Monday, September 4, 2017

सचिवहरूको विदेश भ्रमणबारे जानकारी माग

१० सचिव र १४ सहसचिवको विदेश भ्रमणबारे दुई दिनभित्र वास्तविकता जानकारी गराउनू  :  निर्वाचन आयोग
काठमाडौं, १९ भदौ– निर्वाचन आयोगले विभिन्न मन्त्रालयका १० सचिव र १४ सहसचिव विदेश भ्रमणमा जान लागेको सम्बन्धमा दुई दिनभित्र जानकारी दिन सरकारलाई आग्रह गरेको छ । सरकारी उच्च पदस्थ अधिकारी विदेश भ्रमणमा जान लागेको जानकारीमा आएको जनाउ“दै आयोगले ‘त्यसको वास्तविकता के हो ? दुई दिनभित्र जानकारी दिन’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई लिखित आग्रह गरेको हो ।
आयोगले आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा भदौ १४ देखि लागू हुने गरी आचारसंहिता जारी गरेको छ । आचारसंहिताअनुसार आयोगले संयुक्त राष्ट्रसंघ, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लगायत अन्तर्राष्ट्रिय संस्था तथा क्षेत्रीय संगठनमा भाग लिन वा विदेशी राष्ट्रको भ्रमणमा राज्यको प्रतिनिधित्व गर्नेबाहेक अन्य वैदेशिक भ्रमणमा जान रोक लगाएको छ ।

आयोगले राज्यको प्रतिनिधित्व गर्ने गरी विदेश भ्रमणमा पठाउनुपर्ने भए स्वीकृतिका लागि आफ्नो लिखित सहमति लिनसमेत सरकारलाई भनेको छ । 
यसैबीच, आयोगले कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाको नेतृत्वमा पार्टी कार्यकर्ताहरूले चुनाव चिह्न अंकित टोपी र टिसर्ट लगाई आचारसंहिताविपरीत चुनाव प्रचारप्रसार र घरदैलो कार्यक्रममा संलग्न भएकामा समेत ध्यानाकर्षण भएको जनाउ“दै त्यस्ता कार्य रोक्न आग्रह गरेको छ । ‘तपाईं (कोइराला) को नेतृत्वमा पार्टीको चुनाव चिह्न अंकित टोपी, टिसर्ट वितरण गरी लगाएर चुनावी प्रचारप्रसारमा संलग्न हुने क्रियाकलाप आचारसंहिताविपरीत हुने हु“दा यहा“लाई ध्यानाकर्षण गरिएको छ, आउ“दा दिनमा निर्वाचन आचारसंहिताको परिपालना पूर्ण रूपमा गर्नु÷गराउनु हुन अनुरोध छ,’ आयोगको विज्ञप्तिमा छ ।
दुई हजार पर्यवेक्षक खटिने 
आयोगले असोज २ मा हुने प्रदेश २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहका चुनाव पर्यवेक्षण गर्न करिब दुई हजारको संख्यामा पर्यवेक्षकलाई अनुमति दिएको छ । निर्वाचनमा पर्यवेक्षणको अनुमति पाएकामा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल, मानव अधिकार तथा शान्ति प्रतिष्ठान नेपाल, अनौपचारिक सेवा केन्द्र नेपाल, नेपाल बार एसोसिएसनलगायत छन्् ।


No comments:

Post a Comment