Saturday, October 29, 2016

भारतीय राष्ट्रपति आउँदा सार्वजनिक बिदा

काठमाडौं, १३ कात्तिक– सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीप्रति आत्मीयता, सद्भाव र सम्मान प्रकट गर्न यही कात्तिक १७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा भारतीय राष्ट्रपति तीनदिने भ्रमणमा कात्तिक १७ मा नेपाल आउ“दै छन् । 

मन्त्रिपरिषदो बिहीबार बसेको बैठकले दुवै छिमेकी मुलुक भारत र चीनका राष्ट्र प्रमुखबाट हुने नेपालको राजकीय भ्रमण गर्ने पहिलो दिन विगतको परम्पराअनुसार सम्मानका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं जानकारी सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले दिए । यसअघि भारतबाट सन् १९९८ मेमा भारतीय राष्ट्रपति केआर नारायण नेपाल आएका थिए ।

मित्र मुलुकका राष्ट्र प्रमुख नेपालको राजकीय भ्रमणमा आउ“दा पञ्चायतकालसम्म सरकारले सार्वजनिक बिदा दिने परम्परा हो । 
काकीका अनुसार मुखर्जीले नेपालमा रह“दा पशुपतिनाथ र जनकपुरस्थित जानकी मन्दिरको दर्शन गर्ने, काठमाडौं विश्वविद्यालयको विशेष दीक्षान्त समारोहलाई सम्बोधन गर्ने, पोखरामा भारतीय सेनामा काम गरी अवकाश पाएका सैनिकको भेलालाई सम्बोधन गर्नेलगायतका कार्यक्रम छन् ।


No comments:

Post a Comment