Sunday, February 5, 2017

इच्छामृत्युमा ‘एमिकस क्युरी’ माग

काठमाडौं, २३ माघ– सर्वोच्च अदालतले इच्छामृत्युको कानुनी अधिकारका विषयमा परेको रिटमा छलफलका लागि ‘एमिकस क्युरी’ (अदालतका सहयोगी कानुन व्यवसायी) बोलाउने निर्णय गरेको छ । न्यायाधीशद्वय गोपाल पराजुली र चोलेन्द्रसमसेर राणाको संयुक्त इजलासले बिहीबार इच्छामृत्युको कानुनी अधिकारसम्बन्धी विषय गम्भीर प्रकृतिको भएकाले बृहत् छलफलका लागि नेपाल बार र सर्वोच्च अदालत बारबाट एमिकस क्युरी बोलाउने आदेश दिएको हो । 
इजलासले मृत्यु हुन पाउने अधिकारको विषयमा बृहत् संवैधानिक तथा कानुनी छलफलका लागि नेपाल बार एसोसिएसन र सर्वोच्च बारबाट तीन÷तीन जना वरिष्ठ अधिवक्ता वा अधिवक्ता उपलब्ध गराउन आग्रह गरेको जानकारी सर्वोच्च अदालत प्रशासनले दिएको छ ।

बा“च्न पाउने अधिकारजस्तै मृत्युवरण गर्न पाउने कुरालाई समेत कानुनी अधिकारका रूपमा व्यवस्था गर्नुपर्ने आदेशको माग गर्दै अधिवक्ता उत्तमप्रसाद रिमालले दुई वर्षअघि दायर गरेको रिटमा सर्वोच्चले एमिकस क्युरी माग गरेको हो । रिटमा लामो समयसम्म कोमामा रहेका बिरामी, अशक्त र उपचार गरेर ठीक नहुने बिरामीलाई स्वेच्छाले मृत्युवरण गर्न पाउने कानुनी अधिकार दिने व्यवस्था गर्न सरकारका नाममा परमादेश जारी गर्न माग गरिएको छ ।

No comments:

Post a Comment