Sunday, March 29, 2015

इन्डियन मुजाहिद्दिनलाई नेपाली नागरिकता र पासपोर्ट

गृहले चारैजनाको नागरिकता खारेज ग¥यो, पासपोर्ट खारेज गर्न परराष्ट्रलाई पत्राचार
तीन जना नेपाली पासपोर्टमा युरोप जाने तयारीमा
काठमाडौं, १६ चैत– भारतका विभिन्न सहरमा बम विस्फोट गराएर फरार भएका मुस्लिम आतंकवादी संगठन ‘इन्डियन मुजाहिद्दिन’ का ४ लडाकुले नेपाली नागरिकता र पासपोर्ट लिएको खुलासा भएको छ । सन् २००८ मा बनारस, गोरखपुर, फैजाबाद, जयपुर, अहमदाबाद, लखनऊ र दिल्लीमा बम विस्फोट श्रृंखलामा संलग्न भएका पा“च जना लडाकुमध्ये नेपाल प्रवेश गरी चार जनाले नागरिकता र पासपोर्ट लिन सफल भएका हुन् । मुजाहिद्दिनले त्यतिबेला गरेको श्रृंखलावद्ध बिस्फोटमा १ सय ६६ जनाको ज्यान गएको थियो ।  
भारतीय सुरक्षा निकायको ‘मस्ट वान्टेड’ सूचीमा रहेका सलमान शेख, डा. सहनवाज, वादा साजिद, मोहम्मद खालिद र अबु रसिदले सुनसरीको नरसिंह गाविस(७ मा स्थायी बसोबास भएको नक्कली कागजात बनाई २०६६ जेठ र असारमा नागरिकता प्रमाणपत्र लिएका हुन् । डा सहनवाजले सहनवाज मिया“, अबु रसिदले मोहम्मद अहमद हुसैन मिया“, सलमान शेखले मोहम्मद फहद अन्सारी र मोहम्मद खालिदले इर्शाद अन्सारीको नाममा नागरिकता लिएका थिए ।

विदेशी आतंकवादीहरूले सजिलै नेपाली नागरिकता र पासपोर्ट लिई देश(विदेशमा गतिविधि गर्न पाएको, त्यसको खुलासा झन्डै छ वर्षपछि भएको घटनाले मुलुकको गृह प्रशासन कति कमजोर र फितलो छ भन्ने यथार्थ उजागर भएको छ । त्यो पनि भारतीय गुप्तचर संस्थाले पत्ता लगाएर सूचना दिएपछि छानबिन गरेरमात्र गृहले मुजाहिद्दिनका लडाकुले नेपाली नागरिकता र पासपोर्ट लिएको पत्ता लगाएको हो । यसबाट जिल्ला प्रशासनहरूले जथाभावी नागरिकता वितरण गरिरहेको पुष्टि गर्ने पूर्व गृह प्रशासकहरू नै बताउ“छन् । ०६३ सालमा जन्मका आधारमा नागरिकता वितरण गर्दा झन् बढी गैरनेपालीले नागरिकता पाएको हुन सक्ने ती अधिकारी बताउ“छन् ।
प्रहरी प्रधान कार्यालयले गत माघ ९ मा पत्राचार गरेपछि गृहले छानबिन गर्ने क्रममा इन्डियन मुजाहिद्दीनका चार लडाकुले नागरिकता लिएको पुष्टी भएको हो । त्यही नागरिकताका आधारमा चारै जनाले नेपाली पासपोर्टसमेत लिएका छन् ।  
 सहनवाज मिया“ र अहमद हुसेनले मोहम्मद समिम मिया“लाई बाबुका रूपमा पेस गरी २०६६ जेठ २२ मा सुनसरी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्रमाणपत्र लिएका हुन् ।  इर्साद आलम र फहद अन्सारीले मिसर मिया“को छोराका रूपमा पेश गरी असार ९ मा नागरिकता लिएका हुन् । नक्कली बाबु बनेका दुवै जनाले ती लडाकुलाई आफ्नो छोरा हो भनी सिफारिस गरेका थिए ।
 सुनसरीका तत्कालीन कामु प्रजिअ हरिकृष्ण उपाध्याय र तत्कालीन प्रशासकीय अधिकृत वेदनिधि खनालले गाविस सचिव र बाबुको सिफारिसको यथार्थ अध्ययनै नगरी उनीहरूलाई हचुवाका आधारमा या आर्थिक लेनदेनमा परी नागरिकता प्रदान गरेको जानकारी गृह मन्त्रालयका एक अधिकारीले दिएका छन् । नागरिकतामा तत्कालीन प्रशासकीय अधिकृत खनालले हस्ताक्षर गरेका छन् । 
 मोहम्मद समिम र मिसर मिया“ नरसिंहपुर गाविस(७ का वासिन्दा हुन । गृहले छानबिन गर्दा मोहम्मद समिम र मिसर मिया“को ती नाम गरेका छोरा नै नभएको पुष्टी भएको छ । मिसर मिया“को ६ भाइ छोरा भए पनि ति नामका छोरा थिएनन् । ‘छोरा भनेर नागरिकता लिएका तिनीहरु गाउ“मा पनि फेला परेनन्,’ गृह सम्बद्ध श्रोतले भन्यो । नागरिकता प्राप्त गरी नेपाली पासपोर्ट लिई उनीहरू आफ्नो आतंकवादी गतिविधिका लागि विदेशिएको स्रोतले बतायो । सबैलाई नागरिकता दिन गाविस सचिव राजकुमार न्यौपानेले सिफारिस गरेका थिए । 
इन्डियन मुजाहिद्दीन दक्षिण एसियामा इस्लामिक राज्य स्थापना गर्ने लक्ष्य लिएर २००८ मा स्थापना भएको आतंकवादी संगठन हो । प्रहरीको विशेष ब्युरो सम्बद्ध श्रोतका अनुसार सन २००९ मै उसका लडाकुको नेपालमा उपस्थिति देखिन थालेको थियो । बनारस, गोरखपुर, फैजाबाद, जयपुर, अहमदाबाद, लखनउ र दिल्लीमा बम विस्फोट गराउन संलग्न केही लडाकु नेपाल छिरेका थिए । सुनसरीको भुटाहा गाविसमा बसेका थिए ।  भुटाह(५ का खुर्सिद आलम अन्सारीको आतिथ्यमा तिनीहरु बसेका थिए । वादा साजिदका दाजु सकिरको भारत उत्तर प्रदेशको आजमगढमा सहपाठी भएको सम्बन्धले उनीहरु खुर्शीदको पाहुना बनेको अनुसन्धानमा खुलासा भएको छ । ‘साकिरले भारतबाटै सम्पर्क गरी दुईचोटी गरेर ति लडाकुलाई भुटाहा पठाएका थिए । भुटाहा बसाइका क्रममा तिनीहरु खुर्शीदको रैयान नेशनल इंगलिस बोर्डिङ स्कुलको शिक्षकका रुपमा बसेका थिए । खुर्शीदको घरमै तिनीहरुको बस्ने खाने व्यवस्था गरिएको थियो । नागरिकता÷पासपोर्ट दिलाउने काम पनि खुर्शीदले नै गरेको स्रोतले बतायो ।  
पासपोर्ट हात परेपछि उनीहरू चारै जना २००९ को अगस्ट र सेप्टेम्बरमा अल अरेबियाको उडानमार्फत संयुक्त अरब इमिरेट्सको शारजहा“ पुगेका थिए । शारजहा“मा इण्डियन मुजाहिद्दीन नेताहरु इकबाल भटकल र रियाज भटकलका साथै आमिर राजासग भेटघाट गरी थप तालीम लिन पाकिस्तान पुगेको विशेष ब्युरोको भनाईं छ । श्रोतका अनुसार पाकिस्तानबाट २०१० जनवरी २० मा नेपाल आएका सलमान शेख लगत्तै भारतमा पक्राउ परे । डा सहनवाज पाकिस्तानमै छन् ।  बडा साजिद, मोहम्मद खालिद, अबु रसिद तालीम लिएपछि शारजहा“ नै फिर्ता भएका छन् । ‘अरू तीनजना नेपाली पासपोर्ट लिएर युरोप प्रवेश गर्न प्रयासरत छन्,’ स्रोतले भन्यो ।
गृह मन्त्रालयले छानबिनका क्रममा चारै जना इन्डियन मुजाहिद्दिनका लडाकु भएको पत्ता लागेपछि उनीहरूको नागरिकता खारेज गरेको छ । साथै गृहले परराष्ट्रमन्त्रालय मार्फत् चारै जनाको नाममा जारी नेपाली पासपोर्टसमेत खारेज गर्न राहदानी विभागलाई पत्राचार गरेको छ । गृहले कानुनबमोजिम नागरिकता दिन सिफारिस गर्ने गाविस सचिव, आफ्नो छोरा भनी सिफारिस गर्ने व्यक्ति, नागरिकता जारी गर्ने तत्कालीन प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतलाई कारबाही गर्न सुनसरी जिल्ला प्रशासनलाई निर्देशन दिइसकेको जानकारी गृह सम्बद्ध स्रोतले दिएका छन् ।
 गैरनेपालीलाई नागरिकता दिने, सिफारिस गर्ने गाविस सचिव राजकुमार न्यौपाने, नक्कली बाबु भई सिफारिस गर्ने मोहम्मद समिम तथा मिसर मिया र उनीहरूलाई नागरिकता जारी गर्ने तत्कालीन कामु प्रजिअ उपाध्याय र तत्कालीन प्रशासकीय अधिकृत खनाललाई नागरिकतामा ऐनअनुसार एक वर्षदेखि ५ वर्ष कैद सजाय र ५० हजार रुपैया“सम्म जरिवाना हुनेछ । नागरिकता दिलाउन भूमिका निर्वाह गर्ने खुर्सिदलाई समेत नागरिकता ऐनअनुसार मुद्दा चलाइनेछ । उपाध्याय ५८ वर्ष उमेर पूरा गरी अवकास भइसकेका छन् भने खनाल र न्यौपाने सरकारी सेवामै छन् ।




वास्तविक नाम( डा सहनवाज 
नेपाली नागरिकता( सहनवाज मिया 
नागरिकता नम्बर(०६१०४९÷१३८१२९ 
पासपोर्ट नम्बर ४४८५७०० 
जारी मिति (९ जुन २००९ 

वास्तविक नाम( मोहम्म खालिद
नेपाली नागरिकता( इर्शाद आलम      
नागरिकता नम्बर(०६१०४९÷१३९२३८
पासपोर्ट नम्बर(४५३३८५४
जारी मिती(२०६६ असार ९ 

वास्तविक नाम(अबु रसिद 
नेपाली नागरिकता(मोहम्मद अहमद हुसैन मिया“
नागरिकता नम्बर(०६१०४९÷१३८१२८
पासपोर्ट नम्बर ४५३३४५६
जारी मिति ९ जुन २००९ 

वास्तविक नाम(सलमान शेख 
नेपाली नागरिकता( मोहम्मद फहद अन्सारी 
नागरिकता नम्बर(०६१०४९÷१३९२३७ 
पासपोर्ट नम्बर(४५३३०८५५ 
जारी मिती  ९ जुन २००९




No comments:

Post a Comment