Sunday, January 14, 2018

छिन्ताङमा मारिएका १६ कम्युनिस्ट कार्यकर्ता सहिद घोषित

द्वन्द्वकालमा मारिएका अन्य ५ समेत सहिद घोषणा
काठमाडौं, २९ पुस– सरकारले धनकुटाको खोकु छिन्ताङ घटनामा मारिएका १६ कम्युनिस्ट कार्यकर्तालाई सहिद घोषणा गर्नुका साथै पीडित परिवारलाई १०÷१० लाख रुपैया“ राहत दिने निर्णय गरेको छ । पञ्चायतीकालमा प्रहरी प्रशासनद्वारा छिन्ताङमा १६ कम्युनिस्ट कार्यकर्तालाई हत्या गरिएको घटना मुलुकको लोकतान्त्रिक आन्दोलन छिन्ताङ हत्याकाण्डका रूपमा परिचित छ । 
उद्योग मन्त्री सुनिलबहादुर थापाको प्रस्तावमा मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले २०३६ सालमा भएको छिन्ताङ घटनामा मारिएका कम्युनिस्ट कार्यकर्ताहरूलाई सहिद घोषणा गरी राहत दिने निर्णय गरेको हो । 

छिन्ताङमा कम्युनिस्ट कार्यकर्ता मारिंदा मुलुकको प्रधानमन्त्री सूर्यबहादुर थापा थिए । हत्याकाण्ड सूर्यबहादुरले नै गराएको आरोप कम्युनिस्ट पार्टीहरूले नै लगाउ“दै आएका थिए । उनकै छोरा सुनिलबहादुरले उनीहरूलाई सहिद घोषणा गराएका हुन् । सुनिलबहादुरले संविधानसभाका दुवै चुनावमा छिन्ताङमा प्रचारप्रसार गर्दा घटनामा मारिएका सबैलाई सहिद घोषणा गर्ने आश्वासन दिएका थिए ।
‘मैले छिन्ताङ्ग पुगेर भोट माग्दै गर्दा सहिद घोषणामा पहल गर्छु भनेको थिए“ । भनेको कुरा पूरा गरेको छु, त्यो पुरा गर्दै मलाई गौरव लागेको छ’ सुनिलबहादुरले कान्तिपुरसित भने । कम्युनिस्ट पार्टीहरूले छिन्ताङ घटनालाई हत्याकाण्डको संज्ञा दिने गरेका थिए । मुलुकमा ६ जना कम्युनिस्ट प्रधानमन्त्री हु“दा पनि उक्त घटनामा मारिएका कार्यकर्तालाई सहिद घोषणा गरिएको थिएन ।
सहिद घोषणा भएकामा गोपाल आनन्दी राई, श्रीमाया राई (हांखिमा साइली), भैरवबहादुर खालिङ राइ, पुत्रमान राई, गणेश बहादुर विक, टंकबहादुर विक, बलबहादुर खत्री, पेशलमान राई, लाखमान साधु, चन्द्रबहादुर दमाइ, धनवीर दर्जी, रणध्वज पुमा राई, गंगबहादुर तुप्रिहाङ, चन्द्रबहादुर तुप्रिहाङ, रामकुमारी राइ र झगेन्द राई छन् ।
छिन्ताङ हत्याकाण्ड हु“दा प्रधानपञ्च रहेका गोविन्द बालिङलाई समेत मन्त्रिपरिषदले सहदि घोषणा गरेको छ । माओवादी द्वन्द्वकालमा माओवादीबाट मारिएका बालिङसहित चार जना पूर्व पञ्च र एक जना राप्रपा कार्यकर्तालाई समेत घोषणा गरिएको छ ।
माओवादीबाट हत्या गरिएका तत्कालीन बेलाहारा गाविसका अध्यक्ष गंगा जोशी, तत्कालीन मुगा गाविसका रामजी थापा, राजन भट्टराई र तत्कालीन भीरगाउ गाविसका दीपक दाहाललाई सहिद घोषणा भएका छन् ।



No comments:

Post a Comment