Thursday, February 16, 2017

आयोजनाको पैसामा जम्बो टोलीले विदेश शयर गर्दै


  • १५ सदस्यीय टोलीमा अधिकांश आयोजनासँग असम्बन्धित व्यक्ति
  • आयोजना अध्यक्ष र तीन सदस्यले भ्रमणअवधिमै पदावधि सकिई अवकाश पाउदै

काठमाडौं, ५ फागुन– ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतको नेतृत्वमा ‘जम्बो’ टोलीले ४ सय मेगावाट क्षमताको नलसिंगाड जलाशययुक्त विद्युत् आयोजनाको पैसामा अस्ट्रेलियाको शयर गर्ने भएको छ । ‘ठूला जलाशययुक्त आयोजनाका ड्यामहरूको स्थलगत अध्ययन’ को नाममा उनीहरू अस्ट्रेलिया जान लागेका हुन् । १५ सदस्यीय भ्रमण टोलीमा अधिकांश नलसिंगाड आयोजनासित असम्बन्धित राजनीतिकर्मी, मन्त्रीका स्वकीय सचिव र प्रशासनिक अधिकारी धेरै छन् ।
टोलीमा चार वर्षे म्याद सकिई आगामी फागुन १५ मा अवकाश पाउन लागेका नलसिंगाड आयोजना विकास समितिका अध्यक्ष शेरबहादुर शाही र तीन सदस्य कृष्णप्रसाद शर्मा, ज्ञानेश्वर कार्की र शम्भुबहादुर श्रेष्ठसमेत छन् । टोलीले फागुन ६ देखि १६ गतेसम्म अस्ट्रेलियाको भ्रमण गर्ने कार्यक्रम छ । अध्यक्ष शाही र तीन सदस्यले अस्ट्रेलिया भ्रमणकै क्रममा पदावधि सकिई अवकाश पाउनेछन् । ऊर्जा मन्त्रालयका प्रशासन शाखाका उपसचिव प्रह्लाद सापकोटा, ऊर्जामन्त्री र राज्यमन्त्रीका स्वकीय सचिव, नलसिंगाड सरोकार समितिका एक पदाधिकारीसमेत भ्रमण टोलीमा छन् ।

विकास समितिमा ‘टेक्नोलोजी ट्रान्सफर’ शीर्षकमा ठूला ड्याम निर्माणमा संलग्न हुनुपर्ने प्राविधिक अधिकारीलाई अध्ययन भ्रमणमा पठाउनका लागि २ करोड रुपैया“ बजेट छ । त्यही रकम खर्चेर नलसिंगाड विद्युत् आयोजना विकास समितिका पदाधिकारी र कार्यकारी निर्देशक मोतीबहादुर कु“वरले आफू र असम्बन्धित व्यक्तिलाई अस्ट्रेलिया र अमेरिकाको क्यालिफोर्नियाको अध्ययन भ्रमणमा जाने कार्यक्रम बनाएका हुन् । क्यालिफोर्नियामा अहिले हिउ“ परिरहेकाले त्यहा“ अध्ययन भ्रमण जाने तालिका चाहि“ पछाडि सारिएको छ ।
मन्त्रिपरिषद्ले ऊर्जा राज्यमन्त्रीको अस्ट्रेलिया भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको छ भने बा“की आयोजनाका पदाधिकारी, प्रशासकीय अधिकारी तथा स्वकीय सचिवहरूको भ्रमण भने ऊर्जा मन्त्रालयस्तरीय निर्णयबाट स्वीकृत गराइएको छ । मन्त्रालयले सरकारी बजेटमा विदेश भ्रमणमा टोली पठाउ“दा अर्थ मन्त्रालयसित सहमतिसमेत नलिएको जानकारी स्रोतले दियो । सरकारी बजेटमा विदेश भ्रमणमा पठाउन अर्थमन्त्रालयको अनिवार्य रूपमा सहमति लिनुपर्ने कानुनी व्यवस्था छ ।
‘आयोजनाका प्राविधिकहरू त्यसमाथि पनि ड्याम निर्माणमा संलग्न हुनुपर्ने सिभिल इन्जिनियर र भूगर्भविद्लाई अध्ययन भ्रमण गराउन टेक्नोलोजी ट्रान्सफर शीर्षकमा सरकारले समितिलाई दिएको २ करोड बजेट छ,’ स्रोतले कान्तिपुरसित भने, ‘त्यही बजेटमा म्याद सकिन लागेका पदाधिकारी, राज्यमन्त्री भगत, प्रशासनिक कर्मचारी र मन्त्रीका स्वकीय सचिवलाई विदेश शयर गराउन लागिएको हो । न उनीहरूले उच्च बा“धको कुरा बुझ्छन्, न त अध्ययन भ्रमणले आयोजनालाई नै फाइदा पुग्छ । यो आयोजनाको बजेट दुरुपयोगको पराकाष्ठा हो ।’
स्रोतका अनुसार भ्रमण टोलीमा रहेका कार्यकारी निर्देशक कु“वर र इलेक्ट्रिकल इन्जिनियर अरुणकुमार झामात्र आयोजनास“ग सम्बन्धित व्यक्ति हुन् । ‘अरूलाई ठूला ड्यामको स्थलगत अध्ययनका नाममा भ्रमणमा पठाउनु सरकारी ढुकुटी दुरुपयोग गर्दै विदेश शयर गराउनुमात्र हो,’ आयोजनाका एक इन्जिनियरले भने ।
आयोजनाका कार्यकारी निर्देशक कु“वरले भने सरकारको स्वीकृत कार्यक्रमभित्रै रहेर टोली अस्ट्रेलियामा अध्ययन भ्रमणमा जान लागेको दाबी गरे । ‘आयोजनासित असम्बन्धित व्यक्ति र म्याद सकिन लागेका पदाधिकारी अध्ययन भ्रमणमा जानुको के अर्थ हुन्छ ?’ भन्ने जिज्ञासामा कु“वरले भने, ‘सबै जना आयोजनास“ग सम्बन्धित व्यक्ति नै हुन् ।’
कु“वरका अनुसार ऊर्जा राज्यमन्त्री भगत नेतृत्वको टोली फागुन ६ मा अस्ट्रेलिया जानेछ । अस्ट्रेलियामा १० दिनसम्म रहेर त्यहा“का ठूला जलाशययुक्त आयोजनाको ड्यामको स्थलगत अध्ययन गर्नेछ । टोली फागुन १६ मा स्वदेश फर्कनेछ । टोली अस्ट्रेलियाबाट फर्किएको केही दिनपछि समितिले क्यालिफोर्नियामा समेत ठूला ड्याम हेर्न जाने कार्यक्रमसमेत बनाएको छ ।




No comments:

Post a Comment