Wednesday, May 10, 2017

लोडसेडिङ हुन नदिन एलईडी बल्ब खरिद गर्न लागिएको हो : घिसिङ

‘एलईडी बल्बमा मलाई एक पैसा पनि खानु छैन, अनियमितता पुष्टि भए झुन्डिन तयार छु’ 

काठमाडौं, २७ वैशाख– विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी हिउ“द र सुक्खायाममा लोडसेडिङ हुन नदिन भारतको सरकारी कम्पनी इनर्जी इफिसेन्सी सर्भिसेज लिमिटेड (ईईएसएल) स“ग २ करोड थान ९ वाट क्षमताका बल्ब खरिद गर्न लागिएको बताएका छन् ।
प्राधिकरणमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले एलईडी बल्ब खरिद प्रक्रियामा अनियमितता भएको पुष्टि भए आफू झुन्डिन तयार रहेको बताए । ‘गलत काम गर्ने मनसाय राखेको भए मैले अर्बौं कमाउन सक्थें, एलईडी बल्बमा मलाई एक पैसा पनि खानु छैन,’ घिसिङले पत्रकारलाई सोधे, ‘आमजनतालाई उज्यालो बा“ड्नु अपराध हो ? लोडसेडिङ अन्त्य गर्नु अपराध हो ?’ 

उनले ४७ अर्बको विद्युत् जोगाउन एलईडी बल्ब खरिद प्रक्रिया अघि बढाइएको बताए । विद्युतको बढदो माग सम्बोधन गर्न हाल करिब ३५ लाख ग्राहकले प्रयोग गरिरहेका सीएफएल र साधारण बल्ब प्रतिस्थापन गर्न एलइडी बल्ब प्रयोगमा ल्याउनु आवश्यक रहेको उनले जनाए । घिसिङले यहा“ हाल उपलब्ध एलईडी बल्बको गुणस्तर प्रमाणित नभएकाले पहिलो चरणमा प्राधिकरणबाटै बजार हस्तक्षेप गरी उपभोक्तालाई गुणस्तरीय र सस्तो बल्ब उपलब्ध गराइने योजना पनि सुनाए ।
एलईडी बल्ब प्रयोगले बिना लगानी हिउ“दमा लोडसेडिङ अन्त्य गर्र्नेे कार्यमा सफलता मिल्ने उनले बताए । ‘एलईडी बल्बको प्रयोगले करिब दुई सय मेगावाट विद्युत् माग घटाउ“दा करिब भारतबाट ५ अर्ब बराबरको विद्युत् आयात घट्ने उनले जिकिर गरे । घिसिङका अनुसार नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयन्त्रले विभिन्न समयमा गरेका निर्णयअनुसार दुई मुलुकबीचका सरकारी तहबाट एलईडी बल्ब खरिदबिक्री प्रक्रिया अघि बढाइएको हो । उनले सार्वजनिक खरिद ऐनको दफा ४१ को ‘अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्थास“ग उसले तोकेको मूल्यमा मालसामान वा सेवा खरिद गर्नुपरे सोझै खरिद गर्न सकिने’ व्यवस्थाअनुसार प्रक्रिया अगाडि बढाइएको बताए ।
एलईडी बल्ब बिक्री गर्ने ईईएसएलको प्रस्ताव भारतीय ऊर्जा मन्त्रालय, विदेश मन्त्रालय, नेपालस्थित भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालय र ऊर्जा मन्त्रालय हु“दै प्राधिकरणसमक्ष आएको पनि उनले खुलाए । कानुनअनुसार नै मन्त्रिपरिषदको निर्णयबाट खरिद प्रक्रिया अघि बढाउन लागिएको उल्लेख गर्दै उनले अनियमितता छ भनेर प्रश्न गर्नु नै आधारहीन भएको बताए । 
प्राधिकरणले भारु ६५ (१०४ नेपाली रुपैया“) को एलईडी बल्बमा भ्याट, भन्सार र करिब १० प्रतिशत सेवा शुल्क जोडेर १ सय ३५ देखि १ सय ४० रुपैया“मा ग्राहकलाई बेच्ने प्रस्ताव गरेको छ । प्राधिकरणले आफ्ना करिब २ सय वटा आय काउन्टरमा बुथ राखेर बल्ब बिक्री वितरण गर्ने जनाएको छ ।


No comments:

Post a Comment