Sunday, February 5, 2017

आचार्य एक वर्षपछि सार्वजनिक कार्यक्रममा

काठमाडौं, २३ माघ– कांग्रेस केन्द्रीय सदस्य एवं सांसद नरहरि आचार्य स्वास्थ्यमा सुधार आएपछि सार्वजनिक कार्यक्रममा देखिन थालेका छन् । उनी बुधबार संसदको बैठकमा सहभागी भएका थिए । त्यसअघि उनी पहिलोपटक मंगलबार सहीद गंगालाल हृदय रोग केन्द्रमा आयोजित कार्यक्रममा सहभागि भएका थिए । स्वास्थ्य उपचारको एक बर्षपछि आचार्यले पहिलोपटक विहीबार कान्तिपुरको ‘टफ टक’ कार्यक्रममा अन्र्तबार्ता दिएका थिए ।  
गत वर्ष माघ २६ मा कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि श्रद्धाञ्जलि दिने क्रममा आचार्यलाई मष्तिकघात भएको थियो । उनको सहीद गंगालाल र न्यूरो अस्पतालमा उपचार गराइएको थियो । स्वास्थ्यमा धेरै सुधार आएपनि आचार्य पूर्वावस्थामै भने फर्कीसकेका छैनन् ।

उनी बुधबार संसद परिसरमा गाडीबाट ओर्लिएपछि सहयोगीलाई हात समाउन लगाएर संसदको बैठक कक्षमा गएका थिए । पक्षघातको उपचार गराइरहेका आचार्यले बैठक कक्षबाट बाहिरिने क्रममा संवाददाताहरूसित कुरा गर्दै विस्तारै सबै कामलाई निरन्तरता दिने बताए । उनले आफू लेखपढ र विचार निर्माणको काम केही समयदेखि लागे पनि चिकित्सकको परामर्शमा फिजियोथेरापीमै व्यस्त रहेकाले राजनीतिक गतिविधिमा आउन ढिलो भएको बताएका थिए । आचार्यले अहिलेपनि दैनिक थेरापमी गर्दै आएका छन । मष्तिकघातले आचार्यको शरीरको दाहिने भाग हानेको थियो । अहिले धेरै सुधार भएपनि पूर्वावस्थामा आईनसकेको उनले बताए । उनलाई अहिलेपनि दाहिने हात उठाउन र दाहिने खुट्टा चलाउन अझै कठिनाइ छ । 


No comments:

Post a Comment