Saturday, April 4, 2015

आगलागी पीडितलाई सहुलियत ब्याजमा ३० लाख ऋण

काठमाडौं, २१ चैत– सरकारले ताप्लेजुङ र डडेल्धुरा जिल्लाका आगलागी पीडित परिवारलाई घर निर्माण र व्यवसाय गर्न ३० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ब्याजमा ऋण सहयोग दिने भएको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले आगलागी तथा त्यस्तै प्रकृतिका घटनाबाट प्रभावित परिवारको पुनःस्थापनाका लागि क्षतिका आधारमा ३० लाख रुपैयाँमा नबढ्ने गरी सहुलियत ब्याजमा ऋण दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए ।    

रिजालका अनुसार त्यसरी दिइने ऋणमा पा“च वर्Èसम्म ब्याजमा सहुलियत दिइनेछ । पहिलो वर्È व्याजमा शतप्रतिशत, दोस्रो वर्È ७५ प्रतिशत, तेस्रो वर्È ५० प्रतिशत, चौथो वर्È २५ प्रतिशत र पा“चौं वर्ष १० प्रतिशत छुट दिने निर्णय भएको जानकारी रिजालले दिए । त्यसपछि छुट दिइने छैन ।
लुम्बिनी विश्वविद्यालयलाई जग्गा
सरकारले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई रूपन्देहीको सक्रौन पकरी गाविसको चार बिगाहा १४ कट्ठा १५ धुर जग्गा ‘लिज’ मा उपलब्ध गराउने निर्णय गरेको छ ।
मंसिर ९ मा उद्योग दिवस
सरकारले मुलुकमा औद्योेगिक प्रवद्र्धनका लागि लगानीको सकारात्मक वातावरण निर्माण तथा जनचेतना अभिवृद्धि गर्न हरेक वर्È मंसिर ९ मा उद्योग दिवस मनाउने निणर््ँय गरेको छ ।
वि.सं २०२९ मंसिर ९ मा उद्योग परिÈद् स्थापना भएको दिनलाई उद्योग दिवसका रूपमा आगामी वर्Èदेखि मनाइने निर्णय भएको हो ।
जैन धर्मगुरुको स्वागत र सम्मान गरिने
जैन धर्मगुरु श्वेताम्बर तेरापन्थ आचार्य महाश्रवणको स्वागत, सम्मान, सुरÔा र बिदाइको सम्पूर्ण व्यवस्था गर्न गृह मन्त्रालयमार्फत् काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । 

No comments:

Post a Comment