Sunday, February 5, 2017

मोबाइलबाटै विद्युत महसुल तिर्ने व्यवस्था गर्न निर्देशन

काठमाडौं, २३ माघ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ऊर्जा मन्त्रालयमार्फत् विद्युत प्राधिकरणलाई मोबाइल र बैंकबाट बिजुलीको महसुल तिर्ने सहज ब्यवस्था गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तर्फबाट मुख्यसचिव सोमलाल सुवेदीले उर्जासचिव अनुपकुमार उपाध्यायलाई बिहीबार पत्र लेखी दुरदराजका नागरिकले विलुलीको महसुल तिर्न ठूलो सास्ती खेपिरहेकाले त्यसलाई सम्बोधन हुने गरी मोबाइलबाट बुझाउन सकिनेलगायतका वैकल्पिक सहज व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री कार्यालयले ऊर्जा मन्त्रालयले ल्याएएको कार्ययोजनामा घुम्ती महशुल संकलन केन्द्र राख्ने र थप महसुल केन्द्र खोल्ने उल्लेख भए पनि त्यसअनुरूपको काम नभएको भन्दै वैकल्पिक व्यवस्था गर्न ध्यानाकर्षण गराएको हो । पत्रको बोधार्थ प्राधिकरणका कार्यकारी निर्देश्क कुलमान घिसिङलाई समेत दिइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मोबाइल तथा अन्य वैकल्पिक प्रविधिको प्रयोग गरेर भए पनि महसुल संकलनको सहज व्यवस्था गर्न प्राधिकरणलाई निर्देश गरेको छ । पत्रमा बैंकिङ माध्यमबाट समेत महसुल तिर्ने ब्यवस्था गर्न आग्रह गरिएको छ । पत्रमा सडकलगायतका भौतिक पूर्वाधारको विकासका काममा सहयोग पुग्ने गरी बिजुलीका पोल समयमै हटाइदिन र अरू निकायसित समन्वय गरी काम गर्नसमेत प्राधिकरणलाई निर्देशन दिइएको छ ।


No comments:

Post a Comment