Friday, November 17, 2017

पश्चिम सेती बनाउने सम्झौता


  • चीनबाट डेढ खर्बभन्दा बढी लगानी आउने
  • सुदूर पश्चिमको समृद्धिको ढोका खुल्ने

काठमाडौं, १ मंसिर– ७५० मेगावाट क्षमताको बहुचर्चित जलाशययुक्त पश्चिम सेती विद्युत् आयोजना निर्माण गर्न विद्युत् प्राधिकरण र चीनको ‘चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन’ बीच बिहीबार सम्झौता भएको छ । थ्री गर्जेज र प्राधिकरणले नेपालमा संयुक्त कम्पनी स्थापना गरी १ खर्ब ८० अर्ब रुपैया“ लागत लाग्ने अनुमान गरिएको पश्चिम सेती आयोजना निर्माण गर्नेछन् ।

प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र थ्री गर्जेज कम्पनीका लगानी निर्देशक याओ फेक्सिओङले संयुक्त लगानी (जेभीए) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतास“गै चीनबाट डेढ खर्ब रुपैया“भन्दा बढी लगानी भित्रिने र दुई दशकभन्दा बढी समयदेखि चर्चामा रहेको पश्चिम सेती आयोजना निर्माण अघि बढ्ने वातावरण बनेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । जेभीएमा प्रारम्भिक हस्ताक्षर भएको १० महिनापछि अन्तिम सम्झौता भएको हो ।

ऊर्जा मन्त्रालय र थ्री गर्जेजबीच १७ फागुन ०६८ मा पश्चिम सेती आयोजना बनाउने सहमति भए पनि प्राधिकरणसित लगानीको प्रतिशत नमिलेकाले ढिलाइ भएको हो । लगानी प्रतिशतमा सहमति भई प्राधिकरण र थ्री गर्जेजबीच सम्झौता भएपछि आयोजना अघि बढ्ने र स“गै प्रदेश ७ को आर्थिक समृद्धिको ढोका खुल्ने वातावरण बनेको हो । प्राधिकरण सञ्चालक समिति र थ्री गर्जेज बोर्डले पश्चिम सेतीमा संयुक्त लगानी गर्ने सम्झौताको मस्यौदालाई पारित गरिसकेका छन् । लगानी बोर्ड नेपालले सम्झौतालाई अनुमोदन गरिसकेपछि थ्री गर्जेज र प्राधिकरणले पश्चिम सेती आयोजना बनाउन नेपालमा ‘वेस्ट सेती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी’ खोल्नेछन् ।
लगानी बोर्डले थ्री गर्जेजलाई चिनिया“ लगानी ल्याउन अनुमति दिएपछि खुल्ने संयुक्त कम्पनीले आयोजना निर्माण गर्न विस्तृत इन्जिनियरिङ अध्ययन सुरु गर्नेछ । बोर्डले एक साताभित्रै थ्री गर्जेजलाई लगानी ल्याउन अनुमति दिने जानकारी स्रोतले दिएको छ । लगानी ल्याउने अनुमति दिनासाथ थ्री गर्जेजले प्राधिकरणसित मिलेर संयुक्त कम्पनी खोल्नेछ । अस्ट्रेलियाली कम्पनी स्मेकले पश्चिम सेतीको लाइसेन्स १५ वर्षसम्म ओगटे पनि विस्तृत इन्जिनियरिङ अध्ययनको काम भने गरिसकेको छ ।
उक्त अध्ययनका आधारमा थ्री गर्जेजले छिट्टै नै आयोजनाको डीपीआर तयार पार्ने र निर्माण कार्य एक वर्षमा सुरु हुने प्राधिकरण स्रोतको भनाइ छ । निर्माण थालिएको साढे ६ वर्षमा आयोजना सम्पन्न गरी विद्युत् उत्पादन सुरु हुने प्रवक्ता अधिकारीले बताए । उनका अनुसार आयोजनाबाट वार्षिक रूपमा २ हजार ८ सय २८ गेगावाट आवर बिजुली उत्पादन हुनेछ । संयुक्त कम्पनीमा थ्री गर्जेजको ७५ प्रतिशत र प्राधिकरणको २५ प्रतिशत लगानी रहनेछ । सम्झौताअनुसार थ्री गर्जेजले प्राधिकरणलाई २५ प्रतिशत लगानी जुटाउन चिनिया“ एक्जिमबाट सहुलियतपूर्ण ऋण जुटाइदिनेछ । आयोजनामा प्रभावितले आकर्षक आयोजनामा १५ प्रतिशतसम्म सेयर लगानी गर्न पाउनेछन् । थ्री गर्जेज र प्राधिकरणबीचको संयुक्त कम्पनीले प्रदेशवासीका अतिरिक्त देशभरका सर्वसाधारणलाई थप १५ प्रतिशत सेयर दिनेछ ।
पश्चिम सेतीको बिजुली राजधानीसम्म ल्याउन राष्ट्रिय प्रसारण लाइन कम्पनीले १२ सय मेगावाटभन्दा बढी ल्याउन मिल्ने प्रसारण लाइन निर्माण गर्नेछ । प्रसारण लाइन निर्माण गर्न आवश्यक १ खर्ब रुपैया“भन्दा बढी रकमसमेत थ्री गर्जेजले चिनिया“ एक्जिम बैंकबाट सहुलियतपूर्ण ब्याजमा उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार सरकारले पश्चिम सेती आयोजनास्थलको जग्गा अधिग्रहण र मुआब्जा वितरण तथा विस्थापितलाई पुनर्बास गराउने काम गर्नेछ । त्यसमा हुने खर्च भने संयुक्त कम्पनीले बेहोर्नेछ । आयोजनास्थलमा पर्ने ११ हजार बासिन्दालाई पुनर्बास गराउनुपर्ने अधिकारीले बताए । 
प्राधिकरणले जलाशययुक्त आयोजनाबाट खरिद गर्ने विद्युतको मूल्य तय गरिसकेको छ । प्राधिकरणले पश्चिम सेतीबाट उत्पादन हुने बिजुलीमध्ये वर्षाको प्रतियुनिट ७ रुपैया“ १० पैसा र हिउ“दमा १२ रुपैया“ ४० पैसामा खरिद गर्नेछ । पश्चिम सेतीले कुल बिजुलीमध्ये वर्षामा ६५ प्रतिशत र हिउ“दमा ३५ प्रतिशत उत्पादन गर्नेछ । वर्षामा पश्चिम सेतीबाट उत्पादन हुने ५० प्रतिशतभन्दा बढी अर्थात् १५ प्रतिशत बिजुली भने प्राधिकरणले ६ रुपैया“ ३ पैसा खरिद गर्नेछ ।


No comments:

Post a Comment