Thursday, May 25, 2017

कर्मचारी युनियनद्वारा तलब वृद्धि गर्न माग

काठमाडौं, ११ जेठ– कांग्रेस निकट निजामती कर्मचारी युनियनले तलब वृद्धि गर्नुपर्नेलगायतका माग राख्दै सरकारलाई ज्ञापनपत्र दिएको छ । युनियनका पदाधिकारीहरूले जेठ १५ मा बजेट ल्याउने गृहकार्यमा लागेका अर्थमन्त्री कृष्णबहादुर महरालाई बिहीबार भेटी ज्ञापनपत्र दिएर मुद्रास्फिति र राष्ट्रबैंकको पारिवारिक खर्च सर्वेक्षणका आधारमा तलब वृद्धि गर्न माग राखेको हो ।
ज्ञापनपत्रमा कर्मचारीहरूको लगानीमा निजामती हाइड्रोपावर बनाउन, निजामती आवासको व्यवस्था गर्न, स्वास्थ्य बिमा रकम तथा दुर्गम भत्ता, पारवहन भत्ता र निवृत्तिभरण वृद्धि गर्न माग राखिएको जानकारी युनियनका प्रवक्ता विश्वबन्धु रेग्मीले जानकारी दिए ।
रेग्मीका अनुसार अर्थमन्त्री महराले युनियनले राखेका जायज माग पूरा गर्न आफूले पहल गर्ने आश्वासन दिएका थिए ।

No comments:

Post a Comment