Tuesday, December 15, 2015

विदेश भ्रमणमा लाजमर्दो नातावाद

काठमाडौं, २८ मंसिर– गृहमन्त्री शक्ति बस्नेतले भूकम्पपीडितका नाममा पार्टी अध्यक्ष पुष्पकमल दाहालकी नातिनी, आफ्ना नातागोता र पार्टीका कार्यकर्तालाई चीन भ्रमणमा पठाएका छन् । भूकम्पपीडितको कोटामा गैर भूकम्पपीडितलाई विदेश शयर गराउनु बस्नेतको पदीय दुरुपयोगको पराकाष्ठा हो । चीन सरकारले भूकम्पबाट बढी प्रभावित १४ जिल्लाका १५ देखि ३० वर्षमुनिका १ सय युवालाई भूकम्पीय क्षेत्र कुन्मिङ र छेन्दुङको सातदिने अवलोकन भ्रमणको निमन्त्रणा गरेको थियो । 
भूकम्पबाट बढी प्रभावित १४ जिल्लाबाट ४ जनाका दरले ५६ जना पठाइएको छ भने बा“की ४४ जना गृहमन्त्री र उनको पार्टीका नेताका नातागोता र कार्यकर्ता छन् । बस्नेतले भूकम्पपीडितका नाममा नातागोता र कार्यकर्तालाई भ्रमणमा पठाउनु भूकम्पपीडितले भोगिरहेको पीडामाथिको उपहास हो । भूकम्पपीडितको नाममा आफ्नी नातिनीलाई भ्रमणमा पठाएर अध्यक्ष दाहालले पार्टीका तर्फबाट गृहमन्त्री बस्नेतको गैरकानुनी कुकृत्यलाई पार्टीका तर्फबाट वैधता दिई अक्षम्य गल्ती गरेका छन् । 

गरीब जनताको मुक्तिका लागि दसवर्षे जनयुद्ध गरेको पार्टी सत्तामा पुगेपछि नातावाद र कृपावादमा यतिविघ्न लिप्त हुनु आफैंमा लज्जास्पद र दुर्भाग्यपूर्ण हो । यसको जति आलोचना गरे पनि कम हुन्छ ।
लाखौं भूकम्पपीडितले अहिलेसम्म सरकारबाट राहत पाउन सकेका छैनन् । जाडोयाम सुरु भइसक्ता पनि लाखौं भूकम्पपीडित त्रिपाल र टिनको टहरामुनि कठ्यांग्रिन बाध्य छन् । भूकम्पपीडितलाई ज्ँँडोमा ओत लाग्ने न्यानो घर, टहरा बनाउन सरकारले न त अनुदान सहयोग नै दिएको छ, न त सहुलियतपूर्ण ऋण । यसबाट सरकार भूकम्पपीडितको पीडाप्रति कत्ति पनि गम्भीर छैन भन्ने अनुभूति भइरहेको छ । अझ जिम्मेवार मन्त्री र नेताले भूकम्पपीडितका नाममा आफ्ना आफ्ना नातागोतालाई विदेश भ्रमण गराउनु गैर जिम्मेवारीको पराकाष्ठा हो । भूकम्पपीडितको घाउमा मलम लगाउनुपर्ने नेताबाट उल्टै नुनचुक छर्कनेजस्तो अन्यायपूर्ण काम हुन थालेपछि मुलुकको सरकार, सत्तारूढ दल र शासनप्रणालीप्रति नै आमसर्वसाधारणको विश्वास समाप्त हुने स्थिति उत्पन्न भएको छ ।
भूकम्पपीडितका नाममा सत्तारूढ दलका नेताका नातागोता अवलोकन भ्रमणमा आएको यथार्थ चिनिया“ सरकारले थाहा पाएपछि नेपालप्रति चीनको विश्वसनीयतासमेत घटेर जानेछ । उत्तरी छिमेकसित मुलुकको कूटनीतिक साखसमेत गिर्नेछ । यस्तो गलत र गैरजिम्मेवार प्रवृत्तिले मुलुकको छवि छिमेकी र मित्रराष्ट्रहरूबीच धुमिल हुनेछ । चीनले पछिल्लो केही वर्षदेखि आफ्नो समृद्धि देखाई त्यसबाट नेपालीले अनुभव हासिल गरुन्, मुलुकको उन्नतिमा योगदान पु¥याऊन् भनेर नेपालका विभिन्न क्षेत्रका हजारौं व्यक्तिलाई आफ्नो देशको अवलोकन भ्रमणमा लाने गरेको छ । असम्बन्धित व्यक्ति हावी हुन थालेको अनुभूति चीन सरकारले गर्न थालेपछि अब अवलोकन भ्रमणमा लाने मुलुकमा नेपाल प्राथमिकतामा नपर्न सक्छ, त्यो दीर्घकालमा नेपालका लागि आत्मघात हुन सक्छ ।
गृह मन्त्री बस्नेतले भूकम्पपीडितका नाममा अध्यक्ष दाहाल र आफ्ना नातागोता तथा कार्यकर्तालाई विदेश भ्रमणमा पठाएकामा उनको पार्टी एमाओवादीभित्र छिटफुट असन्तुष्टि त प्रकट भएको छ । विश्वासिलो छिमेकीका सामु मुलुकको प्रतिष्ठा नै दाउमा पार्ने काम गरेका मन्त्री बस्नेतलाई कारबाही या सरकारबाट फिर्ता गर्नुपर्ने भनेर एमाओवादीमा ठोस आवाज नउठ्नु रहस्यमय छ । अध्यक्ष दाहालकी नातिनीसमेत भ्रमण टोलीमा सामेल भएकाले एमाओवादी यस मामिलामा गम्भीर नभएको अड्कल गर्न सकिन्छ । गृह मन्त्री बस्नेतको हर्कत बेलैमा सार्वजनिक हु“दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई रोक्न नलाग्नु आफैंमा आश्चर्यजनक छ । एउटा मन्त्रीले मुलुककै बेइज्जति हुने काम गर्दा पनि प्रधानमन्त्री नै मौन रहनु दुर्भाग्यपूर्ण हो । अवलोकन भ्रमणमा नातावाद प्रवृत्तिलाई अन्त्य गर्नु प्रधानमन्त्रीको न्यूनतम कर्तव्य हो । आफ्ना मन्त्रीहरूको गैरजिम्मेवारीलाई रोक्न प्रधानमन्त्रीले बद्मासी गर्नेहरूलाई अब आइन्दा त्यस्ता कार्य नगर्न लिखित चेतावनी दिने या एमाओवादी नेतृत्वसित परामर्श गरी मन्त्रीलाई कारबाही गरी पदमुक्त गर्नेसम्मको कदम चाल्नु अपरिहार्य भएको छ । तबमात्र छिमेकी र मित्रराष्ट्रमा मुलुकको गिरेको साख माथि उठ्नेछ । अवलोकन भ्रमणमा नातावाद रोक्न सरकारले कुनै कसर बा“की राख्नुहु“दैन । त्यसका लागि सरकारले मापदण्ड बनाई त्यसलाई सार्वजनिक गर्नुपर्छ । सरकारमार्फत् आउने अवलोकन भ्रमणको निमन्त्रणा, छनौट प्रक्रिया र आधार, छनौट भएका व्यक्तिहरू सार्वजनिक गर्ने स्पष्ट मापदण्डसहितको परम्परा बसाल्न सकियो भने कसैले पनि गृहमन्त्री बस्नेतको जस्तो लाजमर्दो काम गर्ने हिम्मत गर्न सक्ने छैन ।





No comments:

Post a Comment