Sunday, February 5, 2017

तीन स्वास्थ्य प्रतिष्ठानमा उपकुलपति सिफारिस

काठमाडौं, २३ माघ– तीन स्वास्थ्य प्रतिष्ठानमा रिक्त उपकुलपति छनोट गर्न गठित सर्च कमिटीले प्रत्येक प्रतिष्ठानका लागि तीन÷तीन जनाको नाम सिफारिस गरेको छ । कमिटीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि डा भरत यादव, डा गोपी अर्याल र डा रूपा सिंह, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि डा. बुद्धिबहादुर थापा, डा. निलाम्बर झा र डा डुकबहादुर क्षेत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि डा अमिरबाबु श्रेष्ठ, डा गेहनाथ बराल र डा राजेन्द्र वाग्लेको नाम सिफारिस गरेको छ ।
उपकुलपतिका लागि तीन÷तीन जना नाम सिफारिस गर्न स्वास्थ्यमन्त्री गगनकुमार थापाको संयोजकत्वमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उपे्रती र योजना आयोगका सदस्य गीताभक्त जोशी सदस्य रहेको सर्च कमिटी गठन गरिएको थियो । 

स्वास्थ्य मन्त्रालयले गत पुसमा उपकुलपति बन्न इच्छुक योग्य व्यक्तिलाई १० पृष्ठ लामो कार्ययोजनासहित प्रस्ताव पेस गर्न सार्वजनिक रूपमा आह्वान गरेको थियो । पाटनमा १५, पोखरामा १० र कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ जनाले आवेदन दिएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले कमिटीको सिफारिसमा परेकामध्येबाट तीन उपकुलपति नियुक्त गर्नेछन् ।


No comments:

Post a Comment