Friday, November 17, 2017

हेभिवेट देउवालाई एमालेका रानाले कडा चुनौती दिंदै

चुनावमा जित्न घर किनिन् आरजुले 
विपक्षीले ‘टुरिस्ट’ उम्मेदवार भन्दै टिप्पणी गर्न थालेपछि चुनावी माहोल आफनो पक्षमा पार्न र आफूलाई स्थानीयबासी हु भन्ने देखाउन कांग्रेस उम्मेदवार प्रधानमन्त्री पत्नी आरजुले धनगढीमा ३ करोड रुपैयाको घर किनेकी छन् । 
धनगढी, १ मंसिर– कैलाली जिल्लामा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा सबभन्दा चर्चित उम्मेदवार बनेकी छन् । विपक्षीले ‘टुरिस्ट’ उम्मेदवारको संज्ञा दिएपछि प्रचारकै क्रममा धनगढीमा ३ करोड रुपैया“को घर किनेका कारण उनी चर्चित बनेकी हुन् ।
‘स्थानीयवासी उम्मेदवार’ हुन तत्काल घर किन्न सक्ने हैसियतकी ‘धनाढ्य’ एवं हेभिवेट उम्मेदवार आरजुसित वाम गठबन्धनका तर्फबाट एमालेका सामान्य आर्थिक हैसियतका नारदमुनि रानाले कडा टक्कर दिइरहेका छन् । वाम गठबन्धनले आरजुलाई धनाढय र टुरिस्ट उम्मेदवारको संज्ञा दि“दै उनीविरुद्ध जबर्जस्त माहोल बनाउने प्रयत्न गरिरहेको छ । मत किनेर चुनाव जित्न आरजुले यो क्षेत्र रोजेको दाबी गठबन्धनको छ । कांग्रेसले भने आफ्ना क्षेत्रमा बढी विकास निर्माण कार्यक्रम ल्याउन सक्ने शिक्षित र बौद्धिक महिलालाई उम्मेदवार बनाएको उल्लेख गर्दै आरजुका पक्षमा माहोल बनाउन खोजिरहेको छ ।

स्थानीयवासीबीच बढी भिज्नु नै रानाको सकारात्मक पक्ष बनेको छ । प्रधानमन्त्री पत्नी र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बढी पहु“च भएकाले विकास निर्माण ल्याउन सक्छिन् भन्ने विश्वास आरजुमाथि छ । यो आरजुको सकारात्मक पक्ष बनिरहेको छ । दुवै संविधानसभामा समानुपातिकतर्फबाट सभासद भएकी आरजु यसपटक प्रतिनिधिसभाको प्रत्यक्ष सिटमा उम्मेदवार भएकी हुन्, त्यो पनि प्रधानमन्त्री देउवाको ‘पकड क्षेत्र’ मा ।
देउवाले पत्नी आरजुलाई ७ नं. प्रदेशमा कांग्रेसका लागि सबभन्दा सुरक्षित मानिएको निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएपछि पार्टीभित्र र बाहिर तरंग उत्पन्न भएको छ । देउवा यही क्षेत्रबाट पछिल्लो संविधानसभा सदस्यमा भारी मतले निर्वाचित भएका थिए ।
७ नं. प्रदेशमा स्थानीय तहको चुनावमा कांग्रेसले अपेक्षा गरेअनुरूपको परिणाम ल्याउन नसके पनि आरजुका क्षेत्रमा पर्ने धनगढी उपमहानगर र कैलाली गाउ“पालिकाका दुइटा वडाध्ये एउटा कांग्रेसका विद्रोही उम्मेदवारले जितेका थिए भने अर्कोमा माओवादी केन्द्रले । विद्रोही वडाध्यक्षसमेत कांग्रेसमा फर्किइसकेका छन् ।
यो क्षेत्रमा स्थानीय तहमा कांग्रेस र वाम गठबन्धन (एमाले र माओवादी) ले ल्याएको कुल मत बराबर छ । राप्रपाले १ हजार हाराहारीमा मत ल्याएको थियो । राप्रपाले कांग्रेसलाई समर्थन गरेको छ । धनगढी उपमहानगरमा कांग्रेस निकट गोपी हमाल स्वतन्त्र उठेर निकटतम प्रतिस्पर्धी भएका थिए । उनले ११ हजारभन्दा बढी मत ल्याएका थिए, जसमा कांग्रेस समर्थकको मत बढी थियो । हमालले यसपटकको चुनावमा विवेकशील साझाको प्रदेश इन्चार्ज बनेर दिनेश भण्डारीलाई उम्मेदवार बनाएका छन् । यो क्षेत्रमा भण्डारीलाई समेत चर्चित उम्मेदवारका रूपमा हेरिएको छ ।
यस क्षेत्रमा एमालेबाट थारू नेता पूर्वसभासद राना उम्मेदवार छन् । यो क्षेत्रमा एक तिहाइभन्दा बढी थारू मत छ । क्षेत्रीय र जातीय आधारमा मत खस्ने यस क्षेत्रमा रानाले चुनाव जित्न थारू मत निर्णायक हुने दाबी एमालेको छ ।
थारू मतमध्ये ५० प्रतिशत आफूलाई आउने र बा“की ५० प्रतिशत मत ‘बिकाउ’ रहेको राना बताउ“छन् । उनी बिकाउ मत ‘धनाढय उम्मेदवार’ आरजुले तान्ने खतरा रहेको बताउ“छन् । ‘मेरो चुनौती भनेकै बिकाउ मत हो,’ रानाले भने, ‘वाम गठबन्धनको बलियो सांगठनिक संरचना र यो क्षेत्रमा भिजेको सर्वसाधारण व्यक्ति हु“ । यही मेरो जित्ने आधार हो ।’ उनले आफूस“ग भोट किन्ने पैसा नभए पनि आफूले सहजै जित्ने दाबी गरे ।
वाम गठबन्धनले चुनावकै क्रममा ३ करोड रुपैया“को घर किन्ने पैसा आरजुसित कहा“बाट आयो, त्यो छानबिन हुनुपर्ने आवाज उठाइरहेको छ । कांग्रेसले भने घर किन्नु नैसर्गिक अधिकार भएको उल्लेख गर्दै यहा“ घर भएपछि अब आरजुलाई कसैले पनि टुरिस्ट उम्मेदवार भन्न नसक्ने दाबी गरेको छ । आरजु प्रचारप्रसार क्रममा आफ्नै नया“ घरमा समेत बस्ने गरेकी छन् ।
ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टले आरजुको उम्मेदवारी घोषणा गर्दा कांग्रेसभित्र तीव्र विरोध भएकाले सुरुमा निराशाजनक स्थिति भए पनि पछिल्लो समयमा उनका पक्षमा पार्टीभित्र र बाहिर सकारात्मक वातावरण बनिरहेको बताए । उनका अनुसार टिकटको दाबेदार रहेका कांग्रेसका स्थानीय नेता सुरुमा रुष्ट थिए । देउवाले सम्झाएपछि उनीहरू सकारात्मक हु“दै आरजुका पक्षमा प्रचारमा हिंड्न थालेका छन् । कांग्रेसका स्थानीय नेता नृप वडले आरजु यहा“का जनताका लागि नया“ भए पनि उनले घरघरमा गएर प्रचार सुरु गरेपछि पार्टीका सबै नेता तथा कार्यकर्ताले सहयोग गर्न थालेको र त्यो नै जितको आधार बनेको दाबी गरे ।
भट्टका अनुसार रानाप्रति पनि वाम गठबन्धनभित्र कुनै विरोध छैन । उनका अनुसार यहा“का स्थानीयवासीमा आरजुस“ग भेट्न र कुरासमेत गर्न नपाइने उम्मेदवारलाई किन भोट दिने भन्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहु“च भएकाले विकास निर्माणका कार्यक्रम बढी ल्याउन सक्छिन् भन्ने सकारात्मक र नकारात्मक दुवै धारणा छ । 
देउवा र उनीपछाडि उपचुनावमा चुनाव जित्दा गरेका प्रतिबद्धता पूरा गर्नु आरजुका लागि चुनौती बनेको छ । उनले जिल्लाको गौरीफन्टा नाकालाई व्यवस्थित गरी मुलुककै ठूलो नाका र धनगढीलाई व्यापारिक हब बनाउने, धनगढी विमानस्थललाई भैरहवाजस्तै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रमुख एजेन्डा अघि सारेकी छन् । आरजुले ७ नं प्रदेशको राजधानी धनगढीलाई बनाउने मुद्दासमेत अघि सारेकी छन् । वाम गठबन्धनले समेत यिनै मुद्दालाई चुनावी एजेन्डा बनाएको छ ।
कांग्रेसले अघिल्लो संविधानसभा सदस्य हु“दा राना रातो पासपोर्ट बिक्री काण्डमा मुछिएको उल्लेख गर्दै विवादास्पद छविका नेतालाई भोट नदिन जनतामाझ मुद्दा बनाइरहेको छ । एमालेले भने अख्तियारबाट रानाले रातो पासपोर्ट प्रकरणमा सफाइ पाइसकेको उल्लेख गर्दै कांग्रेसको गलत प्रचारले जनता दिग्भ्रमित नहुने विश्वास व्यक्त गरेको छ ।






No comments:

Post a Comment