Thursday, September 7, 2017

जीएमआरले फेरि माग्यो एक वर्ष म्याद

माथिल्लो कर्णाली जलविद्युत आयोजना
काठमाडौं, २२ भदौ– भारतीय कम्पनी जीएमआरले बहुचर्चित ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका लागि लगानी जुटाउने म्याद फेरि एक वर्ष थप गरिदिन लगानी बोर्डमा आवेदन दिएको छ । करिब १ खर्ब १६ अर्ब रुपैया“ लागतको माथिल्लो कर्णाली आयोजना निर्माणका लागि आफूले लगानी जुटाउन बा“की रहेको उल्लेख गर्दै हालै बोर्डमा म्याद थप गरिदिन लिखित आग्रह गरेको हो ।
जीएमआरले लगानी जुटाउन यसअघि एक वर्षका लागि लिएको म्याद २५ दिनपछि सकि“दै छ । बोर्डसित परियोजना विकास सम्झौता (पीडीए) गरेको तीन वर्ष पुगिसक्न लाग्दासमेत जीएमआरले आवश्यक लगानी जुटाउन सकेको छैन । बोर्डले यस्तै आवेदनका आधारमा जीएमआरलाई लगानी जुटाउने म्याद एक वर्ष थप गरिदिएको थियो ।
बोर्डले म्याद थप गरिदिएमा जीएमआरले माथिल्लो कर्णाली आयोजना निर्माणका लागि लगानी जुटाउन थप एक वर्ष म्याद पाउनेछ । माथिल्लो कर्णाली आयोजना बनाउन नेपाल सरकार र जीएमआरबीच सन् २०१४ सेप्टेम्बर १९ मा पीडीएमा हस्ताक्षर भएको थियो ।

ऊर्जा मन्त्रालयले गराएको प्रतिस्पर्धामा जीएमआर २७ प्रतिशत सेयर तथा १२ प्रतिशत बिजुली निःशुल्क उपलब्ध गराउने सर्तमा माथिल्लो कर्णाली आयोजना विकास गर्न छनोट भएको हो । जीएमआरले आयोजना निर्माण गरी बिजुली उत्पादन गरेको २५ वर्ष पूरा भएपछि परियोजना चालु हालतमा सरकारलाई फिर्ता गर्नुपर्ने प्रावधान छ ।
जीएमआरले माथिल्लो कर्णालीबाट उत्पादन हुने बिजुली बंगलादेशलाई ४ सय मेगावाट र भारतको हरियाणा राज्यलाई २ सय मेगावाट बिक्री गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । जीएमआरले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी), अन्तर्राष्ट्रिय र भारतीय बैंकसित ऋण लिने विषयमा छलफल अघि बढाए पनि पूरै बिजुली बेच्न पीपीए गरिनसकेकाले लगानी जुटाउन नसकेको जानकारी स्रोतले दिएका छन् ।
जीएमआरले माथिल्लो कर्णालीको आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन पूरा गरी डीपीआर तयार गर्दै छ । उसले आयोजनास्थलमा परेका जग्गाको मुआब्जा दिने कार्यसमेत सुरु गरिसकेको छ ।


No comments:

Post a Comment