Friday, August 25, 2017

हिउँदमा भारतबाट थप सय मेगावाट

दुवै देशका प्रधानमन्त्रीद्वारा स्विच थिचेर दुई प्रसारण लाइन उद्घाटन
काठमाडौं, ९ भदौ– प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार दुई अन्तरदेशीय प्रसारण लाइन रक्सौल–परवानीपुर र कुसाहा–कटैयाको संयुक्त रूपमा उद्घाटन गरेका छन् । भारतको राजकीय भ्रमणमा रहेका देउवा र मोदीले नया“दिल्लीस्थित हैदरावाद हाउसबाट स्विच थिचेर महŒवपूर्ण अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
विद्युत् प्राधिकरणले यी दुई प्रसारण लाइन हु“दै भारतबाट ५०÷५० मेगावाट बिजुली आयात गर्ने बाटो खुलेको छ । भारतबाट आगामी हिउ“दमा यी दुई प्रसारण लाइन हु“दै १ सय मेगावाट बिजुली आयात हुन थालेपछि मुलुकमा लोडसेडिङ नहुने विश्वास विद्युत् प्राधिकरणका अधिकारीहरूको छ । ‘हाल नेपालमा ३ सय ५० मेगावाट हाराहारी बिजुली गइरहेको छ’ संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भने, ‘अब थप सय मेगावाट निर्यात हुन सक्नेछ ।’

तत्कालीन प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको समयमा ४०० केभीको ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन गरिएको थियो । मुलुकलाई नपुग बिजुली ल्याउन र बढी भएका बेला भारतमा बेच्न ढल्केबर–मुजफ्फरपुरका अतिरिक्त यी दुई नया“ प्रसारण लाइन निर्माण गरिएको हो । भारतको सहयोगमा निर्माण गरिएका यी दुवै प्रसारण लाइनको क्षमता १३२ केभी छ ।
रक्सौल–परवानीपुर प्रसारण लाइनले वीरगन्ज औद्योगिक क्षेत्र र आसपासका क्षेत्रलाई पूर्ण रूपमा लोडसेडिङमुक्त गर्ने योजना प्राधिकरणको छ । कटैया–कुसाहा प्रसारण लाइनबाट आयात हुने ५० मेगावाट बिजुलीले मुलुकको पूर्वी क्षेत्रलाई लोडसेडिङमुक्त गर्न मद्दत गर्नेछ । थप आयात हुने बिजुलीले वीरगन्ज औद्योगिक क्षेत्र र पूर्वी भागलाई बिजुली पर्याप्त हुने भएपछि मुलुकमा उत्पादित र भारतबाट पहिल्यैदेखि आयातिय बिजुलीले मुलुकको बा“की भागलाई लोडसेडिङमुक्त गर्न सकिने प्राधिकरणका अधिकारी बताउ“छन् । 
नेपालले हाल भारतबाट ३ सय ५० मेगावाटको हाराहारीमा बिजुली आयात गरिरहेको छ । यी नया“ प्रसारण लाइनबाट थप एक सय मेगावाट विद्युत् आएपछि भारतबाट आयात हुने बिजुली ४ सय ५० मेगावाट पुग्नेछ । यी प्रसारण लाइनबाट आयात हुने बिजुलीको मूल्य ३३ केभी क्षमताका प्रसारण लाइनको भन्दा कम रहेको छ । नेपाल–भारत विद्युत् आदान–प्रदान समितिको बैठकबाट १३२ केभी क्षमताको प्रसारण लाइनबाट आयात गर्ने बिजुलीको मूल्य प्रतियुनिट ८.८८ रुपैया“ (भारु ५.५५) कायम गरिएको छ । प्राधिकरणले गत आवमा २०७३÷७४ मा भारतबाट १४ अर्ब २० करोड रुपैया“ बराबरको बिजुली आयात गरेको थियो । 


No comments:

Post a Comment