Friday, January 20, 2017

भारतको बिजुली सिधै काठमाडौंमा

  • १४ वर्षमा खिम्ती–ढल्केबर प्रसारण लाइन निर्माण सम्पन्न, २० मेगावाट बिजुली राजधानी आउन थाल्यो
  • माघ १९ देखि ७० देखि ९० मेगावाट बिजुली राजधानी ल्याइने

काठमाडौं, ७ माघ– विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन हु“दै भारतबाट आयातित १ सय २० मेगावाट बिजुलीमध्ये २० मेगावाट मंगलबार बिहानदेखि सिधै काठमाडौं ल्याउन थालेको छ ।
२०५९÷६० मा सुरु भएको खिम्ती–ढल्केबर २२० केभीको प्रसारण लाइनको निर्माण कार्य विभिन्न अवरोध पार गर्दै १४ वर्षपछि सम्पन्न भएकाले भारतबाट ढल्केबर ल्याइएको बिजुली मंगलबारदेखि सिधै काठमाडौं ल्याउन सम्भव भएको हो । ढल्केबर–खिम्ती हु“दै ल्याइएको बिजुली १३२ केभीको खिम्ती–लामोसा“घु–काठमाडौं प्रसारण लाइनबाट राजधानी ल्याइएको हो ।
‘ढल्केबर–खिम्ती प्रसारण लाइनको बा“की एउटा मात्र टावरको निर्माण कार्य हालै सम्पन्न भएर सोमबार सा“झ साढे ५ बजे सफल टेस्ट (परीक्षण) ग¥यौं । त्यही प्रसारण लाइन हु“दै भारतबाट आयातित बिजुलीमध्ये मंगलबार बिहान ६ः०२ बजेदेखि २० मेगावाट राजधानीमा ल्याउन थालिएको छ,’ विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले कान्तिपुरसित भने । उनका अनुसार खिम्ती–ढल्केबर डबल सर्किटको प्रसारण लाइन हो । हाल उक्त प्रसारण लाइन सिंगल सर्किटमा मात्र सञ्चालन गरिएको छ । छिट्टै डबल सर्किटमा सञ्चालन गरिनेछ ।

उनले राजधानीमा लोड व्यवस्थापन गर्न अहिले २० मेगावाट बिजुली मात्र आवश्यक भएकाले त्यति मात्र ल्याइएको जानकारी दिए । उनले उक्त रुट हु“दै भारतबाट आयातित बिजुली ७० देखि ९० मेगावाटसम्म ल्याउन सकिने जानकारी दिए । यसअघि प्राधिकरणले भारतबाट थप आयात गरिएको बिजुली हेटौंडा र वरपर पठाई मस्र्याङदी करिडोरबाट उक्त क्षेत्रमा पठाउनुपर्ने विद्युत् राजधानी ल्याई लोड व्यवस्थापन गर्दै आएको थियो । ‘आज (मंगलबार) देखि भारतीय बिजुली हेटौंडा नपठाई सोझै काठमाडौं ल्याउन थालिएको हो,’ अधिकारीले भने ।
अधिकारीका अनुसार खिम्ती–लामोसा“घु–राजधानी प्रसारण लाइनमा पर्ने आयोजनाहरूको उत्पादन न्यूनतम विन्दुमा पुगेका बेला ढल्केबर–खिम्ती प्रसारण लाइन हु“दै भारतबाट आयातित बिजुली ९० मेगावाटसम्म काठमाडौं ल्याउन सकिनेछ । हाल ६० मेगावाटको खिम्ती आयोजनाबाट ३६ मेगावाट उत्पादन भइरहेको र अरू साना आयोजनाको समेत उत्पादन खासै घटिनसकेकाले उक्त रुटबाट हाल ७० मेगावाटसम्म मात्र बिजुली ल्याउन सकिनेछ ।
 बढदो सुख्खायामस“गै नदीमा पानीको सतह घटदै गएकाले बिजुली उत्पादनसमेत घटिरहेको छ । उत्पादन घटिरहेकाले राजधानीको माग व्यवस्थापन गर्न प्राधिकरणले भारतबाट आयातित बिजुलीमध्ये माघ १९ देखि ढल्केबर–खिम्ती प्रसारण लाइन हु“दै ९० मेगावाट बिजुली राजधानी ल्याउने भएको छ । प्राधिकरणले माघ १९ अर्थात् फेब्रुअरी १ देखि ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट थप ४० मेगावाट बिजुली आयात गर्दै छ । प्राधिकरणले भारतीय कम्पनी एनभीभीएनसित सम्झौता गरिसकेको छ । ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट प्राधिकरणले हाल १ सय २० मेगावाट आयात गरिरहेको छ, माघ १९ देखि उक्त प्रसारण लाइनबाट प्राधिकरणले १ सय ६० मेगावाट बिजुली आयात गर्न थाल्नेछ ।
विश्व बैंकको सहयोगमा खिम्ती–ढल्केबर प्रसारण लाइन निर्माण गरिएको हो । निर्माण सुरु गर्दाको लक्ष्यअनुसार प्रसारण लाइनको निर्माण कार्य सन् २००९ मा सम्पन्न हुनुपथ्र्यो । तर जग्गाको मुआब्जा विवाद र स्थानीय अवरोधका कारण प्रसारण लाइनका टावर बनाउन समस्या अएका कारण निर्माण कार्य लक्षित समयभन्दा ८ वर्ष ढिलो सम्पन्न भएको हो ।
खिम्ती–ढल्केबर प्रसारण लाइन निर्माण भएका कारण दोलखाको १० मेगावाट क्षमताको सिप्रिङ आयोजनाबाट उत्पादित बिजुलीसमेत राष्ट्रिय प्रसारणमा जोडिएको छ । यसअघि उक्त आयोजनाको बिजुली दोलखा जिल्ला वरपर नै वितरण हु“दै आएको थियो भने वर्षायाममा दोलखा जिल्लालाई बढी हुने भएकाले आयोजनाको बिजुली खेर जाने गरेको थियो ।
खिम्ती–ढल्केबर प्रसारण लाइनका कारण ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित दोलखा जिल्लामा निर्माणाधीन आयोजना सम्पन्न भएपछि उत्पादन हुने बिजुली राजधानी ल्याउन र ढल्केबर हु“दै मुलुकको पूर्वी भागमा पठाउन सकिने भएको छ । माथिल्लो तामाकोसीको बिजुली राजधानी ल्याउन भने खिम्ती–लामोसा“घु–काठमाडौं प्रसारण लाइनको क्षमता बढाउनुपर्नेछ । माथिल्लो तामाकोसी आयोजनाले आयोजनास्थलबाट खिम्तीसम्मको प्रसारण लाइनको निर्माण कार्यसमेत सुरु गरिसकेको छ । 


No comments:

Post a Comment