Friday, January 26, 2018

संसदका दुवै सचिवको राजीनामा

काठमाडौं, १२ माघ– संघीय संसद् सचिवालयका दुवै सचिवसहित १६ जनाले स्वैच्छिक अवकाशका लागि राजीनामा दिएका छन् । सरकारले २० वर्ष सेवा अवधि र ५० वर्ष उमेर नाघेका कर्मचारीलाई सात वर्षको एकमुष्ट पेन्सन सुविधासहित स्वैच्छिक अवकाश दिन सार्वजनिक सूचना आहवान गरेपछि दुवै जनाले राजीनामा दिएका हुन् ।
संसद् सचिवालय स्रोतले सचिवद्वय हिमलाल सुवेदी र वीरेन्द्रबहादुर कार्कीले स्वैच्छिक अवकाश रोजेर राजीनामा दिएको जनायो । स्रोतका अनुसार सचिवालयका एक सहसचिव, एक उपसचिव, चार अधिकृतसहित थप १४ जनाले समेत स्वेच्छिक अवकाशका लागि राजीनामा दिइसकेका छन् ।

३ सय ३० को हाराहारीमा दरबन्दी रहेको संसद् सेवामा कर्मचारीको उमेर हद ६० वर्ष छ । सचिवालय स्रोतका अनुसार सचिवसहित १६ जनाले दिएको राजीनामा स्वैच्छिक अवकाशको कार्यक्रम लागू भएको मितिदेखि स्वीकृत हुनेछ । सरकारले पुस २८ देखि ४५ दिनको म्याद राखेर स्वैच्छिक अवकाशमा जान चाहने कर्मचारीका लागि आवेदन दिन सूचना जारी गरेको छ ।

No comments:

Post a Comment