Friday, January 26, 2018

सातै प्रदेशमा व्यापार प्रदर्शनी केन्द्र खोलिने

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन भत्ता
मन्त्रिपरिषद् बैठक
काठमाडौं, १२ माघ– सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । वाणिज्यमन्त्री मीन विश्वकर्माका अनुसार यस्तो केन्द्र प्रदेश १ को धरान, २ को वीरगन्ज, ३ को चोभार, ४ को दमौली, ५ को दाङ, ६ को सुर्खेत र ७ को महेन्द्रनगरमा हुनेछन् । 
मन्त्रिपषिद्ले अन्तर्राष्ट्रिय खेलहरूमा नेपालका लागि पदक जितेका खेलाडीलाई आजीवन भत्ता दिने पनि निर्णय गरेको छ । खेलाडीहरूलाई जीविकोपार्जन भत्ताका रूपमा मासिक ५ हजार रुपैया“ दिइनेछ । 

परिवार नियोजन संघमा गिरी
सरकारले परिवार नियोजन संघको केन्द्रीय समिति भंग गरी अध्यक्षमा चक्रबहादुर गिरीलाई नियुक्त गरेको छ । संघका अन्य सदस्य भने नियुक्त गरिएका छैनन् ।
सचिव सरुवा
बिहीबारको मन्त्रिपरिषद्ले पर्यटन सचिव महेश्वर न्यौपानेलाई सर्वाजनिक खरिद अनुगमन कार्यालयको सचिवमा सरुवा गरेको छ । खरिद अनुगमनका सचिव कृष्ण देवकोटालाई पर्यटनमा सरुवा गरिएको वाणिज्यमन्त्री विश्वकर्माले बताए । 

No comments:

Post a Comment