Saturday, September 9, 2017

पञ्चेश्वरबाट बाह्रैमास कम्तीमा ९२५ मेगावाट बिजुली


  • फर्म इनर्जीमा सहमति हुनु उपलब्धिमूलक : नेपाली अधिकारी
  • ‘तल्लो शारदाका लागि पानी दिनुपर्ने भारतीय सर्तले थप बुँदामा समझदारी हुन सकेन’

काठमाडौं, २४ भदौ– महाकालीको पञ्चेश्वर बहुउद्धेश्यीय आयोजनाबाट बाह्रै महिना (फर्म इनर्जी) कम्तीमा ९ सय २५ मेगावाट उत्पादन हुने भएको छ । नेपाल र भारतका ऊर्जा अधिकारीहरूको नया“दिल्लीमा दुई दिन बसेको बैठकमा महाकालीको पानीको बहाव (हाइड्रोलोजिकल सिरिज) को अध्ययनका आधारमा पञ्चेश्वर आयोजनाबाट बाह्रै महिना कम्तीमा पनि ९ सय २५ मेगावाट हुने गरी निर्माण गर्ने समझदारी बनेको हो । आयोजना बनेपछि नेपालले बाह्रै महिना कम्तीमा ४६२.५ मेगावाट बिजुली र जलाशयमा जम्मा हुने पानी आधा सिंचाइका लागि पाउनेछ ।
भारतीय कम्पनी वापकोसले तयार गरेको डीपीआरमा पञ्चेश्वर आयोजनाको ‘फर्म इनर्जी’ ७ सय ६७ मेगावाट मात्र हुने प्रतिवेदन तयार गरेको थियो । नेपालले उक्त ‘फर्म इनर्जी’ कम भएको भन्दै असहमति राख्दै आएको थियो । डीपीआरलाई अन्तिम रूप दिन बसेको बैठकमा दुवै देशका प्राविधिक अधिकारीले सन् १९६२ देखि २०१२ सम्मको महाकालीको पानी बहाव अध्ययनलाई आधार बनाई पञ्चेश्वर आयोजनाको फर्म इनर्जी कम्तीमा ९ सय २५ मेगावाट हुने समझदारी गरेको ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले जानकारी दिए । यो वापकोसले तयार गरेको डीपीआरमा प्रस्तावितभन्दा १ सय ५८ मेगावाट बढी हो ।

पञ्चेश्वर जलाशययुक्त आयोजना हो । आयोजनाको जडित क्षमता ४ हजार ८ सयदेखि १० हजार मेगावाटसम्म हुने गरी निर्माण गर्न सकिन्छ । ‘जडित क्षमता कति समय उत्पादन गर्ने भन्ने आधारमा बढाउन या घटाउन सकिन्छ । पञ्चेश्वर दुवै देश (नेपाल र भारत) मा हिउ“द र सुक्खायामको बढी बिजुलीको माग हुने समयमा विद्युत् उत्पादन गर्ने आयोजना हो । सन् २००३ मा नेपालले गरेको अध्ययनले पञ्चेश्वरबाट बाह्रै महिना ९ सय ७० मेगावाट विद्युत् उत्पादन हुने देखाएको थियो । त्यतिबेला पञ्चेश्वरको कुल जडित क्षमता ६ हजार ४ सय ८० मेगावाट हुने अध्ययनले देखाएको थियो ।
जलवायु परिवर्तनको असर र महाकालीको जलाधार क्षेत्रको पानी माथिल्लो क्षेत्रमै प्रयोग गरिएको हुन सक्ने लगायत कारण नदी पानीको बहाव केही घटेको हुन सक्ने अनुमान नेपाली जलस्रोत अधिकारीको छ । सन् १९६२ देखि सन् २०१२ सम्मको महाकालीको पानीको बहाव  अध्ययनअनुसार नदीमा प्रतिसेकेन्ड ५ सय ८५ घनमिटर (बाह्रै महिनाको औसत) पानी बग्छ । जब कि भारतीय कम्पनी वापकोसले नदीमा प्रतिसेकेन्ड ५ सय ८० घनमिटर पानी बग्ने प्रतिवेदन तयार गरेको थियो । वापकोसले नेपाल र भारत दुवैले तयार पारेको डीपीआरलाई मर्ज गरी नया“ डीपीआर तयार गरेको हो । त्यसलाई अन्तिम रूप दिन नया“दिल्लीमा जल तथा ऊर्जा आयोगका सचिव मधुसूदन अधिकारी र भारतको ‘सेन्ट्रल वाटर कमिसन’ का सचिव नरेन्द्र कुमारको नेतृत्वमा मंगलबार र बुधबार दुवै देशका ऊर्जा तथा जलस्रोत अधिकारीको बैठक बसेको थियो ।
‘नेपाल र भारतका प्राविधिकबीच महाकालीको हाइड्रोलोजिकल सिरिजमा समझदारी बन्नु र त्यसका आधारमा पञ्चेश्वर आयोजनाको फर्म इनर्जी कम्तीमा ९ सय २५ मेगावाट हुने समझदारी बन्नु बैठकको महŒवपूर्ण उपलब्धि हो,’ बैठकमा सहभागी ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले कान्तिपुरसित भने, ‘डीपीआरलाई अन्तिम रूप दिने दिशामा यो महŒवपूर्ण खुडकिलो हो ।’ प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा एक महिनामा डीपीआरलाई अन्तिम रूप दिई सहमति गर्ने प्रतिबद्धता जाहेर गरिएको थियो ।
पानीको बा“डफा“डसम्बन्धी अर्को बु“दामा भने सहमति बन्न बा“की रहेको घिमिरेले बताए । भारतले तल्लो शारदा नहरबाट आफूले भारतीय भूमिमा गरिरहेको सिंचाइमा कुनै असर नपर्ने गरी पञ्चेश्वर आयोजना बनाउनुपर्ने अडान राखेको छ । नेपाली अधिकारीले भने महाकाली सन्धिमा कुनै उल्लेख नभएको तल्लो शारदा नहरलाई अग्राधिकार दिई पञ्चेश्वरबाट पानी दिन नसकिने अडान राखेका छन् । भारतले वर्षभरिमा तल्लो शारदाबाट ४.८ अर्ब घनमिटर पानी सिंचाइका लागि उपयोग गर्दै आइरहेको छ । त्यति पानी छाडेर आयोजना बनाउ“दा पञ्चेश्वर आयोजनाको क्षमता घट्ने र नेपालले बिजुली र सिंचाइका लागि महाकालीबाट पाउने पानी घट्ने भएकाले नेपाली अधिकारीले भारतलाई सन्धिबाहिरको अडान नराख्न आग्रह गरेका थिए । महाकाली सन्धिमा पञ्चेश्वर बहुउद्धेश्यीय आयोजना बनाउने र त्यसबाट उत्पादन हुने बिजुली र जलाशयमा जम्मा हुने पानी नेपाल र भारत दुवैले आधाआधा पाउने उल्लेख छ । महाकाली सन्धिमा पञ्चेश्वरको जलाशयमा जम्मा हुने पानी तल्लो शारदा नहरका लागि छाड्नुपर्ने उल्लेख छैन । ‘महाकाली सन्धिले तल्लो शारदालाई चिनेकै छैन । सन्धिविपरीतको सर्त राखेर पञ्चेश्वर आयोजनालाई अवरुद्ध नबनाउन हामीले भारतीय अधिकारीलाई आग्रह ग¥यौं,’ नेपाली एक अधिकारीले भने ।
वार्ताका क्रममा नेपाली अधिकारीले तल्लो शारदा नहरका लागि पानी लैजाने नै हो भने नेपाललाई आधा बिजुली र पानी ग्यारेन्टी गरेर आफ्नो भागबाट लैजान भारतलाई सुझाएका थिए । ‘पञ्चेश्वर आयोजनाको कुल क्षमताअनुसार नेपाललाई पहिला आधा बिजुली र पानीको ग्यारेन्टी गरौं । तल्लो शारदालाई पानी लाने हो भने तिम्रो (भारत) को भागबाट लैजाऊ भन्ने प्रस्ताव हामीले गरेका थियौं । यसमा दुवै देशका ऊर्जा अधिकारीहरू सहमति नजिक पुगेका थियौं,’ उनले भने । भारतीय अधिकारीहरूले आफ्नो राजनीतिक नेतृत्वस“ग परामर्श गरेपछि नेपालले सुझाएको प्रस्तावबाट पछि हटेको जानकारी नेपाली अधिकारीले दिए । ‘हामी यसबारे गृहकार्य गर्छौैं । अब काठमाडौंमा हुने बैठकमा छलफल गरौं भनेर बैठक टुंगियो,’ ती अधिकारीले भने ।
पानी बा“डफा“डमा समझदारी हुन नसकेकाले पञ्चेश्वर आयोजनामा नेपाल र भारतले कतिकति लगानी गर्ने भन्ने विषयमा छलफल नै नभएको जानकारीसमेत ती अधिकारीले दिए । ‘दुवै मुलुकलाई कतिकति फाइदा हुने भन्ने आधारमा नेपाल र भारतले आयोजनामा कतिकति लगानी गर्ने भन्ने तय हुन्छ । पानीको बा“डफा“डमा समझदारी नभएकाले यो विषयमा बैठकमा छलफलै भएन,’ ती अधिकारीले भने । पञ्चेश्वर उच्च बा“ध र रूपालीगाढमा रिरेगुलेटिङ बा“ध बनाउन ३ खर्ब ३६ रुपैया“ लाग्ने अनुमान छ ।




No comments:

Post a Comment