Monday, December 21, 2015

नयाँ संविधानपछि ५९६ विदेशी महिलालाई अंगीकृत नागरिकता

अंगीकृत लिनेमा अधिकांश भारतीय चेली
 काठमाडौं, ६ पुस– संविधानसभाबाट असोज ३ मा संविधान जारी भएपछि नेपाली पुरुषस“ग विवाह गरेका ५ सय ९६ जना विदेशी महिलाले तराई–मधेससहितका २१ जिल्लाबाट वैवाहिक अंगीकृत नागरिकता पाएका छन् । वैव्ँँहिक अंगीकृत लिएकामा धेरैजसो नेपाली पुरुषसित विवाह गरेका भारतीय चेली रहेको जानकारी गृह मन्त्रालयका एक अधिकारीले दिए ।
नया“ संविधानले नेपालीस“ग विवाह गरेका भारतीय चेलीलाई नागरिकताबाट वञ्चित गरेको झूटो प्रचार गरी तराईमा सर्वसाधारण मधेसी जनतालाई भडकाउने काम भइरहेको छ भन्दै मधेसको एक जिल्लाका प्रशासकीयले अधिकारीले उक्त संख्यामा वैवाहिक अंगीकृत नागरिकता वितरण भएको जानकारी दिएका हुन् ।
‘आन्दोलनका क्रममा मधेसका जनतामा नया“ संविधानले नेपाल र भारतबीचको रोटी–बेटीको सम्बन्धलाई खलल पार्ने गरी नेपाली पुरुषस“ग विवाह गरेका भारतीय चेलीलाई नागरिकताबाट वञ्चित गरेको छ भनेर झूटो प्रचार भइरहेको छ’ ती अधिकारीले भने– ‘नया“ संविधान जारी भएको दिनदेखि बुधबार (पुस १) सम्म तराई–मधेससहितका २१ जिल्लाबाट ५ सय ९६ वटा वैवाहित अंगीकृत नागरिकता वितरण भइसकेको छ ।’
ती अधिकारीका अनुसार भारत सरकारलाई समेत नेपालमा नेपालीस“ग विवाह गरेका भारतीय चेलीलाई नागरिकताबाट वञ्चित गरिएको भ्रम परेको छ । भारतको माथिल्लो सदन राज्यसभामा दुई साताअघि नेपालबारे भएको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा भारतीय विदेशमन्त्री सुष्म स्वराजले समेत नेपालमा नया“ संविधानले नेपालीस“ग विवाह गरेका भारतीय चेलीलाई नागरिकतालगायतका अधिकारबाट वञ्चित हुने व्यवस्था रहेको दाबी गरेकी थिइन् ।
नया“ संविधानमा अंगीकृत नागरिकले राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, सुरक्षा प्रमुखबाहेक जुनसुकै पदमा पुग्न पाउने अधिकारको प्रत्याभूति गरिएको छ । नेपाली वैवाहिक अंगीकृत नागरिकता पाएका भारतीय चेली नै वर्तमान संसदमा झन्डै आधा दर्जन सांसद छन् ।
तराई–मधेसका विभिन्न जिल्ला प्रशासन कार्यालयका स्रोतले दिएको जानकारीअनुसार असोज ३ देखि बुधबारसम्म तराई–मधेसका २० र मकवानपुर गरी २१ जिल्लाबाट ५ सय ९६ वटा वैवाहिक अंगीकृत नागरिकता वितरण भइसकेका छन् । 
स्रोतका अनुसार असोज ३ देखि बुधबारसम्म झापाबाट ६८, मोरङबाट ३०, सुनसरीबाट २६, सप्तरीबाट ५, सिराहाबाट ९, धनुषाबाट १८, महोत्तरीबाट ९, सर्लाहीबाट १, रौतहटबाट ९, बाराबाट १९, पर्साबाट २७, मकवानपुरबाट १, चितवनबाट ४, नवलपरासीबाट ९४, रूपन्देहीबाट ८१, कपिलवस्तुबाट ८१, दाङबाट ४, बा“केबाट ६८, बर्दियाबाट ३३, कैलालीबाट २ र कञ्चनपुरबाट ७ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । 

गृह मन्त्रालयका नागरिक शाखा हेर्ने सहसचिव विनोद केसीले नया“ संविधानले नेपाली नागरिकस“ग विवाह गरेका विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकताको अधिकारबाट वञ्चित गरिएको छ भन्ने कुरा सरासर झूटो भएको बताए । ‘वैवाहिक अंगीकृत नागरिकता दिइएको छैन भन्ने कुरा सरासर झूूटो हो’ केसीले कान्तिपुरसित भने– ‘विभिन्न जिल्लाबाट नेपालीसित विवाह गरेर आएका विदेशी चेलीहरूलाई वैवाहिक अंगीकृत नागरिकता वितरण भइरहेको छ ।’
 



No comments:

Post a Comment