Friday, July 3, 2015

सुवेदीले उमेर सच्याएको प्रमाण फेला पर्यो

काठमाडौै, १८ असार– सामान्य प्रशासन मन्त्रालयले विवादास्पद सहसचिव एवं वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले उमेर सच्याएको प्रमाण फेला पारेको छ । सामान्यले निजामती किताबखानाबाट सुवेदीको व्यक्तिगत एकाएक गायब पारिएको फाइल खोज्ने क्रममा त्यस्तो प्रमाण फेला पारेको जानकारी स्रोतले दिएका छन् ।
सामान्यद्वारा गठित छानबिन समितिले जिल्ला प्रशासन कार्यालय मोरङ, परिक्षा नियन्त्रण कार्यालय र त्रिभुवन विश्वविद्यालयसित सुवेदीको नागरिकता र शैक्षिक प्रमाणपत्र (उमेर खुलेको) को विवरण माग गरेको थियो । जवाफमा परिक्षा नियन्त्रण कार्यालयले सुवेदीको एसएलसीको लब्धांकपत्रमा उनको जन्ममिति २०१४ असोज १५ भएको विवरण प्राप्त भएको जानकारी सामान्य प्रशासन स्रोतले दिएको छ ।

जबकि निजामती किताबखानाको सिटरोलमा भने उनको जन्ममिति २०१७ असोज १५ भएको उल्लेख छ । त्रिभुवन विश्वविद्यालय र मोरङ जिल्ला प्रशासनबाट भने सामान्य प्रशासनले मागेको विवरण आउन बा“की छ ।
सुवेदीले तीन वर्ष जागिर अवधि बढाउन उमेर घटाई दोस्रो नागरिकता लिएका छन् । उमेर सच्याइएको नागरिकता र सोहीअनुसार मिति म्लिाएर शैक्ष्ँिक प्रमाणपत्रका नया“ प्रतिलिपि व्यक्तिगत फाइलमा राख्न सुवेदीले किताबखानाका कर्मचारीहरूलाई मिलाएर पुराना व्यक्तिगत फाइल गायब पार्न लगाएको आशंका सामान्यका अधिकारीको छ ।
नेपाल नागरिकता ऐन २०६३ को उल्लंघन गरी सुवेदीले किर्ते गरी तीन वर्ष उमेर घटाएर दोस्रोपटक नागरिकता प्रमाणपत्र लिएका हुन् ।  तीन वर्ष जागिर अवधि बढाउन उनले जन्ममिति सच्याई दोस्रो नागरिकता प्रमाणपत्र लिएको स्रोत उल्लेख गरेको छ । 
२०३२ असोज १३ मा मोरङबाट लिएको उनको नागरिकता प्रमाणपत्रमा जन्ममिति २०१४ असोज १५ छ । सुवेदीको मतदाता नामावलीको प्रतिलिपिमा समेत  यही जन्ममिति उल्लेख छ । २०३२ असोज १३ मा लिएको नागरिकतामा उनको जन्ममिति २०१४ असोज १५ उल्लेख छ । निजामती किताबखानाको सिटरोलमा भने उनको जन्ममिति वास्तविकभन्दा तीन वर्ष कम अर्थात् २०१७ असोज १५ उल्लेख छ । 
सुवेदीले किर्ते गरी दोस्रो नागरिकता लिएको भेटिएमा कानुनबमोजिम जेल सजाय हुनुका साथै सेवाबाट अवकास पाउनेछन् । दोस्रो नागरिकता भेटिएन भने पनि उनी सिटरोलमा भएको मितिभन्दा तीन वर्ष पहिले अर्थात् एसएलसीको लब्धांकपत्रमा भेटिएको मितिअनुसार ५८ वर्ष पूरा गरी आगामी असोज १५ मा नै अनिवार्य अवकास पाउनेछन् । प्रमाण नभेटिएको भए सुवेदीले थप तीन वर्ष अर्थात् सिटरोलमा भएको जन्ममितिअनुसार २०७५ असोज १५ मा मात्र अवकास पाउ“थे ।
यसैबीच सुवेदीले सामान्य प्रशासन मन्त्रालयद्वारा सहसचिव सुरेश अधिकारीको संयोजकत्वमा गठित छानबिन समितिलाई आफ्नो नागरिकता र शैक्षिक प्रमाणपत्रको सक्कल र प्रतिलिपि बुझाउन अस्वीकार गरेका छन् । छानबिन समितिले उनलाई तीन दिनभित्र नागरिकता र शैक्षिक प्रमाणपत्रको सक्कल र प्रतिलिपि बुझाउन आग्रह गरेको थियो । तर, सुवेदीले सात दिन बढी भइसक्ता पनि बुझाएका छैनन् ।

No comments:

Post a Comment