Thursday, July 9, 2015

छानबिनबाट सुवेदीले उमेर किर्ते गरेको प्रमाणित

सुवेदीले तीन वर्षअगावै आगामी असोज १५ मा अवकास पाउने
काठमाडौै, २५ असार– सामान्य प्रशासन मन्त्रालयद्वारा गठित छानबिन समितिले वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले किर्ते गरी उमेर सच्याएको प्रमाणित भएको उल्लेख गर्दै निजामती किताबखानाको उनको सिटरोलमा शैक्षिक प्रमाणपत्रअनुसार जन्ममिति कायम गर्न सिफारिस गरेको छ । 
सामान्य प्रशासनका सहसचिव सुरेश अधिकारीको संयोजकत्वमा गठित समितिले निजामती किताबखानाबाट गायब पारिएको सुवेदीको व्यक्तिगत फाइल खोज्दा पनि नभेटिएको उल्लेख गर्दै शैक्ष्ँिक प्रमाणपत्रअनुसारको जन्ममिति कायम गर्न सिफारिस गरी सोमबार मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ ।

समितिले सुवेदीका जन्ममिति २०१४ र २०१७ उल्लेख भएका दुवै नागरिकता खोज्दा नभेटिएकोसमेत उल्लेख गरेको छ । नागरिकता नभेटिए पनि समितिको सिफारिसअनुसार निजामती ऐनअनुरूप निजामती किताबखानाले सुवेदीको सिटरोलमा शैक्ष्ँिक प्रमाणपत्रअनुसारको जन्ममिति २०१४ असोज १५ कायम गर्नुपर्नेछ । 
शैक्ष्ँिक प्रमाणपत्रअनुसारको जन्ममिति कायम भएपछि सुवेदीले आगामी असोज १५ मा नै ५८ वर्ष पूरा गरी सेवाबाट अवकास पाउनेछन् । उमेर सच्याएको प्रमाण नभेटिएको भए उनले थप तीन वर्षपछि अर्थात् २०७५ असोज १५ मा मात्र अनिवार्य अवकास पाउ“थे ।
समितिले छानबिनका क्रममा परिक्षा नियन्त्रण कार्यालय र पाटन संयुक्त क्याम्पसबाट उनको शैक्ष्ँिक प्रमाणपत्र मगाएपछि सुवेदीले किर्ते गरी उमेर सच्याएको प्रमाणित भएको हो । परिक्षा नियन्त्रण कार्यालयले सुवेदीको एसएलसीको लब्धांकपत्र र पाटन संयुक्त क्याम्पसले स्नातकोत्तर तह (मानविकी) को प्रमाणपत्र र लब्धांकपत्रमा जन्ममिति २०१४ असोज १५ रहेको लिखित जानकारी छानबिन समितिलाई दिएका छन् । समितिले त्यही आधारमा सुवेदीले किर्ते गरी उमेर सच्याएको प्रमाणित भएको निष्कर्ष निकाल्दै शैक्षिक प्रमाणपत्रअनुसार उनको जन्ममिति कायम गर्न सिफारिस गरेको जानकारी स्रोतले दिएका छन् ।
जबकि निजामती किताबखानाको कर्मचारी सिटरोलमा सुवेदीको जन्ममिति २०१७ असोज १५ भएको उल्लेख छ । छानबिन समितिले सुवेदीसित उनको नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपि तथा शैक्षिक प्रमाणपत्र मागेको थियो । सुवेदीले समितिको निर्देशनलाई अवज्ञा गरी नागरिकता र शैक्षिक प्रमाणपत्र दुवै नदिएकोसमेत प्रतिवेदनमा उल्लेख छ ।
सुवेदीले तीन वर्ष जागिर अवधि बढाउन उमेर घटाई दोस्रो नागरिकता लिएको स्रोतले उल्लेख गरेको छ । उमेर सच्याइएको नागरिकता र सोहीअनुसार मिति म्लिाएर शैक्ष्ँिक प्रमाणपत्रका नया“ प्रतिलिपि व्यक्तिगत फाइलमा राख्न सुवेदीले किताबखानाका कर्मचारीहरूलाई मिलाएर पुराना व्यक्तिगत फाइल गायब पारेको आशंका सामान्यका अधिकारीको छ ।
२०३२ असोज १३ मा मोरङबाट लिएको उनको नागरिकता प्रमाणपत्रमा जन्ममिति २०१४ असोज १५ छ । सुवेदीको मतदाता नामावलीमा समेत  यही जन्ममिति उल्लेख छ । जागिर अवधि तीन वर्ष लम्ब्याउन उनले २०१७ असोज १५ मिति राखी दोस्रोपटक नागरिकता लिएका हुन् । कारबाहीमा पर्ने डरले उनले दुवै नागरिकता र त्यसका प्रतिलिपि सबै ठाउ“बाट गायब पारेका छन् ।
निजामती ऐनमा शैक्षिक प्रमाणपत्र या नागरिकताको जन्ममिति फरक परेमा समेत जुनमा उमेर बढी छ, त्यही कायम हुने व्यवस्था छ । सुवेदीको पुरानो र उमेर सच्याएको नागरिकता भेटिएमा नागरिकताअनुसार उनले सेवाबाट अवकास पाउने र जेल सजायसमेत हुनेछ । नागरिकता भेटिएन भने सुवेदीले शैक्षिक प्रमाणपत्रअनुसारको जन्ममितिअनुसार ५८ वर्ष उमेर पुगी आगामी असोज १५ मा अनिवार्य अवकास पाउने भएका छन् । 

No comments:

Post a Comment