Thursday, October 6, 2016

संसदका पदाधिकारीको तलबसुविधा ५० प्रतिशतभन्दा बढी बढ्दै

काठमाडौं, २० असोज– सरकारले साउन १ देखि नै लागू हुने गरी संसदका पदाधिकारीदेखि सांसदसम्मको तलबभत्ता, आवास र स्वकीय सचिवालयलगायतको सुविधामा भारी वृद्धि गर्ने भएको छ । मन्त्रिपरिषदको अब बस्ने बैठकले संसद सचिवालयको प्रस्तावमा प्रस्तावमा उनीहरूको तलब सुविधा वृद्धिको निर्णय गर्न लागेको जानकारी स्रोतले दिएका छन् 
भूकम्पले थिलथिलो भएको गरीब मुलुकको अर्थतन्त्रलाई बेवास्ता गरी सरकारले संसद सचिवालयको तीव्र दबाबमा संसदका पदाधिकारीदेखि सांसदहरूको तलबसुविधामा ५० प्रतिशतभन्दा बढीले वृद्धि गर्न लागेको हो ।

मन्त्रिपरिषदको निर्णयस“गै साउन १ देखि लागू हुने गरी प्रतिनिधिसभाका सभामुख, प्रतिपक्षी दलका नेता, सत्तापक्ष र विपक्षका प्रमुख सचेतक र सचेतक, समितिका सभापति, राष्ट्रियसभाका अध्यक्ष, सत्तापक्षका नेता, प्रमुख सचेतक, विपक्षी दलका नेता र सचेतक तथा समितिका सभापति र सांसदहरूको तलबसुविधा वृद्धि हुनेछ।

सभामुख र अध्यक्षलाई तलब ६७ हजार २ सय ३०, आवास सुविधा २८ हजार २ सय ७५, विशेष भत्ता १ हजार, सञ्चार सुविधा ३ हजार, निजी सचिवालय बन्दोबस्त २ हजार, गार्डघर सुविधा २ हजार, पेट्रोल २५० लिटर, अतिथि सत्कार खर्च २ हजार ५ सय, बिजुली र पानीको महसुल बिलअनुसार मासिक सुविधा दिइनेछ । दुवैले बैठकभत्ता बापत दैनिक ५ सय रुपैया“ र त्रैमासिक रूपमा मोबिल १० लिटर पाउनेछन् । सरकारी निवासमा बस्ने सभामुख र अध्यक्षलाई आवास सुविधाबापत पहिलोपटक थप रकम दिन लागिएको हो ।
यसअतिरिक्त सभामुख र अध्यक्षले स्वदेशमा दैनिक भ्रमण भत्ता ३ हजार रुपैया“ र विदेशमा २ सय ५० अमेरिकी डलर पाउनेछन्, उनीहरूका परिचारकलाई समेत ४ हजार लुगा भत्ता दिइनेछ । 
सरकारले संसदका सबै पदाधिकारी तथा सांसद सबैलाई १० लाख रुपैया“को यात्रा बिमा गरिदिनेछ भने पदाधिकारी सांसदको मृत्यु भएमा परिवारलाई २ लाख आर्थिक सहायता दिनेछ भने अशक्त भएमा ५० हजार रुपैया“ आर्थिक सहायता दिनेछ ।
सरकारले प्रतिनिधिसभाका प्रतिपक्षी नेतालाई तलब ६० हजार ९ सय ७०, आवास सुविधा २५ हजार ६ सय ८, सञ्चार सुविधा ३ हजार, अतिथि सत्कार खर्च २ हजार, बिजुली–धारा सुविधा २ हजार, निजी सचिवालय बन्दोबस्त १ हजार ७ सय ५०, गार्डघर सुविधा १ हजार ७ सय ५० र पेट्रोल २३० लिटर मासिक प्रदान गर्नेछ । यसअतिरिक्त भ्रमण भत्ता (दैनिक) ५ सय रुपैया“ र मोबिल ५ लिटर त्रैमासिक रूपमा प्रदान गर्नेछ ।
राष्ट्रियसभाका सत्तापक्षका नेता, प्रतिपक्षी दलका नेता, सत्तापक्षको प्रमुख सचेतकले तलब ६० हजार ९ सय ७०, आवास सुविधा २५ हजार ६ सय ८, सञ्चार सुविधा ३ हजार, अतिथि सत्कार खर्च २ हजार, बिजुली–धारा सुविधा २ हजार र पेट्रोल २३० लिटर मासिक पाउनेछन् । यस अतिरिक्त भ्रमणभत्ता –दैनिक) ५ सय र मोबिल ५ लिटर त्रैमासिक रूपमा प्रदान गर्नेछ ।
उपसभामुख र उपाध्यक्षले तलब ६० हजार ९ सय ७०, आवास सुविधा २५ हजार ६ सय ८, सञ्चार सुविधा ३ हजार, अतिथि सत्कार खर्च १ हजार ५ सय, बिजुली–धारा सुविधा २ हजार र पेट्रोल २३० लिटर मासिक प्रदान गर्नेछ । यसअतिरिक्त बैठक भत्ता (दैनिक) ५ सय रुपैया“ र मोबिल ५ लिटर त्रैमासिक रूपमा प्रदान गर्नेछ ।
प्रतिपक्षी दलको प्रमुख सचेतक, सत्तापक्षको सचेतक र दुवै सभाका समितिका सभापति, राष्ट्रियसभाका सत्तापक्षका नेता, प्रतिपक्षी दलका नेता, सत्तापक्षको प्रमुख सचेतकले तलब ५७ हजार ७ सय ८०, आवास सुविधा २४ हजार २ सय ६८, सञ्चार सुविधा ३ हजार, निजी सचिवालय बन्दोबस्त १२ सय, अतिथि सत्कार खर्च २ हजार, बिजुली–धारा सुविधा २ हजार, अतिथि सत्कार २ हजार, विशेष भत्ता १ हजार, पेट्रोल १५० लिटर मासिक पाउनेछन् । यसअतिरिक्त बैठक भत्ता (दैनिक) ५ सय र मोबिल ५ लिटर त्रैमासिक रूपमा प्रदान गर्नेछ ।
सांसदहरूले अब तलब ५५ हजार २ सय ३०, आवास सुविधा १८ हजार, सञ्चार सुविधा ३ हजार,  अतिथि सत्कार खर्च १ हजार, विशेष भत्ता १ हजार, बिजुली–धारा सुविधा २ हजार र पेट्रोल १५० लिटर मासिक पाउनेछन् । यसअतिरिक्त दैनिक यातायात सुविधा १ हजार र बैठक भत्ता (दैनिक) ५ सय प्राप्त गर्नेछन् ।
सरकारले संसदका पदाधिकारी तथा सांसदको स्वकीय सचिवालयका लागिसमेत ठूलो धनराशी खर्च गर्ने भएको छ । सभामुख र अध्यक्षले स्वकीय सचिवालयमा सहसचिव, उपसचिवस्तरको स्वकीय सचिव १÷१ जना, नासुस्तरको कम्प्युटर अपरेटर १, सवारी चालक २ र कार्यालय सहयोगी २ जना राख्न पाउनेछन् । यसअतिरिक्त प्रिन्टरसहितको कम्प्युटर एक थान र दुइटा साइकल सुविधाबापत पाउनेछन् । सभामुख र अध्यक्षसहित सबै पदाधिकारी र सांसदले स्वकीय सचिवालयमा आफूखुसी नियुक्ति गर्न पाउ“छन् भने कतिपयले परिवारका सदस्य राखेर आफैं स्वकीय सचिवको तलबसुविधा आफैं बुझ्न प्रवृत्तिसमेत छ ।
प्रतिनिधिसभाका विपक्षी दलका नेताले स्वकीय सचिवालयमा सहसचिव १, उपसचिव १, नासुस्तरको कम्प्युटर अपरेटर १, सवारी चालक २, कार्यालय सहयोगी २ जना, प्रिन्टरसहितको कम्प्युटर १ र साइकल दुइटा प्राप्त गर्नेछन् ।
राष्ट्रियसभामा सत्तापक्ष र विपक्षको नेता, सत्तापक्षको मुख्यसचेतक, उपसभामुख र उपाध्यक्ष, प्रतिपक्षी दलका प्रमुख सचेतक र सत्तापक्षको सचेतकले स्वकीय सचिवालयमा उपसचिव १, नासुस्तरको कम्प्युटर १, सवारी चालक २, कार्यालय सहयोगी १ जना प्रिन्टरसहितको कम्प्युटर र साइकल एक÷एक थान सुविधाबापत पाउनेछन् । सरकारले संसदका पदाधिकारी र सांसदहरू सबैलाई फर्निचर सुविधाबापत एकमुष्ठ १५ हजार रुपैया“ प्रदान गर्नेछ । सांसदले भने शाखा अधिकृतस्तरको एक जना स्वकीय सचिव पाउनेछन् ।












No comments:

Post a Comment