Wednesday, March 4, 2015

कांग्रेसले समावेशी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने


काठमाडौं, २१ फागुन– कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले गणेशमान सिंहको जन्म शताब्दीका अवसरमा ‘नेपाली कांग्रेस समावेशी प्रशिक्षण्ँ’ एक हजार २ जना पार्टीका महाधिवेशन प्रतिनिधिलाई दिने भएको छ । प्रतिष्ठानले २ सय ४० वटै निर्वाचन क्षेत्रअन्तर्गतका प्रत्येकबाट महिला दुई, दलित, आदिवासी जनजाति, अल्पसंख्यक, मधेसी, मुस्लिम र अपांग मध्येबाट एक/एक गरी पा“च जना महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षणमा सहभागी गराउने भएको छ । 

नीति तथा प्रशिक्षण प्रतिष्ठानले पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतिष्ठानका संयोजक रामचन्द्र पौडेलले प्रशिक्षण देशका विभिन्न सात क्षेत्रमा सञ्चालन हुने जानकारी दिए । प्रशिक्षण्ँ आगामी फागुन २४ कपिलवस्तुको तौलिहवामा आरम्भ हुनेछ । दुई दिनसम्म चल्ने उक्त प्रशिक्षणमा राप्ती अञ्चलका सबै जिल्ला, बाँके तथा लुम्बिनी अञ्चलबाट नवलपरासीबाहेकका जिल्लाका १ सय ८५ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । 
दोस्रो कार्यक्रम फागुन २६ देखि २८ सम्म चितवनको सौराहामा हुनेछ । उक्त प्रशिक्षणमा नारायण्ँी अञ्चलका सबै जिल्ला र नवलपरासीका समेत गरी १ सय ६० जनाको सहभागीता रहने जानकारी प्रतिष्ठानले दिएको छ । त्यसपछि क्रमशः बा“की क्षेत्रका महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने जानकारी पौडेलले दिए ।
चाँडै सहमति हुन्छ : पौडेल
पौडेलले संविधान लेखनको स्थगित प्रक्रियालाई दलहरुबीच चा“डै सहमति कायम गरी अघि बढाइने बताएका छन् । संविधानसभाको बैठक लामो समय स्थगित राख्न नहुनेमा जोड दिंदै उनले भने ‘३० दलीय मोर्चालाई वार्तामा आउन सहज होस् भनेर बैठक स्थगित भएको हो त्यो धेरै लम्बिन सक्दैन ।’ 
संविधानसभाबाट संविधान निर्माणको काम सुचारु गर्न दलहरुबीच छलफलको क्रम सुरु भएको उल्लेख गर्दै उनले मंगलबार कांग्रेस र एमालेबीच र बुधबार बिहान प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच वार्ता भएको बताए ।

No comments:

Post a Comment