Friday, January 27, 2017

बिजुली चोरी नियन्त्रण गर्न २५ सय कर्मचारीको सरुवा


  • सरुवाले चोरी र चुहावट नियन्त्रण गर्न सहयोग पुग्छ : प्राधिकरण
  • विद्युत चोरीमा पक्राउ परेका कर्मचारीहरूसँग अस्वभाविक सम्पत्ति

काठमाडौं, १४ माघ– विद्युत प्राधिकरणले मिलोमतोमा हुने बिजुली चोरी नियन्त्रण गरी बढो चुहावट घटाउने उद्धेश्यले क्षेत्रीय वितरण कार्यालयका करिब २५ सय कर्मचारीलाई सरुवा गरेको छ । कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि प्राधिकरणले चिुहावट घटाउन ८ वटै क्षेत्रीय वितरण केन्द्रहरूलाई दिएको लक्ष्यअनुरूप काम हुन नसकेपछि ती कर्मचारीहरूलाई सरुवा गरिएको हो ।
विद्युत चुहावट लक्ष्यअनुरूप नघट्नुमा एउटै वितरण केन्द्रमा कार्यरत कर्मचारीहरूको विभिन्न उद्योग र बढी खपत गर्ने ठूला ग्राहकहरूसितको मिलोमतो कारण हुन सक्ने निष्कर्षमा पुगेर प्राधिकरणले ठूलो संख्यामा सरुवा गरेको हो । प्राधिकरणको विद्युत चुहावट झन्डै २५ प्रतिशतको हाराहारीमा छ । चुहावटमा ठूला ग्राहक र कर्मचारीहरूको मिलेमतोमा हुने विद्युत चोरीको अंश बढी रहेका जानकारी प्राधिकरणका अधिकारीले दिए ।

नया“ ठाउ“मा सरुवा भएर जा“दा वितरण केन्द्रका कर्मचारीहरूको पुरानो नेक्सस टुट्ने र नया“ ठाउ“मा बढी बिजुली खपत गर्ने ठूला ग्राहकहरूसित ‘नाजायज सम्बन्ध’ बनाउन समय लाग्ने भएकाले चुहावट घट्ने प्राधिकरणका एक उच्च अधिकारीले बताए । ती अधिकारीका अनुसार सरुवा भएकामा २२ वर्षदेखि एकै ठाउ“मा रहेका कर्मचारीहरूसमेत छन् । अब वितरण केन्द्रका कर्मचारीहरूको ठूला ग्राहकसितको मिलोमतो र विद्युत चोरीको समेत छानबिन गर्ने तयारी प्राधिकरणले गरेको छ ।
राजधानीमा ठूला ग्राहकसित प्राधिकरणकै पूर्व र बहालवाला कर्मचारी मिलेर ठूलोमात्रामा विद्युत चोरीमा संलग्न भएको पाइएपछि महानगरीय प्रहरी अपराध महाशाखाले कारबाही अघि बढाएको छ । महाशाखाले प्राधिकरणका बहालवाला ११ र १ पूर्व कर्मचारीसहित चार व्यापारीलाई पक्राउ गरी ठगी मुद्दामा कारबाही अघि बढाएको छ । 
प्राधिकरणका कर्मचारी संघ÷संगठनहरूले पक्राउ परेका कर्मचारीहरूलाई कारबाहीबाट उन्मुक्ति दिन ऊर्जा मन्त्री शर्मा र कार्यकारी निर्देशक घिसिङलाई चर्को दबाब दिंदै आएको दाबीसमेत स्रोतको छ । स्रोतका अनुसार अरू वितरण केन्द्रमा समेत राजधानीमा जस्तै ठूला ग्राहकसित मिलेर विद्युत चोरी भइरहेको आशंकामा ठूलो संख्यामा कर्मचारी सरुवा गरिएको हो ।
प्राधिकरणका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईले तीन वर्षभन्दा बढी एकै ठाउ“मा रहेका करिब २५ सय कर्मचारीलाई कानुनबमोजिम सरुवा गरिएको जानकारी दिए । ‘सरुवामा कानुन र मापदण्ड मिचिएको छैन’ उनले भने( ‘क्षेत्रीय वितरण केन्द्रका कर्मचारीहरूलाई मात्र सरुवा गरिएको छ’ भट्टराईले भने । वितरण केन्द्रका कर्मचारी र ठूला ग्राहकको मिलोमतोमा विद्युत चोरी र चुहावट हुने गर्छ, प्राधिकरणका अरू शाखाका कर्मचारीहरूको विद्युत चोरी र चुहावटमा खासै संलग्नता नहुने भएकाले उनीहरूलाई खासै चलाइएको छैन ।
प्राधिकरणका अनुसार काठमाडौं क्षेत्रीय कार्यालयमा ७ सय ८१, जनकपुर क्षेत्रीय कार्यालयमा ३ सय ५४, विराटनगर क्षेत्रीय कार्यालयमा ३ सय २९ र हेटौंडा क्षेत्रीय कार्यालयमा २ सय ९२, बुटवल क्षेत्रीय कार्यालयमा २ सय ६५, पोखरा क्षेत्रीय कार्यालयमा १ सय ६६, नेपालगन्ज क्षेत्रीय कार्यालयमा १ सय ६१ र अत्तरिया क्षेत्रीय कार्यालयमा १ सय ३२ जना कर्मचारी सरुवामा परेका छन् ।
कांग्रेस र एमाले निकट कर्मचारी संगठनहरूले ठूलो संख्यामा भएको सरुवाको विरोध गर्दै बुधबार कार्यकारी निर्देशक घिसिङ र उपकार्यकारी निर्देशक भट्टराईको कार्यकक्ष घेराउ गरे । उनीहरूले ‘राजनीतिक पूर्वाग्रह’ आधारमा गरिएको सरुवा नसच्चिएसम्म विरोध जारी राख्ने चेतावनीसमेत दिएका छन् । ती संगठनले कमाउ अड्डामा रहेका आफ्नो संगठन सम्बद्ध कर्मचारीहरूको सरुवा भएकाले विरोध गरेको जानकारी प्राधिकरणका उच्च अधिकारीले दिए । 
कर्मचारी संगठनहरूले भने प्राधिकरणको आधिकरण ट्रेड युनियनको फागुन १८ मा चुनावलाई असर पर्ने दाबी गर्दै सरुवाको विरोध गरेको जानकारी उपकार्यकारी निर्देशक भट्टराईले जानकारी दिए । उनका अनुसार देशभरका कर्मचारीहरूले आधिकारिक ट्रेड युनियनमा मत दिन पाउने भएकाले सरुवाले मतदानमा कुनै असर पर्दैन । ऊर्जा मन्त्री जनार्दन शर्माको पार्टी माओवादी केन्द्र निकट कर्मचारी संगठनले भने सरुवाको विरोध गरेको छैन ।
पक्राउ परेकाहरूको सम्पत्तिको स्रोत छानबिन हुने
सेटिङमा मिटर बिगारेर बिजुली चोरी धन्दामा संलग्न भएको आरोपमा पक्राउ परेकालाई महानगरिय अपराध महाशाखाले ठगी धन्दामा मुद्दा चलँएको छ । गत माघ ९ मा ११ प्राधिकरणका कर्मचारी, एक पूर्व कर्मचारी र चार व्यापारीलाइ महाशाखाले पक्राउ गरेको थियो । मिटरको सुई उल्टो घुमाएर विद्युत खपतभन्दा कम पैसा उठाई संगठित रूपमा कमाउ धन्दामा बर्षौदेखी यो समुह लागिपरेको महाशाखाको प्रारम्भिक अध्ययनले देखँएको छ । 
महाशाखाका अनुसार अहिले ठगी मुद्धा चलाइए पनि पक्राउ परेकाहरुको सम्पत्तीको बारेमा जा“चबुझ थाल्ने तयारी थालिएको छ । महाशाखाका एसएसपी सर्वेन्द्र खनालले पक्राउ परेकामध्ये केहीको सम्पत्ती अस्वभाविक देखिएको भन्दै तिनको सम्पत्तिको स्रोत खोज्नुपर्ने बतँए । उनले भने, ‘पक्राउ परेकाहरुको बयानका आधारमा संगठित विद्युत चोरीमा केही उपल्ला कर्मचारीतिर पनि अनुसन्धान सोझिएको छ ।’ 
महाशाखाका एक अनुसन्धान अधिकारीका अनुसार पक्राउ परेका धेरैजसो राजनीतिक दलको विभिन्न संगठनमा सक्रिय रहेको पाइएको छ । पक्राउ परकामध्ये विद्युत प्राधिकरणको हेटौडा वितरण केन्द्रमा कार्यरत महादेव प्रधान एमाले निकट ट्रेड युनियनका सल्लाहकार हुन भने रत्नपार्कस्थित प्राधिकरणको वितरण तथा सेवा निर्देशनालयका वरिष्ठ सहायक दिलबहादुर साउद का“ग्रेस निकट कर्मचारी संघका केन्द्रिय सदस्य हुन् । त्यस्तै मिटर रिडर मनिज श्रेष्ठ नेपाली का“ग्रेस निकट कर्मचारी संघका कोषाध्यक्ष हुन् । 
विद्युत चोरीको संगठित गिरोहको हप्तौदेखीको निगरानी पश्चात महाशाखाले उनीहरुलाई पक्राउ गरेको थियो । महाशाखाका अनुसार सुरुमा मिटर रिडरहरुले ब्यवसायी र घरधनीलाई मिटरमा जती रकम उठेपनि थोरै पैसा तिरेर उम्किन मिल्ने उपाय सुझाउ“छन् । मिटरमा जति रकम उठेपनि मिटर रिडरले थोरै रकम उठेको बिल तयार पार्छन् र प्राधिकरणकै प्राविधिक कर्मचारीको सहयोगमा मिटरमा लगाइएको सिलबन्दी तोडेर मिटर उल्टो घुम्ने बनाउ“छन् । त्यसपछि मिटर जुन अंकमा पुगेको भएपनि विलमा चढाइएको रकमकै ठाउ“मा मिटरको नम्बर आइपुग्छ । खनालका अनुसार यस्तो थुप्रै गिरोह छन, तर सबै संगठित छन् । महाशाखाको एसएसपी सर्वेन्द्र खनालले चोरीको संगठित गिरोहको पहिचान भइसकेको र थप व्यक्ति छिट्टै पक्राउ पर्ने बतँए । 



No comments:

Post a Comment