Saturday, May 6, 2017

महालेखा परिक्ष्ँकमा शर्माको नाम सिफारिस

काठमाडौं, २३ वैशाख– संवैधानिक परिषदले महालेखा परीक्षकमा सचिव टंकमणि शर्मालाई नियुक्त गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बुधबार अपराह्न बसेको परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव शर्मालाई महालेखा परीक्षक नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो । परिषदले अख्तियारको प्रमुख आयुक्तमा दीप बस्न्यातको नाम सिफारिस गरेको भोलिपल्ट महालेखा परिक्षकको कार्यालयको नेतृत्वका लागि शर्माको नाम अघि सारेको हो ।
महालेखा परिक्षक भानु प्रसाद आचार्यले राजिनामा दिएपछि उक्त पद चार महिनादेखि रिक्त थियो । परिषदले बुधबार नै शर्माको नाम संसदीय सुनुवाइका लागि संसद सचिवालयमा पठाएको छ । सुनुवाइ समितिबाट अनुमोदन भएपछि परिषदको सिफारिसमा राष्ट्रपतिले शर्मालाई महालेखा परिक्षक नियुक्त गर्नेछिन् । 

शर्मा लामो समय अर्थ मन्त्रालयमा सहसचिव हुनुका साथै विशिष्ट श्रेणीमा बढुवा भएपछि सामान्य प्रशासन, सार्वजनिक खरिद अनुगमन कार्यालय र पछिल्लो समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिव थिए ।

No comments:

Post a Comment