Friday, August 26, 2016

तामाकोसी र तमोर आयोजना बनाउन चिनियाँ कम्पनीको प्रस्ताव

काठमाडौं, ११ भदौ– चिनियाँ कम्पनी ‘चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन (सीएमईसी) ले नेपालमा दुई ठूला जलविद्युत आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ । सीएमईसीले ६ सय ५० मेगावाटको तामाकोसी तेस्रो र ७ सय ६२ मेगावाटको तमोर जलविद्युत आयोजना निर्माण गर्न लगानी बोर्डमा लिखित प्रस्ताव गरेको छ ।
प्रस्तावमा सीएमईसीले आफू चीनको उत्कृष्ट दस कम्पनीभित्र पर्ने दाबीसमेत गरेको छ । सीएमईसीले यी दुई आयोजनाको अध्ययन, निर्माण तथा हस्तान्तरण (इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन विथ फाइनान्सिङ (ईपीसीएफ) मोडलमा बनाउने प्रस्ताव गरेको हो । यो मोडेलमा कम्पनीले यी आयोजना बनाएर सरकारलाई हस्तान्तरण गर्छ र सरकारले उसको लागत निश्चित अवधिमा फिर्ता गर्नुपर्ने जानकारी सरकारी अधिकारीले दिएका छन् ।

तामाकोसी आयोजनामा नर्वेजयन कम्पनी एसएन पावरले लामो समयदेखि अध्ययन कार्य अघि बढाउ“दै आएको थियो । एसएन पावरले बिजुली बिक्री गर्ने बजार नपाएको जिकिर गर्दै डेढ वर्षअगाडि हात झिकेको तामाकोसी आयोजनामा लगानी गर्न चिनिया“ कम्पनीले प्रस्ताव गरेको हो ।

तमोर जलविद्युत् आयोजना विद्युत् प्राधिकरणले अध्ययन गरिरहेको जलाशययुक्त आयोजना हो । यो आयोजना बनाउ“दा निर्माणाधीन ३७.७ मेगावाटको काबेली ए र परिक्षण उत्पादन सुरु भइसकेको १४.९ मेगावाटको हेवा आयोजना डुब्नेछन् । कम्पनीले काबेली र हेवा खोला आयोजनाका प्रवद्र्धकलाई क्षतिपूर्ति दिएर तमोर निर्माण गर्ने प्रस्ताव गरेको छ ।
तत्कालीन केपी ओली सरकारले मुलुकमा लोडसेडिङ अन्त्य गर्न बजेटमा ईपीसीएफ मोडेलमा विद्युत आयोजनासहित विभिन्न भौतिक पूर्वाधारका परियोजना बनाउन सकिने नीति अघि सारेको हो । त्यही नीति अन्तर्गत रही सीएमईसीले ती दुई आयोजना बनाउन प्रस्ताव गरेको हो ।
दोलखा र रामेछाप जिल्लामा पर्ने तामाकोसी तेस्रो आयोजना निर्माण गर्न करिब १ खर्ब ३७ अर्ब नेपाली रुपैया“ लाग्ने अध्ययनले देखाएको छ । ताप्लेजुङमा पर्ने तमोर आयोजना बनाउन करिब डेढ खर्ब रुपैया“ लाग्ने अध्ययनले देखाएको छ । चिनिया“ कम्पनीको प्रस्तावअनुसार यी दुई आयोजना अघि बढेमा मुलुकमा पौने तीन खर्ब रुपैया“ विदेशी लगानी आउनेछ ।
कम्पनीले यी दुई आयोजना बनाउनका लागि लगानी जुटाउन आफू सक्षम रहेको प्रस्तावमा उल्लेख गरेको छ  । कम्पनीले यी आयोजना निर्माणका लागि आवश्यक ऋण लगानी गर्न चिनिया“ बैंक तयार रहेकोसमेत उल्लेख गरेको छ । कम्पनीले प्रस्तावमा आईसीबीसी बैंकको लगानीका लागि तयार रहेको आशयपत्र (लेटर अफ इन्स्ट्रेट) समेत पेस गरेको छ ।
लगानी बोर्डका अधिकारीले सीएमईसी तमोर र तामाकोसी तेस्रो विद्युत आयोजना ईपीसीएफ मोडेलमा बनाउन लिखित प्रस्ताव गरेको जानकारी दिए । ‘ईपीसीएफ मोडेलमा आयोजना बनाउनेबारेमा बोर्डसित कुनै अनुभव छैन । त्यसैले अनुभवी विदेशी परामर्शदाताहरूसित सुझाव लिई चिनिया“ कम्पनीको प्रस्ताव अध्ययन गर्नेछौं । उपयुक्त लागेमा मात्र त्यसबारमा बोर्डले आवश्यक निर्णय लिनेछ’ बोर्डका एक अधिकारीले कान्तिपुरसित भने ।
 कम्पनीले यी दुई आयोजना अघि बढाउन तत्काल अध्ययन कार्य अघि बढाउन बोर्डसित अनुमतिसमेत मागेको छ । बोर्डले अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन । कम्पनीको वार्षिक कारोबार करिब ४ खर्ब नेपाली रुपैया“ रहेको प्रस्तावमा उल्लेख छ । सीएमईसीले आफूसित विश्वका १ सय ५० देशमा ऊर्जा र पूर्वाधारको क्षेत्रमा काम गरिरहेको अनुभव भएकोसमेत उल्लेख गरेको  छ । 
कम्पनीका प्रतिनिधिहरूले दुईपटक नेपाल भ्रमण गरी यी दुई आयोजनाको स्थलगत अध्ययनसमेत गरिसकेका छन् । कम्पनीका अधिकारीहरूले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, तत्कालीन प्रधानमन्त्री केपी ओली र तत्कालीन ऊर्जा टोपबहादुर रायमाझीसहित विभिन्न दलका शीर्ष नेतालाई भेटी आयोजना निर्माणबारे छलफलसमेत गरिसकेका छन् ।



No comments:

Post a Comment