमा सरकारले प्रतिरोपनी ५ हजार रुपैया“का दरले मुआब्जा दिई कानुनबमोजिम अधिग्रहण गरेको २८४ रोपनी १४ आना ३ दाम क्षेत्रफलभित्रै पर्छ ।

जग्गा दर्तामा तत्कालीन प्रमुख आयुक्त बस्नेतको निर्णायक भूमिका

बालुवाटार जग्गा प्रकरण
सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गराउने नै अख्तियार प्रमुख भएपछि ...
अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहेका बेला पर्ती, सरकारी र राजकुलोको जग्गासमेत नक्कली मोहीका नाममा दर्ता गरिदिन मन्त्रिपरिषद्मा पेस गरेका थिए ।
दीप बस्न्यातका विवादास्पद निर्णय

  • २०२१ र ०४७ सालको नापीले पर्ती जग्गा भनी किटान गरेको जग्गालाई मोहीका नाममा दर्ता गर्ने भनी मन्त्रिपरिषद्मा प्रस्ताव पठाए र निर्णयसमेत भयो ।
  • फिल्डबुकमा मोही नभएको भनी जनिएको जग्गामा ‘नाराञ्चा महर्जन’ भनी मोही कायम गरिदिएको विवरण पठाए र मन्त्रिपरिषद्बाट निर्णय भयो ।
काठमाडौं, १३ वैसाख– बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको निर्णायक भूमिका रहेको भेटिएको छ । बस्न्यातले अख्तियारको प्रमुख आयुक्त हुनुभन्दा अघि तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहेका बेला पर्ती, सरकारी र राजकुलोको जग्गासमेत नक्कली मोहीका नाममा दर्ता गरिदिन मन्त्रिपरिषद्मा पेस गरेको विवरण कान्तिपुरले फेला पारेको छ ।

८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १३ वैसाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, धरानका अधिकृत फणीन्द्र भट्टराईसहित ५ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । फिल्डबुकमा खगेन्द्रकुमारी गिरीको जग्गा भनी उल्लेख भएको धरान नगरपालिका वडा नं. ११ ग कि.नं. ३५ र ३६ का जग्गा उनको मृत्युपश्चात मिलेमतोमा खगेन्द्रकुमारी राईको भनी कर्णबहादुर राईका नाममा नामसारी गरी अनियमितता गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा भट्टराईका अतिरिक्त नासु डिल्लीराम कोइराला, सर्वेक्षक योगेन्द्रप्रसाद यादव, खरिदार श्यामप्रसाद लो र कृष्णबहादुर राई छन् ।
त्यस्तै अख्तियारले डिभिजन वन कार्यालय, बाराका कार्यालय प्रमुख (डिभिजनल वन अधिकृत) शिवशंकर ठाकुर लोहार र सहायक वन अधिकृत गौरीशंकरप्रसाद केसरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले कवाडी सामानका लागि बोलपत्र आहवान गर्दा लिलामी परेपछि सामान उठाउन सेवाग्राहीस“ग ९० हजार रुपैया“ घूस लिएको अख्तियारको दाबी छ । 

सैनिक विद्यालयका तीन जना बर्खास्त

काठमाडौं, १२ वैसाख– नेपाली सेनाले बा“सबारीस्थित सैनिक विद्यालयका तीन जनालाई बर्खास्त गरेको छ । पदमुक्त गरिएकामा प्रधानाध्यापक, एक शिक्षक र एक कर्मचारी छन् । विद्यार्थी भर्नाका निमित्त सञ्चालन भएको लिखित प्रवेश परीक्षामा सहभागीलाई पास गराउन अमर्यादित भूमिका निर्वाह गरेको आरोपमा उनीहरूलाई पदमुक्त गरिएको हो ।
२०७६ को शैक्षिक सत्रमा १ कक्षामा भर्नाका निमित्त सञ्चालित लिखित परीक्षामा तीन जनाले परीक्षा प्रणालीको मर्म र भावनाविपरीत पदीय मर्यादा र आचरणसमेतलाई ख्याल नगरी उत्तीर्ण गराउने उद्देश्यले प्रत्यक्ष सहयोगलगायतको काम गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाको विद्यालयको छवि धमिल्याउने काम गरेकाले प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी तीन जनालाई सोमबारदेखि लागू हुने गरी पदमुक्त गरिएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

न्यायाधीशको योग्यता पुगेको छैन : नेपाल बार

‘न्यायपरिषद् र संघीय संसदको सुनुवाइ समितिको विकल्प खोज्नुपर्ने बेला भयो’
काठमाडौं, १२ वैसाख– नेपाल बार एसोसिएसनले सर्वोच्च र उच्च अदालतमा नियुक्त कतिपय न्यायाधीशको योग्यता र क्षमतामा प्रश्न उठाएको छ । बारले यस्ता नियुक्तिले निष्ठावान न्यायाधीश र कानुन व्यवसायीको शिर निहुरेको टिप्पणीसमेत गरेको छ । बारले मंगलबार जारी गरेको विज्ञप्तिमा योग्यता नपुगेका न्यायाधीशको नाम भने उल्लेख छैन ।
बारका पूर्वअध्यक्ष, पूर्वमहासचिवसहित सल्लाहकारहरूको दुई दिन बसेको बैठकले न्यायाधीश नियुक्तिमाथि प्रश्न उठाएको हो । ‘सर्वोच्च र उच्च अदालतमा नियुक्त भएका कतिपय न्यायाधीशहरूको संविधान र कानुनबमोजिम अनुभव, योग्यता र क्षमतामा गम्भीर प्रश्न खडा भएको छ,’ बारको विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तो नियुक्तिले न्यायपालिकाको गरिमामा प्रश्न उठाएको छ ।’
 बारले न्यायपालिकाका नियुक्तिहरू विवादास्पद बन्दै गएको र पछिल्लो नियुक्ति थप विवादित बनेको उल्लेख गर्दै न्यायाधीश सिफारिस गर्ने न्यायपरिषद् र अनुमोदन गर्ने संघीय संसदको सुनुवाई समितिको विकल्प खोज्नुपर्ने बेला भएकोसमेत उल्लेख गरेको छ ।

राप्रपाद्वारा वार्ता समिति गठन

काठमाडौं, १२ वैसाख– राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसित वार्ता गर्न सोमबार समिति गठन गरेको छ । नेता दीपक बोहराको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन भएको छ । समिति समस्यमा महामन्त्री तथा सांसद राजेन्द्र लिङदेन र नेता निरञ्जन थापा छन् ।
हिन्दु राष्ट्र पुनर्बहालीलगायत माग राखी आन्दोलनमा उत्रिएको राप्रपालाई सरकारले आइतबार पत्र लेखी वार्तामा आउन आग्रह गरेको थियो । सरकार र राप्रपाबीच मंगलबार वार्ता हु“दै छ ।

दुई शिक्षकसहित तीनविरुद्ध मुद्दा

मुद्दा दायर भएसँगै तीनै जना पदबाट निलम्बित
काठमाडौं, १२ वैसाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई शिक्षकसहित तीन जनाविरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । नेपाल जनता प्रावि, नवलपरासीका प्रधानाध्यापक अर्जुनप्रसाद यादव र महावीर मावि ब्रह्मापुरी, कलैया, बाराका प्रा.वि. राहत शिक्षक कृति थापा खडकाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । उनीहरू नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सेवामा रहेको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

मेभित्र तातोपानी नाका खुल्छ : परराष्ट्रमन्त्री

राष्ट्रपति भण्डारी बुधबार चीनको राजकीय भ्रमणमा
काठमाडौं, ११ वैसाख– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मे महिनाभित्रै तातोपानी नाका खुल्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारदेखि गर्न लागेको चीन भ्रमणबारे जानकारी दिन राजधानीमा सोमबार आयोजित कार्यक्रममा उनले तातोपानी नाका खुल्ने बताएका हुन् ।
‘चीन सरकारले आगामी मे महिनाभित्र तातोपानी नाका खोल्ने गरी त्यहाँको विकास निर्माणको कामलाई तीव्र गतिमा अघि बढाइरहेको छ,’ उनले भने । राष्ट्रपति भण्डारी बुधबार चीनको राजकीय भ्रमणमा जा“दै छिन् । राष्ट्रपति चीनको बेइजिङमा आयोजना हुने बेल्ट एन्ड रोड (बीआरआई) को दोस्रो सम्मेलनमा भाग लिन जा“दै छिन् ।

प्रहरी हस्तक्षेप आपत्तिजनक : मानव अधिकार आयोग

डीएसपी सिंहलाई कारबाही गर्न निर्देशन
काठमाडौं, ११ वैसाख– राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो स्वतन्त्रता, स्वायत्तता र मर्यादामाथि नेपाल प्रहरीले ठाडो हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएको छ । आयोग पदाधिकारीको सोमबार बसेको बैठकले आइतबार आफ्नो क्षेत्रीय कार्यालयमा प्रहरीले हस्तक्षेप गरेकामा रोष प्रकट गर्दै त्यसमा संलग्न अधिकृतलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।
बा“के जिल्ला अदालतको आदेशबाट साधारण तारेखमा रिहा भएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता दानबहादुर फडेरा आफू पुनः पक्राउ पर्ने डरले आयोगको क्षेत्रीय कार्यालयमा पुगेका बेला प्रहरीले आइतबार राति घेराबन्दी गरेकामा आयोगले आपत्ति जनाएको हो ।
आयोगले सोमबार विज्ञप्ति जारी गरी प्रहरीले आफ्नो क्षेत्रीय कार्यालयलाई घेरा हाली आइतबार राति सुरक्षा गार्डलाई गेट खोल्न धम्की दिएको र आयोगको आकस्मिक बैठक बसिरहेका बेला कार्यालय प्रमुखलाई दबाब दिएर आपत्तिजनक कार्य गरेको भन्दै खेद प्रकट गरेको छ ।

निजामतीमा फेरि प्रोत्साहन भत्ता

  • आफैंले गरेको निर्णय सरकारले उल्टायो
  • अख्तियार र भन्सार राजस्व कार्यालयमा सय प्रतिशत
  • अरू दुई दर्जनभन्दा बढी कार्यालयमा ५० प्रतिशत
  • वार्षिक ६ अर्ब दायित्व थपिने
‘प्रोत्साहन भत्ता दिने निर्णय भएका निकायमा कागजातमा मात्र अतिरिक्त समय काम गरेको देखाएर प्रोत्साहन भत्ता लिने÷दिने विकृति बढ्छ’
‘प्रोत्साहन भत्ताले कार्यालय समयमा काम नगर्ने र बिहान–बेलुका मात्र काम हुने गलत प्रवृत्ति बढाउ“छ’
‘अतिरिक्त समय काम गर्नुपर्ने गरी धेरै दायित्व भएका निकाय छैनन् । बिहान–बेलुका काम गर्नुपर्ने भए कर्मचारीलाई सिफ्टमा राखेर काममा लगाउनु उत्तम हुन्छ । यसबाट अतिरिक्त सुविधाबापत दिनुपर्ने अर्बांै रुपैया“ रकम बचत हुन्छ ।’
 
काठमाडौं, १० वैसाख– सरकारले फजुल खर्च भन्दै गत वर्ष साउनदेखि रोक्का राखेको प्रोत्साहन भत्ता निजामती कर्मचारीलाई फेरि बा“ड्न थालेको छ । मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी अतिरिक्त समय र विशिष्टीकृत काम गरेको नाउ“मा दुई दर्जनभन्दा बढी निकायका १५ हजारभन्दा बढी कर्मचारीलाई मासिक तलबभत्ताबाहेक ४० देखि सय प्रतिशतसम्म प्रोत्साहन भत्ता दिन थालिएको हो ।

Sunday, April 21, 2019

संघीय संसद्मा गैरकानुनी रूपमा ३ करोड ६९ लाख प्रोत्साहन भत्ता

गैरकानुनी भत्ता असुलउपर हुनुपर्छ : महालेखा
काठमाडौं, ६ वैसाख– संघीय संसदका महासचिवदेखि सचिवालयका कर्मचारीले प्रोत्साहन भत्ताबापत गैरकानुनी रूपमा ३ करोड ६९ लाख १७ हजार रुपैया“ लिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले २०७४÷७५ को प्रतिवेदनमा संसदका महासचिव र कर्मचारीले २०७४ माघदेखि असार मसान्तसम्म गैरकानुनी रूपमा उक्त प्रोत्साहन भत्ता बुझेको उल्लेख गरेको छ ।
कार्यालयले अर्थ मन्त्रालयको स्वीकृतिबिनै गैरकानुनी रूपमा संघीय संसद्मा वितरण गरिएको प्रोत्साहन भत्ता फिर्ता गराउन निर्देशन दिएको छ । अर्थ मन्त्रालयले गत वर्ष माघ १० देखि कुनै पनि निकायमा प्रोत्साहन नदिने निर्णय गरे पनि संसदका कर्मचारीले माघदेखि असारसम्मको तलबको ८० प्रतिशत बराबर भत्ता लिएका थिए ।
‘अर्थ मन्त्रालयको सहमतिबेगर २०७४ माघदेखि असार मसान्तसम्मको प्रोत्साहन भत्ता ३ करोड ६९ लाख १७ हजार उपलब्ध गराएको छ । यसरी नियमविपरीत उपलब्ध गराएको प्रोत्साहन भत्ता सम्बन्धित कर्मचारीबाट असुल गर्नुपर्दछ,’ प्रतिवेदनमा उल्लेख छ ।

महासचिव पौडेलकी बुहारी बढुवा गर्न दरबन्दी थप

काठमाडौं, ६ वैसाख– परराष्ट्र मन्त्रालयमा नेकपाका महासचिव विष्णु पौडेलकी बुहारी प्रमिता अधिकारीलाई शाखा अधिकृतबाट उपसचिवमा बढुवा गर्न कानुनविपरीत दरबन्दी थप गरिएको छ ।
परराष्ट्र मन्त्रालयमा ओएन्डएम (संगठन तथा व्यवस्थापन सर्भे) नगरी निजामती ऐन तथा नियमावलीविपरीत उपसचिवका दुई दरबन्दी थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
ऐन तथा नियमावलीमा कुनै पनि मन्त्रालय तथा सेवामा दरबन्दी थप गर्नुअघि ओएन्डएम सर्भे गर्नुपर्ने अनिवार्य व्यवस्था छ ।
सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा कति कर्मचारी आवश्यक छ, कति दरबन्दी थपघट गर्नुपर्छ भन्ने तय गर्न सामान्य प्रशासन मन्त्रालयका सचिवको संयोजकत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधि राखी ओएन्डएम सर्भे गरिरहेको छ । सर्भेले नयाँ दरबन्दी प्रस्ताव नगरेसम्म विद्यमान निजामती सेवाको दरबन्दी थप नगर्ने र भएका कर्मचारीलाई नै तीन तहमा समायोजन गर्ने सरकारको नीतिगत निर्णय छ । 
स्रोतका अनुसार सत्तारूढ नेकपाका महासचिव विष्णु पौडेलकी बुहारी प्रमिता अधिकारीलाई परराष्ट्र सेवाको शाखा अधिकृतबाट उपसचिवमा बढुवाको बाटो खोल्न दरबन्दी थप गरिएको हो । सुरुमा सामान्य प्रशासन र अर्थ मन्त्रालय दुवैले मानेका थिएनन् । दरबन्दी थप्न ओएन्डएमका अतिरिक्त अर्थ र सामान्य प्रशासनको सहमति आवश्यक हुन्छ । ओएन्डएम समितिले समेत दरबन्दी थप्न मानेको थिएन ।

थपलिया प्रमुख आयुक्त नियुक्त

काठमाडौं, ६ वैसाख– राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पूर्वसचिव दिनेश थपलियालाई निर्वाचन आयोगको प्रमुख आयुक्त नियुक्त गरेकी छन् । 
संवैधानिक परिषद्बाट सिफारिस भई संसदीय सुनुवाइबाट अनुमोदन भएका थपलियालाई राष्ट्रपति भण्डारीले संविधानको धारा २४५ को उपधारा २ बमोजिम प्रमुख आयुक्त नियुक्त गरेकी हुन् । थपलिया प्रमुख आयुक्त सिफारिस हुनुअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थिए ।

सर्वोच्चमा ५ न्यायाधीश नियुक्त

काठमाडौं, ६ वैसाख– राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाइबाट अनुमोदन भएका ५ जनालाई शुक्रबार सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेकी छन् । न्यायपरिषदको सिफारिसपछि संसदीय सुनुवाइबाट अनुमोदन भएका उनीहरूलाई राष्ट्रपतिले संविधानबमोजिम नियुक्त गरेकी हुन् ।
नियुक्त भएकामा प्रकाशकुमार ढुंगाना, सुस्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फु“याल र मनोजकुमार शर्मा छन् । ढुंगाना र माथेमा उच्च अदालतका मुख्य न्यायाधीश थिए भने रेग्मी, फु“याल र शर्मा कानुन व्यवसायीमध्येबाट न्यायाधीश सिफारिस भएका थिए । ५ जनामध्ये रेग्मी र फु“याल प्रधानन्यायाधीशको रोलक्रममा समेत छन् ।

सेनामा भ्रष्टाचार हटाउन ‘आचारसंहिता सप्ताह’

काठमाडौं, ६ वैसाख– नेपाली सेनाले आर्थिक अपारदर्शिता, चेनअफ कमान्ड उल्लंघन र अनुशासनविपरीत गतिविधि नियन्त्रणका लागि संगठनभित्र कठोर नीति अवलम्बन गर्ने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार जंगी अड्डामा आयोजित कार्यक्रममा ‘सैनिक सदाचारको उत्साह’ नारासाथ सैनिक आचारसंहिता सप्ताह शुभारम्भ गरे । 
सेनाले प्रत्येक वर्ष पहिलो महिनाको पहिलो साता आचारसंहिता सप्ताह मनाउने घोषणा गरेको छ । यस क्रममा सेनाले सकल दर्जाले गर्नुपर्ने, गर्न हुने÷नहुने एवं आर्थिक पारदर्शिता, भर्ना छनोट, राजनीतिक भेटघाट, सार्वजनिक अभिव्यक्ति दि“दा हेक्का राख्नुपर्ने विषयमा मुख्यालयदेखि तल्लो तहसम्म प्रशिक्षण दिने भएको छ । प्रधानसेनापति थापाले कार्यक्रममा आचारसंहितासम्बन्धी पुस्तकसमेत लोकार्पण गरेका थिए । उनले कार्यक्रममा आचारसंहिता हास्यव्यंग्यको पुलिन्दाजस्तो नभएको भन्दै पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिए । ‘सेनाले आचारसंहिता सप्ताह मनाउनुपर्ने अवस्था आउनु आफैंमा विडम्बना र गम्भीर घटना हो, भ्रष्टाचारलगायत अन्य विकृति अहिले सुधार गर्न नसके कहिल्यै सुधार हुनेछैन,’ उनले भने ।

तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ६ वैसाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन राष्ट्रसेवकविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा नेपाल प्रहरीका सई दिनेश रेग्मी, राष्ट्रिय वाणिज्य बैंकको बर्दघाट शाखाका कर्मचारी अञ्चल सुनार र अछामको श्रीकालिका देवी प्राथमिक विद्यालयका शिक्षक सुरतबहादुर रावल छन् ।
रेग्मी र रावलले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेको पुष्टि भएको र सुनारले सेवाग्राहीस“ग १० हजार घुस लिएको प्रमाणित भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएस“गै तीनै जना सेवाबाट निलम्बित भएका छन् ।

Friday, April 19, 2019

रोक्का हुन सकेन बालुवाटारको जग्गा

  • बालुवाटारको अतिक्रमित करिब ११७ रोपनी सरकारी जग्गा रोक्का राख्ने सरकारकै निर्णयलाई कार्यान्वयन गर्न मानेनन् भूमिसुधारका अधिकारीले
  • मिसिल छैन, अतिक्रमित कित्ता कुन कुन हुन् भन्ने यकिन नभएकाले रोक्का राख्न सक्तैनौं : भूमिसुधार कार्यालय, डिल्लीबजार
  • रोक्का राख्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयनको प्रगति विवरण तीन दिनभित्र दिन ताकेता गरेका छौं : भूमि व्यवस्था मन्त्रालय
  • मालपोत, नापी र गुठीको समन्वयबिना स्थलगत रूपमा जग्गा रोक्का राख्न सकिँदैन : मन्त्रालयका एक अधिकारी
काठमाडौंं, ५ वैसाख– बालुवाटारको अतिक्रमित ११७ रोपनी सरकारी जग्गा रोक्का राख्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न भूमिसुधार कार्यालय डिल्लीबजारले अस्वीकार गरेको छ । मिसिल (रेकर्ड फाइल) नभेटिएको र कुन कुन कित्ता रोक्का राख्ने यकिन गर्न नसकिएको बहाना गर्दै उक्त कार्यालयले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न नसकिने जनाएको हो ।
मन्त्रिपरिषदले फागुन २८ मा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित छानबिन सम्पत्तिको सिफारिसअनुसार बालुवाटारमा पहुँचवाला व्यक्तिहरूका नाममा रहेको सरकारी जग्गा रोक्काको निर्णय गरी कार्यान्वयन गर्न भूमि व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको थियो । प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासजस्तो संवेदनशील ठाउ“को जग्गासमेत व्यक्तिका नाममा रहेको भन्दै गरिएको रोक्का राख्ने निर्णयलाई सरकारकै अंगले कार्यान्वयन गर्न नचाहेका हुन् । रोक्का राख्ने निर्णय कार्यान्वयन नहु“दा ठूलो परिमाणको सरकारी जग्गा भित्रभित्रै किनबेच, नामसारी र बैंकमा धितो राख्नेजस्ता खेल हुन सक्ने देखिएको छ ।

Thursday, April 18, 2019

उपसचिव सञ्जेललाई अख्तियारको पत्र

काठमाडौं, ४ वैसाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रम कार्यालय विराटनगरका प्रमुख उपसचिव प्रेम सञ्जेलमाथि छानबिन अघि बढाएको छ । अनियमितताविरुद्ध कडा रूपमा प्रस्तुत हुँदै आएका सञ्जेलले भ्रष्टाचार गरेको आशंका गर्दै अख्तियारले तीन दिनभित्र उपस्थित हुन मंगलबार पत्र काटेको छ ।
निर्वाचन कार्यालय विराटनगरको प्रमुख हुँदा सञ्जेलले निर्वाचन आयोगको निर्णय र नियमविपरीत आफू कार्यालयमा हाजिर नभए पनि फागुन १७ देखि चैत २३ सम्म प्रोत्साहन भत्ता, खाना र खाजा भत्ता लिएकाले छानबिनका लागि बोलाइएको अख्तियारको पत्रमा उल्लेख छ । श्रम कार्यालय, विराटनगरमा सरुवा हुनुअघि सञ्जेल निर्वाचन आयोग कार्यालयमा कार्यरत थिए ।

उत्तरगंगा ८२८ मेगावाट क्षमतामा बनाइने

पानी कता बगाउने विवाद टुंगियो
काठमाडौं, ४ वैसाख– उत्तरगंगा जलाशययुक्त आयोजना ८ सय २८ मेगावाट क्षमतामा बनाइने भएको छ । विद्युत् प्राधिकरणको सहायक कम्पनी उत्तरगंगा पावरले आयोजना ८ सय २८ मेगावाट क्षमतामा बनाउने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने निर्णय गरेको छ ।
उत्तरगंगा पावर कम्पनी स्रोतले आयोजना निर्माण गर्न करिब पौने २ अर्ब रुपैया“ लाग्ने अनुमान गरिएको जानकारी दिएको छ । डीपीआर तयार भएपछि यसको वास्तविक लागत अनुमान आउनेछ ।
पूर्वसम्भाव्यता अध्ययनका क्रममा उत्तरगंगा ३ सय मेगावाट क्षमतामा बनाउन प्रस्ताव गरिएको थियो । स्रोतका अनुसार सम्भाव्यता अध्ययनले ८ सय २८ मेगावाट क्षमतामा बनाउ“दा आयोजना आकर्षक हुने प्रस्ताव गरेपछि कम्पनी त्यही निर्णयमा पुगेको हो ।

जग्गा अतिक्रमणको विरोध

काठमाडौं, ४ वैसाख– विवेकशील नेपाली दलले बालुवाटारस्थित अतिक्रमणमा परेको सार्वजनिक जग्गा सरकारका नाममा फिर्ता गर्न माग गर्दै बुधबार राजधानीमा प्रदर्शन गरेको छ । 
प्रदर्शनक्रममा विवेकशीलका नेता–कार्यकर्ताले बालुवाटारको अतिक्रमित सार्वजनिक जग्गामा राष्ट्रिय झन्डा गाड्न खोजेका थिए । प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरी संयोजक उज्ज्वल थापासहित १७ जनालाई पक्राउ गरेर अपराह्न रिहा गरेको छ ।

Wednesday, April 17, 2019

महासचिव पौडेलदेखि भाटभटेनीको जग्गासमेत रोक्कामा

 बालुवाटार जग्गा प्रकरण : जग्गा रोक्का क–कसको ?
सरकारी जग्गा किन्नेहरू नेकपाका महासचिव पौडेल, निर्वाचन आयुक्त शाह, भाटभटेनीका मीनबहादुर गुरुङ, एनआरएनए लगायत
काठमाडौं, ३ वैसाख– सरकारले रोक्का राखेको बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी जग्गामा गैरआवासी नेपाली संघ (एनआरएनए) को निर्माणाधीन भवनको जग्गासमेत परेको छ । एनआरएनएको निर्माणाधीन भवन रहेको ३ रोपनी १ आना जग्गा अतिक्रमित ११३ रोपनीभित्रकै भएकाले रोक्कामा राखिएको भूमि व्यवस्था मन्त्रालयका अधिकारीले बताएका छन् ।
सरकारले २०२१ सालमा ललिता निवासले चर्चेको २९९ रोपनीमध्ये २८४ रोपनी जग्गा मुआब्जा दिई अधिग्रहण गरेको थियो । २०४७ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका पालामा पञ्चायतकालमा लोकतान्त्रिक आन्दोलनमा लागेका कारण तत्कालीन सरकारले खोसेको जग्गा फिर्ता दिने निर्णय गरेको थियो । भट्टराई सरकारको निर्णयअनुसार कांग्रेसका संस्थापक नेता सुवर्णशमशेर राणाको पञ्चायतकालीन सरकारले जफत गरेको १४ रोपनी जग्गामात्र फिर्ता हुनुपर्ने थियो । तर भट्टराई सरकारको निर्णयको अपव्याख्या गरी भूमिसुधार कार्यालय डिल्लीबजारले पटकपटक निर्णय गरी ललिता निवासको ११३ रोपनी जग्गा २०४९ सालमा सुवर्णशमशेरका छोरा रुक्मशमशेरसहितका हकदारका नाममा कायम गरिदिएको थियो ।

लेखा अधिकृत र शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २ वैसाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृत र शिक्षिकाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर भएसँगै दुवै जना सेवाबाट निलम्बित भएका छन् ।
काठमाडौंको चन्द्रागिरि नगरपालिकाका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराईले सडक मर्मतको रकम भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २० हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
प्राथमिक तहको अध्यापन अनुमतिपत्र नक्कली रहेको पुष्टि भएकाले धनुषाको जनता उच्च माध्यमिक विद्यालय, गिद्दा–बेलापट्टीकी शिक्षिका शर्मिलाकुमारी मण्डलविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

न्यायाधीश सिफारिसविरुद्ध पाँच उजुरी

काठमाडौं, २ वैसाख– सर्वाेच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका ५ जनाविरुद्ध संघीय संसदको सुनुवाइ समितिमा पाँचवटा उजुरी परेका छन् ।
न्यायाधीशमा सिफारिस प्रकाश ढुंगानाविरुद्ध दुई र हरि फुयालविरुद्ध एउटा उजुरी परेको छ । न्यायाधीश नियुक्ति प्रक्रियामाथि नै प्रश्न उठाउ“दै थप दुई उजुरी परेका छन् ।
चैत १८ मा बसेको न्यायपरिषद् बैठकले सर्वोच्चको न्यायाधीश नियुक्त गर्न हरि फुयाल, कुमार रेग्मी, प्रकाश ढुंगाना, सुष्मलता माथेमा र मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ । समितिले पा“चै जनाविरुद्ध चैत २१ मा सार्वजनिक सूचना जारी गरी उजुरी आहवान गरेको थियो । उजुरीमाथि सुनुवाइ समितिको मंगलबार बस्ने बैठकमा छलफल हुनेछ ।

विभूषणमा पञ्चायतकालीन प्रवृत्ति दोहोरिँदै

  • सरकारले पञ्चायतकालमा जस्तै बिनामापदण्ड जथाभावी विभूषण दिने प्रवृत्तिले यसको गरिमा घटदै गएको छ 
  • विभूषणको महत्व र गरिमा बढाउन सिफारिसको प्रस्ट आधार र मापदण्ड बनाएर सार्वजनिक गर्नुपर्छ ।
  • विभूषण सिफारिस समितिमै रहेका व्यक्तिले समेत आफ्नै नाम सिफारिस गर्ने र आफैंले विभूषण लिनेप्रवृत्तिसमेत बढदै गएको छ ।
काठमाडौं, २ वैसाख– थुप्रैमध्ये पञ्चायतको एउटा बदनामी थियो, आसेपासे र हुक्के ढोकेलाई विभूषणले झकिझकाउ पार्नु । राम्रा काम गर्ने र सदाचार चरित्र भएकाहरू पञ्चायतको यो चाकरीबाज संस्कृतिमा अटदैनथे र तिनका गलामा राजाको हातबाट विभूषण र तक्माहरू सायदै पर्थे । असलको गुण नदेख्ने र आसपासका खराबलाई नै विभूषित गर्ने पञ्चायतको शैलीविरुद्ध नया“ व्यवस्थाले गुण र दोषका आधारमा पुरस्कार र दण्डको व्यवस्था गर्ला भन्ने आशा थियो । तर, गणतान्त्रिक सरकारले दिएका विभूषण पाउनेहरूको सूची हेर्दा व्यवस्था मात्रै फेरियो, प्रवृत्ति र शैली भने उही रह्यो भन्ने तर्कलाई नमानी धर नपाइने अवस्था देखिएको छ ।
सरकारले पञ्चायतकालमा जस्तै बिनामापदण्ड जथाभावी विभूषण दिने प्रवृत्तिले यसको गरिमा घटदै गएको छ । विभूषण ऐन २०६४ र नियमावली २०६५ जारी भए पनि कुन व्यक्तिलाई मुलुकका लागि के विशिष्ट योगदानका आधारमा विभूषण दिइयो भन्ने सार्वजनिक हुने गरेको छैन । योगदान सार्वजनिक नगरी जथाभावी विभूषण र मानपदवी दि“दा यसको गरिमा घटेको बताउ“छन् गृह मन्त्रालयका पूर्वसचिवहरू ।

महासचिव पौडेल चीन प्रस्थान

काठमाडौं, १ वैसाख– नेकपाका महासचिव विष्णुप्रसाद पौडेल शनिबार चीन प्रस्थान गरेका छन् । सियान विश्वविद्यालयले स्थापना गरेको सियान–साउथ एसियन स्टडी सेन्टर उद्घाटन गर्न उनी चीन गएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।
चीनमा रह“दा महासचिव पौडेलले चिनिया“ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूस“ग भेटघाट गर्ने कार्यक्रमसमेत छ । उनी आगामी वैशाख ७ मा स्वदेश फर्कने छन् ।

आज प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं, १ वैसाख– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । नयाँ वर्ष २०७६ का अवसरमा ओलीले बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट बिहान ७ बजे सम्बोधन गर्ने स्वकीय सचिवालयले जानकारी दिएको छ । 
उनले सम्बोधनमा आफ्नो नेतृत्वमा सरकार गठन भएपछिका उपलब्धि र आगामी योजनाबारे देशवासीलाई जानकारी गराएर विश्वास जित्ने प्रयास गर्ने सचिवालय स्रोतले जनायो ।

Saturday, April 13, 2019

६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २९ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता गरेको अभियोगमा शुक्रबार ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
जिल्ला वन कार्यालय बर्दियाका तत्कालीन प्रमुख वन अधिकृत भैरवप्रसाद घिमिरे र मयूरबस्ती इलाका वन कार्यालयका फरेस्टर कृष्णप्रसाद घिमिरेले कालिका–१ बोकटियास्थित शिवशक्ति सामुदायिक वन उपभोक्ता समितिको १० हेक्टरमा वृक्षरोपण गर्न लाखौं रुपैयाँ पेस्की लिई हिनामिना गरेको अख्तियारले जनाएको छ । अभियोगपत्रमा उनीहरूविरुद्ध जनही २ लाख ६ हजार रुपैयाँ बिगो कायम गरी जरिवाना र जेल सजाय मागदाबी गरिएको छ ।
अख्तियारले सब–डिभिजन वन कार्यालय, धनगढीका सहायक वन अधिकृत भरतप्रसाद साह र बिचौलिया पुष्करदेव जोशीविरुद्धसमेत भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले वन कार्यालयमा अनुसन्धान भइरहेको मुद्दाको मिसिल मिलाइदिने भन्दै सेवाग्राहीसँग ३० हजार रुपैयाँ घूस लिएको अभियोगपत्रमा उल्लेख छ । 

भवन विभागको जग्गा पनि व्यक्तिकै नाममा

  • भूमिसुधार कार्यालय, डिल्लीबजारबाट १०२४ र १०२५ मिसिलको ११३ रोपनी जग्गाको फाइल गायब
  • नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीनका नाउँमा रहेको ८ आना जग्गा रोक्का
  • प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रको व्यक्तिका नाममा रहेको जग्गा रोक्का
  • भूमिसुधार कार्यालय, डिल्लीबजारका कर्मचारी र भूमाफियामाथि छानबिन गरी कारबाही गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा
  • अनधिकृत रूपमा व्यक्तिका नाममा गर्ने तत्कालीन सचिव पन्तसहित दर्जनौं कर्मचारीलाई कारबाही गर्न अख्तियारलाई पत्र ।
  • सहरी विकास तथा भवन विभाग रहेको जग्गा व्यक्तिका नाममा दर्ता गर्न सर्वाेच्च अदालतले आदेश दिएपछि भरतशमशेर राणाको परिवार र सहयोगीले लालपुर्जाका लागि ताकेता गर्दै आएका छन् । 
सरकारी जग्गा व्यक्तिका नाममा

काठमाडौं, २८ चैत– सहरी विकास तथा भवन विभाग रहेको जग्गा व्यक्तिका नाममा दर्ता गर्न सर्वाेच्च अदालतले आदेश दिएको खुलासा भएको छ । बाइस वर्षअघि सर्वाेच्चले कांग्रेस नेता भरतशमशेर राणाका नाममा उक्त विभाग भएको जग्गा दर्ता गर्नुपर्ने परमादेश जारी गरेको पाइएको छ ।
फैसला भएदेखि नै जग्गा आफ्नो नाममा ल्याउन राणाका परिवार र सहयोगीले ताकेता गर्दै आएको देखिन्छ । भरतशमशेरको गत साउन २६ मा मृत्यु भएपछि उनकी पत्नी उमा राणाले एक जग्गा कारोबारी मोहन साहनीलाई लालपुर्जा बनाउने काममा खटिने जिम्मेवारी सुम्पेकी छन् ।

Wednesday, April 10, 2019

सशस्त्रको बढुवा यथास्थितिमा राख्न आदेश

काठमाडौं, २६ चैत– सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलको प्रहरी उपरीक्षक (एसपी) को बढुवा सिफारिस रोक्का राख्न सरकारलाई अन्तरकालीन आदेश दिएको छ ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले चैत ५ मा सशस्त्र प्रहरीमा ३७ प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई एसपीमा बढुवा गर्न गरिएको सिफारिस कार्यान्वयन नगर्न आदेश दिएको हो ।
आफूभन्दा कनिष्ठलाई बढुवाका लागि सिफारिस गरिएको दाबी गरी डीएसपीद्वय लेखनाथ खनाल र अच्युत मजगैयाँले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा बहस गर्दै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, रामकृष्ण निराला र रुद्र शर्माले अन्यायपूर्ण तवरबाट सशस्त्र प्रहरी बलमा बढुवाको सिफारिस गरिएकाले त्यसलाई रोक लगाउन माग गरेका थिए ।

अधिकारीद्वारा आयोगमा बस्न अस्वीकार

काठमाडौं, २६ चैत– प्रदेश ३ सरकारको नीति तथा योजना आयोगको सदस्यमा नियुक्त महिला अधिकारकर्मी रेणु अधिकारीले पद अस्वीकार गरेकी छन् । अधिकारीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पद अस्वीकार गरेको उल्लेख गरेकी हुन् ।
गत साता प्रदेश ३ को मन्त्रिपरिषद्ले अधिकारीलाई नीति तथा योजना आयोगको सदस्यमा नियुक्त गरेको थियो ।
अधिकारकर्मी अधिकारीले आफू अरू काममा व्यस्त रहनुपर्ने भएकाले आयोग सदस्यको जिम्मेवारी पूरा गर्न नसक्ने जानकारी प्रदेश सरकारलाई गराएकी छन् । ‘मैले मेरो आफ्नै कारणले पद लिन नसक्ने प्रदेश ३ सरकारलाई जानकारी गराउन बाध्य भएकी छु,’ फेसबुकमा उनले लेखेकी छन्, ‘मेराबारे धेरै टीकाटिप्पणी हुन्छन् होला तर त्यसले मलाई त्यति असर पर्दैन । कृपया मलाई बुझ्ने कोसिस गरी दिनु होला र मलाई मैले पद लिन नसकेकामा माफ गरिदिनुहोला ।’ ३ नं. सरकारले अधिकारी र रामचन्द्र ढकाललाई नीति तथा योजना आयोगको सदस्यमा नियुक्त गरेको थियो ।

९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २६ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली बैंक ग्यारेन्टी पेस गरी सडक स्तरोन्नतिको रकम भुक्तानी लिने ७ जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले भोजपुर जिल्ला प्राविधिक कार्यालयका तत्कालीन प्रमुख लालु गिरी, लेखापाल रामबहादुर दाहाल, कृषि विकास बैंकका तत्कालीन शाखा अधिकृत छविलाल ढकाल, एमके निर्माण सेवाका प्रबन्ध निर्देशक माधवप्रसाद खनाल, एमके जेभीका प्रतिनिधि रणधीर तुम्बा र देवजंग शाही, वाईपी कन्स्ट्रक्सनका राजु श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरूले मिलेमतोमा नक्कली बिलभर्पाईका आधारमा रकम भुक्तानी लिएर १ करोड १० लाख ८० हजार रुपैया“ भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।
जिल्ला प्राविधिक कार्यालय, भोजपुरले स्तरोन्नति कार्यक्रमअन्तर्गत भोजपुर–टक्सार–कोट–गगने–लेखर्क सडक स्तरोन्नति गर्न ठेक्का पाएका ठेकेदार कम्पनीका प्रतिनिधिहरूले कर्मचारीसितको मिलेमतोमा कामै नगरी भ्रष्टाचार गरेको अख्तियारको आरोपमा उल्लेख छ । मुद्दा दायर भएस“गै जिल्ला प्राविधिक प्रमुखसहित तीनै जना कर्मचारी निलम्बित भएका छन् ।

Tuesday, April 9, 2019

प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासकै जग्गा व्यक्तिको नाममा

काठमाडौं, २५ चैत– प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रैको जग्गासमेत ‘भूमाफिया’ र भूमिसुधार कार्यालय कार्यालय, डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ ।
३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवास भित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको छ । १४ रोपनी १० आना क्षेत्रफलमा रहेको प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी १४ रोपनी जग्गा पनि व्यक्तिको नाममा दर्ता रहेको छ ।
पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले राजधानीको मुटुमा रहेको बालुवाटार र वरपरको ११३ रोपनीभन्दा बढी सरकारी जग्गा अतिक्रमणमा परिसकेको र प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रको जग्गासमेत व्यक्तिका नाममा दर्ता भइसकेको फेला पारेको हो ।
सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरूको हिनामिना सम्बन्धी छानबिन समितिले गत माघ २६ मा सरकारलाई आफ्नो प्रतिवेदन बुझाइसकेको छ । तत्कालीन राजा वीरेन्द्रबाट आफ्ना ‘चाकरीदार’ लाई साढे १२ रोपनी बा“डेको र नक्कली गुठीका नाममा साढे ३ रोपनी अतिक्रमण भएकाले ललिता निवासमा सरकारले अधिग्रहण गरेको जग्गा थप सा“घुरिएको छ । बबरमहलसहितको १२ रोपनी १२ आना हिसाब गर्दा कुल अतिक्रमित बहुमूल्य जग्गाको परिमाण १४१ रोपनी पुगेकोसमेत छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

नागरिकतामा गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, २५ चैत– सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गृह मन्त्रालयको परिपत्रलाई यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो ।
आदेशमा नागरिकता ऐन संघीय संसदमा संशोधनका क्रममा रहेकाले गृह मन्त्रालयको त्यही सम्बन्धी पत्र यथास्थितिमा राख्न आदेश भएको जानकारी अदालत स्रोतले दिएको छ ।
गृह मन्त्रालयले चैत १९ मा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई कानुन बमोजिम वंशजको नागरिकता दिने निर्णय कार्यान्वयन गर्न निर्देशन जारी गरेको थियो ।
त्यसअनुसार जिल्ला प्रशासन कार्यालयहरूले जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण गर्न थालेका थिए ।

तारागाउँ रिजेन्सी होटल्सको १५० रोपनी जग्गा फिर्ता गर्न सरकारलाई निर्देशन

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक
तारागाउँ रिजेन्सी होटल्सभित्रको अनियमितता छानबिन गर्न अख्तियारलाई निर्देशन
सरकारको लगानी रहेकाले छानबिन गर्न मिल्छ : अध्ययन प्रतिवेदन

काठमाडौं, २४ चैत– प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अनधिकृत रूपमा तारागाउ“ रिजेन्सी होटल्स लिमिटेडलाई दिइएको तारागाउ“ विकास समितिको १ सय ५० रोपनी जग्गा सरकारका नाममा फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आइतबार बसेको बैठकले अग्नि सापकोटाको संयोजकत्वमा गठित उपसमितिले दिएको अध्ययन प्रतिवेदन सर्वसम्मतिले अनुमोदन गरी २०५० चैतमा नामसारी गरी तारागा“उ रिजेन्सी होटल्स लिमिटेडलाई दिइएको उक्त जग्गा सरकारका नाममा फर्काउन निर्देशन दिएको हो ।
मन्त्रिपरिषदको निर्णयबिना तारागाउ“ विकास समिति (सरकारी) जग्गा भोगाधिकारसमेत दिन नपाइने कानुनी व्यवस्थाविपरीत मालपोत कार्यालयले होटलको नाममा नामसारी गरिदिएको थियो । २०५० चैत ३ मा रजिष्ट्रेसन नं.५८८१ मा ‘तारागा“उ रिजेन्सी होटल्स लिमिटेड’को नाममा जग्गाधनी प्रमाणपत्र बनेको हो ।
समितिले तारागा“उ रिजेन्सी होटल्स लिमिटेडमा रहेको तारागाउ“ विकास समितिको शेयर अनियमितता गरी घटाइएको, कानुनविपरीत १ सय ५० रोपनी जग्गा हस्तान्तरण र १ सय ४८ रोपनी जग्गा लिजमा दिइएको र सरकारी शेयर रहेको होटलको भ्रष्टाचारमा छानबिन गरी दोषीमाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनसमेत दिइएको छ ।
समितिले प्रतिवेदनमा होटलमा सरकारको शेयर रहेकाले अख्तियारले त्यहा“ भएको अनियमितताको छानबिन गरी कारबाही गर्ने अधिकार हुने उल्लेख गरेको छ । समितिले सभापति पवित्रा निरौला खरेललाई समितिको निर्देशन कार्यान्वयन भए/नभएको विषयमा फ्लोअप गर्ने जिम्मा दिएको जानकारी उपसमितिका संयोजक सापकोटाले जानकारी दिए ।

गरिबी निवारण कोषमा भ्रष्टाचार नहोस् : प्रधानमन्त्री

काठमाडौं, २४ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको गन्ध कहीँ कतै आएको पाइएमा सैह्य नहुने चेतावनी गरिबी निवारण कोषका पदाधिकारीहरूलाई दिएका छन् ।
कोषको ७० औं संचालक समितिको बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले यसअघिका पदाधिकारीमाथि अनियमिताको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेकोतर्फ संकेत गर्दै त्यस्तो चेतावनी दिएका हुन् । उनले परिणाम देखिने गरी काम गर्न गरिबी निवारण कोषका पदाधिकारीलाई निर्देशन दिए ।
‘प्रधानमन्त्रीले हरेक संस्था परादर्शी ढंगले चल्नुपर्यो, भ्रष्टाचारका गन्ध आउनुभएन । परिणाम देखिने गरी काम गर्नुप¥यो भन्नु भएको छ’ बैठकमा सहभागी कोषका एक अधिकारीले भने । कोषका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गरिवी निवारणको क्षेत्रमा गरेका कामको मूल्यांकन गरेरमात्रै गरिवी निवारण कोषको लागि आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गरिने  बताए ।

काठमाडौंमा यात्रुवाहक गाडी राति १० बजेसम्म सञ्चालन हुने

काठमाडौं, २४ चैत– काठमाडौं महानगरले राजधानीमा चल्ने सार्वजनिक यातायातका गाडीहरू राति १० बजेसम्म सञ्चालन गर्नुपर्ने अनिवार्य गरेको छ ।  अबको १५ दिनमा ऐन प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएपछि राति १० बजेसम्म सार्वजनिक साधन अनिवार्य सञ्चालन गर्नुपर्ने व्यवस्था लागू हुने जानकारी महानगरले दिएको छ ।
काठमाडौं महानगरले सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५ जारी गरी महानगरभित्रका रुटमा सञ्चालन हुने सार्वजनिक सवारी साधनले बिहान ५ देखि राति १० बजेसम्म सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो ।
कात्तिकदेखि माघ मसान्तसम्म भने बसले विहान ५ देखि राति ९ बजेसम्म सेवा दिनुपर्ने ऐनमा व्यवस्था गरिएको छ ।
ऐनमा महानगरस“ग स्वीकृति नलिई सार्वजनिक सवारी साधनमा कुनै विज्ञापन राख्न नपाइने, बसमा फोहोर फाल्ने भा“डो, अग्नि नियन्त्रक उपकरण अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।
चालक र सहचालकलाई पोशाक उपलब्ध गराउने, यात्रुलाई गुनासो सुन्ने र समस्या समाधान गर्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्थासमेत ऐनमा गरिएको जानकारी महानगरका अधिकारीले दिएका छन् ।

Sunday, April 7, 2019

विदेशी मुद्रासहित व्यापारी पक्राउ

काठमाडौं, २३ चैत– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो परिमाणमा अवैध विदेशी मुद्रासहित व्यापारी सुवास श्रेष्ठ पक्राउ परेका छन् । साढे ३६ लाख ६१ हजार रुपैया“ बराबरको अवैध विदेशी मुद्रा बोकेर थाइल्यान्ड जा“दै गरेका श्रेष्ठलाई शुक्रबार सा“झ सादा पोसाकका प्रहरीले नियन्त्रणमा लिएका हुन् । उनी विमानस्थलका क्याफे सञ्चालकसमेत हुन् ।
नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले शनिबार विज्ञप्ति जारी गरी श्रेष्ठ पक्राउ परेको र हिरासतमा रहेको जनाएको छ । ‘बोर्डिङ गेट नम्बर ५ बाट पक्राउ परेका सुवास श्रेष्ठलाई आवश्यक कारबाहीका लागि आइतबार राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइनेछ,’ विज्ञप्तिमा छ । प्रहरीले श्रेष्ठबाट थाई भाट २२ हजार १ सय ५०, युरो १३ सय ८०, अमेरिकी डलर १० हजार र चिनिया“ युआन ८० हजार बरामद गरेको छ ।

Friday, April 5, 2019

भिक्षु अश्वघोष रहेनन्

काठमाडौं, २२ चैत– भिक्षु अश्वघोष महास्थवीरको ९३ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत भिक्षुको दिउ“सो निधन भएको हो । उनी तीन साताअघि अस्पताल भर्ना भएका थिए ।
उनी कम रक्तचाप, मृर्गौला र मुटुमा समस्या र कलेजोमा पानी जम्ने समस्याबाट पीडित थिए । भिक्षु २०४७ देखि २०४९ सम्म राष्ट्रिय सभाका सदस्य थिए । २०५१ सालमा उनी लुम्बिनी विकास कोषका उपाध्यक्ष भएका थिए । भिक्षुका करिब डेढ सय पुस्तक प्रकाशित छन् ।

दुई पूर्वसहायक रथीलाई ‘सचेत’ गराइयो

काठमाडौंं, २२ चैत– सैनिक मुख्यालयले आफ्ना दुई पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यातलाई सचेत गराएको छ । संविधानमा रहेको सुरक्षा परिषदको व्यवस्थाविपरीत प्रधानमन्त्री केपी शर्मा ओली एक्लैले सेना परिचालन गर्न सक्नेगरी अघि बढाइएको विधेयकको विरोध गरेको भन्दै जंगी अड्डाले उनीहरू दुवै जनालाई पत्र पठाई सचेत गराएको हो ।
संवैधानिक व्यवस्थाविपरीत सेना परिचालनसम्बन्धी विधयेक अघि बढाइएको विषयलाई लिएर बानियाँ र बस्न्यातले प्रधानमन्त्री ओली र रक्षामन्त्री ईश्वर पोखरेलको आलोचना गरेका थिए । सञ्चारमाध्यममा अनावश्यक टिप्पणी गरेको आरोपमा जंगी अड्डाले उनीहरूलाई शुक्रबार पत्र पठाएर सचेत गराएको जानकारी सैनिक स्रोतले दिएको छ । 

महानगरद्वारा हावाहुरी पीडितलाई २५ लाख राहत

काठमाडौं, २२ चैत– काठमाडौं महानगरपालिकाले बारा र पर्साका हावाहुरी पीडितलाई २५ लाख रुपैया“ सहयोग गर्ने घोषणा गरेको छ । महानगर कार्यपालिकाकाको शुक्रबार बसेको बैठकले हावाहुरी प्रभावितलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको हो । 
यसैगरी महानगरका जनप्रतिनिधि र कर्मचारीले समेत आ–आफ्नो एक÷ दिनकोे तलब पीडितलाई सहयोग गर्ने निर्णय गरेका छन् ।

हुरी प्रभावितलाई अस्थायी आवास निर्माण सुरु : सञ्चारमन्त्री

काठमाडौं, २१ चैत– सरकारले बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा पीडितहरूको उद्धार र उपचारस“गै अस्थायी बसोबासका लागि आवास बनाउन थालेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा प्रभावित क्षेत्रमा प्रारम्भिक राहत वितरण सकेर सरकारले घरबारविहीनहरूका लागि अस्थायी आवास निर्माण थालेको जानकारी दिए ।
‘प्रारम्भिक राहत वितरण सकेर सरकारले पीडितका लागि आवश्यक अस्थायी प्रकृतिको बस्ने, खाने र औषधोपचार गर्नेलगायत व्यवस्था गरिरहेको छ,’ उनले भने ।
उनले गृह मन्त्रालयको समन्वयमा क्षतिको यथार्थ विवरण संकलन भइरहेको जानकारी दिए । ‘पीडितको पुनःस्थापना र आवास पुनर्निर्माण गर्न केही समय लाग्छ,’ उनले भने । यसपटक सरकारले समयमै उद्धार गरेन भनी पीडितबाट गुनासो नआएको उनको दाबी छ ।
मन्त्री बाँस्कोटाले हावाहुरीपीडितको उद्धार तथा राहतमा कमी हुन नदिन केन्द्र सरकारले प्रदेश तथा स्थानीय तह र सामाजिक संघसंस्थाहरूसित समन्वय गरेर काम गरिरहेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंंले स्थलगत अवलोकन गरी पीडितको पुनर्वासको व्यवस्था गराउने प्रतिबद्धता व्यक्त गरेको र त्यसका लागि आवश्यक काम अघि बढाइएको जानकारी दिए । आइतबार साँझ आएको हावाहुरीमा परी बारा र पर्सामा २८ जनाको मृत्यु भएको छ भने घाइतेमध्ये ३ सयभन्दा बढीको अस्पतालमा उपचार भइरहेको छ ।

अत्यावश्यक सेवामा हडताल गर्न प्रतिबन्ध

काठमाडौं, २१ चैत– सरकारले १३ प्रकृतिका सेवालाई ‘अत्यावश्यक सेवा’ मा राखी बन्द र हडताल गर्न निषेध गरेको छ । मन्त्रिपरिषद् बैठकले सार्वजनिक हितका लागि अत्यावश्यक सेवामा बन्द, हडताल गर्न निषेध गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बा“स्कोटाका अनुसार सरकारले हरेक ६÷६ महिनामा हडताल निषेधसम्बन्धी व्यवस्था पुनरावलोकन गरी नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । राजपत्रमा सूचना प्रकाशित भएपछि अत्यावश्यक सेवामा हडताल निषेधको व्यवस्था लागू हुनेछ ।
सरकारले डा“क, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाई मार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा वा हवाईजहाजको छेकवार, सञ्चालन वा मर्मतस“ग सम्बन्धित सेवा र रेलवे स्टेसनमा बन्द, हडताल गर्न निषेध गरिएको छ । यसपटक अत्यावश्यक सेवामा पुनरावलोकन गरी रेल्वे र जलमार्ग थपिएको हो ।
हडताल निषेध गरिएको क्षेत्रमा प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, हातहतियार खरखजाना वा अन्य कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने र वितरण गर्ने कामस“ग सम्बन्धित सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यस“ग सम्बन्धित सेवा, खानेपानी सञ्चालन तथा वितरण सेवा, दैनिक उपभोग्य वस्तुहरू, खाद्यान्न, दाल, चामल, नुन तेल, पैठारी ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा छन् ।

सडक दस्तुर बढयो

काठमाडौं, २१ चैत– सरकारले सार्वजनिक र निजी सवारी साधनको सडक उपभोग दस्तुर वृद्धि गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले साविकको सडक उपभोग दस्तुरमा १५ देखि ३० प्रतिशतसम्म वृद्धि गरी नयाँ दररेट तोकेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रीले दिए ।

Thursday, April 4, 2019

विभागमै प्रहरी घुससहित पक्राउ

काठमाडौं, २० चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानीको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा सुरक्षाका लागि खटिएका एक जना प्रहरी जवानलाई घुससहित पक्राउ गरेको छ ।
महानगरीय दंगा नियन्त्रण प्रहरी गण, त्रिपुरेश्वरबाट विभागमा खटिएका प्रहरी जवान गणेश लोहारले साउदी अरबका लागि श्रम स्विकृति लिने क्रममा रहेका सेवाग्राहीस“ग १७ हजार रुपैया“ घुस लिएको अख्तियारले जनाएको छ ।
लोहारलाई अख्तियारको टंगालस्थित हिरासतमा राखी थप अनुसन्धान भइरहेकोसमेत अख्तियारले उल्लेख गरेको छ ।

खाद्य अनुसन्धान अधिकृतविरुद्ध मुद्दा

काठमाडौं, २० चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, नेपालगन्जका खाद्य अनुसन्धान अधिकृत विनोदकुमार श्रीवास्तवविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कार्यालय प्रमुखसमेत रहेका श्रीवास्तवले भन्सारबाट आयात हुने खाद्यान्नको चेकजाँच, प्रज्ञापन(पत्र र ल्याब परीक्षणलगायतको काममा सहजीकरण गरिदिने नाममा सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घुस लिएको प्रमाणित भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएस“गै उनी सेवाबाट निलम्बित भएका छन् ।

नासु रोकाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १९ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याव टेक्निसियन (नायब सुब्बा) सरोज रोकाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको छ । 
रोकाले मेडिकल सेन्टर सेवा विस्तार गर्ने प्रयोजनका लागि सेवाग्राहीस“ग २२ हजार रुपैया“ घुस लिएको प्रमाणित भएकाले उनीवरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएस“गै रोका सेवाबाट निलम्बित भएका छन् ।

ढुंगाना राजदूत नियुक्त

काठमाडौं, १९ चैत– राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगानालाई सोमबार क्यानाडाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन् ।
संसदीय सुनुवाइबाट अनुमोदित ढुंगानालाई भण्डारीले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

स्रोत नखुलेको २० लाखसहित पक्राउ

काठमाडौं, १९ चैत– प्रहरीले स्रोत नखुलेको २० लाख रुपैयाँ नगदसहित शनिबार एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले रौतहटबाट काठमाडौं आउ“दै गरेको ना५ख २२३३ नं.को बस जा“च गर्ने क्रममा त्यसमा सवार रुबोधकुमार यादवलाई स्रोत नखुलेको २० लाखसहित पक्राउ गरेको हो ।
रौतहट राजदेवी नगरपालिका– ७ घर भएका यादवलाई आफूले बोकेको नगदको स्रोत खुलाउन नसकेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

५ जना घुससहित पक्राउ, दुई जनाविरुद्ध मुद्दा

काठमाडौं, १९ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार ५ कर्मचारीलाई घुससहित पक्राउ गरेको छ भने दुई नक्कली प्रमाणपत्रधारी कर्मचारीविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । छानबिनका क्रममा तनहुँको त्रिभुवन प्रावि जसपुरकी प्रधानाध्यापक सुशीला गुरुङ र राष्ट्रिय अनुसन्धान विभागकी अनुसन्धान अधिकृत विमला खडकाले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सेवामा रहेको पाइएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
डिभिजन वन कार्यालय, बाराका प्रमुख शिवशंकर ठाकुर, सहायक वन अधिकृत गौरीशंकरप्रसाद केशरी, कार्यालय सहयोगी रामचन्द्र अधिकारी ९० हजार, सव डिभिजन वन कार्यालय, लाटीझोडा, मोरङका सहायक वन अधिकृत सलाउदिन अन्सारी ३५ हजार र राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय, बर्दघाट, नवलपरासीका कनिष्ट सहायक अन्चल सुनार १० हजार रुपैयाँ घुससहित पक्राउ परेको अख्तियारले जनाएको छ । मुद्दा दायर भएका दुवै जना सेवाबाट निलम्बित भएका छन् भने घुससहित पक्राउ परेका ५ जनालाई हिरासतमा राखी छानबिन भइरहेको अख्तियारले जनाएको छ ।

Monday, April 1, 2019

गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार श्रेष्ठलाई

कान्तिपुरकर्मी मिश्र पुरस्कृत
काठमाडौं, १६ चैत– रिपोर्टर्स क्लब नेपालले यस वर्षको ‘गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ ‘नेपाल समाचारपत्र’ दैनिकका प्रधान सम्पादक एवं प्रकाशक पुष्करलाल श्रेष्ठलाई प्रदान गरेको छ । रिपोर्टर्स क्लबद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममाप्रधानमन्त्री केपी ओलीले १ लाख रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरे ।
प्रधानसम्पादक श्रेष्ठ अस्पतालमा उपचाररत रहेकाले पुरस्कार समाचारपत्र दैनिकका कार्यकारी सम्पादक दीपक रिजालले ग्रहण गरेका थिए । क्लबले ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ ‘रिपब्लिका’ अंग्र्रेजी दैनिकका प्रधानसम्पादक सुवास घिमिरे र वरिष्ठ पत्रकार हरिप्रसाद जोशीलाई संयुक्त रूपमा प्रदान गरेो छ । उक्त पुरस्कारको राशि जनही ५०÷५० हजार रुपैयाँ छ ।
क्लबले २५ हजार रुपैयाँ राशिको ‘वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार’ ‘कान्तिपुर दैनिक’ का राजेश मिश्रलाई प्रदान गरेको छ ।  २५ हजार रुपैयाँ राशिको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ क्रान्तिकारी पत्रकार संघका संस्थापक अध्यक्ष एवं प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाललाई प्रदान गरिएको छ ।

तीन नक्कली प्रमाणधारीविरुद्ध मुद्दा, एक जना घुससहित पक्राउ

काठमाडौं, १६ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्रधारी सहप्रशासकसहित तीन जनाविरुद्ध बिहीबार विशेष अदालताम भ्रष्टाचार मुद्दा दायर गरेको छ । छानबिनका क्रममा त्रिभुवन विश्वविद्यालयको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रकी सहप्रशासक शारदाकुमारी पौडेल, नेपाल प्रहरीका प्रहरी नायव निरीक्षकद्वय खेमराज कठायत र सुरेशकुमार गुरुङको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पाइएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर भएस“गै तीनै जना सेवाबाट निलम्बित भएका छन् । यसैबीच अख्तियारले ललितपुर महानगरका अमिन वीरेन्द्र चन्दलाई घुस रकमसहित पक्राउ गरेको छ ।