Friday, July 8, 2016

बिजुलीको महसुलमा भारी वृद्धि


  • महसुल ११.२५ देखि २२.१५ प्रतिशतसम्म वृद्धि
  • मासिक ३० देखि १० हजारसम्म सेवा शुल्क

काठमाडौं, २० असार– विद्युत महसुल निर्धारण आयोगले आगामी साउन १ देखि लागू हुने गरी बिजुलीको महसुलमा भारी वृद्धि गरेको छ । आयोगको बिहीबार बसेको बैठकले विद्युत प्राधिकरणको सिफारिसमा कम्तीमा ११.२५ देखि २२.१५ प्रतिशतसम्म बिजुलीको महसुल वृद्धि गरेको छ ।
आयोगले वर्षेनि घाटामा गएको प्राधिकरणलाई आर्थिक संकटमा पर्न नदिन विद्युत महसुल वृद्धि गरिएको दाबी गरेको छ । प्राधिकरण वार्षिक ५ अर्ब रुपैया“भन्दा बढी घाटामा छ । महसुल वृद्धिबाट प्राधिकरणले वार्षिक थप साढे ५ अर्ब रुपैया“ बराबरको आम्दानी हुने र घाटामा नजाने दाबीसमेत आयोगको छ ।
प्राधिकरणको कुल बिजुलीको २८ प्रतिशतसम्म चुहावट हु“दै आएको छ । प्राधिकरण महसुल कम भएर होइन चुहावटका कारण वर्षेनि घाटामा गएको हो । प्राधिकरणले चुहावट घटाउनेतर्फ कुनै ध्यान नदिई महसुल वृद्धि गरी घाटाबाट जोगिन खोजेको हो । विद्युत महसुल निर्धारण आयोगले प्राधिकरणस“ग चुहावट घटाउने कुनै रणनीति र योजना नमागी उसैको मागअनुसार हुबहु रूपमा महसुल वृद्धि गरिदिएको हो ।
आयोगले सबै खाले उपभोक्तासित पहिलोपटक मासिक कम्तीमा ३० रुपैया“देखि बढीमा १० हजार रुपैया“सम्म सेवा शुल्क लिन स्वीकृति दिएको छ । यसअघि प्राधिकरणले सेवा शुल्क लिने गरेको थिएन । न्यूनतम विद्युत महसुल भने तोकिएको थियो, कुनै उपभोक्ताले विद्युत खपत नगरेको अवधिको प्राधिकरणले न्यूनतम शुल्क लिने गरेको थियो ।

आयोगले २० युनिट वा त्योभन्दा कम बिजुली खपत गर्ने गरीब उपभोक्ताको बिजुलीको महसुलसमेत घुमाउरो पाराले वृद्धि गरेको छ । यसअघि २० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई न्यूनतम महसुल ८० रुपैया“ थियो, अर्थात् प्रतियुनिट ४ रुपैया“ विद्युत् महसुल थियो ।
आयोगले २० युनिटसम्म खपत गर्ने उपभोक्ताको मूल्य प्रतियुनिट ३ रुपैया“ तय गरेको छ । त्यस्ता उपभोक्ताले सेवा शुल्कबापत प्रतिमहिना ३० रुपैया“ तिनुपर्नेछ अर्थात २० युनिट खपत गर्ने उपभोक्ताले सेवा शुल्कसहित मासिक ९० रुपैया“ तिनुपर्नेछ । फलस्वरूप त्यस्ता उपभोक्ताको बिजुलीको महसुल ११.२५ प्रतिशतले वृद्धि भएको छ । कम्युनिस्ट नेतृत्वको सरकारका पालामा गरीब उपभोक्तालाई विद्युत महसुल घटाएको दाबी गर्दै सेवा शुल्कका नाममा महसुल बढाएको हो ।
५ एम्पियर मिटर जडान गरेका र प्रतिमहिना २१ देखि ३० युनिट बिजुली खपत गर्ने उपभोक्ताको बिजुलीको महसुल २० युनिटसम्म  ३ र २१ देखि ३० युनिटको ७ रुपैया“ तोकिएको छ, तर सेवा शुल्कको नाममा यो वर्गका उपभोक्ताको महसुलसमेत समग्रमा बढाइएको छ । यो वर्गका उपभोक्तालाई सेवा शुल्क प्रतिमहिना ५० रुपैया“ लगाइएको छ । 
५ एम्पियर मिटर जडान गरेका र ३१ देखि ५० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई २० युनिटसम्म ३ र ३० युनिटसम्म ७ तथा ३१ देखि ५० युनिटको ८ रुपैया“ ५० पैसा महसुल तोकिएको छ । यसअघि ३१ देखि ५० युनिटसम्मको बिजुलीको मूल्य ७ रुपैया“ ३० पैसा थियो । यो वर्गका उपभोक्ताको सेवा शुल्क प्रतिमहिना ७५ रुपैया“ तोकिएको छ ।
५१ देखि १५० युनिट बिजुली खपत गर्ने उपभोक्तालाई प्रतिमहिना सेवा शुल्क १ सय रुपैया“ लगाइएको छ । यो वर्गका उपभोक्तालाई २० युनिटसम्म ३, ३० युनिटसम्म ७, ३१ देखि ५० युनिटकोे ८ रुपैया“ ५० पैसा र ५१ देखि १५० युनिटसम्मको महसुल १० रुपैया“ तोकिएको छ ।
१५१ देखि २५० प्रतियुनिटसम्म बिजुली खपत गर्ने ग्राहकलाई प्रतिमहिना १ सय २५ सेवा शुल्क तोकिएको छ । यो वर्गका उपभोक्तालाई २० युनिटसम्म ३, ३० युनिटसम्म ७, ३१ देखि ५० युनिटकोे ८ रुपैया“ ५० पैसा र ५१ देखि १५० युनिटको महसुल १०, १५१ देखि २५० युनिटसम्मको महसुल ११ तोकिएको छ ।
२५१ देखि ४०० युनिटसम्म बिजुली खपत गर्ने गर्ने उपभोक्तालाई प्रतिमहिना १ सय ५० रुपैया“ सेवा शुल्क तोकिएको छ । यो वर्गका उपभोक्तालाई २० युनिटसम्म ३, ३० युनिटसम्म ७, ३१ देखि ५० युनिटकोे ८ रुपैया“ ५० पैसा र ५१ देखि १५० युनिटको महसुल १०, १५१ देखि २५० युनिटको ११ तथा २५१ देखि ४०० युनिटको १२ रुपैया“ तोकिएको छ ।
४०० भन्दा बढी युनिट खपत गर्ने ग्राहकका लागि प्रतिमहिना १ सय ७५ रुपैया“ सेवा शुल्क तोकिएको छ । यो वर्गका उपभोक्तालाई २० युनिटसम्म ३, ३० युनिटसम्म ७, ३१ देखि ५० युनिटकोे ८ रुपैया“ ५० पैसा र ५१ देखि १५० युनिटको महसुल १०, १५१ देखि २५० युनिटको ११ तथा २५१ देखि ४०० युनिटको १२ तथा ४०० भन्दा बढी युनिटको १३ रुपैया“ तोकिएको छ ।
१५ एम्पियरको मिटर राखेका उपभोक्ताका लागि भने सेवा शुल्क र खपतका आधारमा लाग्ने शुल्कको दरसमेत बढी छ । यो एम्पियरका मिटर राखेका उपभोक्ताका लागि सेवा शुल्क ५० देखि देखि २०० रुपैया“ तोकिएको छ । यो वर्गका उपभोक्तालाई २० युनिटसम्म ४, ३० युनिटसम्म ७, ३१ देखि ५० युनिटकोे ८ रुपैया“ ५० पैसा र ५१ देखि १५० युनिटको महसुल ११, १५१ देखि २५० युनिटको १२ तथा २५१ देखि ४०० युनिटको १३ तथा ४०० भन्दा बढी युनिटको १४ रुपैया“ तोकिएको छ ।
३० एम्पियरको मिटर राखेका उपभोक्ताका लागिसमेत सेवा शुल्क र खपतका आधारमा लाग्ने महसुलको दरसमेत वृद्धि गरिएको छ । यो एम्पियरका मिटर राखेका उपभोक्ताका लागि सेवा शुल्क ७५ देखि २२५ रुपैया“ तोकिएको छ । यो वर्गका उपभोक्तालाई २० युनिटसम्म ५, ३० युनिटसम्म ७, ३१ देखि ५० युनिटकोे ८ रुपैया“ ५० पैसा र ५१ देखि १५० युनिटको महसुल ११, १५१ देखि २५० युनिटको १२ तथा २५१ देखि ४०० युनिटको १३ तथा ४०० भन्दा बढी युनिटको १४ रुपैया“ तोकिएको छ ।
६० एम्पियरको मिटर राखेका उपभोक्ताका लागिसमेत सेवा शुल्क र खपतका आधारमा लाग्ने महसुलको दरसमेत वृद्धि गरिएको छ । यो एम्पियरका मिटर राखेका उपभोक्ताका लागि सेवा शुल्क १२५ देखि २७५ रुपैया“ तोकिएको छ । यो वर्गका उपभोक्तालाई २० युनिटसम्म ६, ३० युनिटसम्म ७, ३१ देखि ५० युनिटकोे ८ रुपैया“ ५० पैसा र ५१ देखि १५० युनिटको महसुल ११, १५१ देखि २५० युनिटको १२ तथा २५१ देखि ४०० युनिटको १३ तथा ४०० भन्दा बढी युनिटको १४ रुपैया“ तोकिएको छ ।
१० केभीएबाट थ्री फ्रेज विद्युत उपभोग गर्ने ग्राहकलाई प्रतिमहिना सेवा शुल्क प्रतिमहिना ११ सय रुपैया“ तोकिएको छ भने ४ सय युनिटसम्म खपत गर्नेलाई विद्युत महसुल १२ र त्योभन्दा बढी खपत गर्नेलाई १४ रुपैया“ तोकिएको छ । १० केभीएभन्दा बढीको लाइनबाट थ्री फेज बिजुली उपभोग गर्नेलाई १८ सय रुपैया“ सेवा शुल्क तोकिएको छ भने ४ सय युनिटसम्म १२ रुपैया“ ५० तथा त्योभन्दा खपत गर्नेलाई १४ रुपैया“ ५० पैसा शुल्क तोकिएको छ । 
३३ केभीएबाट बिजुली उपभोग गर्ने ग्राहकलाई प्रतिमहिना १० हजार सेवा शुल्क तोकिएको छ । बिजुलीको मूल्य भने खपतअनुसा ११ देखि १३ रुपैया“ तोकिएको छ । आयोगले प्राधिकरणको सिफारिसमा जडान शुल्क, क्षमता मिटरको क्षमता वृद्धि शुल्क, मर्मतलगायतका सबैजसो शुल्क वृद्धि गरेको छ ।






No comments:

Post a Comment