Wednesday, December 7, 2011

प्रधानमन्त्रीको मुस्ताङ गाडी राज्यमन्त्रीलाई

काठमाडौं, २१ मंसिर- संघीय मामिला तथा संस्कृति राज्यमन्त्री सुष्मा शर्माले 'मुस्ताङ म्याक्स' गाडी चढ्न थालेकी छन् । जम्बो मन्त्रिपरिषद बनेपछि गाडी अपुग भएकाले सरकारले प्रधानमन्त्री बाबुराम भट्टराईले पहिला चढ्दै आएको मुस्ताङ म्याक्स शर्मालाई दिइएको हो ।
प्रधानमन्त्रीले पछि खरिद गरिएको सुविधासम्पन्न नयाँ मुस्ताङ म्याक्स गाडी चढ्न थालेपछि पुरानो मुस्ताङ म्याक्स जगेडामा थियो । त्यही गाडी राज्यमन्त्री शर्मालाई दिइएको जानकारी गृह मन्त्रालयका अधिकारीले दिए ।

No comments:

Post a Comment