Thursday, August 31, 2017

६ देशमा श्रम सहचारी नियुक्त

काठमाडौं, १४ भदौ– श्रम तथा रोजगार मन्त्रालयले नेपाली कामदार रहेका ६ वटा मुलुकमा श्रम सहचारी नियुक्त गरेको छ ।  श्रम हेर्ने गरी दक्षिण कोरियाको काउन्सिलरमा डिल्लीराम बा“स्तोला र मलेसियाको काउन्सिलरमा बद्रीकुमार कार्की नियुक्त भएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) मा मोतिराम भुसाल, ओमनमा कृष्णाकुमारी गौली, कुवेतमा ज्ञानेन्द्र शर्मा र साउदी अरबको जेद्दामा राजु कु“वर श्रम सहचारी नियुक्त भएको जानकारी श्रम मन्त्रालयले दिएको छ ।

काउन्सेलरमा उपसचिवस्तरका र सहचारीमा अधिकृतस्तरका कर्मचारी नियुक्त हुने व्यवस्था छ । श्रम मन्त्रालयका अनुसार काउन्सिलर र सहचारी नियुक्ति तथा छनौटसम्बन्धी कार्यविधि तथा मापदण्ड २०७३ को मूल्यांकन प्रक्रियाबमोजिम प्राप्तांकका आधारमा उनीहरूलाई नियुक्त गरिएको हो । यसपटक अंग्र्रेजी भाषालाई उच्च प्राथमिकतामा राख्दै कार्यविधि बनाएर निवेदन माग गरी छनौट गरिएको हो । उनीहरूले दुई वर्षका लागि ती देशमा रहेका नेपाली दूतावासमा वैदेशिक रोजगारीसम्बन्धी विषयमा सहजीकरणको काम गर्नेछन् ।

No comments:

Post a Comment