Wednesday, March 4, 2015

२० सचिवको पदस्थापना र सरुवा

मन्त्रिपरिषद बैठक
काठमाडौं, २१ फागुन– सरकारले नया“ बढुवा भएकासहित २० जना सचिवको सरुवा र पदस्थापना गरेको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले अर्थमन्त्रालयमा थप एक सचिवको दरबन्दी थप्नुका साथै ठूलो संख्यामा सरुवा र पदस्थापनाको निर्णय गरेको हो ।
अर्थमन्त्रालयमा दरबन्दी थपेर राजस्व सचिव राखिएको छ । अर्थमन्त्रालयमा अब अर्थ सचिव र राजस्व सचिव रहनेछन् । राजस्व सचिवमा हालै बढुवा भएका नवराज भण्डारीलाई पदस्थापन गरिएको छ । अर्थसचिवमा सुमनप्रसाद शर्मा पहिल्यैदेखि छन् । 
अर्थमन्त्री रामशरण महतले आफ्नो मन्त्रालयमा अर्थ, राजस्व र खर्च हेर्ने तीन सचिव राख्न प्रस्ताव गरेका थिए । तर, सामान्य प्रशासन मन्त्रालयले दुइटा सचिवमात्र राख्न सहमति दिएपछि मन्त्रिपरिषद बैठकले त्यसैलाई सदर गरेको हो । 

अर्थमा एउटा दरबन्दी थपिएपछि विभिन्न मन्त्रालय र निकायमा सचिवको संख्या ४४ पुगेको छ । हेरफेर र पदस्थापनाको निर्णय हु“दा पनि परराष्ट्र मन्त्रालयमा भने सचिव पठाइएको छैन । परराष्ट्रमा सोही सेवाका सचिव राख्न अन्य सेवाका सचिवलाई नपठाइएको हो । परराष्ट्रमा शंकर बैरागी निमित्त सचिव छन् ।
मन्त्रिपरिषदले सचिवहरू वाणिज्य तथा आपूर्ति मन्त्रालयका नारायणगोपाल मलेगोलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा, सामान्यका ङइन्द्रप्रसाद उपाध्यायलाई वाणिज्यमा, कृषिका जयमुकुन्द खनाललाई उद्योगमा, उद्योगका उत्तमकुमार भट्टराईलाई कृषि मन्त्रालयमा सरुवा गरेको छ । मन्त्रिपरिषदले यसपटक सचिवहरूको सरुवा र पदस्थापनामा थोरै भए पनि अनुभव र विज्ञतालाई आधार बनाएको छ । वाणिज्यका जानाकार उपाध्यायलाई वाणिज्य मन्त्रालय र कृषि विज्ञ भट्टराईलाई कृषि मन्त्रालयमा लगिएको छ । अर्थका अनुभवी नवराज भण्डारीलाई राजस्व सचिवको जिम्मेवारी दिइएको छ ।
यसअघि कामु सचिवबाट सचिव बढुवा भएकामध्ये धेरैजसोलाई पहिल्यैको स्थानमा पदस्थापन गरिएको छ भने केहीलाई भने अन्यत्र सारिएको छ । कामु हु“दै मन्त्रालय पाएका सुनिलबहादुर मल्ल र खुमराज पुञ्जालीलाई पुरानै ठाउ“मा पदस्थापन गरिएको छ । मल्ललाई सूचना तथा सञ्चार मन्त्रालय र पुञ्जालीलाई शान्ति तथा पुननिर्माण मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ । उनीहरू कामु हु“दा नै तिनै मन्त्रालयमा थिए ।
जल तथा ऊर्जा आयोगमा कामु सचिव रहेर बढुवा भएका ईश्वरी पौडेललाई रक्षा मन्त्रालयमा पदस्थापन गरिएको छ । रक्षामा लामो समयदेखि सचिव पद रिक्त थियो । नया“ सचिवमध्ये पौडल, राजन खनाल र नवराज भण्डारी मन्त्रालय पाउने भाग्यमानीमा परेका छन् । पौडेलले रक्षा, खनालले सामान्य प्रशासन र भण्डारीले अर्थमन्त्रालयको राजस्व सचिवको जिम्मेवारी पाएका छन् ।
कामु सचिव हु“दा क्षेत्रीय प्रशासक रहेका दिनेश थपलिया र विजयकुमार मल्लिकलाई सोही ठाउ“मा नै पदस्थापन गरिएको छ । थपलियालाई पश्चिमाञ्चल र मल्लिकलाई मध्यपश्चिमको क्षेत्रीय प्रशासकको जिम्मेवारी दिइएको छ । नया“ सचिवहरू सुरेशप्रकाश आचार्यलाई पूर्वाञ्चल, रामकुमार आचार्यलाई मध्यमाञ्चल र शरद बिष्टलाई सुदूर पश्चिमको क्षेत्रीय प्रशासकमा पदस्थापन गरिएको छ । नया“ सचिवहरू गजेन्द्र ठाकुरलाई जल तथा ऊर्जा आयोग र लक्ष्मण मैनालीलाई सूचना आयोगमा पदस्थापन गरिएको छ ।
यसअघि कामु सचिव हु“दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका प्रेमकुमार राईलाई भने प्रधानमन्त्री कार्यालयमा पदस्थापन गरिएको छ । कामुबाट बढुवा भएका श्रीधर सापकोटालाई अख्तियारको सचिवमा पदस्थापन गरिएको छ । उनी सहसचिव हु“दा पनि अख्तियारमै थिए ।
मन्त्रिपरिषदले सूचना आयोगकी निमित्त सचिव जीवनप्रभा लामालाई सामान्य प्रशासन मन्त्रालयमा दरबन्दी राखी उपराष्ट्रपति कार्यालयमा काज सरुवा गरेको छ । उनी आयोगमा कामु सचिव थिइन् । उपराष्ट्रपति कार्यालयका सचिव राजकुमार मल्लले यही फागुन २८ मा ५८ वर्ष उमेर पूरा गरी अनिवार्य अवकास पाउ“दैछन् । मल्लको अवकासपछि लामा उपराष्ट्रपति कार्यालयमा निमित्त सचिव हुनेछिन् । कामु सचिव भए पनि बढुवाको सिफारिसमा नपरेका अन्नपूर्णनन्द दासलाई भने सामान्य प्रशासनको अतिरिक्त समूहमा सारिएको छ । कामु सचिव हु“दा उनी क्षेत्रीय प्रशासक थिए ।
दाहाललाई २५ लाख उपचार खर्च
यसैबीच सरकारले असाधारण क्षमता भएका बालक आदित्य दाहाललाई उपचारका लागि २५ लाख सहयोग दिने निर्णय गरेको छ । उनी शारीरिक रूपमा अशक्त भएकाले सरकारलाई उपचार खर्च दिएको हो ।




No comments:

Post a Comment