Wednesday, May 10, 2017

३८ भारुको बल्ब ६५ भारुमा किनिंदै

खरिद प्रक्रियामा ‘ठूलो आर्थिक चलखेल’  
काठमाडौं, २६ वैशाख– विद्युत् प्राधिकरणले भारतमा ३८ भारतीय रुपैया“ (६० रुपैया“ ८० पैसा) पर्ने ९ वाटको एलईडी बल्ब विद्युत् प्राधिकरणले ६५ भारु (१०४ नेपाली रुपैया“) मा खरिद गर्न लागेको खुलेको छ । सार्वजनिक खरिद ऐनविपरीत बिनाप्रतिस्पर्धा प्राधिकरणले भारतीय कम्पनीसित कम मूल्यका बल्ब डेढीभन्दा बढी भाउमा खरिद गर्न लागेको हो ।
प्राधिकरणले भारतीय कम्पनी इनर्जी इफिसियन्सी सर्भिसेज लिमिटेड (ईईएसएल) सित २ अर्ब ८ करोड रुपैया“मा २ करोड थान बल्ब खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणका उच्च अधिकारीहरूले ठूलो आर्थिक चलखेल गर्न ३८ भारुको बल्ब ६५ भारुमा खरिद गर्न लागेको जानकारी स्रोतले दिएका छन् ।

सिंहदरबारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मन्त्रालय र प्राधिकरणका अधिकारीले ईईएसएलसित १ सय ४ रुपैया“ दरमा २ करोड थान एलईडी खरिद गर्न लागिएको जानकारी दिए । ईईएसएलले ९ वाटका एलईडी बल्ब उत्पादक कम्पनीहरूबीच प्रतिस्पर्धा गराई ३८ भारुमा खरिद गरी भारतीयलाई बिक्रीवितरण गर्दै आएको छ । भारतीय पत्रिका ‘दि इकोनोमिक टाइम्स’ ले सन् २०१६ को सेप्टेम्बर १५ मा ईईएसएलले ९ वाट क्षमताका एलईडी बल्ब उत्पादक कम्पनीहरूसित ३८ भारुमा खरिद गरेर बिक्रीवितरण गर्ने गरेको समाचार प्रकाशित गरेको छ । त्यसअघि ईईएसएलले उत्पादक कम्पनीहरूसित ५५ भारुमा ९ वाटका एलईडी खरिद गर्दै आएको थियो । उत्पादक कम्पनीहरूबीचको प्रतिस्पर्धाले भाउ घटेका कारण ईईएसएलले ३८ भारुमा ९ वाटका एलईडी बल्ब खरिद गरी आमजनतामा बिक्रीवितरण गर्न थालेको समाचारमा उल्लेख छ ।
पछिल्लो समयमा उत्पादक कम्पनीहरूबीच प्रतिस्पर्धा बढेर एलईडी बल्बको मूल्य अझ घटेको जानकारी उच्च जानकार स्रोतले दिएको छ । ईईएसएल एलईडी बल्ब भारतीय जनतालाई बिक्रीवितरण गर्ने भारतीय सरकार मातहतको निकाय हो ।
मन्त्रिपरिषद् बैठकले प्राधिकरणलाई बिनाप्रतिस्पर्धा ईईएसएलसित ६५ भारु दरमा २ करोड थान एलईडी बल्ब खरिद गर्न सैद्धान्तिक सहमति दिइसकेको छ । भारत र नेपाल दुवै देशका ऊर्जा सचिव संयोजकत्वमा रहेको ज्वाइन्ट स्टेयरिङ कमिटी र प्राधिकरणका अधिकारीहरूको बैठकले ९ वाटको एलईडीको ६५ भारु मूल्य तय गरेको हो । खुला प्रतिस्पर्धा गराउनुपर्ने सार्वजनिक खरिद ऐनको प्रक्रिया छलेर बिनाप्रतिस्पर्धा सोझै बल्ब खरिद गर्न प्राधिकरणले मन्त्रिपरिषद्बाट निर्णय गराएको हो । मन्त्रिपरिषदको नीतिगत निर्णयमा अख्तियारले छानबिन गर्न नपाउने संवैधानिक व्यवस्था भएकाले ऊर्जा मन्त्रालय र प्राधिकरणको नेतृत्वले यो बाटो रोजेका हुन् ।
ईईएसएलले भारतमा बिक्री गर्दै आएको मूल्यमा २ करोड थान एलईडी बल्बको १ अर्ब २१ करोड रुपैया“मात्र पर्छ भने प्राधिकरणले किन्न लागेको मूल्यमा २ करोड थान एलईडीको ८७ करोड बढी अर्थात  २ अर्ब ८ करोड रुपैया“ पर्छ । यसैमा आर्थिक चलखेल गर्न प्राधिकरणले मन्त्रिपरिषद्बाट निर्णय गराई बिनाप्रतिस्पर्धा ईईएसएलबाट बल्ब खरिद गर्न लागेको जानकारी स्रोतले दिए । उत्पादक कम्पनीहरूसित ३८ भारुमा एलईडी बल्ब खरिद गरिरहेको ईईएसएलले आफ्नो प्रशासनिक खर्चबापतको सेवा शुल्क लिई बढीमा प्रतिथान बल्ब ४० भारुमा प्राधिकरणलाई उपलब्ध गराउन सक्ने जानकारी स्रोतले दिए ।
ऊर्जा मन्त्रालय र प्राधिकरणले करिब दुई सय मेगावाट विद्युत् जोगाउने उद्देश्यले एलईडी बल्ब खरिदको प्रक्रिया अगाडि बढाएको दाबी गरेका छन् । ऊर्जा मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री जनार्दन शर्मा र सचिव अनुपकुमार उपाध्यायले २ अर्बको लागतमा ४० अर्ब जोगाउन एलईडी बल्ब खरिद प्रक्रिया अगाडि बढाइएको दाबी गरे । उनीहरूका अनुसार करिब २ सय मेगावाट विद्युत् उत्पादन गर्न हालको बजार मूल्यअनुसार करिब ४७ अर्ब रुपैया“ लागत लाग्छ । उनीहरूले ६५ भारुमा एलईडी बल्ब खरिद गर्न लागिएको जानकारी दिए । उनीहरूका अनुसार मुलुकमा ९ वाटको एलईडी बल्बको बजार मूल्य ३ सय ५० देखि ४ रुपैया“सम्म पर्छ । 
ऊर्जामन्त्री शर्माले आगामी हिउ“द र सुक्खायाममा लोडसेडिङ हुन नदिने उद्देश्यले कम बिजुली खपत गर्ने एलईडी बल्ब खरिद प्रक्रिया सुरु गरिएको जानकारी दिए । ‘२ सय मेगावाट विद्युत् जोगाउन एलईडी खरिद गर्न लागिएको हो,’ उनले भने ।
सन् २०१६ को  .... २७ र २८ मा बसेको नेपाल–भारत सचिवस्तरीय तेस्रो बैठकले ईईसएलस“ग एलईडी बल्ब खरिद गर्ने निर्णय गरेको हो । ऊर्जा सचिव उपाध्यायले सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार नै दुई देशबीचको सरकारी संस्थाका बीचमा बल्ब खरिदको निर्णय भएको उल्लेख गर्दै सबभन्दा सस्तो मूल्यमा एलईडी खरिद गरी विद्युत् उपभोक्तालाई राहत दिन खोजिएको जानकारी दिए । सा“झ बिहानको बढदो बिजुलीको को माग पूरा गर्न एउटा उपायको रूपमा एलईडी बल्ब खरिद गरी उपभोक्तालाई बिक्री गर्न लागिएको जानकारी उपाध्यायले दिए ।




No comments:

Post a Comment