Monday, September 4, 2017

मुलुकको हितमा डीपीआर बनाउनुस् : प्रधानमन्त्री

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना
काठमाडौं, १९ भदौ– प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई फाइदा हुने गरी पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न ऊर्जा मन्त्रालय र पञ्चेश्वर प्राधिकरणका उच्च अधिकारीलाई निर्देशन दिएका छन् ।
देउवाकोे भारत भ्रमणका क्रममा एक महिनाभित्र पञ्चेश्वरको डीपीआर तयार गर्ने सहमति भएको थियो । सहमतिअनुसार मंगलबारदेखि भारतको नया“दिल्लीमा दुई देशका विज्ञ समूहबीच त्यस विषयमा दुईदिने बैठक हु“दैछ ।  

भारतस“गको बैठकको पूर्वसन्ध्यामा आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरोकारवाला निकायका पदाधिकारीस“गको बैठकमा देउवाले आयोजनाको उपभोगअनुसार परियोजनामा नेपालतर्फबाट कुल लागतको ३७ प्रतिशत र भारतले ६३ प्रतिशत लगानी गर्नुपर्ने सरकारको अडानमा कायम रहनसमेत निर्देशन दिए ।
‘पञ्चेश्वर परियोजना सुरु भएको २१ वर्ष भयो, तर अझैसम्म कुनै उपलब्धि हुन सकेको छैन,’ देउवाले भने, ‘अब नेपाललाई फाइदा हुने गरी पञ्चेश्वर परियोजनाको डीपीआरमा सहमति गर्नुहोस् ।’
प्रधानमन्त्रीले महाकाली सन्धिमा उल्लेख भएको ‘भारतलाई तल्लो शारदाका लागि कर्णालीको पानी दिने’ भन्ने बु“दा हटाउन पनि निर्देशन दिएका छन् । बैठकमा जल तथा ऊर्जा आयोगका सचिव माधव बेल्बासेले उक्त परियोजनाको विस्तृत विवरणका साथै नेपाल र भारतको अडानका विषयमा प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।
प्रधानमन्त्रीले बोलाएको बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री महेन्द्रबहादुर शाही, सि“चाइमन्त्री सञ्जय गौतम, मुख्य सचिव, परराष्ट्र, ऊर्जा, सि“चाइ र प्रधानमन्त्री कार्यालयका सचिव, पञ्चेश्वर प्राधिकरणका पदाधिकारी तथा विज्ञ समूहका सदस्य सहभागी थिए । 





No comments:

Post a Comment