Thursday, July 13, 2017

मुख्यसचिवको गरिमा बिर्सेर सहसचिवस्तरको जागिरमा

बढी पेन्सनको लोभमा सुवेदी राजीनामा नदिई एडीबीको जागिरमा
काठमाडौं, २९ असार– मुख्यसचिव सोमलाल सुवेदीले निवृत्तिभरण (पेन्सन) बढाउनका लागि राजीनामै नदिईकन एसियाली विकास बैंक (एडीबी) को वैकल्पिक कार्यकारी निर्देशक पदमा जागिर खान लागेका छन् । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार निजामती प्रशासनकै नेतृत्व गरिरहेका सुवेदीले थप ३ वर्ष सेवा गरेबराबरको पेन्सन बढाउने लोभमा आफ्नो पद अतिरिक्त समूहमा राखी एडीबीको ३ वर्षे जागिरमा जान लागेका हुन् । उनी साउन १ देखि पद सम्हाल्न एडीबीको मुख्यालय फिलिपिन्सको मनिला जा“दै छन् ।
सुवेदीको पेन्सन बढाउन प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रिपरिषद्समेत सहयोगी बनिदिएको स्रोतले जनायो । देउवा र मन्त्रिपरिषद्ले एडीबीमा जागिर खान जान लागेका सुवेदीको राजीनामा माग्नुको सट्टा उनको पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिदिएको छ । मन्त्रिपरिषदको जेठ ४ को बैठकले सुवेदीको मुख्यसचिव पद असार २८ (बुधबार) देखि लागू हुने गरी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णय गरिदिएको हो । उनले काज बिदामै रहेर एडीबीको जागिर खानेछन् । 

२०७२ साउन २० मा मुख्यसचिवमा बढुवा भएका सुवेदीको तीनवर्षे कार्यकाल २०७५ साउन २० सम्म रहनेछ । एडीबीको वैकल्पिक कार्यकारी निर्देशकमा जागिर खा“दा पनि अब सुवेदीको मुख्यसचिव पद यथावत् रहनेछ । मुख्यसचिवको बा“की कार्यकाल पूरा गर्दा सुवेदीको एक वर्षको पेन्सन सुविधा बढ्नेछ । पदावधि सकिनु एक साताअघि ‘स्वैच्छिक’ राजीनामा दि“दा थप दुई वर्ष सेवा गरेबापतको पेन्सन पाइने व्यवस्था निजामती ऐन तथा नियमावलीमा छ । 
एक वर्षअगाडि नै राजीनामा दि“दा बा“की एक वर्षको पेन्सन पाइने छैन भने ‘स्वैच्छिक अवकाश’ का नाममा निजामती कानुनको लुप होल दुरुपयोग गरी थप दुई वर्ष सेवा गरेबापतको पेन्सनसमेत पाइ“दैन । प्रायः सबैजसो मुख्यसचिव र सचिवहरूले अनिवार्य अवकाश पाउने एक साताअघि राजीनामा दिएर यो कानुनी व्यवस्थाअनुसार थप दुई वर्ष सेवा गरेबराबरको पेन्सन लिने प्रवृत्ति छ ।
‘सुवेदीले राजीनामा नदिईकन एडीबीमा जागिर खान जा“दा थप तीन वर्ष सेवा गरेबापतको पेन्सन पाउने छन् । राजीनामा नदिएकै कारण उनले अहिलेको हिसाबमा झन्डै ४५ सय रुपैया“ बढी पेन्सन पाउने छन् । बढी पेन्सन पाउनकै लागि उनले राजीनामा नदिएका हुन्,’ एक उच्च अधिकारीले भने । यसबारे प्रतिक्रिया लिन खोज्दा सुवेदी उपलब्ध भएनन् ।
पूर्वमुख्यसचिव विमल कोइरालाले मुख्यसचिवजस्तो निजामती प्रशासनको सबभन्दा माथिल्लो तहमा रहेका व्यक्तिले पेन्सन बढाउनकै लागि राजीनामा नदिई एडीबीमा जागिर खान जानु गलत भएको टिप्पणी गरे । ‘मुख्यसचिवजस्तो मान्छेले थप पेन्सनको लोभ नगरेको भए राम्रो हुन्थ्यो,’ उनले कान्तिपुरसित भने ।
मुख्यसचिव सुवेदी सहसचिव सरहको पदमा जानुसमेत नसुहाउ“दो भएको र त्यसले गलत नजिर बसाउने सरकारी अधिकारीहरूको भनाइ छ । ‘एडीबीमा तीन वर्षसम्म आकर्षक तलबसुविधा पाइन्छ, त्यसैको लोभमा सुवेदीले मुख्यसचिवजस्तो पदको महŒव र गरिमा बिर्सेर सहसचिव जाने पदमा जान लागेका हुन्,’ ती अधिकारीले भने । ‘एडीबीको वैकल्पिक कार्यकारी निर्देशक सहसचिव जाने पद हो । नेपालबाट उक्त पदमा धेरै पटक सहसचिव गएका छन् । केही पूर्वसचिवसमेत उक्त पदमा गएका उदाहरण छन् । अरू देशबाट समेत त्यो पदमा सहसचिव नै जाने गरेका छन्,’ कोइरालाले भने ।
मन्त्रिपरिषद्ले गत फागुन १७ मा सुवेदीलाई एडीबीको वैकल्पिक कार्यकारी निर्देशकमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । एडीबीबाट सहमति आएपछि सुवेदी साउन १ देखि हाजिर हुने गरी मनिला जाने भएका हुन् । उनी मंगलबारदेखि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट औपचारिक रूपमा बिदाइ भइसकेका छन् ।
मुख्यसचिवको दौडमा को–को ?
सुवेदी आफ्नो पद अतिरिक्त समूहमा राखी काजमा एडीबीमा गए पनि मन्त्रिपरिषद्ले वरिष्ठ सचिवहरूमध्येबाट मुख्यसचिव बढुवा गर्ने बाटो भने रोकिएको छैन । मन्त्रिपरिषद्ले तत्काल मुख्यसचिवमा बढुवा गर्न सक्छ । अर्को मुख्यसचिव नियुक्त नभएसम्मका लागि मन्त्रिपरिषद्ले प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीलाई निमित्त मुख्यसचिव तोकेको छ ।
मुख्यसचिवको दौडमा वरिष्ठ सचिवहरू राजेन्द्रकिशोर क्षत्री, नारायणगोपाल मलेगो, शान्तबहादुर श्रेष्ठ, शान्तराज सुवेदी, शंकर अधिकारी, ङइन्द्रप्रसाद उपाध्याय र लोकदर्शन रेग्मी छन् । सबभन्दा वरिष्ठ दाबेदार सचिव धनबहादुर तामाङले विशिष्ट श्रेणीको ५ वर्षे पदावधि पूरा गरी बुधबार अनिवार्य अवकाश पाएका छन् । मन्त्रिपरिषद्ले मंगलबार नै मुख्यसचिव बढुवा गरेको भए तामाङ हुन सक्थे ।
दौडमा रहेकामध्ये क्षत्री सबभन्दा वरिष्ठ हुन् । उनी मुख्यसचिवमा बढुवा भए धेरै दिन पदमा रहने छैनन् । ५८ वर्ष उमेर पूरा गरी उनले कात्तिक ८ मा अनिवार्य अवकाश पाउने छन् । क्षत्रीपछि मलेगो वरिष्ठ सचिव हुन् । क्षत्री र मलेगोपछि एकैपटक सचिवमा बढुवा भएकामा श्रेष्ठ र सुवेदी वरिष्ठ हुन् । श्रेष्ठ र सुवेदीपछि एकै दिन सचिवमा बढुवा भएका अधिकारी, उपाध्याय र रेग्मी वरिष्ठ हुन् ।
मुख्य सचिवमा क्षत्रीको बढुवा भए अधिकारी, उपाध्याय र रेग्मीमध्ये एक जनाले मुख्यसचिव हुन पाउने छन् । किनकि क्षत्रीले कात्तिक ८ मा अनिवार्य अवकाश पाउनुअघि नै मलेगो, श्रेष्ठ र सुवेदीले सचिवको ५ वर्षे पदावधि पूरा गरी अनिवार्य अवकाश पाउने छन् । त्यतिबेला अधिकारी, उपाध्याय र रेग्मी सबभन्दा वरिष्ठ सचिव हुनेछन् ।








No comments:

Post a Comment