Friday, January 20, 2017

अन्तःशुल्क स्टिकरको खुलेआम दुरुपयोग

काठमाडौं, ७ माघ– राजधानीको एउटा किरानामा पसल साहु र कामदार चुरोटका बट्टामा टा“सिएको अन्तःशुल्कको स्टिकर धमाधम उक्काइरहेका थिए । यो किन उक्काउनुभएको साहुजी ? ‘एउटा स्टिकर दुई रुपैया“मा बिक्छ, कमाइ होस् भनेर पसल खोलेको हो, स्टिकर बेचेर पनि थप आम्दानी,’ उनले सहजै जवाफ दिए । कति आम्दानी हुन्छ ? ‘मेरो पसलमा दैनिक ६ पेटी (२० बट्टा) सम्म चुरोट बिक्री हुन्छ, ६ पेटी चुरोटका बट्टामा रहेको स्टिकर बेच्दा दैनिक २ सय ४० रुपैया“ कमाइन्छ,’ नया“ बानेश्वरका ती किराना सञ्चालकले भने ।
कसले किन्छ यो ? उनले भने, ‘एउटा मान्छे आएर किन्छ, उसैले सिकाएको हो, अरू पसलबाट समेत लैजान्छ ।’ 
यसबारे जान्न खोज्दा अन्य पसलहरूबाट उस्तै जवाफ पाइयो । ग्राहकले स्टिकर उक्काएको चुरोटको बट्टा किन्छन् त ? पसलेहरू भन्छन्– ‘धेरै बिक्री खिल्लीमा हुन्छ, खिल्ली किन्नेलाई बट्टाको के मतलब ? बट्टै किन्नेले पनि स्टिकरको मतलबै गर्दैनन् ।’

राजधानीका पसलहरूमा बुझदा अन्तःशुल्क स्टिकर किन्ने र अवैध टा“स्नेहरूसमक्ष (चुरोट उद्योगसम्म) पु¥याउने गिरोह नै सक्रिय रहेको देखिन्छ । सूर्य टोबाकोबाट उत्पादित चुरोट सबभन्दा बढी बिक्ने भएकाले स्टिकरसमेत त्यसैको बढी उक्काउने गरिएको पाइन्छ । सरकारले स्टिकरकै आधारमा अन्तःशुल्क अर्थात् राजस्व लिन्छ । सरकारी कर्मचारीको निगरानीमै स्टिकर टा“स्ने कामलाई छल्न बजारमा प्रयोग भइसकेका स्टिकर पुनः प्रयोग गर्ने÷गराउने गिरोह सक्रिय भएको हो । उद्योगी तथा आयातकर्ताबीचकै मिलेमतोमा मात्रै यस्तो गतिविधि सम्भव हुन्छ ।
कर प्रशासनका जानकार भन्छन्, ‘पुनः प्रयोग गरी ठूलो मात्रामा कर (अन्तःशुल्क) छल्न नै एकपटक प्रयोग भइसकेको स्टिकर पुनः प्रयोग गरिएको हो ।’
कर प्रशासन जानकार ती अधिकारीका अनुसार मुलुकमा आयात हुने विदेशी चुरोटको बट्टामा उक्काइएको स्टिकर टा“सेर सबभन्दा बढी अन्तःशुल्क छली हुने जोखिम छ । विदेशबाट आयात हुने चुरोटको बट्टामा नेपालमा ल्याएपछि स्टिकर टा“स्ने हो । राजधानीमा धमाधम उक्काइएका स्टिकर तिनमा टा“स्न सबभन्दा सजिलो हुन्छ । आयातित चुरोटमा नै उक्काइएका स्टिकर टा“सिने सम्भावना सबभन्दा बढी छ । 
चालु आर्थिक वर्षको ६ महिनामा मात्रै १ करोड ५७ लाख ५ सय २० खिल्ली चुरोट आयात भएको छ । २३ हजार ५ सय ५२ किलोग्राम सुर्ती आयात भएको तथ्यांकले देखाउ“छ । यी दुवैमा आयातित सामग्रीबाट सरकारले अन्तःशुल्कबापत १२ करोड ८ लाख ४१ हजार रुपैया“ राजस्व प्राप्त गरेको छ । ‘अन्तःशुल्क छली नियन्त्रण गर्ने हो भने अझै बढी राजस्व उठ्ने थियो,’ ती अधिकारीले भने ।
यहा“का कम्पनीले स्टिकर पुनः प्रयोग गरी अन्तःशुल्क छल्ने कत्तिको सम्भावना हुन्छ ? उनले भने, ‘कम्पनीहरूले चुरोटका बट्टा उत्पादन भइसकेपछि कारखानाबाट बाहिर ल्याएर उक्काइएका स्टिकर टा“सेर पनि कर छली गर्न सक्छन् ।’ चुरोटका बट्टाबाट निकालिएका स्टिकर मदिरालगायतका अन्य उत्पादनमा समेत टा“सेर अन्तःशुल्क छल्ने गरिएको छ । कर प्रशासनका जानकारका अनुसार आन्तरिक राजस्व विभागले चुरोट र मदिरालगायतमा छुट्टाछुट्टै किसिमका स्टिकर टा“स्ने गर्छ । ‘विभागले कहिलेकाही“ मदिराको बोत्तलमा टा“सिने स्टिकर सकिएमा केही समयका लागि चुरोटको बट्टामा टा“स्ने स्टिकरसमेत प्रयोगमा ल्याउ“छ । यस्तो बेला चुरोटको बट्टाबाट उक्काइएको स्टिकर मदिराको बोत्तलमा समेत टा“सेर ठगी हुन सक्छ,’ ती अधिकारीले भने । 
आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माका अनुसार स्टिकर सकि“दा चुरोटमा लगाउने मदिरामा र मदिरामा लगाउने स्टिकर चुरोटमा प्रयोग गरिन्छ । यसपटक यस्तो स्टिकर छाप्ने जिम्मा ग्लोबल टेन्डरबाट इन्डोनेसियाको कम्पनीले पाएको छ ।
चुरोटमा मात्रै नभएर स्टिकर दुरुपयोग सुर्तीजन्य अन्य पदार्थ (खैनी, बि“डी, गुट्खा) मा समेत हुने गरेको सरकारी अधिकारीको स्विकारोक्ति छ । बढी अन्तःशुल्क लाग्ने मदिरामा फाट्टफुट्ट स्टिकर दुरुपयोग हुने गरे पनि सकुशल उक्काउन अलि अप्ठ्यारो पर्ने दाबी सरकारी अधिकारीको छ । महानिर्देशक शर्माका अनुसार गुट्खाको स्टिकर पुनः प्रयोग गरिएको गुनासो आइरहेको छ । ‘यो एउटा प्याकेटमा हैन, मुठामुठामै स्टिकर टा“सिन्छ । मुठामा टा“सिएको स्टिकर उक्काउन सजिलो हुने भएकाले दुरुपयोग भयो भन्ने आइरहेको छ,’ उनले भने, ‘यसबारे अध्ययन गर्न र दुरुपयोग भएको पाइए कारबाही गर्न कर्मचारीलाई पटकपटक निर्देशन गरिरहेका छौं ।’ अन्तःशुल्क उठाउन प्रयोग गरिने स्टिकर मदिरा र सुर्तीजन्य पदार्थमा मात्रै प्रयोग गरिन्छ । यस्तो स्टिकर टा“स्नका लागि मदिरा उद्योगमा स्टिकर लगाउनकै लागि खरिदार वा नायब सुब्बासरहको कर्मचारी नै बस्छन् जसलाई भौतिक नियन्त्रण पद्धति भनिन्छ । सरकारी कर्मचारीले उत्पादित मदिरामा स्टिकर टा“सेपछि मात्रै उद्योगले गोदाममा लैजाने र बिक्री गर्न पाउ“छन् । यस्ता स्टिकर ४१ प्रकारका छन् । गुणस्तर र परिमाणअनुसार फरक–फरक अन्तःशुल्क रकम असुल गर्नका लागि धेरै प्रकारका बनाइएको हो ।
स्टिकरको वितरण भएको रेकर्ड राख्ने र त्यसको प्रकारअनुसार कम्पनीबाट सरकारले अन्तःशुल्क असुल गर्ने हो । सरकारी कर्मचारी नै राखेर स्टिकर टा“स्ने काम चुरोटमा केही समय गरे पनि पछिल्लो समय हटाइएको छ । उद्योगले स्वयं घोषणा गरी चुरोटको गुणस्तर तथा लम्बाइअनुसार सरकारबाट स्टिकर किनेर लैजान्छन् । चुरोटका लागि १५ पैसा र मदिराका लागि २५ पैसामा स्टिकर सरकारले बिक्री गर्छ । तर ४१ मध्ये स्टिकरको प्रकारअनुसार अन्तःशुल्क असुल गर्ने हो । अन्तःशुल्क दर भने मदिरा, चुरोट तथा गुट्खामा गुणस्तरअनुसार फरक–फरक राखिएको छ । विभिन्न गुणस्तर तथा प्रकृतिका आधारमा सरकारले चुरोटमा प्रतिएम (हजार खिल्ली) मा ३ सय ४६ रुपैया“देखि १८ सय ६८ रुपैया“सम्म अन्तःशुल्क लिने गरेको छ । सिगारको प्रतिखिल्ली अन्तःशुल्क १२ रुपैया“ लाग्छ । मदिराका लागि प्रतिलिटर ७४ रुपैया“देखि १ हजार ७३ रुपैया“सम्म अन्तःशुल्क लिने गरिएको छ । मुलुकको राजस्वको योगदानमा मूल्य अभिवृद्धि कर, आयकर, भन्सारपछि अन्तःशुल्कले चौथो हिस्सा ओगटेको छ । 
विभिन्न गैरकानुनी उपाय गरी अन्तःशुल्क छली भइरहे पनि असुल हुने राजस्व हरेक वर्ष बढदै गएको छ । अन्य सामग्रीमा अन्तःशुल्क लाग्ने भए पनि मदिरा तथा चुरोटको हिस्सा नै बढी रहेको जानकारी अर्थ मन्त्रालयको राजस्व प्रशासन महाशाखाका उपसचिव यज्ञ ढुंगेलले दिए । उनका अनुसार आर्थिक वर्ष ०७१/७२ र ०७२/७३ मा क्रमशः ५३ अर्ब ५२ करोड ४९ लाख ५० हजार रुपैया“ र ६५ अर्ब ७० करोड ५६ लाख ४ हजार रुपैया“ अन्तःशुल्कबाट राजस्व प्राप्त भएको थियो । आर्थिक वर्ष ०७१÷७२ मा ३१ अर्ब ५ करोड २२ लाख १६ हजार रुपैया“ आन्तरिक (स्वदेशभित्र उत्पादित सामग्रीहरू) अन्तःशुल्क हो । बा“की आयातित सामग्रीबाट संकलन भएको हो । ०७२÷७३ मा भने नेपालका उत्पादनबाट ३६ अर्ब २४ करोड ११ लाख ४ हजार रुपैया“ संकलन भएको थियो । बा“की अर्थात् २९ अर्ब ६७ करोड ५ लाख ४० हजार रुपैया“ आयातित सामानमा लगाइएको अन्तःशुल्क हो । ‘पैठारीतर्फको अन्तःशुल्कमा सवारी साधनको हिस्सा बढी छ,’ ढुंगेलले भने, ‘आन्तरिकतर्फ जम्मा अन्तःशुल्कमध्ये मदिरा र चुरोटकै हिस्सा बढी छ ।’


No comments:

Post a Comment