Friday, January 26, 2018

६५ वर्षमै वृद्ध भत्ता

भूकम्पपीडितलाई थप एक लाख 
काठमाडौं, १२ माघ– सरकारले वृद्धभत्ता पाउने उमेर ६५ वर्षमा सारेको छ । बुधबारको मन्त्रिपरिषद् निर्णयले यसस“गै भूकम्पपीडितलाई थप एक लाख रुपैया“ अनुदान दिने निर्णयसमेत गरेको छ । यसस“गै अब ६५ वर्ष पुगेका नागरिकले वृद्धभत्ता पाउनेछन् । यसअघि ७० वर्ष पुगेपछि मात्रै वृद्धभत्ता दिने व्यवस्था थियो । 
हाल सरकारले ७० वर्ष पुगेका वृद्धलाई मासिक भत्ता १ हजार र औषधि उपचार खर्चबापत मासिक १ हजार दि“दै आएको छ । सामाजिक भत्ता वितरण प्रणालीमा गरिएको यो फेरबदलले राज्यलाई थप १८ अर्ब व्ययभार पर्ने अर्थस्रोतको भनाइ छ । सामाजिक सुरक्षा भत्तामा हाल करिब ३५ अर्ब रुपैया“ खर्च हुने गरेको छ । 

नया“ निर्वाचनस“गै बहिर्गमनको तयारीमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले राज्यलाई दीर्घकालीन रूपमा ठूलो दायित्व पर्ने निर्णय गरेको हो । २०५१ सालमा तत्कालीन एमालेका अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकारले वृद्धभत्ता दिन सुरु गरेको हो । त्यसपछिका सरकारले उक्त कार्यक्रमलाई निरन्तरता दि“दै आएका छन् । वृद्धभत्ता निर्वाचन जित्ने मुख्य माध्यम भएको देखिएपछि जा“दाजा“दै सरकारले यो निर्णय गरेको विश्लेषकहरूको बुझाइ छ ।  
सरकारले भूकम्प र बाढीपहिरोपीडितलाई दिने घर निर्माण राहतमा समेत एक लाख रुपैया“ थप गरेको जानकारी सि“चाइमन्त्री सञ्जय गौतमले दिए । भूकम्पपीडितको अनुदानलाई ३ बाट ४ लाख रुपैया“ बनाइएको छ । अभैm पनि ८८ प्रतिशत भूकम्पपीडितले राहत नपाइरहेका बेला अनुदान रकम मात्रै बढाइएको छ । घर निर्माणका लागि पुनर्निर्माण प्रँधिकरणमा भइरहेको चरम राजनीति, कर्मचारीबीचको समन्वय बाधक बन्दै आएको छ । भूकम्पपीडितका लागि अनुदान रकम बढाउ“दा थप ८० अर्ब रुपैया“ व्ययभार राज्यकोषमा थपिएको अर्थस्रोतको भनाइ छ । मन्त्रिपरिषदको निर्णयले भूकम्पपीडितले पाउने किस्ता रकमको समयावधिसमेत थप गरेको छ । भूकम्पपीडितले किस्ताको म्याद नपुगेको भन्दै भूकम्प प्रभावित क्ष्ँेत्रका पीडितले गुनासो गर्दै आएका थिए ।

No comments:

Post a Comment